BK Murli 20 December 2017 Nepali










BK Murli 20 December 2017 Nepali

२०७४ पौष ५ बुधबार २०-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


“मीठे बच्चे – दूरदेशबाट बाबा आउनु भएको छ धर्म र राज्य दुवैको स्थापना गर्न। जब देवता धर्म हुन्छ तब राजाई पनि देवताहरूको हुन्छ, अरू धर्म वा राज्य हुँदैन।”  

प्रश्न:

सत्ययुगमा सबै पुण्य आत्माहरू हुन्छन्, कोही पाप आत्मा हुँदैनन्, त्यसको निशानी के हो? बाबाको कुन इशारालाई दुरदर्शी बच्चाले नै बुझ्न सक्छन्?

उत्तर:

वहाँ कुनै कर्मभोग (बिमारी) आदि हुँदैन। यहाँ बिमारी आदिले सिद्ध गर्छ– आत्माहरूले पापको सजायँ कर्मभोगको रूपमा भोगिरहेका छन्, जसलाई नै बिगतको हिसाब-किताब भनिन्छ। बाबा इशारा गर्नुहुन्छ– प्यारा बच्चाहरू, तिमीले बुद्धियोगको रेस गर। यहाँ बसेर बाबालाई याद गर। प्यारले याद गर्छौ भने तिमी बाबाको गलाको हार बन्छौ। तिम्रो प्रेमको आँसु मालाको दाना बन्छन्।

गीत:–

आखिर वह दिन आया आज...

ओम् शान्ति।

बच्चाहरूले गीत सुन्यौ। गीतको अर्थ सम्झ्यौ। विश्व त धेरै ठूलो छ। सारा दुनियाँलाई पढाउन सकिंदैन। यो त पढाइ हो– कलेज खुल्दै जान्छन्। यो भयो बेहदको बाबाको विश्व विद्यालय। यसलाई भनिन्छ– पाण्डव सरकार। सरकार भनिन्छ सार्वभौम सत्तालाई। अब तिमी बच्चाहरूलाई थाहा छ– सार्वभौम सत्ता स्थापना भइरहेको छ। धर्म र सार्वभौम सत्ता। धार्मिक-राजनैतिक... देवी-देवता धर्म पनि स्थापना भइरहेको छ अरू कुनै पनि धर्मवालाले राजाई स्थापना गर्दैनन्। उनीहरूले केवल धर्म स्थापना गर्छन्। बाबा भन्नुहुन्छ मैले आदि सनातन धर्म र राजाईं स्थापना गरिरहेको छु, यसैले धार्मिक-राजनैतिक भनिन्छ। बच्चाहरू धेरै दूरदर्शी बुद्धि बन्नुपर्छ। बाबा दूरदेशबाट आउनु भएको छ। हुनत दूरदेशबाट त सबै आत्माहरू आउँछन्। तिमी पनि दूरदेशबाट आएका हौ। नयाँ धर्म जो स्थापना गर्न आउँछन्– उनको आत्मा दूरबाट आउँछ। उनीहरू हुन् धर्म स्थापक र यसलाई भनिन्छ धर्म र सार्वभौमसत्ता स्थापक। भारतमा सार्वभौमसत्ता थियो। महाराजा-महारानी थिए। महाराजा श्री नारायण, महारानी श्री लक्ष्मी। अहिले तिमी बच्चाहरूले भन्छौ हामी श्रीमतमा चलिरहेका छौं। बाबा, जसलाई हामी सबै भारतवासीले पुकार्दै आयौं– आउनुहोस्-आएर पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ सुखको दुनियाँ स्थापना गर्नुहोस्। पुरानो घर र नयाँ घरमा फरक त हुन्छ नि। बुद्धिमा नयाँ घर नै याद रहन्छ। आजकल त घर धेरै फेशनेबुल बन्छन्। सोची राख्छन्– यस्तो-यस्तो घर बनाऊँ। तिमीलाई थाहा छ– हामीले आफ्नो धर्म र राजाईं स्थपना गरिरहेका छौं। स्वर्गमा हामीले हीरा-जवाहरातको महल बनाउँछौं। अरू धर्मवालाले यस्तो सोच्दैनन्। जसरी क्राइस्ट क्रिश्चियन धर्म स्थापना गर्न आए, यो त्यस बखत सम्झिदैनन्, जब वृद्धि हुन्छ तब नाम राख्छन् क्रिश्चियन धर्म। इस्लामी आदि धर्म कुनै पनि निशानी वा नाम रहँदैन। तिम्रो निशानी शुरू देखि लिएर अहिले सम्म चलिराख्छ। लक्ष्मी-नारायणको चित्र छ– यो पनि जान्दछौ यिनीहरूको राज्य सत्ययुगमा थियो। तिमीलाई यो ज्ञान वहाँ हुँदैन– विगतमा कसको राजधानी थियो। भविष्यमा कसको राजधानी हुन्छ। केवल वर्तमानलाई जान्दछौ, पुग्यो। अहिले तिमीले भूत्, बर्तमान, भविष्यलाई जान्दछौ। सबैभन्दा पहिला हाम्रो धर्म थियो, फेरि यी धर्म आएका हुन्। संगममा नै बाबाले सम्झाउनुहुन्छ। अहिले तिमीहरू त्रिकालदर्शी बनेका छौ। सत्ययुगमा त्रिकालदर्शी हुँदैनन्। वहाँ त राजाईं गरिराख्छन् अरू धर्महरूको नाम-निशान रहँदैन। आफ्नो मस्तीमा राजाई गरिराख्छन्। 

