BK Murli 6 April 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:







    BK Murli 6 April 2017 Nepali

    २०७३ चैत्र २४ बिहीबार ६-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमी देवी-देवता कुलका हौ, तिमी अब पुजारीबाट पूज्य बन्नु छ। बाबा आउनु भएको छ तिमीहरू सबैलाई भक्तिको फल दिन।”  

    प्रश्न:

    देह सहित देहका सबै सम्बन्ध सँग बुद्धियोग तोड्ने सहज विधि के हो?

    उत्तर:

    मेरो त एक शिवबाबा, दोस्रो न कोही– यस पाठलाई पक्का गर। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह र देहका सबै सम्बन्ध दु:ख दिनेवाला हुन्। तिमीले मलाई आफ्नो बच्चा बनायौ भने म तिम्रो यति सेवा गर्नेछु, २१ जन्म तिमी सदा सुखी रहनेछौ। वारिस बनायौ भने वर्सा दिनेछु। साजन बनायौ भने शृङ्गार गरेर स्वर्गको महारानी बनाइदिन्छु। भाइ बनायौ, सखा बनायौ भने साथमा खेल खेल्नेछु। मसँग सबै सम्बन्ध जोड्यौ भने देहका सम्बन्ध सँग बुद्धि निक्लिन्छ।

    गीत:–

    कितना मीठा, कितना प्यारा शिव भोला भगवान्.....

    ओम् शान्ति।

    बच्चाहरूले कसको महिमा सुन्यौ? आफ्नो बेहदका बाबाको। उहाँलाई नै भनिन्छ शिवबाबा। ब्रह्मालाई पनि बाबा भनिन्छ। प्रजापिता, पिता मतलब नै बाबा। प्रजापिता ब्रह्माकुमार एवं कुमारी। अहिले तिमी बसेका छौ नि। वास्तवमा तिमी ब्रह्माका धर्मका बच्चाहरू हौ। शिवबाबाको गोदी लिएका छौ, ब्रह्मा द्वारा। शिवबाबाको आफ्नो शरीर त छैन। ब्रह्मा, विष्णु, शंकरको पनि आफ्नो शरीर छ। निराकार परमात्माको कुनै आकार या साकार शरीर छैन। उहाँलाई भनिन्छ नै परमपिता। प्रजापितालाई परमपिता भनिँदैन। परमपिता मतलब पर भन्दा पर रहनेवाला। तिमी आत्माहरू पनि वहाँ नै रहनेवाला हौ। उहाँ बाबा धेरै मीठो हुनुहुन्छ, त्यसैले उहाँलाई यो महिमा दिन्छन्। त्वमेव माताश्च पिता... । भनिन्छ– पढाउनेवाला पनि आफू जस्तै होस्। भाइ पनि आफू जस्तै होस्, पिता पनि आफू जस्तै होस्। जस्तै लौकिक पिताले बच्चालाई वर्सा दिन्छन्। आजकलका बच्चाहरूलाई वर्सा त मिल्छ, तर उनीहरूले पिताको पूरा सेवा पनि गर्दैनन्। स्त्री मिल्यो, केही खिटपिट भयो अनि घर अलग गरिदिन्छन्। तिमीले अब शिवबाबालाई आफ्नो बच्चा बनाऊ, यिनले तिम्रो यति सेवा गर्नेछन्, २१ जन्म तिमी धेरै सुखी रहन्छौ। ठीक छ, बच्चाको सट्टा यदि पिता बनायौ भने पनि तिमीलाई स्वर्गमा सदाको लागि सुख दिनुहुन्छ। उहाँलाई साजन बनायौ भने तिम्रो शृङ्गार गरेर तिमीलाई स्वर्गको महारानी बनाउनुहुन्छ। देह सहित देहका सबै सम्बन्ध सँग बुद्धि तोड किनकि ती सबैले तिमीलाई दु:ख दिन्छन्। मैले तिमीलाई सुखै सुख दिन्छु। हेर बाबा तिमी सँग खेल्नुहुन्छ। सम्झन्छौ– हामी भाइसँग खेल्छौं। भाइ हुँदा पनि सुख दिनुहुन्छ। तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ। त्यसैले सबै सम्बन्ध उहाँ सँग राखेर सबै सँग तोड्नु छ। मेरो त एक शिवबाबा.... म कल्प-कल्प तिमी बच्चाहरूको सम्मुख आएर तिमीलाई सबै दु:खबाट छुटाएर सदा सुखी बनाउँछु। यस्तो बाबा सँग बुद्धियोग राख्नु छ र उहाँ स्वयं नै आएर ब्राह्मण बनेर आत्माहरूको सगाई गराउनु हुन्छ। यी फस्टक्लास ब्राह्मण हुन्। तिम्रो कति राम्रो नाम राख्नु भएको छ। ड्रामा अनुसार तिम्रो नाम राख्नु पर्छ किनकि तिमीले एक कुटुम्बलाई छोडेर, ईश्वरको गोद लिएका छौ। त्यसैले नाम कति रमणिक राखियो। याद पनि गर्छन्– हे पतित-पावन आउनुहोस्, आएर पावन बनाउनुहोस्। श्रीकृष्णलाई कति प्यार गर्छन्। भन्छन् श्रीकृष्ण जस्तो पति मिलोस्, बच्चा मिलोस्। सम्झन्छन् पनि– उनी स्वर्गको मालिक हुन्, फेरि पनि उनलाई द्वापरमा लगेका छन्। यो हो भूल। यो सबै भूलको निवारण गरेर बाबा अभुल बनाउनुहुन्छ।

