BK Murli 20 January 2018 Nepali
२०७४ माघ ६ शनिबार २०-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– एक मनमनाभवको महामन्त्रद्वारा तिमी समझदार बन्छौ। यो नै सबै पापबाट मुक्त गर्ने मन्त्र हो।”
प्रश्न:
सारा ज्ञानको सार के हो, मनमनाभव रहनेहरूको निशानी के हुन्छ? कुन स्वभावको वशीभूत आत्मा बाबाको यादमा रहन सक्दैनन्?
उत्तर:
सारा ज्ञानको सार हो– अब हामी वापस घर जानु छ। यो फोहोरी दुनियाँ हो, यसलाई छोडेर हामीले आफ्नो घर जानु छ। यदि यो याद रह्यो भने पनि मनमनाभव भयो। मनमनाभव रहने बच्चाहरू सदा ज्ञानको विचार सागर मन्थन गरिरहन्छन्। उनीहरू बाबा सँग मीठो-मीठो कुराकानी गर्छन्। यदि फोहोरी चित्र हेर्ने, फोहोरी समाचार पढ्ने बानी परेको छ भने बाबाको याद रहन सक्दैन। सिनेमा हो नर्कको द्वार, जसले वृत्तिलाई खराब गरिदिन्छ।
ओम् शान्ति।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। सम्झाउनु उनीहरूलाई पर्छ, जसमा केही कम समझ छ। तिमी अहिले समझदार बनेका छौ जसले सम्झन्छौ– उहाँ हाम्रो बेहदको बाबा पनि हुनुहुन्छ, बेहदको शिक्षा पनि दिनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य पनि सम्झाउनुहुन्छ। विद्यार्थीको बुद्धिमा ज्ञान हुनु पर्छ नि। बाबाले साथमा पनि लिएर जानुहुन्छ किनकि बाबालाई थाहा छ– यो पुरानो फोहोरी दुनियाँ हो। यस पुरानो दुनियाँबाट म बच्चाहरूलाई घर लिएर जान आएको हुँ। बाबा सम्झाउनुहुन्छ– यहाँ बसी-बसी बच्चाहरूको मनमा अवश्य आउँछ, अहो! उहाँ हाम्रो बेहदको बाबा पनि हुनुहुन्छ, फेरि शिक्षा पनि धेरै उच्च दिनुहुन्छ। सारा रचनाको आदि-मध्य-अन्त्यको रहस्य पनि सम्झाउनुहुन्छ। यो सबै कुरा याद गर्नु पनि मनमनाभव हो। यो पनि तिम्रो चार्टमा आउन सक्छ। यो त धेरै सहज छ। अरू केही नगरे पनि, उठ्दा, बस्दा, हिँड्दा, डुल्दा बुद्धिमा यो याद रहोस्। अनौठो कुराको याद गरिन्छ। तिमीले बुझेका छौ– बाबालाई याद गर्नाले, पढाइ पढ्नाले हामी फेरि विश्वको मालिक बन्छौं। यो बुद्धिमा चलिरहनु पर्छ। ट्रेन-बस आदि जहाँ बसे पनि बुद्धिमा याद होस्। पहिले-पहिले त बच्चालाई बाबा चाहिन्छ। तिमीलाई थाहा छ– हामी आत्माहरूको रूहानी बेहदको बाबा हुनुहुन्छ। सहज याद दिलाउनको लागि बाबाले युक्ति बताउनुहुन्छ। म एकलाई याद गर्यौह भने आधाकल्पको जुन तिम्रो विकर्म छ, त्यो सबै योग अग्निमा भस्म भएर जान्छ। जन्म-जन्मान्तर धेरै यज्ञ-जप-तप आदि गरेका छौ। भक्तहरूलाई थाहै छैन– यो सबै किन गरिन्छ। यसबाट के प्राप्ति हुन्छ। मन्दिरमा जान्छन्– यति भक्ति गर्छन्, सम्झन्छन्– यो सबै परम्पराबाट चल्दै आएको हो। शास्त्रको लागि पनि भन्छन्– यो परम्परा देखि चल्दै आएको हो। तर मनुष्यलाई थाहा नै छैन– स्वर्गमा त शास्त्र हुँदैनन्। उनीहरूले सम्झन्छन् सृष्टिको सुरु देखि नै यो सबै चल्दै आउँछ। कसैलाई भन्न पनि सक्दैनन्– बेहदको बाबा को हुनुहुन्छ? यहाँ हदको बाबा वा हदको शिक्षक त छैनन्। हदको शिक्षकबाट त तिमीले सबै पढेका छौ। जसलाई पढेर नै