BK Murli 30 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 December 2017 Nepali

    २०७४ पौष १५ शनिबार ३०-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– तिमी कर्मक्षेत्रमा आएका छौ पार्ट खेल्न, तिमीले कर्म अवश्य गर्नु छ। आत्माको स्वधर्म शान्ति हो, त्यसैले शान्ति नमाग, स्वधर्ममा टिक।”  

    प्रश्न:

    बनि‌बनाऊ ड्रामालाई जान्दा-‌जान्दै पनि बाबाले तिमीलाई कुनचाहिँ कुरा बताउनुहुन्न? कारण के हो?

    उत्तर:

    बाबाले जान्नुहुन्छ– भोलि के हुनेवाला छ, तर त्यो बताउनुहुन्न। यस्तो होइन भोलि भुइँचालो जान्छ– यो आजै बताउनुहुन्छ। यदि बताइदिने हो भने यथार्थमा ड्रामा रहँदैन। तिमीले सबै कुरालाई साक्षी भएर हेर्नु छ। यदि पहिले नै थाहा हुने हो भने त्यतिबेला तिमीले बाबाको याद नै भुल्छौ। अन्त्यको दृश्य हेर्नको लागि तिमी महावीर बन्नु पर्छ। अचल अडोल रहनु पर्छ। बाबाको यादमा शरीर छोड्नु छ, यसको लागि परिपक्व अवस्था बनाऊ।

