BK Murli 29 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 29 December 2017 Nepali

    २०७४ पौष १४ शुक्रबार २९-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– तिमी रूहानी प्रियतमा हौ एक प्रियतम परमात्माका। तिमीले एकलाई नै दिल देखि याद गर, दिलको प्रीत एक बाबा सँग राख।”  

    प्रश्न:

    महावीर बच्चाहरूको स्थिति र पुरुषार्थ कस्तो हुन्छ, त्यसको निशानी सुनाऊ?

    उत्तर:

    उनीहरूले योगद्वारा आत्मालाई पवित्र बनाउने पुरुषार्थ गरिरहन्छन्। उनीहरूलाई बाँकी कुनै पनि कुराको पर्बाह हुँदैन। उनीहरूको बुद्धिमा रहन्छ– अब पुरानो दुनियाँबाट नयाँ दुनियाँमा ट्रान्सफर हुनु छ। उनीहरू विनाश सँग डराउँदैनन्। उनीहरूको दिलमा रूहानी प्रेमको आगो हुन्छ। उनीहरू पुरुषार्थ गर्दा-गर्दा रुद्रमालाको दाना बन्छन्।

    गीतः–

    न वह हमसे जुदा होंगे...

    ओम् शान्ति।

    यसलाई भनिन्छ रूहानी प्यार अर्थात् आत्माको आत्माका पिता सँग प्यार। दुनियाँले पनि उही रूहानी बाबालाई नै याद गर्छन्, भन्छन्– हामीलाई दु:खबाट छुटाउनुहोस् या दु:ख हर्नुहोस्। अहिले दु:ख हर्नुहोस्‌को साथै सुख दिनुहोस् पनि भन्छन्। सुख हुन्छ नै सत्ययुग आदिमा त्यसैले अवश्य कलियुग अन्त्यमा दु:ख हुन्छ। यो कुरा तिमी बच्चाहरूले बुझ्दछौ। सारा दुनियाँले त बुझ्दैनन्। तिमीहरूमा पनि थोरै छन्। करोडौंमा कोही भनिन्छ नि। यो हो रूहानी प्यार आत्माहरूको परमात्मासँग। सारा दुनियाँको प्रियतम एक परमात्मा नै हुनुहुन्छ। उहाँ सबै आत्माहरूको प्रियतम हुनुहुन्छ, जसलाई नै सबैले पुकार्छन्। आत्माहरू त साना-ठूला हुँदैनन्। अहिले तिमी आत्माहरूको प्यार भएको छ एक परमपिता परमात्मा सँग। यसलाई रूहानी प्यार भनिन्छ। दुनियाँमा ती प्रियतम र प्रियतमा त शारीरिक हुन्छन्। उनीहरूको आपसमा प्यार पनि शारीरिक हुन्छ। तिम्रो त रूहानी प्यार हो। बाबा नै आएर तिम्रो दु:ख हरेर सुख दिनुहुन्छ। तिमीलाई धेरै सुख मिल्छ फेरि दु:ख पनि धेरै मिल्छ। बाबा भन्नुहुन्छ– हे बच्चाहरू! अहिले तिम्रो प्यार म सँग भएको छ किनकि तिमीलाई थाहा छ– बाबा हामीलाई सुखधामको मालिक बनाउनेवाला हुनुहुन्छ। मुक्ति र जीवनमुक्तिका दाता हुनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी बस्न त आ-आफ्नै घरमा बस, जसरी शारीरिक प्रियतम र प्रियतमा पनि अलग-अलग आफ्नो घरमा बस्छन्, यहाँ पनि त्यस्तै हो। म दूरदेशदेखि आउँछु तिमीहरूलाई पढाउन। तिमीले बोलाएका हौ– हे पतित-पावन आउनुहोस्, हे दु:खहर्ता सुखकर्ता अब आउनुहोस्। वास्तवमा आउन त म आफ्नो समयमा आउँछु। यस्तो होइन तिम्रो पुकार सुनेर आउँछु। म आउँछु तब, जब तिमीलाई कलियुगदेखि सत्ययुगमा जानु छ वा मनुष्यबाट देवता, भ्रष्टाचारीबाट श्रेष्ठाचारी बन्नु छ। अहिले तिम्रो बाबा सँग रूहानी प्यार छ। तिमी भित्र रूहानी प्यारको आगो लागिरहेको छ। जसरी अज्ञानमा काम-क्रोधको आगो लाग्छ। अहिले तिमी आत्माहरूको प्यार भएको छ बाबासँग। दुनियाँले त केही पनि बुझ्दैनन्। भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ, नाम-रूपबाट अलग हुनुहुन्छ। एकातिर भन्छन् नाम-रूपबाट अलग हुनुहुन्छ, अर्कोतिर भन्छन् सर्वव्यापी हुनुहुन्छ। त्यसमा मनुष्य जनावर आदि सबै आए। 

