BK Murli 13 January 2018 Nepali

BK Murli 13 January 2018 Nepali

२०७४ पौष २९ शनिबार १३-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


“मीठे बच्चे– पवित्रता विना भारत स्वर्ग बन्न सक्दैन, तिमीलाई श्रीमत छ– घर गृहस्थमा रहँदै पवित्र बन, दुवैतर्फ सम्बन्ध निर्वाह गर”  

प्रश्न:

अरू सत्संग वा आश्रमहरूभन्दा यहाँको कुनचाहिँ चलन बिलकुल अनौठो छ?

उत्तर:

ती आश्रमहरूमा मनुष्य गएर बस्छन्, सम्झन्छन्– संगत राम्रो छ, घर आदिको होहल्ला छैन। लक्ष्य-उद्देश्य केही पनि हुँदैन। तर यहाँ त तिमी मरजीवा बन्छौ। तिमीलाई घरबार छुटाइँदैन। घरमा रहेर तिमीले ज्ञान अमृत पिउनु छ, रूहानी सेवा गर्नु छ। यो चलन ती सत्संगमा हुँदैन।

ओम् शान्ति।

बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ किनकि बच्चाहरूलाई थाहा छ– यहाँ बाबाले नै सम्झाउनुहुन्छ। त्यसैले घरी-‌घरी शिव भगवानुवाच भन्नु पनि राम्रो लाग्दैन। ती गीता सुनाउनेवालाले भन्छन् कृष्ण भगवानुवाच। उनी त भएर गएका हुन्। भन्छन्– कृष्णले गीता सुनाएका थिए, राजयोग सिकाएका थिए। यहाँ त तिमी बच्चाहरूले सम्झन्छौ शिवबाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ अरू कुनै सत्संग छैनन् जहाँ राजयोग सिकाऊन्। बाबा भन्नुहुन्छ– म तिमीलाई राजाको राजा बनाउँछु। उनीहरूले केवल भन्छन्– कृष्ण भगवानुवाच मनमनाभव। कहिले भनेका थिए? तब भन्छन्– ५ हजार वर्ष पहिले वा कसैले भन्छन् क्राइस्टभन्दा ३ हजार वर्ष पहिले। २ हजार वर्ष भन्दैनन् किनकि एक हजार वर्ष जो बीचमा छ त्यसमा इस्लामी, बौद्धी आए। त्यसैले क्राइस्टभन्दा ३ हजार वर्ष पहिले सत्ययुग सिद्ध हुन्छ। हामी भन्छौं– आजभन्दा ५ हजार वर्ष पहिले गीता सुनाउनेवाला भगवान् आउनु भएको थियो र आएर देवी-देवता धर्म स्थापन गर्नु भएको थियो। अब ५ हजार वर्षपछि फेरि उहाँले आउनु पर्छ। यो हो ५ हजार वर्षको चक्र। बच्चाहरूले जान्दछौ– उहाँ बाबाले यिनीद्वारा सम्झाइरहनु भएको छ। दुनियाँमा त अनेक प्रकारका सत्संग छन् जहाँ मनुष्य जान्छन्। कुनै आश्रममा गएर बस्छन् भने पनि त्यसलाई यसो भन्दैनन्– माता-पिता सँग गएर जन्म लिए वा उनीहरूबाट कुनै वर्सा मिल्छ, मिल्दैन। केवल त्यो सत्संग राम्रो सम्झन्छन्। त्यहाँ घर आदिको कुनै पनि हंगामा हुँदैन। बाँकी लक्ष्य-उद्देश्य त केही पनि हुँदैन। यहाँ त तिमीले भन्दछौ– हामी माता-पिताको पासमा आएका छौं। यो हो तिम्रो मरजीवा जन्म। उनीहरूले बच्चालाई धर्मका बच्चा बनाउँछन्। तब उसले गएर उनीहरूको घर बसाउँछ। यहाँ त्यो चलन छैन– घर, ससुरालीलाई छोडेर आएर यहाँ बसौं। यो त हुन सक्दैन। यहाँ त गृहस्थमा रहँदै कमल फूल समान रहनु छ। कुमारी हुन् वा जोसुकै हुन् उनलाई पनि भनिन्छ– घरमा रहेर नित्य ज्ञान अमृत पिउन आउनुहोस्। ज्ञान बुझेर फेरि अरूलाई बुझाउनु छ। दुवैतर्फ कर्तव्य निर्वाह गर। गृहस्थ व्यवहारमा पनि रहनु छ। अन्त्यसम्म दुवैतर्फ निर्वाह गर्नु छ। अन्त्यमा यहाँ रहे पनि वा वहाँ रहे पनि, मृत्यु त सबैलाई आउनु नै छ। भन्छन्– राम गयो, रावण गयो... त्यसैले यस्तो होइन– सबैलाई यहाँ आएर बस्नु छ। यिनीहरू त तब निस्कन्छन् जब विषको लागि सताइन्छन्। कन्याले पनि घरमा रहनु पर्छ। मित्र सम्बन्धीको सेवा गर्नु छ। समाजसेवी त धेरै छन्। सरकारले यति सबैलाई त आफू सँग राख्न सक्दैन। उनीहरू आफ्नो गृहस्थ व्यवहारमा रहन्छन्। फेरि कसै न कसैले सेवा पनि गर्छन्। यहाँ तिमीले रूहानी सेवा गर्नु छ। गृहस्थ व्यवहारमा पनि रहनु छ। हो, जब विकारको लागि धेरै हैरान गर्छन् तब आएर ईश्वरीय शरण लिन्छन्। यहाँ विषका कारण बच्चीहरू पिटाइ धेरै खान्छन् र कहीँ पनि यो कुरा छैन। यहाँ त पवित्र रहनु पर्छ। सरकारले पनि पवित्रता चाहन्छन्। तर गृहस्थ व्यवहारमा रहँदै पवित्र बनाउने तागत ईश्वरमा मात्रै रहन्छ। समय यस्तो छ जुन सरकारले पनि चाहन्छ– बच्चाहरू धेरै पैदा नहुन् किनकि गरिबी धेरै छ। त्यसैले चाहन्छन्– यहाँ पवित्रता होस्, बच्चाहरू कम होऊन्। 

