BK Murli Nepali 20 October 2018

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli Nepali 20 October 2018

    20/10/18          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


    “ मीठे बच्चे – यादमा रहने यस्तो अभ्यास गर जसबाट अन्त्यमा एक बाबा सिवाय अरू कोही याद नआओस्। ”

    प्रश्न:– 
    कुन एक श्रीमतको पालना गर्नाले तिमी बच्चाहरू तकदिरवान बन्न सक्छौ?

    उत्तर:– 
    बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! निद्रालाई जित्नेवाला बन। बिहान सबेरैको समय धेरै राम्रो हुन्छ। त्यस समय उठेर म बाबालाई याद गर्यौ भने तिमी भाग्यशाली बन्छौ। यदि सबेरै-सबेरै उठ्दैनौ भने जिन सोया तिन खोया। केवल सुत्नु अनि खानु– यो त गुमाउनु हो, त्यसैले सबेरै उठ्ने आदत बनाऊ।

    गीत:– 
    तूने रात गँवाई सोय के...

    ओम् शान्ति। 
    यो कथा बच्चाहरूको लागि हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! खानु र सुत्नु, यो कुनै जिन्दगी होइन, जबकि तिमी बच्चाहरूलाई यी अविनाशी ज्ञान रत्नहरूको दान मिलिरहेको छ, झोली भरिइरहेको छ। फेरि सुत्नु र खानु– यो त गुमाउनु हो। सबेरै उठ्नुको धेरै महिमा छ। भक्तिमार्गमा पनि, ज्ञानमार्गमा पनि किनकि सबेरैको समयमा धेरै शान्ति हुन्छ। आत्माहरू सबै आफ्नो स्वधर्ममा रहन्छन्। अशरीरी भएर विश्राम गर्छन्। त्यति बेला याद धेरै रहन्छ। दिनमा त मायाको धुमचक्र हुन्छ, यो एउटै समय राम्रो हुन्छ। अहिले हामी कौडीबाट हीरा जस्तो बनिरहेका छौं। प्यारा बच्चाहरूलाई बाबा भन्नुहुन्छ– तिमी मेरो बच्चा हौ, म पनि तिम्रो बच्चा हुँ। बाबा बच्चा बन्नुहुन्छ, यो पनि बुझ्नु पर्ने कुरा हो। बाबाले आफ्ना बच्चाहरूलाई वर्सा दिनु हुन्छ। हुन त म सौदागार पनि हुँ। तिम्रो कौडी जस्तो तन-मन यो सबै मूल्यहीन छ। ती तिम्रो पुराना सबैथोक लिएर फेरि तिमीलाई दिन्छु, ट्रस्टी (निमित्त) भएर सम्हाल। तिमीले जन्म-जन्म गाउँदै आएका छौ– बलि चढ्नेछु, समर्पण हुनेछु। मेरो त एक, दोस्रो कोही छैन किनकि सजनीहरू त सबै हुन्। त्यसैले एउटै साजनलाई याद गर्छन्। देह सहित सबै सम्बन्धहरूलाई भुल्दा-भुल्दा एकको नै यति याद रहोस्, अन्त्यमा न यो शरीर न अरू कोही याद आओस्। यति अभ्यास गर्नु छ। सबेरैको समय धेरै राम्रो हुन्छ। तिम्रो यो सच्चा-सच्चा यात्रा हो। उनीहरूले त जन्म जन्म यात्राहरू गर्दै आए तर मुक्तिलाई त पाएनन्। त्यसैले झूटो यात्रा भयो नि। यो हो रूहानी एवं सच्चा मुक्ति एवं जीवन मुक्तिको यात्रा। मनुष्य तीर्थमा जान्छन् भने अमरनाथ, बद्रीनाथको याद आउँछ हैन! मुख्य चार धाम भन्दछन्। तिमीले कति धाम गरेका छौ होला! कति भक्ति गरेका छौ होला! आधाकल्प देखि गर्दै आएका छौ। अहिले यी कुरालाई कसैले पनि जान्दैन। बाबा आएर मुक्त गरेर फेरि गाइड बनेर साथै लैजानु हुन्छ। कति अनौठो गाइड हुनु हुन्छ। बच्चाहरूलाई लैजानु हुन्छ– मुक्ति-जीवन मुक्तिधाममा। यस्तो गाइड कोही पनि हुँदैन। संन्यासीहरूले केवल मुक्तिधाम भन्छन्, जीवन मुक्ति शब्द उनीहरूको मुखबाट निस्कँदैन। त्यसलाई त उनीहरूले काग विष्टा समान अल्पकालको सुख सम्झन्छन्। तिमी बच्चाहरूले जान्दछौ बाबा हुनु हुन्छ दु:खहर्ता, सुखकर्ता। हे माता-पिता, जब हामी हजुरका बालक बन्छौं तब हाम्रो सबै दु:ख हट्छन्। आधाकल्प हामी सुखी बन्छौं। यो त बुद्धिमा रहन्छ नि। तर धन्दा आदिमा जाँदाखेरि बिर्सिन्छन्। सबेरै उठ्दैनन्। जिन सोया तिन खोया...।

