BK Murli 4 January 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 4 January 2018 Nepali

    २०७४ पौष २० बिहीबार ४-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– बाबा उस्तादले तिमीलाई मनुष्यबाट देवता बन्ने सीप सिकाउनु भएको छ, तिमीले फेरि श्रीमत अनुसार अरूलाई पनि देवता बनाउने सेवा गर।”  

    प्रश्न:

    अहिले तिमी बच्चाहरूले कुनचाहिँ श्रेष्ठ कर्म गर्छौ, जसको रिवाज भक्तिमा पनि चल्दै आउँछ?

    उत्तर:

    तिमी अहिले श्रीमत अनुसार आफ्नो तन-मन-धन सारा विश्वको कल्याण अर्थ अर्पण गर्छौ। यसैको रिवाज भक्तिमा मनुष्यले ईश्वर अर्थ दान गर्छन्। उनलाई फेरि त्यसको बदलामा अर्को जन्ममा राजाई घरमा जन्म मिल्छ। तिमी बच्चाहरू संगममा बाबाको सहयोगी बन्छौ त्यसैले मनुष्यबाट देवता बन्छौ।

    गीत:–

    तूने रात गंवाई...

    ओम् शान्ति।

    ओम् शान्ति। बाबाले बच्चाहरूलाई बुझाउनु हुन्छ, बच्चाहरूले बुझ्दछन् फेरि अरूलाई बुझाउनु पर्ने हुन्छ। बुझेका छैनन् त्यसैले अरूलाई बुझाउन सक्दैनन्। यदि स्वयंले बुझेका भए त अरूलाई बुझाउन सक्थे मतलब केही पनि बुझेका छैनन्। कुनैले सीप सिकेका छन् भने त्यसलाई फैलाउँछन्। यो सीप त बाबा उस्तादले सिकाउनु हुन्छ– मनुष्यबाट देवता कसरी बनाउने। देवताहरू जसका चित्र पनि छन्, मनुष्यलाई देवता बनाइन्छ मतलब ती देवता अहिले छैनन्। देवताहरूको गुण गायन गरिन्छ। सर्वगुण सम्पन्न.... यहाँ कुनै मनुष्यको त यस्तो गुण गायन गरिँदैन। मानिसहरू मन्दिरमा गएर देवताहरूको गुण गाउँछन्। हुन त पवित्र त संन्यासी पनि हुन्छन् तर मनुष्यले उनीहरूको यस्तो गुण गाउँदैनन्। ती संन्यासीले त शास्त्र आदि पनि सुनाउँछन्। देवताहरूले त केही सुनाउँदैनन्। उनीहरूले त प्रारब्ध भोग्छन्। अर्को जन्ममा पुरुषार्थ गरेर मनुष्यबाट देवता बनेका थिए। संन्यासी आदि कुनैमा पनि देवताहरूको जस्तो गुण छैन। जहाँ गुण हुँदैन, वहाँ अवश्य अवगुण हुन्छ। सत्ययुगमा यहाँ नै यथा राजा रानी तथा प्रजा सर्वगुण सम्पन्न थिए। उनीहरूमा सबै गुण थिए। ती देवताहरूको नै गुण गाइन्छ। त्यतिबेला अरू धर्म थिएनन्। गुणवान् देवताहरू थिए सत्ययुगमा, अवगुणवाला मनुष्य छन् कलियुगमा। अब यस्तो अवगुणी मनुष्यलाई देवता कसले बनाओस्। गायन पनि गरिएको छ– मनुष्यबाट देवता... यो महिमा त हो परमपिता परमात्माको। हुन् त देवताहरू पनि मनुष्य, तर उनीहरूमा गुण हुन्छ, यिनीहरूमा अवगुण छन्। गुण प्राप्त हुन्छ बाबाबाट, जसलाई सतगुरु पनि भनिन्छ। अवगुण प्राप्त हुन्छ माया रावणबाट। यति गुणवान फेरि अवगुणी कसरी बन्छन्। सर्वगुण सम्पन्न फेरि सर्व अवगुण सम्पन्न कसले बनाउँछ? यो तिमी बच्चाहरूलाई थाहा छ। गायन पनि छ– म निर्गुणीमा कुनै गुण छैन। देवताहरूको कति गुण गाउँछन्। यस समय त ती गुण कसैमा छैन। खान-पान आदि कति फोहोरी छ। देवताहरू हुन् वैष्णव सम्प्रदाय र यस समयका मनुष्य हुन् रावण सम्प्रदाय। खान-पान कति बद्लिएको छ। केवल ड्रेसलाई हेर्नु छैन, खान-पान र विकारीपनलाई हेरिन्छ। बाबा