BK Murli 5 December 2016 Nepali
२०७३ मंसिर २० सोमबार ५-१२-२०१६ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– सच्चा बाबासँग सदा सच्चा रहने गर, सत्य नबताउनाले पाप वृद्धि हुँदै जान्छ।”
प्रश्न:
रूद्र यज्ञको रक्षक सच्चा-सच्चा ब्राह्मणको धारणा एवं निशानीहरू सुनाऊ?
उत्तर:
यज्ञको रक्षक ब्राह्मणले कहिले पनि कुनै उल्टो कर्म गर्न सक्दैन। ऊ देही-अभिमानी बनेर पहिला त आफ्नो सम्हाल गर्छ। ऊ भित्र रावणको कुनै पनि अंश अर्थात् भूत हुँदैन। अति मीठो हुन्छ। बाबासँग सदा सच्चा रहन्छ। कुनै आसुरी मनुष्यले यदि भूल गर्योद भने पनि उससँग क्रोध गर्दैन। हर कर्मद्वारा बाबाको शो गर्छ।
गीतः–
जो पिया के साथ हैं...
ओम् शान्ति।
जो भाइ-बहिनी पियाको साथमा छन्, उनीहरूले एक अर्कालाई मदत गर्छन्। अरू कुनै सेन्टरमा त यस्तो हुँदैन। यहाँ नै काइदा छ। जबसम्म बापदादा आउनुहुन्न, तबसम्म एक अर्कालाई बाबासँग बुद्धियोग लगाउनमा मदत गर्न योगमा बस्छन्। स्वयं पनि यादमा बस्छन् र अरूलाई पनि इसाराद्वारा यादमा बसाउँछन्। म पनि यादमा बसेको छु, तपाई पनि शिवबाबाको यादमा बस्नुहोस्। बच्चाहरूलाई थाहा छ– शिवबाबालाई याद गर्नाले हाम्रो विकर्म भस्म हुन्छ। यो एक अर्कालाई मदत गर्नु छ। जो सामुन्ने बस्छन्, उनीहरू पनि त्यो समय यादमा रहनु नै छ। यस्तो होइन– विद्यार्थीलाई भन्ने बाबाको यादमा बस, तर टिचरको बुद्धि यता-उता सम्बन्धी आदितिर दौडिरहोस्। यो त शोभा दिँदैन। टिचर माथि दोष लाग्छ। त्यसैले पहिला त स्वयंलाई यस्तो अवस्थामा बसाउनु छ। हामी बाबालाई याद गर्छौं– विकर्म विनाश गर्नको लागि। यसमा बोल्ने पनि आवश्यकता रहँदैन। बुद्धिले जान्दछ– बाहिर गृहस्थमा रहनेको त गोरखधन्दा, मित्र-सम्बन्धी, गुरु-गोसाई आदिको लफडा रहन्छ, बुद्धि जान्छ। यहाँ तिम्रो त कुनै गोरखधन्दा छैन। तिमीले धेरै याद गर्न सक्छौ, जति हुन सक्छ शिवबाबालाई याद गर्नुपर्छ। यदि मित्र-सम्बन्धी आदि याद आयो, कहीँ बुद्धि गयो भने दण्ड पर्नेछ। योगमा नरहनाले फेरि वायुमण्डललाई बिगारिदिन्छन्। यस्तो होइन सबै बाबाको यादमा रहन्छन्। कहिल्यै कसैले सत्य बताउँदैनन्– मेरो बुद्धियोग लागेन, फलानो-फलानो याद आयो। सच्चा बच्चाले बाबालाई झट आएर सुनाउँछन्– मबाट यो पाप भयो। फलानोसँग रिसाएँ, उसलाई पिटे। धेरै बच्चाहरूले त सत्य कहिल्यै बताउँदैनन्। त्यसैले अझै पक्का अभ्यास हुन जान्छ। विकर्म धेरै भइरहन्छन्। पहिले मम्माले कचहरी (छलफल) गराउँथिन्। सोधिन्थ्यो– कसैले विकर्म त गरेन? यो त बाबाले सम्झाउनु हुन्छ– सत्य नबताउनाले अझै दण्ड पर्छ। फाइदाको बदला नोक्सान हुन जान्छ। सच्चा धेरै कम छन्, जो सच्चा बाबाको सेवामा सच्चा भएर रहन्छन्। कसैलाई बाबाको परिचय दिन धेरै सहज छ। तर प्रदर्शनी आदिमा यति धेरै आउँछन्, धेरै कमले मात्रै बुझ्छन्। केवल जो उल्टो प्रभाव भरिएको छ, त्यो मेटिन्छ। त्यसमध्ये जो ब्राह्मण कुलको छ, उसको बुद्धिमा बस्छ। बाँकी आसुरी