BK Murli 21 January 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 21 January 2018 Nepali

    २०७४ माघ ७ आइतबार २१-०१-२०१८ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २१-०४-८३ मधुबन


    संगमयुगका मर्यादाहरूमा चल्नु नै पुरुषोत्तम बन्नु हो

    आज बापदादा सर्व मर्यादा पुरुषोत्तम बच्चाहरूलाई देखिरहनु भएको छ। संगमयुगका मर्यादाहरूले नै पुरुषोत्तम बनाउँछ त्यसैले मर्यादा पुरुषोत्तम भनिन्छ। यी तमोगुणी मनुष्य आत्माहरू र तमोगुणी प्रकृतिको वायुमण्डल, प्रकम्पनबाट बच्ने सहज साधन हो– यी मर्यादाहरू। मर्यादा भित्र बस्नेहरू सदा मेहनतबाट बचेका छन्। मेहनत तब गर्नु पर्छ, जब मर्यादाहरूको रेखाबाट संकल्प, बोली वा कर्मले बाहिर निस्कन्छौ। मर्यादा हरेक कदमको लागि बापदादाद्वारा मिलेका छन्, सोही अनुसार कदम उठाउनाले स्वत: नै मर्यादा पुरुषोत्तम बन्छौ। अमृतबेला देखि लिएर रातिसम्म मर्यादापूर्वक जीवनलाई राम्रो सँग जानेका छौ! सोही अनुसार चल्नु– यही पुरुषोत्तम बन्नु हो। जब नाम नै पुरुषोत्तम छ अर्थात् सर्वसाधारण पुरुषभन्दा उत्तम। त्यसैले चेक गर– मलाई श्रेष्ठ आत्माहरूको पहिलो मुख्य कुरा स्मृति उत्तम छ? स्मृति उत्तम छ भने वृत्ति र दृष्टि, स्थिति स्वत: नै श्रेष्ठ हुन्छ। स्मृतिको मर्यादाको रेखा जानेका छौ नि? म पनि श्रेष्ठ आत्मा र सबै पनि एक श्रेष्ठ बाबाका आत्माहरू हुन्! भेराइटी आत्माहरू भेराइटी पार्ट खेल्नेवाला हुन्। यो पहिलो पाठ स्वाभाविक रूपमा स्मृति स्वरूपमा रहोस्। देहलाई देखेर पनि आत्मालाई हेर। यो समर्थ स्मृति हर सेकेन्ड स्वरूपमा आओस्, स्मृति स्वरूप हुन पुगोस्। स्मरणमा मात्र नहोस्– म पनि आत्मा, यो पनि आत्मा। तर म हुँ नै आत्मा, यी पनि हुन् नै आत्मा। यो पहिलो स्मृतिको मर्यादाले स्वयंलाई सदा निर्विघ्न बनाउँछ र अरूलाई पनि यस श्रेष्ठ स्मृतिको समर्थपनको प्रकम्पन फैलाउने निमित्त बन्न पुग्छौ, जसले अझै निर्विघ्न बन्छौ।