स्वयं भन्नुहुन्छ– मलाई यहाँ नै आउनु पर्छ। ब्रह्मा मुख वंशावली ब्राह्मण ब्राह्मणीहरूद्वारा स्थापना गराउँछु। यो ब्राह्मणहरूको यज्ञ हो नि। ती विकारी ब्राह्मण कोख वंशावली, यी हुन् मुख वंशावली। धेरै फरक छ। धनवानहरूले जुन यज्ञ रच्छन्, त्यसमा लौकिक ब्राह्मण हुन्छन्। यो हो बेहदका बाबा धनवानहरूका धनवान, राजाहरूका राजा। धनवानहरूका धनवान किन भनिन्छ? किनकि धनवानले पनि भन्छन् हामीलाई ईश्वरले धन दिनु भएको हो, ईश्वर अर्थ दान गर्छन् ‍त्यसैले अर्को जन्ममा धनवान बन्छन्। यस समय तिमीले शिवबाबालाई सबैथोक तन-मन-धन अर्पण गर्छौ। त्यसैले कति उच्च पद पाउँछौ। तिमी श्रीमतमा यति उच्च कर्म सिक्छौ त्यसैले तिमीलाई अवश्य फल मिल्नुपर्छ। तन-मन-धन अर्पण गर्छौ। उनीहरूले पनि ईश्वर अर्थ गर्छन्, कसै मार्फत। यो रिवाज यहाँ नै छ। बाबाले तिमीलाई धेरै राम्रो कर्म सिकाउनु हुन्छ। तिमीले यो कर्तव्य केवल यहाँ मात्र होइन, सारा दुनियाँको कल्याण अर्थ गर्छौ त्यसैले त्यसको फल मनुष्यबाट देवता बन्छौ। जसले श्रीमतमा जस्तो कर्म गर्छन्, त्यस्तै फल मिल्छ। हामी साक्षी भएर हेरिरहन्छौं– को को श्रीमतमा चलेर मनुष्यलाई देवता बनाउने सेवा गर्छन्! कति जीवन परिवर्तन हुन्छ। श्रीमतमा चल्ने नै ब्राह्मण भयो। बाबा भन्नुहुन्छ– ब्राह्मणहरूद्वारा शूद्रहरूलाई राजयोग सिकाइन्छ– ५ हजार वर्षको कुरा हो। यहाँ नै देवी-देवताहरूको राज्य थियो। चित्र देखाउनु पर्छ। चित्र विना त सम्झन्छन्– थाहा छैन यो कुनचाहिँ नयाँ धर्म हो, सायद बेलायतबाट आउँछ होला। चित्र देखाएमा बुझ्छन्– यिनले देवताहरूलाई मान्छन्। त्यसैले बुझाउनु पर्छ– श्रीनारायणको अन्तिम ८४ ‌औं जन्ममा परमपिता परमात्माले प्रवेश गर्नु भएर राजयोग सिकाइरहनु भएको छ। त्यसपछि कृष्णको कुरा उड्छ। यो उनीहरूको ८४ औं जन्मको पनि अन्त्य हो। जो सूर्यवंशी देवता थिए उनीहरू सबै आएर फेरि राजयोग सिक्नु छ। ड्रामा अनुसार पुरुषार्थ पनि अवश्य गर्छन्। तिमी बच्चाहरू अहिले सम्मुख सुनिरहेका छौ, अरू बच्चाहरू फेरि यस टेपद्वारा सुनेर सम्झने छन्– हामी पनि माता-पिताको साथमा फेरि देवता बनिरहेका छौं। यस समय ८४ औं जन्ममा पूरा भिखारी अवश्य बन्नु छ। आत्माले बाबालाई सबैथोक समर्पण गर्छ। यो शरीर नै अश्व हो, जो स्वाहा हुन्छ। आत्मा स्वयं बोल्छ– म बाबाको बनेको छु, दोस्रो न कोही। म आत्मा यस जीवद्वारा परमपिता परमात्माको डाइरेक्शन अनुसार सेवा गरिरहेको छु। बाबा भन्नुहुन्छ– योग पनि सिकाऊ र सृष्टि चक्र कसरी घुम्छ त्यो पनि सम्झाऊ। जसले सारा चक्र पास गरेका छन्, उनैले यी कुरालाई झट्ट बुझ्छन्। जो यस चक्रमा आएको छैन, ऊ टिक्दैन। यस्तो होइन सारा सृष्टि आउँछन्! यसमा पनि प्रजा धेरै आउँछन्। राजा रानी त एक हुन्छन् नि। जस्तै लक्ष्मी-नारायण एक गायन गरिन्छ, राम सीता एक गायन गरिन्छ। राजकुमार राजकुमारी त अरू पनि हुन्छन्। मुख्य त एक हुन्छ नि। यस्तो राजा रानी बन्नको लागि धेरै मेहनत गर्नु पर्छ। साक्षी भएर हेरेपछि थाहा हुन्छ– यो धनवान राजाई कुलको हो या