BK Murli 17 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 17 July 2017 Nepali

    २०७४ श्रावण २ सोमबार १७-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– डबल शिरताज बन्नको लागि डबल हिंसा छोड्नुपर्छ, गुप्त योद्धा बनेर माया दुश्मनलाई जित्नुपर्छ।”  

    प्रश्न:

    सानो मुख ठूलो कुरा... यो भनाइ कसको लागि र किन प्रसिद्ध छ?

    उत्तर:

    यो भनाइ परमात्माको लागि हो। कसरी उहाँ साधारण तनमा बसेर यस सानो मुखबाट तिमीलाई ठूला-ठूला कुरा सुनाउनु हुन्छ। गरिब निवाज बाबाले तिमीलाई गरिबबाट धनवान बनाउनु हुन्छ। तिमी बच्चाहरूले पनि भन्छौ– हामी शक्तिशाली योद्धा हौं। हामीले रावणलाई जितेर सारा विश्वमा स्वर्गको स्थापना गरिरहेका छौं। त्यसैले यो पनि सानो मुख ठूलो कुरा भयो। मनुष्यले यी कुरा सुनेर हाँस्छन्, बुझ्न सक्दैनन्। तिम्रो जस्तो कुरा गर्न कसैलाई आउँदा पनि आउँदैन।

    गीत:–

    आखिर वह दिन आया आज...

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ अनि अर्थ पनि बुझ्यौ, निश्चय पनि भयो जसलाई पतित-पावन भनिन्छ, उहाँ बाबा अहिले आउनु भएको छ। पतित-पावनको साथ-साथै गरिब निवाज शब्द पनि आउँछ। यतिबेला सारा दुनियाँ नर्क छ। गरिब पनि धेरै छन्। सारा सृष्टि नै गरिब छ। यस्तो नसम्झ रुस, अमेरिका धनवान छन्, छैनन्। जान्दछौ– यिनीहरूसँग थोरै जे जति छ, त्यो स्वर्गको तुलनामा केही पनि होइन। सबै साधन, वैभव जम्मा गर्योक भने पनि स्वर्गको तुलनामा केही पनि होइन। लेख्छन् पनि– चीनले यति करोड पौण्ड सुन खरिद गर्न सक्छ। हुन त अमेरिका पनि धेरै धनवान छ। तर तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो जुन राजधानी वा स्वर्ग स्थापना भइरहेको छ, त्यसका अगाडि त यो केही पनि होइन। यति सबै हुँदाहुँदै पनि गरिब छन्। स्वर्गको तुलनामा यो सारा विश्व गरिब छ। यहाँ बाबाको नामै छ गरिब-निवाज। भारतखण्ड नै स्वर्गमा कति धनवान थियो। तुलना गरिन्छ। अहिले त के हालत छ। तिम्रो गरिब-निवाज बाबा सामुन्ने बस्नु भएको छ र तिमीलाई स्वर्गको वर्सा दिन आउनु भएको छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई कति धनवान बनाउनुहुन्छ। हामी महाराजा-महारानी कति धनवान थियौं। भक्तिमार्गमा कति मन्दिर बनाउँछन्। बाबाको गरिब-निवाज नाम सुहाउँछ नि। त्यो हो नै नयाँ दुनियाँ। यो हो पुरानो दुनियाँ। सम्झन्छन्– पुरानो दुनियाँका मनुष्य के भएका छन्। स्वर्ग त सुखको भण्डार हो। कोही त यस दुःखको दुनियाँलाई परिवर्तन गर्नेवाला हुनुपर्छ नि। कसरी परिवर्तन गर्नुहुन्छ, यो पनि अहिले तिमीलाई थाहा छ। कुनै लडार्इं झगडा आदिको कुरा छैन। गीतामा कृष्णको नाम राखिदिएका छन्। दुनियाँलाई पल्टाउने कृष्ण त हुन सक्दैनन्। दुनियाँलाई पल्टाउनेलाई परमात्मा भनिन्छ। अहिले तिमीले बुझेका छौ– बाबाले हामीलाई केबाट के बनाइरहनु भएको छ। हामीले त केही पनि जान्दैनथ्यौं। हामी अवश्य विश्वका महाराजा-महारानी बन्छौं। नामै छ गोल्डन एज, सुनको दुनियाँ। द्वारिकालाई पनि सुनको भन्दछन्। द्वारिका अर्थात् सबै शहर सुनको। अवश्य यति अथाह धन होला, बच्चाहरूले साक्षात्कार पनि गरेका छन्। बाबा भन्नुहुन्छ– जति तिमी अगाडि जान्छौ, त्यति घरी-घरी साक्षात्कार हुन्छ। आफ्नो देशको नजिक आएपछि मनमा आउँछ अब म आइपुगेँ। तिमीलाई थाहा छ– यो लडाईं पनि अवश्य लाग्छ अनि पुरानो दुनियाँको विनाश हुन्छ। जसरी दिल्ली पुरानो थियो, अहिले नयाँ बनाएका छन्। तिमीलाई थाहा छ– यो सारा दुनियाँ कब्रिस्तान हो, फेरि परिस्तान बन्छ। बाबाले हामीलाई नयाँ दुनियाँको वर्सा दिइरहनु भएको छ। अब त्यो दिन आएको छ, जहाँ गरिब दुनियाँलाई बाबाद्वारा स्वर्गको वर्साको बादशाही मिल्छ। नयाँ दिल्ली त सबैलाई भनिदैन। नयाँ दुनियाँमा नयाँ दिल्ली भनिन्छ। गान्धीजीले भन्थे अथवा अहिले पनि भन्छन् रामराज्य होस्। त्यसैले बुझ्नुपर्छ अवश्य अहिले रावण राज्य छ। 

    भन्छन् फलानो स्वर्ग गए। अवश्य नर्कमा थिए, तब त स्वर्गमा गए। स्वर्गमा यो शब्द भनिदैन। यहाँ जसरी स्वर्गको याद गरिन्छ, त्यस्तै बाबाको याद गर्नुपर्छ। कोही मर्योग भने भन्छन् सुखधाम वा स्वर्ग गयो। त्यस स्वर्गमा कुनचाहिँ धर्म रहन्छ? परमपिता परमात्माले नै स्वर्ग स्थापना गर्नुहुन्छ। तिमीले देखेका छौ– कति साधारण रीतिसँग बस्नु भएको छ। ड्रामाको रहस्य तिमीलाई नै थाहा छ। जुन दृश्य जुन बेला चल्छ पछि फेरि दोहोरिन्छ। फेरि ५ हजार वर्षपछि दोहोरिन्छ। क्राइस्टलाई क्रसमा चढाए, बितेर गयो। यो हो विश्वको इतिहास-भूगोल जुन फेरि दोहोरिन्छ। क्रिश्चियन धर्म हुँदैन, फेरि क्राइस्ट आएर स्थापन गर्छन्। यी कुरा तिमी सिवाय कसैको बुद्धिमा छैन। बाबा भन्नुहुन्छ– म फेरि ५ हजार वर्षपछि राजयोग सिकाउन आएको छु। शिक्षकले भन्नुहुन्छ– मैले तिमीलाई सृष्टिको आदि मध्य-अन्त्यको रहस्य सुनाइरहेको छु। यो ज्ञान परमपिता परमात्मा सिवाय कसैले दिन सक्दैन। यी कुरा शास्त्रमा छैनन्। यो कुरा कहाँ कसले जानेको छ र। क्राइस्ट फेरि ३ हजार वर्षपछि आउँछन्। अहिले २ हजार वर्ष भयो त्यसैले ५ हजार वर्षको हिसाब भयो नि। तर कसैको बुद्धिमा बस्दैन। 

