BK Murli 26 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 December 2017 Nepali

    २०७४ पौष ११ मंगलबार २६-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– जति ज्ञान रत्नको दान गर्छौ त्यति खजाना भरिदै जान्छ, विचार सागर मन्थन चलिरहन्छ, धारणा राम्रो हुन्छ।”  

    प्रश्न:

    जुन आत्माहरूको भाग्यमा बेहदको सुख छैन, त्यसको निशानी के हुन्छ?

    उत्तर:

    उनीहरूले ज्ञान सुन्छन् तर मानौं उल्टो घडा, बुद्धिमा केही पनि बस्दैन। राम्रो-राम्रो भन्छन्, महिमा गर्छन्। भन्छन्– हो, सबैलाई यो सुनाउनु पर्छ, मार्ग धेरै राम्रो छ। तर स्वयं त्यसमा चल्दैनन्। बाबा भन्नुहुन्छ– यो पनि तकदिर। तिमी बच्चाहरूको कर्तव्य हो सर्विस गर्नु। हजारौंलाई सुनाउँदै गर। प्रजा त बन्छन्। माता-पिता समान बेहदको बाबाबाट वर्सा लिने पुरुषार्थ गर। ज्ञानलाई धारण गरेर आफू समान बनाउँदै गर।

    गीतः–

    तकदीर जगाकर आई हूँ...

