BK Murli 27 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 27 July 2017 Nepali

    २०७४ श्रावण १२ बिहीबार २७-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबाको बनेर तिमीले विना कौडी खर्च सेकेन्डमा जीवनमुक्तिको अधिकार प्राप्त गर्छौ, निश्चय भयो अनि वर्सा मिल्यो।”  

    प्रश्न:

    बुद्धिमान् बच्चाहरूको कर्तव्य कुनचाहिँ हो?बाबाले तिमी बच्चाहरूलाई कुनचाहिँ कुरा भन्नुहुन्छ, जुन तिमीले सबैको कानमा सुनाइरहनु छ?

    उत्तर:

    सच्चा यात्रा गर्नु र गराउनु– यही बुद्धिमान् बच्चाहरूको कर्तव्य हो। सच्चा यात्रा हो मनमनाभव। यस यात्राद्वारा अरू धक्काहरूबाट बचिन्छ। जसरी बाबा कल्याणकारी हुनुहुन्छ, त्यसैगरी बुद्धिमान् बच्चाहरू पनि बाबा समान कल्याणकारी हुन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले मलाई याद गर, कुनै पनि देहधारीलाई याद नगर। देहधारीलाई याद गर्यौ भने देह-अभिमानी बन्छौ। त्यसैले सदैव सम्झ देहधारी सबै मरिसकेका छन्, मैले बाबालाई याद गर्नु छ। यही कुरा सबैको कानमा सुनाउँदै गर।

    गीत:–

    तकदिर जगाकर आई हुँ.....