सम्प्रदायले कहाँ बुझ्छन् र। संगमयुगमा नै एकातिर छ आसुरी सम्प्रदाय, अर्कोतिर छ दैवी सम्प्रदाय। तिमीले अहिले दैवीगुण धारण गरेर दैवी सम्प्रदाय बनिरहेका छौ। अहिले तिमी ब्राह्मण सम्प्रदाय हौ, ती हुन् शूद्र सम्प्रदाय। यो सबै रहस्य तिमीले नै जान्दछौ। हामीले ८४ को चक्र लगायौं। अब फेरि चक्र घुम्छ। अब चक्र पूरा हुन्छ फेरि यहाँबाट माथि जानु छ। बाँकी जो यी चित्र आदि छन्, त्यसबाट केही पनि बुझ्दैनन्। त्यसैले बाबाले भन्नुभएको छ– यो हो आसुरी सम्प्रदाय, पत्थरबुद्धि। यो सबै नाम निश्चित छन्।
बाबा सम्झाउनु हुन्छ– म हुँ गरिब निवाज। दान गरिबले नै लिन्छन्। यहाँ पनि गरिब नै आउँछन्। उनलाई नै उठाउने कोसिस गर। जस्तै कुरूक्षेत्रमा लक्ष्मण बच्चा छन्, उनलाई धेरै सोख छ सेवाको। जति समय मिल्छ, गाउँ-गाउँमा गएर प्रोजेक्टरमा सेवा गर्छन्। पहिले नै जानकारी गरिदिन्छन्– हामी तपाईहरूलाई विश्वको इतिहास भूगोल प्रोजेक्टरद्वारा सम्झाउँछां। बाबाले सम्झाउनुभएको छ, एक-एक चित्रमा सम्झाएर पक्का गराऊ– परमपिता परमात्मा बेहदको बाबा हुनुहुन्छ, उहाँको जन्म यहाँ नै हुन्छ। शिव जयन्ती पनि यहाँ नै मनाउँछन्। बाबा यहाँ नै आएर ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गर्नुहुन्छ। त्रिमूर्तिको चित्र कति फस्टक्लास छ। उनीहरूको बारेमा अलिकति पनि कसैलाई ज्ञान छैन। त्रिमूर्ति नामबाट एक भवन छ, उनलाई सोध्नुपर्छ– त्रिमूर्ति नाम किन राख्नुभएको हो? त्रिमूर्ति को हुनुहुन्छ? अखबारमा पनि छपाउन सक्छौ– त्रिमूर्ति कसको यादगार हो? मार्ग आदिमा पनि नाम राख्ने कुनै कमेटी हुन्छ। तर यहाँ जसको पूजा गर्छन्, उनको कर्तव्यलाई जान्दैनन्। नत्र आफूलाई देवी-देवता धर्मको कहलाउनु पर्ने हो। तर जबदेखि रावण राज्य आरम्भ भयो, अनि आफूलाई हिन्दू कहलाउन थाले र भारतखण्डको बदला हिन्दुस्तान खण्ड भनिदिएका छन्। हिन्दुस्तान नाम सुरू भएको हो रावण राज्यदेखि। अब यो कुरा जब कसैलाई फुर्सत हुन्छ, बसेर बुझ्नेछ। फुर्सत पनि उनीहरूलाई मिल्छ, जसलाई देवता बन्नु छ। उनै आइरहन्छन्। उनीहरूको हड्डीलाई अब नरम गरिन्छ। ज्ञान र योग अग्निद्वारा पत्थर बुद्धि भएकालाई नरम गरिन्छ। प्रदर्शनीमा अनौठो ज्ञान सुनेर नरम हुन्छन् नि। कुनै त बिल्कुलै मानौं पत्थर छन्, बारूद विना सुध्रिदैनन्। तिमीले त मेहनत गर्नु छ। अन्तिममा कोही रहनु पनि छ नि। उही रहन्छ, जो निर्भय हुन्छ, जसको बुद्धियोग एक बाबासँग लागेको छ। धेरैलाई भयको पनि बिमारी हुन्छ। बाबाले रात्रिमा शिव कुमार बच्चालाई भनिरहनु भएको थियो– बाबाभन्दा तिमी धेरै निर्भय छौ। गाइहरूसँग डराउँदैनौ। स्वामीको आज्ञा विना कसैलाई आउन दिदैनौ। आजकल जनावर जति पनि मनुष्यहरूमा अक्कल छैन, त्यसैले त बाँदर सम्प्रदाय भनिन्छ। नारद पनि मनुष्य थिए नि। तर उनलाई भनियो– तिमीले आफ्नो अनुहार त हेर। तिमी भित्र आसुरी गुण छ। देह-अभिमान त नम्बरवन छ। भगवान्ले स्वयं भन्नुभएको छ– यो बाँदर सेना