     स्वर्गमा यस्तो भूल नै गर्दैनन्। भूल गराउनेवाला हो माया। वहाँ माया नै हुँदैन। लक्ष्मी-नारायणको चित्र देखाएर तिमीले सबैलाई सम्झाउन सक्छौ। यिनै स्वर्गका महाराजा-महारानी थिए। यस्तो कसले बनायो? अज्ञान कालमा कसैको पासमा धन धेरै छ भने सोधिन्छ– यो तपाईंलाई कसले दियो? भन्छन् भगवान्‌ले। बाबा हुनुहुन्छ नै दाता, बाबाले हामीलाई बेहदको स्वराज्य दिनुहुन्छ। मन्दिरमा पुज्न लायक बनाउनुहुन्छ। बेहद शिवालयमा राज्य गरेर फेरि भक्तिमार्गमा शिवालय बनाउँछौं, जड चित्रहरूको। त्यतिबेला देवताहरू वाममार्गमा जानुपर्छ। पतित मनुष्यलाई कहिल्यै देवता भन्न सकिँदैन। अहिले तिमीलाई थाहा छ– हामी हौं देवता कुलका। आफैं पूज्य, आफैं पुजारी। अहिले फेरि वास्तवमा पुजारीबाट पूज्य बनिरहेका छौं। आधाकल्प पूज्य रह्यौ र आधा कल्प पुजारी बन्छौ। म त सदैव पूज्य हुँ। भक्तिमार्गमा तिमीले याद गर्छौ– म तिमीलाई यादको फल दिन्छु। तिमीलाई भन्छु– निरन्तर मलाई याद गर्यौु भने तिमीलाई धेरै फल मिल्नेछ। के तिमीलाई यस पुरानो दुनियाँमा रहन राम्रो लाग्छ? म सबै रूपमा सुख दिन आएको छु। उनीहरू सबैले त तिमीलाई दु:ख दिन्छन्। अहिले म तिमीलाई सुखको वर्सा दिन्छु। शिवबाबा कति मीठो र कति प्यारो हुनुहुन्छ, त्यसैले त याद गर्छन्– हे शिव भोला भण्डारी झोली भरिदेऊ भनेर। तिमीलाई थाहा छ– हामी विश्वको मालिक बन्न लायक कहाँ छौं। बाबा नालायकलाई लायक बनाउनुहुन्छ। राजयोग सिकाएर महारानी बनाउनुहुन्छ, २१ जन्मको लागि। शिक्षा दिनुहुन्छ– उच्च पद प्राप्त गरेर नाम प्रत्यक्ष गर। बच्चाहरू नम्बरवार त हुन्छन् नै। जसले जति पढ्छ, राम्रा बच्चाहरू माता-पिताको धेरै आज्ञाकारी हुन्छन्। तिमीलाई बेहदको बाबा मिलेको छ, त्यसैले उहाँको कति आज्ञाकारी बन्नुपर्छ। बाबाको नाम नै हो कल्याणकारी। नर्कलाई स्वर्ग बनाउनुहुन्छ। तिमी स्वर्गको लागि तयारी गरिरहेका छौ। जति तिमी श्रीमतमा चल्छौ, सबैसँग ममत्व मेटाउनु छ। भन्छन्– बाबा कसरी मेटाऊँ? बाबा भन्नुहुन्छ– मलाई ट्रस्टी बनाइदेऊ, फेरि सल्लाह लिँदै गर– यस हालतमा के गर्नु छ! बाबा भन्नुहुन्छ– छोड्यौ भने संन्यासी हुनेछौ। घरबारको संन्यास गर्नु छैन। संन्यास पुरानो दुनियाँको गराउँछु। उनले घरबार छोडिदिन्छन्, धेरै नोक्सान गरिदिन्छन्। फेरि पनि पवित्र रहन्छन् त्यसैले केही मदत गर्छन्। बाँकी यस्तो होइन, गुरु बनेर कसैको गति सद्‌गति गर्न सक्छन्। पवित्र बनाउँछन्, त्यो पनि केवल पुरुषहरूलाई। बाबाले त दुवैलाई नंगन हुनबाट बचाउनु हुन्छ। बाबा शिक्षा दिनुहुन्छ, यदि तिमी पवित्र बनेर देखायौ भने पवित्र दुनियाँको मालिक बन्छौ। 

