BK Murli 26 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 January 2017 Nepali

    २०७३ माघ १३ बिहीबार २६-०१-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– सर्वशक्तिमान् बाबाको यादद्वारा आत्मामा चढेको विकारको खियालाई निकाल्ने पुरुषार्थ गर।”  

    प्रश्न:

    बाबासँग बुद्धियोग टुट्नुको मुख्य कारण र जोड्ने सहज पुरुषार्थ के हो?

    उत्तर:

    बुद्धियोग टुट्छ देह-अभिमानमा आउनाले, बाबाको आज्ञालाई भुल्नाले, विकारी दृष्टि राख्नाले। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जति हुन सक्छ आज्ञाकारी बन। देही-अभिमानी बन्ने पूरा-पूरा पुरुषार्थ गर। अविनाशी सर्जनको यादद्वारा आत्मालाई शुद्ध बनाऊ।

    गीत:–

    आने वाले कल की तुम...

    ओम् शान्ति।

    शिव भगवानुवाच। बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूले सम्झन्छन्– हाम्रो सामुन्ने बाबा बस्नुभएको छ, जसलाई पतित-पावन भनिन्छ। परमपिता परमात्मालाई अवश्य पतित-पावन भनिन्छ। ब्रह्मा, विष्णु, शंकरलाई पतित-पावन भनिदैन। उहाँ त ज्ञानको सागर हुनुहुन्छ। बच्चाहरूले जान्दछन्– हामी आत्माहरू परमपिता परमात्मासँग ज्ञान सुन्छौं। तिमी अब आत्म-अभिमानी बनेका छौ। दुनियाँमा सबै देह-अभिमानी छन्। आत्म-अभिमानी श्रेष्ठाचारी बन्छन्। उनलाई परमात्मा नै बसेर आत्म-अभिमानी बनाउनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– आत्मा नै पाप आत्मा, पुण्य आत्मा बन्छ। पाप जीव वा पुण्य जीव भनिदैन। आत्मामा नै संस्कार रहन्छन्। शरीर त घरी-घरी विनाश हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबालाई अविनाशी सर्जन पनि भनिन्छ। आत्मा पनि अविनाशी, बाबा पनि अविनाशी हुनुहुन्छ। आत्मा त कहिल्यै विनाश हुँदैन। बाँकी हो, आत्मामाथि शैतानीको कट (जंक) चढेको छ। सबैभन्दा फोहोर नम्बरवन कट चढेको छ काम विकारको, फेरि क्रोधको कट। आत्माहरूलाई बाबा बसेर सम्झाउनु हुन्छ, त्यसैले यो पक्का निश्चय हुनुपर्छ– परमपिता परमात्मा यस साधारण ब्रह्मा तनमा प्रवेश गर्नुहुन्छ। उहाँ हुनुहुन्छ यस रथको रथी। घोडा गाडीको रथ होइन। परमपिता परमात्माले बच्चाहरूलाई सम्झाउनु हुन्छ– हे आत्मा! तिमी माथि ५ विकारको कट चढेको छ। ५ विकारलाई रावण भनिन्छ। रावणको कट चढेको कारणले नै तिमीहरू सबै विकारी र दु:खी बनेका छौ। अब म तिम्रो कट उतार्छु। यस कटलाई उतार्नेवाला सर्जन म एकै हुँ। मनुष्य आत्माको अर्को कुनै सर्जन हुन सक्दैन। मनुष्यले कहिल्यै आत्माको कटलाई उतार्न सक्दैन। यस कटलाई उतार्नको लागि सर्वशक्तिमान् परमात्माको आवश्यकता हुन्छ। उहाँ भन्नुहुन्छ– हे जीव आत्माहरू, हे मेरा प्यारा बच्चाहरू! मलाई याद गर्यौक भने तिम्रो आत्माको कट उत्रिदै जान्छ। याद गर्दैनौ भने कट उत्रिदैन। धारणा भएन भने उच्च पद पनि पाउँदैनौ। कट चढेकालाई पतित भनिन्छ। जब आत्मा पतित बन्छ अनि उसलाई शरीर पनि पतित मिल्छ। सतोप्रधान आत्मालाई शरीर पनि सतोप्रधान मिल्छ। कट चढ्छ बिस्तारै-बिस्तारै जस्तै आँटामा नुन, फेरि द्वापरमा धेरै कट चढ्छ। आत्माका कलाहरू बिस्तारै-बिस्तारै कम हुन्छ। १६ बाट १४ कला हुन १२५० वर्ष लाग्छ। तिमीलाई यो स्मृति रहनुपर्छ– हामी बी.के., रामका बच्चा हौं। ती सबै हुन् रावणका बच्चाहरू किनकि विषबाट पैदा हुन्छन्। सत्ययुगमा विष नै हुँदैन। यस समय हुन त कसैलाई जति नै आशीर्वाद दिनेवाला होस् तर ऊ भन्दा माथि पनि अवश्य कोही आशीर्वाद दिनेवाला हुनुहुन्छ। जस्तै पोपको लागि भन्छन्– उनले आशीर्वाद दिन्छन् तर उनलाई पनि उहाँ परमपिता परमात्माको आशीर्वाद चाहिन्छ, जो सर्वोच्च हुनुहुन्छ। तिमीलाई आशीर्वाद तब मिल्छ, जब तिमी श्रीमतमा चल्छौ। जो आज्ञाकारी नै छैन, ऊ माथि आशीर्वाद कसरी हुन्छ, बाबा भन्नुहुन्छ– देही-अभिमानी बन। देहको अभिमान छ, मतलब आज्ञालाई मान्दैनौ र पद भष्ट हुन्छ। अब बाबा आउनुभएको छ, तिमीले विश्वलाई श्रेष्ठाचारी बनाउने सेवा गर्छौ, तिमीलाई तीन पाउ पृथ्वी पनि मुश्किलले मिल्छ। अब म तिम्रो लागि सारा सृष्टिलाई नै नयाँ बनाइदिन्छु। प्रदर्शनीमा तिमीले ठूला-बडालाई पनि सम्झाउन सक्छौ– हामी यस उच्च सर्भिसमा छौं। विश्वलाई श्रेष्ठाचारी बनाइरहेका छौ, कसरी? त्यो आएर बुझ्नुहोस्। हामीले तपाईलाई बताउन सक्छौ। प्रदर्शनी देखाएर सम्झाउनुपर्छ– श्रीमत हो नै एक परमात्माको, जो सदैव एकरस पवित्र हुनुहुन्छ, उहाँ नै अभोक्ता, असोचता, ज्ञानको सागर हुनुहुन्छ। उहाँले स्वर्गको स्थापना गर्नुहुन्छ। उहाँको श्रीमतमा हामीले विश्वको सेवा गरिरहेका छौं। गायन पनि छ नि– पाण्डवहरूलाई ३ पाउ पृथ्वी मिलेको थिएन। बुझाउन धेरै विशाल बुद्धि चाहिन्छ। त्यो तब हुन्छ, जब योग पूरा हुन्छ। देह-अभिमानको कट पनि तब नै उत्रिन सक्छ। बाबा राय दिनुहुन्छ– फलानो-फलानोलाई सम्झाऊ– हामी सबैले प्रतिज्ञा गरेका छौं। हाम्रो पासमा त फोटो पनि छ। यो फोटो सबै हेड अफिस र दिल्ली तथा सेन्टरहरूमा पनि हुनुपर्छ। यसमा पनि धेरै विशाल बुद्धि चाहिन्छ। फोटोको ३-४ कपी हुनुपर्छ। तर मायाले कतिबेला कुनै पनि बच्चामाथि विजय प्राप्त गर्छ फेरि आश्चर्यवत् परमपिता परमात्माको बनन्ती, विश्वको राज्य लेवन्ती, फेरि पनि भागन्ती हुन्छन्। 

