BK Murli 12 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 12 July 2017 Nepali

    २०७४ आषाढ २८ बुधबार १२-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– सदा खुशीमा रह्यौ भने स्वर्गको बादशाहीको नशा कहिल्यै भुल्न सक्दैनौ।”  

    प्रश्न:

    बाबाले कुनचाहिँ अद्‌भुत कलमी लगाउनुहुन्छ? बाबाको चरित्र कुनचाहिँ हो?

    उत्तर:

    पतित मनुष्यहरूलाई पावन देवता बनाउनु– यो अद्‌भुत कलमी बाबाले नै लगाउनुहुन्छ। आश्चर्य छ– जुन धर्म प्राय: लोप छ, त्यसलाई स्थापना गर्नु हुन्छ। चलाखी पूर्वक बच्चाहरूलाई कौडीबाट हीरा जस्तो बनाउनु– यो बाबाको चरित्र हो। बाँकी कृष्णको त कुनै चरित्र छैन। उनी त सानो बच्चा हुन्।

    गीत:–

    रात के राही.....

    ओम् शान्ति।

    मीठा-प्यारा बच्चाहरूलाई थाहा छ– यो गीत कुनै यहाँ बनाएको होइन। जब गीत सुन्छौ, सम्झन्छौ– वास्तवमा बाबाले हाम्रो हात समातेर लैजानुहुन्छ। जसरी सानो बच्चाहरूले सम्झन्छन्– हात नसमात्ने हो भने लड्छु। त्यसैगरी तिमीलाई थाहा छ– घोर अन्धकार छ। ठक्कर नै ठक्कर खाइरहन्छन्। बुद्धिले पनि भन्छ– एक बाबा नै हुनुहुन्छ जो स्वर्गको, सचखण्डको स्थापना गर्नेवाला हुनुहुन्छ। उच्च भन्दा उच्च उहाँ सच्चा बाबा हुनुहुन्छ, उहाँको महिमा गर्नु पर्ने हुन्छ अरूलाई निश्चयबुद्धि बनाउनको लागि। बाबा हुनुहुन्छ नै स्वर्ग स्थापना गर्नेवाला अथवा हेविनली गड फादर। उहाँले तिमी बच्चाहरूलाई पढाउनुहुन्छ। हेविनली गड फादर मतलब स्वर्ग स्थापना गर्नेवाला। वास्तवमा स्वर्ग स्थापना गर्नुहुन्छ फेरि स्वर्गको मालिक हुन्छन् श्रीकृष्ण। उहाँ हुनुभयो स्वर्ग रच्नेवाला र उनी भए स्वर्गका राजकुमार। रचयिता त एक बाबा नै हुनुहुन्छ। स्वर्गको राजकुमार बन्नु छ। केवल एक त हुँदैनन्। ८ राजवंश गायन गरिएको छ। यो पनि निश्चय छ– बाबाबाट वर्सा लिइरहेका छौं। बाबा स्वर्गको रचयिता हुनुहुन्छ। हामीले उहाँ बाबासँग कल्प-कल्प वर्सा लिन्छौं। ८४ जन्म पूरा गर्छौं। आधाकल्प हुन्छ सुख, आधाकल्प हुन्छ दु:ख। आधाकल्प हुन्छ राम राज्य, आधाकल्प हुन्छ रावण राज्य। अहिले हामी फेरि श्रीमतमा चलेर स्वर्गको मालिक बनिरहेका छौं। यो बिर्सिने कुरा होइन। भित्र धेरै खुशी हुनुपर्छ। आत्मालाई भित्र खुशी हुन्छ। आत्माको दु:ख वा सुख अनुहारमा आउँछ। देवताहरूको अनुहार कति हर्षितमुख हुन्छ। जान्दछन्– उनीहरू स्वर्गको मालिक थिए। बुझाउनको लागि बाबाले बोर्ड आदि तयार गराउँदै हुनुहुन्छ। हेविनली गड फादरको महिमा नै अलग छ र हेविनली राजकुमारको महिमा अलग छ। उहाँ रचयिता, उनी रचना। तिमी बच्चाहरूलाई बुझाउनको लागि बाबा युक्ति पूर्वक लेखिरहनु हुन्छ, जसबाट मनुष्यहरूलाई राम्रोसँग समझमा आओस्। जसलाई परमपिता परमात्मा भन्छन्, उहाँ नै पतित-पावन हुनुहुन्छ। उहाँ बेहदको रचयिता हुनुहुन्छ। रच्नुहुन्छ पनि अवश्य स्वर्ग। सत्ययुग त्रेतालाई मनुष्यले स्वर्ग भन्छन्। स्वर्ग र नर्क आधा-आधा हुन्छ। सृष्टि पनि वास्तवमा आधा-आधा छ, नयाँ र पुरानो। त्यस जड वृक्षको आयु कुनै फिक्स हुँदैन। यस वृक्षको आयु बिल्कुल फिक्स छ। यस मनुष्य सृष्टिरूपी वृक्षको आयु पूरा एक्युरेट छ। यस्तो अरू कसैको हुँदैन। एक सेकेन्डको पनि फरक पर्न सक्दैन। 

