BK Murli 10 January 2018 Nepali










BK Murli 10 January 2018 Nepali

२०७४ पौष २६ बुधबार १०-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


“मीठे बच्चे– साकार शरीरलाई याद गर्नु पनि भूत अभिमानी बन्नु हो, किनकि शरीर ५ भूतहरूको हो। तिमीले त देही-अभिमानी बनेर एक विदेही बाबालाई याद गर्नु पर्छ।”  

प्रश्न:

सबै भन्दा उत्तम कार्य कुनचाहिँ हो, जुन बाबाले नै गर्नुहुन्छ? कुन दुई शब्दमा सारा ड्रामाको रहस्य आउँछ?

उत्तर:

सारा तमोप्रधान सृष्टिलाई सतोप्रधान सदा सुखी बनाउनु– यो हो सबै भन्दा उत्तम कार्य, जुन बाबाले नै गर्नुहुन्छ। यस उच्च कार्यको कारणले उहाँको यादगार पनि धेरै उच्च-उच्च बनाएका छन्। पूज्य र पुजारी। जब तिमी पूज्य हुन्छौ अनि पुरुषोत्तम हुन्छौ। फेरि मध्यम, कनिष्ठ बन्छौ। मायाले पूज्यबाट पुजारी बनाइदिन्छ।

गीत:–

महफिल में जल उठी शमा ...