    ओम् शान्ति।

    बच्चाहरूको तकदिर बनाउन कुनै खर्च लाग्छ? मम्मा बाबाको पासमा बच्चाहरू आए, बच्चाहरूलाई केही खर्च लाग्यो, वर्सा पाउन? पैदा हुनासाथ बाबाको सम्पत्तिको वर्सा मिल्छ। अखबारमा पनि लेख्छन् नि– फलानो वारिसको जन्म भयो। बच्चालाई कुनै खर्च लाग्यो? लागेन। जन्मियो, उसलाई कुनै खर्च लागेन। कोही धेरै धनवान छन्, बच्चा छैन भने एडाप्ट गर्छन्। बच्चाको कुनै खर्च लाग्यो? केही पनि लागेन। यहाँ पनि गायन गरिन्छ– सेकेन्डमा जीवनमुक्ति। दुनियाँले त जीवनमुक्तिको अर्थ जानेका छैनन्। अब यो त जानेका छौ– विश्वको मालिक जीवनमुक्त देवताहरू थिए। यहाँ नै जीवनमुक्ति हुन्छ। बाबा सोध्नुहुन्छ– बाबाको बन्न कुनै खर्च लाग्छ? बाबा म हजुरको हुँ। गायन पनि गरिन्छ– जनकलाई सेकेन्डमा जीवनमुक्ति मिल्यो। केवल बाबाको परिचय मिल्यो, जसको लागि बाबाले युक्तिहरू बताइरहनु हुन्छ। सोध– पारलौकिक परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? परमपिता... उहाँ त बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो बन्नको लागि खर्च लाग्छ? केही पनि लाग्दैन। केवल मेरो बन, खर्च केही पनि छैन। एक सेकेन्डमा जीवनमुक्ति। खर्चको कुरा नै आउँदैन। बच्चा आए, के खर्च भयो? तिमी बाबाको बन्छौ, के खर्च भयो? केवल बुद्धिले नै निश्चय गर्यौ?– म हजुरको हुँ। बुझेका छौ– बाबासँग स्वर्गको बादशाही मिल्छ। बाबा स्वर्गको रचयिता हुनुहुन्छ। वर्सा मिल्छ स्वर्गको बादशाही। निश्चयको कुरा हो नि। पाई पनि खर्च हुँदैन। यादद्वारा नै तिमी हीरा जस्तो बन्छौ। हामीले लेख्छौं पनि– तपाईंले जीवनमुक्ति पाउन सक्नुहुन्छ। कौडी पनि खर्च नगरी तपाईलाई बादशाही मिल्छ। कति धक्का खान्छन्। भक्तिमार्गका यात्राहरूमा मनुष्यले धेरै धक्का खान्छन्। त्यसमा पण्डाहरू पनि रहन्छन् या कुनै धार्मिक पुरुषले धक्का खुवाउँछन्। पैसा पनि धेरै खर्च गर्छन्, मिल्ने त केही पनि होइन। बाबा त धेरै सम्झाइरहनु हुन्छ, तर कसैको तकदिरमा छैन भने बुद्धिमा बस्दैन। कुनै युक्ति निकालेर धक्का खानेहरूलाई बचाऊ। केवल बाबाको मुरली सुनेर गयौ– यो कुनै ठूलो कुरा होइन। कसैलाई के बोल्नुपर्छ, के गर्नुपर्छ। ट्रेनमा यात्रा गर्छन्। कुनै युक्ति निकाल, बाबाले जस्तो युक्ति बताउनुहुन्छ, त्यो कुनैले पनि अझै व्यवहारमा ल्याएका छैनन्। सबैलाई पनि प्यारसँग सम्झाउनुपर्छ, पतित-पावन ज्ञानको सागरसँग तपाईंको के सम्बन्ध छ? अहिलेसम्म बाबालाई समाचार लेखेका छैनन्– बाबा म यस धन्दामा लागेको छु। फलानो-फलानोसँग सोधेको छु, उनले के भन्छन्। केही पनि बाबालाई समाचार दिँदैनन्। बाबासँग तिमीले एक सेकेन्डमा जनक जस्तै जीवनमुक्ति पाउन सक्छौ, यदि यो पहेली हल गर्यौा भने। बाबाले फस्टक्लास कुरा सुनाउनुहुन्छ– प्लास्टिकमा सानो कार्ड छपाऊ। राम्रो पोस्ट कार्ड होस्, जुन जहाँ पनि पठाउन सकियोस्। तीर्थहरूमा त धक्का नै खाइरहन्छन्। तिमीले लेख्न पनि सक्छौ– जन्म-जन्मान्तरको धक्काबाट छुट्न चाहनुहुन्छ भने यो पहेली हल गर्नुहोस्। यसलाई हल गरेर एक सेकेन्डमा जीवनमुक्ति पाउन सक्नुहुन्छ। बाबाले टपिक त दिनुहुन्छ। कुनै बुद्धिमान् बच्चाले राम्रोसँग लेखेर आओस् अनि राम्रो छपाएर पठाओस्। ठूलो शहरहरूमा काम झट्ट हुन सक्छ। धेरै सुन्दर प्लास्टिकको कार्ड होस्, त्यसमा त्रिमूर्तिको ठप्पा लगाउँदा पनि हुन्छ। बाबाले युक्तिहरू धेरै राम्रो बताउनुहुन्छ। जनकलाई सेकेन्डमा जीवनमुक्ति मिल्यो। यो केवल गाइरहन्छन्, कसैलाई थाहा छैन। हुन त अष्टावक्र गीतामा छ, तर त्यसबाट कसैले बुझ्न सक्दैनन्। दन्त्य कथाहरू छन्। तिमीले यथार्थमा बुझाउन बसेका छौ, अरू कसैले बुझेका छैनन्। बुद्धिमान् त एक गड फादर हुनुहुन्छ। बाँकी सबैलाई रावणले बेसमझ बनाइदिएको छ। पावनलाई समझदार, पतितलाई बेसमझ भनिन्छ। यस बेहदको कुरालाई कसैले जानेका छैनन्, यो त बिल्कुल साधारण छ। केवल भन, उहाँ हाम्रो पिता हुनुहुन्छ। पितासँग त अवश्य विना कुनै खर्च बच्चालाई वर्सा मिल्नुपर्छ। बच्चा पैदा हुनासाथ वर्सा मिल्छ। लौकिक पितासँग बच्चालाई वर्सा मिल्छ नै जीवनबन्धको। यहाँ एकै बाबा हुनुहुन्छ, जसलाई पतित-पावन भनिन्छ। यहाँ त छ नै रावणको आसुरी राज्य। अहिले त यहाँ ईश्वर बाबा हुनुहुन्छ। भन्छन् पनि– हेविनली गड फादर। त्यसैले उहाँबाट स्वर्गको वर्सा मिल्नुपर्छ। स्वर्ग भनिन्छ नै नयाँ दुनियाँलाई। पुरानो दुनियाँको त महाविनाश सामुन्ने खडा छ। जति पछि हुँदै जान्छ, मनुष्यहरूलाई विनाशको निश्चय बस्दै जान्छ। मनुष्यहरूलाई दिलमा आउँदै पनि गइरहेको छ। सम्झन्छन्– भोलि नै लडाईं सुरु हुन पनि सक्छ। यो पनि सम्झन्छन्– मृत्यु सामुन्ने खडा छ। तिमीले पनि बताउँछौ– हामी प्रजापिता ब्रह्माकुमार कुमारी हौं। शिवबाबाका बच्चाहरू त हौ नै, वर्साको हकदार बन्छौ। केवल बाबा र वर्सालाई याद गर। कार्डमा पनि यो अक्षर राख। यो एकै पहेली हल भयो भने एक सेकेन्डमा विना कौडी खर्च जीवनमुक्ति मिल्न सक्छ। केवल बाबा र वर्सालाई याद गर्ने हो, पुग्यो। स्वर्गको मालिक बन्छौ नि। स्वर्गमा पनि नम्बरवार पद त हुन्छन् नि। ज्ञानद्वारा फेरि आफैं बुझ्नेछन्– हामीले के गर्नु छ? यहाँ पैसा आदिको कुनै कुरा छैन। बाबाले सदैव बच्चाहरूलाई भन्नुहुन्छ– माग्नु भन्दा मर्नु बेस। बाबाबाट वर्सा पायौ फेरि माग्छौ किन? माता-पिता दुवैले चाहन्छन्– एउटा छोरो वारिस होस्। तिमीहरू अहिले बाबाका बच्चाहरू हौ नि। सबैले फादर भन्छौ नि। बाबाले आत्माहरूसँग कुरा गर्नुहुन्छ। अरे, तिमी बच्चाहरू त मेरो हौ नि, फेरि मलाई र वर्सालाई किन याद गर्दैनौ? यो आत्माहरूसँग कुरा गर्छु, ब्रह्मा तनद्वारा। ब्रह्माका पनि तिमी बच्चाहरू ठहरियौ। नत्र ब्रह्माको घरमा आउन कसरी सक्छौ? ब्रह्माकुमार कुमारीहरूलाई वर्सा मिल्छ शिवबाबाको। स्वर्गको रचयिता कुनै ब्रह्मा होइनन्। तिम्रो गुरु त कुनै ब्रह्मा होइनन्। सतगुरु त हुनुहुन्छ नै एक। यी ब्रह्माले पनि उहाँबाट सिक्छन्। यस्तो होइन सिकेर ब्रह्मा जान्छन् अनि हामी गद्दीमा बस्छौं। होइन, यस्तो हुँदैन, सतगुरु एकै हुनुहुन्छ। हामी सबैले उहाँबाट सिकेर सद्‌गति पाउँछौं। बच्चाहरूले सेवा धेरै गर्न सक्छन्। धेरै चान्स छ। मन्दिर आदिमा पनि यो कार्ड लगेर बुझाउन सक्छौ। कुनैले काम गरेर देखाऊन्। बाबाले जुन युक्ति बताउनुहुन्छ, धेरै नै सहज छ। बाबाले जाँच गरिरहनु हुन्छ। हेरौं, कहाँबाट समाचार आउँछ– बाबा ट्रेनमा हामीले १०-२० जनासँग यो प्रश्न सोध्यौं। एक जनासँग प्रश्न सोध्यौ भने १० जनाले सुन्छन्। घरमा बसेर कसैलाई सम्झायौ, यो कुनै ठूलो कुरा होइन। 

