BK Murli 28 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 28 July 2017 Nepali

    २०७४ श्रावण १३ शुक्रबार २८-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– २१ जन्मको लागि रावणको जञ्जीरबाट मुक्त हुनको लागि बाबाको श्रीमतमा चल, बाबा आउनुहुन्छ नै तिमीलाई सबै दु:खबाट मुक्त गर्न।”  

    प्रश्न:

    सबैभन्दा उच्च लक्ष्य कुनचाहिँ हो, जसको लागि धेरै समयको पुरुषार्थ चाहिन्छ?कति बच्चाहरूको अवस्था चल्दा-चल्दै तल-माथि किन हुन्छ?

    उत्तर:

    अन्तिम समयमा एक बाबाको नै याद रहोस्, अरू कुनै याद नआओस्। यो धेरै उच्च लक्ष्य हो। यदि कोही याद आयो भने यही दुनियाँमा जन्म लिनुपर्छ, त्यसैले धेरै समयदेखि शिवबाबाको यादमा रहने अभ्यास गर।किनकि पक्का निश्चय छैन। जब निश्चयमा कमी आउँछ, तब पारो जस्तै अवस्था तल-माथि हुन्छ। कहिले धेरै खुशी रहन्छ, कहिले खुशी कम हुन्छ।

    गीतः–

    भोलेनाथ से निराला.......