    अब बेहदका बाबा भन्नुहुन्छ– म सारा सृष्टिलाई बदल्छु फेरि तिमीलाई फस्टक्लास सृष्टि बनाएर दिन्छु, जहाँ बसेर तिमीले राज्य गर्छौ, अरू सबैको विनाश हुनेछ। बच्चाहरू देही-अभिमानी अवश्य बन्नुपर्छ। पवित्र बन्न त सबैलाई हक छ, जबकि बाबा आउनुभएको छ। भन्नुहुन्छ– मसँग योग लगाऊ, ज्ञान अमृत पियौ भने तिमी श्रेष्ठाचारी बन्छौ। सन्यासी पनि विकारसँग घृणा गर्छन्, पवित्र रहनु त राम्रो हो नि। देवता पनि पवित्र थिए। पतितबाट पावन बाबा नै आएर बनाउनुहुन्छ। वहाँ सबै निर्विकारी रहन्छन्। त्यो हो नै निर्विकारी दुनियाँ। विश्व पहिले निर्विकारी थियो, सुनको चरा थियो। यस्तो कसले बनायो? अवश्य बाबाले बनाउनुभयो। आत्मा नै अपवित्र, रोगी बनेको छ। अब आत्माहरूको सर्जन त परमात्मा हुनुहुन्छ। मनुष्य त हुन सक्दैनन्। बाबा भन्नुहुन्छ– म स्वयं पतित-पावन हुँ। मलाई सबैले याद गर्छन्। पवित्र रहनु त राम्रो हो नि। साधु-सन्त आदि सबैले मलाई नै याद गर्दै आएका छन्। जन्म-जन्मान्तर याद गर्छन्, पतित-पावन आउनुहोस् भनेर। त्यसैले भगवान् एक हुनुहुन्छ; यस्तो होइन भगत नै भगवान् हुन्। भगवान् लाई पनि जान्दैनन्। कल्प पहिले पनि मैले सम्झाएको थिएँ। भगवानुवाच– म तिमीलाई राजयोग सिकाउँछु। ब्रह्मा तनमा आउँछु, जो पूज्य थिए, अब पुजारी बनेका छन्। पावन राजा थिए, अब पतित रंक बनेका छन्। तिमीले निश्चय गर्छौ– हामी प्रजापिता ब्रह्माका बच्चाहरू बी.के. हौं। परमपिता परमात्माले ब्रह्माद्वारा ब्राह्मण रच्नुभयो। ब्राह्मणलाई नै दान दिइन्छ। कसलाई दान दिन्छु? सारा विश्वलाई। जो शूद्रबाट ब्राह्मण बनेर मेरो सेवा गर्छन्, जसलाई सम्मुख बसेर सम्झाउँछु– तिम्रो कहिल्यै विकारी दृष्टि हुनु हुँदैन। प्रदर्शनीमा धेरै हिम्मत चाहिन्छ, सम्झाउन। पतित-पावन एक बाबा नै हुनुहुन्छ। तिमीले उहाँलाई याद गर्छौ, यी ज्ञान सागरबाट निस्केका ज्ञान गंगा हुन्। यिनलाई शिव शक्ति भनिन्छ। शिवबाबासँग योग लगाउनाले शक्ति मिल्छ। ५ विकारको खिया निस्कन्छ। चुम्बकले सियोलाई तब खिच्छ, जब पवित्र (साफ) हुन्छ। तिमी आत्माहरूमा मायाको कट चढेको छ। अब मसँग योग लगाउनाले नै कट उत्रिन्छ। अहिले यो रावण राज्य हो, सबैको तमोप्रधान बुद्धि छ। त्यसैले परमात्माले भन्नुभएको छ– म आएर अजामिल जस्ता पापी, गणिका, साधु आदिको पनि उद्धार गर्छु। सबैलाई श्रेष्ठाचारी बनाउनेवाला एकै बाबा हुनुहुन्छ। पतित-पावन बाबा नै आएर यी माताहरूद्वारा विश्वलाई पावन बनाउनुहुन्छ। त्यसैले माताहरू पुकार्छन्– पतित हुनबाट बचाउनुहोस्। पुरुषले पवित्र रहन दिँदैनन्। तिमीले सरकारलाई भन्नुपर्छ– यसमा हामीलाई मदत गर्नुहोस्। तर स्त्री पनि पक्का मस्त चाहिन्छ। यस्तो नहोस् फेरि पतिलाई, बच्चाहरूलाई याद गरिरहन्छौ, फेरि अझै अधोगति हुन्छ। बाबा सबै कुरा सम्झाइ रहनुहुन्छ। कसरी युक्ति रच्नुपर्छ। अब तिमी बच्चाहरूको सुखको दिन आउनेवाला छ। म तिमीलाई गोल्डेन एजेड दुनियाँ बनाएर दिन्छु, जसलाई स्वर्ग भनिन्छ। अब श्रीमतले भन्छ–बाबासँग योग लगायौ भने तिम्रो कट उत्रिन्छ। नत्र यति उच्च पद पाउन सकदैनौ। न धारणा हुन्छ। कुनै पनि विकर्म गर्नु हुँदैन। देह-अभिमान आउनाले बुद्धियोग टुट्छ। यी ब्रह्माले पनि उहाँ बाबालाई याद गर्छन्। परमपिता परमात्माले यस ब्रह्मा तनमा बसेर यिनलाई भन्नुहुन्छ– हे ब्रह्माको आत्मा, हे राधेको आत्मा मलाई याद गर्यौर भने तिम्रो कट उत्रिन्छ। याद तब आउँछ, जब आफूलाई आत्मा सम्झेर श्रीमतमा पूरा चल्छौ। लोभ पनि कम छैन। कुनै राम्रो चीज देख्यो भने दिल हुन्छ खाने, यसलाई लोभ भनिन्छ। 