    भेराइटी वृक्ष हो। एक्युरेट बनिबनाउ ड्रामा हो। यो खेल ४ भागमा बाँडिएको छ। जगन्नाथपुरीमा हण्डा चढाउँछन्, चामलको। त्यसमा ४ भाग हुन्छन्। यो सृष्टि पनि चार भागमा बाँडिएको छ। यसमा एक सेकेन्ड पनि कम-बेसी हुन सक्दैन। तिमीलाई थाहा छ– बाबाले ५ हजार वर्ष पहिले पनि सम्झाउनु भएको थियो। हुबहु त्यसरी नै सम्झाइरहनु भएको छ। निश्चय छ– ५ हजार वर्षपछि फेरि हेविनली गड फादर स्वर्गको स्थापना गर्नेवाला, हामीलाई स्वर्गको बादशाही प्राप्त गर्नको लागि लायक बनाइरहनु भएको छ। बाबाले लायक बनाउनुहुन्छ, रावणले नालायक बनाउँछ जसबाट दुनियाँ कौडी जस्तो बनेको छ। बाबाले यसरी हामीलाई लायक बनाउनुहुन्छ, हामी हीरा जस्तो बन्छौं। नम्बरवार पद त हुन्छन् नै। हर एकको आ-आफ्नो कर्मबन्धनको हिसाब-किताब छ। कसैले सोध्छन्– बाबा हामी वारिस बन्छौ वा प्रजा? बाबा भन्नुहुन्छ– आफ्नो कर्मबन्धन हेर। कर्म-अकर्म-विकर्मको गति त बाबाले नै सम्झाउनु हुन्छ। बाबा सदैव भन्नुहुन्छ– अलग-अलग राय सोध आफ्नो लागि। बाबा बताउनुहुन्छ– तिम्रो हिसाब-किताब कुन प्रकारको छ, तिमीले के पद पाउन सक्छौ। सारा राजधानी स्थापना भइरहेको छ। एक बाबाले नै किंगडम स्थापना गर्नुहुन्छ। बाँकी सबैले आ-आफ्नो धर्म स्थापना गर्छन्। सत्ययुगमा लक्ष्मी-नारायणको राज्य थियो नि। त्यो हो उनीहरूको प्रारब्ध, त्यसमा पनि नम्बरवार। उनीहरूले प्रारब्ध कसरी पाए? अहिले तिमीले देखिरहेका छौ नि। बाबा भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगममा आउँछु। अनेक यसरी कल्पको संगम बितेका छन्, बित्दै जान्छन्। यसको कुनै अन्त्य छँदै छैन। बुद्धिले पनि भन्छ– पतित-पावन बाबा आउनुहुन्छ नै संगममा, जतिबेला पतित राज्यको विनाश गराएर पावन राज्यको स्थापना गर्नु पर्ने हुन्छ। यस संगमको नै महिमा हो। सत्ययुग त्रेताको संगममा केही हुँदैन। त्यो त केवल राजाई ट्रान्सफर हुन्छ। लक्ष्मी-नारायणको राज्य बदलिएर राम सीताको राज्य हुन्छ, पुग्यो। यहाँ त कति हंगामा हुन्छ। बाबा भन्नुहुन्छ– अब यो सारा पतित दुनियाँ खतम हुँदैछ। सबै जानु छ। बाबा भन्नुहुन्छ– म सबैको गाईड बन्छु। दु:खबाट मुक्त गरेर सदैवको लागि शान्तिधाम, सुखधाम लैजान्छु। तिमीलाई थाहा छ– हामी सुखधाममा जान्छौं, बाँकी सबै शान्तिधाममा जान्छन्। यस समय मनुष्यले भन्दछन् पनि– मनलाई शान्ति कसरी मिल्छ? यस्तो कहिल्यै भन्दैनन्– सुख मिलोस्। शान्तिको लागि नै भन्छन्। सबै शान्तिमा नै जाँदैछन्, फेरि आ-आफ्नो धर्ममा आउनेवाला छन्। धर्मको वृद्धि त हुनु नै छ। आधाकल्प हुन्छ सूर्यवंशी, चन्द्रवंशी राजधानी। फेरि अरू धर्म आउँछन्। अहिले आदि सनातन देवी-देवता धर्मको कोही छैनन्। धर्म नै प्राय: लोप छ, फेरि स्थापना हुन्छ। कलमी लागिरहेको छ। बाबाले यो कलमी लगाउनुहुन्छ। 