    तिमीले जानेका छौ– अवश्य पनि हामीलाई हीरा जस्तो जीवन मिलेको छ। अब पनि यदि निद्राबाट सबेरै उठ्दैन भने सम्झिइन्छ यो भाग्यशाली छैन। बिहान उठेर परमप्रिय बाबालाई, साजनलाई याद गर्दैनन्। आधाकल्प देखि साजन सँग विछोड भएको छ। बाबालाई तिमीले सारा कल्प बिर्सन्छौ फेरि भक्तिमार्गमा तिमीले साजनका रूपमा वा बाबाको रूपमा याद गर्छौ। सजनीले साजनलाई पनि याद गर्छन्। उहाँलाई फेरि बाबा पनि भनिन्छ। अहिले बाबा सम्मुख हुनु हुन्छ, त्यसैले उहाँको श्रीमतमा चल्नु पर्छ। श्रीमतमा यदि नचल्ने हो भने त्यो गिर्यो। श्रीमत अर्थात् शिवबाबाको मत। यस्तो होइन, मलाई के थाहा, कसको मत प्राप्त हुन्छ? सम्झनु पर्छ यिनको मतको पनि उहाँ जिम्मेवार हुनु हुन्छ। जसरी लौकिक रूपमा बच्चाहरूप्रति बाबा जिम्मेवार हुन्छन्, सन् सोज फादर। यी ब्रह्माले पनि बाबालाई प्रत्यक्ष (शो) गर्छन्। विशेष सहयोगी बच्चा हुन्। धेरै राम्रा-राम्रा बच्चाहरू छन् जसले यो जान्दैनन् हामी कसको मतमा चल्दछौं, कसले निर्देशन दिन्छ? बाबालाई त याद गर्दैनन्। सबेरै उठ्दैनन्, याद पनि गर्दैनन् भने विकर्म पनि विनाश हुँदैन। बाबा बताउनु हुन्छ– यति मेहनत गर्छु तैपनि कर्मभोग चलिरहन्छ किनकि एक जन्मको त कुरा होइन नि। अनेक जन्मको हिसाब-किताब हुन्छ। डाइरेक्सन मिलेको छ, यस जन्मको पनि पाप बताउनाले आधा काटिन सक्छ। यो त बाबा भन्नुहुन्छ– मैले जान्दछु र धर्मराजले जान्दछन्। पाप धेरै गरिएको छ। धर्मराजले गर्भजेलमा सजाय दिंदै आएका छन्। अहिले त तिमीले पुरुषार्थ गरेर, विकर्म विनाश गर्छौ भने फेरि गर्भ महल मिल्छ। त्यहाँ त माया हुँदैन जसबाट मनुष्यलाई पाप गराओस् अनि सजाय खान परोस्। आधाकल्प हुन्छ ईश्वरीय राज्य, आधाकल्प हुन्छ रावण राज्य। सर्पको उदाहरण पनि यहीँको हो। संन्यासीहरूले कपी गरेका छन्। जसरी भ्रमराको उदाहरण बाबाले दिनु हुन्छ। भ्रमराले कीरालाई आफ्नो घरमा ल्याउँछ। तिमीले पनि पतितलाई लिएर आउँछौ। फेरि उसलाई बसेर शूद्रबाट ब्राह्मण बनाउँछौ। तिम्रो नाम ब्राह्मणी हो। यो कुमालकोटीको दृष्टान्त धेरै राम्रो छ। प्राक्टिकलमा आउन त धेरै आउँछन् तर कोही कच्चै रहन्छन्, कोही सड्छन्, कोही समाप्त हुन्छन्। मायाले धेरै तुफानमा ल्याउँछ। तिमी हरेक वास्तवमा हनुमान हौ। मायाले जतिसुकै तुफान ल्याए पनि हामीले बाबा र स्वर्गलाई कहिल्यै भुल्दैनौं। घरी-घरी बाबा भन्नुहुन्छ– सावधान! मनुष्य तीर्थमा धक्का खानको लागि जान्छन्। यहाँ त अन्त कहीँ गइन्न। एकै बाबा र सुखधामलाई याद गरिरहनु छ। तिमी त अवश्य पनि विजय प्राप्त गर्नेवाला नै हौ। यसलाई बुद्धियोग बल, ज्ञान बल भनिन्छ। याद गर्नाले शक्ति प्राप्त हुन्छ, बुद्धिको ताला खुल्छ। यदि कोही पनि बेकाइदाको चलन चल्छन् भने तिनीहरूको बुद्धिको ताला नै बन्द हुन्छ। बाबाले सम्झाउनु पनि हुन्छ– यदि तिमीले यस्तो गर्यौ भने ड्रामा अनुसार बुद्धिको ताला बन्द हुन जान्छ। कसैलाई भन्न सक्दैनौ, विकारमा नजाऊ। भित्र-भित्र मन खाइरहन्छ– मैले यति पाप गरेको छु! अज्ञानकालमा पनि मन खान्छ। मरेपछि फेरि पश्चात्ताप गर्छन्। फेरि अन्त्यमा सबै पाप सामुन्ने आउँछन्। गर्भजेलमा गयो तुरून्तै सजायँ सुरु हुन्छ। अन्त्यमा याद अवश्य आउँछ। त्यसैले अहिले बाबा भन्नुहुन्छ– तिमीले त पश्चात्ताप गर्नुछैन, तिमीले पाप नगर। पिंजडाको चरा (जेल बर्ड) हुन्छ नि। तिमी पनि बन्धनमा परेको चरा थियौ। अहिले बाबाले गर्भजेलको सजायँबाट छुटाउनु हुन्छ। भन्नुहुन्छ– म बाबालाई याद गर्यौ भने पापको सजायँबाट छुट्नेछौ, तिमी पावन बन्छौ। यदि फेरि गिर्यौ भने धेरै चोट लाग्छ। अशुद्ध अहंकार हो पहिलो। फेरि हो काम, क्रोध। काम महाशत्रु हो। यसले तिमीलाई आदि-मध्य-अन्त्य दु:ख दिंदै आएको छ। तिमीले आदि-मध्य-अन्त्य सुखको लागि पुरुषार्थ गर्छौ। त्यसैले पूरा पुरुषार्थ गर्नु पर्छ। भन्छन् सबेरै ब्युँझिन सक्दिनँ, फेरि त उँच पद पनि पाउन सक्दैनौ। दास-दासी बन्नु पर्छ। त्यहाँ कुनै गोबर आदि सफाइ गर्नु पर्दैन, मेहतर हुँदैन। अहिले पनि बेलायतमा नोकर आदि राख्दैनन्। आफै सफाई हुन्छ। त्यहाँ त फोहर हुँदैन। बाँकी चण्डाल, दास-दासी आदि हुन्छन्।