    बाबा भन्नुहुन्छ– मायाले मुसाले जस्तै फुक्छ पनि, टोक्छ पनि। शास्त्रहरूमा पनि यस्तो धेरै कल्पित कहानीहरू लेखिएका छन्। संन्यासीहरूले फेरि भन्छन्– यो चित्र तिम्रो कल्पना हो। बाबाले हरेक कुरा बच्चाहरूलाई सम्झाइ रहनुहुन्छ। यस्तो नसम्झ– हामीले जे गरे पनि बाबालाई थाहा हुँदैन। बाबालाई थाहा छ– यस दुनियाँमा कति गन्दा छ। अबलाहरूमाथि अत्याचार त हुनु नै छ। आफूलाई युक्तिसँग बचाउनु छ। नत्र पद भ्रष्ट हुनेछ। थाहा छ– ड्रामा अनुसारमा यो सबैथोक हुनु नै छ। मैले त सम्झाइरहन्छु, फेरि पनि बुझ्दैनन् भने कुनै दास- दासी बन्छन् भने कुनै प्रजा बन्छन्। ड्रामाको भावी बनेको छ। गर्न के सकिन्छ! गरिब, साहुकार प्रजा सबै बन्छन् अवश्य। बाबा आउनुहुन्छ पनि भारतमा, यो हो अपिवत्र स्थान। बाबा आएर सारा दुनियाँलाई पवित्रस्थान बनाउनुहुन्छ। तिमीलाई नै सारा मक्खन मिल्छ। कथा कति सहज छ, तर ज्ञानयोगमा रहने धेरै हिम्मत चाहिन्छ। श्रीमतमा चलेनन् भने पद भ्रष्ट हुन्छन्। बाबा डाइरेक्शन दिनुहुन्छ– यसरी सम्झाऊ। सम्झाउने धेरै समझदार चाहिन्छ। बाबामा कति लव रहन्छ। कति प्यारसँग बच्चाहरूले लेख्छन्– हामी शिवबाबाको रथको लागि स्वीटर पठाउँछौं। शिवबाबा हाम्रो बेहदको बाबा हुनुहुन्छ। हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। बुद्धिमा उहाँ बाबा याद आउँछ। शिवबाबाको रथलाई हामी टोली पठाउँछौं। शिवबाबाको रथलाई हामी शृंगार गर्छौं। जस्तै हुसेनको घोडालाई शृंगार गर्छन्। यो सच्चा-सच्चा घोडा हो। पतित-पावन बाबा नै पावन बनाउनेवाला हुनुहुन्छ। यिनले पनि आफ्नो शृंगार गरिरहेका छन्। बाबालाई पनि याद गर्छन् र आफ्नो पदलाई पनि याद गर्छन्। यी दुवै पक्का छन्– ज्ञान-ज्ञानेश्वरी फेरि राज-राजेश्वरी बन्छन्, त्यसैले अवश्य उनका बच्चाहरू पनि बन्नुपर्छ। वास्तवमा मालिक बन्छन्, नम्बरवार पुरुषार्थ अनुसार। राजयोगद्वारा राज-राजेश्वरी बन्छौ, फेरि जसले जति सेवा गर्छ, बाबाले युक्तिहरू त सबै बताइरहनु भएको छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) बाबाको आशीर्वाद लिनको लागि आज्ञाकारी बन। देही-अभिमानी बन्ने आज्ञाको पालन गर्नु छ।