ओम् शान्ति।

भगवान् बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– मनुष्यलाई भगवान् भन्न सकिंदैन। ब्रह्मा, विष्णु, शंकरका पनि चित्र छन् उनीहरूलाई भगवान् भन्न सकिंदैन। परमपिता परमात्माको निवास उनीहरूको भन्दा माथि छ। उहाँलाई नै प्रभु, ईश्वर, भगवान् आदि भनिन्छ। मनुष्यले पुकार्दा उहाँको कुनै पनि आकार वा साकार मूर्ति देखिदैन, त्यसैले कुनै पनि मनुष्य-आकारलाई भगवान् भनिदिन्छन्। संन्यासीहरूलाई पनि देखे भने भन्छन् भगवान्, तर भगवान् स्वयं सम्झाउनुहुन्छ। मनुष्यलाई भगवान् भन्न सकिंदैन। निराकार भगवान्‌लाई त धेरै याद गर्छन्। जसले गुरु बनाएको छैन, सानो बच्चा छ उसलाई पनि सिकाइन्छ परमात्मालाई याद गर, तर कुन परमात्मालाई याद गर– यो बताइँदैन। कुनै पनि चित्र बुद्धिमा रहँदैन। दु:खको समय भनिदिन्छन् हे प्रभु। कुनै गुरु वा देवता आदिको चित्र उनीहरूको सामुन्ने आउँदैन। जति पनि गुरु बनाएको भए पनि जब हे भगवान् भन्दा कहिल्यै गुरुको याद आउँदैन। यदि गुरुलाई याद गरेर भगवान् भन्छ भने त्यो मनुष्य त जन्म-मरणमा आउनेवाला भयो। यो त भयो ५ तत्त्वले बनेको शरीरलाई याद गर्नु। जसलाई ५ भूत भनिन्छ। आत्मालाई भूत भनिंदैन। त्यो त भूत पूजा जस्तै भयो। बुद्धियोग शरीर तर्फ गयो। यदि कुनै मनुष्यलाई भगवान् सम्झन्छन् भने यस्तो होइन– उनमा जो आत्मा छ त्यसलाई याद गर्छन्। गर्दैनन्। आत्मा दुवैमा छ। याद गर्नेवालामा पनि छ भने जसलाई याद गर्छन् उनमा पनि छ। परमात्मालाई त सर्वव्यापी भनिदिन्छन्। तर परमात्मालाई पाप आत्मा भन्न सकिंदैन। वास्तवमा परमात्मा नाम निस्किँदा बुद्धि निराकार तर्फ जान्छ। निराकार बाबालाई निराकार आत्माले याद गर्छ। त्यसलाई देही-अभिमानी भनिन्छ। साकार शरीरलाई जसले याद गर्छ ऊ भूत अभिमानी जस्तै हो। भूतले, भूतलाई याद गर्छ किनकि आफूलाई आत्मा सम्झनुको सट्टा ५ भूतहरूको शरीर सम्झन्छन्। नाम पनि शरीरको राखिन्छ। आफूलाई पनि ५ तत्त्वहरूको भूत सम्झन्छन् र उनीहरूलाई पनि शरीरको साथमा याद गर्छन्। देही-अभिमानी त छँदै छैनन्। आफूलाई निराकार आत्मा सम्झे भने निराकार परमात्मालाई याद गर्थे। सबै आत्माहरूको सम्बन्ध सबैभन्दा पहिला परमात्मा सँग हुन्छ। आत्माले दु:खमा परमात्मालाई नै याद गर्छ, उहाँ सँग सम्बन्ध हुन्छ। उहाँले आत्माहरूलाई सबै दु:खबाट छुटाउनुहुन्छ। उहाँलाई महाज्योति पनि भनिन्छ। कुनै बत्ती आदिको कुरा त होइन। उहाँ त परमपिता परम आत्मा हुनुहुन्छ। महाज्योति भन्नाले मनुष्यले फेरि ज्योति सम्झन्छन्। यो त बाबाले स्वयं सम्झाउनु भएको छ– म परम आत्मा हुँ, जसको नाम शिव हो। शिवलाई रुद्र पनि भनिन्छ। उनै निराकारको नै अनेक नाम छन्, अरू कसैको यतिका नाम छैनन्। ब्रह्मा, विष्णु, शंकरको एउटै नै नाम छ। जति पनि देहधारी छन्, उनीहरूको एउटै नै नाम हुन्छ। एक ईश्वरलाई नै अनेक नाम दिइन्छ। उहाँको महिमा अपरम्पार छ। मनुष्यको एक नाम निश्चित हुन्छ। अहिले तिमी मरजीवा बनेका छौ त्यसैले तिम्रो अर्को नाम राखिएको छ, जसबाट पुरानो सबै भुलियोस्। तिमी परमपिता परमात्माको सामुन्ने जीवन छँदै मर्छौ। यो हो मरजीवा जन्म। अवश्य माता-पिताको पासमा जन्म लिन्छन्। यो गहन कुरा बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। दुनियाँले त शिवलाई जान्दैनन्। ब्रह्मा, विष्णु, शंकरलाई जान्दछन्। ब्रह्माको दिन, ब्रह्माको रात पनि भनिन्छ। यो पनि केवल सुनेका हुन्। ब्रह्माद्वारा स्थापना तर कसरी, यो जान्दैनन्। अब रचयिताले त अवश्य नयाँ धर्म, नयाँ दुनियाँ रच्नुहुन्छ। ब्रह्माद्वारा ब्राह्मण कुल नै रच्नुहुन्छ। तिमी ब्राह्मणले ब्रह्मालाई होइन परमपिता परमात्मालाई याद गर्छौ किनकि ब्रह्माद्वारा तिमी उहाँको बनेका छौ। बाहिरका देह-अभिमानी ब्राह्मणले यसरी आफूलाई ब्रह्माको बच्चा शिवको नाति भन्दैनन्। शिवबाबा जसको जयन्ती पनि मनाउँछन् तर उहाँलाई नजान्नाले उहाँको कदर हुँदैन। उहाँको मन्दिरमा जान्छन्, सम्झन्छन् यी ब्रह्मा, विष्णु शंकर वा लक्ष्मी-नारायण त होइनन्। उहाँ अवश्य निराकार परमात्मा हुनुहुन्छ। अरू सबै कलाकारको आ-आफ्नो पार्ट छ। पुनर्जन्म लिन्छन्, आफ्नो नाम राख्छन्। उहाँ परमपिता परमात्मा एउटै नै हुनुहुन्छ। जसको व्यक्त नाम रूप छैन। तर मूढमति मनुष्यले सम्झँदैनन्। परमात्माको यादगार छ भने अवश्य उहाँ आएको हुनु पर्छ, स्वर्ग रच्नु भएको हुनु पर्छ। नत्र स्वर्ग कसले रच्ने? अहिले फेरि आएर यो रुद्र ज्ञानयज्ञ रच्नु भएको छ। यसलाई यज्ञ भनिन्छ किनकि यसमा स्वाहा हुनु छ। यज्ञ त धेरै मनुष्यले रच्छन्। ती त सबै हुन् भक्तिमार्गका स्थूल यज्ञ। उहाँ परमपिता परमात्मा स्वयं आएर यज्ञ रच्नुहुन्छ। बच्चाहरूलाई पढाउनुहुन्छ। यज्ञ रच्दा त्यसमा पनि ब्राह्मणहरू शास्त्र कथा आदि सुनाउँछन्। उहाँ बाबा त ज्ञानका सागर हुनुहुन्छ। भन्नुहुन्छ– यी गीता भागवत आदि शास्त्र सबै भक्तिमार्गका हुन्। ती भौतिक यज्ञ पनि भक्तिमार्गका हुन्। यो हो नै भक्ति मार्गको समय। जब कलियुगको अन्त्य आउँछ तब भक्तिको पनि अन्त्य आउँछ। तब नै भगवान् आएर मिल्नुहुन्छ किनकि उहाँ नै भक्तिको फल दिनेवाला हुनुहुन्छ। उहाँलाई ज्ञान सूर्य भनिन्छ। ज्ञान चन्द्रमा, ज्ञान सूर्य र ज्ञान लक्की सितारा। ज्ञान सूर्य त हुनुहुन्छ बाबा। फेरि माता चाहिन्छ ज्ञान चन्द्रमा। जुन तनमा प्रवेश गर्नुहुन्छ उनी भए ज्ञान चन्द्रमा माता र बाँकी सबै हुन् बच्चा लक्की सितारा। यस हिसाबबाट जगदम्बा पनि लक्की स्टार भइन् किनकि बच्चा ठहरिन् नि। ताराहरूमा कुनै बढी चम्किला पनि हुन्छन्। त्यसैगरी यहाँ पनि नम्बरवार छन्। ती हुन् स्थूल आकाशका सूर्य, चन्द्रमा र सितारा र यो हो ज्ञानको कुरा। जसरी ती पानीका नदीहरू र यी हुन् ज्ञानका नदीहरू, जुन ज्ञानसागरबाट निक्लेका हुन्। 