हो। शास्त्रहरूमा लेखिएको छ– सीता चोरी भयो, फेरि बाँदर सेना लिइयो। अब रावण कोही हुँदै होइन। १० टाउको भएका रावणले सीतालाई भगायो कसरी? धेरै आश्चर्य लाग्छ। यस्ता पत्थरबुद्धि मनुष्य छन्, जसकारण सबैले सत-सत गरिरहन्छन्। बाँदर सेना कहाँबाट आउने? अब सिद्ध हुन्छ कलियुगी मनुष्य नै बाँदर जस्तै छन्। बाबा आएर फेरि देवता बनाउनुहुन्छ। तिमीले सबैलाई सम्झाउँछौ– दुनियाँ के थियो? बाबाले आएर पतितहरूलाई पावन बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– यी कंस, जरासन्धी, शिशुपाल आदि हुन्। गतिविधि त चल्छ नि। यो हो संगमको कुरा। कति रात-दिनको फरक छ– बाबाको ज्ञान र शास्त्रहरूमा। रावण राज्य सुरू भयो अनि आफूलाई हिन्दू कहलाउन थाले। जगतनाथको मन्दिर पनि छ। जब देवताहरू वाम मार्गमा गए, तब हिन्दुस्तान नाम राखियो। हिन्दू, हिन्दू भनिरहन्छन्। सोध– हिन्दू धर्म कसले स्थापना गर्यो ? बताउन सक्दैनन्। लक्ष्मी-नारायणलाई हिन्दू कहाँ भनिन्छ र। यी त देवी-देवता थिए नि।
मीठे-मीठे सिकीलधे बच्चाहरू! तिमीहरू त यहाँ पियाको साथमा छौ। तिम्रो लागि डाइरेक्ट वर्सात छ। त्यसैले कति राम्रो बन्नुपर्छ। यो हो शिवबाबाको रूद्र ज्ञान यज्ञ। यस यज्ञको तिमी ब्राह्मण हौ रक्षक। यज्ञको सम्हाल जहिले पनि ब्राह्मणले गर्छन् र ब्राह्मणहरू जति समय यज्ञ चल्छ, पतित बन्दैनन्। यो त धेरै ठूलो यज्ञ हो। ब्राह्मण कहिल्यै पतित बन्न सक्दैनन्। बाबालाई लेखेर पठाउँछन्, मैले कालो मुख गरिदिएँ। अरे, यो शिवबाबाको यज्ञ हो। यसमा सबै ब्राह्मण यज्ञको रक्षकले उल्टो काम गर्न सक्दैनन्। उनीहरू त पूरा देही-अभिमानी रहनु छ। कुनै पनि विकार हुनु हुँदैन। आफ्नो सम्हाल गर्नुपर्छ। नत्र बुझिन्छ– यो बाँदर-बाँदर्नी हो। ऊ त धेरै पापको भागी बन्छ। ब्राह्मण बनेर यदि पाप कर्म गर्छन् भने त्यसको दण्ड धेरै ठूलो मिल्छ। भनिन्छ– यो पास्टको कर्मभोग हो। अब त बाबा कर्मातीत बनाउनुहुन्छ। कुनै पनि विकर्म नगर। ब्राह्मणहरूमा कुनै पनि भूत हुनु हुँदैन। नत्र रावणको अंश हुन्छ। न यताको, न उताको हुन्छौ। यो शिवबाबाको यज्ञ हो नि। केही पाप कर्म गर्यौ भने धर्मराजको धेरै डन्डा खानुपर्छ। यदि यज्ञमा कुनै अपवित्र काम गरेमा धेरै दण्ड भोग्नुपर्छ। धेरै मीठो बन्नु छ। आसुरी मनुष्यले केही न केही गल्ती त गरिरहन्छन्। तर तिमी बच्चाहरू कहिल्यै क्रोधमा आउनु हुँदैन। सच्चा ब्राह्मण धेरै-धेरै सच्चा हुनुपर्छ। कोही आयो भने उसलाई बाटो बताउनु छ। बाबा भन्नुहुन्छ– म चङ्गा उडाउँदै गर्दा पनि कोही सामुन्ने आयो भने उसलाई सम्झाउन सक्छु। बाबालाई याद गर्यौन भने विकर्म विनाश हुन्छ। यो जसलाई पनि तिमीले सम्झाउन सक्छौ। तर आफूमा पनि गुण हुनुपर्छ। कुनै पनि आसुरी काम गर्नु हुँदैन। नत्र धेरै सजाय खानु पर्नेछ। मृत्यु सामुन्ने खडा छ। यो महाभारी महाभारत लडाई हो। बाबाले राजयोग सिकाइरहनु भएको छ, नयाँ दुनियाँको लागि। पुरानोको विनाश त हुनु नै छ। यो तिमीले