BK Murli 16 February 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 February 2018  Nepali

    २०७४ फाल्गुन ४ शुक्रबार १६-०२-२०१८ प्रात: मुरली ओम् शान्ति “बापदादा” मधुबन


    “मीठे बच्चे– बाबाको ज्ञानको कमाल छ, तिमी यस ज्ञान र योगबलद्वारा बिलकुल पवित्र बन्छौ, बाबा आउनु भएको छ तिमीहरूलाई ज्ञानद्वारा ज्ञान परी बनाउन।”  

    प्रश्न:

    बाबाको कमालमा बच्चाहरूले बाबालाई पहिले नै कुनचाहिँ इनाम दिन्छन्?

    उत्तर:

    बाबामाथि बलि चढ्नु नै उनीहरूले पहिले नै इनाम दिनु हो। यस्तो होइन बाबाले पहिला सुन्दर बनाउनुहुन्छ फेरि बलिहार जान्छौं। अहिले पूरा बलि चढ्नु छ। शरीर निर्वाह गर्दै, बाल-बच्चाहरू सम्हाल्दै श्रीमतमा चल्नु नै बलिहार जानु हो। यस पुरानो दुनियाँमा त जहाँ-तहाँ किचडा छ, यसबाट बुद्धियोग निकालेर बाबा र नयाँ दुनियाँलाई याद गर्नु पर्छ।

    गीत:–

    तू प्यार का सागर है...

    ओम् शान्ति।

    बच्चाहरूलाई थाहा छ– बाबा सम्मुख बस्नु भएको छ र जो टाढा बसेका छन्, सबै प्रति भन्नुहुन्छ, सुन्नु त उनीहरूले पनि छ। बच्चाहरूलाई थाहा छ बाबा ज्ञानका सागर हुनुहुन्छ, त्यसैले उहाँमा अवश्य ज्ञान हुन्छ नि। जसरी संन्यासी विद्वान् हुन्छन्, उनीहरूले सम्झन्छन् हामी विद्वान हौं। बच्चाहरूलाई थाहा छ– परमपिता परमात्मा, माता-पिताको सम्मुख बसेका छौं। उहाँ ज्ञानका सागर हुनुहुन्छ। ज्ञानद्वारा सद्‌गति हुन्छ। त्यो ज्ञान सागरबाट जसरी लोटा भर्छन्। सागर त सदैव भरपुर हुन्छ नि। सागरबाट कति पानी सारा दुनियाँलाई मिलिरहन्छ। कहिल्यै घट्दैन, अथाह पानी हुन्छ। त्यस्तै बाबा पनि ज्ञानका सागर हुनुहुन्छ, जब सम्म जिउनु छ उहाँबाट ज्ञान सुनिरहनु छ। उहाँ सदा भरपुर हुनुहुन्छ। थोरै ज्ञान रत्न दिनुहुन्छ, जसबाट सारा सृष्टिले सद्‌गति पाउँछ। उहाँ हुनुहुन्छ ज्ञानका सागर, शान्तिका सागर, सुखका सागर उहाँको सङ्गले पतितबाट पावन बन्छौं। तिमी हौ ज्ञान गंगाहरू, मानसरोवर हुन्छ नि। सरोवर एउटा ठूलो तलाउ हो। त्यो पनि कैलाश पर्वतमा देखाउँछन्। सम्झन्छन् ठूलो सागर हो, जसमा डुबुल्की लगाउनाले मनुष्य परी बन्छन्। परीहरूको अर्थ त बुझ्न सक्दैनन्। परीहरू धेरै शोभायमान हुन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ बाबाले हामीलाई यो ज्ञान स्नान गराएर त्यस्तै सुन्दर शोभायमान ज्ञान परी बनाउनुहुन्छ। त्यहाँ त स्वाभाविक सुन्दरता हुन्छ। यहाँ गाजल क्रीम आदि लगाएर शृङ्गार गर्छन्। यो हो बनावटी सुन्दरता। तत्त्व नै तमोप्रधान छ। त्यहाँ तत्त्व पनि सतोप्रधान हुन्छ। देवताहरू जस्तो शोभायमान कोही हुँनै सक्दैनन्। यहाँको सुन्दरतामा स्वास्थ्य रहँदैन। त्यहाँ तिम्रो स्वास्थ्य पनि राम्रो र सुन्दर पनि रहन्छ। बच्चाहरूले सम्झन्छन् बाबाले त कमाल गर्नुहुन्छ। मनुष्यहरूले ठूला-ठूला मार्बलका मूर्तिहरू बनाउँछन् अथवा राम्रो कलाले चित्र बनाए भने उनीहरूलाई इनाम मिल्छ। अब विचार गर बाबाले ज्ञान र योगबलद्वारा हामीलाई केबाट के बनाउनुहुन्छ। यो त बाबाले कमाल गर्नुहुन्छ। ज्ञान र योगको कति ठूलो बलिहारी छ। कमाल छ बाबाको ज्ञानबलद्वारा आत्मा बिलकुल पवित्र हुन्छ। ५ तत्त्व पनि पवित्र हुन्छन्, जसले गर्दा स्वाभाविक सुन्दरता रहन्छ। कृष्ण गोरा थिए नि। मायाले फेरि कालो बनाइदिन्छ। नयाँ दुनियाँ र पुरानो दुनियाँमा फरक त रहन्छ नि। हरेक चीज सतोप्रधान, सतो रजो तमो हुन्छ। दुनियाँ पनि त्यस्तै हुन्छ। जस्ता-जस्ता मनुष्य त्यसरी फेरि उनीहरूको लागि वैभव रहन्छ। धनवानको लागि वैभव पनि राम्रा हुन्छन् नि। गरिब सँग काम नलाग्ने पुराना वस्तु हुन्छन्। त्यसैले यस पुरानो दुनियाँमा पनि सबैथोक काम नलाग्ने पुराना भएका छन्। नयाँ दुनियाँमा सबैथोक नयाँ हुन्छन्। 

