BK Murli 2 January 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 January 2018 Nepali

    २०७४ पौष १८ मंगलबार २-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– तिम्रो यो मरजीवा जन्म हो, तिमीले ईश्वर पिताबाट वर्सा लिइरहेका छौ, तिमीलाई धेरै ठूलो चिट्ठा मिलेको छ, त्यसैले अपार खुसीमा रहने गर।”  

    प्रश्न:

    आफूले आफैलाई कुनचाहिँ कुरा बुझायौ भने चिन्ता समाप्त हुन्छ? क्रोध हटेर जान्छ?

    उत्तर:

    हामी ईश्वरका सन्तान हौं, मलाई बाबा समान मीठो बन्नु छ। जसरी बाबाले प्यारले सम्झाउनुहुन्छ, रिसाउनु हुन्न। त्यसैगरी हामी पनि आपसमा मीठो बन्नु पर्छ। मतभेदमा आउनु हुन्न किनकि जान्दछौं– जुन सेकेन्ड बित्यो, त्यो ड्रामामा पार्ट थियो, चिन्ता के कुराको गर्ने? यसरी आफूले आफैलाई सम्झायौ भने चिन्ता समाप्त हुन्छ। क्रोध हटेर जान्छ।

    गीत:–

    यही बहार है...

    ओम् शान्ति।

    ओम् शान्ति। यो हो ईश्वरीय सन्तानको खुसीको गायन। तिमी यति खुसीको गायन सत्ययुगमा गर्न सक्दैनौ। अहिले तिमीलाई खजाना मिलिरहेको छ। यो हो धेरै ठूलो चिट्ठा। चिट्ठा मिल्यो भने खुसी हुन्छ। तिमी फेरि यस चिट्ठाबाट जन्म-जन्मान्तर स्वर्गमा सुख भोगिरहने छौ। यो हो तिम्रो मरजीवा जन्म। जो जीवन छँदै मर्दैनन् उनीहरूको मरजीवा जन्म भन्न मिल्दैन। उनीहरूलाई त खुसीको पारा पनि चढ्न सक्दैन। जबसम्म मरजीवा बन्दैनौ अर्थात् बाबालाई आफ्नो बनाएका छैनौ, तबसम्म पूरा वर्सा पनि मिल्न सक्दैन। जो बाबाको बन्छन्, जसले बाबालाई याद गर्छन् उनीहरूलाई बाबाले पनि याद गर्नुहुन्छ। तिमी हौ ईश्वरीय सन्तान। तिमीलाई नशा छ हामी ईश्वर पिताबाट वर्सा लिइरहेका छौं, जसको लागि भक्तहरू भक्तिमार्गमा धक्का खाइरहन्छन्। बाबासंग मिल्नको लागि अनेकानेक उपाय गर्छन्। अथाह वेद, शास्त्र पत्रिका आदि पढिरहन्छन्। तर दुनियाँ त दिनप्रति दिन दु:खी हुँदै जान्छ, यसलाई तमोप्रधान हुनु नै छ। यो बबुलको रूख हो नि। बबुलनाथले फेरि आएर काँडाबाट फूल बनाउनुहुन्छ। काँडा धेरै ठूल-ठूला भएका छन्। धेरै जोड सँग धोच्छन्। त्यसलाई अनेक प्रकारका नाम दिइएको छ। सत्ययुग त ती हुँदैनन्। बाबा सम्झाउनु हुन्छ– यो हो काँडाको दुनियाँ। एक-अर्कालाई दु:ख दिइरहन्छन्। घरमा बच्चाहरू पनि यस्ता कपूत निक्लन्छन् जो कुरै नगर। माता-पितालाई धेरै दु:ख दिन्छन्। सबै एक समान पनि हुँदैनन्। सबैभन्दा बढी दु:ख दिनेवाला को हो? मनुष्यले यो जान्दैनन्। बाबा भन्नुहुन्छ यी गुरुहरूले परमात्माको महिमा गुम गरिदिएका छन्। हामी त उहाँको धेरै महिमा गर्छौं। उहाँ परम पूज्य परमपिता परमात्मा हुनुहुन्छ। शिवको चित्र पनि धेरै राम्रो छ। तर धेरै यस्ता मनुष्य छन् जसले मान्दैनन्– शिव कुनै यस्तो ज्योतिबिन्दु हुनुहुन्छ किनकि उनीहरूले त आत्मा सो परमात्मा भनिदिन्छन्। आत्मा अति सूक्ष्म छ जुन भृकुटीको बीचमा बसेको छ, फेरि परमात्मा यति ठूलो आकारको कसरी हुन सक्छ? धेरे विद्वान्, आचार्यहरूले पनि बी.के.