BK Murli 19 January 2018 Nepali

BK Murli 19 January 2018 Nepali

२०७४ माघ ५ शुक्रबार १९-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


“मीठे बच्चे– पारसबुद्धि बन्नको लागि बाबाले जे सम्झाउनु हुन्छ त्यसलाई राम्रो सँग बुझ्नु छ र स्वयम्‌मा धारणा गरेर अरूलाई गराउनु छ।”  

प्रश्न:

कुनचाहिँ एउटा रहस्य धेरै गहन, गोपनीय र बुझ्नु पर्ने छ?

उत्तर:

निराकार बाबा सबैका माता-पिता कसरी बन्नुहुन्छ, उहाँले सृष्टिको रचना कुन विधिले गर्नु हुन्छ, यो धेरै गहन र गोपनीय रहस्य छ। निराकार बाबाले माता त विना सृष्टि रच्न सक्नु हुन्न। कसरी उहाँले शरीर धारण गरेर, त्यसमा प्रवेश गरेर उनको मुखद्वारा बच्चाहरू आफ्नो बनाउनुहुन्छ! यी ब्रह्मा पिता पनि हुन् माता पनि हुन्– यो कुरालाई राम्रो सँग बुझेर, मनन गर्नु वा स्मृतिमा राख्नु पर्छ।

गीत:–

तुम्हीं हो माता ...