    पाण्डव सेना मिलन मनाउन त आएका छन् तर मिलनको साथ-साथै पहिलो मर्यादाको रेखाको जग ‘स्मृति भव’ को वरदान पनि सदा साथ लिएर जाऊ। ‘स्मृति भव’ नै समर्थ भव हो। जे पनि कुरा सुनेका छौ त्यसको सार के लिएर जान्छौ? सार हो “स्मृति भव।” यही वरदानलाई सदा अमृतबेला दोहोर्या ऊ, हर कार्य गर्नुभन्दा पहिला यस वरदानको समर्थ स्थितिको आसनमा बसेर निर्णय गर– व्यर्थ हो वा समर्थ हो, फेरि कर्ममा आऊ। कर्म गरेपछि फेरि पनि चेक गर, कर्मको आदिकाल देखि अन्तकालसम्म समर्थ रह्यो? नत्र बच्चाहरूले कर्मको आदिकाल समय समर्थ स्वरूपले सुरु गर्छन् तर मध्यमा समर्थको बीच व्यर्थ वा साधारण कर्म कसरी हुन गयो, समर्थको बदलामा व्यर्थको लाइनमा कहिले र कुन समयमा गयौं? यो थाहा हुँदैन। फेरि अन्त्यमा सोच्छन् जस्तो गर्नु पर्ने हो त्यस्तो गरेनौ। तर परिणाम के भयो! गरेर फेरि सोच्नु– यो त्रिकालदर्शी आत्माहरूको लक्षण होइन। त्यसैले तीनै कालमा स्मृति भव वा समर्थ भव। बुझ्यौ के लैजानु छ? समर्थ स्थितिको आसनलाई कहिल्यै नछोड। यो आसन नै हंस आसन हो। हंसको विशेषता, निर्णय शक्तिको विशेषता हो। निर्णय शक्तिद्वारा सदा मर्यादा पुरुषोत्तम स्थितिमा अगाडि बढ्दै जान्छौ। यो वरदान ‘आसन’ र यो ईश्वरीय टाइटल ‘मर्यादा पुरुषोत्तम’ को सदा साथ रहोस्। अच्छा– आज त केवल बधाई दिने दिन हो। सेवामा गइरहेका छौ त्यसैले बधाईको दिन हो नि! लौकिक घर होइन, सेवा स्थानमा गइरहेका छौ। बकुल्लाको बीचमा गइरहेका छौ तर सेवा अर्थ गइरहेका छौ। कर्म सम्बन्ध सम्झेर नजाऊ, सेवाको सम्बन्ध हो। कर्म सम्बन्ध चुक्ता गर्न बसेका होइनौ, सेवाको सम्बन्ध निर्वाह गर्नको लागि बसेका हौ। कर्मबन्धन होइन, सेवाको बन्धन हो। अच्छा!

    सदा व्यर्थलाई समाप्त गरेर समर्थ स्थितिको हंस आसनमा स्थित रहने, हर कर्मलाई त्रिकालदर्शी शक्तिले तीनै काल समर्थ बनाउने, सदा स्वत: आत्मिक स्थितिमा स्थित रहने– यस्ता मर्यादा परुषोत्तम श्रेष्ठ आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    पार्टीहरू सँग अव्यक्त बापदादाको भेटघाट 

