BK Murli 19 May 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:







    BK Murli 19 May 2018 Nepali


    २०७५ जेष्ठ ५ शनिबार १९-०५-२०१८ प्रात: मुरली ओम् शान्ति “बापदादा” मधुबन


    “मीठे बच्चे– पवित्रता विना मनुष्य कुनै कामको हुँदैन त्यसैले तिमीले पवित्र बनेर अरूलाई पवित्र बनाउनमा मदत गर्नु छ।”  

    प्रश्न:

    कुन निश्चय विना खाना सफल हुनुको सट्टा बर्बाद हुन जान्छ?

    उत्तर:

    यदि निश्चय छैन– अति प्रिय बाबाले हामीलाई पढाइरहनु भएको छ, हामी आएका छौं ज्ञान र योग सिकेर वर्सा लिन भने खाना बर्बाद हुन्छ। संशय उठ्यो मतलब तकदिरलाई रेखा लाग्यो, त्यसैले निश्चयमा नै विजय छ। बाबा माताहरूलाई अगाडि राख्नुहुन्छ यसमा ईर्ष्या गर्ने कुरा छैन, यसमा पनि बच्चाहरूलाई संशय वा देह-‌अभिमान आउनु हुँदैन।

    गीत:–

    कौन आया मेरे मन के द्वारे …

    ओम् शान्ति।

    यो बच्चाहरूले भन्छन्। बाबा सम्झाउनुहुन्छ– म साकार होइन, आकारमा देवता पनि होइन। म परम आत्मा हुँ। त्यसैको महिमा हो, जो परमात्मालाई सबै भक्तले याद गर्छन्, यसलाई मनुष्य सृष्टि भनिन्छ। अहिले रावण राज्य छ, आसुरी सम्प्रदाय, एक अर्कालाई दु:ख दिने सम्प्रदाय हो। यो कसले सम्झाउँछ? जसलाई यी आँखाले जान्न सकिदैन। आत्माले आफ्नो बुद्धिद्वारा पहिचान गर्छ, जब बाबाले परिचय दिनुहुन्छ। तिमी मेरो बच्चाहरू हौ, जसरी तिमी आत्मा हौ, म पनि आत्मा हुँ। तर म बाबा भएकाले मलाई परमपिता परमात्मा भनिन्छ। एकै बाबाले स्वयं भन्नुहुन्छ– हे बच्चाहरू, शिव भगवानुवाच, म तिमी सबैको भगवान् हुँ। सबैले मलाई याद गर्छन्। मैले नै सबै बच्चाहरूलाई सदा सुखी, सदा शान्त बनाउँछु। केवल भन्नेमात्र त होइन। जसरी मनुष्यले मनुष्यलाई इनाम दिन्छन्– फलानो शान्ति स्थापना गर्नेवाला नेता। यहाँ मनुष्यको कुरा छैन। सबै मनुष्यलाई इनाम दिनेवाला उहाँ बाबा हुनुहुन्छ। श्रीमतअनुसार पवित्र, शान्त, सम्पन्नता स्थापना गरिरहेका छौ। तिमीहरू जो सहयोगी बन्छौ उनीहरूलाई पवित्रता, शान्ति, सम्पन्नताको वर्सा मिल्छ– कल्पपहिले जस्तै। अहिले त परमपिता परमात्माको दुरुस्त चित्र निकाल्न सकिदैन। ब्रह्माको फेरि पनि सूक्ष्म रूप छ। उहाँ परमात्मा जो स्टार हुनुहुन्छ उहाँको फोटो कसरी निकाल्ने। परमपिता परमात्मा एकै हुनुहुन्छ र ताराजस्तै हुनुहुन्छ। फोटो निकाल्न सकिँदैन। फेरि आत्मा, जसमा मन बुद्धि छ, उसले उहाँलाई जान्दछ। यो हो नै नयाँ कुरा त्यसैले सम्झाउनुहुन्छ तिमी आफूलाई आत्मा सम्झ। यो शरीर त पछि मिल्छ। तिमी आत्मा अविनाशी, अमर छौ। शरीर विनाशी छ। शरीर युवा, वृद्ध हुन्छ। आत्माको चित्र त निस्कन सक्दैन, साक्षात्कार हुन सक्दैन। साक्षात्कारको पनि फोटो निकाल्न सकिदैन। बाँकी सम्झाउन सकिन्छ। मनुष्यको, देवताहरूको फोटो निकाल्न सकिन्छ, परमात्माको होइन त्यसैले अलमलिन्छन्। बुझ्न सक्दैनन्। अहिले बाबा सम्झाउनुहुन्छ– सारा कल्प जिस्मानी अभिमानमा रहन्छौ। अब