BK Murli 3 January 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 January 2018 Nepali

    २०७४ पौष १९ बुधबार ३-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– बुद्धिको योग बाबा सँग लगाइ रह्यौ भने लामो यात्रालाई सहजै पार गर्न सक्छौ।”  

    प्रश्न:

    बाबामा कुर्बान जानको लागि कुन कुराको त्याग आवश्यक छ?

    उत्तर:

    देह-अभिमानको। देह-अभिमान आयो भने मर्योक, व्यभिचारी भयो। कुर्बान हुनमा बच्चाहरूको हृदय विदीर्ण हुन्छ। यदि कुर्बान भएका हौ भने उहाँ एकको नै याद रहोस्। उहाँ माथि नै बलिहार जानु पर्छ। उहाँको नै श्रीमतमा चल्नु पर्छ।

    गीत:–

    रात के राही...

    ओम् शान्ति।

    ओम् शान्ति। भगवानुवाच– भगवान्‌ले आफ्ना बच्चाहरूलाई राजयोग र ज्ञान सिकाइरहनु भएको छ। उहाँ कुनै मनुष्य हुनुहुन्न। गीतामा लेखिएको छ कृष्ण भगवानुवाच। अब श्रीकृष्णले सारा दुनियाँलाई मायाबाट मुक्त गरून्, यो त सम्भव छैन। बाबा नै आएर बच्चाहरूलाई सम्झाउनुहुन्छ, जसले बाबालाई आफ्नो बनाएका छन् र बाबाको सम्मुख बसेका छन्। कृष्णलाई बाबा भन्न सकिंदैन। बाबालाई भनिन्छ परमपिता, परमधाममा रहनेवाला। आत्माले यस शरीरद्वारा भगवान्‌लाई याद गर्छ। बाबा बसेर सम्झाउनुहुन्छ– म तिम्रो बाबा परमधाममा रहनेवाला हुँ। म सबै आत्माहरूको पिता हुँ। मैले नै कल्प पहिला पनि बच्चाहरूलाई आएर सिकाएको थिएँ– बुद्धिको योग म परमपिता सँग लगाऊ। आत्माहरू सँग कुरा गरिन्छ। आत्मा जहिले सम्म शरीरमा आउँदैन आँखाले देख्न सक्दैन। कान द्वारा सुन्न सक्दैन। आत्मा बिना शरीर जड हुन्छ। आत्मा चैतन्य छ। गर्भमा बच्चा छ, तर जबसम्म त्यसमा आत्माले प्रवेश गर्दैन, तबसम्म हलचल गर्दैन। यस्ता चैतन्य आत्माहरू सँग बाबा कुरा गर्नुहुन्छ। भन्नुहुन्छ– मैले यो शरीर लोनमा लिएको छु। म आएर सबै आत्माहरूलाई वापस लिएर जान्छु। जो आत्माहरू सम्मुख हुन्छन् उनीहरूलाई राजयोग सिकाउँछु। राजयोग सारा दुनियाँले सिक्दैनन्। कल्प पहिला आएकाले नै राजयोग सिकिरहेका छन्। 