    बाबाले तिमी बच्चाहरूलाई सबै रहस्य सम्झाउनु हुन्छ। तिम्रो बुद्धिमा सारा राजधानी छ। तिमीले ड्रामालाई बुझेका छौ। सबै भन्दा पहिला मुख्य रूपमा यो चक्रलाई सम्झाउनु छ। अहिले उद्घाटनको लागि गभर्नर आदिलाई बोलाउँछन्। त्यसैले तिमी बच्चाहरूलाई निर्देशन मिल्छ– उद्घाटन गर्नु भन्दा पहिला तिनीहरूलाई केही सम्झाऊ, भारतवर्ष श्रेष्ठाचारी थियो, अहिले फेरि भ्रष्टाचारी बनेको छ। यहाँका पूज्य देवी-देवताहरू नै फेरि पुजारी मनुष्य बनेका छन्। यो अवश्य सम्झाउनु छ। जसले गर्दा ऊ स्वयं पनि भनोस्– यिनीहरूले सृष्टि चक्रको रहस्य सम्झाउँछन्। जसले यसलाई जान्दछ उसलाई त्रिकालदर्शी भनिन्छ। मनुष्य भएर यदि ड्रामालाई जानेन भने बाँकी के कामको भयो? यस्तो त धेरैले भन्छन्– बी.के. को पवित्रता धेरै राम्रो छ। पवित्रता त सबैलाई राम्रो लाग्छ। संन्यासी पवित्र हुन्छन्, देवताहरू पवित्र हुन्छन् तब त उनीहरूको अगाडि शिर झुकाउँछन् नि, हैन? तर यो कुरा अर्कै हो। पतित-पावन एक परमात्मा नै हुन सक्नुहुन्छ। पतितबाट पावन बनाउने गुरु मनुष्य हुन सक्दैन। यो सम्झाउनु पर्छ। कृपया तपाईंले यो कुरा बुझ्नुहोस्, अनि तपाईंको पद धेरै उच्च हुन्छ। सृष्टि पूज्यबाट पुजारी कसरी बनेको हो, देवी-देवताले ८४ जन्म कसरी लिन्छन्– यो सम्झाऊ। यो कुरा अवश्य सम्झाउनु छ। क्राइष्ट भन्दा ३ हजार वर्ष पहिला मनुष्यहरू देवी-देवता नै थिए। त्यसलाई सुखधाम, हेवन भन्दछन्। त्यो स्वर्ग अहिले नर्क बनेको छ। यो फेरि तिमीले बसेर सम्झायौ भने तिम्रो धेरै महिमा हुन्छ। पत्रकारहरूलाई पनि पार्टी दिनु छ। फेरि उनीहरूले आगो लगाउन् वा पानी हालून् उनीहरूमाथि नै सारा निर्भर छ। यो त तिमी बच्चाहरूले जान्दछौ– युद्ध त हुनु नै छ। रगतको नदी बग्नेछ भारतमा। जहिले पनि यहीँबाटै रगतको नदी बग्दै आएको छ। हिन्दु-मुसलमानको धेरै मारामार हुन्छ। अहिले विभाजन भएपछि कति मनुष्य फेरबदल भए। एकदम अलग-अलग राजधानी भए। यो पनि ड्रामामा निश्चित छ। आपसमा लड्छन् र विभाजन हुन्छन्। पहिला हिन्दुस्तान पाकिस्तान अलग-अलग कहाँ थियो र! भारतमा नै रगतको नदी बग्नु छ, त्यसपछि फेरि घिउको नदी बग्नेछ। परिणाम के हुन्छ? थोरै बच्छन्। तिमी पाण्डव छौ गुप्त भेषमा।

