BK Murli 23 December 2017 Nepali










BK Murli 23 December 2017 Nepali

२०७४ पौष ८ शनिबार २३-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


“मीठे बच्चे– यस पढाइमा आवाजको आवश्यकता छैन, यहाँ त बाबाले एउटै मन्त्र दिनु भएको छ मौन रहेर मलाई याद गर।”  

प्रश्न:

जुन बच्चाहरूलाई ईश्वरीय नशा रहन्छ उनीहरूको निशानी के हुन्छ?

उत्तर:

१)¬ ईश्वरीय नशामा रहने बच्चाहरूको चालचलन बडो रोयल हुन्छ। २) मुखबाट धेरै कम बोल्छन्। ३) उनीहरूको मुखबाट सदैव रत्न नै निस्कन्छन्। त्यसै पनि रोयल मनुष्य धेरै कम बोल्छन्। तिमी त ईश्वरीय सन्तान हौ, तिमी रोयल्टीमा रहनु पर्छ।

ओम् शान्ति।

बेहदका बाबा बसेर बेहदको बच्चाहरूलाई सम्झाउनुहुन्छ। हुन त कोही छैन, जसले भनोस् बेहदका बच्चाहरूलाई सम्झाउँछु। बच्चाहरूले सम्झन्छन्– हाम्रो बेहदको बाबा उहाँ हुनुहुन्छ, जसलाई शिवबाबा भनिन्छ। धेरै मनुष्य छन् जसको नाम शिव हुन्छ तर उनीहरू कोही बेहदको बाबा होइनन्। बेहदको बाबा एकै हुनुहुन्छ जो परमधामबाट आउनुहुन्छ। उहाँ निराकारलाई नै पुकार्छन्। उहाँलाई भगवान् भनिन्छ। ब्रह्मा, विष्णु, शंकर देवता हुन्। भगवान् जो परमधाममा रहनुहुन्छ, उहाँ सबै आत्माहरूको बाबा हुनुहुन्छ। तिमी कुनै गुरुका अगाडि आएका छैनौ। तिमीलाई थाहा छ– हामी बेहदको बाबाको अगाडि बसेका छौं। बेहदको बाबा मधुवनमा आउनु भएको छ। उनीहरू भन्छन्– कृष्ण मधुवनमा आए, तर होइन। बेहदको बाबाको नै मुरली मधुवनमा बज्छ। बाबा सम्झाउनुहुन्छ– म कल्प-कल्प संगमयुगमा आउँछु न कि युग-युगमा, यो भूल गरिदिएका छन् जसले भन्छन्– युग-युगमा आउनुहुन्छ। यी जति पनि शास्त्र आदि छन् यी सबै भक्तिका हुन्। यस्तो होइन यी अनादि हुन्छन्। बाबाले सम्झाउनु भएको– छ यी सागर र पानीको नदीहरू अनादि हुन्छन् नै। बाँकी यस्तो होइन– भक्ति अनादि हो। तिमीलाई थाहा छ– सत्ययुग, त्रेतामा भक्ति हुँदैन। भक्ति शुरु हुन्छ द्वापरमा। बेहदको बाबा जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले यी ब्रह्माद्वारा बसेर ज्ञान सुनाउनुहुन्छ। सूक्ष्मवतनमा त सुनाउनुहुन्न, बाबा यहाँ सम्मुख बसेर सम्झाउनुहुन्छ, तब त गाउँछन् दूरदेशका