    ओम् शान्ति।

    ओम् शान्तिको अर्थ बच्चाहरूलाई सम्झाइएको छ। मनुष्यले भन्छन्– मनको शान्ति चाहियो, त्यो कसरी मिल्छ? यसमा सायद एउटा किताब छापिएको छ। बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ, तिमीले पनि भन्छौ– ओम् शान्ति। अब यसको अर्थ के हो? कसैले त ओम्‌को अर्थ भगवान् सम्झन्छन्। बाबा पनि भन्नुहुन्छ– ओम् शान्ति। ओम् अर्थात् अहम् (म आत्मा)। फेरि भन्छन् मेरो शरीर। आत्माले स्वयं नै भन्छ– ओम् शान्ति। मेरो स्वधर्म हो नै शान्ति र रहने स्थान पनि निर्वाणधाम, शान्तिधाम हो। आत्मा स्वयंले आफ्नो परिचय दिन्छ– म शान्त स्वरूप हुँ फेरि सोध्ने त कुरा नै रहँदैन– मनको शान्ति कसरी मिल्छ। बाबा पनि भन्नुहुन्छ– ओम् शान्ति। म पनि परम आत्मा हुँ, तिमी सबै बच्चाहरूको पिता हुँ। शान्तिधाममा हरनेवाला हुँ। तिमी आत्माहरूले यहाँ शरीर धारण गरेका छौ पार्ट खेल्न। फेरि मनको शान्तिको प्रश्न नै उठ्न सक्दैन। ओम् को अर्थ पनि कसैले जान्दैन, त्यसैले धक्का खाइरहन्छन् मनको शान्तिको लागि। आत्मा जब अशरीरी हुन्छ तब शान्ति हुन्छ। शरीरमा आउनाले कर्मेन्द्रियहरूले अवश्य काम गर्छन्। कर्मक्षेत्रमा अवश्य काम गर्नुपर्छ त्यसैले शान्तिमा कुनै किताब बनाउने आवश्यकता छैन। यो त सेकेन्डको कुरा हो बुझ्नको लागि। आत्मा स्वयंले नै भन्छ– ‌ओम् शान्ति। बाँकी के चाहियो? कहाँबाट शान्ति आउँछ? आत्माको देश हो शान्तिधाम। अहिले त वहाँ गएर बस्दैनन्। पार्ट अवश्य खेल्नु छ। त्यसै पनि परमपिता परमात्माबाट जीवनमुक्ति पाउनको लागि कुनै किताब आदिको आवश्यकता पर्दैन। यो त सेकेन्डको कुरा हो। किताब भक्तिमार्गमा बनाउँछन्, नकि ज्ञानमार्गमा। फेरि पनि बाहिर हुनेलाई सम्झाउनको लागि वास्तविकता जुन विषय छन्– सच्चा मनको शान्तिमाथि, सच्चा गीतामाथि लेख्नुपर्छ। नत्र बुद्धिले भन्छ– आफूलाई आत्मा निश्चय गर, सुखधाम र शान्तिधामलाई याद गर्यौउ भने अन्त्य मति सो गति हुन्छ। बाँकी यहाँ कहाँ मनको शान्ति हुन सक्छ र। शान्तिधाम त निर्वाणधाम हो, जहाँ बाबा पनि रहनुहुन्छ र हामी आत्माहरू पनि रहन्छौं। रुद्र माला पनि भन्छन् र रुद्र ज्ञान यज्ञ पनि, कुरा एउटै हो। ज्ञानसागर बाबाले नै यो ज्ञान सुनाउन सक्नुहुन्छ। बाँकी ज्ञान त धेरै प्रकारका छन्। विज्ञानको पनि ज्ञान, कालीगडीको पनि ज्ञान हुन्छ। तर ती हुन् व्यवहारका कुरा। ज्ञानबाट मनुष्य धेरै अक्कल भएका बन्छन्। अहिले तिमी बच्चाहरूलाई सृष्टिको आदि-‌मध्य-‌अन्त्यको ज्ञान मिलेको छ। यो पाठशाला हो, यहाँ पढाइन्छ। बाबा हुनुहुन्छ– ज्ञानको सागर, उहाँलाई सबै ज्ञान छ। सबै वेद शास्त्र आदिलाई जान्नुहुन्छ। राइट रंग, सत्य असत्य के हो, त्यो मैले सम्झाउँछु। अब बताऊ-‌ सत्य के हो? सर्वव्यापी भन्नु यो सत्य हो? म त तिम्रो बाबा हुँ। सर्वव्यापीबाट त कुनै ज्ञान मिल्न सक्दैन। पुरुषार्थ हुन सक्दैन। सर्वव्यापी भएर के गर्ने? स्वयं मालिक हुनुहुन्छ, भगवान् त कहिल्यै पतित हुनुहुन्न। उहाँ त जब चाह्यो तब वापस जानुहुन्छ। यहाँ त पतित छन् त्यसैले वापस कोही जान सक्दैन। पतित बनेपछि सारा ज्ञान उडेर जान्छ, बुद्धि मलिन हुन्छ। योग लाग्दैन, यादमा विघ्न पर्छ त्यसैले कुनै पनि पाप कर्म गर्नु हुँदैन। याद पनि अवश्य गर्नु छ। बाबा विना पुरानो पाप काटिन सक्दैन। यस्तो होइन हरिद्वारमा रहनाले कुनै पाप काटिन सक्छ, होइन। पाप त गरिरहन्छन्। साधु-सन्तलाई यदि हाम्रो घर शान्तिधाम हो भन्ने थाहा हुने हो भने वहाँबाट आउने थिए। बाबाले तिमीलाई सबै साक्षात्कार गराउनुहुन्छ। मतलब तिमी भएर आएका हौ। भक्तिमार्गमा पनि साक्षात्कार हुन्छ– दिव्य दृष्टिद्वारा। तिमी जब सत्ययुगमा हुन्छौ तब यी आँखाले लक्ष्मी-नारायणलाई देख्छौ। उनीहरूले पनि तिमीलाई देख्छन्। अहिले साक्षात्कारमा देख्छौ। बाबाको पासमा दिव्यदृष्टिको चाबी छ, त्यो अरू कसैलाई मिल्न सक्दैन। बाबाले सम्झाउनु भएको छ– म यो चाबी कसैलाई दिन्नँ। यसको बदलामा मैले फेरि स्वर्गमा राजाई गर्दिनँ। तराजू बराबर राख्दछु। तिमी विश्वको मालिक बन्छौ, म बन्दिनँ। भक्तिमार्गमा जुन साक्षात्कार गर्छन् त्यो पनि मूर्तिमा कहाँ तागत छ र।