ओम् शान्ति।

जसलाई माता-पिता भनेका छौ, त्यहाँ अवश्य आदेश त पिताले नै गर्नुहुन्छ। यहाँ फेरि माता-पिता कम्बाइण्ड हुनुहुन्छ। यो कुरा मनुष्यहरूलाई बुझ्न धेरै कठिन छ र यही बुझ्नु पर्ने मुख्य कुरा हो। निराकार परमपिता परमात्मा जसलाई पिता भनिन्छ उहाँलाई माता पनि भनिन्छ, यो अनौठो कुरा छ। परमपिता परमात्माले मनुष्य सृष्टि रच्नुहुन्छ भने माता अवश्य चाहिन्छ। यो कुरा धेरै गहन छ र कसैको बुद्धिमा कहिल्यै आउन सक्दैन। अहिले उहाँ हुनुहुन्छ सबैका पिता, माता पनि अवश्य चाहिन्छ। उहाँ पिता त हुनुहुन्छ निराकार, फेरि माता कसलाई राख्ने? विवाह त गरिँदैन। यो हो अति गहन र गोपनीय बुझ्नु पर्ने कुरा। नयाँ-नयाँले बुझ्न सक्दैनन्। पुरानाले पनि मुश्किलले बुझेर त्यो स्मृतिमा रहन्छ। बच्चाहरू नै आमा बुवाको स्मृतिमा रहन्छन् नि। यहाँ लक्ष्मी-नारायणलाई पनि भनिदिन्छन्– हजुर माता-पिता... त्यस्तै राधा कृष्णको अगाडि गएर पनि भन्छन्– हजुर माता-पिता... उनीहरू त हुन् राजकुमार-राजकुमारी। तिनीहरूलाई माता-पिता त कुनै अज्ञानीले पनि भन्दैन। मनुष्यहरूलाई त भन्ने बानी बसेको छ। तर यो कुरा नै भिन्न छ। लक्ष्मी-नारायणलाई त उनका बच्चाहरूले मात्र भन्छन् हजुर माता-पिता...। मनुष्यहरूलाई लाग्छ जो सँग बहुत धन छ, महल, गाडीहरू छन् तिनीहरू स्वर्गमा छन्। उनीहरूको बच्चाहरूले भन्छन्– हाम्रो आमा-बुवा सँग धेरै सुख छ। अवश्य अघिल्लो जन्ममा केही राम्रो काम गरेका छन्। ठीक छ, यो जुन गायन गरिन्छ हजुर माता-पिता.... परमपिता परमात्मा रचयिता त एक हुनुहुन्छ, जसका हामी बच्चाहरू हौं, उहाँ पनि निराकार हुनुहुन्छ। हामी आत्माहरू पनि निराकार छौं। तर निराकारले सृष्टि फेरि कसरी रच्नुहुन्छ? माता विना त सृष्टि रच्न सकिँदैन। अनौठो छ सृष्टिको रचना। एक परमात्मा रचयिता हुनुहुन्छ नयाँ दुनियाँको। पुरानो दुनियाँमा आएर नयाँ दुनियाँको रचना गर्नुहुन्छ। तर कसरी रच्नुहुन्छ? यो धेरै गहन कुरा छ– निराकारलाई हामीले माता-पिता भन्छौं। बाबाले स्वयं सम्झाउनु हुन्छ– मैले बच्चाहरूलाई आफ्नो बनाउँछु। पेटबाट बच्चा निक्लने कुरा त होइन। यति धेरै बच्चाहरू कसरी पेटबाट निक्लन्छन्। त्यसैले भन्नुहुन्छ– मैले यस शरीरलाई धारण गरेर यिनको मुखद्वारा बच्चाहरूलाई आफ्नो बनाउँछु। यी ब्रह्मा पिता पनि हुन्, मनुष्य सृष्टि रच्ने र माता पनि हुन्। जसको मुखद्वारा बच्चाहरूलाई आफ्नो बनाउँछु। यस रीतिले बच्चाहरूलाई आफ्नो बनाउनु– यो केवल बाबाको काम हो। संन्यासीले त गर्न सक्दैनन्। उनीहरूका हुन्छन् जिज्ञासु, शिष्यहरू। यहाँ त छ रचनाको कुरा। बाबा यिनमा प्रवेश गर्नुहुन्छ, यो हो मुख वंशावली जसलाई भनिन्छ– हजुर माता-पिता... त्यसैले माता यिनी सिद्ध भए। उहाँ बाबा यिनमा प्रवेश भएर रच्नुहुन्छ। यी वृद्ध प्रजापिता पनि हुनु भयो र वृद्ध माता पनि हुनु भयो। वृद्धा नै चाहिन्छ नि। अब बच्चाहरूले माता-पितालाई याद गर्नु पर्छ। यिनको त सम्पत्ति छैन। तिमी बन्छौ हकदार, त्यसैले यिनलाई बापदादा भनिन्छ। तिमीले प्रजापिता ब्रह्मा सँग सम्पत्ति लिने होइन। यी दादाले (ब्रह्माले) पनि उहाँ सँग लिन्छन्। यिनलाई दादा पनि र माता पनि भनिन्छ। नत्र माता-पिता कसरी सिद्ध हुन सक्छ? माता-पिता विना बच्चाहरू कसरी हुन सक्छन्? यो धेरै गहन र मनन गर्नु पर्ने कुरा छ। बाबा हजुर पिता हुनुहुन्छ, यी माताद्वारा हामीले जन्म लिएका छौं। अवश्य वर्सा पनि याद आउँछ। याद उहाँ बाबालाई गर्नु छ। ज्ञानद्वारा तिमीले बुझ्न पनि सक्छौ– कसरी बाबा पतित दुनियाँमा आउनुहुन्छ। भन्नुहुन्छ– जसमा प्रवेश गर्छु, यी मेरो बच्चा पनि हुन्, तिम्रो पिता पनि हुन् र फेरि माता पनि हुन्। तिमी भयौ बच्चाहरू। त्यसैले पितालाई याद गर्नाले वर्सा मिल्छ। मातालाई याद गर्नाले वर्सा मिल्दैन। निरन्तर उहाँ बाबालाई याद गर्नु छ। बाँकी यो शरीरलाई भुल्नु छ। यो ज्ञानको कुरा बुझ्नु पर्ने हुन्छ।