    तिमी बच्चाहरूलाई थाहा छ, फेरि स्वर्गको स्थापन भइरहेको छ। कुनै लडार्इं आदि हुँदैन। बाबाले कहाँ हिंसा गराउनुहुन्छ र। बाबाद्वारा तिमी डबल अहिंसक बनेर डबल शिरताजधारी बनिरहेका हौ। बाबाले भन्नु भएको छ, काम महाशत्रु हो। त्यसलाई जितेर तिमी पवित्र दुनियाँको मालिक बन्छौ। समय त अहिले त्यही हो। परिस्थिति पनि देखिन्छ। यो लडाईं पनि ५ हजार वर्ष पहिले भएको थियो। तर फेरि कसको विजय भयो? यादव र कौरव समाप्त भए फेरि परिणाम के भयो? केही देखाउँदैनन्। बाबा आउनुभयो महाभारत लडार्इं लाग्यो अनि के भयो? देखाउँछन् पाण्डव पहाडमा गलेर मरे। कुकुर पनि साथैमा देखाएका छन्। केही पनि बुझ्दैनन्। बेहदको चक्र कति विशाल छ, कति धेरै धर्म छन्। तिम्रो बुद्धिमा सारमा सबै रहस्य छ। पहिला सुरुमा तिमी धेरै धनवान थियौ। अहिले त धेरै गरिब छौ। अहिले त मनुष्य पनि धेरै बढेका छन्। आखिरमा त यो जान्दछौ र भन्छौ पनि परिस्थिति यस्तो प्रकारको छ। तिमीलाई यो पनि थाहा छ– हामी श्रीमतमा चलेर सर्वश्रेष्ठ राजधानी स्थापना गरिरहेका छौं, कल्प पहिला जस्तै। यो नशा चढ्नुपर्छ नि। गुप्त योद्धा भनिन्छ नि। तिमी वास्तवमा गुप्त छौ, तर धेरै प्रख्यात छौ। उनीहरूले भन्छन्, गुप्त योद्धा, फेरि यति प्रख्यात हुन्छन्, जसलाई ठूला मानिसले फूल चढाउन जान्छन्। तिमी पनि कति प्रख्यात बन्छौ। तिमीलाई कति फूल चढाउँछन्, कति मन्दिर बनाउँछन्। अहिले तिमीलाई कसैले चिन्दैनन्। उनीहरू त बन्दुक आदिद्वारा मारिन्छन्। तिमीले विश्वलाई स्वर्ग बनाइदिन्छौ, फेरि तिमी विष्णुमाला वा रुद्रमालामा उनिन्छौ। तर यो पनि कसैले जान्दैनन्– शिवशक्ति पाण्डव सेनाले के गरेका थिए? अहिले पनि जानेका छैनन्– तिमीले के गरिरहेका छौ? तिमी कति शक्तिशाली योद्धा हौ। तिम्रो युद्ध कोसँग छ? रावणसँग। तिमीले कसैलाई हामी युद्धको मैदानमा छौं भन्यौ भने सुनेर हाँस्छन्। भन्छन् नि सानो मुख ठूलो कुरा गर्छ। हामीले स्वर्गको स्थापना गरिरहेका छौं। तिमीलाई जस्तो कुरा गर्न कसैलाई पनि आउँदैन। बेहदका बाबा आएर यस सानो मुखबाट कति ठूलो कुरा गर्नुहुन्छ। उनीहरूले कृष्णलाई भन्छन्– सानो मुख ठूलो कुरा। तर कृष्ण त हुन् नै साना। बच्चाको मुख अवश्य सानो हुन्छ। मुख सानो, कुरा ठूलो– यो त परमात्माको लागि भनिन्छ। बाबा गरिब निवाज हुनुहुन्छ। आएर सबैलाई कति धनवान बनाउनुहुन्छ। पुरानो शरीरमा आउनुहुन्छ। तिमी पनि गरिब, भारतखण्ड पनि गरिब, तिम्रो बाबा आएर गरिब-निवाज बन्नुहुन्छ। तिमीले भन्छौ– बाबा आएर नर्कलाई स्वर्ग बनाउनुहुन्छ। कति ठूला गहन कुरा छन्। भन्छन् दुनियाँलाई स्वर्ग कसरी बनाउने? यो कसरी हुन सक्छ? कलेज हेर कस्तो छ! कसले पढाउँछ! तर तिमीले कति उच्च पद पाउँछौ। बसेर तिमीले हेर कस्ता छौ। आश्चर्य छ नि। कल्प-कल्प यस्तै हुन्छ। सुरुदेखि लिएर जे भयो, बाबा जसरी आउनुभयो त्यस्तै दोहोरिन्छ। यिनलाई बसेर सम्झाउनुहुन्छ। तिमीले आफ्नो जन्मलाई जान्दैनौ, मैले बताउँछु। निश्चय पनि उनलाई हुन्छ, जसलाई कल्प पहिला भएको थियो। माया पनि कम छैन। आफूलाई निश्चय भएर, अरूलाई निश्चय गराएर पनि मायाले फेरि संशय बुद्धि बनाइदिन्छ। जो संशय बुद्धि भएर गएका छन्, उनलाई फेरि निश्चय बुद्धिमा ल्याउनुहुन्छ। समझमा आउँछ अवश्य पनि बाबाको ज्ञान धेरै अचम्मको छ त्यसैले भनिन्छ भगवान्‌को गति मत भगवानले नै जान्नुहुन्छ। 