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। यो कुरा उनीहरूको बुद्धिमा छैन। भारत पवित्र थियो, अहिले अपवित्र छ। सबै आत्माहरू स्वयं पनि चाहन्छन्– पवित्र बनौं। यहाँ दु:ख धेरै छ। तिमी बच्चाहरूले जान्दछौ– पवित्रता विना भारत स्वर्ग बन्न सक्दैन। नर्कमा हुन्छ नै दु:ख। अब नर्क त अरू कुनै चीज होइन। जसरी गरुड पुराणमा देखाउँछन् वैतरणी नदी हुन्छ, जसमा मनुष्य डुब्छन्। यस्तो त कुनै नदी छैन जहाँ सजाय खाऊन्। सजाय त गर्भ जेलमा मिल्छ। सत्ययुगमा त गर्भजेल हुँदैन, जहाँ सजाय मिलोस्। गर्भ महल हुन्छ। यस समय सारा दुनियाँ जीवित नर्क हो। जहाँ मनुष्य दु:खी रोगी छन्। एक अर्कालाई दु:ख दिइरहन्छन्। स्वर्गमा यो केही हुँदैन। अहिले बाबाले सम्झाउनुहुन्छ– म तिम्रो बेहदको बाबा हुँ। म रचयिता हुँ, त्यसैले अवश्य स्वर्ग नयाँ दुनियाँ रच्दछु। स्वर्गको लागि आदि सनातन देवी-‌देवता धर्म रच्दछु। भन्छन्– तुम माता-‌पिता... कल्प-‌कल्प यो राजयोग सिकाउनु भएको थियो। ब्रह्माद्वारा बसेर सबै वेद शास्त्रको आदि-‌मध्य-‌अन्त्यको सार सम्झाउनुहुन्छ। बिलकुल अनपढलाई बसेर पढाउनुहुन्छ। तिमी भन्थ्यौ नि– हे भगवान् आउनुहोस्। पतित त वहाँ जान सक्दैनन्। त्यसैले पावन बनाउनको लागि उहाँलाई अवश्य यहाँ आउनु पर्छ। तिमी बच्चाहरूलाई याद दिलाउनुहुन्छ– कल्प पहिले पनि तिमीलाई राजयोग सिकाएको थिएँ। सोधिन्छ– पहिले कहिल्यै यो ज्ञान लिएका थियौ? तब भन्छन्– हो, ५ हजार वर्ष पहिले हामीले यो ज्ञान लिएका थियौं। यी कुरा नयाँ हुन्। नयाँ युग, नयाँ धर्म फेरि स्थापना हुन्छन्। ईश्वरले सिवाय यो दैवी धर्म कसैले स्थापना गर्न सक्दैन। ब्रह्मा-‌विष्णु-‌शंकरले पनि गर्न सक्दैनन् किनकि उनीहरू देवताहरू स्वयं रचना हुन्। स्वर्गको रचयिता, माता-पिता हुनु पर्छ। तिमीलाई पनि धेरै सुख यहाँ चाहिन्छ। बाबा भन्नुहुन्छ– रचयिता पनि म हुँ। तिमीलाई पनि ब्रह्मा मुखद्वारा मैले रचेको हुँ। म मनुष्य सृष्टिको बीजरूप हुँ। हुन त कुनै जति नै ठूलो साधु सन्त आदि होस् तर कसैको पनि मुखबाट यस्तो निस्कदैन। यी हुन् गीताका अक्षर। तर जसले भनेको छ उसैले भन्न सक्छ। अरू कसैले भन्न सक्दैन। केवल फरक यो हो कि निराकारको बदलामा कृष्णलाई भगवान् भनिदिएका छन्। बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको बीज रूप, परमधाममा रहनेवाला निराकार परमात्मा हुँ। तिमीले पनि बुझ्न सक्छौ। साकार मनुष्यले त आफूलाई बीजरूप भन्न सक्दैन। ब्रह्मा, विष्णु, शंकरले पनि भन्न सक्दैनन्। यो त