    अहिले तिमी बच्चाहरूलाई थाहा भएको छ– आत्माहरूको प्रियतम हुनुहुन्छ परमात्मा, उहाँ सँग प्रीति लगाउनु छ। यो त थाहा छ आपत-विपत धेरै आउँछन्। भिन्न-भिन्न प्रकारका विघ्न पनि पर्छन्। विघ्न त हरेकलाई पर्छन्। यो कुनै नयाँ कुरा होइन किनकि नयाँ दुनियाँको स्थापनाको लागि बाबाले बिलकुल नयाँ कुरा सुनाइरहनु भएको छ। लेखिएको पनि छ ब्रह्माद्वारा स्थापना। तर स्थापना र विनाशको कुरालाई कसैले बुझ्दैनन्। स्थापना के को? भन्छन्– राजस्व अश्वमेघ ज्ञान यज्ञ रचना गरे। अवश्य यज्ञ रचना गरियो स्वराज्यको लागि। नरबाट नारायण र नारीबाट लक्ष्मी बन्नको लागि राजयोग सिकाउनुहुन्छ। ठीकै छ फेरि त्यसको रिजल्ट के त? यो हो नयाँ कुरा त्यसैले मनुष्यहरू अलमलमा पर्छन्। गुरुहरूले त कसैलाई मुक्ति-जीवनमुक्ति दिन सक्दैनन्। यो केवल गफ लगाएका छन्– फलाना पार निर्वाण गए अथवा वैकुण्ठ वासी भए। बाबाले सम्झाउनु भएको छ– दिलवाला मन्दिरमा माथि वैकुण्ठको चित्र देखाएका छन्, तल तपस्याको। अहिले तिमीहरूलाई ज्ञान मिलेको छ– यहाँ नै वैकुण्ठ थियो। कहिले थियो? यो पनि तिमीलाई थाहा छ। पुजारीहरूले के जानून्! मनुष्य नै कौडी जस्ता, मनुष्य नै हीरा जस्ता बन्छन्। पहिले यो कुरा ख्यालमा पनि थिएन। बाबाले बताउनु भएको छ– पुरुषार्थ गरेर उच्च पद पाउनु छ। यदि राम्रो पुरुषार्थ गर्यौख भने नयाँ राजधानीमा उच्च पद पाउँछौ। राम्रो पुरुषार्थ गर्यौउ भने राम्रो पद मिल्छ। तिम्रो लागि स्वर्ग कुनै टाढा छैन। जसरी स्कूलमा बच्चाहरू पढेर पास हुन्छन् अनि एउटा क्लासबाट अर्को क्लासमा जान्छन्। तिमी पनि जान्छौ पुरानो दुनियाँ देखि नयाँ दुनियाँमा। तिमीलाई थाहा छ हामीले पुरुषार्थ गर्दै-गर्दै गएर सबै भन्दा पहिला रुद्रमालाका दाना बन्छौं। स्कूलमा पनि पास हुन्छन् अनि फेरि नम्बरवार गएर बस्छन्। यहाँ पनि तिमी बच्चाहरूलाई थाहा छ– हामी पढ्छौं फेरि हामी आत्माहरू मूलवतनमा जान्छौं, फेरि नयाँ दुनियाँमा आउँछौं। पछि गएर सबैलाई थाहा हुन्छ। रिजल्ट अन्त्यमा निक्लन्छ। जो महावीर हुन्छन् उनीहरूले कुनै पनि कुराको पर्बाह गर्दैनन्। जान्दछन्– विनाश त हुनु नै छ। डराउने कुरा नै छैन। भूकम्प त आउनु नै छ। तिमी त जानु छ नयाँ दुनियाँमा। जसरी विद्यार्थीले जान्दछन् हामी अर्को क्लासमा जान्छौं। अहिले हाम्रो आत्माले पढिरहेको छ– परमपिता परमात्मा सँग। तिमीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जानिसक्यौ। तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ, पढाइ पनि अन्तिम हुन्छ फेरि हामी पास भएर बाबा सँग पुग्छौं। यो त जान्दछौ जे कल्प पहिले भएको थियो, अहिले त्यहीँ हुन्छ। पुरुषार्थ त बच्चाहरूले हरेक कुरामा गर्नु नै छ। तिमी बच्चाहरूले योगबलद्वारा आफूलाई पवित्र बनाइरहेका छौ। योगद्वारा नै आत्माबाट मैला निस्कन्छ। हामी पूरा-पूरा योगी बन्नु छ। हामी आधा कल्पदेखिका प्रियतमा हौं। अहिले हामीलाई प्रियतम मिल्नु भएको छ। उहाँले हामीलाई नयाँ दुनियाँमा जानको लागि लायक बनाइरहनु भएको छ। कर्म पनि गर्नु छ। यी सबै थोक गर्दै याद एक बाबालाई नै गर्नु छ। तिम्रो बुद्धिमा छ– योगद्वारा हामीले आफूलाई पवित्र बनाइरहेका छौं। योगद्वारा नै आत्माको मैला निक्लन्छ, हामी पूरा योगी बन्नु छ। यसमा नै धेरै बहादुरी चाहिन्छ। प्रियतम-प्रियतमाले आफ्नो कामकाज पनि गर्छन् र एक अर्कालाई याद पनि गरिरहन्छन्। ती प्रियतम-प्रियतमा विकारको लागि हुँदैनन्। तिनीहरू शरीर माथि मोहित हुन्छन् त्यसैले तिनीहरूको गायन छ। यहाँ छ रूहानी प्रियतम-प्रियतमा। तिमीले आधाकल्प मलाई पूरा याद गर्यौल। अहिले तिमीलाई आएर मिलेको छु। मनुष्यहरूले सम्झन्छन् भगवान्‌द्वारा मुक्ति मिल्छ। बाबा भन्नुहुन्छ– तिम्रो लागि मुक्ति सँग जीवनमुक्ति पनि जोडिएको छ। मुक्तिमा गएर फेरि जीवनमुक्तिमा अवश्य आउँछौ। मायाको बन्धनबाट छुट्छौ र फेरि आउँछौ सतोप्रधानमा। पहिला सुखको फेरि दु:खको नियम छ। सबैलाई सतो रजो तमोमा आउनु नै छ। अहिले तमोप्रधान जीर्ण अवस्था छ वृक्षको। अहिले यसैबाट कलमी लाग्नु छ। दैवी वृक्षको कलमी लागिरहेको छ। उनीहरूले बिरुवा लगाउँछन् वृक्ष आदिको। त्यसको उत्सव मनाउँछन्। तिम्रो कस्तो उत्सव छ! उनीहरूको हुन्छ बोट-बिरुवा लगाउने उत्सव। तिम्रो हुन्छ स्वर्गको उत्सव। तिमीले काँडालाई फूल बनाउँछौ। यो सबै संगमको कुरा हो। अब पूरा-पूरा पुरुषार्थ गर्नु छ। निरन्तर यादको नै कोसिस गर्नु छ। तिमीलाई फाइदा धेरै हुन्छ। राम्रो वर्सा मिल्छ। बाबा सँग योग तथा पूरा प्यार चाहिन्छ। त्यसबाट नै विकर्म विनाश हुन्छ। तिमीमा जुन मैला परेको छ त्यो योगबाट नै निस्कन्छ। सबै आधार छ यादमा। नत्र मायाले विकर्म गराइदिन्छ। बाबा भन्नुहुन्छ– जे जति विकर्म गरेका छौ, त्यो बाबाको अगाडि राखेर माफी माग्नु छ। बाबा सम्मुख आउनु भएको छ, त्यसैले माफी माग। तिमीहरूमा पनि नम्बरवार छन् जो बाबालाई पूरा प्यार गर्छन्। प्यार गर्नेहरू नै बाबाको सल्लाहमा चल्छन्। तिमीहरू सबै सीताहरूका राम एक बाबा नै हुनुहुन्छ। तिमीले बुझिसक्यौ अब अरूलाई बुझाउनु छ। बाँकी भक्ति त एक प्रकारको व्यापार हो। यो गर्दा-गर्दै मर्छन्। लडाईं हुन्छ, विनाश हुन्छ। फेरि त केही पनि गर्न सकिँदैन। भक्तिमार्ग पनि त्यसै खतम हुन्छ। अहिले तिमी बच्चाहरूले बाबा सँग वर्सा लिइरहेका छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू नबिर्स। तिमी सबै भन्दा धेरै प्रिय छौ। तिमीलाई नै उच्च पद मिल्छ। पढेनौ भने पद पनि पाउँदैनौ।