    स्वर्गमा सबै सुखी हुन्छन्। राम्रोसँग पुरुषार्थ गर्यौा, बाबालाई आफ्नो बच्चा बनायौ भने वर्सा दिनुहुन्छ। जसले जति वर्सा दिन्छ, त्यति फेरि मैले पनि रिटर्नमा दिनेछु। तर स्वर्गमा दिन्छु, यहाँ होइन। मलाई जे तिमीले दिन्छौ, त्यो पनि तिमी बच्चाहरूको काममा लगाउँछु। म विश्वको मालिक बन्दिनँ, तिमी बन्छौ। तिम्रो लागि नै यो भवन आदि हो। यो प्रदर्शनी हो। त्यो पनि तिमी बच्चाहरूको सेवा हुन्छ। फेरि तिमीलाई स्वर्गको मालिक बनाउँछु। जति चाहे त्यति मसँग लेऊ। मलाई वारिस बनाऊ या नबनाऊ। आफ्नो बच्चाहरू सँग नै सुख पूर्वक बस। बाँकी पवित्र रहेर एक बाबालाई याद गर्यौह भने अन्त मती सो गति हुन्छ। बाँकी कुनै झुटो मन्त्र काममा आउँदैन। म तिमीलाई कल्याणकारी मन्त्र दिन्छु– बाबा र वर्सालाई याद गर। बच्चा पैदा भयो भने उसलाई वर्सा अवश्य मिल्छ। तिमीलाई थाहा छ– हामी शिवबाबाको थियौं, स्वर्गमा राज्य गर्यौं् फेरि गुमायौं। अब बाबा भन्नुहुन्छ– मलाई याद गर। मेरो बन, मेरो बनेपछि तिमीलाई कति फाइदा हुन्छ! गुरु गोसाई आदि सबै सँग सम्बन्ध तोड। म आत्माहरू सँग कुरा गर्छु, अंगहरू द्वारा। बाबाले पनि यिनमा प्रवेश गर्नु भएको छ। जसरी ब्राह्मणलाई खुवाउँछन्, सम्झन्छन्– पतिको आत्मा यिनमा आएको छ। शरीर त आउन सक्दैन। बाबाको त आफ्नो शरीर छैन, त्यसैले मलाई अशरीरी भन्दछन्। तिमी पनि अशरीरी बन। देहको अंहकार छोडिदेऊ। सारा कल्प तिमी देह-अभिमानमा रह्यौ, सत्ययुगमा आत्म-अभिमानी थियौ। फेरि देह-अभिमानी बन्यौ अनि आत्माको ज्ञान पनि बिर्सियौ। पहिले खुशीले शरीर छोड्थे र लिन्थे, तिम्रो के जान्छ। आत्मालाई अनादि पार्ट मिलेको छ। स्वर्गमा रुने नाम नै हुँदैन। अहिले तिमी ६३ जन्म दु:ख भोग्दा-भोग्दा बिल्कुलै तमोप्रधान बनेका छौ। अब फेरि आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। अन्त जहाँ जान्छौ, देख्नेछौ– फलाना संन्यासीले वेद-शास्त्र सुनाउँछन्। यहाँ निराकार परमात्माले त कुनै शास्त्र पढ्नु हुन्न। उनीहरू सबै वेद-शास्त्रको सार सुनाउने वाला हुन्। शास्त्र पढ्दै-पढ्दै तिमी पतित बनेका छौ, त्यसैले पुकार्छन्– हे सद्‌गति दाता, मुक्तेश्वर, पापकटेश्वर आउनुहोस्। अब बाबा आउनु भएको छ, भन्नुहुन्छ– तिमी मेरो मतमा चल्यौ भने उच्च पद पाउँछौ। यो हो सर्वश्रेष्ठ मत। बाबा हुनुहुन्छ नै श्री श्री, जसले आएर भ्रष्टाचारीबाट श्रेष्ठाचारी बनाउनुहुन्छ। तिमीलाई थाहा छ– हर एकलाई आ-आफ्नो पार्ट मिलेको छ। चक्र घुमिरहन्छ। न आत्मा मेटिन्छ, न उसको पार्ट नै मेटिन्छ। 