    त्यसैले कति अति प्यारो बाबा हुनुहुन्छ, उहाँको हामीले महिमा गर्छौं। बाबा स्वयं त भन्नुहुन्न– म अति प्यारो छु भनेर। बच्चाहरूले बाबाको महिमा गर्छन्। बाबा भन्नुहुन्छ मैले तिमीहरूलाई ज्ञान योगद्वारा के बनाउँछु। बाबालाई फेरि के इनाम मिल्छ। अगावै बाबालाई इनाम दिन्छन् अर्थात् उहाँमाथि बलि चढ्छन्। गाउँछन् पनि तिमीमाथि बलिहार जाऊँ त्यसैले अवश्य अगावै बलिहार जान्छन् नि। यस्तो कहाँ हो र पहिला बाबाले सुन्दर बनाउने अनि फेरि पछि तिमी बलिहार जाने। बलिहारी पनि पूरा चाहिन्छ। त्यो पनि अर्थ सम्झाइएको छ। यस्तो होइन– सबैलाई बाबाको पासमा ल्याएर बस्नु छ। तिमीहरूले श्रीमतमा चल्नु छ। उहाँ हुनुहुन्छ सर्व आत्माहरूको पिता। उहाँलाई आत्माहरूको रचयीता भनिँदैन। सृष्टिको रचयिता वा स्वर्गका रचयिता भनिन्छ। बाँकी आत्मा र यो खेल त अनादि छ। तर यतिबेला पुरानो दुनियाँलाई नयाँ बनाउनुहुन्छ। परिवर्तन गर्नुहुन्छ। शरीर त विनाशी छ। बाबाले अहिले हाम्रो कति आयु बढाउनुहुन्छ। बेहदको आयु बन्छ। त्यहाँ सरदर आयु १५० वर्ष रहन्छ। यहाँ त कसैको एक वर्ष पनि आयु रहन्छ। कसैको एक महिना पनि चल्दैन। जन्मियो मर्योन। त्यहाँ यस्तो हुँदैन। सबैको आयु पूरा रहन्छ। नियम-अनुसार चाँडै वर्तन टुट्न सक्दैन। त्यसैले बाबाले सम्झाउनुहुन्छ अब धेरै मेहनत गर्नु छ। तिमी शिव शक्ति सेना बाबाका सहयोगी हौ। तिमीलाई थाहा छ यतिबेल रावण राज्य छ, सबै विकारी छन्। ती विकारीहरूबाट संन्यासी अलग हुन्छन् तर नयाँ सृष्टि रचिँदैन। संन्यासीहरूले संन्यास सृष्टि नै रच्दछन् अर्थात् मुखद्वारा आफू समान संन्यासी बनाउँछन्। उनीहरूलाई वंशावली भनिँदैन। वंशावली गृहस्थ आश्रममा रहन्छन्। सत्ययुगमा वंशावली फूल जस्ता हुन्छन्। संन्यासिहरूको वंशावली हुन सक्दैन। सिमित छन्। यो त असीमित छ नि। गृहस्थ आश्रम भन्छन्। वास्तवमा आश्रम धेरै उच्च हुन्छ। आश्रम पवित्र हुन्छ। विकारी गृहस्थलाई आश्रम भन्न सकिँदैन। बाबाले पवित्र गृहस्थ आश्रम धर्मी बनाउनुहुन्छ, माया रावणले अधर्मी बनाइदिन्छ। मनुष्यहरू अधर्मी बनेका छन्। धर्मी, अधर्मी मनुष्यहरूलाई नै भनिन्छ। जनावरलाई कहाँ भनिन्छ र। त्यसैले बाबा आएर धर्मी बनाउनुहुन्छ, मायाले अधर्मी बनाइदिन्छ। तर त्यसलाई जान्दैनन्। जसरी ईश्वरलाई जान्दैनन् त्यसरी नै मायालाई पनि जान्दैनन्। परमात्माको लागि भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। तर सर्वव्यापी त ५ विकार छ। 