जान्दछौ– सबैलाई रच्नेवाला शिवबाबा हुनुहुन्छ। मैले दैवी धर्मको स्थापना गरिरहेको छु। यसो भन्ने पनि कसैमा तागत छैन। कहलाउन त आफूलाई कृष्ण कहलाउँछन्, ब्रह्मा कहलाउँछन्, शंकर कहलाउँछन्... धेरै आफूलाई अवतार पनि कहलाउँछन् तर हो सबै झुटो। यहाँ आएर जब सुन्छन् तब बुझ्नेछन् वास्तवमा बाबा त एक हुनुहुन्छ, अवतार पनि एउटा हुन्छ। उनीहरूले भन्छन् म तिमीलाई साथै लिएर जान्छु। यसो भन्ने पनि कसैमा तागत छैन। ५ हजार वर्ष पहिले पनि गीताको भगवान् शिवबाबाले भन्नु भएको थियो, उहाँले नै आदि सनातन धर्मको स्थापना गर्नु भएको थियो, उहाँले नै अहिले गरिरहनु भएको छ। गाइएको पनि छ मच्छर जस्तै आत्माहरू गए। त्यसैले बाबा आएर गाइड बनेर सबैलाई मुक्त गर्नुहुन्छ। अहिले कलियुगको अन्त्य हो, त्यसपछि सत्ययुग आउनु छ त्यसैले अवश्य आएर पवित्र बनाएर पवित्र दुनियाँमा लिएर जानुहुन्छ। गीतामा केही न केही अक्षर छन्। सम्झन्छन् यस धर्मको लागि शास्त्र त चाहिन्छ नि। त्यसैले बसेर गीता शास्त्र बनाएका हुन्। सर्वशास्त्रमयी शिरोमणि नम्बरवन माता, तर नाम बदलिदिएका छन्। बाबा जसले यस समय कार्य गर्नुहुन्छ त्यो कहाँ द्वापरमा लेख्छन् र। गीता फेरि पनि त्यही निस्कन्छ। ड्रामामा यही गीता निश्चित भएको छ। जसरी बाबाले फेरि मनुष्यलाई देवता बनाउनुहुन्छ त्यस्तै शास्त्र पनि पछि गएर कसैले फेरि बसेर लेख्छन्। सत्ययुगमा कुनै शास्त्र हुँदैनन्। बाबाले सारा चक्रको रहस्य बसेर सम्झाउनुहुन्छ। तिमीले सम्झन्छौ– हामीले यो ८४ जन्मको चक्र पूरा गर्यौंद। आदि सनातन देवी-देवता धर्मवालाले नै धेरैमा ८४ जन्म लिन्छन्। बाँकी मनुष्यको त पछि गएर वृद्धि हुन्छ। उनीहरूले कहाँ यति जन्म लिन्छन् र? बाबाले यी ब्रह्मा मुखबाट बसेर सम्झाउनुहुन्छ। यी जो दादा हुन्, जसको मैले तन लोनमा लिएको छु उनले पनि आफ्नो जन्मलाई जान्दैन थिए। यी हुन् व्यक्त प्रजापिता ब्रह्मा। उनी हुन् अव्यक्त। हुन त दुवै एकै हुन्। तिमी पनि यस ज्ञानबाट सूक्ष्मवतनवासी फरिस्ता बनिरहेका छौ। सूक्ष्मवतन वासीलाई फरिस्ता भनिन्छ किनकि हाड मासु हुँदैन। ब्रह्मा-‌विष्णु-‌शंकरको पनि हाड मासु छैन, फेरि उनीहरूको चित्र कसरी बनाउँछन्। शिवको पनि चित्र बनाउँछन्। हुन् त ती तारा। उनीहरूको पनि रूप बनाउँछन्। ब्रह्मा-‌विष्ण-‌शंकर त सूक्ष्म छन्। जसरी मनुष्यको बनाउँछन् त्यस्तै शंकरको त बनाउन सक्दैनन् किनकि उनको हाड मासुको शरीर त छैन। हामी त सम्झाउनको लागि यस्तो स्थूल बनाउँछौं। तर तिमीले पनि देख्छौ– उनी सूक्ष्म छन्। अच्छा!