    त्यसैले गभर्नरलाई पहिला परिचय दिनु छ। जसको पासमा गइन्छ पहिला उसको महिमा गरिन्छ। तर उसको लागि के लेखेको छ यो रहस्य तिमीले नै जान। उनीहरूले कहाँ सम्झन्छन् र– यो मृगतृष्णा समान राज्य हो। ड्रामा अनुसार उनीहरूको पनि आफ्नो योजना बनि नै रहन्छन्। महाभारतमा देखाउँछन् प्रलय भयो। अहिले महाप्रलय त हुँदैन। तिमी बच्चाहरूको मनमा सृष्टिचक्रको ज्ञान सदा गुञ्जिरहनु पर्छ। पहिले त उनीहरूले सम्झिऊन्– यिनीहरूलाई शिक्षा दिनेवाला को रहेछ! तब सम्झन्छन् अवश्य हामी पनि त शिवका बच्चा हौं। प्रजापिता ब्रह्माका पनि बच्चा हौं। यो वंशवृक्ष हो। प्रजापिता ब्रह्मा हुन् आदि पिता (ग्रेट ग्रेट ग्रेण्ड फादर)। मनुष्य सृष्टिका महान् त ब्रह्मा भए हैन! शिवलाई यस्तो भनिदैन, उहाँलाई केवल पिता भनिन्छ। ग्रेट ग्रेट ग्रेण्ड फादर– यो पदवी भयो प्रजापिता ब्रह्माको। अवश्य ग्रेण्ड मदर (हजुर आमा), ग्रेण्ड चिल्ड्रेन (नाति-नातिनाहरू) पनि होलान्। तिमी बच्चाहरूले यी सबै कुरा बुझाउनु छ। शिव हुनु हुन्छ सबै आत्माहरूको पिता। ब्रह्माद्वारा सृष्टिको रचना गर्नुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो फेरि कति जातजाति निस्कन्छन्। गभर्नरलाई बुझाउनु पर्छ, यस्तो प्रदर्शनी त कुना-कुनामा गराउनु पर्छ, तपाईले प्रबन्ध गराइदिनुहोस्। हामीलाई त हेर! तीन पाइला पृथ्वी पनि मिल्दैन फेरि पनि हामी विश्वको मालिक बन्नेछौं। तपाईंले प्रबन्ध गरिदिनु भयो भने हामीले विश्वलाई स्वर्ग बनाउने सेवा गर्नेछौं। ती गभर्नरले थोरै मात्र मदत दिए भने पनि उनलाई सबैले भन्न थाल्नेछन् गभर्नर पनि ब्रह्माकुमार बन्छन्। अच्छा–