    बाबा भन्नुहुन्छ– केवल बाबा र वर्सालाई याद गर। सानो बच्चाको त बुद्धिमा रहँदैन। जब बालिग हुन्छ, तब बुद्धिमा रहन्छ। तिम्रा त अंगहरू ठूला छन्। सेकेन्डमा जीवनमुक्ति मिल्छ। जान्दछौ– बाबाले हामीलाई स्वर्गको वर्सा दिनुहुन्छ। बिचरा मनुष्यहरूले बाहिर धेरै धक्का खाइरहन्छन्। उनीहरूलाई छुटाउने कसरी? यसमा युक्तिहरू धेरै चाहिन्छ। कति बच्चीहरू घर बसेर लेख्छन्– बाबा म त हजुरको भएँ। कहिल्यै देखेका पनि छैनन्, भेटेका पनि छैनन्। लेख्छन्– बाबा म हजुरको हुँ। हजुरसँग वर्सा लिएरै छोड्छु। कुटाइ पनि खाइरहन्छन्। यस्ता बच्चीहरू धेरै अगाडि जान सक्छन्। तिमीले त कुटाइ पनि खाँदैनौ तैपनि यो सेवा गर्न सक्दैनौ। बाबाले भनेको पनि सुनेको नसुन्यै गरिदिन्छौ। तिमीले कुनै पनि भाषामा कार्ड छपाउन सक्छौ। काम गर्नेवालाको बुद्धि चल्नुपर्छ। बाबाले कुनै ठूलो काम कहाँ दिनुहुन्छ र। त्यस दुनियाँको सरकारको कति धेरै पंचायत छन्– विनाशको लागि। तिम्रो पासमा अविनाशी पद पाउनको लागि कति राम्रा युक्तिहरू छन्। भक्तिमार्गमा धेरै खर्च गर्छन् र तिमीले हेर के गरिरहेका छौ! कुनै खर्च छैन। भक्तिमार्गमा धेरै खर्च हुन्छ, तिमीले एक सेकेन्डमा जीवनमुक्ति पाउँछौ। बुद्धिमान् बच्चाहरू उनै हुन्, जसले बाबालाई कार्ड छपाएर देखाऊन्। हामीले कति सहज बाबासँग वर्सा लिइरहेका छौं। मनुष्य त कति दु:खी हुन्छन्। कति त आधा बाटोबाटै पनि फर्केर आउँछन्। गरिब बिचराहरू धेरै भड्किन्छन्। ती बिचराहरूमाथि दया लाग्छ। तिमी गड फादरका बच्चाहरू हौ, तिमी त स्वर्गमा आउनुपर्छ। यहाँ तिमी नर्कमा किन परेका छौ? यो कुनै बताउनेवाला चाहिन्छ। तिमीले कसैलाई पनि सम्झाउन सक्छौ– अल्लाहलाई याद गर्नुहोस्, अल्लाहको घर जानको लागि। वहाँदेखि नै हामी आएका हौं। अब बाबालाई याद गर्नुहोस्। नन बट वन। नन्सलाई पनि सम्झाउनु पर्छ। तिमीले याद गर्नु छ– गडलाई। क्राइस्टले पनि उहाँलाई याद गरेका छन्। सम्झ, ब्रह्मा गए तापनि तिमीले याद त शिवबाबालाई गर्नु छ। शरीर त छुट्छ नै। तिमीले याद उहाँको गर्नु छ। शिवबाबा भन्नुहुन्छ– केवल मलाई नै याद गर। कुनै देहधारीलाई याद गर्नु छैन। देही-अभिमानी बन्नु छ। देहधारी त सबै मरेतुल्य छन्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। दुनियाँमा त एक अर्कालाई दु:खी बनाइरहन्छन्। यहाँ हामीले एउटा कुरा कानमा सुनाउँछौ। छ धेरै सहज। अल्फ र बे, बाबा र बादशाहीलाई याद गर। मनमनाभवको अर्थ नै यो हो। बाँकी त सबै हुन् विस्तार। बाबा कल्याणकारी हुनुहुन्छ। बच्चाहरू पनि कल्याणकारी बन्नु छ। बच्चाहरूले पनि सबुत दिनु छ। आज मैले कतिको कल्याण गरेँ? कल्याण गर्नको लागि घुम्नुपर्छ। धर्म स्थापना अर्थ पनि धक्का खानुपर्छ। हामीले यस्तो यात्रा सिकाउँछौ, त्यसपछि कहिल्यै अरू यात्रा गर्नु पर्दैन, मनमनाभव। यात्रीहरूको पछाडि लाग्नुपर्छ। धेरै समझदार चाहिन्छ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) हीरा जस्तो बन्ने साधन बाबाको याद हो। बाबाको यादद्वारा विना कौडी खर्च विश्वको बादशाही मिल्छ, त्यसैले निरन्तर एक बाबाको यादमा रहनु छ।