    १- सदा आफूलाई श्रेष्ठ भाग्यवान अनुभव गर्छौ? जसको पिता नै भाग्यविधाता हुनुहुन्छ, ऊ कति भाग्यवान होला! भाग्यविधाता पिता हुनुहुन्छ भने वर्सामा के दिनुहोला? अवश्य श्रेष्ठ भाग्य नै दिनुहोला नि! सदा भाग्यविधाता बाबा र भाग्य दुवै याद रहोस्। जब आफ्नो श्रेष्ठ भाग्य स्मृतिमा रहन्छ, तब अरूलाई पनि भाग्यवान् बनाउने उमंग-उत्साह रहन्छ किनकि दाताका बच्चा हौ। भाग्य विधाता बाबाले ब्रह्माद्वारा भाग्य बाँडे भने तिमी ब्राह्मणले के गर्छौ? जे ब्रह्माको काम त्यो ब्राह्मणहरूको पनि काम। त्यसैले यस्तो भाग्य बाँड्नेवाला बन। तिनीहरूले त कपडा बाँड्छन्, अन्न बाँड्छन्, पानी बाँड्छन् तर श्रेष्ठ भाग्य त भाग्यविधाताका बच्चाले नै बाँड्न सक्छन्। त्यसैले भाग्य बाँड्नेवाला श्रेष्ठ भाग्यवान आत्माहरू हौ। जसलाई भाग्य प्राप्त छ, उसलाई सबै कुरा प्राप्त हुन्छ। त्यसो त यदि आज कसैलाई कपडा दिन्छौ भने भोलि अन्नको कमी हुन जान्छ, भोलि अन्न दिन्छौ भने पानीको कमी हुन जान्छ। एक-एक चीज कहाँसम्म बाँड्छौ। त्यसले तृप्त हुन सक्दैनन्। तर यदि भाग्य बाँडेमा जहाँ भाग्य छ, वहाँ सबै कुरा छ। त्यसै पनि कसैलाई केही मिल्छ भने भन्छन् वाह मेरो भाग्य! जहाँ भाग्य छ वहाँ सबै प्राप्त छ। त्यसैले तिमीहरू सबै श्रेष्ठ भाग्यको दान गर्नेवाला हौ। यस्ता श्रेष्ठ महादानी, श्रेष्ठ भाग्यवान् हौ। यही स्मृतिले सदा उड्ती कलामा लिएर जाने छ। जहाँ श्रेष्ठ भाग्यको स्मृति हुन्छ वहाँ सर्व प्राप्तिको स्मृति हुन्छ। यो भाग्य बाँड्नमा विशालदिल बन। यो अखुट हो। जब थोरै चीज हुन्छ, उसमा कन्जुसीको भावना आउन सक्छ तर यो अखुट छ त्यसैले बाँड्दै जाऊ। सदा दिंदै गर, एक दिन पनि दान नदिइएको नहोस्। सदा दानीले सारा समय आफ्नो खजाना खुल्ला राख्छन्। एक घण्टा पनि दान बन्द गर्दैनन्। ब्राह्मणहरूको काम नै हो सदा विद्या लिनु र विद्या दान गर्नु। त्यसैले यही कार्यमा तत्पर होऊ।

    २- सदा आफूलाई संगमयुगी हीरातुल्य आत्मा अनुभव गर्छौ? तिमीहरू सबै सच्चा हीरा हौ नि! हीराको धेरै मूल्य हुन्छ। तिम्रो ब्राह्मण जीवनको कति मूल्य छ! त्यसैले ब्राह्मणहरूलाई सदा चोटीमा देखाउँछन्। चोटी अर्थात् उच्च स्थान। त्यसो त उच्च हुन् देवता तर देवताहरू भन्दा पनि उच्च तिमी ब्राह्मण हौ– यस्तो नशा रहन्छ? म बाबाको, बाबा मेरो– यही ज्ञान हो नि! यही एक कुरा याद राख्नु छ। सदा मनमा यही गीत चलिरहोस् “जे पाउनु थियो त्यो पाइसकें।” मुखको गीत त एक घण्टा पनि गायौ भने थाकिहाल्छौ, तर यो गीत गाउँदा थकावट हुँदैन। बाबाको बन्नाले सबै कुरा बनिहाल्छ, नाच्ने पनि, गीत गाउने पनि, चित्रकार पनि, प्राक्टिकल आफ्नो फरिश्ताको चित्र बनाइरहेका छौ। बुद्धियोगद्वारा कति राम्रो चित्र बनाउँछौ। त्यसैले जे भन त्यो सबैथोक हौ। ठूलोमा ठूलो व्यापारी पनि हौ‚ मिलहरूको मालिक पनि हौ‚ त्यसैले सदा आफ्नो यस पेशालाई स्मृतिमा राख। कहिले खानीको मालिक बन त कहिले चित्रकार बन‚ कहिले नृत्य गर्ने बन... धेरै रमणिक ज्ञान छ‚ सुख्खा होइन। कैयौंले भन्छन्– के हरेक दिन त्यही आत्मा‚ परमात्माको ज्ञान सुनिराख्ने‚ तर यो आत्मा परमात्माको सुख्खा ज्ञान होइन। धेरै रमणिक ज्ञान छ‚ केवल हरेक दिन आफ्नो नयाँ-नयाँ टाइटल याद राख– म आत्मा हुँ तर कुनचाहिँ आत्मा हुँ? कहिले चित्रकारको आत्मा हुँ‚ कहिले व्यापारीको आत्मा हुँ... यस्तो रमणिकतामा अगाडि बढ्दै गर। बाबा पनि रमणिक हुनुहुन्छ। हेर‚ कहिले धोबी बन्नुहुन्छ भने कहिले विश्वको रचयिता‚ कहिले आज्ञाकारी सेवक... त्यसैले जस्तो बाबा त्यस्तै बच्चा... यसरी नै यस रमणिक ज्ञानको स्मरण गरेर हर्षित भइराख।