अहिले तिमीले सारा चक्रलाई जान्दछौ। मनुष्यले यो त जान्दैनन्– वास्तवमा देवी-देवता धर्म थियो। तर त्यो कसरी स्थापना भयो, कति समय चल्यो– यो जान्दैनन्। तिमीलाई थाहा छ– सत्ययुगमा यति जन्म राज्य गर्यौंै फेरि त्रेतामा यति जन्म लियौं। यसलाई पनि जान्नुपर्छ। बच्चाहरूले जान्दछन् अवश्य बेहदको बाबाले हामीलाई पढाउनुहुन्छ। तिमीलाई थाहा छ– कृष्णको आत्माको यो धेरै जन्मको अन्त्यको जन्म हो। यिनमा नै आएर प्रवेश गर्नु भएको छ। यिनको नाम ब्रह्मा अवश्य हुनुपर्छ। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा। यो त्रिमूर्तिको ज्ञान धेरै सहज छ। वहाँ निराकार बाबा शिव, उहाँबाट यो वर्सा मिल्छ। निराकारबाट वर्सा कसरि मिल्यो– यी प्रजापिता ब्रह्माद्वारा ब्राह्मण नै देवता बनिरहेका छौ। फेरि उनै देवताहरू ८४ जन्म पछि ब्राह्मण बन्छन्। यो चक्र बुद्धिमा रहनुपर्छ। हामी नै ब्राह्मण, ब्रह्माको बच्चा नै रूद्र (शिव) को बच्चा। हामी आत्माहरू निराकारी बच्चा हौं। बाबालाई याद गर्छौं। यी चित्रहरूमा सम्झाउन धेरै सहज छ। तपस्या गरिरहेका छौ फेरि सत्ययुगमा आउँछौ। तिम्रो बुद्धिमा रहनु पर्छ– हामी मनुष्यबाट देवता बनिरहेका छौं। फेरि देवता धर्मको बादशाह बनेर राज्य गर्छौं। योगबाट नै तिम्रो विकर्म विनाश हुन्छ। यदि अहिले पनि पाप गरिरहन्छौ भने के बन्छौ। यात्रामा जब जान्छन् त पाप गर्दैनन्। पवित्र पनि अवश्य रहन्छन्। सम्झन्छन् देवताहरूको पास जाँदै छौं। मन्दिरमा पनि सदा स्नान गरेर जान्छन्। स्नान किन गर्छन्? एक त विकारमा जान्छन्। दोस्रो शौचालयमा जान्छन्। फेरि स्वच्छ बनेर देवताहरूको दर्शन गर्न जान्छन्। यात्रामा कहिल्यै पतित बन्दैनन्। ४ धामको परिक्रमा पावन भएर गर्छन्। पवित्रता हो मुख्य। देवताहरू पनि यदि पतित हुन्थ्ये भने फरक के रह्यो। देवताहरू पावन छन्, हामी पतित छौं। तिमीलाई थाहा छ– बाबाले हामीलाई ब्रह्माद्वारा गोद लिनु भएको छ। हुनत तिमी सबै आत्माहरू हाम्रा बच्चा हौ। तर तिमीलाई पढाउने कसरी? राजयोग कसरी सिकाऊँ? तिमी मीठा-प्यारा बच्चाहरूलाई स्वर्गको मालिक कसरी बनाऊँ? तिमीलाई थाहा छ– बाबाले नयाँ दुनियाँको स्थापना गरिरहनु भएको छ। भगवान्‌ले अवश्य बच्चाहरूलाई लायक बनाएर वर्सा दिनुहुन्छ। कहाँ लायक बनाउनुहुन्छ? संगमयुगमा। बाबा भन्नुहुन्छ, म संगममा आउँछु। यो बीचको ब्राह्मण धर्म नै अलग हुनजान्छ। कलियुगमा हुन्छ शूद्र धर्म। सत्ययुगमा हुन्छ देवता धर्म। यो हो ब्राह्मण धर्म। तिमीहरू ब्राह्मण धर्मका हौ। यो संगमयुग धेरै छोटो छ। अहिले तिमीले सारा चक्रलाई जान्यौ। दूरदर्शी बन्यौ।