    उनीहरूले फेरि वृक्ष आदिको कलमी लगाउँछन्। यो कलमी कस्तो अद्‌भुत छ। यिनीहरूले पनि आफूलाई देवी-देवता धर्मको भन्दैनन्। बाबा सम्झाउनु हुन्छ– जब यस्तो हालत हुन्छ, तब म आउँछु। अहिले तिमी बच्चाहरूलाई म सबै शास्त्रको रहस्य सम्झाउँछु। अब तिमीले छुट्याऊ– कुनचाहिँ सही हो? रावण हो नै गलत मत दिनेवाला, त्यसैले दुराचारी भनिन्छ। बाबा हुनुहुन्छ नै सदाचारी। सत्य बाबाले सत्य नै बताउनुहुन्छ। सचखण्डको लागि सच्चा ज्ञान बताउनुहुन्छ। बाँकी यी वेद शास्त्र हुन् भक्ति मार्गको। कति मनुष्यले पढ्छन्। लाखौं गीता पाठशाला अथवा वेद पाठशाला छन्। जन्म-जन्मान्तर पढ्दै नै आउँछन्। आखिर कुनै त लक्ष्य-उद्देश्य हुनुपर्छ। पाठशालाको लक्ष्य-उद्देश्य हुनुपर्छ। शरीर निर्वाह अर्थ पढ्छन्। लक्ष्य-उद्देश्य छ। जे जति पढ्छन्, शास्त्र सुनाउँछन्, त्यसबाट शरीर निर्वाह चल्छ। बाँकी यस्तो होइन, मुक्ति-जीवनमुक्ति प्राप्त गर्छन् वा भगवान्‌लाई प्राप्त गर्छन्। मनुष्यले भक्ति गर्छन् भगवान्‌लाई पाउनको लागि। भक्ति मार्गमा साक्षात्कार भयो भने सम्झन्छन्– भगवान्‌लाई पाएँ, यसमा नै खुशी हुन्छन्। भगवान्‌लाई त चिनेकै छैनन्। सम्झन्छन्– हनुमान गणेश सबैमा भगवान्‌ हुनुहुन्छ। सर्वव्यापीको कुरा बुद्धिमा बसेको छ नि। बाबाले सम्झाउनु भएको छ– जसले जुन भावनाले जसको भक्ति गर्छ, उसको भावना पूरा गर्नको लागि म साक्षात्कार गराइदिन्छु। उनीहरूले सम्झन्छन्– हामीलाई भगवान्‌ नै मिल्यो, खुशी हुन्छन्। भक्त माला अलग हो र ज्ञान माला अलग हो। यसलाई रुद्र माला भनिन्छ र त्यो हो भक्त माला। जसले धेरै ज्ञान प्राप्त गरे उनीहरूको माला हो र अर्को धेरै भक्ति गर्नेहरूको माला हो। भक्तिको नै संस्कार लिएर जान्छन् त्यसैले फेरि भक्तिमा जानुपर्छ। त्यो संस्कार एक जन्म साथै चल्छ। यस्तो होइन अरू जन्ममा पनि हुन्छ। हुँदैन, तिम्रो यो संस्कार त अविनाशी बन्छ। यस समय जुन संस्कार जान्छ फेरि संस्कार अनुसार गएर राजा-रानी बन्छौ। फेरि बिस्तारै-बिस्तारै कला कम हुन्छ। अहिले तिमी बीचमा छौ, बुद्धि वहाँ लट्किएको छ। बसेका त यहाँ छौ तर बुद्धियोग वहाँ छ। आत्मालाई ज्ञान छ– अब हामी गइरहेका छौं। बाबालाई नै याद गर्छन्। हाम्रो आत्मा पार भइरहेको छ, यस शरीरलाई यस किनारा नै छोडिदिन्छौं। यस किनारा छ पुरानो शरीर र त्यस किनारा छ सुन्दर शरीर। यो हुसेनको रथ हो। हुसेन, जसलाई अकालमूर्त भन्छन्, उहाँको यो तख्त हो। आत्मा त अकाल छ। आत्मालाई गोल्डन, सिलभरमा आउनु छ। स्टेज हुन्छन् नि। बाबा त हुनुहुन्छ उंच ते ऊंच। उहाँ यी स्टेजमा आउनुहुन्न। आत्माहरू स्टेजमा आउँछन्। गोल्डेन एजलाई फेरि सिलभरमा आउनु पर्छ। 

