BK Murli Nepali 27 May 2019

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli Nepali 27 May 2019

    27.05.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


    “मीठे बच्चे– बाबासँग करेन्ट (शक्ति) लिनको लागि सेवामा लागिराख। जो बच्चा सबैथोक त्यागेर बाबाको सेवामा रहन्छ, ऊ नै प्रिय लाग्छ, दिलमा चढ्छ।”

    प्रश्न:– 
    बच्चाहरूलाई स्थायी खुशी किन रहँदैन, मुख्य कारण के हो?

    उत्तर:– 
    यादको समयमा बुद्धि भड्किन्छ, स्थिर बुद्धि नहुनाको कारण खुशी रहन सक्दैन। मायाको तुफानले दीपकलाई हैरान गरिदिन्छ। जबसम्म कर्म, अकर्म बन्दैन तबसम्म खुशी स्थायी रहन सक्दैन। त्यसैले बच्चाहरूले यही मेहनत गर्नु पर्छ।

    ओम् शान्ति । 
    ओम् शान्ति भन्दा उल्लासले भन्दछौ– हामी आत्मा शान्त स्वरूप हौं। अर्थ कति सहज छ। बाबा पनि भन्नुहुन्छ ओम् शान्ति। दादाले पनि भन्छन् ओम् शान्ति। उहाँले भन्नुहुन्छ– म परमात्मा हुँ, यिनले भन्छन् म आत्मा हुँ। तिमी सबै सितारा हौ। सबै सिताराहरूको बाबा पनि हुनुपर्यो नि। गायन पनि छ– सूर्य, चाँद और लक्की सितारे। तिमी बच्चाहरू हौ धेरै लक्की सितारा। त्यसमा पनि नम्बरवार छन्। जसरी रातमा चन्द्रमा उदाउँछ, फेरि ताराहरूमा कुनै मधुरो हुन्छन्, कुनै चम्किलो हुन्छन्। कुनै चन्द्रमाको अगाडि हुन्छन्। सितारा हुन् नि। तिमी पनि ज्ञान सितारा हौ। चम्कन्छ भृकुटीको बीचमा अचम्मको सितारा। बाबा भन्नुहुन्छ– यी आत्मारूपी सिताराहरू धेरै अनौठा छन्। एक त यति सानो बिन्दी छ, जसको बारेमा कसैलाई थाहा छैन। आत्मा नै शरीरद्वारा कर्म गर्छ। यो धेरै अचम्म छ। त्यसैले तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। कुनै कस्तो, कुनै कस्तो। बाबा उनलाई बसेर याद गर्नुहुन्छ जो सितारा राम्ररी चम्कन्छन्, जसले धेरै सेवा गर्छन्, उनलाई करेन्ट (शक्ति) मिल्छ। तिम्रो ब्याट्री भरिँदै जान्छ। तमोप्रधानबाट सतोप्रधान बन्नको लागि सर्च लाइट मिल्छ नम्बरवार पुरुषार्थ अनुसार। बाबा भन्नुहुन्छ– जसले मेरो अर्थ सबै कुरा त्याग सेवामा लागिरहन्छन्, उनीहरू धेरै प्रिय लाग्छन्। दिलमा पनि चढ्छन्। बाबा दिल लिनेवाला हुनुहुन्छ नि। दिलवाला मन्दिर पनि छ नि। अब दिलवाला या दिल लिनेवाला मन्दिर। कसको दिल लिनेवाला? तिमीले देखेका छौ हैन? प्रजापिता ब्रह्मा बसेका छन् नि। अवश्य उनमा शिवबाबाको प्रवेशता हुन्छ, त्यस्तै फेरि तिमीले देखेका पनि छौ– माथितिर स्वर्गको स्थापना पनि छ, तल बच्चाहरू तपस्यामा बसिरहेका छन्। यो त साना नमूना (मोडेल) को रूपमा बनेको छ, जसले धेरै राम्रो सेवा गर्छन्, धेरै सहयोगी छन्। महारथी, घोडसवार, पैदल सेना छन् नि। यो मन्दिर यादगार धेरै राम्रो एक्युरेट बनेको छ। तिमी भन्दछौ– यो हाम्रो नै यादगार हो। अहिले तिमीलाई प्रकाश मिलेको छ, अरू कसैको पनि ज्ञानको तेस्रो नेत्र छैन। भक्तिमार्गमा त जो मानिसहरूलाई सुनाउँछन्, सत् सत् भनिरहन्छन्। वास्तवमा हो झूटो, त्यसलाई सत् सम्झेका छन्। अब बाबा जो सत्य हुनुहुन्छ, उहाँ बसेर तिमीलाई सत्य सुनाउनुहुन्छ, जसबाट तिमी विश्वको मालिक बन्छौ। बाबा त केही पनि मेहनत गराउनुहुन्न। सारा वृक्षको रहस्य तिम्रो बुद्धिमा बसिसकेको छ। तिमीले सम्झाउन त धेरै सहज छ, तर समय किन लाग्छ? ज्ञान वा वर्सा लिनमा समय लाग्दैन। समय लाग्छ पवित्र बन्नमा। मुख्य हो यादको यात्रा। यहाँ तिमी आउँछौ भने यहाँ अटेन्शन धेरै रहन्छ यादको यात्रामा। घरमा गएपछि यति रहँदैन। यहाँ सबै नम्बरवार छन्। कोही त यहाँ बसेका छन्, बुद्धिमा यही नशा छ– म बच्चा, उहाँ बाबा हुनुहुन्छ। बेहदका बाबा र हामी बच्चा बसेका छौं। तिमी बच्चाहरूले जान्दछौ– बाबा यस शरीरमा आउनु भएको छ। दिव्य दृष्टि दिइरहनु भएको छ, सेवा गरिरहनु भएको छ। त्यसैले उहाँ एकलाई नै याद गर्नु पर्छ। अरू कसैसँग पनि बुद्धि जानु हुँदैन। सन्देशीले पूरा रिपोर्ट दिन सक्छिन्– कसको बुद्धि बाहिरतिर भड्किन्छ, कसले के गर्छ, कसलाई झुट्का आउँछ, सबै बताउन सक्छन्।