    वर्तमान समय अनुसार स्वयं र सेवा दुवैको गतिको सन्तुलन आवश्यक छ। हरेकले सोच्नु पर्छ– जति सेवा लिएका छौं त्यति रिटर्न दिइरहेका छौं! अहिले समय हो सेवा गर्ने। जति अगाडि बढ्छौ‚ सेवाको योग्य समय हुँदै जान्छ तर त्यस समय परिस्थितिहरू पनि अनेक हुन्छन्। ती परिस्थितिहरूमा सेवा गर्नको लागि अहिले देखि सेवाको अभ्यास चाहिन्छ। त्यो समयमा आउन जान पनि मुश्किल हुन्छ। मनसाद्वारा नै अगाडि बढाउने सेवा गर्नु पर्ने हुन्छ। त्यतिबेला दिने समय हुन्छ, स्वयंमा भर्ने होइन। त्यसैले पहिला देखि नै आफ्नो भण्डार चेक गर– सर्वशक्तिहरूको भण्डार भरिसक्यौ? सर्वशक्ति, सर्वगुण, सर्व ज्ञानको खजाना, यादको शक्तिद्वारा सदा भरपुर। कुनै पनि चीजको कमी हुनु हुँदैन।

    २८ तारिक अमृतबेला बापदादाले सतगुरुबारको बधाई दिनुभयो:– वृक्षपति दिवसको बधाई। वृक्षपति दिवसमा सदाकालको लागि बृहस्पतिको दशा कायम रहोस्, यही सदा स्मृति स्वरूप रहनु छ। अब त सबैले प्रतिज्ञा पक्का गरेका छौ नि! कुमार ग्रुप तयार भएमा आवाज जोडले फैलिने छ। सरकारसम्म पुग्ने छ। तर अविनाशी रह्यौ भने मात्रै, गडबड नगर। उमंग-उत्साह, हिम्मत राम्रो छ, जहाँ हिम्मत छ वहाँ मदत त हुन्छ नै। शक्तिहरूले के सोचिरहेका छौ? शक्तिहरू विना त शिव पनि छैन। शिव छैन भने शक्तिहरू छैन, शक्तिहरू छैन भने शिव पनि छैन। बाबाले पनि भुजाहरू विना के गर्न सक्नुहुन्छ! त्यसैले पहिलो भुजाहरू को? वाह रे म! अच्छा!

    परमात्म प्यारमा सदा लवलीन होऊ (अव्यक्त महावाक्य-व्यक्तिगत)