    २) माग्नु भन्दा मर्नु बेस– बाबासँग सबैथोक मिल्यो त्यसैले माग्नु छैन। कल्याणकारी बनेर सबैलाई सच्चा बाटो बताऊ।

    वरदान:

    दु:खको दुनियाँबाट किनारा गर्नेवाला सुखदेवा, सुख स्वरूप भव   

    तिमी सुखको सागरका बच्चाहरू सुख स्वरूप, सुखदेवा हौ। दु:खको दुनियाँ छोडिदियौ, किनारा गर्यौक। त्यसैले संकल्पमा पनि न दु:ख दिनु छ, न दु:ख लिनु छ। यदि कसैको कुनै कुरा दिलमा लाग्छ भने पनि यसलाई दु:ख लिनु भनिन्छ। यदि कसैले दिन्छ तर तिमीले लिँदैनौ– यो तिमीमा भर पर्छ। यस्तो होइन कसैले दु:ख दिइरहेको छ, भनोस् म के गरूँ! चेक गर– के लिनु छ, के लिनु छैन? लिनमा पनि होसियार बन्यौ भने सुख स्वरूप, सुखदेवा बन्छौ।

    स्लोगन:

    स्थितिको आधार स्मृति हो, त्यसैले सदा खुशीको स्मृति बनिरहोस्।  



    ***OM SHANTI***