गरिब कुलको हो? कुनै माया सँग कसरी हार्छन्, फेरि भागन्ती पनि हुन्छन्। मायाले एकदम कच्चा खाइदिन्छ त्यसैले बाबा सोध्नुहुन्छ राजी-खुशी छौ? मायाको थप्पडबाट बेहोश वा रोगी त हुँदैनौ! यस्तो कुनै रोगी हुन पुग्छन् फेरि बच्चाहरू उनको पास जान्छन्, ज्ञान-योगको संजीवनी बुटी दिएर सुरजीत गरिदिन्छन्। ज्ञान र योगमा नरहनाले मायाले एकदम कला-काया चट गरिदिन्छ। श्रीमत छोडेर मनमतमा चल्न थाल्छन्। मायाले एकदम बेहोश गरिदिन्छ। वास्तवमा संजीवनी बुटी यो ज्ञान हो, यसबाट मायाको बेहोशी उत्रिन्छ। यी कुरा सबै यस समयका हुन्। सीता पनि तिमी हौ। राम आएर माया रावणबाट तिमीलाई छुटाउनु हुन्छ। जस्तै बच्चाहरूलाई सिन्धमा छुटाउनु भयो। रावणले फेरि हरेर लिएर जान्थ्यो। अहिले तिमीले फेरि मायाको पञ्जाबाट सबैलाई छुटाउनु छ। बाबालाई त दया लाग्छ, देख्नु हुन्छ– कसरी मायाले थप्पड लगाएर बच्चाहरूको बुद्धि नै एकदम घुमाइदिन्छ। राम सँग बुद्धि मोडेर रावणतिर गरिदिन्छ। जस्तै एक खेलौना हुन्छ। एकातिर राम, एकातिर रावण। यसलाई भनिन्छ– आश्चर्यवत् बाबाको बनन्ती, फेरि रावणको बनन्ती। माया धेरै ठूलो दुस्मन हो। मुसाले जसरी काटेर सबै खराब गरिदिन्छ। त्यसैले श्रीमत कहिल्यै छोड्नु हुँदैन। कठिन चढाई छ नि। आफ्नो मत मतलब रावणको मत। त्यसमा चल्यौ भने धेरै आत्तिन्छौ। धेरै बदनामी गराउँछन्। यस्ता सबै सेन्टरहरूमा छन्। नोक्सान फेरि पनि आफ्नै गर्छन्। सेवा गर्ने रूप-बसन्त छिप्न सक्दैन। दैवी राजधानी स्थापना भइरहेको छ, यसमा सबैले आ-आफ्नो पार्ट अवश्य खेल्छन्। दौडी लगायौ भने आफ्नो कल्याण गर्ने छौ। कल्याण पनि एकदम स्वर्गको मालिक। जस्तै मम्मा बाबा तख्तनशीन बन्छन्, त्यसैगरी बच्चाहरू पनि बन्नु छ। बाबालाई अनुसरण गर्नु पर्छ। नत्र आफ्नो पद कम गरिदिन्छौ। बाबाले यो चित्र कुनै राख्नको लागि बनाउनु भएको होइन। यसबाट धेरै सेवा गर्नु पर्छ। ठूला-ठूला धनवानले लक्ष्मी-नारायणको मन्दिर बनाउँछन् तर यो कसैलाई थाहा छैन– यी कहिले आए, यिनीहरूले दुनियाँलाई कसरी सुखी बनाए, जसकारण सबैले उनीहरूलाई याद गर्छन्। तिमीलाई थाहा छ– मन्दिर हुनुपर्छ एक दिलवालाको। यो एकै काफी छ। लक्ष्मी-नारायणको मन्दिरबाट पनि के मिल्छ! उनीहरू कुनै कल्याणकारी होइनन्। शिवको मन्दिर बनाउँछन्, त्यो पनि अर्थ रहित। उनीहरूको कर्तव्य त जानेकै छैनन्। मन्दिर बनाए, तर कर्तव्यलाई जानेनन् भने उनलाई के भन्ने! जब स्वर्गमा देवताहरू हुन्छन्, त्यतिबेला मन्दिर हुँदैनन्। जसले मन्दिर बनाउँछन्, उनीहरू सँग सोध्नुपर्छ– लक्ष्मी-नारायण कहिले हुनु हुन्थ्यो? उहाँहरूले के सुख दिनु भएको थियो? केही बुझाउन सक्दैनन्। यसबाट सिद्ध हुन्छ– जसमा अवगुण छ, उसले गुणवानको मन्दिर बनाउँछ। बच्चाहरूलाई सेवाको धेरै सोख हुनुपर्छ। बाबालाई सेवाको धेरै सोख छ, त्यसैले त यस्तो-यस्तो चित्र बनाउन लगाउनु हुन्छ। हुन त चित्र शिवबाबाले बनाउन लगाउनु हुन्छ तर बुद्धि दुवैको चल्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    रात्रि क्लास– २८-६-६८