    ओम् शान्ति।

    तकदिर सदैव दुई प्रकारको हुन्छ। एउटा राम्रो, दोस्रो नराम्रो। एउटा सुखको दोस्रो दु:खको। भारतवर्षको सुखको तकदिर पनि छ, दु:खको तकदिर पनि छ। यहाँ नै सुखधाम थियो, यहाँ नै दु:खधाम छ। भवन नयाँ भयो भने राम्रो तकदिर हुन्छ। पुरानो भयो भने नराम्रो तकदिर। भारतवर्ष नै पहिले नयाँ थियो, अहिले फेरि पुरानो भएको छ। यी कुरालाई पनि तिमी बच्चाहरूले नै बुझ्न सक्छौ, दुनियाँले बुझ्दैन। तिम्रो ध्यान यस कुरातर्फ खिचिन्छ– प्यारा बच्चाहरू! तिमी कति तकदिरवान थियौ। देवी-देवता विश्वका मालिक थिए, अहिले छैनन्। राम्रो तकदिर बदलिएर अहिले नराम्रो भएको छ। राम्रो तकदिर कसरी र कहिले हुन्छ, यो बुझ्नुपर्ने कुरा हो। सम्झाउनेवाला एक बेहदको बाबा हुनुहुन्छ। भारतवर्षको उच्च तकदिर कहिले थियो? जब स्वर्ग थियो। अहिले नराम्रो तकदिर छ। गाउँछन् पनि हे पतित-पावन आएर हाम्रो पावन तकदिर बनाउनुहोस्। भारतवर्ष पावन थियो त धेरै राम्रो तकदिर थियो। अहिले उही भारतवर्ष पतित छ किनकि विकारी छन्। विकारी र निर्विकारी दुवै हुन्छन्। यदि हामी यस समयमा निर्विकारी बन्छौं भने देवता बन्छौं। अब बाबालाई बोलाइ रहन्छन्। कुम्भको मेलामा पनि अवश्य गाउँछन्– पतित-पावन सीताराम...। पतित-पावन नदी त होइन। मनुष्यको तकदिर बिग्रिएपछि कति पत्थरबुद्धि बन्छन्। दु:ख र सुखको यो खेल हो। दु:ख कसले दिन्छ? सुख कसले दिन्छ? दुवैको चित्र धेरै प्रख्यात छन्। सुखको लागि परमपिता परमात्मालाई याद गर्छन्। हे दु:खहर्ता सुखकर्ता। यसबाट सिद्ध हुन्छ बाबाले कहिल्यै दु:ख दिनुहुन्न। उनीहरूले सम्झन्छन् भगवान्‍ले नै दुःख-सुख दुवै दिनुहुन्छ। पाई-पैसाको कुरा पनि कसैले बुझ्दैन। अहिले तिमीलाई बाबाले पारसबुद्धि बनाउनु भएको छ। बुद्धिको ताला खोल्नु भएको छ। तिमीलाई थाहा छ सृष्टिको चक्र घुमिरहन्छ। जब सृष्टि पुरानो हुन्छ, त्यसमा दु:ख हुन्छ। अहिले तिमीलाई ३ वटा नेत्र मिलेको छ। तिमीले सबैलाई बुझाउन सक्छौ– यदि तिमीले पतित-पावन आउनुहोस् भनी पुकार्छौ भने फेरि नदीहरूमा आएर किन बसेका छौ? यो यज्ञ तप आदि गर्नु, वेद शास्त्र आदि पढ्नु सबै भक्तिमार्ग हो। बाबा भन्नुहुन्छ– यी सबैबाट म मिल्दिनँ। जब तिम्रो भक्ति पूरा हुन्छ तब म आएर सद्‌गति दिन्छु। योगको पनि ज्ञान चाहिन्छ। पावन बन्नको लागि पनि ज्ञान चाहिन्छ। शास्त्र पढ्नाले त पावन बन्ने कुरा नै छैन। विवेकले भन्छ– भारतवर्ष जब पावन थियो, सम्पूर्ण निर्विकारी थियो तब धेरै सम्पन्न पनि थियो। यस्तो सम्पन्न र पवित्र कसले बनायो? के गंगा स्नान गर्नाले बन्यो वा शास्त्र पढ्नाले बन्यो? यो त तिमीले गर्दै आएका छौ फेरि पनि पुकार्छौ– हे पतित-पावन आउनुहोस्। जब पतित दुनियाँको समय पूरा हुन्छ, तब नै पतित-पावन बाबा आएर स्वर्गको स्थापना गर्नुहुन्छ। पावन दुनियाँ हो सत्ययुग, पतित दुनियाँ हो कलियुग। यो कसैलाई थाहा छैन– पतित-पावन एक परमात्मा नै हुनुहुन्छ। गाउँछन् पतित-पावन सीताराम... यसको अर्थ पनि बाबाले नै सम्झाउनुहुन्छ– सबै सीताहरूका राम एक परमात्मा नै हुनुहुन्छ। भन्दछन् सबैको दाता राम। दाता केको? यो पनि बुझेका छैनन्। बाबा सम्झाउनुहुन्छ– सबैका दाता राम त एक निराकार नै हुनुहुन्छ। बुद्धिमा एकदमै ताला लागेको छ। बुद्धिमा बस्दै-बस्दैन। सत्ययुगमा सबै पारसबुद्धि हुन्छन्, नाम नै छ पारसनाथ, पारसपुरी। तिमी बच्चाहरू पनि यस समयमा पारसनाथ बन्छौ। आत्मा सतोप्रधान बन्छ। अहिले तमोप्रधान बुद्धि छ। सतोप्रधान बुद्धि सुखमा हुन्छ, तमोप्रधान बुद्धि दु:खमा हुन्छ। मनुष्य विषको पछाडि हैरान हुन्छन्। हेर पवित्रतामा कति हंगामा गर्छन्। गाइएको पनि छ– कंस, जरासन्धी, दुशासन, पूतना, सूपनखा... यी सबै बितेका कुराको गायन हो। अवश्य पनि संगमयुगको नै गायन हो। हरेक कुरा संगमयुगको नै गायन हुन्छ। बाबा भन्नुहुन्छ– म पनि पतितहरूलाई पावन बनाउन एकपटक नै आउँछु। तिमीलाई थाहा छ– बाबाको धन्धा नै हो पतितहरूलाई पावन बनाउनु। बाबा रचयिता हुनुहुन्छ, अवश्य पनि नयाँ रचना नै रच्नुहुन्छ। रावण हो पतित बनाउनेवाला। बाबा हुनुहुन्छ पावन बनाउनेवाला। उहाँको यथार्थ नाम शिव हो। शिवरात्रि पनि मनाउँछन्। रात्रिको अर्थ पनि तिमीले बुझेका छौ। बाबा तब आउनुहुन्छ, जब भक्ति अर्थात् रात पूरा भएर दिन हुन्छ। 

    अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू पावन बन। अब वापस जाने समय हो। सत्ययुग थियो अब फेरि चक्र दोहोरिन्छ। तिमी बच्चाहरूलाई मनुष्यबाट देवता बनाइरहेको छु। देवताहरू पनि मनुष्य नै थिए, अरू केही फरक छैन। केवल उनीहरू गोरा अर्थात् पावन हुन्छन् र अहिलेका मनुष्य काला अर्थात् पतित छन्। विश्व सतोप्रधान थियो, अहिले तमोप्रधान छ। आत्मामा मैला परेको छ र त्यो निस्कन्छ योग अग्निबाट। पहिले मनमनाभव अक्षर पढ्थेँ। अर्थ केही पनि बुझ्दैनथेँ। परमपिता परमात्मा सँग बुद्धियोग लगाउनु छ, तर उहाँको रूप नै कसैलाई थाहा छैन भने योग कसरी लाग्न सक्छ? भन्छन् परमात्मा नाम-रूपबाट अलग हुनुहुन्छ, फेरि योग को सँग लगाउने? भगवानुवाच– मनमनाभव। देहको अभिमान छोडेर, आफूलाई आत्मा सम्झ। आत्माको रूप कस्तो छ? भन्छन् आत्मा सितारा हो, भृकुटीको बीचमा रहन्छ। त्यसैले आत्माहरूका पिता पनि त्यस्तै हुनुहुन्छ। उहाँलाई फेरि नाम-रूपबाट न्यारा भन्छन्। बाबाको लागि भन्छन् ब्रह्म हुनुहुन्छ, अखण्ड ज्योति तत्त्व हुनुहुन्छ। ब्रह्म त बेअन्त भयो। जसरी आकाशको अन्त पाउन सकिँदैन। ठीकै छ कसैले अन्त पाइहाल्यो भने पनि त्यसबाट मुक्ति-जीवनमुक्ति त कसैलाई मिल्दैन। मुक्ति-जीवनमुक्तिको अर्थ पनि तिमी बच्चाहरूलाई नै थाहा छ। दुनियाँलाई त केही पनि थाहा छैन। गाउँछन् पनि ज्ञानको सागर, मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, पतित-पावन हुनुहुन्छ त्यसैले अवश्य पनि पतित दुनियाँमा नै आउनुहुन्छ। तिमीले सम्झाउँछौ– जब ज्ञान हुन्छ भक्ति हुन सक्दैन। ज्ञान हो दिन सत्ययुग त्रेता। भक्ति हो रात। ज्ञानको सागर परमपिता परमात्मा हुनुहुन्छ, पानी होइन– यो सबैलाई बुझाउनु छ। सारा दुनियाँलाई कसरी सन्देश दिने? त्यसको लागि बाबाले राम्रा-राम्रा युक्तिहरू सम्झाइ रहनुहुन्छ। मेला त वास्तवमा आत्मा र परमात्माको नै गाइएको छ। परमात्मा त एक हुनुहुन्छ। परमात्मा सर्वव्यापी हुनुहुन्छ– यसको कुनै हिसाब आउँदैन। बाबा नै आएर सबैलाई दु:खबाट छुटाउनुहुन्छ। दु:खमा सबैले स्मरण गर्छन्। कति पुकार गरिरहन्छन्। सोध– यो कहिलेदेखि गर्दै आएका हौं? भन्छन् परम्परादेखि। फेरि पावन त कोही बनेका छैनन्, पतित हुँदै गएका छन्। 