    ओम् शान्ति।

    बच्चाहरूले सम्झन्छन्– हामी भोलानाथ शिवबाबाको सम्मुख बसेका छौं र ब्रह्मा मुखद्वारा यो सहज राजयोग पनि सिकिरहेका छौं। सबै वेद, ग्रन्थ, शास्त्र, उपनिषद्हरूको सार बाबा बसेर सम्झाउनुहुन्छ। यो बच्चाहरूको नै बुद्धिमा बसेको छ। चित्रहरूमा पनि छ– ब्रह्माद्वारा स्थापना। त्यसैले ब्रह्माद्वारा नै सबै वेद शास्त्रहरूको सार सुनाउनु भएको छ। तिमी बच्चाहरूलाई यो सबै कसले सम्झाउँछ? परमपिता परमात्मा भोलानाथ शिवले। उहाँ निराकार हुनुहुन्छ त्यसैले हरेक कुरा ब्रह्माद्वारा सम्झाउनुहुन्छ। जसलाई सम्झाउनुहुन्छ, उनीहरूले फेरि अरूलाई सम्झाउँछन्। यदि सम्झाउन सक्दैन भने उसले स्वयं बुझेको छैन अर्थात् बेसमझ छ। बेसमझलाई सम्झाइन्छ। बाबाले सबैलाई भन्नुहुन्छ– तिमीहरू बेसमझ हौ। तिमीले म बाबालाई चिनेका छौ? तिमीले वर्सा लिएका थियौ। सत्ययुगी स्वराज्य थियो। फेरि रावण राज्य हुनाले तिमीले वर्सा गुमाइदियौ। रावणराज्य भएको कारणले तिमी पतित, बेसमझ, कंगाल बनेका छौ। सबै आसुरी मतमा नै चल्छन्। तिमीले सम्झन्छौ– कल्प पहिला हामीलाई बाबाले समझदार बनाउनु भएको थियो। हामी विश्वको मालिक बनेका थियौं, अहिले हामी मायाको गुलाम बनेका छौं। सम्पत्तिको गुलाम होइन, माया रावणको गुलाम भएका छौं। ५ विकारहरूका जञ्जीरहरूमा हामी बाँधिएका छौं र शोक वाटिकामा छौं। वास्तवमा रावणको राज्य सारा विश्वमा छ। सारा दुनियाँ रावणको जञ्जीरमा बाँधिएका छन् त्यसैले जे जति गर्छन् गलत नै गर्छन्। बाबा आएर सबै सही बनाउनुहुन्छ, त्यसैले परमपिता परमात्मालाई सत्य भनिन्छ। रावणलाई झूट भनिन्छ। आधाकल्प सत्यको राज्य चल्छ। आधाकल्प झूटको राज्य चल्छ। रावणराज्यलाई झूटो दुनियाँ भनिन्छ। तिमी बच्चाहरूलाई नै थाहा छ। ज्ञानसागर परमपिता परमात्मा शिवले हामीलाई सम्झाइरहनु भएको छ ब्रह्माद्वारा। गायन पनि गरिएको छ– सेकेन्डमा जीवनमुक्ति। यसरी धेरैले भन्छन्– सेकेन्डमा जीवनमुक्ति। तर यतिबेला सबै जीवनबन्धमा छन्‌। एक सेकेन्डमा जीवनमुक्तिको वर्सा लिन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ, हामी भगवान्‌का बनेका छौं। भगवान्‌ स्वयं भन्नुहुन्छ– तिमी मेरा बच्चाहरू हौ। जान्दछौ– ईश्वरले नै नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ त्यसैले अवश्य पुरानो दुनियाँमा आउन पर्छ। पुरानो दुनियाँलाई पतित भ्रष्टाचारी भनिन्छ। सबैले भगवान्‌लाई बोलाउँछन्– भन्छन्, हाम्रो जीवनलाई मुक्त गर्नुहोस्। दु:खबाट मुक्त गर्नुहोस्। मनुष्यले जानेका छैनन्– दु:खको राज्य कहिले र कसले स्थापना गर्छ? पढ्न त शास्त्रहरू धेरै पढेका छन्। विद्वान् पण्डित आदि छन्, जसलाई घमण्ड धेरै छ। तर कोही यस्तो छैन, जसले सेकेन्डमा जीवनमुक्ति कसैलाई दिन सकोस्। कसैले भन्न पनि सक्दैन– हामीले जीवनमुक्ति दिन सक्छौं वा सबैको सद्गकति गर्न सक्छौं। मैले नै सबैको सद्ग ति गर्छु। गायन पनि गरिन्छ– परमपिता परमात्मा सर्वका सद्गगति दाता हुनुहुन्छ। सर्वका मुक्तिदाता हुनुहुन्छ, दु:खदेखि मुक्त गर्नुहुन्छ। सुखदेखि कसले मुक्त गर्छ र? दु:खदेखि मुक्त त बाबाले गर्नुहुन्छ। त्यसोभए सुखदेखि मुक्त कसले गर्छ? हामी सुखी थियौं नि। फेरि सुखदेखि मुक्त गरेर दु:खमा कसले ल्यायो? सुखदेखि मुक्त गर्नेवाला हो रावण। अब रामको श्रीमतमा चल्नाले तिमी २१ जन्मको लागि मुक्त हुन्छौ। यसलाई भनिन्छ जीवनमुक्ति वा सद्गति। बच्चाहरूको बुद्धिमा अहिले बसेको छ। वास्तवमा हामी जीवनमुक्त थियौं त्यतिबेला सुखधाम थियो। अहिले हामी दु:खधाममा छौं, जीवन बन्धमा छौं। बेहदको प्रश्न हुन्छ। त्यसैले बाबाले बेहदको नै यी कुरा सुनाउनुहुन्छ, जुन मनुष्यले जान्दैनन्। न स्वर्गलाई न नर्कलाई जान्दछन्। उनीहरूले यो सबैलाई कल्पना सम्झन्छन्। जीवनमुक्त त कोही बन्न सक्दैन। यो त अविनाशी बनिबनाउ ड्रामा हो, यसमा केही परिवर्तन हुन सक्दैन। मुख्य हुनुहुन्छ शिवबाबा। उहाँलाई रचनाकार, निर्देशक पनि भनिन्छ। ब्रह्मा विष्णु शंकरको पनि पार्ट छ। जगत् अम्बा, जगत् पिताको पनि पार्ट छ। देवी-देवताहरूको पनि पार्ट छ। फेरि इस्लामी, बौद्धी आदि-आदिले आफ्नो-आफ्नो पार्ट खेल्छन्, त्यही पार्ट फेरि सबैले खेल्नु छ। फेरि एक धर्मको पार्ट हुन जान्छ। फेरि अरू धर्मकाहरूले आफ्नो समयमा आफ्नो पार्ट दोहोर्यालउँछन्। 