    जो सितारा राम्रो सेवाधारी छन्, उनलाई नै देखिरहन्छु। बाबाको स्नेह छ नि। स्थापनामा मदत गर्छन्। हुबहु कल्प पहिले जसरी नै यो राजधानी स्थापना भइरहेको छ, अनेक पटक भएको हो। यो त ड्रामाको चक्र चलिरहन्छ। यसमा चिन्ताको कुनै कुरै रहँदैन। बाबाको साथ छ नि। त्यसैले सङ्गको रङ्ग लाग्छ। चिन्ता कम हुँदै जान्छ। यो त ड्रामा बनेको छ। बाबा बच्चाहरूको लागि स्वर्गको राजधानी लिएर आउनु भएको छ। केवल भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! पतितबाट पावन बन्नको लागि बाबालाई याद गर। अब जानु छ प्यारो घर, जसको लागि नै तिमी भक्तिमार्गमा मेहनत गर्थ्यौ। तर एक जना पनि जान सक्दैन। अब बाबालाई याद गरिराख अनि स्वदर्शन चक्र फिराइराख। अल्फ अनि बे। बाबालाई याद गर अनि ८४ को चक्र फिराऊ। आत्मालाई ८४ को चक्रको ज्ञान भएको छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई कसैले पनि जानेका छैनन्। तिमीलाई थाहा छ– त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। बिहान उठेर तिमीले बुद्धिमा यही राख– अब मैले ८४ को चक्र पूरा गरें, अब फर्केर जानु छ, त्यसैले अब बाबालाई याद गर्नु पर्छ, तब चक्रवर्ती बन्नेछु। यो त सहज छ नि। तर मायाले तिमीलाई भुलाइदिन्छ। मायाको तुफान हो नि, उसले दीपकलाई हैरान गरिदिन्छ। माया धेरै दुश्मन छ, यति शक्तिशाली छ जसले बच्चाहरूलाई भुलाइदिन्छ। त्यो खुशी स्थायी रहँदैनन्। तिमी बाबालाई याद गर्न बस्छौ, बस्दा बस्दै बुद्धि अन्तै जान्छ। यो सबै हुन् गुप्त कुरा। जति कोशिश गरे पनि याद गर्न सक्दैनन्। फेरि कसैको बुद्धि भड्किँदा भड्किँदै स्थिर हुन्छ, कोही तुरुन्तै स्थिर हुन्छ, कसैलाई त जति नै मेहनत गर, तैपनि बुद्धिमा टिक्दैन। यसलाई मायाको युद्ध भनिन्छ। कर्म, अकर्म बनाउनको लागि कति मेहनत गर्नु पर्ने हुन्छ। वहाँ त रावण राज्य नै हुँदैन, त्यसैले कर्म-विकर्म पनि हुँदैन। माया हुँदै हुँदैन जसले उल्टो कर्म गराओस्। रावण अनि रामको खेल हो। आधाकल्प हुन्छ राम राज्य, आधाकल्प हुन्छ रावण राज्य। दिन अनि रात। संगमयुगमा केवल ब्राह्मण नै हुन्छन्। अब तिमी ब्राह्मणहरूले सम्झन्छौ– रात पूरा भएर दिन सुरु हुनु छ। ती शूद्र वर्णकाले कहाँ बुझ्छन् र।