तिमीलाई थाहा छ– यो बाबाको रथ हो। यिनलाई नन्दीगण पनि भनिन्छ। सारा दिन सवारी कहाँ हुन्छ र। आत्मा शरीरमा सारा दिन सवार हुन्छ। अलग भयो भने शरीर रहँदैन। बाबा त आउन-जान सक्नुहुन्छ किनकि उहाँको आफ्नो आत्मा हो। म यिनमा सदैव रहन्न, सेकेण्डमा आउन-जान सक्छु। म जस्तो तीक्ष्ण रकेट कुनै हुन सक्दैन। आजकल रकेट, हवाइजहाज आदि कति चीजहरू बनाएका छन्। तर सबै भन्दा तीक्ष्ण आत्मा हो। तिमीले बाबालाई याद गर– उहाँ आउनु भएको छ। आत्माको हिसाब-किताब अनुसार लण्डनमा जन्म लिनु छ भने सेकेण्डमा वहाँ गएर गर्भमा प्रवेश गर्छ। सबै भन्दा छिटो दौड्ने आत्मा हो। अहिले आत्मा आफ्नो घरमा जान सक्दैन किनकि त्यो तागत नै छैन। कमजोर भएको छ, उड्न सक्दैन। आत्मामा पापहरूको बोझ धेरै छ। शरीरमा यदि बोझ हुन्थ्यो भने आगोबाट पवित्र हुन्थ्यो तर आत्मामा नै मयल पर्छ। आत्माले नै साथमा हिसाब-किताब लिएर जान्छ यसैले भनिन्छ– विगतको कर्मभोग छ। आत्माले संस्कार साथमा लिएर जान्छ। कुनै जन्मै देखि लंगडो हुन्छ भने भनिन्छ विगतमा यस्तै कर्म गरेको थियो। जन्म-जन्मान्तर कर्म छन् जो भोग्नु पर्छ। सत्ययुगमा हुन्छन् नै पुण्य आत्मा। वहाँ यी कुराहरू हुँदैनन्। यहाँ छन् सबै पाप आत्माहरू। संन्यासीहरूलाई पनि पक्षाघात भयो भने भनिन्छ कर्मभोग। हरे महात्मा श्री श्री १०८ जगतगुरुलाई फेरि यो बिमारी किन? भन्छन् कर्मभोग। देवताहरूको लागि यस्तो भनिंदैन। गुरुको मृत्युमा अनुयायीहरूलाई अवश्य अफसोस हुन्छ। पितामा पनि ज्यादै प्यार छ भने रुन्छन्। स्त्रीको पति सँग धेरै प्यार छ भने रुन्छे। पति दुःख दिनेवाला थियो भने रुदैनन्। मोह छैन भने सम्झन्छन् भावी। तिम्रो पनि बाबाको साथ धेरै प्यार छ। पछि बाबा जान्छन्– तिमीले भन्छौ अहो! बाबा जानुभयो, जसले यतिका सुख दिनुभयो! अन्त्यमा धेरै रहन्छन्। बाबा सँग धेरै प्यार रहन्छ। तिमीले भन्छौ बाबा हामीलाई राजाई दिएर जानुभयो। प्रेमको आँसू आउँछ, दुःखको होइन। यहाँ पनि बच्चा धेरै समय पछि आएर बाबा सँग मिल्छन् त प्रेमको आँसु आउँछ। यो प्रेमको आँसु फेरि मालाको दाना बन्छन्। हाम्रो पुरुषार्थ नै हो हामी बाबाको गलाको हार बनौं, त्यसैले बाबालाई याद गरिराख्छन्। 