    अहिले तिमीलाई थाहा छ– यतिबेला ब्राह्मण कुल दोहोरिएको छ। प्रजापिता ब्रह्माद्वारा ब्राह्मण कुलको स्थापना हुन्छ। उनीहरूलाई ब्राह्मण सम्प्रदाय भनिन्छ। क्राइस्टद्वारा क्रिश्चियन सम्प्रदायको रचना भयो। परमपिता परमात्माले ब्रह्मा र ब्रह्माद्वारा ब्राह्मण सम्प्रदाय रच्नुभयो। त्यसैले फेरि ती सबै मुख वंशावली हुन्छन्। कोख वंशावली त हुन सक्दैन। भन्छन् नि– तिमी माता-पिता... त्यसैले ती सबै गोद लिएका बच्चाहरू भए। यो हो नै एडाप्शन। पहिला ब्रह्मालाई गोद लिइन्छ फेरि ब्रह्माद्वारा तिमी ब्राह्मण ब्राह्मणीहरूलाई गोद लिइन्छ। तिमीलाई थाहा छ– हामी शिवबाबाका सन्तान, ब्रह्माका बच्चा हौं। पहिला ब्राह्मणहरूको कुल हुन्छ। धेरै महान् कुल हो। अहिले नै गोद लिइन्छ। फेरि कहिल्यै यो गोद लिइँदैन। संन्यासीहरूको हुन्छ। उनीहरूले आफ्ना जिज्ञासुहरूलाई गोद लिन्छन्। भन्छन्– तिमी हाम्रो फलोअर्स हुन सक्दैनौ। घरबार छोडेर गेरु वस्त्र धारण गरुन् अनि फलोअर्स भनिन्छ। यहाँ तिमी हौ ब्राह्मण, तिमीले यही सच्चा राजयोगको बाटो सबैलाई बताउनु छ। केही न केही सम्झाउनु छ। एक सेकेन्डमा बाबाबाट वर्सा मिल्छ। परमपिता परमात्माद्वारा अवश्य मुक्ति-जीवन मुक्तिको नै वर्सा मिल्छ। शिवबाबालाई नै याद गर्नु छ। सबै आत्माका पिता हुनुहुन्छ शिव, उहाँलाई याद गर्नाले तिमी स्वर्गको मालिक बन्छौ। लौकिक पितालाई याद गर्नाले स्वर्गको मालिक बन्दैनौ। ठीकै छ घरमा बस तर शिवबाबालाई याद गर। हामी आत्मा शिवबाबाका सन्तान हौं, यही निश्चयमा रहनु छ। 