को हँसी उडाउँछन्– परमात्माको यस्तो रूप त हुनै सक्दैन। त्यो त अखण्ड ज्योतिर्मय तत्त्व हजारौं सूर्य भन्दा पनि तेजोमय छ। वास्तवमा यो भन्नु गलत हो। उहाँको सही महिमा त बाबा स्वयंले नै बताउनुहुन्छ। उहाँ मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। यो सृष्टि एक उल्टो वृक्ष हो। सत्ययुग त्रेतामा उहाँलाई कसैले पनि याद गर्दैन। मनुष्यलाई जब दु:ख हुन्छ तब उहाँलाई याद गर्छन्– हे भगवान्, हे परमपिता परमात्मा दया गर्नुहोस्। सत्ययुग त्रेतामा त कुनै दया माग्नेवाला हुँदैन। यिनी हुन् रचयिता बाबाको नयाँ रचना। उहाँको महिमा नै अपरमअपार छ। ज्ञानको सागर, पतित-पावन हुनुहुन्छ। ज्ञानको सागर हुनुहुन्छ भने अवश्य ज्ञान दिनुभयो होला। उहाँ सत्, चित्, आनन्द स्वरूप हुनुहुन्छ। ज्ञान त चैतन्य आत्माले नै धारण गर्छ। मानौं हामीले शरीर छोड्यौ भने पनि आत्मामा ज्ञानको संस्कार त छ नै। बच्चा हुँदा पनि त्यो संस्कार रहन्छ, तर अंग साना भएकोले बोल्न सक्दैन। अंगहरू ठूला भएपछि याद गरायौं भने स्मृतिमा आइहाल्छ। साना बच्चाहरूले पनि शास्त्र आदि कण्ठ गर्न सक्छन्। यी सबै अघिल्लो जन्मका संस्कार हुन्। अब बाबाले हामीलाई ज्ञानको वर्सा दिनुहुन्छ। सारा सृष्टिको ज्ञान उहाँको पासमा छ किनकि बीजरूप हुनुहुन्छ। हामी आफूलाई बीजरूप भन्न सक्दैनौ। बीजमा अवश्य वृक्षको आदि-मध्य-अन्त्यको ज्ञान हुन्छ नि। त्यसैले बाबा स्वयंले भन्नुहुन्छ म सृष्टिको बीजरूप हूँ। यस वृक्षको बीज माथि छ। उहाँ सत् चित् आनन्द स्वरूप, ज्ञानको सागर हुनुहुन्छ। उहाँमा सृष्टिको आदि-मध्य-अन्त्यको नै ज्ञान होला। नत्र अरू के होला र! के शास्त्रहरूको ज्ञान होला? त्यो त धेरैमा छ। परमात्मा सँग त अवश्य कुनै नयाँ कुरा होला नि। कुनै पनि विद्वान् आदिले पनि जान्दैनन्। यस सृष्टि रूपी वृक्षको उत्पत्ति, पालना, संहार कसरी हुन्छ, यसको आयु कति छ, यसको वृद्धि कसरी हुन्छ– यो कसैले पनि सम्झाउन सक्दैन। एक गीता नै हो सर्व शास्त्र शिरोमणि, बाँकी त सबै त्यसका बाल बच्चा हुन्। गीता पढ्नाले केही बुझ्दैनन् भने अरू शास्त्र पढ्नाले फायदा नै के भयो? वर्सा त फेरि पनि गीताबाट नै मिल्नु छ। अब बाबाले सारा ड्रामाको रहस्य सम्झाउनुहुन्छ। बाबाले पत्थरबुद्धिबाट पारसबुद्धि बनाएर पारसनाथ बनाउनुहुन्छ। अहिले त सबै पत्थरबुद्धि, पत्थरनाथ छन्। तर उनीहरूले ठूल-ठूला टाइटिल्स दिएर आफैलाई पारसबुद्धि सम्झन्छन्। बाबाले सम्झाउनुहुन्छ मेरो महिमा सबैभन्दा अलग छ। म ज्ञानको सागर, आनन्दको सागर, सुखको सागर हूँ। यस्तो महिमा तिमीले देवताहरूको गर्न सक्दैनौ। भक्तहरू देवताहरूको अगाडि गएर भन्छन् हजुर सर्वगुण सम्पन्न... हुनुहुन्छ। बाबाको त एउटै महिमा छ। त्यो पनि हामीलाई थाहा छ। अहिले हामी मन्दिरमा जान्छौं भने बुद्धिमा पूरा ज्ञान छ यिनले पूरा ८४ जन्म लिएका होलान्। अहिले हामीलाई कति खुसी छ। पहिले यस्तो ख्याल कहाँ आउँथ्यो र। अहिले सम्झन्छौ हामीलाई यस्तो बन्नु छ। बुद्धिमा धेरै परिवर्तन आउँछ। 

    बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– आपसमा धेरै मीठो बन। मतभेदमा नआऊ। बाबाले कहिल्यै कसै सँग क्रोध गर्नुहुन्छ र? कति प्यारले सम्झाउनु हुन्छ। एक सेकेन्ड पास भयो अर्थात् यो पनि ड्रामामा पार्ट थियो। यसको चिन्ता किन गर्नु छ। यसरी आफूलाई सम्झाउनु छ। तिमी ईश्वरीय सन्तान कम कहाँ छौ र। यो त बुझ्न सक्छौ ईश्वरीय सन्तान अवश्य ईश्वरको पासमा रहन्छन् होला। ईश्वर निराकार हुनुहुन्छ भने उहाँको सन्तान पनि निराकार छन्। ती नै सन्तान यहाँ चोला लिएर पार्ट खे खेल्छन्। स्वर्गमा मनुष्य देवी-देवता धर्मका हुन्छन्। यदि सबैको बसेर हिसाब निकाल्यो भने कति धेरै परिश्रम गर्नु पर्छ। तर बुझ्न सकिन्छ नम्बरवार समय अनुसार अलि-अलि जन्म लिन्छन् होला। पहिले त सम्झन्थ्यौ मनुष्य कुकुर बिरालो बन्छ। अहिले त बुद्धिमा रात-दिनको फरक आएको छ। यी सबै हुन् धारण गर्नु पर्ने कुरा। सारमा सम्झाउनु हुन्छ अब ८४ जन्मको चक्र पूरा हुन्छ। अब यस पुरानो शरीरलाई छोड्नु छ। यो सबैको पुरानो जडजडीभूत, तमोप्रधान शरीर हो, यस सँग ममत्व निकालिदिनु छ। पुरानो शरीरलाई याद के गर्ने। अब त आफ्नो नयाँ शरीरलाई याद गर्नु छ, जुन सत्ययुगमा मिल्छ। मुक्तिधाम हुँदै सत्ययुगमा आउँछौं। हामी जीवन मुक्तिमा जान्छौं अरू सबै मुक्तिधाममा जान्छन्। यसलाई जयजयकार भनिन्छ, हाहाकार पछि जयजयकार हुनु छ। यतिका सबै मर्नेछन् त्यसैले कोही न कोही त निमित्त कारण बन्छ। प्राकृतिक आपदा हुन्छन्। केवल सागरले मात्र कहाँ सबै खण्डहरूलाई खतम गर्छ। सबै कुरा खतम त हुनु नै छ। बाँकी भारत अविनाशी खण्ड रहन्छ किनकि यो हो शिवबाबाको जन्म भूमि। त्यसैले यो सबैभन्दा ठूलो तीर्थ हो। बाबाले सबैको सद्‌गति गर्नु हुन्छ, यो कसैलाई थाहा छैन। उनीहरूले न जान्नु पनि ड्रामामा निश्चित छ। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले केही पनि जान्दैन्थ्यौ, मैले नै तिमीलाई रचयिता र रचना अथवा मनुष्य सृष्टिको आदि-मध्य-अन्त्यको सारा भेद सम्झाउँछु। जसलाई ऋषि मुनि पनि बेअन्त, बेअन्त भनेर गए। यो कहाँ सम्झन्छन् र ५ विकार सारा दुनियाँको धेरै ठूला दुश्मन हुन्। जुन रावणलाई वर्ष-वर्ष जलाउँदै आउँछन्। त्यसलाई जान्दै जान्दैनन् किनकि न उसको शरीर छ न उसको आत्मा छ। विकारको त कुनै रूप नै हुँदैन। मनुष्यले जब कर्म गर्छ तब मात्र थाहा हुन्छ यिनमा कामको, क्रोधको भूत छ। यस विकारको अवस्थामा पनि उत्तम, मध्यम, कनिष्ठ हुन्छन्। कसैमा कामको नशा एकदमै तमोप्रधान हुन्छ, कसैलाई रजो नशा, कसैलाई सतो नशा रहन्छ। कोही त बाल ब्रह्मचारी पनि रहन्छन्। सम्झन्छन् सम्भाल्नु पनि एउटा झन्झट हो। उनीहरूलाई नै सबैभन्दा राम्रो भनिन्छ। संन्यासीहरूमा पनि बाल ब्रह्मचारीलाई राम्रो मानिन्छ। सरकारको लागि पनि राम्रो हुन्छ, बच्चाहरूको वृद्धि रोकिन्छ। पवित्रताको तागत मिल्छ। यो हो गुप्त। संन्यासीहरू पनि पवित्र रहन्छन्, साना बच्चाहरू पनि पवित्र रहन्छन्। वानप्रस्थी पनि पवित्र रहन्छन्। त्यसैले पवित्रताको बल मिल्दै आउँछ। उनीहरूको पनि नियम चल्दै आउँछ– बच्चाहरू यति वर्ष सम्म पवित्र रहनु पर्छ। त्यसैले त्यसको पनि बल मिल्छ। तिमी हौ सतोप्रधान पवित्र। यो अन्तिम जन्म तिमी बाबा सँग प्रतिज्ञा गर्छौ। तिमी सत्ययुगको स्थापना गर्नेवाला हौ। जसले गर्छ ऊ पवित्र दुनियाँको मालिक बन्छ, नम्बरवार पुरुषार्थ अनुसार। 