    बाबा भन्नुहुन्छ– मैले मनोकामना पूर्ण गर्नको लागि साक्षात्कार गराउँछु। गणेश, हनुमान आदि जसको पूजा गरे पनि साक्षात्कार मैले गराउँछु। तर उनीहरूले सम्झन्छन्– परमात्मा सबैमा हुनुहुन्छ त्यसैले मलाई सर्वव्यापी भनिदिएका हुन्, उल्टो ज्ञान लिएका छन्। वास्तवमा सबै भाइ-‌भाइ हुन्। सबैमा आत्मा छ। सबै पिता त हुन सक्दैनन्। सबै आत्माले पुकार्छ– हे परमपिता परमात्मा दया गर्नुहोस्, त्यसैले सबै बच्चा भए। बच्चाले बाबाबाट वर्सा लिन्छ त्यसैले देहको अभिमान छोड्नुपर्छ। म आत्माले बाबाबाट वर्सा लिइरहेको छु। आत्मालाई नारी वा पुरुष भनिदैन। चोला नारीको भए पनि वर्सा लिइरहेको छु भन्नु ठीक हो। बाबाबाट वर्सा लिने सबैलाई हक छ। म क्रिश्चियन हुँ, म फलानो हुँ। यी सबै शरीरका धर्म हुन्। आत्मा एकै हो। शरीर बदलिन्छ, तब भनिन्छ– यो मुसलमान हो, यो हिन्दु हो। आत्माको नाम बदलिदैन, शरीरको बदलिन्छ। बाबा त हुनुहुन्छ नै पतित-पावन, ज्ञानको सागर। बाबाको महिमा अलग हुन्छ। उहाँ शान्तिको सागर, ज्ञानको सागर हुनुहुन्छ। उहाँ सँग योग लगाउनाले हामी शान्तिधाम जान्छौं, त्यो पनि अहिले। यस्तो योग कहिल्यै कसैले लगाउन सक्दैन। तिमीले शान्तिधामलाई जान्दछौ। बाँकी याद शिवबाबालाई गर्छौ। संन्यासीले भन्छन्– हामी ब्रह्म ज्ञानी हौं। ब्रह्म सँग योग लगाउँछौं, तर त्यसबाट विकर्म विनाश हुन सक्दैन। त्यो योग नै गलत हो। ब्रह्म अर्थात् रहने स्थान। ब्रह्म ज्ञानी अथवा तत्त्व ज्ञानी कुरा एउटै हो। बाबा भन्नुहुन्छ– यो यिनीहरूको भ्रम हो। पतित-‌पावन ब्रह्मा हुन सक्दैनन्। आत्माहरूको बाबा शिव हुनुहुन्छ, उहाँलाई नै पतित-‌पावन भनिन्छ। बाँकी वापस त कोही जान सक्दैन। सबैलाई सतोप्रधानबाट तमोप्रधान बन्नु नै छ। जब पहिलो नम्बर श्री नारायण नै बन्छन् भने अरू सबै पनि अवश्य तमोप्रधान बन्छन्। पुनर्जन्म लिँदै आउँछन्। यो पनि बुद्धिमा राखिन्छ। 