मीठे-‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌‌पिता बापदादाको याद-‌‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 

रात्रि क्लास १३-७-६८ 

मनुष्यले दुई चीजलाई अवश्य चाहन्छन्। एउटा हुन्छ शान्ति, दोस्रो सुख। विश्वमा शान्ति वा आफ्नो लागि शान्ति। विश्वमा सुख वा आफ्नो लागि सुखको चाहना हुन्छ मनुष्यलाई। त्यसैले सोध्नु पर्छ– अहिले शान्ति छ भने अवश्य कहिल्यै त शान्ति भएको हुनु पर्छ। तर त्यो कहिले कसरी हुन्छ, अशान्ति किन भयो, यो कसैलाई थाहा छैन किनकि घोर अँध्यारोमा छन्। तिमी बच्चाहरूले जान्दछौ– शान्ति र सुखको लागि तिमीले मार्ग धेरै राम्रो बताउँछौ। उनीहरूलाई खुशी हुन्छ। फेरि जब सुन्छन्– पावन पनि बन्नु छ तब ठण्डा हुन्छन्। यो विकार हो सबैको दुश्मन र पनि सबैको प्यारो छ। यसलाई छोड्नमा हृदय विदीर्ण हुन्छ। नाम पनि छ विष। फेरि पनि छोड्दैनन्। तिमी कति टाउको दुखाउँछौ फेरि पनि हार खान्छौ। सारा पवित्रताको नै कुरा छ। यसमा धेरै फेल हुन्छन्। कुनै कन्यालाई देख्यो भने आकर्षण हुन्छ। क्रोध वा लोभ वा मोहको आकर्षण हुँदैन। काम महाशत्रु हो। यसमाथि जित पाउनु महावीरको काम हो। देह अभिमानपछि पहिले काम नै आउँछ। यसमाथि जित पाउनु छ। जो पवित्र छन् उनीहरूको अगाडि अपवित्र कामी मनुष्यले नमन गर्छन्। भन्छन्– म विकारी, हजुर निर्विकारी। यस्तो भन्दैनन्– म क्रोधी लोभी...। सारा कुरा विकारको हो। विवाह गर्छन् नै विकारको लागि, यो इच्छा रहन्छ माता-‌पिताको। ठूलो भएपछि पैसा पनि दिन्छन्, विकारमा पनि जान्छन्। विकारमा गएनन् भने झगडा मचिन्छ। तिमी बच्चाहरूले सम्झाउनु पर्छ– यी देवताहरू सम्पूर्ण निर्विकारी थिए। तिमी सँग लक्ष्य-उद्देश्य सामुन्ने छ। नरबाट नारायण राजाहरूको पनि राजा बन्नु छ। चित्र सामुन्ने छ। यसलाई सत्संग भनिदैन। पाठशाला, सत्संग त वहाँ हुँदैनन्। सच्चा सत्संग सच्चा सँग तब हुन्छ जब सम्मुख राजयोग सिकाउनुहुन्छ। सत्यको संगत हुनु पर्छ। उहाँले नै गीता अर्थात् राजयोग सिकाउनुहुन्छ। बाबाले कुनै गीता सुनाउनुहुन्न। मनुष्यले सम्झन्छन्– नाम छ गीता पाठशाला त्यसैले गएर गीता सुनौं। यति आकर्षण हुन्छ। यो सच्चा गीता पाठशाला हो जहाँ एक सेकेन्डमा सद्‌गति, स्वास्थ्य, सम्पत्ति र खुशी मिल्छ। त्यसैले सच्चा गीता पाठशाला किन लेख्नुहुन्छ भनेर सोधून्? केवल गीता पाठशाला लेख्नु सामान्य हुन्छ। सच्चा अक्षर पढेपछि आकर्षण हुनसक्छ। सायद झुटो पनि छ। त्यसैले सच्चा अक्षर अवश्य लेख्नु पर्छ। पावन दुनियाँ सत्ययुगलाई, पतित दुनियाँ कलियुगलाई भनिन्छ। सत्ययुगमा यी पावन थिए। कसरी बने त्यो सिकाउनुहुन्छ। बाबाले ब्रह्माद्वारा पढाउनुहुन्छ। नत्र कसरी पढाउने। यो यात्रा उनीहरूले नै बुझ्दछन् जसले कल्पपहिले बुझेका छन्। भक्तिमार्गका दलदलमा फँसेका छन्। भक्तिको आडम्बर धेरै छ। यो त केही पनि होइन। केवल स्मृतिमा राख– अब वापस जानु छ। पवित्र बनेर जानु छ। यसको लागि यादमा रहनु छ। बाबा जसले स्वर्गको मालिक बनाउनुहुन्छ उहाँको याद गर्न सक्दैनौ। मुख्य कुरा यो हो। सबैले भन्छन्– यसैमा मेहनत छ। बच्चाहरूले भाषण त राम्रो गर्छन् तर योगमा रहेर सम्झाउने हो भने असर पनि राम्रो पर्छ। यादमा तिमीलाई तागत मिल्छ। सतोप्रधान बन्नाले सतोप्रधान विश्वको मालिक बन्छौ। यादलाई नेष्ठा भनिन्छ र? म आधा घण्टा नेष्ठामा बसूँ, यो गलत हो। बाबा केवल भन्नुहुन्छ– यादमा बस। सामुन्ने बसेर सिकाउने आवश्यकता छैन। बेहदको बाबालाई धेरै प्यार सँग याद गर्नु छ किनकि धेरै खजाना दिनुहुन्छ। यादबाट खुशीको पारा चढ्नु पर्छ। अतीन्द्रिय सुख अनुभव हुन्छ। बाबा भन्नुहुन्छ– तिम्रो यो जीवन धेरै मूल्यवान् छ, यसलाई स्वस्थ राख्नु छ। जति बाँचिन्छ त्यति खजाना लिन्छौ। खजाना पूरा तब मिल्छ जब हामी सतोप्रधान बन्छौं। मुरलीमा पनि बल हुन्छ। तरबारमा धार हुन्छ नि। तिमीमा पनि यादको धार परोस् तब तरबार धारिलो हुन्छ। ज्ञानमा यति धार छैन त्यसैले कसैलाई असर हुँदैन। फेरि उनीहरूको कल्याणको लागि बाबा आउनु पर्छ। जब तिमी यादमा धार भर्छौ तब विद्वान आचार्य आदिलाई राम्रो तीर लाग्छ त्यसैले बाबालाई भन्नुहुन्छ– चार्ट राख। कसैले भन्छन् बाबालाई धेरै याद गर्छु तर मुख खुल्दैन। तिमी यादमा रह्यौ भने विकर्म विनाश हुन्छ। अच्छा– बच्चाहरूलाई गुडनाइट