    अहिले बाबा सम्झाउनुहुन्छ– बुद्धिको योग बाबा सँग अन्त्य समयसम्म लगारहनु छ, यसमा रोकिनु हुँदैन। स्त्री पुरुषले पहिला एक अर्कालाई चिनेका पनि हुँदैनन्। फेरि जब दुवैको विवाह हुन्छ फेरि कुनै ६०-७० वर्ष पनि सँगै रहन्छन्, सारा जीवन शरीरलाई याद गरिरहन्छन्। स्त्रीले भन्छिन्– यी मेरो पति हुन्, उसले भन्छ– यी मेरी पत्नी हुन्। अब तिम्रो सम्बन्ध भएको छ निराकार सँग। निराकार बाबाले नै आएर सम्बन्ध जोड्नु भयो। भन्नुहुन्छ– कल्प पहिला जसरी तिमी बच्चाहरूलाई आफू सँग सम्बन्ध जोड्छु। म निराकार यस मनुष्य सृष्टिको बीजरूप हुँ। सबैले भन्दछन्– यो मनुष्य सृष्टि गड फादरले रच्नु भएको हो। बाबा सदैव परमधाममा रहनुहुन्छ। अहिले भन्नुहुन्छ मलाई याद गर। यात्रा लामो हुनाको कारण धेरै बच्चाहरू थाक्छन्। बुद्धिको योग पूरा लगाउन सक्दैनन्। मायाको धेरै ठक्कर खानाले थाक्छन्, मर्छन् पनि। फेरि हात छोडिदिन्छन्। कल्प पहिला पनि यस्तै भएको थियो। यहाँ त जहिलेसम्म बाँचिन्छ, तब सम्म याद गर्नु छ। स्त्रीको पति मर्योन भने पनि याद गरिरहन्छन्। यी बाबा वा पति यसै छोडेर जानेवाला त हुनुहुन्न। भन्नुहुन्छ– मैले तिमी सजनीहरूलाई साथमा लिएर जान्छु। तर यसमा समय लाग्छ, थाक्नु हुँदैन। पापहरूको बोझ शिरमा धेरै छ। त्यो योगमा रहेर नै उत्रिन्छ। योग यस्तो होस्, जसले गर्दा अन्तमा बाबा वा साजन सिवाय अरू कुनै याद नआओस्। यदि अरू केही याद आयो भने व्यभिचारी भयौ, फेरि पापहरूको दण्ड भोग्नु पर्छ। त्यसैले बाबा भन्नुहुन्छ– परमधामका राही नथाक।

    तिमीलाई थाहा छ– मैले ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहेको छु र शंकरद्वारा सबै धर्महरूको विनाश गराउँछु। अहिले सम्मेलन गरिरहन्छन्– सबै धर्म मिलेर एउटै कसरी हुने, सबै शान्तमा कसरी रहने, त्यसको बाटो निकालौं। अब अनेक धर्मको एक मत त हुन सक्दैन। एक मतबाट एक धर्मको स्थापना हुन्छ। ती सबै धर्महरू सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी होऊन् तब आपसमा क्षीरखण्ड हुन सक्छन्। रामराज्यमा सबै क्षीरखण्ड थिए। जनावर पनि लड्दैनथे। यहाँ त घर-घरमा झगडा छ। लड्छन् तब, जब उनीहरूको कुनै अभिभावक हुँदैनन्। आफ्नो माता-पितालाई जान्दैनन्। गाउँछन् पनि– तिमी मात-पिता... अपार सुख त अहिले छँदै छैन। भन्दछन् माता-पिताको कृपा छैन। बाबालाई चिनेकै छैनन्, बाबाले कृपा कसरी गर्ने? फेरि टिचरको डाइरेक्शनमा चलून् तब कृपा हुन्छ। उनीहरूले त भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ, कसले कृपा गर्ने र कसमाथि गर्ने? कृपा लिनेवाला र गर्नेवाला दुवै चाहिन्छ। विद्यार्थी पहिला त आएर टिचरको पासमा पढून्। यो कृपा आफै माथि गरून्। फेरि टिचरको डाइरेक्शनमा चलून्। पुरुषार्थ गराउनेवाला पनि चाहिन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ र सतगुरु पनि हुनुहुन्छ। उहाँलाई परमपिता, परमशिक्षक, परम सतगुरु पनि भनिन्छ। बाबा भन्नुहुन्छ– मैले कल्प-कल्प यो स्थापनाको कार्य गराउँछु। पतित दुनियाँलाई पावन दुनियाँ बनाउँछु। विश्व सर्वशक्तमान् अधिकारी हुनुहुन्छ नि। विश्व सर्वशक्तिमान्‌को राज्य कायम गर्नुहुन्छ। सारा सृष्टिमा एउटै लक्ष्मी- नारायणको राज्य थियो। उनीहरूको सर्वोच्च सत्ता थियो। वहाँ कसैले लडाईं झगडा गर्न सक्दैनन्। वहाँ माया नै हुँदैन। हो नै गोल्डन एज, सिलवर एज। सत्ययुग त्रेता दुवैलाई स्वर्ग अथवा वैकुण्ठ भनिन्छ। सबैले गाउँछन् पनि चलो वृन्दावन भजो राधे गोविन्द– जान त कोही जाँदैन। केवल याद गर्छन्। अहिले त मायाको राज्य छ। सबै रावणको मतमा छन्। देख्नको लागि त ठूला-बडा मानिस धेरै आउँछन्। ठूला-ठूला टाइटिल मिल्छ। थोरै हिम्मत देखाउँछन् वा राम्रो कर्म गरे भने टाइटल मिल्छ। कसैलाई डाक्टर अफ फिलोसोफी, कसैलाई के! यस्ता-यस्ता टाइटल दिइरहन्छन्। तिमी त हौ ब्राह्मण। सारा विश्वको सेवामा छौ। तिमीले दैवी राजधानी स्थापना गरिरहेका छौ। जब स्थापना हुन्छ तब तिमीलाई टाइटल मिल्छ। सूर्यवंशी राजा-रानी,चन्द्रवंशी राजा-रानी... फेरि तिम्रो राज्य चल्छ। वहाँ कसैलाई टाइटल मिल्दैन। वहाँ दु:खको कुनै कुरा नै हुँदैन, जसको लागि कसैको दु:ख दूर गरून् वा बहादुरी देखाऊन् अनि टाइटल मिलोस्। जुन रसम रिवाज यहाँ हुन्छ त्यो वहाँ हुँदैन। न लक्ष्मी-नारायण यस पतित दुनियाँमा आउन सक्छन्, यतिबेला कुनै पनि पावन देवता छैनन्। यो हो नै पतित आसुरी दुनियाँ। अनेक मत-मतान्तरमा अलमलिएका छन्। यहाँ त एउटै श्रीमत छ, जसबाट राजधानी स्थापना भइरहेको छ। हो चल्दा-चल्दै कसैलाई मायाको काँडा लाग्यो भने लङ्गडाइ रहन्छ, त्यसैले बाबा भन्नुहुन्छ सदैव श्रीमतमा चल। आफ्नो मनमतमा चल्यौ भने धोखा खान्छौ। सच्चा कमाई हुन्छ सच्चा बाबाको मतमा चल्नाले। आफ्नो मतबाट बेडा डुब्छ। कति महावीरहरू श्रीमतमा नचल्नाको कारण अधोगतिमा पुगे। 