    अब तिमीलाई आइरन एजबाट गोल्डेन एजमा लैजानु हुन्छ। आफ्नो परिचय दिइरहनु हुन्छ। उहाँलाई भनिन्छ पनि हेविनली गड फादर। उहाँको अलौकिक दिव्य जन्म हुन्छ, स्वयं बताउनु हुन्छ– म कसरी प्रवेश गर्छु। यसलाई जन्म भनिँदैन। जब समय पूरा हुन्छ, तब भगवान्‌लाई संकल्प उठ्छ– गएर रचना रचूँ। ड्रामामा उहाँको पार्ट छ नि। परमपिता परमात्मा पनि ड्रामाको अधीन हुनुहुन्छ। मेरो पार्ट नै हो भक्तिको फल दिने। परमपिता परमात्मालाई सुख दिनेवाला नै भनिन्छ। राम्रो कर्तव्य गर्योै भने अल्पकालको लागि त्यसको फल मिल्छ। तिमीले सबैभन्दा राम्रो कर्तव्य गर्छौ। सबैलाई बाबाको परिचय दिन्छौ। 

    अब हेर रक्षा-बन्धनको पर्व आउँछ, यसमा पनि सम्झाउनु पर्छ। राखी हो नै पतित आत्मा पावन बन्ने प्रतिज्ञाको लागि। अपवित्रलाई पवित्र बनाउने रक्षाबन्धन। तिमीले पहिला सुरुमा परिचय दिनु छ– पतित-पावन बाबाको। जबसम्म आउनुहुन्न, तबसम्म मनुष्य पावन बन्न सक्दैनन्। बाबा नै आएर पवित्र बन्ने प्रतिज्ञा गराउनुहुन्छ। कहिले देखि यो रसम-रिवाज चल्दै आएको छ, अहिले यथार्थमा हेर ब्रह्माकुमार कुमारी राखी बाँधेर पवित्र रहन्छन्। जनै, कंगन आदि पनि सबै पवित्रताको निशानी हुन्। पतित-पावन बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। अब मसँग प्रतिज्ञा गर– म पवित्र रहनेछु। बाँकी कुनै कंगन आदि लगाउनु छैन। बाबा भन्नुहुन्छ– प्रतिज्ञा गर, मलाई ५ विकार दान गर। यो रक्षा-बन्धन ५ हजार वर्ष पहिले पनि भएको थियो। पतित-पावन बाबा आउनु भएको थियो, आएर राखी बाँध्नु भएको थियो– पवित्र बनाउन किनकि पवित्र दुनियाँको स्थापना भएको थियो। अहिले त नर्क हो। हामी फेरि आएका छौं। अहिले श्रीमतमा प्रतिज्ञा गरेर बाबालाई याद गर्यौा भने तिमी पावन बन्छौ। अब पतित नबन। तिमीले पनि भन– हामी ब्राह्मणहरू आएका छौं प्रतिज्ञा गराउन। हामी प्रतिज्ञा गर्छौं– हामी कहिल्यै पतित बन्दैनौं। तर यस्तो लेख्नेहरू पनि धेरैले छोडेर गए। पतित-पावन बाबा आउनुहुन्छ नै संगममा। ब्रह्माद्वारा आएर डाइरेक्शन दिनुहुन्छ बच्चाहरूलाई– पवित्र बन। यहाँ सबैले प्रतिज्ञा गरेका छन्। तपाईले पनि जज गर्नुहोस्– बाबाबाट वर्सा मिल्छ। पवित्र ब्राह्मण बन्यौं भने फेरि देवता बन्छौं। हामी ब्राह्मणहरूले प्रतिज्ञा गरेका छौं। एलबम पनि देखाउनुपर्छ– यो रक्षा-बन्धनको चलन कहिले देखि सुरु भएको हो? अहिले संगममा यो पवित्रताको प्रतिज्ञा गरेका छौ, जुन फेरि २१ जन्मसम्म पवित्र रहन्छौ। अहिले बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यस्तो-यस्तो प्वाइन्टहरू निकालेर पहिले नै भाषण बनाउनुपर्छ। यो चलन कहिले देखि सुरु भयो? ५ हजार वर्षको कुरा हो। कृष्ण जन्माष्टमी पनि ५ हजार वर्षको कुरा हो। कृष्णको चरित्र त केही छँदै छैन। उनी त सानो बच्चा हुन्। चरित्र त एक बाबाको छ, जसले चलाखी पूर्वक बच्चाहरूलाई कौडीबाट हीरा जस्तो बनाउनुहुन्छ। बलिहारी उहाँ एकको नै हो, अरू कसैको बर्थ डे मनाउनु कुनै कामको छैन। बर्थ डे मनाउनु पर्छ एक परमपिता परमात्माको, पुग्यो। मनुष्यले त केही पनि बुझेका छैनन्। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) वारिस बन्नको लागि आफ्नो सबै हिसाब-किताब, कर्मबन्धन चुक्ता गर्नुपर्छ। बाबाको जे राय मिल्छ, त्यसमा नै चल।

    २) सबैलाई बाबाको सत्य परिचय दिएर पतितबाट पावन बनाउने श्रेष्ठ कर्तव्य गर। पवित्रताको राखी बाँधेर पवित्र दुनियाँको मालिकपनको वर्सा लेऊ।

    वरदान:

    ज्ञानलाई लाइट र माइटको रूपले समयमा कार्यमा लगाउने ज्ञानी आत्मा भव   

    नलेज अर्थात् ज्ञान, नलेज इज लाइट-माइट भनिन्छ। लाइट अर्थात् प्रकाश– यो गलत हो, यो सही हो, यो अन्धकार हो, यो प्रकाश हो, यो व्यर्थ हो, यो समर्थ हो। लाइट र माइटले सम्पन्न आत्मा कहिल्यै अन्धकारमा रहन सक्दैन। यदि अन्धकार जानेर पनि अन्धकारमा छ भने उसलाई ज्ञानी वा समझदार भनिँदैन। ज्ञानी आत्मा कहिल्यै पनि गलत कर्म त के, संकल्पको वा स्वभाव-संस्कारको पनि वशीभूत हुन सक्दैन।

    स्लोगन:

    हीरो पार्ट खेल्नको लागि जीरो बाबासँग कम्बाइन्ड बन।   



    ***OM SHANTI***