बाबाले पुरानो दुनियाँमा आएर नयाँ दुनियाँ रच्नुहुन्छ। पुरानोलाई समाप्त गर्नु हुन्छ। नत्र कसले समाप्त गर्ने? गायन पनि गरिन्छ– शंकरद्वारा पुरानो दुनियाँको विनाश। यो ड्रामामा निश्चित छ त्यसैले गायन पनि गरिन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो लागि नयाँ राजधानी बनिरहेको छ। विनाशको पूरा तयारी छ। तिमी यति धेरै छौ, सबैले राजाई पद पाइरहेका छौ। यस्तो होइन अन्धश्रद्धाले मानेका हौ। कसैले भन्यो रामको सीतालाई भगाए। सत्य हो! कुनै पनि कुरा बुझेनौ भने बुझ्ने कोसिस गर। नत्र अज्ञानीको अज्ञानी नै रहन्छौ। भक्तिमार्गमा त अल्पकालको सुख मिल्छ। त्यसको फल त्यही जन्ममा वा अर्को जन्ममा अल्पकालको लागि मिल्छ। तीर्थ यात्रामा जान्छन्, केही समय त पवित्र रहन्छन्, पाप गर्दैनन्। दान, पुण्य पनि गर्छन्, यसलाई काग विष्टा समान सुख भनिन्छ। यो तिमी बच्चाहरूले नै बुझ्न सक्छौ किनकि तिमीहरू बाँदरबाट बदलिएर मन्दिर लायक बनेका छौ। सत्ययुगमा तिमी पारस बुद्धि थियौ किनकि पारसनाथ, पारसनाथिनीको राज्य थियो। सुनका महल थिए। अहिले त पत्थर नै पत्थर छन्। पारस बुद्धिबाट पत्थर बुद्धि कसले बनाउँछ? ५ विकार रूपी रावणले। जब सबै पत्थर बुद्धि बन्छन् तब नै फेरि पारस बुद्धि बनाउने पिता आउनुहुन्छ। कति सहज बनाएर सम्झाउनुहुन्छ। बीज र वृक्ष। बाँकी विस्तारमा त सम्झाइरहनु हुन्छ, सम्झाइरहनु हुने छ। सारमा भन्नुहुन्छ– बाबालाई याद गर, जसबाट वर्सा मिल्छ। मातालाई याद गर्ने आवश्यकता छैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर अर्थात् बच्चाहरूले अवश्य माताबाट जन्म लिए। जन्म लिए, बाबाबाट वर्सा लिनको लागि। त्यसैले यी मातालाई पनि छोड, सबै देहधारीहरूलाई छोड किनकि अब वर्सा बाबाबाट लिनु छ। अहिले बच्चाहरूले जानिसकेका छन्– हामी आत्मा रूहानी बाबाका बच्चा हौं र फेरि देहधारी माता-पिताका पनि बच्चा बनेका छौं। उहाँ बेहदका बाबाले नयाँ सृष्टि रच्नुहुन्छ। यहाँ स्वर्ग थियो। यी लक्ष्मी-नारायण स्वर्गको मालिक थिए,अहिले छैनन्। बेहदका बाबाले सम्झाउनुहुन्छ– तिमीहरूले हरेक जन्ममा हदको वर्सा लिँदै आएका छौ। नर्कमा त छ नै हदको वर्सा। स्वर्गमा हदको वर्सा भनिँदैन। त्यो हो बेहदको वर्सा किनकि बेहद अर्थात् सारा सृष्टिको मालिक हुन्छौ र अरू कुनै धर्म हुँदैन। हदको वर्सा सुरु हुन्छ द्वापर देखि। सत्ययुगमा हुन्छ बेहदको। तिमीले प्रारब्ध भोग्छौ। वहाँ तिमीलाई बेहदको बादशाही हुन्छ। यथा राजा-रानी तथा प्रजा। प्रजाहरूले पनि भन्छन् हामी सारा सृष्टिको मालिक हौं। अहिले त प्रजाले यसरी भन्दैनन्– हामी सारा सृष्टिको मालिक हौं। अहिले त हदमा छन्। उनीहरूले भन्छन् हाम्रो पानीको सिमाना भित्र आउन पाउँदैनौ, यो टुक्रा हाम्रो हो। वहाँ प्रजाले पनि भन्छन्– हामी विश्वको मालिक हौं, हाम्रो महाराजा-महारानी लक्ष्मी-नारायण पनि विश्वको मालिक हुन्। यो अहिले हामीले जान्यौं– वहाँ एउटै राज्य हुन्छ। त्यो हो बेहदको बादशाही। दुनियाँ के थियो कसैको पनि बुद्धिमा छैन। तिमी बच्चाहरूलाई अहिले शिक्षा मिल्छ– बेहदका बाबाबाट वर्सा लेऊ। हामीले भन्छौं भने अवश्य हामीले लिइरहेका छौं। बेहदका बाबा हुनुहुन्छ नै स्वर्गका रचयिता। गायन पनि गरिन्छ– २१ पिँढी राज्य-भाग्य। पिँढी किन भनिन्छ? किनकि वहाँ वृद्ध भएर मर्छन्। वहाँ अकालमा मृत्यु हुँदैन। माताहरू कहिल्यै विधवा बन्दैनन्। रुने कराउने हुँदैन। यहाँ त कति रुन्छन् कराउँछन्। वहाँ बच्चाहरू पनि रुन आवश्यक पर्दैन। यहाँ त बच्चाहरूलाई रुवाइरहन्छन्, जसद्वारा मुख खुलोस्। वहाँ यस्तो कुरा हुँदैन। यहाँ त सबै बच्चाहरूले बुझेका छन्– हामीले अहिले बेहदका बाबाबाट कल्प पहिला जस्तै वर्सा लिइरहेका छौं। ८४ जन्म पूरा भयो अब जानु छ। निरन्तर बाबा र वर्सालाई याद गर्नाले विकर्म विनाश हुन्छ। मनमनाभवको अर्थ कति सहज छ। हुन त गीता झूटो छ, तर त्यसमा केही न केही सत्य छ नि। म आफ्नो बाबालाई याद गर, कृष्णले त यसरी भन्दैनन्– मलाई याद गर, तिमीलाई मेरो पासमा आउनु छ। परमात्माले अहिले सबै आत्माहरूलाई भन्नुहुन्छ– तिमी सबै आत्माहरूलाई मच्छर सदृश्य आउनु छ। अवश्य आत्माहरूले परमात्मा बाबाको नै अनुसरण गर्छन्। कृष्ण त देहधारी भए। उनले त भन्न सक्दैनन्। उनले यसरी भन्दैनन्– म आत्मालाई याद गर। उनको नाम नै कृष्ण हो। कुनै आत्माले पनि भन्न सक्दैनन्, आत्माहरू सबै भाइ-भाइ हुन्। यो त बाबा भन्नुहुन्छ– म निराकार हुँ, म परम आत्माको नाम हो शिव। कृष्णले कसरी भन्छन्? उनको त शरीर छ। शिवबाबाको त आफ्नो शरीर छैन। शिवबाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो पनि पहिला आफ्नो शरीर थिएन। तिमी आत्मा निराकार थियौ, फेरि शरीर लियौ। अहिले तिमीलाई ड्रामाको आदि-मध्य-अन्त्यको स्मृति आएको छ। बाबाले सृष्टि कसरी, कहिले र किन रच्नुहुन्छ? सृष्टि त छँदै छ नि। गायन पनि छ– ब्रह्माद्वारा नयाँ सृष्टिको रचना गर्नुभयो। अवश्य पुरानो सृष्टिबाट नै नयाँ सृष्टिको रचना गर्नुहुन्छ। भन्छन् पनि– मनुष्यबाट देवता बनाउनु भयो। बाबा भन्नुहुन्छ– मैले तिमीलाई यो पढाइद्वारा मनुष्यबाट देवता बनाउँछु। पूज्य देवता थियौ फेरि पुजारी बनेका हौ। मनुष्यलाई त थाहा छैन– ८४ जन्म कसरी लिन्छन्? के सबैले ८४ जन्म लिन्छन्? सृष्टिमा वृद्धि भइरहन्छ। सबैले कसरी ८४ जन्म लिन्छन्! अवश्य जो पछि आउँछन्, उनीहरूको जन्म कम हुन्छ। यो हो स्वदर्शन चक्र। उनीहरूले फेरि स्वदर्शन चक्रलाई एउटा हतियारको रूप बनाइदिएका छन्। अहिले तिमी आत्माहरूलाई यो स्मृति आएको छ– हामीले ८४ जन्म यसरी-यसरी भोग्यौं। अब चक्र पूरा हुन्छ, फेरि सुरु देखि ड्रामालाई दोहोरिनु छ। सबै भन्दा पहिला आदि सनातन देवी-देवता धर्म अवश्य हुनुपर्छ, जुन प्राय: लोप भएको छ।