रहनेवाला... तिमीलाई थाहा छ– हामी आत्माहरू भाइ-‌भाइ हौं। दूरदेशका रहनेवाला हौं। ती गाउनेले त केही पनि बुझ्दैनन्। तिमी यात्री हौ, दूरदेशबाट आएका छौ पार्ट खेल्न। तिमीलाई थाहा छ– यो कर्मक्षेत्र हो। यहाँ हार र जितको खेल हुन्छ। यो पनि बाबाले सम्झाउनुहुन्छ। सबै मनुष्यले चाहन्छन् शान्ति मिलोस्। शान्ति कुनै मुक्तिधामको लागि भनिदैन। यहाँ रहेर शान्ति माग्छन्। तर यहाँ त मनको शान्ति मिल्न सक्दैन। संन्यासीहरू शान्तिको लागि जंगलमा जान्छन्, उनीहरूलाई यो थाहा नै छैन हामी आत्माहरूको शान्ति आफ्नो निराकारी दुनियाँमा मिल्न सक्छ भनेर। उनीहरूले सम्झन्छन् आत्मा ब्रह्म अथवा परमात्मामा लीन हुन्छ। यो पनि बुझ्दैनन् आत्माको स्वधर्म नै शान्ति हो। यो आत्माले कुरा गर्छ। आत्मा रहन्छ शान्तिधाममा। वहाँ नै उसलाई शान्ति मिल्छ। अहिले सबैलाई शान्ति चाहिन्छ। कुनै संन्यासीले सुखलाई मान्दैनन्। निन्दा गर्छन् किनकि शास्त्रमा देखाइएको छ सत्ययुग त्रेतामा पनि कंस जरासंधी थिए। लक्ष्मी-‌नारायणलाई भुलेका छन्। तमोप्रधान बुद्धि भएको छ। बाबा भन्नुहुन्छ– म हुँ निराकार। उनीहरूले भन्छन्– परमात्मा नाम-रूपबाट अलग हुनुहुन्छ। एकातर्फ महिमा गाउँछन्– फेरि भन्छन् सर्वव्यापी हुनुहुन्छ, जब नाम-रूपबाट अलग हुने हो भने सर्वव्यापी कसरी हुने। आत्माको पनि रूप अवश्य हुन्छ। कसैले भन्न सक्दैन आत्मा नाम रूपबाट अलग छ। भन्छन्– भृकुटीको बीच... आत्माले नै एउटा शरीर छोडेर अर्को लिन्छ। परमात्माले पुनर्जन्म लिनुहुन्न। जन्म मरणमा मनुष्य आउँछन्। यो तिम्रो पढाइ हो। पढाइमा कुनै बाजागाजा बजाइँदैन। तिम्रो पढाइ हुन्छ सबैभन्दा बिहानै। त्यस समयमा मनुष्य सुतिरहेका हुन्छन्। वास्तवमा तिमीलाई रिकर्ड बजाउने पनि आवश्यकता छैन। हामी त आवाजभन्दा पर जान्छौं। यो त सबैलाई जगाउनको लागि बजाउनुपर्छ। मुरली पढ्दा अथवा सुन्दा आवाज बाहिर जाँदैन। पढाइमा आवाज हुँदै-‌हुँदैन। बाबा बसेर मन्त्र दिनुहुन्छ बच्चाहरू चुप रहेर मलाई याद गर। यहाँ कुनै गुरु आदि त छैन जसले बसेर एक-‌एकलाई कानमा मन्त्र देओस्। फेरि भनिदिन्छन्– कसैलाई नसुनाउनु। यहाँ त यो कुरा छैन। बाबा त ज्ञानको सागर हुनुहुन्छ। 