    बाबा भन्नुहुन्छ– जे जति बिमारी आदि हुन्छन् ती तिम्रै कर्मका हिसाब-किताब हुन्। तिमीले पढ्नु र पढाउनु छ। यो राजधानी स्थापना भइरहेको छ। यसमा गरिब, धनवान, प्रजा, नोकर, चाकर आदि सबै बन्नु छ। जो बादशाह बन्छन् अवश्य उनीहरूले राम्रो कर्म गरेका हुन्छन्। श्रीमतमा चल्छन् तब राम्रो पद पाउँछन्, धेरै ठूलो विद्यालय हो। नम्बरवार पद छन्। कुनै वकिलले लाख रूपैयाँ कमाउँछन्, कुनै वकिलले ५०० पनि कमाउँदैनन्। भनिन्छ तकदिर। पढाइ पूरा पढ्न सक्दैनन्, भनिन्छ ड्रामा अनुसार यिनको तकदिर यस्तो रहेछ। पढाइ अनुसार नै पद पाउँछन्। पछि गएर तिमीलाई पूरा-पूरा साक्षात्कार भइरहन्छ। भनिन्छ तिमीलाई यति मेहनत गरियो फेरि पनि तिमीले पढेनौ। अब त सजाय खानुपर्छ। जन्म-जन्मान्तरको सजायको सक्षात्कार हुन्छ। कर्मातीत अवस्थामा जानु छ त्यसैले अन्त्यमा सबैले सक्षात्कार गर्छन्। यस्तो-यस्तो गरेका थियौ त्यसको यो-यो सजाय हो। सजायको पनि साक्षात्कार गराइन्छ। अहिले तिमीलाई थाहा छ– हामी आत्माहरू बच्चा हौं। भक्तिमार्गमा प्रियतमका प्रियतमा थियौं। अहिले त उहाँ मिल्नुभयो। यहाँ प्रियतम सँग के मिल्छ? ओहो! उहाँले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। तिमीले अहिले बाबा र वर्सालाई जानेका छौ। बाबा सम्झाउनु हुन्छ कसैलाई भेट्दा सम्झाऊ– तपाईंका दुई पिता हुनुहुन्छ– एक हदका, दोस्रो बेहदका। बेहदका पिताबाट २१ पीढी सुखको वर्सा मिल्छ। रावणको राज्यमा दु:ख नै दु:ख छ त्यसैले बाबालाई याद गर्छन्– हे दु:खहर्ता सुखकर्ता आउनुहोस्। कति सहज कुरा छ। केवल ब्रह्माको मुख देखेर मनुष्यहरूको टाउको दुख्छ। प्रजापिता ब्रह्मा कोही त हुन्छन् नि। नत्र कहाँबाट ल्याउने? बी.के. को प्रमाण के दिने? हामी बी.के. बाबाको पासमा बसेका छौं। यो मनुष्य सृष्टि रूपी वृक्ष हो त्यसैले प्रजापिता ब्रह्मा पनि यहीँ हुन्छन्।