    २) माया मुसा हो, यसबाट आफ्नो सम्हाल गर। लोभ गर्नु हुँदैन। श्रीमतमा पूरा-पूरा चलिरहनु छ।

    वरदान:

    व्यक्त भावको आकर्षणबाट टाढा अव्यक्त स्थितिको अनुभव गर्ने, सर्व बन्धनमुक्त भव:-   

    प्रवृत्तिमा रहँदै बन्धनमुक्त बन्नको लागि संकल्पबाट पनि कुनै सम्बन्धमा, आफ्नो देहमा र पदार्थहरूमा फँस्नु हुँदैन। संकल्पमा पनि कुनै बन्धनले आकर्षित नगरोस् किनकि संकल्पमा आयो भने संकल्प पछि फेरि कर्ममा पनि आउँछ। त्यसैले व्यक्त भावमा आउँदा पनि, व्यक्त भावको आकर्षणमा नआऊ, तब नै न्यारा र प्यारा अव्यक्त स्थितिको अनुभव गर्न सक्छौ।

    स्लोगन:

    बाबाको सहाराको अनुभव गर्नको लागि हदको किनाराको सहारा छोडिदेऊ। तपस्वी मूर्त बन:- तपस्वी स्वरूपमा बसेर आफ्नो उड्ती कलाद्वारा फरिश्ता बनेर चारैतिर चक्कर लगाऊ। जसले शान्ति चाहन्छन्, खुशी चाहन्छन्, सन्तुष्टता चाहन्छन्, फरिश्ता रूपमा उनलाई अनुभूति गराऊ। उनले अनुभव गरून्– यी फरिश्ताद्वारा शान्ति, शक्ति, खुशी मिल्यो।   



    ***OM SHANTI***