    यो बनिबनाउ खेल हो, यसबाट कोही पनि छुट्न सक्दैन। बाबा भन्नुहुन्छ– म पनि पतित शरीरमा आएर तिम्रो सेवा गर्छु। म तिमीलाई स्वर्गको सुख दिन्छु। तिमीले फेरि कति हीरा जुहारतको मन्दिर बनाउँछौ, त्यसमा मलाई बसाउँछौ। अहिले जबकि तिमीलाई विश्वको मालिक बनाउन आएको छु, तर कसैले मलाई चिनेकै छैनन्, छोडपत्र दिन्छन्। तिमीले सबैलाई बाबाको परिचय दिनु छ। बाबा कसरी स्वर्गको स्थापना गर्नुहुन्छ, कति सहज कुरा छ। माया आउँछ, तिम्रो काम हो मायालाई भगाउनु। शिवबाबा सिवाय अरू कसैको याद नआओस्। एक घडी, आधा घडी... याद गर्ने पनि अभ्यास गर। फेरि आखिर अन्त मती सो गति हुनेछ। यदि बुद्धि कहीँ लट्किएको छ भने सजाय खुब खानेछौ। जसरी काशी कलवट खान्छन्, त्यसलाई जीवघात भनिन्छ। आत्माले आफ्नो जीवको घात गर्छ। बाँकी आत्माको घात हुँदैन। आत्मा त अमर छ। यो सबै धारण गरेर बाबाको यादमा रहनु छ, सबैसँग ममत्व मेटाउनु छ। यो पुरानो शरीर हो, साक्षी भएर रहनु पर्ने हुन्छ। अब फर्केर जानु छ। यहाँ कुनै सुख छैन। भूकम्पमा सबै मर्नेछन्। मर्नु पहिले आफ्नो अवस्था राम्रो बनाउनु छ। 