    यतिबेला भक्त सबैले बाबालाई याद गर्छन् अर्थात् सबैमा भगवानको याद छ। यस्तो होइन– उहाँ सर्वव्यापी हुनुहुन्छ। ५ विकारले नै दु:ख दिन्छन्। त्यसैले भक्तहरूले भगवान्‌लाई याद गर्छन्, धेरै दु:खी छन्। फेरि भन्छन् दु:ख सुख भगवान्‌ले नै दिनुहुन्छ। रावणको नाम नै भुल्छन् र माया फेरि सम्पतिलाई सम्झन्छन्। सम्पत्ति त धनलाई भनिन्छ। यतिबेला सबै मनुष्यहरू माया रावणको अधीनमा छन्। तिमीहरू आएर ईश्वरको अधीन हुन्छौ। उनीहरूले रावणको दु:खको वर्सा लिन्छन्। तिमीहरूले बाबाद्वारा सुखको वर्सा लिन्छौ। बाबा आएर माताहरूलाई गुरुको पद दिनुहुन्छ। यहाँ भन्छन् पति स्त्रीका गुरु हुन्, तर उनीहरूले अरू पतित बनाइदिन्छन्। द्रौपदीले पनि भनिन् नि मेरो इज्जत बचाउनुहोस्। अहिले बाबा भन्नुहुन्छ यी कन्याहरूद्वारा नै उद्धार गर्छु। कन्याहरूको गायन छ, कुमारी ती हुन् जसले माइत र ससुरघरलाई २१ जन्मको लागि उद्धार गर्छन्। यस समयमा तिमीहरू कन्याहरू बन्छौ नि। माताहरू पनि कुमारी बन्छन्। ब्रह्माकुमारीहरू हौ नि। त्यसैले यतिबेलाको तिम्रो महिमा चल्दै आउँछ। कुमारीहरूले कमाल गरेका छन्। बाबाले नै कुमारीहरूलाई आफ्नो बनाउनु भएको छ। त्यसैले नाम राख्नु छ। माताहरू पनि ईश्वरीय गोद लिएर कुमारी बन्छन्। त्यसैले कन्याहरूको महिमा त्यो त केवल गायन-मात्र हो। अहिले फेरि यथार्थमा तिमीहरूलाई बाबाले जगाउनुहुन्छ। बाबाले कुमारीहरूलाई आफ्नो बनाउनु भएको छ। सिँढी चढेर फेरि उत्रिन मुस्किल हुन्छ। अहिले पनि हेर्छन् अनि भन्छन् नि– बेकारमा विवाह गरियो। फेरि बच्चा पैदा भए पछि मोहको सम्बन्ध जुट्छ। त्यसैले बाबाले सम्झाउनुहुन्छ आधा कल्प देखि कन्याको विवाह गराएर विकारी बनाएका छौ। अहिले बाबा आउनु भएको छ भन्नुहुन्छ पवित्र बन। देख्छौ पवित्रतामा सुख पनि छ र मान पनि छ। संन्यासीहरूको कति मान छ। बन्धनमुक्त हुन्छन्। त्यो हो पवित्रताको बल, त्यो कुनै योगको बल होइन। योगबल केवल तिम्रो पासमा छ। उनीहरूको त हो तत्त्व सँग योग, जहाँ रहन्छन् त्योसँग। जसरी ५ तत्त्व छन् त्यस्तै त्यो फेरि छैठौं तत्त्व हो, त्यसलाई ब्रह्म ईश्वर भनिदिन्छन् त्यसैले उनीहरूको योग बनावटी हुन्छ। त्यो योगद्वारा विकर्म विनाश हुँदैन, त्यसैले गंगा स्नान गर्न जान्छन्। यदि निश्चय हुन्थ्यो योगद्वारा पावन बन्छौं भने फेरि गंगा स्नान गर्ने थिएनन्। यसबाट सिद्ध हुन्छ– उनीहरूको योग नियमको विरुद्ध छ। जसरी हिन्दू कुनै धर्म होइन त्यस्तै ब्रह्म पनि ईश्वर होइन। रहने स्थानलाई ईश्वर सम्झेका छन्। यो बाबा आएर सम्झाउनुहुन्छ। त्यसैले कुमारीहरूले सम्झाउन सक्छौ– हामी बी.के.ले यस विश्वलाई स्वर्ग बनाउँछौं, विश्वको सर्वोच्च सत्ता बनाउँछौं। बाबा भन्नुहुन्छ माताहरूको नाम धेरै उच्च बनाउनु छ। 