    यो हो ईश्वरीय कुटुम्ब। ईश्वरको साथमा हामी कल्पमा एकचोटि रहन्छौं। फेरि दैवी घरानामा त धेरै जन्म रहन्छौं। यो एक जन्म नै दुर्लभ छ। यो ईश्वरीय कुल उत्तम भन्दा उत्तम हो। ब्राह्मण कुल सबैभन्दा उच्च छ। नीच भन्दा नीच कुलबाट हामी उच्च ब्राह्मण कुलका भएका छौं। शिवबाबाले जब ब्रह्मालाई रच्नुहुन्छ तब नै ब्राह्मण रच्नुहुन्छ। जो बाबाको सेवामा रहन्छन् उनीहरूलाई कति खुसी रहन्छ। हामी ईश्वरका सन्तान बनेका छौं र ईश्वरको श्रीमतमा चल्छौं। आफ्नो चलनबाट उहाँको नाम प्रख्यात गर्छौं। बाबा भन्नुहुन्छ उनीहरू आसुरी गुणवाला हुन्, तिमी दैवी गुणवाला बनिरहेका छौ। जब तिमी सम्पूर्ण बन्छौ तिम्रो चलन धेरै राम्रो हुन्छ। बाबाले भन्नु हुन्छ यी हुन् दैवी गुणवाला, नम्बरवार पुरुषार्थ अनुसार। आसुरी गुणवाला पनि नम्बरवार छन्। बाल ब्रह्मचारी पनि छन्। संन्यासी पवित्र रहन्छन् त्यो त धेरै राम्रो हो नि। तैपनि उनहरूले कसैको सद्‌गति गर्न सक्दैनन्। यदि कुनै गुरुहरू सद्‌गति गर्नेवाला हुन्थे भने साथ लिएर जान्थे, तर आफै छोडेर जान्छन्। यहाँ उहाँ बाबा भन्नुहुन्छ म तिमीलाई साथ लिएर जान्छु। म आएको नै छु तिमीलाई साथ लिएर जान। उनीहरूले त लिएर जाँदैनन्। स्वयंले गृहस्थीको पासमा जन्म लिइरहन्छन्। संस्कारको कारणले गर्दा फेरि संन्यासीहरूको समुहमा जान्छन्। नाम रूप त हरेक जन्ममा बद्लिइ रहन्छ। यो तिमी बच्चाहरूलाई अहिले थाहा छ सत्ययुगमा यहाँको पुरुषार्थ अनुसार पद मिल्छ। वहाँ यो थाहा हुँदैन हामीले यो पद कसरी पायौं। यो त अहिले थाहा छ जसले कल्प पहिले जस्तो पुरुषार्थ गरेको छ त्यस्तै अहिले गर्नेछ। बच्चाहरूलाई साक्षात्कार पनि गराइएको छ वहाँ विवाह आदि कसरी हुन्छ। ठूला-ठूला मैदान, बगैंचा आदि हुन्छन्। अहिले त भारतमा नै करोडौंको जनसंख्या छ। वहाँ त केही लाख मात्र रहन्छन्। वहाँ यति धेरै तलाका घर कहाँ हुन्छन् र। यहाँ अहिले छ किनकि ठाउँ छैन। वहाँ यति ठण्डी हुँदैन। वहाँ दु:खको निशानी पनि हुँदैन। न धेरै गर्मी हुन्छ जो पहाडमा जानु परोस्। नाम नै छ स्वर्ग। यस समयमा मनुष्य काँडाको जंगलमा रहेका छन्। जति सुखको चाहना गर्छन् त्यति दु:ख बढ्दै जान्छ। अब धेरै दु:ख हुन्छ। लडाईं भयो भने रगतको खोलो बग्ने छ। अच्छा!

