BK Murli 22 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 22 December 2017 Nepali

    २०७४ पौष ७ शुक्रबार २२-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– योगेश्वर बाबा आउनु भएको छ तिमीलाई राजयोग सिकाउन, यस योगद्वारा नै तिमी विकर्माजीत बनेर भविष्यमा विश्व महाराजा-महारानी बन्छौ।”  

    प्रश्न:

    विकर्मबाट बच्नको लागि कुनचाहिँ प्रतिज्ञा याद राख्नु पर्छ? बाबालाई आफ्ना बच्चाहरू सँग कुनचाहिँ आशा छ?

    उत्तर:

    मेरो त एक शिवबाबा दोस्रो न कोही। एक बाबा सँग सच्चा रूहानी प्यार राख्नु छ। यो प्रतिज्ञा याद रह्यो भने विकर्म हुँदैन। मायाले देह-अभिमानमा ल्याएर उल्टो कर्म गराउँछ। बाबा उस्ताद हुनुहुन्छ, उहाँलाई याद गरेर माया सँग पूरा युद्ध गर्यौर भने हार हुन सक्दैन। जसरी लौकिक पिताले चाहन्छन्– मैले बच्चाहरूलाई धेरै पढाऊँ। बेहदका बाबाले पनि भन्नुहुन्छ– मैले आफ्ना बच्चाहरूलाई स्वर्गको परी बनाऊँ। बच्चाहरू केवल मेरो श्रीमतमा चले भने श्रेष्ठ बन्छन्।

    गीत:–

    तकदिर जगाकर आई हुँ...

    ओम् शान्ति।

    प्यारा बच्चाहरूलाई थाहा छ– हामीले आफ्नो नयाँ तकदिर बनाउन यहाँ आएका छौं। को सँग? योगेश्वर सँग, सिकाउनेवाला ईश्वर सँग। यसलाई भनिन्छ राजयोग। ईश्वरले योग सिकाउनुहुन्छ, कुनचाहिँ योग? हठयोग त अनेक प्रकारका हुन्छन्। यो शरीरिक योग होइन। संन्यासीहरूको तत्त्व योग, ब्रह्म योग हुन्छ। उनीहरूलाई ईश्वरले योग सिकाउनुहुन्न। तिमी बच्चाहरूलाई थाहा छ परमपिता परमात्माले हामीहरूलाई फेरि कल्प पहिले जसरी राजयोग सिकाउनुहुन्छ। संन्यासीहरूले यसरी कहिल्यै भन्दैनन् यो योग कल्प पहिला पनि सिकाएका थियौं र अहिले पनि सिकाइरहेका छौं। तिमी बच्चाहरूले भन्न सक्छौ, ती हठयोगीले राजयोग सिकाउन सक्दैनन्। हामीलाई सिकाउने शिवबाबा हुनुहुन्छ जसलाई योगेश्वर भनिन्छ। मनुष्यहरूले नजानेर कृष्णालाई योगेश्वर भन्छन्। कृष्ण सत्ययुगका राजकुमार हुन्, त्यहाँ योगको कुरा नै हुँदैन। यो धेरै राम्रो प्वाइन्ट हो सम्झाउने तरिका सिक। युक्तिले सम्झाइन्छ। तिम्रो सारा आधार योग माथि छ, जति योगमा रहन्छौ त्यति विकर्माजीत बन्छौ। भारतवर्षको प्राचीन योगको धेरै गायन छ। यो राजयोग परमपिता परमात्मा बाहेक कसैले सिकाउन सक्दैन, त्यसैले उहाँको नाम योगेश्वर हो। ईश्वरले नै राजयोग सिकाउनुहुन्छ। कसको लागि राजयोग सिकाउनुहुन्छ? के भारतलाई राजाई दिनुहुन्छ? होइन, केवल भारतको कुरा छैन। तिमी बच्चाहरूलाई सारा विश्वको मालिक बनाउनको लागि राजयोग सिकाउनुहुन्छ। यो लक्ष्य उद्देश्य स्पष्ट छ। गर्न त राजाई कुनै क्षेत्रमा गर्छन्, विश्वमा त गर्दैनन् तर भनाइमा आउँछ विश्वका मालिक। 