    पूरा निश्चय नहुनाले नै अवस्था तल-माथि हुन्छ। जस्तै पारो हुन्छ नि। अहिले भर्खरै खुशीको पारा चढ्छ। अहिले नै बिर्सिन्छौ। बाबा भन्नुहुन्छ– अब तिमी घर फर्केर जानु छ। फेरि आएर नयाँ शरीर लिन्छौ। तिमीलाई थाहा छ– हामीले पुनर्जन्म लिँदै आएका छौं। सर्पको लागि पुनर्जन्मको कुरा हुँदैन। उसले एउटा पुरानो काँचुली छोडेर अर्को नयाँ लिन्छ। त्यसरी नै तिमीले पनि बदल्नु छ। मनुष्य जब वृद्ध हुन्छन् अनि भन्छन्– अब जानु छ। तुरुन्तै साक्षात्कार हुन्छ। अब म बालक बन्नेवाला छु। उनलाई थाहा हुन्छ– अब म शरीर छोडेर बालक बन्छु, फेरि सतोप्रधान शरीर मिल्छ। पुरानो शरीरलाई जीर्ण भनिन्छ। दुनियाँ पनि पहिला नयाँ हुन्छ फेरि कला कम हुँदै जान्छ त्यसैले ४ भाग राखिएको छ। भन्छन्, कल्पको आयु त धेरै लामो हुन्छ। कल्पमा ८४ लाख योनि लिनुपर्छ। तिमीहरूले त कल्पलाई छोटो बनाइदिएका छौ। फेरि हेर दु:ख कति छ। लाखौ वर्ष आयु बनाएकोले सम्झन्छन्, ८४ लाख जन्म हुन्छ। यो बाबा बसेर सम्झाउनुहुन्छ। यो कहिल्यै भुल्नु हुँदैन, विद्यार्थीले शिक्षकलाई कहिल्यै भुल्दैनन्। तिमीलाई पनि थाहा छ हामी पढ्न आउँछौं ईश्वरीय क्लासमा। मुरली सबै सेन्टरकाले सुन्छन्। पढाउने त एक ज्ञानका सागर नै हुनुभयो। उहाँलाई नै ज्ञानका सागर पतित-पावन, सर्वका सद्गति दाता भनिन्छ। सर्व अर्थात् यहाँ र सबै खण्ड आउँछन्। तिमी हौ ईश्वरीय सन्तान, तिमीले ईश्वरद्वारा जति पढ्छौ त्यति उच्च पद पाउँछौ। पढाइ पनि धेरै सहज छ, केवल दुई शब्द याद गर्नु छ। तिमीले कसैलाई पनि भन्न सक्छौ, परमपिता परमात्मा बेहदको बाबालाई याद गर्यौे भने तिमीलाई स्वर्गमा बेहदको सुख मिन्छ। केवल एक बाबालाई याद गर। अन्त्यकालमा यदि कुनै याद आयो भने अन्त्यकाल जो स्त्री सिमरे... यस्तो जन्ममा जान्छौ। बाबा भन्नुहुन्छ– लक्ष्य धेरै महान् छ। सावधानीले सिँढीमा सम्हाल गरेर चल्नु छ। एक अर्कालाई सावधान गर्दै गर। शिवबाबालाई याद गर्दै गर। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, यी गुरुहरूलाई पनि मैले उद्धार गर्नु छ, तिमी माताहरूद्वारा। तिमी माता गुरु विना कसैको पनि उद्धार हुनु छैन। मातालाई नै निमित्त राखिन्छ। जगत् अम्बा मुख्य हुन् नि। उनको हेर कति प्रभाव छ। ब्रह्माको त्यति छैन। केवल पुष्करमा मन्दिर छ। त्यहाँ धेरै गरेर पुरुषहरू नै जान्छन्। अम्बाको धेरै मान छ। जता-ततै देवीहरूको मन्दिरहरूमा धेरै मेला लाग्छ। गुरुहरूको मतमा चल्दा-चल्दा धेरै धक्का खाएका छौ। फाइदा के भयो? केही पनि भएन। उत्रिने कला हुने भएकोले दुनियाँ पतित त बन्नु नै छ। फर्केर कोही जान सक्दैन। तिमीले बुझिसकेका ‍छौ– जति पनि मनुष्य मात्र छन् सबै पतित छन्। जीर्ण अवस्थामा छन्, त्यसमा सबै आउँछन्। यस दुनियाँमा मनुष्यलाई कति दु:ख छ। कदम-कदममा दु:ख बढ्दै नै जान्छ। 