    यो मुरली सबै बच्चाहरूको अगाडि सुनाइयो। सम्मुख सुन्नु नम्बरवन, टेपबाट सुन्नु नम्बर टू, मुरलीबाट पढ्नु नम्बर थ्री। सतोप्रधान, सतो र रजो। तमो त भनिदैन। टेपमा जस्तो छ त्यस्तै आउँछ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति बापदादा एवं मीठी मम्माको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो चलन वा दैवीगुणबाट बाबाको नाम प्रख्यात गर्नु छ। आसुरी अवगुण निकालिदिनु छ।

    २) यस पुरानो जडजडीभूत शरीरमा ममत्व राख्नु छैन। नयाँ सत्ययुगी शरीरलाई याद गर्नु छ। पवित्रताको गुप्त मदत गर्नु छ।

    वरदान:

    बाबाको हरेक डाइरेक्सन वा कायदाबाट फायदा लिने मर्यादा पुरुषोत्तम भव   

    भनिन्छ जति कायदा त्यति फाइदा, त्यसैले अमृतबेला देखि जति पनि कायदा (नियम) बनेका छन् तिनीहरूबाट कहिल्यै किनारा न गर। पढाइ अमृतबेला, सेवा जति पनि दिनचर्या छन् त्यसमा मन नलागे पनि दिनचर्यालाई मिस गर्नु छैन। जसरी भक्तहरूले नियमको पालन अवश्य गर्छन्, मन नलागे पनि मन्दिरमा अवश्य जान्छन्। तिमी त स्वयं ला-मेकर्स (नियम बनाउनेवाला) हौ, यसै अनुभवबाट हरेक नियमको पालन गर्दै गयौ भने मर्यादा पुरुषोत्तम बन्छौ।

    स्लोगन:

    जसको पासमा सन्तुष्टताको गुण छ उसको पासमा सर्व गुण स्वत: आइरहन्छन्।  



    ***OM SHANTI***