    तिमी बच्चाहरूले जान्दछौ नयाँ दुनियाँको लागि तकदिर बनाउन आएका छौं। सारा विश्व नयाँ बन्छ। राजधानी भारतमा हुन्छ। तिम्रो नयाँ विश्वमा पनि राजधानी दिल्ली हुन्छ। त्यसको नाम गायन गरिएको छ परिस्तान। तिमी हौ ज्ञान परीहरू। ज्ञान सागरमा डुबुल्की मारेर मनुष्यबाट बदलिएर स्वर्गका परीहरू बन्छौ। यो मान सरोवर हो नि। भन्छन् त्यहाँ स्नान गर्नाले मनुष्यहरू परी बन्छन्। तिमी यहाँ आएका छौ स्वर्गका परीहरू बन्नको लागि। तिमीले बादशाही लिन्छौ। तिमी सँग गहना आदि प्रशस्त हुन्छन्। तिमीले भन्छौ हामीले राजयोग सिक्छौं जसबाट भविष्यमा महाराजा-महारानी बन्छौं। तर यदि श्रीमतमा राम्रो सँग चल्यौ भने। यस्तो नसोच प्रजामा आउनेलाई परी भनिन्छ, भनिँदैन। श्रीमतमा दैवी गुण धारण गर्नु छ। लौकिक पिताको बच्चाहरूमा मोह हुन्छ त्यसैले भन्छन् बच्चाहरूलाई धेरै पढाऊँ। यी बाबाले पनि भन्नुहुन्छ यिनीहरूलाई एकदम सँग स्वर्गको परी बनाइदिऊँ। श्रीमतमा जति चल्छौ त्यति श्रेष्ठ बन्छौ। कही पनि अप्ठेरो छैन। धनवानलाई सुन्ने फुर्सत मिल्दैन, केवल गरीबहरूलाई फुर्सत मिल्छ। तिमीहरूलाई जति फुर्सत कसैलाई छैन। जसलाई झमेला धेरै हुन्छ उनीहरूलाई योग लाग्दैन। 