देही-‌अभिमानी बन। सत्ययुगमा तिम्रो दैवी शरीर थियो फेरि क्षत्रिय, वैश्य, शूद्र शरीरमा आयौ। अब हे आत्मा, तिमीलाई परिवर्तन गर्नु छ। तिमी आत्माहरू सँग कुरा गरिरहेको छु। तिमी यी कानद्वारा सुन्छौ। अरू कुनै मनुष्यले यसो भन्न सक्दैन। तिमी यहाँ आएका छौ परमपिता परमात्मा शिवको पासमा। तर उहाँ निराकार हुनुहुन्छ। अवश्य उहाँ निराकार नै साकारमा आउनु भएको छ तब त तिमी आएका छौ नि। तिमी सँग सोधिन्छ– कसको पासमा आएका छौ? तिमीले भन्छौ शिवबाबाको पासमा। यी दादा बीचमा दलाल हुन् किनकि सम्पत्ति हजुरबुवाको हो। बीचमा बाबा नहुने हो भने हजुर बुवाले कसरी दिन सक्नुहुन्छ? हजुर बुवाको वर्सा कसरी मिल्छ। बाबा हुनुहुन्छ तब त हजुर बुवाको वर्सा लिन सकिन्छ। यहाँ निश्चय विना कोही आउन सक्दैन। निश्चयविना आउनुको मतलब सिद्ध हुन सक्दैन। आउँछन् शिवबाबा सँग मिल्न। ब्रह्माद्वारा बाबाको पासमा जन्म नलिइकन हामी कसरी उहाँका बन्न सक्छौं। यो त बुझ्नु पर्ने कुरा हो नि। तर मायाले बेसमझ बनाइदिन्छ, फेरि बाबा आएर समझदार बनाउनुहुन्छ। तिमीले बाबालाई भुलेका छौ त्यसैले अनाथ बनेका छौ। आदि-‌मध्य-‌अन्त्य दु:ख पाउँछौ। आधाकल्प देखि लिएर जब तिमी विकारी बन्यौ तब देखि तिमी दु:खी हुँदा-‌हुँदै अहिले महा-‌दु:खी भएका छौ। जुन देवता सदा सुखी थियौ, यस समय महा-‌दु:खी छौ। कहाँ स्वर्गको राज्य भाग्य, कहाँ यो! यही त तिमीले बुझ्दछौ– हाम्रो सच्चा-‌सच्चा बाबा हुनुहुन्छ, जसबाट सत्य खण्डको वर्सा मिल्छ। यो बुझेर यहाँ आउँछौ। नत्र आउने आवश्यकता नै छैन। बाहिर गएर तिमी भाषण गर्छौ कि आएर बाबा सँग पढ्नुभयो भने स्वर्गको मालिक देवी-‌देवता बन्नुहुन्छ। कोही देवी-‌देवता धर्मको छ भने सैपलिंग लाग्छ। बाँकी कलेज वा युनिवर्सिटी यो एउटै हो, जहाँ नित्य पढ्नु छ। बाबालाई घरी-‌घरी याद गर्नु छ र पवित्र बन्नु छ। रक्षाबन्धन पनि गाइएको छ। बहिनीले, भाइलाई रक्षा बाँध्छन्। माता शक्ति हुन् नि। अब उनीहरूको पद अवश्य उच्च बनाउनु छ। भाइलाई पनि भन्छौ– तिमी यी माताहरूलाई सम्मान गर, यिनको सहयोगी बन। पिटाइबाट पनि बचाउनु छ। पूरै नबुझेका कारण, उल्टो सुल्टो कुरा सुनाउनाले फेरि बिचरा अबलाहरू बाँधिन्छन्। त्यसैले जुन उल्टो कर्म गर्छन्, बाबाबाट वर्सा लिनमा विघ्न ल्याउँछन् उनीहरूमाथि धेरै पापको बोझ चढ्छ। यहाँ तिमी आएका छौ जीवन बनाउनको लागि। यस ज्ञान मार्गमा विघ्न पनि पर्छन् किनकि यसमा पवित्रताको कुरा छ। क्राइस्टलाई पनि क्रसमा चढाएका थिए। त्यो पनि पवित्रताको कुरा थियो। आत्मा पवित्र आउँछ, पवित्र बनाउने कोशिस गर्छ। फेरि पोप पादरीहरू गुरु बन्छन्। वास्तवमा गुरु पवित्र हुनु पर्छ। तर आजकल बिवाह आदि पनि गराउँछन्। पवित्रता विना मनुष्य कुनै कामको हुँदैन। यहाँ पवित्रता मुख्य छ। यसमा नै विघ्न पर्छ। जसरी अमलमा लागेकालाई अमल विना आराम आउँदैन त्यस्तै विष विना रहन सक्दैनन्। बाबा सम्झाउनुहुन्छ– मैले तिमीलाई पतितबाट पावन राजाहरूको राजा बनाउँछु। 