    यहाँ सबै बसेका छौ, बुझेका छौ– हामी आत्माहरू हौं, बाबा बस्नु भएको छ। आत्म अभिमानी भएर बस्नु यसलाई भनिन्छ। सबै यसरी बसेका छैनन्– हामी आत्मा हौं बाबाको सामुन्ने बसेका छौं। अहिले बाबाले याद दिलाएपछि स्मृति आउँछ, अनि ध्यान दिन्छन्। यस्ता धेरै छन्, जसको बुद्धि बाहिर भाग्छ। यहाँ बसे पनि मानौं कान बन्द छन्। बुद्धि बाहिर कहीँ न कहीँ भागिरहन्छ। बच्चाहरू जो बाबाको यादमा बसेका छन्, उनीहरूले कमाई गरिरहेका छन्। धेरैको बुद्धियोग बाहिर रहन्छ, ती मानौं यात्रामा छैनन्। समय व्यर्थ हुन्छ। बाबालाई देखेपछि पनि बाबा याद आउँछ। नम्बरवार पुरुषार्थ अनुसार त छन् नै। कुनै कुनैलाई पक्का बानी पर्छ। हामी आत्मा हौं, शरीर होइन। बाबा ज्ञानका सागर भएकाले बच्चाहरूलाई पनि ज्ञान आउँछ। अब फर्केर जानु छ। चक्र पूरा हुन्छ, अहिले पुरुषार्थ गर्नु पर्छ। धेरै गयो थोरै रह्यो... परीक्षाका दिनहरूमा धेरै पुरुषार्थ गर्न थाल्छन्। सम्झन्छन्– यदि मैले मेहनत गरिनँ भने फेल हुन्छु। पद पनि धेरै सानो मिल्छ। बच्चाहरूको पुरुषार्थ त चलि नै रहन्छ। देह अभिमानको कारण विकर्म हुन्छ। यसको सय गुणा दण्ड हुन्छ किनकि मेरो निन्दा गराउँछन्। यस्तो कर्म गर्नु हुँदैन, जसबाट बाबाको नाम बदनाम होस्। त्यसैले गाउँछन्– सद्‌गुरुको निन्दकले ठौर पाउँदैन। ठौर मतलब बादशाही। पढाउनेवाला पनि बाबा हुनुहुन्छ। अन्त कहीँ पनि सत्संगमा लक्ष्य-उद्देश्य हुँदैन। यो हो हाम्रो राजयोग। अन्त कसैले यस्तो मुखबाट केही भन्न सक्दैनन्– म राजयोग सिकाउँछु। उनीहरूले त सम्झन्छन् शान्तिमा नै सुख छ। वहाँ त न दु:ख, न सुखको कुरा हुन्छ। शान्ति नै शान्ति हुन्छ। फेरि बुझिन्छ यिनको तकदिरमा कम छ। सबैको भन्दा ठूलो तकदिर उच्च उनैको हो, जो पहिले देखि पार्ट खेल्छन्। वहाँ उनलाई यो ज्ञान रहँदैन। वहाँ संकल्प नै चल्दैन। बच्चाहरूलाई थाहा छ– हामी सबैले अवतार लिन्छौं। भिन्न भिन्न नाम रूपमा आउँछौं। यो ड्रामा हो नि। हामी आत्माहरू शरीर धारण गरेर यसमा पार्ट खेल्छौं। यो सारा रहस्य बाबा बसेर सम्झाउनु हुन्छ। तिमी बच्चाहरूलाई भित्र अतीन्द्रिय सुख रहन्छ। भित्र खुशी रहन्छ। भनिन्छ यो देही-अभिमानी छ। बाबाले सम्झाउनु पनि हुन्छ तिमी विद्यार्थी हौ। जानेका छौ– हामी देवता स्वर्गको मालिक बन्नेवाला छौं। केवल देवता पनि होइन। हामी विश्वको मालिक बन्नेवाला छौं। यो अवस्था स्थायी तब रहन्छ, जब कर्मातीत अवस्था हुन्छ। ड्रामा प्लान अनुसार हुनु छ अवश्य। तिमीले बुझेका छौ– हामी ईश्वरीय परिवारमा छौं। स्वर्गको बादशाही मिल्नु छ अवश्य। जसले धेरै सेवा गर्छन्, धेरैको कल्याण गर्छन्, अवश्य उच्च पद मिल्छ। बाबाले सम्झाउनु भएको छ– यो योगको बैठक यहाँ हुन सक्छ। बाहिर सेन्टरमा यस्तो हुन सक्दैन। चार बजे आउनु, योग गराउनु, वहाँ कसरी हुन सक्छ? हुँदैन। सेन्टरमा रहनेहरू ठीक छ बसून्। बाहिर रहनेलाई गल्तीले पनि भन्नु हुँदैन। समय यस्तो छैन। यो यहाँ ठीक छ। घरमा नै बसेका छौं। वहाँ त बाहिरबाट आउनु पर्छ। यो केवल यहाँको लागि हो। बुद्धिमा ज्ञान धारण हुनुपर्छ। हामी आत्मा हौं। उहाँको यो अकाल तख्त हो। बानी पार्नु पर्छ। हामी भाइ-भाइ हौं, भाइ सँग हामी कुरा गर्छौं। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौप भने विकर्म विनाश हुन्छ। अच्छा!