    पुरुषहरूले यसमा मदत गर्नु पर्छ। यिनीहरू पवित्र रहन चाहन्छन् त्यसैले पवित्र रहन देऊ। त्यसैले बाबा आएर पहिला माताहरू र कुमारीहरूलाई ज्ञान दिएर आफ्नो बनाउनुहुन्छ। शिववंशी त सबै हुन् नै, फेरि ब्रह्माकुमार र कुमारीहरू बन्छन्। कुमार पनि छन् तर थोरै। कुमारीहरू धेरै छन्। तिम्रो यादगारको मन्दिर पनि यहाँ ठीक त्यस्तै छ। मनुष्यहरूले सम्झन्छन् विकार विना सृष्टि कसरी पैदा हुन्छ। बाबा भन्नुहुन्छ अहिले यो दु:खदायक पतित सृष्टि चाहिएन। त्यसैले अवश्य पवित्र रहनु पर्छ। सरकारले पनि भन्छ जन्म कम होस् किनकि उनीहरूले सम्झन्छन् यति अन्न कहाँबाट ल्याउने? उनीहरूले पवित्रताको कुरा बुझ्दैनन्। तिमीहरूलाई थाहा छ अहिले शिवालय स्थापना हुन्छ। बेहदको दुनियाँ शिवालय बन्छ। उनीहरूले त एउटा मन्दिरको नाम राखिदिएका छन् शिवालय। त्यो भयो हदको शिवालय। यो बन्छ बेहदको शिवालय। सारा स्वर्गलाई शिवालय भनिन्छ। शिवले देवी-देवताहरूको रचना गर्नु भएको छ। उनीहरूको मन्दिर बनेका छन्। त्यो हो चैतन्य शिवालय। फेरि यो वेश्यालय बन्छ। चैतन्य देवताहरूको जड चित्र बनाएर उनीहरूलाई फेरि विकारीहरूले पूजा गर्छन्। शिवालय शिवबाबाले बनाउनुहुन्छ। सहयोगी हुन्छन् शिव शक्ति पाण्डव सेना। अधिकांश शक्तिहरू भएको कारणले उनीहरूको नाम छ। कन्याहरू धेरै छन्। शिवबाबाले तिमीहरूलाई आफ्नो बनाउनुहुन्छ। कृष्ण त साना राजकुमार थिए उनले कसरी आफ्नो बनाउँछन्? उनी त स्वयं स्वयम्बर गरेर महाराजा बन्छन्। त्यसैले यहाँ शिवबाबाले कंसपुरी देखि निकालेर तिमीहरूलाई कृष्णपुरी सत्ययुगमा लैजानुहुन्छ। यो हो कंसपुरी। अहिले सारा दुनियाँ छ एक तर्फ र तिमी थोरै बच्चीहरू छौ अर्को तर्फ। आधा कल्प मनुष्यहरूले उल्टो सम्झाएका छन्। बाबाले आएर सुल्टो सम्झाउनु भएको छ। पहिले भिन्नताको धेरै राम्रो किताब थियो। अहिले त प्वाइन्टहरू पनि अझै राम्रा निक्लँदै छन्। बाबा भन्नुहुन्छ दिन-प्रतिदिन तिमीहरूलाई धेरै गहन कुरा सुनाउँछु। सबै ज्ञान एकै पटक त दिन्न। पहिला हल्का सुनाउनु हुन्थ्यो। दिन-प्रतिदिन गहन हुँदै जान्छ। सबै गहन कुरा एकै पटक कसरी सुनाउने? जे जति सम्झाउँछु त्यही कल्प पहिला पनि सम्झाएको थिएं, यसमा कुनै संशयको कुरा छैन। यस्तो होइन पहिले त बाबाले यस्तो भन्नुहुन्थ्यो अहिले फेरि यस्तो भन्नुहुन्छ। अरे पहिला त पहिलो क्लास थियो। वास्तवमा धेरै यस्ता प्वाइन्टहरू छन् जुन अरू निक्लँदै रहन्छन्। जबसम्म जिउँछौ बाबाले सुनाइरहनुहुन्छ। बाबाले केही गहन कुरा सुनाउनु भयो भने फेरि बताउँछु। अहिले हामीले पढिरहेका छौं। ती शास्त्रवादीहरूलाई पनि शास्त्र कण्ठ रहन्छ। अहिले १८ अध्याय त छैन। उहाँ त ज्ञानसागर हुनुहुन्छ। सुनाइरहनुहुन्छ। उहाँ बाबा नै ज्ञानसागर, आनन्दका सागर, शान्तिका सागर हुनुहुन्छ। यो दुनियाँमा त केही पनि छैन। न प्यार छ, न सार छ। उहाँ त सबै कुराका सागर नै सागर हुनुहुन्छ। 