नोकरी आदि गर्छौ, कमाई गर्छौ। तिमी बच्चाहरूलाई थाहा छ– यो जुन हाम्रो बेहदको बाबा हुनुहुन्छ, उहाँको कोही पनि पिता छैन र उहाँ बेहदको शिक्षक पनि हुनुहुन्छ। उहाँको कोही शिक्षक छैन। यी देवताहरूलाई कसले पढायो, यो त अवश्य याद आउनु पर्ने हो नि! यो पनि मनमनाभव हो। यो पढाइ त कहीँबाट पढेको होइन। बाबा स्वयं नै ज्ञानको सागर हुनुहुन्छ। उहाँलाई कसैले कहाँ पढाएको हो र? मनुष्य सृष्टिको उहाँ बीजरूप हुनुहुन्छ र चैतन्य हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। चैतन्य हुने भएकाले मनुष्य सृष्टिरूपी वृक्षको आदि देखि अन्त्यसम्मको रहस्य सुनाउनु हुन्छ। अन्त्यमा आएर आदिको ज्ञान सुनाउनु हुन्छ र भन्नुहुन्छ– हे बच्चाहरू! जुन तनमा म विराजमान छु, यिनीद्वारा म आदि देखि लिएर अहिले सम्मको सबै कुरा सुनाउँछु। अन्त्यको लागि त अन्त्यमा सम्झाउँछु। तिमीले पछि गएर बुझ्नेछौ– अहिले अन्त्य हो किनकि त्यस समय तिमी कर्मातीत अवस्थामा पुगेका हुनेछौ र निसानी पनि देख्नेछौ– यस पुरानो फोहोरी दुनियाँको विनाश त हुनु नै छ। यो कुनै नयाँ कुरा होइन। अनेक पटक देखेका छौ र देखिरहनेछौ। कल्प पहिले राज्य लिएका थियौ फेरि गुमायौ अहिले फेरि लिइरहेका छौ। बाबाले हामीलाई पढाउनुहुन्छ। तिमीले बुझेका छौ– हामी नै विश्वको मालिक थियौं, फेरि ८४ जन्म लियौं, फेरि बाबाले विश्वको मालिक बनाउनको लागि त्यही ज्ञान दिइरहनु भएको छ। तिमीले मनमा सम्झन्छौ– बाबा शिक्षक पनि हुनुहुन्छ। ठीक छ पिता याद आउँदैन भने शिक्षकलाई याद गर। शिक्षक कहिल्यै भुलिन्छ र? शिक्षकबाट त पढिरहन्छौ। हो मायाले गल्ती गराउँछ, त्यो तिमीलाई थाहा हुँदैन। मायाले आँखामा एकदम धुलो लगाइदिन्छ, जसकारण हामीलाई भगवानले पढाउनुहुन्छ, यो एकदम भुल्छन्। बाबाले हर कुराको ज्ञान दिनुहुन्छ। यो हो बेहदको ज्ञान। त्यो हो हदको। यो बेहदको ज्ञान बाबाले कल्प-कल्प तिमी बच्चाहरूलाई दिनुहुन्छ। ठीकै छ धेरै पढ्न सक्दैनौ भने बाबाको रूपमा याद गर। उहाँको त कोही बाबा छैन, उहाँ सबैको बाबा हुनुहुन्छ। तर उहाँका सबै बच्चा हुन्। कसैले बताउन सक्छ– शिवबाबा कसको बच्चा हुनुहुन्छ? उहाँ बेहदको बाबा हुनुहुन्छ। बच्चाहरूले सम्झन्छन्– हामी बेहदको बाबाको बनेका छौं। यो हाम्रो पढाइ पनि अनौठो छ र हामी ब्राह्मणले नै पढ्छौं। देवता वा क्षत्रिय, वैश्य, शूद्रले यो पढाइ पढ्न सक्दैनन्। बाबाको यो ज्ञान नै बिलकुल अनौठो छ। तिमी सिवाय कसैले बुझ्न सक्दैन। तिमी बच्चाहरूलाई खुशीको पारा चढेको छ– हामी सतोप्रधान बनौं। अब उच्च पद पाउनको लागि खुब पुरुषार्थ गर्नु छ। यस्तो होइन स्वर्गमा त सबै गइन्छ। यदि ज्ञान र योगको धारणा भएन भने उच्च पद मिल्दैन।