    मीठे मीठे रूहानी बच्चाहरूलाई रूहानी बाबाको याद-प्यार, गुडनाईट एवं नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ज्ञान-योगको संजीवनी बुटीद्वारा स्वयंलाई मायाको बेहोशीबाट बचाइरहनु पर्छ। मनमतमा कहिल्यै चल्नु हुँदैन।

    २) रूप-बसन्त बनेर सेवा गर। माता-पितालाई अनुसरण गरेर तख्तनशीन बन।

    वरदान:

    दिव्य बुद्धि र रूहानी दृष्टिको वरदानद्वारा नम्बरवन लिने श्रेष्ठ पुरुषार्थी भव   

    हर एक ब्राह्मण बच्चालाई दिव्य बुद्धि र रूहानी दृष्टिको वरदान जन्म देखि नै प्राप्त हुन्छ। यो वरदान नै ब्राह्मण जीवनको जग हो। यिनै दुई कुराको आधारमा संगमयुगी पुरुषार्थीको नम्बर बन्छ। यसमा हर संकल्प, बोल र कर्ममा जसले जति प्रयोग गर्छ, त्यति नै नम्बर अगाडि लिन्छ। रूहानी दृष्टिद्वारा वृत्ति र कृति स्वत: बद्लिन्छ। दिव्य बुद्धिद्वारा यथार्थ निर्णय गरेर स्वयं, सेवा, सम्बन्ध सम्पर्क यथार्थ शक्तिशाली बन्छ।

    स्लोगन:

    अनुहारमा रूहानियतको झलक तब आउँछ, जब संकल्प, बोली र कर्ममा पवित्रताको धारणा हुन्छ।  



    ***OM SHANTI***