मनुष्यहरूले भन्छन्– हे परमपिता परमात्मा दया गर्नुहोस्। त्यसैले बाबा भन्नुहुन्छ– ठीकै छ, तिमीलाई दु:ख देखि छुटाएर सुखी बनाउँछु। बाबाको काम नै हो सबैलाई सुखी बनाउनु, त्यसैले म कल्प-कल्प आउँछु, आएर विश्वलाई हीरा समान बनाउछु। धेरै सुखी बनाउँछु। बाँकी सबैलाई मुक्तिधाम पठाइदिन्छु। भक्तहरूले चाहन्छन् पनि भगवान्‌ सँग मिल्न किनकि सुखको लागि त संन्यासीहरूले भनिदिएका छन्– यो काग विष्टा समान सुख हो, दोस्रो फेरि भन्छन् हामी ड्रामाको खेलमा फेरि आउनै नपरोस्। मोक्ष प्राप्त होस्। अब मोक्ष त मिल्दैन। यो हो बनिबनाउ ड्रामा। सारा सृष्टिको इतिहास-भूगोललाई तिमी बच्चाहरूले अहिले जानेका छौ, यसले कसरी चक्कर लगाउँछ। जसलाई नै स्वदर्शन चक्र भनिन्छ। यहाँ जुन देखाउँछन् स्वदर्शन चक्रले सबैको शिर काटे। कंसवधको नाटक देखाउँछन्। यस्तो केही पनि हुँदैन। वहाँ हिंसाको बिलकुल कुरै हुँदैन। यो त पढाइ हो। पढ्नु छ र बाबा सँग वर्सा लिनु छ। बाबा सँग वर्सा लिनको लागि कसैलाई हत्या गर्छन् र? त्यो हुन्छ हदको वर्सा, यो हो बेहदका बाबा सँग बेहदको वर्सा लिनु। गीतामा लडाईं आदिका कति कुरा लेखिदिएका छन्। त्यस्तो त केही पनि होइन। पाण्डवहरूको लडाईं वास्तवमा कसै सँग हुँदैन। यो त योगबलद्वारा बेहदका बाबा सँग तिमी बच्चाहरूले वर्सा लिइरहेका छौ, नयाँ दुनियाँको लागि। यसमा लडाईंको कुनै कुरा छैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) बाबाबाट २१ जन्मको वर्सा लिनको लागि निरन्तर बाबा र वर्सालाई याद गर्ने पुरुषार्थ गर। कुनै पनि देहधारीलाई याद नगर।