यो हो गीता पाठशाला। अब पाठशालामा मन्त्र दिइन्छ र? तिमी जब कसैलाई व्यक्तिगत सम्झाउँछौ तब रिकर्ड बजाउँछौ र? बजाउँदैनौ। क्लासमा पनि यस्तै सम्झाउनु छ। चित्र पनि सामुन्ने छ। जसले कहिल्यै नक्सा देखेका छैनन् भने उसले के सम्झन्छन् इंग्लैन्ड, नेपाल कहाँ छ। यदि नक्सा देखेको छ भने बुद्धिमा आउँछ। तिमी बच्चाहरूलाई पनि चित्रमा सारा ड्रामाको राज सम्झाइएको छ। यो ज्ञान यस्तो छ जुन विना चित्र पनि सम्झाउन सकिन्छ। मनुष्यलाई भगवान्‌का बारेमा केही पनि थाहा छैन। कल्पको आयु त लामो छोटो गरिदिएका छन्। अहिले तिमीहरूलाई बाबाले सम्झाउनु भएको छ। तिमीले फेरि अरूलाई सम्झाउनु पर्छ। ४ युगलाई ४ भाग गर्नुपर्छ फेरि आधा-‌आधा गर्नुपर्छ। आधामा नयाँ दुनियाँ आधामा पुरानो दुनियाँ। यस्तो होइन– नयाँ दुनियाँको आयु धेरै दिनहुन्छ। मानौं, कुनै भवनको आयु ५० वर्षको छ भने आधामा पुरानो भनिन्छ। दुनियाँको पनि यस्तै हो। यो सबै बाबाले नै आएर बच्चाहरूलाई सम्झाउनुहुन्छ। यसमा गीत गाउने वा कविता आदि सुनाउने आवश्यकता छैन। हामी संगमयुगका ब्राह्मणको परम्परा बिलकुलै अनौठो छ। कसैलाई थाहा नै छैन– संगमयुग केलाई भनिन्छ, संगममा के हुन्छ? तिमीलाई थाहा छ– दूरदेशको रहनेवाला बाबा पतित दुनियाँमा आउनु भएको छ। ब्रह्मा, विष्णु, शंकरको दूरदेश होइन। दूरदेश हो शिवबाबाको र आत्माहरूको छ। हामी सबै निराकारी दुनियाँमा रहनेवाला हौं। पहिले हुन्छ निराकारी दुनियाँ फेरि आकारी फेरि साकारी। निराकारी दुनियाँबाट, पहिले देवी-‌देवता धर्मका आत्माहरू आउँछन्। पहिले सूर्यवंशी घराना यहाँ थियो, फेरि चन्द्रवंशी घरानाका आत्माहरू आउँछन्। सूर्यवंशी हुँदा चन्द्रवंशी हुँदैनन्। चन्द्रवंशी जब हुन्छन् तब भनिन्छ पहिले सूर्यवंशी थिए। त्रेतामा भनिन्छ– लक्ष्मी-‌नारायणको पार्ट पूरा भयो। बाँकी यस्तो भनिदैन– हामी फेरि वैश्य शूद्र बन्छौं, भनिदैन। यो ज्ञान तिमीलाई अहिले छ। बाबा तिमीलाई चक्रको राज सम्झाउनुहुन्छ। बनाउन त उनीहरूले त्रिमूर्ति बनाएका छन्। तर शिवलाई राखेका छैनन्। शिवलाई जान्ने हो भने चक्रलाई पनि जान्ने थिए। शिवलाई नजानेका कारण चक्रलाई पनि जान्दैनन्। गाउँछन् दूरदेशको रहनेवाला... तर जान्दैनन्– भगवान् नै पतित पावन हुनुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो यो धेरै ठूलो यज्ञ हो। ती यज्ञमा तिल-‌जौ राख्छन्। यो हो राजश्व अश्वमेध रुद्र यज्ञ। यस यज्ञमा सारा पुरानो दुनियाँको सामग्री स्वाहा हुनु छ। जसलाई राज्य पाउनु छ ऊ नै योगमा पूरा रहन्छ। त्रेता युगमा पनि दुई कला कम भनिन्छ। पहिले १२५० वर्ष सत्ययुगका हुन्छन्। फेरि ६२५ वर्षमा एक कला कम हुन्छ, कला कम हुँदै जान्छ नि। त्रेतामा अझै विकार पर्न जान्छ। अहिले तिमी बच्चाहरूलाई सम्झाइन्छ– जति बाबा सँग बुद्धियोग राख्छौ त्यति विकार निस्कदै जान्छ। नत्र सजायँ खाएर फेरि त्रेता युगमा आउनेछौ। कृष्णलाई सबैले प्रेम गर्छन्, झुलामा झुलाउँछन्। रामलाई यति झुलाउँदैनन्। आजकल त प्रतिस्पर्धा गर्न थालेका छन्। तर यो कसैले जान्दैन– लक्ष्मी-‌नारायण नै सानामा राधा-कृष्ण हुन्छन्। राधा कृष्णलाई धेरै दोष लगाएका छन्, लक्ष्मी-‌नारायणलाई दोष लगाउँदैनन्। कृष्ण त साना बच्चा हुन्। बच्चा र महात्मा समान भन्छन्। महात्माहरूले त संन्यास गर्छन्, कृष्ण त पतित नै थिएनन् जसले संन्यास गरून्। साना बच्चा पवित्र हुन्छन्, त्यसैले उनीहरूलाई सबैले प्रेम गर्छन्। पहिले सतोप्रधान फेरि सतो रजो तमोमा आउँछन्। कृष्णलाई सबैले धेरै याद गर्छन्। बाबाको मनमनाभव मन्त्र त धेरै प्रसिद्ध छ। देही-‌अभिमानी बन। देहका सबै धर्मलाई छोड। यो ज्ञान तिमीले कुनै पनि धर्मकालाई दिन सक्छौ। बेहदको बाबा भन्नुहुन्छ– अल्लाहलाई याद गर। आत्मा अल्लाहको बच्चा हो। आत्माले भन्छ खुदा ताला। अल्लाह साँई। जब अल्लाह भन्छन्, अवश्य आत्माको बाबा निराकार हुनुहुन्छ, उहाँलाई सबैले याद गर्छन्। अल्लाह भन्दा अवश्य नजर माथि जान्छ। बुद्धिमा आउँछ– अल्लाह माथि रहनुहुन्छ। यो हो साकार सृष्टि। हामी वहाँका रहनेवाला हौं। 