बाबा भन्नुहुन्छ– १६ कला सम्पूर्ण बन्नमा यादको धेरे मेहनत छ। हेर्नु छ कसैलाई दु:ख त दिन्नँ? हामी सुखदाताका बच्चा हौं। सबैलाई सुख दिनु छ। मनसा, वाचा, कर्मणा कसैलाई दु:ख दिनु हुँदैन। यतिबेला तिमीले जे पढ्छौ, फूल बन्छौ। यो कमाई नै तिम्रो साथमा जान्छ, यसमा कुनै किताब आदि पढ्ने आवश्यकता छैन। त्यस पढाइमा कति किताब आदि पढ्नु पर्छ। बाबाको ज्ञान सबैभन्दा अनौठो र सहज पनि छ। तर सबै गुप्त छ। तिमीहरू सिवाय कसैले बुझ्न सक्दैन– यिनीहरूले के पढ्छन् भनेर। अनौठो पढाइ छ। बाबा भन्नुहुन्छ– कहिल्यै गयल नहुनु। पढाइ कहिल्यै नछोड। बाबाको पासमा सबैको रिजल्ट आउँछ। त्यसबाट नै बाबा बुझ्नुहुन्छ– यो १० महिना गयल रह्यो, यो ६ महिना रह्यो। कसैले त चल्दा-चल्दै पढाइलाई पनि छोडिदिन्छन्। यो धेरै अनौठो चीज छ। यस्तो अनौठो चीज अरू कुनै छैन। कल्प-कल्प तिमी बच्चाहरूलाई यस्तो बाबा मिलेको छ। तिमी बच्चाहरूलाई थाहा छ– यी साकार बाबा त पुनर्जन्ममा आउँछन्। यिनले ८४ को चक्र भोग्छन्, ततत्त्वम्, यो खेल हो नि। खेल कहिल्यै भुलिँदैन। खेल सदैव याद रहन्छ।
बाबा सम्झाउनुहुन्छ– एक त यो दुनियाँ नर्क हो र यसमा पनि खास गरी यो सिनेमा नर्क हो। वहाँ जानाले वृत्ति धेरै खराब हुन्छ। अखबारमा पनि कुनै राम्रा-राम्रा चित्र देखे भने त्यसमा पनि बुद्धि जान्छ– यो धेरै राम्रो छ, यसलाई पुरस्कार मिल्नु पर्छ, विचार चल्छ। यस्तो हेर्ने नै किन? बुद्धिबाट सम्झन्छन्– यो सारा दुनियाँ नै खत्तम भएर जानेवाला छ। तिमी केवल मलाई नै याद गर। यस्ता यस्ता चीज नहेर, न विचार गर। यो त पुरानो दुनियाँको फोहोरी शरीर हो, यतातिर के हेर्ने। एक बाबालाई नै हेर्नु छ। बाबा भन्नुहुन्छ–प्यारा बच्चाहरू! लक्ष्य धेरै उच्च छ। माया कुनै कम छैन। हेर मायाको कति आडम्बर छ। उता छ साइन्स र यहाँ छ तिम्रो साइलेन्स। उनीहरूले चाहन्छन् मुक्ति पाऊँ। यहाँ तिम्रो लक्ष्य-उद्देश्य छ– जीवन मुक्ति पाउने। जीवन मुक्ति पाउने कसैले मार्ग बताउन सक्दैनन्। संन्यासी आदि कसैले पनि ज्ञान दिन सक्दैनन्। उनीहरूले कसैलाई सम्झाउन सक्दैनन् गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। यो एकै बाबाले सम्झाउनुहुन्छ। भक्तिमार्गमा समय व्यर्थ गयो। कति भूल हुन्छ। भूल गर्दै-गर्दै भोला बन्दै गएका छन्। यो अन्तिम जन्म १०० प्रतिशत भूलको नै हो। थोरै पनि बुद्धिले काम गर्दैन। अहिले बाबाले तिमीलाई सम्झाउनुहुन्छ, तब तिमीले बुझ्दछौ। अहिले तिमीले सबै बुझेका छौ त्यसैले अरूलाई पनि बुझाउँछौ। खुशीको पारा पनि तिमीलाई चढ्छ। आश्चर्य छ नि– उहाँ बाबाको कोही बाबा छैन, कुनै शिक्षक छैन। त्यसैले कहाँबाट सिक्नुभयो? मनुष्यले आश्चर्य खान्छन्। धेरैले सम्झन्छन्– यिनको अवश्य कोही गुरु होला। यदि उहाँले पनि गुरुबाट सिकेको भए त गुरुका शिष्य अरू पनि हुनु पर्ने हो। केवल एक जना मात्रै कहाँ हुन्थे र। गुरुका त धेरै शिष्य हुन्छन्। आगा खाँका हेर कति शिष्य छन्। उनीहरूको गुरुको लागि हेर कति सम्मान रहन्छ। उनलाई हीरामा तौल गर्छन्। तिमी केमा तौल गर्छौ? उहाँ त सबैभन्दा सुप्रिम हुनुहुन्छ। उहाँको तौल कति होला? तिमी के गर्छौ? तौलियो भने कति होला? कुनै चीज पर्न सक्छ? शिवबाबा त बिन्दु हुनुहुन्छ नि। आजकल तौल धेरै गर्छन्। कसैलाई सुनमा, कसैलाई चाँदीमा, प्लाटिनममा पनि