    आज बाबाले बच्चीलाई सोधिरहनु भएको थियो– तिमीलाई थाहा छ– हामीले कसको रथको सेवा गरिरहेका छौं। घोडाको हेरविचार गर्नेलाई थाहा हुन्छ मैले फलानो साहेबको घोडाको हेरविचार गरिरहेको छु। तिमीलाई पनि थाहा छ यो कसको रथ हो। यदि शिवबाबालाई याद गरेर तिमीले यो रथको सेवा गर्यौर भने तिमीले धेरैले भन्दा राम्रो पद पाउँछौ। यो भयो रथ, याद त शिवबाबालाई गर्नु छ। यो पनि याद रह्यो भने बेडा पार हुन्छ। बाबाले कहाँको लागि राजयोग सिकाउनुहुन्छ? भविष्य नयाँ दुनियाँको लागि र सिकाउनुहुन्छ संगममा। कृष्णले कसरी राजयोग सिकाउँछन्? उनी त सत्ययुगी राजाईमा थिए, तर त्यो राजाई कसले स्थापना गर्यो्? बाबाले। प्राचीन देवी-देवताहरूलाई यस्तो कसले बनायो? कसले राजयोग सिकायो? उनीहरूले कृष्णको नाम लिन्छन्। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई अहिले सिकाइरहेको छु। तिमी तकदिर जगाउन आएका छौ भविष्य नयाँ दुनियाँमा उच्च पद पाउनको लागि। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ् भने पवित्र दुनियाँको मालिक बन्छौ अरू कुनै उपाय छैन। एकातिर भन्छन् पतित-पावन आउनुहोस् अर्कोतिर नदीहरूलाई भन्छन् पतित-पावनी... कति गल्ती गर्छन्, कुरा सानो छ तर मनुष्यहरूको आँखा खोल्नु छ। बाबा आएर सम्झाउनुहुन्छ– पतित-पावन म हुँ। मैले नै तिमीहरूलाई ज्ञान स्नान गराएर पावन बनाउँछु। यो पतित दुनियाँ हो। संन्यासीहरूले अनेक प्रकारका योग सिकाउँछन्। तर राजयोग सिकाउने त म एक्लै हुँ। परमपिता परमात्मालाई नै पतित-पावन भन्छन्। उहाँलाई कति याद गर्नु पर्छ, फेरि चालचलन पनि राम्रो चाहिन्छ। हामी १६ कला सम्पूर्ण बन्छौं। खान-पान शुद्ध हुनुपर्छ। कसैले तुरुन्तै धारणा गर्छन्। गायन गरिएको छ सेकेण्डमा जीवनमुक्ति। एक जनक मात्र कहाँ हुन्छन् र। उदाहरण एकको दिइन्छ। द्रौपदी एक मात्र कहाँ हुन् र, सबैको इज्जत जोगाउनुहुन्छ। स्त्री पुरुष दुवैलाई पतित हुनबाट बचाउनुहुन्छ। गीतामा कृष्णको नाम लेखिदिएका छन्। यतिबेला तिमी बच्चाहरूले जे जति गर्छौ, भक्तिमा यादगार बन्छ। शिवबाबाका कति ठूला मन्दिर छन्। जसले सेवा गर्छन्, उनीहरूको नाम हुन्छ। तिमीहरूको देवलवाडा मन्दिर यथार्थ यादगार हो। तल तपस्या गरिरहेका छौ माथि राजाईंको चित्र छ। अहिले तिमीहरूले बाबा सँग योग लगाइरहेका छौ स्वर्गको मालिक बन्नको लागि। स्वर्गलाई पनि याद गर्छौ। कोही मर्योय भने भन्छन् स्वर्ग गयो, तर स्वर्ग छ कहाँ, यो कसैलाई थाहा छैन। सम्झन्छन् भारत स्वर्ग थियो फेरि माथि देखाउँछन्। बाबा सम्झाउनुहुन्छ सेकेण्डमा जीवनमुक्ति गायन गरिएको छ। फेरि पनि भन्छन् ज्ञानका सागर हुनुहुन्छ। जंगललाई कलम बनाऊ, सागरलाई मसी बनाऊ... तैपनि सकिँदैन, अन्त्यसम्म चल्छ। त्यसैले मेहनत गरिन्छ नि। सेकेण्डको कुरा पनि छ। बाबालाई जान्यौ त्यसैले बाबाको वर्सा हो जीवनमुक्ति। साथ-साथै यो सम्झाइन्छ चक्र कसरी घुम्छ? धर्म कसरी स्थापना हुन्छन्? कति कुराहरू छन् सम्झाउने। साथमा बाबालाई याद गर, वर्सालाई याद गर। तिमीले याद गर्छौ, निश्चय पनि गर्छौ– हामीहरूले विश्वको बादशाही लिइरहेका छौं। फेरि किन भुल्छौ? बाबा भन्नुहुन्छ– जति याद गर्छौ, त्यति विकर्म विनाश हुन्छ, यसमा समय लाग्छ, कर्मातीत अवस्था नभए सम्म याद गर्नुपर्छ। कर्मातीत अवस्था भयो भने त फेरि तिमी यहाँ रहन सक्दैनौ। बच्चाहरूलाई वर्षौं देखि सम्झाइरहिन्छ– कुरा छ बिलकुल सहज। बाबा र वर्सा, चक्रको रहस्य पनि बाबाले सम्झाउनुहुन्छ। बुद्धिमा सबै रहस्य आउँछ र अरूलाई पनि सम्झाउनुपर्छ। सारा वृक्ष बुद्धिमा आउँछ। बाबाबाट सजिलै वर्सा लिनु छ। भन्छन् बाबा योग लाग्दैन। मायाले विकर्म गराउँछ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू, यदि विकर्म गर्यौ् भने फेरि त धेरै पुरुषार्थ गर्नु पर्छ। मायाले देह-अभिमानमा ल्याएर उल्टो कर्म गराउँछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, मेरो बनेर कुनै पनि विकर्म नगर। तिमीले प्रतिज्ञा गरेका छौ– मेरो त एक शिवबाबा दोस्रो न कोही। जसरी कन्याको जब सगाइ हुन्छ अनि पतिको साथमा कति प्यार हुन्छ। त्यसैले बेहदका पिता सँग कति प्यार हुनुपर्छ। तिम्रो कति गुप्त प्यार छ। त्यो हो शारीरिक यो हो रूहानी। उनीहरूलाई अभ्यास भइसकेको छ। तिमीले घरी-घरी बिर्सिन्छौ किनकि नयाँ कुरा हो। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। तिमी हौ ईश्वरीय सेवाधारी। तिमी हौ रूहानी सेवाधारी। तिमी लडाईको मैदानमा खडा छौ। बाबा उस्ताद पनि खडा हुनुहुन्छ। भन्नुहुन्छ– माया सँग पूरा युद्ध गर, जुन यी ५ विकार प्रवेश नै नगरून्। लेख्छन् बाबा यी भूतहरू आए। बाबा भन्नुहुन्छ– यी भूतहरूलाई भगाउँदै जाऊ। यी त अन्त्यसम्म आउँछन् अझै जोडले तूफान आउँछन्। अज्ञानमा पनि कहिल्यै आएनन् होला ती पनि आउँछन्। तिमीले भन्छौ वानप्रस्थमा थियौं, कहिल्यै विचार पनि आउँदैनथ्यो। ज्ञानमा आएर कामका विचारहरू आउँछन्। स्वप्न पनि आइरहन्छन्, यो के हो? यो अचम्मको ज्ञान छ। कसैले अलमलमा परेर छोडि पनि दिन्छन्। बाबाले बताउनुहुन्छ– तूफान धेरै आउँछन्। जति पहलवान बन्छौ मायाले त्यति पछार्छ त्यसैले महावीर बनेर स्थिर रहनु पर्छ। बाबाको यादमा रहनु छ। कर्ममा आउनु हुँदैन। कर्ममा आउनाले विकर्म बन्छ। 