    तिम्रो बुद्धिमा अब सारा ज्ञान भरिएको छ। ज्ञानलाई भनिन्छ ब्रह्माको दिन। विष्णुको दिन भनिदैन किनकि ज्ञान अहिले नै मिल्छ। दिन-प्रतिदिन प्वाइन्टहरू रिफाइन हुँदै जान्छन्। जीवन मुक्ति छ पनि सेकेन्डको कुरा, फेरि भन्छन् ज्ञानको सागर हुनुहुन्छ, जति लेखे पनि अन्त पाउन सकिँदैन। बाबाले जब सम्झाएर पूरा गर्नुहुन्छ फेरि परीक्षा पनि पूरा हुन्छ। सुरुदेखि लिएर कति सुन्दै आएका छौ। गीता त बिल्कुलै सानो बनाएका छन्। कति ज्ञानका कुरा छन्। सम्झाउन पनि धेरै सहज छ। वास्तवमा सत्ययुगमा एक धर्म थियो। अहिले त कति धर्म छन्। कति हंगामा छ। एक आपसमा नै हंगामा भएको छ। एक धर्म हुँदा लडाईं आदिको नाम थिएन, सुख नै सुख थियो। चक्रको रहस्य बुद्धिमा छ। तिमीले ८४ जन्म कसरी लिन्छौ, यो बच्चाहरूलाई सम्झाइएको छ। चक्र दोहोरिन्छ। अहिले तिमी योगबलद्वारा तमोप्रधानबाट सतोप्रधान बनिरहेका छौ। तिमी अहिले आस्तिक बनेका छौ। त्रिकालदर्शी पनि बनेका छौ। दुनियाँमा अरू कसैले पनि रचयिता र रचनालाई जानेका छैनन्। तिमी बच्चाहरूलाई नै थाहा छ तर धारण गरेर अरूलाई सम्झाउँदैनौ भने प्वाइन्टहरू भुलिन्छ। एक माल बुद्धिमा बस्दैन भने अर्को कसरी बस्छ? दान दिँदै गयौ भने खजाना भरिँदै जान्छ। विचार सागर मन्थन चलिरहन्छ। अरूलाई कसरी सम्झाउने? भक्तिको महिमा तब हुन्छ, जब ज्ञान हुँदैन। जो सेवामा रहन्छन् उनीहरूको बुद्धिमा नशा रहन्छ। नम्बरवार त छन् नै। महारथी ती हुन् जसले अरूलाई आफू समान बनाउँदै जान्छन्। ज्ञान धारण गर्छन्। पद पनि उनीहरूलाई त्यस्तै मिल्छ। यो सारा मेहनत गुप्त छ। तिमी बाबाको बनेका छौ त्यसैले सम्झन्छौ अवश्य बाबाबाट स्वर्गको वर्सा मिल्छ। वहाँ रावण हुँदैन। रावणको राज्य नै अलग हो, रामराज्य अलग हो। तिमी बच्चाहरूले अहिले बुझेका छौ रामायण, भागवत आदिमा सबै यतिबेलाका कुरा छन्। गुडियाको खेल हो। बाबा सम्झाउनुहुन्छ– यस समय सारा वृक्ष तमोप्रधान छ। खतम हुने बेला हो। तिम्रो बुद्धिमा सारा रहस्य छ। अरूलाई बुझाउनको लागि कति युक्तिहरू बताउनुहुन्छ। फेरि पनि करोडौंमा कोहीले मात्र बुझ्दछन्। कलमी लागिरहेको छ। जो अरू धर्ममा परिवर्तन भएका छन् ती सबै निस्कने छन्। हिन्दू वास्तवमा देवी-देवता धर्मका हुन्। बुझाउनु छ– तपाईं हामी देवी-देवता कुलका हौं नि। देवी-देवतालाई नै पुजिन्छ। देवता नै हाम्रो धर्म हो। पहिले हामी देवता थियौं फेरि क्षत्रिय, वैश्य, शूद्र बन्यौं। अब हामी ब्राह्मण बनेर देवता बन्छौं। हामी सबैलाई सम्झाउछौं। अब कलमी लाग्छ। बाबा बसेर सम्झाउनुहुन्छ– मैले कसरी शूद्रबाट परिवर्तन गर्छु। ब्राह्मण बनेर फेरि देवता बन्छौ। कति राम्रोसँग सम्झाउनुहुन्छ। तिमीलाई कसैले सोध्छ– शास्त्र पढेका छौ? भन– भक्तिमार्गमा शास्त्र सबै पढेका छौं, तर सद्‌गति त बाबाले नै आएर दिनुहुन्छ, तब त तिमी उहाँलाई बोलाउँछौ– हे पतित-पावन आउनुहोस्। युक्तिले सम्झायौ भने अवश्य बुझ्नेछन्। बुझाउनको लागि बच्चाहरूमा हिम्मत चाहिन्छ। ड्रामाले तिमीबाट सेवा गराउने छ यस्तो देखिनमा आउँछ। कल्प पहिले पनि यिनले यति पुरुषार्थ गरेर यो पद पाएका हुन्, बाबाबाट वर्सा पाउने पुरुषार्थ पूरा गर्नु छ। बाबाको वर्सा मिल्छ भने रावणको वर्सालाई हामी किन हात लगाउने? किन हामी मीठो नबन्ने? सर्वगुण सम्पन्न बन्नु छ। यो नरबाट नारायण बन्ने राजयोग हो अर्थात् राजाई पाउने योग हो। 