    परमात्म-प्यारको अनुभवी बन्यौ, यही अनुभवले सहजयोगी बनेर उड्दै जानेछौ। परमात्म-प्यार उडाउने साधन हो। उड्नेवाला कहिल्यै पनि धर्तीको आकर्षणमा आउन सक्दैन। मायाको जतिसुकै आकर्षित रूप होस् तर त्यो आकर्षण उड्ती कला भएकाको पासमा पुग्न सक्दैन। यो परमात्म प्यारको डोरीले टाढा-टाढाबाट खिँचेर ल्याउँछ। यो यस्तो सुखदायी प्यार हो, जुन यस प्यारमा एक सेकेन्ड पनि डुबे भने उनले अनेक दु:ख भुल्न पुग्छन् र सदाको लागि सुखको झुलामा झुल्न थाल्छन्। जीवनमा जे चाह्यो, यदि त्यो कसैले दिएमा यही प्यारको निशानी हुन्छ। बाबाको तिमी बच्चाहरू सँग यति धेरै प्यार छ, जसले जीवनको सुख-शान्तिको सबै कामनाहरू पूर्ण गरिदिनुहुन्छ। बाबाले सुख मात्रै दिनुहुन्न बरु सुखको भण्डारको मालिक बनाइदिनुहुन्छ। साथ-साथै श्रेष्ठ भाग्यको रेखा खिँच्ने कलम पनि दिनुहुन्छ, जति चाहियो त्यति भाग्य बनाउन सक्छौ– यही परमात्म प्यार हो। जो बच्चा परमात्म प्यारमा सदा लवलीन, डुबिरहन्छन् उनको झलक र फलक, अनुभूतिका किरणहरू यति शक्तिशाली हुन्छन्, जसद्वारा कुनै पनि समस्या नजिक आउने त के टाढाबाट आँखा उठाएर पनि हेर्न सक्दैन। उनीहरूलाई कहिल्यै पनि कुनै पनि प्रकारको मेहनत अनुभव हुन सक्दैन। बाबाको बच्चाहरू सँग यति प्यार छ, जसले अमृतबेला देखि बच्चाहरूको पालना गर्नुहुन्छ। दिनको आरम्भ नै कति श्रेष्ठ हुन्छ! स्वयं भगवान् मिलन मनाउनको लागि बोलाउनु हुन्छ, रूहरिहान गर्नुहुन्छ, शक्तिहरू भर्नुहुन्छ! बाबाको स्नेहको गीतले तिमीलाई उठाउँछ। कति स्नेहले बोलाउनुहुन्छ, उठाउनुहुन्छ– मीठे बच्चे, प्यारे बच्चे, आऊ...। त्यसैले यस प्यारको पालनाको प्राक्टिकल स्वरूप हो ‘सहज योगी जीवन।’ जो सँग प्यार हुन्छ, उसलाई जे राम्रो लाग्छ, त्यही गरिन्छ। बाबालाई बच्चाहरूको उदास भएको राम्रो लाग्दैन। त्यसैले कहिल्यै पनि यो नभन– के गरूँ, कुरा नै यस्तो थियो त्यसैले उदास भएँ... यदि कुरा उदासीको आउँछ भने पनि तिमी उदास नबन। बापदादाको बच्चाहरू सँग यति धेरै प्यार छ, जसले सम्झनुहुन्छ– हर एक बच्चा मभन्दा पनि अगाडि होस्। दुनियाँ पनि जो सँग धेरै प्यार हुन्छ, उसलाई आफूभन्दा पनि अगाडि बढाउने गरिन्छ। यही प्यारको निशानी हो। त्यसैले बापदादा पनि भन्नुहुन्छ– मेरो बच्चामा अब कुनै पनि कमी नरहोस्, सबै सम्पूर्ण, सम्पन्न र समान बनून्।