    त्यसैले तिमी बच्चाहरू जब यहाँ आउँछौ तब विचार रहन्छ, कसैलाई संशय त उठ्दैन? नत्र धेरै अबलाहरूमाथि बन्धन आउँछ फेरि धेरै सजाय खान्छन् किनकि बाबा धर्मराज पनि हुनुहुन्छ। हामी बाबा निराकारलाई भन्छौं। भन्न त आजकल मेयरलाई पनि बापू जी भन्छन्, गान्धीजीलाई पनि बापू भन्थे। तर उहाँ त सबै आत्माहरूको रियल बाबा हुनुहुन्छ। यो कुनै फाल्तु बडाई होइन। बाबा मतलब बाबा। हामी आत्माहरूलार्इ राजयोग सिकाउनुहुन्छ। बाबा आउनुहुन्छ– यिनमा संशय आउनु हुँदैन। संशय ल्याउँछ माया रावणले। संशयलाई भूत भनिन्छ। निश्चयलाई भूत भनिदैन। निश्चयद्वारा विजय पाउँछौ। संशय भूतबाट विनाश प्राप्त हुन्छ। “बाबा यस्तो किन गर्नुहुन्छ, बाबाले माताहरूको महिमा किन गर्नुहुन्छ”– यो संकल्प आउनु पनि संशय भयो नि। बाबा भन्नुहुन्छ– यो त प्रवृत्ति मार्ग हो, तर त्यसमा पनि माता गुरु भनिन्छ। वन्दे मातरम्। माता गुरु विना कसैको कल्याण हुन सक्दैन। गोपको पनि कल्याण हुन्छ। उनीहरूले फेरि अरूको सेवा गर्छन्। मित्र सम्बन्धी आदिलाई लिएर आउँछन्। जाऔं, ब्रह्माकुमारीको पासमा हजुरलाई लिएर जान्छु। तपाईं पनि ब्रह्माकुमार हुनुहुन्छ। प्रजापिता ब्रह्मा प्रसिद्ध छन्, जब सृष्टि रचिएको थियो तब अवश्य भगवान् आउनु भएको हुनु पर्छ। प्रजापिता ब्रह्माको बच्चा बन्नु भएको होला। ब्रह्मालाई कसले पैदा गर्‍यो? परमपिता परमात्मा शिवले। नत्र मनुष्य सृष्टि कसरी रच्ने? मनुष्यले भन्छन् पनि हामीलाई भगवानले पैदा गर्नु भएको हो भने अवश्य भगवानलाई फेरि शरीरमा आउनु पर्छ। शरीरको नाम के हो? संन्यास लिने कारण, उहाँको बनेका कारण नाम पर्छ ब्रह्मा। हेर, सृष्टि कसरी रचिन्छ? यो धेरै आश्चर्यजनक कुरा छ। गीता आदिमा यी कुरा केही पनि छैनन्। यो ज्ञान हो सद्‌गतिको। बाबा नै सद्‌गति दाता हुनुहुन्छ। उहाँ रचयिताले नै यस सृष्टिको आदि-‌मध्य-‌अन्त्यलार्इ जान्नुहुन्छ। हुन त सारा दुनियाँमा खोज, ब्रह्माकुमार ‌ब्रह्माकुमारी सिवाय अरू कोही छ जसले रचयिता र रचनाको आदि-‌मध्य-‌अन्त्यलाई जानोस्? त्यो पनि ज्ञानी आत्मा बच्चाहरूले नै जान्न सक्छन्। 