सबैलाई सम्झाउन सक्छौ। तर पहिले आफ्नो अवगुणहरूलाई निकाल तब नै सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण बन्छौ। यज्ञका ब्राह्मणले त यज्ञको धेरै सम्हाल गर्नुपर्छ। धेरै मीठो बन्नुपर्छ। कसैले देखे पनि भनून्– यिनमा त कुनै पनि देह-अभिमान छैन। पाहुनाको त सदैव खातिरी गरिन्छ। सपूत बच्चाहरूले बाबाको शो गर्नको लागि धेरै खातिरी गर्छन्। बाबाका धेरै बच्चाहरू छन्, सबैलाई सम्झाइरहन्छन्। बाबाले यो बेहदको यज्ञ रच्नुभएको छ। तिमी ब्राह्मण नै फेरि विश्वको मालिक बन्छौ। मेहनत गर्नु छ। पवित्रतामा कति झगडा हुन्छ। स्त्री ज्ञानमा छन्, पुरुष छैन भने अवश्य झगडा हुन्छ। तिमी बच्चाहरू त खुशीमा डान्स गरिरहनुपर्छ। तर यसमा छ सबै गुप्त। आत्मालाई सुख अनुभव हुन्छ नि। हामी भविष्यमा विश्वको मालिक बन्छौं। यहाँ रहनेहरूको लागि त धेरै सहज छ। कुनै गोरखधन्दा आदि त छँदै छैन। धेरै मीठो बन्नु छ। भूतनाथ बन्यौ भने विश्वको मालिक कसरी बन्न सक्छौ? आफ्नो कमाईलाई दाग लगाउँछौ। भूतलाई त एकदम भगाउनुपर्छ। सपूत बच्चाहरूको काम हो खबरदार रहनु। हामीले कहिल्यै बाबाको नाम बदनाम गर्दैनौं। भूत जब प्रवेश हुन्छ, उसलाई थाहा हुँदैन– म भित्र भूत छ। ५ विकारहरूलाई भूत भनिन्छ। ती हुन् निर्विकारी, यहाँ छन् विकारी। फेरि पनि मान्दैनन्। धेरै मत-मतान्तर छ नि। ड्रामानुसार बाबा नै आएर एक मत बनाउनुहुन्छ। यो पनि कसैले जान्दैनन्। केवल भनिरहन्छन्– एक मत हुनुपर्छ। अरे जबकि अनेक धर्म, अनेक मत छन् भने एक मत कसरी हुन सक्छ? एक धर्म, एक मत थियो नै स्वर्गमा। मनुष्यले कहाँ स्वर्ग स्थापना गर्न सक्छ र। कति अद्भुत कुरा छन्। विचार सागर मन्थन गरिरह्यौ भने पनि भूतको प्रवेशता हुँदैन। कुनै पनि भूतको प्रवेशता भएमा अनुहार नै बद्लिन्छ। कसैलाई पनि मनुष्यबाट देवता बनाएर देखाऊ। यो हो तिम्रो मिशन। मालीले राम्रा-राम्रा फूलहरूको कलमी लगाएर बगैंचा ठूलो बनाए भने बागवान पनि आएर हेर्नुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) कुनै पनि भूतको वशीभूत भएर आफ्नो कमाईमा घाटा पार्नु हुँदैन। भूतहरूलाई एकदम निकालेर सपूत बच्चा बन्नु छ।
२) बाबा विकर्माजीत बनाउन आउनु भएको छ, त्यसैले कुनै पनि विकर्म गर्नु हुँदैन। अति मीठो बन्नु छ। सबैलाई बाबाको परिचय दिनु छ। निर्भय रहनु छ।
वरदान:
विस्तारलाई सारमा समेटेर आफ्नो श्रेष्ठ स्थिति बनाउने, बाबा समान लाइट माइट हाउस भव
बाबा समान लाइट, माइट हाउस बन्नको लागि कुनै पनि कुरा देख्दा वा सुन्दा त्यसको सारलाई जानेर एक सेकेन्डमा समेट्ने वा परिवर्तन गर्ने अभ्यास गर। किन, के को विस्तारमा नजाऊ, किनकि कुनै पनि कुराको विस्तारमा गएपछि समय र शक्ति व्यर्थ जान्छ। त्यसैले विस्तारलाई समेटेर सारमा स्थित हुने अभ्यास गर– यसबाट अन्य आत्माहरूलाई पनि एक सेकेन्डमा सारा ज्ञानको सार अनुभव गराउन सक्छौ।
स्लोगन:
आफ्नो वृत्तिलाई शक्तिशाली बनायौ भने सेवामा वृद्धि स्वतः हुन्छ।