    अब तिमी बच्चाहरूले सद्‌गति प्राप्त गर्नु छ। श्रीमतमा चलेनौ र दुर्गति पायौ भने फेरि धेरै पश्चाताप् गर्नु पर्छ। फेरि धर्मराजपुरीमा शिवबाबा यस तनमा बसेर सम्झाउनुहुन्छ– मैले तिमीलाई यस ब्रह्मा तनद्वारा यति सम्झाएँ, पढाएँ, कति मेहनत गरें। निश्चय पत्र लेख्यौ– श्रीमतमा चल्छौं भनेर। तर चलेनौ। श्रीमतलाई कहिल्यै छोड्नु हुँदैन। जे सुकै होस्, बाबालाई बताउनाले सावधानी मिलिरहन्छ। काँडा बिझ्यो भने बाबालाई भुल्छौ। बच्चाहरू सद्‌गति गर्नेवाला बाबाबाट पनि ३ कोस टाढा भाग्छन्। गाउँछन् पनि कुर्बान जाऊँ। तर कसमाथि? यस्तो त लेखेका छैनौ– संन्यासी माथि बलिहार जाऊँ! वा ब्रह्मा विष्णु शंकर माथि बलिहार जाऊँ! वा कृष्ण माथि जाऊँ! कुर्बान जानु छ परमपिता परमात्मा माथि। कुनै मनुष्य माथि होइन। वर्सा मिल्छ बाबाबाट। बाबा बच्चाहरू माथि कुर्बान हुनुहुन्छ। उहाँ बेहदको बाबाले पनि भन्नुहुन्छ– म कुर्बान हुन आएको छु। तर बाबा माथि कुर्बान हुन बच्चाहरूको हृदय कति विदीर्ण हुन्छ। देह-अभिमानमा आयौ भने मर्छौ, व्यभिचारी हुन्छौ। याद उहाँ एकको नै रहनु पर्छ। उहाँ माथि बलिहार जानु पर्छ। अब नाटक पूरा हुन्छ। अब हामीलाई वापस जानु छ। बाँकी मित्र-सम्बन्धी आदि त सबै चिहान हुनु छ। उनीहरूलाई के याद गर्ने, यसमा अभ्यास धेरै चाहिन्छ। गाइएको पनि छ– चढे तो चाखे अमृतरस... जोडले गिर्छन् अनि पद गुमाइदिन्छन्। यस्तो होइन स्वर्गमा आउँदैनन्। राजा रानी बन्न र प्रजा बन्नमा फरक त छ नि। यहाँको भील पनि हेर, मन्त्री पनि हेर। फरक छ नि। त्यसैले पुरुषार्थ पूरा गर्नु छ। कोही गिरेर एकदम पतित बन्छन्। श्रीमतमा चल्न चलेनन् भने मायाले नाकबाट पक्रेर एकदम गटरमा खसालिदिन्छ। बापदादाको बनेर फेरि ट्रेटर बन्नु, मतलब उहाँको सामना गर्नु हो। त्यसैले बाबा भन्नुहुन्छ– कदम-कदम सम्हाल गरेर चल। अब मायाको अन्त्य हुनेवाला छ। मायाले धेरैलाई गिराउँछ, त्यसैले बच्चाहरू खबरदार रहनु छ। बाटो अलि लामो छ, पद पनि धेरै ठूलो छ। यदि विश्वासघाती बन्यौ भने सजाय पनि धेरै हुन्छ। जब धर्मराज बाबाले सजाय दिनु हुनेछ, धेरै चिल्लाउने छन्, जुन फेरि कल्प-कल्पको लागि कायम हुन जान्छ। माया धेरै प्रबल छ। अलिकति पनि बाबाको डिसरिगार्ड गर्यौ् भने मर्यौे। गाइएको छ– सतगुरुका निंदक ठौर न पाये। काम वश, क्रोध वश उल्टो काम गर्छन्। मतलब बाबाको निन्दा गराउँछन् र दण्डको निमित्त बन्छन्। यदि कदम-कदममा पदमको कमाई हुन्छ भने पदम घाटा पनि हुन्छ। यदि सेवाबाट जम्मा हुन्छ भने विकर्मबाट उल्टो घाटा पनि हुन्छ। बाबाको पास सारा हिसाब रहन्छ। अहिले सम्मुख पढाइरहनु भएको छ त, सारा हिसाब मानौं उहाँको हातमा छ। बाबा त भन्नुहुन्छ– कोही बच्चाले शिवबाबाको डिसरिगार्ड नगरोस्। धेरै विकर्म बन्छ। यज्ञ सेवामा हड्डी-हड्डी दिनु पर्छ। दधीचि ऋषिको मिसाल छ नि! त्यसको पनि पद बन्छ। नत्र प्रजामा पनि भिन्न-भिन्न पद छन्। प्रजामा पनि नोकर चाकर सबै चाहिन्छ। हुन त वहाँ दु:ख हुँदैन तर नम्बरवार पद त हुन्छ नै। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यादको यात्रामा थाक्नु हुँदैन। यस्तो सच्चा यादको अभ्यास गर्नु छ, जसले अन्त समयमा बाबा सिवाय केही पनि याद नआओस्।