    गरिब-निवाज बाबा आएर कति धनवान बनाउनुहुन्छ। सारा विश्वलाई पल्टाउनुहुन्छ। उनीहरूलाई परिवर्तन गरेर कायाकल्प वृक्ष पनि बनाउनुहुन्छ। तिम्रो काया कस्तो फस्टक्लास बन्छ। तिमीलाई थाहा छ– अवश्य सत्ययुगमा हाम्रो आयु लामो थियो। एक शरीर छोडेर अर्को लिन्थ्यौं। यहाँ त हेर के हालत भएको छ। मृत्यु देखि डराइरहन्छन्। तिमी बच्चाहरूलाई साक्षात्कार पनि गराएको छु। तिमी जंगलमा जान्छौ, कोही तिम्रो सामुन्ने आयो भने उसलाई साक्षात्कार हुन्छ, यिनी त देवी हुन्, तुरुन्तै भाग्छन्। बाबाले बच्चाहरूको कति सम्हाल गर्नुहुन्छ त्यसैले तिमीहरूको नाम शक्ति राखिएको हो। तिमीसँग अरू सबै मनुष्य डराउँछन्। काली देखि कति डराउँछन्। भयंकर रूप देखाउँछन्। यो पनि साक्षात्कार भएको छ। कुनै चोर सामुन्ने आयो भने कालीको रूप देखेर भाग्छन्। कति सम्हाल, रक्षा गर्नुहुन्छ। कोबाट? रावणबाट। तिमीलाई युक्ति बताइरहन्छु। बाबालाई याद गरिह्यो भने माया सामुन्ने आउने नामै लिँदैन। त्यसैले बाबाले सम्झाउनुहुन्छ आफ्नो चार्ट अवश्य राख। तिमीहरूको पनि रेस छ। रेसमा उनीहरूको रेखदेख गर्नेहरू पनि हुन्छन्। कहीं कसैले गडबडी त गर्दैन। तिमी त श्रीमतमा चल्नुपर्छ, बाबा भन्नुहुन्छ– मलाई याद गर। मायाले धेरै विकल्प ल्याउँछ। सम्झन्छौ– पहिला त कहिल्यै यस्तो ख्याल पनि आएन। अहिले बुढो भइसकें तैपनि यस्तो संकल्प किन आउँछ? स्वप्न धेरै आइरहन्छन्। मायाको तूफानसँग डराउनु हुँदैन। काम अग्निसँग कहिल्यै जल्नु हुँदैन। बाबाले सम्झाउनु भएको छ– यतिबेला सबै काम चितामा बसेर जलेर मरेका छन्। विकारी कार्य गरि नै रहन्छन्। बेलायतमा ४-५ बच्चा जन्माउनेलाई इनाम दिन्छन्। यस्ता समाचार अखबारमा धेरै आउँछन्। के के भइरहेको छ सारा दुनियाँको समाचार बाबाले तिमीलाई सुनाउनुहुन्छ। रेडियोद्वारा पनि थाहा हुन्छ, कहाँ जोडसँग लडाईं भएको छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी धेरै धनवान बनिरहेका छौं। स्वर्गको मालिक बन्छौं। त्यहाँका प्रजा पनि धेरै धनवान हुन्छन्। उनको लागि पनि कुनै अप्राप्त वस्तु हुँदैन, जसको लागि आविष्कार आदि गरुन्। कृष्ण त धेरै धनवान् हुन्छन्, शिवबाबासँग कुनै पैसा आदि छ र? कृष्ण त वैकुण्ठको मालिक हुन्। तिमीलाई थाहा छ– हाम्रो लक्ष्य-उद्देश्य कति महान् छ। यी लक्ष्मी-नारायण अवश्य महाराजा-महारानी थिए। अहिले छैनन्। अब फेरि बाबाले त्यस्तै बनाइ रहनु भएको छ। अहिले कति गरिब छन्, पहिले कति धनवान् थिए। तिमीलाई यी लक्ष्मी-नारायणको इतिहास-भूगोल थाहा छ। यस्तो कुनै मनुष्य छैन, जसलाई आफ्नो ८४ जन्मको बारेमा थाहा होस्। अहिले तिमीलाई कति उच्च शिक्षा प्राप्त भएको छ। बताउनेवाला हुनुहुन्छ नै एक बाबा। उहाँका कति मन्दिर बन्छन्। तिमीले भन्छौ– हामीले राज्य गरेका थियौं। हाम्रो कति मन्दिर बनेका छन्। सारा दिन यिनै कुरामा रमण गरेर हर्षित रहनुपर्छ। अच्छा!