अहिले शिवजयन्ती मनाइन्छ। अवश्य उहाँ सारा सृष्टिको पिता आउनुहुन्छ। आएर अवश्य स्वर्ग रच्नुहुन्छ। बाबा आउनुहुन्छ नै आदि सनातन देवी-देवता धर्मको स्थापना गर्न, जो प्राय: लोप भएको छ। सरकारले पनि कुनै धर्मलाई मान्दैन। भन्दछन् हाम्रो कुनै धर्म छैन। यो ठीक भन्दछन्। बाबाले पनि भन्नुहुन्छ– यहाँको आदि सनातन देवी-देवता धर्म प्राय: लोप छ। धर्ममा तागत हुन्छ। हिन्दुहरूले आफ्नो दैवी धर्ममा थिए, त्यतिबेला धेरै सुखी थिए। सर्वशक्तिमान् विश्व राज्य अधिकारीको राज्य थियो। पुरुषोत्तम राज्य गर्थे। श्री लक्ष्मी-नारायणलाई नै पुरुषोत्तम भनिन्छ। नम्बरवार उँच नीच त हुन्छन्। सर्वोत्तम पुरुष, उत्तम पुरुष, मध्यम, कनिष्ठ पुरुष त हुन्छन् नै। पहिला-पहिला सबै भन्दा उत्तम पुरुष जो बन्छन् उनै फेरि मध्यम, कनिष्ठ बन्छन्। लक्ष्मी-नारायण हुन् पुरुषोत्तम। सबै पुरुषहरूमा उत्तम। फेरि तल उत्रिएपछि देवताबाट क्षत्रिय, क्षत्रियबाट फेरि वैश्य, शूद्र कनिष्ठ बन्छन्। सीतारामलाई पनि पुरुषोत्तम भनिंदैन। सबै राजाहरूको राजा, सर्वोत्तम सतोप्रधान पुरुषोत्तम हुन्छन् लक्ष्मी-नारायण। यी सबै कुरा तिम्रो बुद्धिमा बसेको छ। कसरी यो सृष्टिको चक्र चल्छ। पहिला-पहिला उत्तम फेरि मध्यम, कनिष्ठ बन्छन्। यस समय त सारा दुनियाँ तमोप्रधान छ। यो बाबाले सम्झाउनुहुन्छ। जसको जयन्ती मनाउँछौ, तिमीले बताउन सक्छौ– आज भन्दा ५ हजार वर्ष पहिला परमपिता परमात्मा शिवको पदार्पण भएको थियो। नत्र शिव जयन्ती किन मनाउँथे! परमपिता परमात्मा अवश्य बच्चाहरूको लागि सौगात लिएर आउनुहुन्छ र अवश्य सर्वोत्तम कार्य गर्नुहुन्छ। सारा तमोप्रधान सृष्टिलाई सतोप्रधान सदा सुखी बनाउनुहुन्छ। जति उच्च हुनुहुन्छ, त्यति उच्च यादगार पनि थियो जुन मन्दिरलाई लुटेर लगे। मनुष्यले लडाईं गर्छन् धनको लागि। विदेशबाट पनि आए धनको लागि, त्यसबेला पनि धन धेरै थियो। तर माया रावणले भारतलाई कौडी तुल्य बनाइदिएको छ। बाबा आएर हीरा तुल्य बनाउनुहुन्छ। यस्ता शिवबाबालाई कसैले पनि जान्दैनन्। भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। यो भन्नु पनि भूल हो। नाउ पार गर्नेवाला सतगुरु एक हुनुहुन्छ। डुबाउनेवाला अनेक छन्। सबै विषय सागरमा डुबेका छन्। तब नै भन्दछन् यस असार संसार, विषय सागरबाट पारी लैजाऊ, जहाँ क्षीरसागर छ। गाइन्छ पनि– विष्णु क्षीरसागरमा रहन्थे। स्वर्गलाई क्षीरसागर भनिन्छ। जहाँ लक्ष्मी-नारायणले राज्य गर्छन्। बाँकी यस्तो होइन विष्णु वहाँ क्षीरसागरमा विश्राम गर्छन्। उनीहरूले त ठूलो तलाऊ बनाएर त्यसको बीचमा विष्णुलाई राख्छन्। विष्णु पनि ठूलो बनाउँछन्। यति ठूला त लक्ष्मी-नारायण हुँदैनन्। बढीमा ६ फुट हुन्छन्। पाण्डवहरूको पनि ठूला-ठूला मूर्ती बनाउँछन्। रावणको कति ठूलो पुतला बनाउँछन्। नाम ठूलो छ त्यसैले चित्र ठूलो बनाउँछन्। बाबाको नाम हुनत ठूलो छ तर उहाँको चित्र सानो छ। यो त सम्झाउनको लागि यति ठूलो रूप दिइएको छ। बाबा भन्नुहुन्छ मेरो यति ठूलो रूप छैन। जसरी आत्मा सानो छ, त्यस्तै म परमात्म पनि तारा जस्तै छु। उहाँलाई सुप्रीम सोल भनिन्छ। उहाँ हुनुहुन्छ सबै भन्दा उच्च। उहाँमा नै सारा ज्ञान भरिएको छ। उहाँको महिमा गाइएको छ– उहाँ मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ, चैतन्य आत्मा हुनुहुन्छ। तर सुनाउनुहुन्छ तब, जब शरीर लिनुहुन्छ। जसरी बच्चाले पनि सानो शरीरद्वारा बोल्न सक्दैन। ठूलो भएपछि शास्त्र आदि देख्नाले पहिलाको संस्कारहरूको स्मृति आउँछ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, म फेरि ५ हजार वर्षपछि तिमीलाई उही राजयोग सिकाउन आएको छु। कृष्णले कुनै राजयोग सिकाएका छैनन्। उनले त प्रारब्ध भोगेका हुन्। ८ जन्म सूर्यवंशी, १२ जन्म चन्द्रवंशी फेरि ६३ जन्म वैश्य, शूद्र वंशी बने। अहिले सबैको यो अन्तिम जन्म हो। यो कृष्णको आत्माले पनि सुन्छ। तिमीहरूले पनि सुन्छौ। यो हो संगमयुगी ब्राह्मणहरूको वर्ण। फेरि तिमीहरू ब्राह्मणबाट देवता बन्छौ। ब्राह्मण धर्म, सूर्यवंशी देवता धर्म र चन्द्रवंशी क्षत्रिय धर्म तीनैको स्थापक एउटै नै परमपिता परमात्मा हुनुहुन्छ। तीनैको शास्त्र पनि एक हुनु पर्छ। अलग-अलग कुनै शास्त्र छँदै छैन। ब्रह्मा यति ठूला सबैका पिता हुन्, प्रजापिता। उनको पनि कुनै शास्त्र छैन। एक गीतामा नै भगवानुवाच छ। ब्रह्मा भगवानुवाच छैन। यो हो शिव भगवानुवाच ब्रह्माद्वारा, जसबाट शूद्रहरूलाई परिवर्तन गरेर ब्राह्मण बनाइन्छ। ब्राह्मण नै देवता र जो फेल हुन्छन् उनीहरू क्षत्रिय बन्छन्। दुई कला कम हुन पुग्छ। कति राम्रो सँग सम्झाउनुहुन्छ। उच्च भन्दा उच्च हुनुहुन्छ परमपिता परमात्मा, फेरि ब्रह्मा, विष्णु, शंकर उनीहरूलाई पनि पुरुषोत्तम भनिंदैन। जो पुरुषोत्तम बन्छन्, उनै फेरि कनिष्ठ पनि बन्छन्। मनुष्यहरूमा सर्वोत्तम हुन् लक्ष्मी-नारायण, जसका मन्दिर पनि छन्। तर उनीहरूको महिमा कसैले जान्दैनन्। केवल पूजा गरिरहन्छन्। अब तिमी पुजारीबाट पूज्य बनिरहेका छौ। मायाले फेरि पुजारी बनाइदिन्छ। ड्रामा यस्तो बनेको छ। जब नाटक पूरा हुन्छ, तब नै मलाई आउनु पर्छ। फेरि वृद्धि पनि स्वत: बन्द हुन जान्छ। फेरि तिमी बच्चाहरू आएर आ-आफ्नो पार्ट दोहोर्याैउनु पर्छ। यो परमपिता परमात्मा स्वयं बसेर सम्झाउनुहुन्छ, जसको जयन्ती भक्तिमार्गमा मनाउँछन्। यो त मनाइरहन्छन्। स्वर्गमा त कसैको पनि जयन्ती मनाउँदैनन्। कृष्ण, राम आदिको पनि जयन्ती मनाउँदैनन्। उनीहरू स्वयं यथार्थमा हुन्छन्। यी त यहाँ थिए, तब मनाउँछन्। वहाँ वर्ष-वर्ष कृष्णको जन्मदिन मनाउँदैनन्। वहाँ त सदैव खुशी हुन्छ, बर्थ डे के मनाउने। बच्चाहरूको नाम त माता-पिताले नै राख्छन्। गुरु त वहाँ हुँदैनन्। वास्तवमा यी कुराको ज्ञान र योग सँग कुनै सम्बन्ध छैन। बाँकी वहाँको रसम के छ, सो सोध्नु पर्छ यात बाबाले भनिदिनुहुन्छ, वहाँको नियम जे हुन्छ त्यही अनुसार चल्छन्, तिमीलाई सोध्ने के आवश्यकता छ। पहिला मेहनत गरेर आफ्नो पद त प्राप्त गर। लायक त बन, फेरि सोध्नु। ड्रामामा कुनै न कुनै नियम हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) आफूलाई निराकार आत्मा सम्झेर निराकार बाबालाई याद गर, कुनै पनि देहधारीलाई होइन। मरजीवा बनेर पुरानो कुरालाई बुद्धिबाट बिर्स।