    तिमीहरू सबै शिवशक्ति हौ। स्त्री-पुरुष दुवैले मेहनत गर्छन्, शिवबाबा सँग शक्ति लिने। माताहरूको मान धेरै छ। तिमीहरू सबै कन्या हौ। ब्रह्माकुमारी त कन्या पनि छन्, अधरकुमारी पनि छन्। उनीहरू निर्विकारी रहन्छन्। ती भीष्म पितामह आदि गायन गरिएको छ। यस्ता पनि धेरै छन्, जो बचपन देखि ब्रह्मचारी रहन्छन्। जो काम बाबाले ५ हजार वर्ष पहिले गरेर जानु भयो, त्यो अब फेरि गरिरहनु भएको छ। यी मन्दिर अब भत्किन्छन् फेरि भक्तिमार्गमा बन्नेछन्। यो सबै कुरा धारण गर्नु छ। यो आफैंसँग कुरा गर्नु छ। यसलाई भनिन्छ– विचार सागर मन्थन गर्नु। भगवानुवाच, तिमीलाई नरबाट नारायण बनाउँछु। मनुष्य कसैले पनि यो ज्ञान दिन सक्दैनन्। यिनको आत्माले पनि सुनिरहेको छ। यो घरी-घरी तिमीले बिर्सिन्छौ। कछुवाको, कुमालकोटीको उदाहरण पनि तिम्रो लागि हो। बाबाको परिचय सबैलाई दिनु छ। शिवको कर्तव्य नजानी पूजा गर्नु, यसमा त केही छैन। हामीले पनि पूजा गर्थ्यौं तर अहिले जानेका छौं। शिवबाबाले हामीलाई मनुष्यबाट देवता बनाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– तिमी कौडीको पछाडि किन टाउको दुखाउँछौ, यो त सबै भस्म भएर जान्छ। नाति-नातिना कुनै पनि रहँदैनन्। सबै मर्नेछन्। तिमी हौ कल्याणकारी बाबाका बच्चाहरू, सबैको कल्याण गर्नेवाला। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) बाबालाई आफ्नो ट्रस्टी बनाएर सबै सँग ममत्व मेटाइदिनु छ। बेहदको बाबाको आज्ञाकारी अवश्य बन्नु छ।

    २) धर्मराजको कडा सजायँबाट बच्नको लागि अहिलेदेखि यस्तो अवस्था बनाउनु छ, जसबाट अन्त घडीमा एक बाबा सिवाय कुनै पनि याद नआओस्। बुद्धि कतै पनि नलट्कियोस्।

    वरदान:

    चारवटै विषयमा दिनहुँ कुनै न कुनै नवीनताको अनुभव गर्ने, तीव्र पुरुषार्थी भव:-  

    ज्ञानमा नवीनताको अर्थ हो समझदार बनेर चल्नु अर्थात् जो आफूमा कमी छ, त्यसलाई समाप्त गर्दै जाऊ। योगको प्रयोगमा नवीनता अर्थात् यसको प्रतिशतलाई बढाउनु। यसैगरी चारै विषयमा स्वको प्रगतिमा नवीनता, विधिमा नवीनता, प्रयोगमा नवीनता, सेवामा नवीनता, अरूलाई सहजयोगी बनाउनमा वा प्रतिशत बढाउनमा नवीनता वा अनुभव गर्नु मतलब तीव्र पुरुषार्थी बन्नु, यसबाट नै समीपताको अनुभव गर्नेछौ।

    स्लोगन:

    पवित्रताको अथोरिटी नै सबैभन्दा ठूलो व्यक्तित्व हो।  


    ***OM SHANTI***