    बाबा भन्नुहुन्छ– म कल्प-कल्प कल्पको संगमयुगमा आउँछु। यो हो चढ्ती कलाको युग। बाँकी सबै हुन् उत्रिने कलाको युग। उत्रिने र चढ्ने कला हुन्छ। यो चक्र बुद्धिमा रहनु पर्छ। बाबा बसेर बच्चाहरूसँग कुरा गर्नुहुन्छ– मलाई याद गर। यो अन्तिम जन्म पतित बनेनौ भने म तिमीलाई विश्वको मालिक बनाउँछु। के तिमीले मैले भनेको मान्दैनौ? त्यसो हो भने बेहदको सुख पनि तिमीले पाउन सक्दैनौ। तिमी यस जन्ममा त पवित्र बन। म ग्यारेन्टी गर्छु, तिमीलाई विश्वको मालिक बनाउने छु। बाबाले भनेको पनि मान्दैनौ? जो फूल बन्नेवाला हुन्छ उसलाई तुरन्तै तीर लाग्छ। भाग्यमा छैन भने यसरी सुन्छ मानौं उल्टो घडा। प्रदर्शनीमा तिमीले कतिलाई सम्झाउँछौ, राम्रो-राम्रो भन्छन्। भन्छन् मार्ग धेरै सहज छ, तर आफू केही पनि गर्दैनन्। केवल महिमा गर्योत, अरूलाई भन्यो राम्रो छ, तर स्वयं चल्दैनन्, यसबाट के भयो। भनिन्छ तकदिरमा छैन। यस्ता-यस्ता प्रजामा आउँछन्। तर बच्चाहरूमा सेवाको सोख हुनुपर्छ। हजारौंलाई सुनाउनु पर्छ। बेहदको बाबाबाट वर्सा पाउनको लागि माता-पिताले जस्तै पुरुषार्थ गर्नुपर्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबाबाट पूरा वर्सा लिनको लागि अति मीठो र सर्वगुण सम्पन्न बन्नु छ। रावणको वर्सालाई हात लगाउनु हुँदैन।

    २) ज्ञानलाई धारण गरेर रूहानी नशामा रहेर सेवा गर्नु छ। बेहदको सुख पाउनको लागि बाबाको हरेक सल्लाहलाई मानेर त्यसमा चल्नु पर्छ।

    वरदान:

    योगको करेन्टको प्रकम्पनद्वारा किल्लालाई मजबुत बनाउने यज्ञ रक्षक भव:-  

    जसरी ब्राह्मण परिवार बढाउने योजना गर्छौ, त्यसैगरी अब यस्तो योजना गर– कुनै पनि आत्मा ब्राह्मण परिवारबाट किनारा नहोस्। किल्ला यस्तो बलियो बनाऊ, जहाँबाट कुनै पनि जान नसकोस्। जसरी चारैतिर करेन्टको तार लगाउँछन्, त्यसैगरी तिमीले पनि योगको प्रकम्पनद्वारा करेन्टको तार लगाऊ। जब यस यज्ञको किल्लालाई आफ्नो योगको शक्तिशाली प्रकम्पनद्वारा बलियो बनाउने संकल्प हुन्छ तब यज्ञ रक्षक कहलाउने छौ।

    स्लोगन:

    ज्ञानी आत्मा ऊ नै हो जसको कर्म साधारण हुँदा पनि स्थिति पुरुषोत्तम हुन्छ।  



    ***OM SHANTI***