धारणाको लागि मुख्य सारः

१) घरमा रहेर पनि रूहानी सेवा गर। पवित्र बन्नु र बनाउनु छ।

२) यस जीवित नर्कमा रहँदा-‌रहँदै पनि बेहदको बाबाबाट स्वर्गको वर्सा लिनु छ। कसैलाई पनि दु:ख दिनु हुँदैन।

वरदान:

एक बाबा शब्दको स्मृतिद्वारा कमजोरी शब्दलाई समाप्त गर्ने सदा समर्थ आत्मा भव:-  

जुन समय कुनै कमजोरी वर्णन गर्छौ, चाहे संकल्पको, बोलको, चाहे संस्कार स्वभावको, त्यतिबेला यही भन्छौ– मेरो विचारले यसो भन्छ, मेरो संस्कार नै यस्तो छ। तर जुन बाबाको संस्कार, संकल्प त्यो मेरो। समर्थको निसानी नै बाबा समान हो। त्यसैले संकल्प, बोली, हरेक कुरामा बाबा शब्द स्वाभाविक होस् र कर्म गर्दा गराउनेवालाको स्मृति होस्, तब बाबाको अगाडि माया अर्थात् कमजोरी आउन सक्दैन।

स्लोगन:

जो सँग गम्भीरताको विशेषता छ, उसलाई हरेक कार्यमा स्वत: सिद्धि प्राप्त हुन्छ।   



***OM SHANTI***