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः–

    १) कौडी जस्तो तन-मन-धन जे पनि छ त्यसलाई बाबामा बलि चढाएर फेरि निमित्त (ट्रस्टी) भएर सम्हाल्नु छ। ममत्व निकालिदिनु छ।

    २) सबेरै-सबेरै उठेर बाबालाई प्यार सँग याद गर्नु छ। ज्ञानबल एवं बुद्धियोग बलबाट माया माथि विजय प्राप्त गर्नु छ।

    वरदान:– 
    सदा उमङ्ग - उत्साहको पंखद्वारा उड्ती कलामा उड्ने श्रेष्ठ आत्मा भव

    ज्ञान-योगको साथ-साथै हर समय, हर कर्ममा, हर दिन नयाँ उमङ्ग-उत्साह बनिरहोस्– यही उड्ती कलाको आधार हो। चाहे जस्तोसुकै कार्य किन नहोस्, चाहे सफाइको, चाहे भाँडा माँझ्ने वा साधारण कर्म, त्यसमा पनि उमङ्ग-उत्साह स्वाभाविक एवं निरन्तर रहोस्। उड्ती कलावाला श्रेष्ठ आत्मा उमङ्ग-उत्साहको पंखद्वारा सधैं उडिरहन्छ, ऊ कहिल्यै पनि दुविधामा पर्दैन, सानो-तिनो कुरामा थाकेर रोकिदैन।

    स्लोगन:– 
    जो निर्माणचित्त, अथक र सदा जागती-ज्योत छ, ऊ नै विश्व कल्याणकारी हो।

    ***OM SHANTI*** 

    No comments

    Say Om Shanti to all BKs