२) बाबाले रचेको यस रुद्र यज्ञमा सम्पूर्ण स्वाहा हुनु छ। शूद्रहरूलाई ब्राह्मण धर्ममा परिवर्तन गर्ने सेवा गर।

वरदान:

आफ्नो विल पावरद्वारा हरेकलाई विल गराउने श्रेष्ठ सेवाधारी भव:-   

वर्तमान समय कैयौं आत्माहरू तिम्रो सहयोगको लागि चात्रक छन् तर आफ्नो शक्ति छैन। उनीहरूलाई तिमीले आफ्नो शक्तिको मदत विशेष दिनुपर्छ त्यसैले निमित्त बनेका सेवाधारीहरूमा सर्व शक्तिहरूको पावर चाहिन्छ। जसरी ब्रह्मा बाबाले लास्टमा बच्चाहरूलाई शक्तिहरूको विल गर्नुभयो, त्यस विलबाट यो कार्य चलिरहेको छ। यस्तो फलो फादर। आफ्नो शक्तिहरूको विल आत्माहरू प्रति गर्यौो भने समय प्रमाण सेवा सम्पन्न हुन जान्छ।

स्लोगन:

जहाँ एकता र एकाग्रताको शक्ति हुन्छ, वहाँ सफलता सहज प्राप्त हुन्छ।   



***OM SHANTI***

Powered by Blogger.