बाबाको आदेश छ– यादको यात्रा गरिराख। जसरी फलानो ठाउँमा छोएर आऊ भनेर दौडाइन्छ, फेरि नम्बरवार हुन्छन्। यहाँ पनि जति बाबालाई बढी याद गर्छन्, जो पहिला दौड गरेर जान्छ उही फेरि पहिला स्वर्गमा फेरि आएर राज्य गर्छ। तिमी सबै आत्माहरू बुद्धिको योगबाट दौडिरहेका छौ। यहाँ बसेर वहाँ दौडिरहेका छौ। हामी शिवबाबाको बच्चा हौं। बाबा इशारा गर्नुहुन्छ– मलाई याद गर, दूरदर्शी बन। तिमी दूरदेशबाट आएका हौ। अब यो पराइ देश विनाश हुन्छ। यतिबेला तिमी रावणको देशमा छौ। यो धर्ती रावणको हो। फेरि तिमी बेहदको बाबाको धर्तीमा आउँछौ। वहाँ हुन्छ रामराज्य। रामराज्य बाबाले स्थापना गर्नुहुन्छ। फेरि आधामा रावण राज्य ड्रामा अनुसार निश्चित छ। यी सबै कुराहरू तिमी बच्चाहरूलाई नै थाहा छ त्यसैले तिमीले प्रश्न सोध्छौ, कसैले बताउन सक्दैन। यदि भनुन् आत्माको पिता, परमपिता परमात्मा हुनुहुन्छ। तिमीलाई उहाँबाट के वर्सा मिल्नुपर्छ? यो हो पतित दुनियाँ। बाबाले पतित दुनियाँ त रच्नु भएन नि। कसैलाई पनि सम्झाउन धेरै सहज छ। चित्र देखाउनुपर्छ। त्रिमूर्तिको चित्र कति राम्रो छ। यसरी कायदा अनुसार त्रिमूर्ति शिवको चित्र कहिँ छँदै छैन। ब्रह्माको दाह्री देखाउँछन्। विष्णु र शंकरको देखाउँदैनन्। उनीहरूलाई देवता सम्झन्छन्। ब्रह्मा त प्रजापिता हुन्। कसैले कस्तो, कसैले कस्तो बनाएका छन्। अहिले तिमी बच्चाहरूको बुद्धिमा यी सबै कुराहरू छन्। अरू कसैको बुद्धिमा आउँदैन। जसरी बामपुड्के? हुन्छ। रावणलाई किन जलाउँछन्– केही थाहा छैन। रावण हो को? कहिले आयो? भनिदिन्छन् अनादि कालदेखि जलाउँदै आएको हो। तिमीले सम्झन्छौ– यो आधाकल्पको दुश्मन हो। दुनियाँमा अनेक मत छन्। जसले जो सम्झायो त्यो नाम राखिदियो। कसैले महावीर नाम राखिदिए। महावीर त हनूमानलाई देखाउँछन्। यहाँ आदि देव महावीर नाम किन राखिएको छ? मन्दिरमा महावीर, महावीरनी र तिमी बच्चाहरू बसेका छौ। उनीहरूले माया माथि जित पाएका हुन् त्यसैले महावीर भनिन्छ। तिमी पनि अनायस नै आफ्नो ठाउँमा आएर बसेका छौ। त्यो तिम्रो यादगार हो। त्यो हो जड। फेरि पनि चित्र जरूर लगाउनुपर्छ, जहिले सम्म चैतन्यको पास आएर सम्झुन्। देलवाडा मन्दिरको रहस्य धेरै राम्रो सम्झाउन सक्छौ। यी पढेर गएका हुन् तब भक्तिमार्गमा यो यादगार बनेको छ। तिम्रो राजधानी स्थापना गर्नमा बडो मेहनत लाग्छ। गालीहरू पनि खानुपर्छ किनकि कलंगीधर बन्नु छ। अहिले तिमी सबैले गाली खान्छौ। सबै भन्दा बढी ग्लानि मेरो गरेका छन्। फेरि प्रजापिता ब्रह्मालाई पनि गाली गर्छन्। मित्र सम्बन्धी आदि सबै रिसाउँछन्। विष्णु वा शंकरलाई कहाँ गाली गर्छन्। बाबा भन्नुहुन्छ– मैले गालि खान्छु। तिमीहरू बच्चा बनेका छौ त तिमीले पनि हिस्सा लिनुपर्छ। नत्र यी आफ्नो धन्धामा थिए, गालीको कुरा नै हुने थिएन। सबै भन्दा बढी गाली मलाई गर्छन्। आफ्नो धर्म-कर्म भुलेका छन्। कति सम्झाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति मात-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) दूरदर्शी बन्नु छ। यादको यात्राद्वारा विकर्महरूको विनाश गर्नु छ। यात्रामा कुनै पनि पाप कर्म गर्नु हुँदैन।