    तिमीले सिद्ध गर्नु छ– परमपिता परमात्मा बाबा हुनुहुन्छ, नकि उहाँ सर्वव्यापी हुनुहुन्छ। आखिरमा सबैले बुझ्दछन्– यो ज्ञान यिनीहरूलाई परमपिता परमात्माले नै ब्रह्माद्वारा दिनुहुन्छ त्यसैले यसको नाम हो नै ब्रह्मा ज्ञान। ब्रह्म ज्ञान होइन। अवश्य बाबाबाट नै मिलेको हुनु पर्छ। उहाँ हुनुहुन्छ ज्ञानको सागर, उहाँको महिमा छ। ज्ञानको कलष फेरि माताहरूलाई दिइएको छ। बाबा आएर यी माताहरूलाई उच्च बनाउनुहुन्छ। पुरुष पनि उच्च बन्छन् तर यसमा ईर्ष्या हुनु हुँदैन। यस्तो होइन माताहरूको नाम किन राखेको...। बाबा आएर माताहरूको मान बढाउनुहुन्छ। बाबा बच्चाहरूलाई ब्रह्माद्वारा ज्ञान दिनुहुन्छ जसको नाम राखिएको छ ब्रह्मा ज्ञान। ज्ञान शिवबाबाको हो। ब्रह्मा, विष्णु, शंकरलाई ज्ञान सागर भनिदैन। ब्रह्मा स्वयंले पनि भन्छन् ज्ञान सागर म होइन। धेरै जन्मको अन्त्यको जन्म हो, बाबाको बनेको छु त्यसैले बाबाले नाम राख्नु भएको छ, जो एडाप्टेड हुन्छन् उनीहरूको नाम बदलिन्छ। कति राम्रो सँग बाबा सम्झाउनुहुन्छ। धेरै राजधानी स्थापना भइरहेको छ। लेखिएको पनि छ– रुद्र ज्ञानबाट विनाश ज्वाला निस्कियो। रुद्र मतलब शिव। कृष्ण त राजकुमार थिए। उनले कसरी यज्ञ रच्छन् र । गीताको भगवान् कृष्ण होइनन्। उनले स्वर्गको रचना गरेनन्। त्यो त रचयिताले नै रच्नुहुन्छ। यी कुरा उनीहरूले नै बुझ्दछन् जो आफ्नो कुलका हुन्छन्। देवी-‌देवता धर्मवालाको नै सेप्लिंग लाग्छ। तिमीले बुझ्दै जान्छौ कहाँसम्म उठाउनुहुन्छ– सूर्यवंशीमा गइन्छ वा चन्द्रवंशीमा गइन्छ वा प्रजामा। सबै बुझ्दछन्– मृत्युको कुनै भरोसा छैन। आजकल त बसी बसी झट्ट मृत्यु हुन्छ। स्वर्गमा अकाले मृत्यु हुँदैन। मनुष्य सुखको लागि मेहनत गर्छन्। हामी आफूलाई सुखी राखौं, साहुकार बनौं। कसैलाई ५ रूपियाँ मिल्यो भने कोसिस गर्छन् ६-‌७ मिलोस्। बाबा भन्नुहुन्छ– मैले त तिमीलाई सम्पत्तिवान् बनाइदिन्छु। संन्यासीले त भन्छन्– सुख काग विष्टासमान छ। उनीहरूले के जानून्। बाबा सम्झाउनुहुन्छ– हठयोगीले कसैलाई पनि जीवन मुक्ति दिन सकिदैनन्। जीवन मुक्ति परमपिता परमात्माले नै दिनुहुन्छ– यी माताहरूद्वारा। अवश्य पुरुष पनि होलान्। फेरि अरूलाई आफूसमान बनाउने पुरुषार्थ गर्नु छ। जति पुरुषार्थ गर्छौ त्यति उच्च पद पाउँछौ। मेजारिटि माताहरूको छ। नाम पनि गऊपाल, कन्हैया भनिन्छ। साँढेमा कहाँ नाम हुन्छ र? यसमा देह-‌अभिमान आउनुहुँदैन। देह-‌अभिमान आउनाले मायाले उडाइदिन्छ। बच्चाहरू निश्चय सँग आउँछन्, भन्छन्– हामी अति प्रिय बाबाको पासमा जान्छौं। यो आत्माले मुखबाट भन्यो– जान्छु परमपिता परमात्माको पासमा राजयोग र ज्ञान सिकेर वर्सा लिन। नत्र यहाँ आउने आवश्यकता छैन। यस विचारले आउँदैनन् भने संशय नै उठाएर लैजान्छन्, मतलब आफ्नो खाना बर्बाद गर्छन्। फेरि रेखा लाग्छ, त्यसैले भिनन्छ– निश्चय बुद्धि विजयन्ति, संशयबुद्धि विनश्यन्ति। पहिले नै लेखाउनु पर्छ कसका पासमा जान्छौ? परमपिता परमात्माको पासमा। उहाँले नै सम्झाउनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– भिक्त मार्गमा कृष्णको साक्षात्कार गर्छन्, कति नवधा भक्ति गर्छन्, जब गलामा बन्चरो ल्याउँदै भन्छन्– यदि साक्षात्कार भएन भने म त मर्छु, तब मुस्किलले साक्षात्कार हुन्छ। यो साक्षात्कार पनि मैले गराउँछु। यहाँ त बच्चाहरूलाई मैले साक्षात्कार गराउनु नै छ। लक्ष्य उद्देश्य छ, साक्षात्कार हुन्छ तर यसमा खुशी हुनुहुँदैन। जबसम्म पुरुषार्थ गर्दैनौ तब यो प्रारब्ध कसरी पाउन सक्छौ? त्यसैले पुरुषार्थ पहिले। अच्छा!