२) बुद्धिमा स्वदर्शन चक्र घुमाइराख। हामी पूज्य थियौं, फेरि पुजारी बन्यौं, ८४ जन्मको चक्र पूरा गर्यौौ, फेरि ड्रामा दोहोरिनु छ, हामीले पुजारीबाट पूज्य बन्नु छ– यो स्मृति नै स्वदर्शन चक्र हो।

वरदान:

सदा स्नेह र सहयोगद्वारा अविनाशी रत्नको टाइटल प्राप्त गर्ने अमर भव:-  

जो स्थापनाको कार्यमा सदा स्नेही र सहयोगी रहन्छन् उनीहरूलाई अविनाशी रत्नको टाइटल मिल्छ। यस्ता अविनाशी रत्न जसलाई कसैले कहिल्यै हल्लाउन सक्दैन। कुनै पनि अवरोधले रोक्न सक्दैन। यस्ता अविनाशी रत्न नै अमर भवको वरदानी हुन्छन्। सच्चा सुन हुन्छन्, बाबाको साथी हुन्छन्। उनीहरूले बाबाको कार्यलाई आफ्नो सम्झन्छन्। सदा साथ रहन्छन् त्यसैले अविनाशी बन्छन्।

स्लोगन:

पवित्रताको यथार्थ धारणा छ भने हरेक कर्म यथार्थ र युक्तियुक्त हुन्छ।   



***OM SHANTI***