गर्छन्। त्यो सुनभन्दा पनि महंगो हुन्छ। अब बाबा सम्झाउनुहुन्छ– ती जिस्मानी गुरुले त तिमीलाई सद्गति दिँदैनन्। सद्गतिमा लिएर जानेवाला त एकै बाबा हुनुहुन्छ, उहाँलाई केमा तौल गर्ने? मनुष्यले त केवल भगवान् भगवान् मात्रै गरिरहन्छन्। तर यो जान्दैनन्– उहाँ बाबा हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ। कति साधारण बस्नु भएको छ। बच्चाहरूको मुख हेर्नको लागि केही माथि बस्नुहुन्छ। सहयोगी बच्चाहरू विना मैले कसरी स्थापना गर्न सक्छु। जसले धेरै मदत गर्छन् उनीहरूलाई अवश्य बाबाले प्यार गर्नुहुन्छ। लौकिकमा पनि एउटा बच्चाले २००० कमाउँछ, अर्कोले १००० कमाउँछ भने पिताको प्यार को सँग रहला? तर आजकल त बच्चाले कहाँ पितालाई सोध्छन् र? बेहदको बाबाले पनि हेर्नुहुन्छ फलानो-फलानो बच्चा धेरै सहयोगी छन्। बच्चाहरूलाई हेरी-हेरी बाबा हर्षित हुनुहुन्छ। आत्मा खुशी हुन्छ। कल्प-कल्प म आउँछु र बच्चाहरूलाई हेरेर धेरै खुशी हुन्छु। जान्दछु– कल्प-कल्प यो मेरो सहयोगी बन्छ। उहाँ बाबाको प्यार कल्प-कल्पको बन्छ। जहाँ बसेका भए पनि बुद्धिमा यो सोच बाबा मेरो बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। स्वयं नै सबै कुरा हुनुहुन्छ। त्यसैले त सबैले उहाँलाई नै याद गर्छन्। सत्ययुगमा कसैले याद गर्दैनन् किनकि २१ जन्मको लागि बाबाले बेडा पार गरिदिनुहुन्छ। यस्तो-यस्तो स्मरण गरेर बच्चाहरू हर्षित हुनु पर्छ। खुशी हुनु पर्छ– मैले यसरी बाबाको सेवा गरूँ। सबैलाई बाबाको परिचय दिऊँ। उहाँ बेहदको बाबा हुनुहुन्छ। बाबाले नै स्वर्गको स्थापना गर्नुहुन्छ। बाबाले नै हामी सबैलाई साथ लिएर जानुहुन्छ। यसरी-यसरी सम्झाउनाले सर्वव्यापी भन्न सक्दैनन्। बाबाले भन्नु भएको छ– विनाश काले विपरीत बुद्धि विनश्यन्ति। ती सबै खत्तम भएर जान्छन्, बाँकी तिमीले विजय पाउँछौ। तिमी राजधानी स्थापना गरिरहेका छौ। आत्माहरूको बाबाले आत्माहरूलाई बसेर सम्झाउनुहुन्छ। यस्तो-यस्तो अनौठा कुरा सबैलाई सुनाउनु पर्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।
धारणाको लागि मुख्य सारः
१) हामी सुखदाताका बच्चा हौं, हामीले सबैलाई सुख दिनु छ। मनसा-वाचा-कर्मणा कसैलाई पनि दु:ख दिनु हुँदैन।
२) पढाइ र पढाउने दुवै नै अनौठो हुनुहुन्छ। यस्तो अनौठो पढाइलाई कहिल्यै पनि मिस गर्नु हुँदैन। गयल हुनु हुँदैन।
वरदान:
साथ रहनेछु, साथ जिउनेछु... यस प्रतिज्ञाको स्मृतिद्वारा कम्बाइन्ड रहने सहजयोगी भव:-
तिमी बच्चाहरूको प्रतिज्ञा छ– साथ रहनेछु, साथ जिउनेछु, साथ जानेछु… यस प्रतिज्ञालाई स्मृतिमा राखेर बाबा र तिमी कम्बाइन्ड रूपमा रह्यौ भने यस स्वरूपलाई नै सहजयोगी भनिन्छ। योग लगाउनेवाला होइन सदा कम्बाइन्ड अर्थात् साथ रहनेवाला। यसरी साथ रहनेवाला नै निरन्तर योगी, सदा सहयोगी, उड्ती कलामा जानेवाला फरिस्ता स्वरूप बन्छन्।
स्लोगन:
प्रश्न चिह्नको टेढो मार्ग लिनुको सट्टा कल्याणको बिन्दु लगाउनु नै कल्याणकारी बन्नु हो।
No comments
Say Om Shanti to all BKs