    परमात्म प्यार आनन्दमय झुला हो, यस सुखदायी झुलामा झुल्दै सदा परमात्म प्यारमा लवलीन रह्यौ भने कहिल्यै कुनै परिस्थिति वा मायाको हलचल आउन सक्दैन। परमात्म-प्यार अखुट छ, अटल छ, यति छ जुन सबैलाई प्राप्त हुन सक्छ। तर परमात्म-प्यार प्राप्त गर्ने विधि हो– न्यारा बन्नु। जो जति न्यारा छ, त्यति ऊ परमात्म प्यारको अधिकारी हुन्छ। परमात्म प्यारमा डुबेका आत्माहरू कहिल्यै पनि हदको प्रभावमा आउन सक्दैनन्, सदा बेहदको प्राप्तिहरूमा मगन रहन्छन्। उनीहरूबाट सदा रूहानियतको सुगन्ध आउँछ। प्यारको निशानी हो– जस सँग प्यार हुन्छ उसप्रति सबै समर्पण गरिदिन्छन्। बाबाको बच्चाहरू सँग यति प्यार छ, जसले हरदिन प्यारको जवाफ दिन यति लामो पत्र लेख्नुहुन्छ। याद-प्यार दिनुहुन्छ र साथी बनेर सदा साथ निर्वाह गर्नुहुन्छ। त्यसैले यस प्यारमा आफ्ना सबै कमजोरीहरू बलिदान गरिदेऊ। बच्चाहरू सँग बाबाको प्यार छ, त्यसैले सदा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जे हौ, जस्तो हौ, मेरो हौ। यस्तै तिमी पनि सदा प्यारमा लवलीन भएर दिलबाट भन– बाबा जे छ त्यो सबै हजुरको नै हो। कहिल्यै असत्यको राज्यको प्रभावमा नआऊ। जो प्यारो हुन्छ उसलाई याद गरिदैन, उसको याद स्वत: आउँछ। केवल प्यार दिलको होस्, सच्चा र नि:स्वार्थ होस्। जब भन्छौ मेरो बाबा, प्यारो बाबा, त्यसोभए प्यारोलाई कहिल्यै भुल्न सकिदैन। नि:स्वार्थ प्यार बाबा सिवाय अरू कुनै पनि आत्माबाट मिल्न सक्दैन। त्यसैले कहिल्यै मतलबले याद नगर, नि:स्वार्थ प्यारमा लवलीन होऊ।

    आदिकाल, अमृतबेला आफ्नो दिलमा परमात्म प्यारलाई सम्पूर्ण रूपमा धारण गर। यदि दिलमा परमात्म प्यार, परमात्म शक्तिहरू, परमात्म ज्ञान भरपुर छ भने कहिल्यै कसै पनि तर्फ लगाव वा स्नेह जान सक्दैन। यो परमात्म प्यार यस एक जन्ममा नै प्राप्त हुन्छ। ८३ जन्म देव आत्माहरू वा साधारण आत्माहरूद्वारा प्यार मिल्यो, अहिले नै परमात्म प्यार मिल्छ। त्यो आत्म प्यारले राज्य-भाग्य गुमाइदिन्छ भने परमात्म प्यारले राज्य-भाग्य दिलाउँछ। त्यसैले यस प्यारको अनुभूतिमा डुबिराख। बाबा सँग सच्चा प्यार छ भने प्यारको निशानी हो– समान, कर्मातीत बन। ‘गराउनेवाला’ भएर कर्म गर, गराऊ। कर्मेन्द्रियहरूले तिमीलाई नगराऊन्, तर तिमीले कर्मेन्द्रियहरूबाट गराऊ। कहिल्यै पनि मन-बुद्धि वा संस्कारहरूको वश भएर कुनै पनि कर्म नगर। अच्छा!


    वरदान:

    करावनहारको स्मृतिद्वारा ठूलो भन्दा ठूलो कार्यलाई पनि सहज गर्ने निमित्त करनहार भव:-  

    बापदादाले स्थापनाको ठूलो भन्दा ठूलो कार्य स्वयं करावनहार बनेर निमित्त करनहार बच्चाहरूद्वारा गराइरहनु भएको छ। करन-करावनहार यो शब्दमा बाबा र बच्चा दुवै कम्बाइण्ड छन्। हात बच्चाहरूको र काम बाबाको। हात बढाउने सुनौलो मौका बच्चाहरूलाई नै मिलेको छ। तर अनुभव यही गर्छौ– गराउनेवालाले गराइरहनु भएको छ, निमित्त बनाएर चलाइरहनु भएको छ। हर कर्ममा करावनहारको रूपमा साथी हौ।

    स्लोगन:

    ज्ञानी आत्मा ऊ नै हो, जो बिन्ती गर्नुको सट्टा सदा राजी रहन्छ।  



    ***OM SHANTI***

    No comments

    Say Om Shanti to all BKs