बाबा भन्नुहुन्छ– म पनि यात्री, तिमी पनि यात्री हौ। तर तिमी यात्रीहरू पुनर्जन्ममा आउँछौ, म यात्री पुनर्जन्ममा आउँदिनँ। मैले तिमीहरूलाई छी:छी: पुनर्जन्मबाट छुटाउँदछु। यस रावण राज्यमा तिमी धेरै दुःखी छौ त्यसैले त मलाई बोलाउँछौ। बाबा कति राम्रा-‌राम्रा कुरा तिमीलाई सम्झाउनुहुन्छ। बच्चाहरू अब खेल पूरा हुन्छ। यहाँ धेरै दुःख छ। हरेक चीज कति महंगा भएका छन्, सस्तो कहाँ हुन्छ र। पहिले सस्तो थियो। सबै सँग धेरै अनाज आदि हुन्थ्यो। सत्ययुगलाई गोल्डन एज भनिन्छ। वहाँ सुनका सिक्का थिए। वहाँ सुन नै सुन हुन्छ, चाँदी पनि होइन। वहाँ बजार पनि भव्य हुन्छन्। हीरा जुहारत के-‌के लगाउँछन्। वहाँ हीरा जुहारतको नै खेल चल्छ। खेती बाली धेरै हुन्छ। यहाँ अमेरिकामा अनाज यति हुन्छ, जसलाई जलाइदिन्छन्। अहिले त जति बच्दछ त्यसलाई बेचिदिन्छन्। भारतलाई दान गर्छन्। भारतको गति हेर के भएको छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई कति राज्य-भाग्य दिएको थिएँ। तिम्रो देवी-‌देवता धर्म धेरै सुख दिनेवाला छ। त्यसैलाई गोल्डन एज भनिन्छ। मुहम्मद गजनवीले कति हीरा जवाहरका माल लुटेर ऊँट भरेर लिएर गयो। कति माल उठायो होला? कुनै हिसाब कहाँ गर्न सकिन्छ र। अहिले तिमी फेरि मालिक बनिरहेका छौ। एउटा यात्रीले सारा दुनियाँलाई सुखी बनाउनेवाला हुनुहुन्छ। कब्रिस्तानलाई बदलेर परिस्तान स्थापना गर्नुहुन्छ। यहाँ तिमी बच्चाहरू आएका छौ रिफ्रेस हुन। यात्रीलाई याद गर्दछौ। तिमी पनि यात्री हौ। यहाँ आएर ५ तत्त्वको शरीर लिएका छौ। सूक्ष्मवतनमा ५ तत्त्व हुँदै हुँदैनन्। ५ तत्त्व यहाँ हुन्छन्, जहाँ तिमीहरू पार्ट खेल्छौ। हाम्रो असली देश वहाँ हो। यस समय आत्मा पतित बनेको छ त्यसैले बाबालाई पुकार्छन्– हजुर आउनुहोस्– आएर हामीलाई पावन बनाउनुहोस्। रावणले हामीलाई पतित बनाएर कालो बनाइदिएको छ। जबदेखि रावण आयो तब हामी पतित बनेका छौं। अहिले सम्झन्छन्– हामी पावन थियौं त्यसैले याद गर्छन् हे पतित पावन आउनुहोस्। कोही त हुनुपर्छ जसलाई बोलाउँछन्। बच्चाले बाबालाई बोलाउँछन् हे भगवान्। उहाँको नाम नै हो स्वर्ग स्थापन गर्नेवाला परमपिता परमात्मा। त्यसैले अवश्य स्वर्ग नै रच्नुहुन्छ। 