    मानिसहरूले त धेरै आवाजले भक्ति आदिको गीत गाउँछन्। तिमीलाई त जानु छ आवाजभन्दा पर। तिमी त आफ्ना बाबाको यादमा नै मस्त रहन्छौ। आत्मालाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। आत्माले सम्झन्छ– अब बाबालाई याद गर्नु छ। भक्तिमार्गमा शिवबाबा-शिवबाबा त भन्दै आएका हौ। शिवको मन्दिरमा शिवलाई बाबा अवश्य भन्छन्। ज्ञान केही पनि छैन। अब तिमीलाई ज्ञान मिलेको छ। उहाँ शिवबाबा हुनुहुन्छ, उहाँको यो चित्र हो, उनले त लिङ्ग नै सम्झन्छन्। अब तिमीलाई त ज्ञान मिलेको छ। उनले लिङ्गको माथि जल (लोटी) चढाउँछन्। अब बाबा त हुनुहुन्छ निराकार। निराकारको माथि जल चढाउँछन्, उहाँले के गर्ने! साकार भए पो स्वीकार पनि गर्नु हुन्छ। निराकारमाथि दूध आदि चढाउँछन्, उहाँले के गर्ने! बाबा भन्नुहुन्छ– दूध आदि जो चढाउँछन् जे चढाउँछौ त्यो तिमीहरूले नै पिउँछौ, भोग आदि पनि तिमीले नै खान्छौ। यहाँ त म सम्मुख छु नि। पहिले अप्रत्यक्ष गर्दथ्यौ, अहिले त प्रत्यक्ष हुनुहुन्छ, तल आएर पार्ट बजाइरहनु भएको छ। सर्च लाइट दिइरहनु भएको छ। बच्चाहरूले सम्झन्छन्– मधुबनमा बाबाको पास अवश्य आउनु पर्छ। त्यहाँ हाम्रो ब्याट्री राम्ररी चार्ज हुन्छ। घरमा त गोरखधन्दा आदिमा अशान्ति नै अशान्ति लागेको हुन्छ। यस समय सारा विश्वमा अशान्ति छ। तिमीलाई थाहा छ– अहिले हामी शान्ति स्थापना गरिरहेका छौं योगबलद्वारा। बाँकी राजाई मिल्छ पढाइबाट। कल्प पहिले पनि तिमीले यो सुनेको थियौ, अहिले पनि सुनिरहेका छौ। जे जति कर्म हुन्छ, फेरि पनि हुन्छ। बाबा भन्नुहुन्छ– कति बच्चाहरू आश्चर्यवत् भागन्ती भए। म माशूकलाई यति याद गर्थें। अब म आएको छु फेरि पनि छोडेर जान्छन्। मायाले कसरी थप्पड लगाइदिन्छ। बाबा अनुभवी त छन् नि! बाबालाई आफ्नो सारा इतिहास याद छ। शिरमा टोपी, नाङ्गै खुट्टा दौडिन्थे.... मुसलमानहरूले पनि धेरै प्यार गर्थे। धेरै खातिरी गर्थे। मास्टरको छोरा आए, मानौं गुरुका छोरा हुन्। बाजराको ढिँढो खुवाउँथे। यहाँ पनि बाबाले १५ दिन कार्यक्रम दिनु भएको थियो, ढिँढो र मोही खानु पर्ने। अरू केही पनि बन्दैनथ्यो। बिरामी आदि सबैको लागि यही बन्थ्यो। कसैले केही पनि भएन। झन् बिरामी बच्चाहरू पनि तन्दुरूस्त भए। देखिन्थ्यो– आसक्ति टुटेको छ! यो हुनु भएन, यो चाहिन्छ। चाहनालाई चुहरा (जमादार) भनिन्छ। यहाँ त बाबा भन्नुहुन्छ– माग्नुभन्दा मर्नु भला। बाबाले नै जान्नुहुन्छ– बच्चाहरूलाई के दिनु पर्छ। जे दिनु पर्छ उहाँ स्वयम्ले नै दिनुहुन्छ। यो सबै ड्रामा बनेको छ। बाबाले त सोध्नु भएको थियो नि– बाबालाई जसले आफ्नो पिता पनि सम्झन्छ, पुत्र पनि सम्झन्छ, उनले हात उठाऊ। तब सबैले हात उठाए। हात त तुरुन्तै उठाइदिन्छन्। जसरी बाबाले सोध्नुहुन्छ– लक्ष्मी-नारायण को को बन्छौ? तब तुरुन्तै हात उठाउँछन्। यी पारलौकिक बच्चा पनि अवश्य थप गर्छन्, यिनले त आमा-बुवाको धेरै सेवा गर्छन्। २१ जन्मको वर्सा दिनुहुन्छ। बुवा जब वानप्रस्थमा जान्छन् भने फेरि बच्चाहरूको कर्तव्य हो बुवाको सम्हाल गर्नु। उनी मानौं संन्यासी बन्छन्। जसरी यिनको लौकिक पिता थिए, वानप्रस्थ अवस्था भएपछि भने– म गएर बनारसमा सतसङ्ग गर्छु, मलाई त्यहाँ लिएर जाऊ, (बाबाको इतिहास सुनाउन सकिन्छ)। तिमी हौ ब्राह्मण प्रजापिता ब्रह्माकुमार-कुमारी। प्रजापिता ब्रह्मा हुन् ग्रेट ग्रेट ग्रेन्ड फादर (आदिपिता)। सबैभन्दा पहिला हुन्छ मनुष्य सृष्टि। यिनलाई ज्ञान सागर भनिदैन। न त ब्रह्मा विष्णु, शंकर नै ज्ञानका सागर हुन्। शिवबाबा उहाँ हुनुहुन्छ बेहदका बाबा, त्यसैले उहाँबाट वर्सा मिल्नुपर्यो नि। उहाँ निराकार परमपिता परमात्मा कहिले, कसरी आउनुभयो, उहाँको जयन्ती मनाउँछन्। यो कसैलाई थाहा छैन। उहाँ त गर्भमा आउनुहुन्न। सम्झाउनुहुन्छ– म यिनमा प्रवेश गर्छु, धेरै जन्मको अन्त्यमा वानप्रस्थ अवस्थामा। मानिसहरूले जब संन्यास गर्छन् भने उनको वानप्रस्थ अवस्था भनिन्छ। अब बाबा तिमीलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले पूरा ८४ जन्म लियौ, यो हो धेरै जन्महरूको अन्तिमको जन्म। हिसाब त जान्दछौ नि। म यिनमा प्रवेश गर्छु। कहाँ आएर बस्छु? यिनको आत्मा जहाँ बस्छ, उनको छेउमा आएर बस्छु। जसरी गुरुहरूले आफ्नो शिष्यलाई छेउमा बसाउँछन्। यिनको पनि स्थान यहाँ छ, मेरो पनि यहाँ नै छ। भन्दछु– हे आत्माहरू, म एकलाई याद गरेमा पाप विनाश हुन्छ। मानिसबाट देवता बन्नु छ हैन? यो हो राजयोग। नयाँ दुनियाँको लागि अवश्य राजयोग चाहिन्छ। बाबा भन्नुहुन्छ– म आएको छु आदि सनातन देवी-देवता धर्मको जग लगाउन। गुरुहरू अनेक छन्, सतगुरु एकै हुनुहुन्छ, उहाँ नै सत्य हुनुहुन्छ, बाँकी त सबै झूटा हुन्।