    धारणाको लागि मुख्य सारः

    १) मायाको तूफान देखि डराउनु हुँदैन, यादको रेस गर्नुपर्छ। यादको चार्ट राख्नुपर्छ। याद नै सुरक्षाको साधन हो।

    २) श्रीमतमा हामीले श्रेष्ठ राजधानी स्थापना गरिरहेका छौं। हामी गुप्ततर धेरै प्रख्यातयोद्धा हौं। यस रूहानी नशामा रहनुपर्छ।

    वरदान:

    आफ्नो श्रेष्ठ दृष्टि, वृत्ति, कृतिद्वारा सेवा गर्ने निरन्तर सेवाधारी भव  

    जसरी यो शरीर श्वास विना रहन सक्दैन, त्यस्तै ब्राह्मण जीवनको श्वास हो सेवा। जसरी श्वास नचल्दा मूर्छा पर्छन्, त्यस्तै यदि ब्राह्मण आत्मा सेवामा व्यस्त भएन भने मूर्छा पर्छ। त्यसैले सदैव आफ्नो श्रेष्ठ दृष्टि द्वारा, वृत्ति द्वारा, कृति द्वारा सेवा गरिराख। वाणी द्वारा सेवाको मौका मिलेन भने मनद्वारा सेवा गर। जब सबै प्रकारको सेवा गर्छौ तब पूरा अंक ल्याउन सक्छौ।

    स्लोगन:

    साक्षीपनको स्थितिको तख्त नै यथार्थ निर्णयको तख्त हो।   

      

    ***OM SHANTI***