बाबाले सम्झाउनु भएको छ– पढाइमा बाजा-‌गाजाको आवश्यकता नै छैन। बाबाले भनिदिनु भएको छ कोही राम्रा राम्रा रेकर्ड छन्, जो बाबाले बनाउन लगाउनु भएको छ– त्यसैले जब उदास हुन्छौ तब आफूलाई रिफ्रेस गर्नको लागि यस्ता-‌यस्ता गीत बजाऊ। तर जति आवाज कम गर्छौ त्यति राम्रो हो। सभ्य मानिसले कम आवाज गर्छन्। मुखबाट थोरै बोल्नु छ। जस्तो कि रत्न निस्कन्छन्। तिमी ईश्वरका बच्चा हौ त्यसैले कति रोयल्टी, कति तिमीहरूमा नशा हुनुपर्छ। राजाको बच्चालाई यति नशा हुँदैन जति तिमीलाई रहनुपर्छ। अच्छा!

मीठे-‌‌मीठे सिकीलधे बच्चाहरू प्रति माता-‌पिता बापदादाको याद-‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) आफूलाई सदा रिफ्रेस राख्नु छ। मुखबाट रत्न नै निकाल्नु पर्छ। कुनै बेला उदासी आदि आयो भने बाबाका गीत सुन।

२) देही-‌अभिमानी बन्ने अभ्यास गर्नु छ। यादमा रहेर विकार निकाल्ने पुरुषार्थ गर्नु छ।

वरदान:

शान्तिको शक्तिद्वारा असम्भवलाई सम्भव बनाउने योगी आत्मा भव:-  

शान्तिको शक्ति सर्वश्रेष्ठ शक्ति हो। अरू सबै शक्तिहरू यसै एक शक्तिबाट निस्कन्छन्। विज्ञानको शक्ति पनि यसै शान्तिको शक्तिबाट निस्किएको हो। शान्तिको शक्तिद्वारा असम्भवलाई पनि सम्भव बनाउन सक्छौ। जसलाई दुनियाँले असम्भव भन्छन् त्यो तिमी योगी बच्चाहरूको लागि सहज सम्भव हुन्छ। उनीहरूले भन्छन्– परमात्मा त धेरै उच्च हजारौं सूर्यभन्दा तेजोमय हुनुहुन्छ, तर तिमी आफ्नो अनुभवले भन्छौ– हामीले त उहाँलाई पाइसक्यौं, शान्तिको शक्तिद्वारा स्नेहको सागरमा समाहित भयौं।

स्लोगन:

निमित्त बनेर निर्माणको कार्य गर्नेवाला नै सच्चा सेवाधारी हो।   



***OM SHANTI***

Powered by Blogger.