    तिमीलाई थाहा छ– हरेक धर्मवालाले कति जन्म लिन्छन् होला? देवताहरूलाई पूरा ८४ जन्म लिन्छन् भनिन्छ। अरूको एक्युरेट जन्म बताउन सकिँदैन। कसैले हिसाब गर्ने हो भने निकाल्न सक्छन्। तर आवश्यकता छैन। हाम्रो आफ्नो पुरुषार्थ सँग काम छ अरू धेरै कुरामा जानु छैन। तिमीलाई मुक्ति, जीवन मुक्ति चाहियो भने मनमनाभव। म हुँ नै पतित-पावन, आएर राजयोग सिकाउँछु। पतित-‌पावन अवश्य कलियुग अन्त्यमा आउनुहुन्छ, नकि द्वापरमा। केवल शिवरात्रि लेख्नाले अर्थ निस्कँदैन। त्रिमूर्ति शिवरात्रि लेख्नुपर्छ। भक्तिमा घोर अन्धकार छ तब भनिन्छ ज्ञान सूर्य प्रगटा... अवश्य कलियुगको अन्त्य हुन्छ। प्रकाश सत्ययुगमा हुन्छ। बाबा अवश्य संगममा आउनुहुन्छ। सबै पतित बन्छन् तब बाबा आएर पावन बनाउनुहुन्छ किनकि सबैको सम्बन्ध छ नि। धेरै संन्यासीहरूले पनि भन्छन्-‌ मनको शान्ति कसरी हुन्छ। आत्माको स्वधर्म नै हो शान्ति। जसरी भारतवासीले देवी-‌देवतालाई भुलेका छन्, त्यस्तै आत्माले पनि आफ्नो स्वधर्मलाई भुलेको छ। आत्माले नै जान्दछ– मलाई रावणले अशान्त बनाएको छ। यो ज्ञान अहिले मिलेको छ। यहाँ त शान्ति कहिल्यै मिल्न सक्दैन। शान्तिधाममा नै शान्ति मिल्न सक्छ। वहाँ त सबैले जानु छ। हामी शान्तिधाममा जान्छौं फेरि सुखधाममा आउँछौं। अरू धर्मकालाई शान्ति अधिक मिल्छ, हामीलाई सुख अधिक मिल्छ। उनीहरूलाई न यति सुख, न दु:ख मिल्छ। यी हुन् विस्तारका कुरा। कसैले लक्ष्यलाई राम्रो सँग पक्डन्छ, त्यो पनि पर्याप्त छ। घरमा रहँदै बाबा र वर्सालाई याद गरिराख। तर प्रजा बनाउन सक्दैनौ। जसले प्रजा बनाउँछन् उनीहरू नै राजा-रानी, मालिक बन्छन्। मेहनत छ नि। प्रोजेक्टरमा सम्झाउनु सहज छ। ठूला-‌ठूला मानिसलाई निमन्त्रण दिएर उनीहरूलाई सम्झाउनु पर्छ। तिमी बच्चाहरूले धेरैको कल्याण गर्न सक्छौ। यो पनि नयाँ तरिका निस्किरहेको छ। अंग्रेजीमा पनि प्रोजेक्टर स्लाइड बेलायतमा गएर देखाउन सक्छौ। यो गोला आदि जब देख्छन् तब सम्झन्छन् यो भारतवर्षको दर्शन हो। यो ज्ञान बाबाले नै दिन सक्नुहुन्छ। यो हो रूहानी ज्ञान। आत्माबाट रूहानी ज्ञान निस्कन्छ। सच्चा डक्टर अफ फिलोसोफी पनि तिमीहरू हौ। बाबा रूहानी सर्जन हुनुहुन्छ। आत्मालाई इन्जेक्सन लगाउनुहुन्छ। तिम्रो हो सबै गुप्त। उनीहरू त बसेर शास्त्र आदि पढ्छन् त्यसैले उनीहरूको धेरै मान हुन्छ। उनीहरूले आत्मालाई पतित सम्झँदैनन्, निर्लेप भनिदिन्छन्। त्यसैले सच्चा-‌सच्चा ज्ञान तिमीले नै दिनसक्छौ। यो पनि सम्झाइएको छ त्यो हो हदको संन्यास, तिम्रो हो बेहदको संन्यास, जुन बेहदको बाबाले नै सिकाउनुहुन्छ। त्यो हो हठयोग, यो हो राजयोग। उनीहरूले हठयोगद्वारा कर्मेन्द्रियलाई वश गर्न चाहन्छन्। तिमीले राजयोगद्वारा कर्मेन्द्रियलाई वश गर्छौ। धेरै फरक छ। अहिले बाबाद्वारा तिमी ज्ञानी बन्दै गइरहेका छौ। तर नम्बरवार पुरुषार्थ अनुसार बन्छौ। यस्तो बाबा सँग कति प्रेम रहनु पर्छ। यो हो गुप्त प्रेम। आत्मा पनि गुप्त छ। आत्माले जान्दछ– हामीलाई बाबा मिल्नु भएको छ। दु:खबाट छुटाइरहनु भएको छ। बाबा हजुरले त कमाल गर्नुभयो। कल्प-‌कल्प हजुरले हामीलाई ज्ञान दिनुहुन्छ फेरि हामीले भुल्दछौं। बाबा भन्नुहुन्छ– हो बच्चाहरू, मैले त भनेको थिएँ यो ज्ञान प्राय: लोप भएर जान्छ। सत्ययुगमा यो ज्ञान रहँदैन। यो सबै ड्रामा बनेको छ। थोरै पनि फरक पर्न सक्दैन। बनिबनाऊ ड्रामा हो, जे जति हुन्छ साक्षी भएर हेर्दै जाऊ। विनाश हुनु छ, स्थापना हुनु छ, साक्षी भएर हेर्नु पर्छ। मानौं भोलि भुईंचालो जाँदैछ, यस्तो होइन मैले बताऊँ– यो हुनेछ। फेरि त सबै प्रबन्ध गर्न थाल्छन्। साक्षी भएर हेर्दै जाऊ। मूल कुरा हो मलाई याद गर्नु। नत्र मलाई पनि भुल्नेछौ। तिमी बच्चाहरू महावीर बन्नु छ। महावीर महावीरनीलाई ज्ञानकी देवी, ज्ञानका देवता भनिन्छ। भगवान्‌ले नै योग सिकाएर महावीर बनाउनुहुन्छ। अन्त्यमा जब भुईँचालो आदि हुन्छ त्यस समय महावीरपना चाहिन्छ। अहिले त तिमी पुरुषार्थी हौ। अचल अडोल रहनुपर्छ र साथ-‌साथै बाबाको यादमा मर्ने हो भने धेरै राम्रो। जो ज्ञानमा अचल अडोल हुन्छन् उनीहरूले बसी बसी शरीर छोड्छन्। फेरि कर्मातीत अवस्थामा गएर सेवा गर्छन्। बच्चाहरूले परिपक्व अवस्थामा शरीर छोडेर सूक्ष्मवतनमा गएर फेरि नयाँ दुनियाँमा आउनु छ। 