२) महावीर बनेर मायामाथि जीत प्राप्त गर्नु छ। ग्लानिबाट डराउनु छैन, कलंगीधर बन्नु छ।

वरदान:

संकल्परूपी बीजद्वारा वाणी र कर्ममा सिद्धि प्राप्त गर्ने सिद्धि स्वरूप भव:-   

बुद्धिमा जो संकल्प आउँछ, त्यो संकल्प हो बीज। वाचा र कर्मणा बीजको विस्तार हो। यदि संकल्प अर्थात् बीजलाई त्रिकालदर्शी स्थितिमा स्थित भएर चेक गरेर शक्तिशाली बनायौ भने वाणी र कर्ममा स्वत: सहज सफलता हुन्छ नै। यदि बीज शक्तिशाली भएन भने वाणी र कर्ममा पनि सिद्धिको शक्ति रहँदैन। अवश्य चैतन्यमा सिद्धि स्वरूप बनेका थियौ, तब नै जड चित्रहरूद्वारा पनि अरू आत्माहरूले सिद्धि प्राप्त गर्छन्।

स्लोगन:

योग अग्निद्वारा व्यर्थको फोहोरलाई जलाई दियौ भने बुद्धि स्वच्छ बन्छ  



***OM SHANTI***

Powered by Blogger.