    धेरै पुरुषार्थ गर्नुपर्छ, खराब बानी निकाल्नुपर्छ। अविनाशी सर्जनलाई थाहा छ, यी बाबालाई पनि थाहा छ। मायाका अनेक प्रकारका विघ्न पर्छन्। यहाँ धेरै शुद्ध बन्नुपर्छ। यदि चाहन्छौ हामी सूर्यवंशी बनौं त्यसो हो भने लायक बन्नुपर्छ। यो हो राजयोग प्रजायोग होइन। त्यसैले पुरूषार्थ गरेर राजाई लिनुपर्छ। तिमीले युक्तिले गुप्त रीतिले कहीँ पनि जान सक्छौ। भन– मलाई बताउनुहोस् मैले कसलाई याद गरौं जो म दु:खबाट छुट्न सकौं? भन्न त भन्छन्– भारतको प्राचीन योग, त्यो के हो? तपाईले मलाई राजयोग सिकाउन सक्नुहुन्छ जो म राजा बन्न सकुँ? यस्ता-यस्ता कुरा गरेर ज्ञानमा ल्याउनपर्छ। तिमीले यस्तो बहादुरी देखाऊ जुन एउटै कुराले उनीहरूको बुद्धि खुलोस्। युक्ति भएका चाहिन्छ त्यसैले बाबा सोध्नुहुन्छ– त्यति सेवाधारी बनेका छौ? धेरै सम्हाल राख्नुपर्छ। दुनियाँ यतिबेला धेरै फोहोरी छ। यसको पनि एउटा कथा छ। द्रौपदीको पछाडि किचक लाग्यो... त्यसैले बाबा भन्नुहुन्छ– धेरै खबरदार रहनु छ। मुख्य कुरा हो राजयोगको। कसैलाई पनि यो सम्झाऊ– राजयोग सिकाउनुभयो बाबाले, नाम राखिदिएका छन् बच्चाको। दोस्रो यो कुरा सिद्ध गर– कृष्ण भगवान् बिलकुल होइनन्। गीताका भगवान् शिव हुनुहुन्छ, जसद्वारा स्वर्गको वर्सा मिल्छ। सम्झाउने युक्ति चाहिन्छ। 