    मीठे-‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) श्रीमतमा चलेर बाबा सँग सहयोगी बनेर सारा विश्वमा पवित्रता, शान्ति स्थापना गरेर पीस प्राइज लिनु छ।

    २) माता बहिनीलाई अत्याचारबाट बचाउनु छ। माताहरूको पद बढाउनु छ। सम्मान गर्नु छ।

    वरदान:

    देह अभिमानको त्यागद्वारा सदा स्वमानमा स्थित रहने सम्मानधारी भव:-  

    जो बच्चाहरू यस एउटा जन्ममा देह-‌अभिमानको त्याग गरेर स्वमानमा स्थित रहन्छन्, उनीहरूलाई यस त्यागको बदलामा भाग्यविधाता बाबाद्वारा सारा कल्पको लागि सम्मानधारी बन्ने भाग्य प्राप्त हुन्छ। आधाकल्प प्रजाद्वारा सम्मान प्राप्त हुन्छ, आधाकल्प भक्तहरूद्वारा सम्मान प्राप्त गर्छौ अनि यस समय संगममा त स्वयं भगवानले आफ्नो स्वमानधारी बच्चाहरूलाई सम्मान दिनुहुन्छ। स्वमान र सम्मान दुवैको आपसमा धेरै गहिरो सम्बन्ध छ।

    स्लोगन:

    हर कदममा बाबाको, ब्राह्मण परिवारको आशीर्वाद लिइरह्यौ भने सदा अघि बढिरहन्छौ।   



    ***OM SHANTI***


    No comments

    Say Om Shanti to all BKs