    बच्चाहरूले सदैव आफ्नो प्रगतिको खाता हेर्नु पर्छ, जसबाट बाबाबाट पूरा वर्सा पाउन सकौं। कुनै पनि कुराको संशयमा आएर पढाइ कहिल्यै छोड्नु हुँदैन। बाबाले बारम्बार भन्नुहुन्छ– मलाई याद गर्यौल भने विकर्म विनाश हुन्छ। अच्छा!

    मीठे-‌‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कुनै पनि कुरामा संशयबुद्धि बनेर पढाइ छोड्नु हुँदैन। आफ्नो स्थिति अचल, अडोल बनाउनु छ। एक बाबा सँग सच्चा प्यार राख्नु छ।

    २) आफ्नो समयलाई विस्तारको कुरामा व्यर्थ गुमाउनु हुँदैन। बुद्धि कुनै पनि कर्ममा मलिन नहोस्, यसको पूरा ध्यान राख्नु छ।

    वरदान:

    ‘म’ शब्दको स्मृतिद्वारा आफ्नो आदि स्वरूपमा स्थित हुने देहको बन्धनबाट मुक्त भव:-   

    एउटा ‘म’ शब्द नै उडाउनेवाला छ र ‘म’ शब्द नै तल लिएर आउनेवाला छ। ‘म’ भन्दा आदि निराकार स्वरूप याद आओस्, यो स्वाभाविक होस्। देह भानको ‘म’ समाप्त होस् तब देहको बन्धनबाट मुक्त बन्छौ किनकि यो ‘म’ शब्दले नै देह-‌अहंकारमा ल्याएर कर्म बन्धनमा बाँधिदिन्छ। तर ‘म’ निराकारी आत्मा हुँ, जब यो स्मृति आउँछ तब देहभानभन्दा पर भएर, कर्मको सम्बन्धमा आउँछौ, बन्धनमा होइन।

    स्लोगन:

    निश्चित विजय र निश्चिन्त स्थितिको अनुभव गर्नको लागि सम्पूर्ण निश्चयबुद्धि बन।  



    ***OM SHANTI***