    २) सच्चा बाबाको मतमा चलेर सच्चा कमाई गर्नु छ। आफ्नो मनमतमा चल्नु हुँदैन। सद्‌गुरुको निन्दा कहिल्यै पनि गर्नु हुँदैन। काम, क्रोधको वश भएर कुनै उल्टो काम गर्नु हुँदैन।

    वरदान:

    स्वयंलाई अवतरित अवतार सम्झेर सदा उच्च स्थितिमा रहने अर्श निवासी फरिश्ता भव   

    जसरी बाबा अवतरित हुनु भएको छ, त्यसैगरी तिमी श्रेष्ठ आत्माहरू पनि माथिबाट यहाँ सन्देश दिनको लागि अवतरित भएका छौ। हुन त सूक्ष्मवतन वा मूलवतनका निवासी हौ। देह-भान रूपी माटो अथवा पृथ्वीमा तिम्रो बुद्धि रूपी पाऊ पर्न सक्दैन। त्यसैले फरिश्ताको पाउ सदा जमिन माथि देखाइन्छ। तिमीहरू सबै उच्च स्थितिमा स्थित रहने अर्श निवासी अवतरित अवतार हौ। यसै स्मृतिद्वारा उड्ती कलामा उडिराख।

    स्लोगन:

    स्व-परिवर्तन गर्ने तीव्र पुरुषार्थी बच्चाहरूलाई नै बाबाको आशीर्वादको बधाई मिल्छ।  



    ***OM SHANTI***