    मनुष्यहरूले भन्छन् उहाँ सर्वव्यापी हुनुहुन्छ। हामी पनि त्यही हौं। तर उहाँको महिमा त धेरै महान छ। सबै भक्त साधू आदिले उहाँलाई याद गर्छन्। दु:खी छन् त्यसैले त भन्छन् फर्किएर निर्वाणधाममा जाऊँ। त्यो त जब निर्वाणधामको मालिक आउनुहुन्छ तब नै लैजानुहुन्छ। स्वर्गको सौगात बच्चाहरूको लागि बाबाले ल्याउनुहुन्छ। स्वयं स्वर्गको मालिक बन्नुहुन्न। बाबाले दिनुहुन्छ स्वर्गको सौगात। फेरि रावण आएर दु:ख दिन्छ। दु:खलाई सौगात भनिँदैन। स्वर्गको सौगातको चाबी दिनु भएको छ कन्याहरूलाई। कन्याहरूले विश्वलाई स्वर्ग बनाउँछन्। कन्याहरूले आफ्ना मित्र-सम्बन्धिहरूलाई पनि सम्झाउन सक्छन्– हामीले पारलौकिक माता-पिताको गोद लिएका छौं। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) गृहस्थलाई आश्रम अर्थात् पवित्र बनाउनु छ। पवित्रतामा नै बल हुन्छ, पवित्रताको नै मान हुन्छ त्यसैले योगबल र पवित्रताको बल जम्मा गर्नु छ।

    २) अति प्यारो एक बाबा हुनुहुन्छ, उहाँ माथि पूरा-पूरा बलि चढेर पुरानो दुनियाँ देखि बुद्धि निकालिदिनु छ।

    वरदान:

    निमित्तपनको स्मृतिद्वारा हरेक परिस्थितिमा एकरस स्थितिको अनुभव गर्ने न्यारा प्यारा भव:-  

    जब स्वयं लाई निमित्त सम्झिइरहन्छौ भने हरेक परस्थितिमा स्थिति एकरस रहन्छ किनकि निमित्त अर्थात् न्यारा र प्यारा। गृहस्थी भयो भने अनेक रस हुन्छ, मेरो-मेरो धेरै हुन्छ। कहिले मेरो घर, कहिले मेरो परिवार। गृहस्थीपन अर्थात् अनेक रसहरूमा भट्किनु। निमित्तपन अर्थात् एकरस। निमित्तहरू सदा हल्का र सदा चढ्तीकलामा जान्छन्। उनमा मेरोपनको ममता हुँदैन, दु:खको लहर पनि आउँदैन।

    स्लोगन:

    सन्तुष्टता र सरलताको सन्तुलन राख्नु नै श्रेष्ठ आत्माको निशानी हो।  



    ***OM SHANTI***

    No comments

    Say Om Shanti to all BKs