    तिम्रो सेवा हो रूहानी। उनीहरूले सामाजिक सेवा पनि लौकिक गर्छन्। त्यो हो लौकिक समाज। यो हो रूहानी समाज। आत्मालाई इन्जेक्शन लाग्छ त्यसैले भन्छन् ज्ञान अञ्जन सतगुरुले दिनुभयो... अहिले आत्माको ज्योति निभेको छ। मनुष्य जब मर्छन् अनि दियो जलाउँछन्। सोच्दछन् आत्मालाई अँध्यारो हुन्छ। यथार्थमा बेहदको अँध्यारो हो। आधाकल्पदेखि घिउ परेको छैन। आत्माको ज्योति निभेको छ। अहिले ज्ञानको घिउ पर्नाले उज्यालो हुन्छ। अहिले बाबा बच्चाहरूलाई भन्नुहुन्छ– म एकलाई याद गर। यो कृष्णले त भन्न सक्दैनन्। हामी आत्मा भाइ-भाइ हौं, बाबाबाट वर्सा लिइरहेका छौं। म कति समय बाबाको यादमा रहन्छु– यो खाता राख्नु राम्रो हुन्छ। अभ्यास गर्दा-गर्दै त्यो अवस्था पक्का हुन्छ। यो युक्ति राम्रो छ, सेवा पनि गर्दै गर। उन्नतिको खाता पनि राख, फेरि उन्नति गर्दै जानेछौ। अच्छा।

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कुनै पनि भूत भित्र प्रवेश नहोस्, यसको सम्हाल गर। कहिल्यै पनि मायाका तूफानहरूमा अलमलिनु छैन। खराब बानी मेटाऊ।

    २) यादको खाता राख्नु छ, साथ-साथै रूहानी सेवाधारी बनेर आत्माहरूलाई ज्ञानको इन्जेक्शन लगाउनु छ।

    वरदान:

    आफ्नो जीवनलाई हीरा समान मूल्यवान बनाउने स्मृति र विस्मृतिको चक्करबाट मुक्त भव:-  

    यो संगमयुग स्मृतिको युग हो र कलियुग विस्मृतिको युग हो। यदि आफ्नो श्रेष्ठ पार्ट, श्रेष्ठ भाग्यको सदा स्मृति रह्यो भने हीरा समान मूल्यवान हुन्छौ र विस्मृति भयो भने पत्थर बन्छौ। यो स्मृति र विस्मृतिको खेल हो। संगमयुग निवासी कहिल्यै कलियुगमा चक्कर लगाउन जाँदैनन्। यदि अलिकति पनि बुद्धि गयो भने चक्करमा फँसिन्छ किनकि कलियुगमा धेरै रौनक हुन्छ तर त्यो रौनकले धोका दिने हुन्छ।

    स्लोगन:

    आफ्ना कर्मेन्द्रियहरूलाई नियम प्रमाण चलाउने नै सच्चा राजयोगी हो।  



    ***OM SHANTI***