    बाबा भन्नुहुन्छ– मायाले तिमी सँग धेरै लड्छ। बाबालाई याद गर्न दिँदैन त्यसैले खबरदार रहनु छ। मायाले बाबाबाट तिम्रो मुख मोड्ने पुरुषार्थ गर्छ। तर तिमी मोडिनु हुँदैन। तिम्रो खुट्टा छ नर्क तर्फ र मुख छ स्वर्ग तर्फ। अब वैकुण्ठमा जानु छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) पढाइ राम्रो सँग पढ र पढाऊ। सच्चा प्रियतमा बनेर एक बाबा सँग रूहानी प्यार राख। कुनै पनि विकर्म गर्नु हुँदैन।

    २) कुनै पनि विघ्न वा आपदहरू आऊन् तैपनि बाबा सँग मुख मोड्नु हुँदैन। विघ्नहरूलाई पार गरेर पहलवान बन्नु छ।

    वरदान:

    निर्माणताको महानताद्वारा सबैको आशीर्वाद प्राप्त गर्ने मास्टर सुखदाता भव:-  

    महानताको निशानी निर्माणता हो, जति निर्माण बन्छौ त्यति सबैको दिलमा स्वत: महान् बन्छौ। निर्माणताले निरहंकारी सहजै बनाउँछ। निर्माणताको बीजले महानताको फल स्वत: प्राप्त गराउँछ। निर्माणता नै सबैको आशीर्वाद प्राप्त गर्ने सहज साधन हो। निर्माणताले महिमा योग्य बनाइदिन्छ। निर्माणताले सबैको मनमा प्यारको स्थान बनाइदिन्छ। उनीहरू बाबा समान मास्टर सुखदाता बन्छन्।

    स्लोगन:

    श्रेष्ठ जीवनको अनुभव गर्नको लागि निश्चयको जग मजबुत हुनुपर्छ।   



    ***OM SHANTI***