    तिमी बच्चाहरूलाई थाहा छ– बाहिर त बिलकुल बेसमझ छन्, बाबालाई नै चिनेका छैनन्। भन्छन् पनि तिमी माता पिता... अवश्य उहाँ स्वर्ग रच्नेवाला हुनुहुन्छ। जो भएर जान्छन्, फेरि उनीहरूको गायन हुन्छ। अहिले तिमीलाई थाहा छ– फेरि स्वर्गको स्थापना भइरहेको छ। जब स्वर्ग थियो त्यतिबेला अरू कोही थिएनन्। अहिले अरू सबै छ तर यो धर्म छैन, फाउन्डेशन नै छैन। त्यो जब आदि सनातन देवी-देवता धर्म थियो, त्यसको फेरि स्थापना भइरहेको छ। आधा कल्पसम्म फेरि अरू कुनै धर्म निस्किदैनन्, एउटै नै धर्म रहन्छ। आधा कल्प सूर्यवंशी चन्द्रवंशी स्वराज्य रहन्छ। यो हो तिम्रो ईश्वरीय जन्मसिद्ध अधिकार। हामीले आफ्नो स्वर्ग स्थापना गरिरहेका छौं। राज्य गर्नको लागि लायक बनिरहेका छौं। उहाँले नै हामीलाई पढाउनुहुन्छ, लायक बनाउनुहुन्छ। दिनहुँ सम्झाउनुहुन्छ पक्का बनाउनको लागि। सम्झाउनुहुन्छ– मायाले तिमीलाई याद गर्न दिँदैन, तिमीले जतिसुकै कोसिस गर बाबालाई याद गर्ने तर युद्ध त चल्छ नि। कसरी गर्नुपर्छ– यसको लागि बाबा बसेर बाटो बताउनुहुन्छ। तिमी कर्मयोगी पनि हौ। हो बच्चा आदिले दिक्क पार्छन्, रौरव नर्क हो नि। दु:ख दिने सन्तान हुन्। वहाँ हुन्छन् सुखदायी सन्तान किनकि सुखधाम हो नि। त्यहाँ कुनै यस्तो चीज हुँदैन जसबाट दु:ख होस् वा मैलापन होस्। यहाँ त कति दु:ख छ। बिमारी पनि कस्ता-कस्ता फोहोरी निस्कन्छन्। अगाडि कहाँ थिए र, क्यान्सरको बिमारीको नाम पनि सुनिएको थिएन। स्वर्गमा कुनै बिमारी हुँदैनन्। जब आसुरी राज्य सुरु हुन्छ, तब यी फोहोरी बिमारी सुरु हुन्छन्। त्यो पनि ड्रामा बनेको छ। स्वर्गमा कति राम्रा गाईहरू हुन्छन्। भन्छन् कृष्णसँग यस्ता-यस्ता राम्रा गाई थिए, त्यसैले उनलाई पनि ग्वाला बनाइदिएका छन्। कृष्ण कुनै ग्वाला कहाँ थिए र? तिमीले भन्छौ– शिवबाबाले यी चैतन्य मनुष्य रूपी गाई चराउनु भएको हो। ज्ञान घाँस ख्वाउनुहुन्छ। ज्ञाको कलश माताहरूमाथि राखिएको छ। बाबा भन्नुहुन्छ– अब मैले जे सुनाउँछु त्यही सुन। पहिलो कुरा हो मनमनाभव। मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यो हो धेरै सहज उपाय। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) बाबाको श्रीमतद्वारा सबैलाई रावणको जञ्जीरबाट मुक्त गरेर जीवनमुक्तिको वर्सा दिलाउने सेवा गर।

    २) एक बाबासँग नै सुन। बाँकी जे सुन्यौ त्यसलाई बिर्स। लक्ष्य महान् छ, त्यसैले एक आपसमा सावधान गर्दै बाबाको याद दिलाएर उन्नति गर्दै गर।

    वरदान:

    उमंग-उत्साहको आधारमा सदा उड्ती कलाको अनुभव गर्ने हिम्मतवान भव  

    उड्ती कलाको अनुभव गर्न हिम्मत र उमंग-उत्साहको पंख चाहिन्छ। कुनै पनि कार्यमा सफलता प्राप्त गर्न उमंग-उत्साह धेरै जरुरी हुन्छ। यदि उमंग-उत्साह छैन भने कार्य सफल हुन सक्दैन किनकि उमंग-उत्साह भएन भने थकावट हुन्छ र थाकेको मानिस कहिल्यै सफल हुँदैन। त्यसैले हिम्मतवान बनेर उमंग र उत्साहको आधारमा उडिराख तब लक्ष्यसम्म पुग्छौ।

    स्लोगन:

    आशीर्वाद देऊ र आशीर्वाद लेऊ– यही श्रेष्ठ पुरुषार्थ हो।  



    ***OM SHANTI***