    तिमीलाई थाहा छ– एक छ रुद्र माला, अर्को छ वैजयन्ती माला विष्णुको। त्यसको लागि तिमी पुरुषार्थ गर्छौ, बाबालाई याद गर्यौ भने मालाको दाना बन्छौ। जुन मालाको तिमी भक्तिमार्गमा स्मरण गर्थ्यौ तर जानेका थिएनौ, माला कसको हो, माथि भएको फूल को हो, फेरि मेरु (युगल दाना) को हुन्, दानाहरू को हुन्? जसको माला फेर्छन्, केही पनि बुझ्दैनन्। यत्तिकै राम-राम भन्दै माला फेरिरहन्छन्। राम-राम भन्दाखेरि सम्झन्छन्– सबै राम नै राम हुन्। सर्वव्यापीको कुराको अन्धकार यसबाट निस्केको हो। मालाको अर्थ नै जान्दैनन्। कसैले भन्छन्– १०० माला फेर... यति माला फेर। बाबा त अनुभवी छन् नि। १२ गुरु गरे, १२ को अनुभव लिए। यस्ता पनि धेरै हुन्छन्, आफ्नो गुरु भएर पनि फेरि अरूको पासमा जान्छन् जसकारण केही अनुभव मिल्न सकोस्। माला आदि फेर्छन्। छ बिल्कुल अन्धश्रद्धा। माला पूरा गरेर फूललाई नमस्कार गर्छन्। शिवबाबा फूल हुनुहुन्छ नि। मालाको दाना तिमी अनन्य बच्चाहरू बन्छौ। तिम्रो फेरि स्मरण चल्छ। उनलाई केही पनि थाहा छैन। उनीहरू त कसैले राम भन्छन्, कसैले कृष्णलाई याद गर्छन्, अर्थ केही पनि छैन। श्रीकृष्ण शरणम् भनिदिन्छन्। अब उनी त सत्ययुगका राजकुमार थिए। उनको शरण कसरी लिन सक्छन्। शरण त बाबाको लिइन्छ। तिमी नै पूज्य फेरि पुजारी बन्छौ। ८४ जन्म लिएर पतित बन्छौ। त्यसैले शिवबाबालाई भन्छन्– हे फूल, हामीलाई पनि आफूसमान बनाउनुहोस्। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः–
    १) कुनै पनि प्रकारको चाहना नराख। आसक्ति समाप्त गरिदिनु पर्छ। बाबाले जे खुवाउनुहुन्छ... तिमीलाई निर्देशन छ, माग्नुभन्दा मर्नु भला।

    २) बाबाको सर्चलाइट लिनको लागि एक बाबासँग सच्चा प्रेम राख्नु छ। बुद्धिमा नशा रहोस्– हामी बच्चा हौं, उहाँ बाबा हुनुहुन्छ। उहाँको सर्चलाइटबाट हामी तमोप्रधानबाट सतोप्रधान बन्नु छ।

    वरदान:– 
    श्रेष्ठ प्राप्तिहरूको प्रत्यक्षफलद्वारा सदा खुशहाल रहने सदा स्वस्थ भव

    संगम युगमा अहिले गर्यो, अहिले नै श्रेष्ठ प्राप्तिको अनुभूति भयो– यो नै हो प्रत्यक्षफल। सबैभन्दा श्रेष्ठ फल हो समीपताको अनुभव हुनु। आजकल साकार दुनियाँमा भन्छन्– फल खायौ भने तन्दरुस्त बन्छौं। स्वस्थ रहने साधन फल बताउँछन्। तिमी बच्चाहरू हर सेकेन्ड प्रत्यक्षफल खाइ नै रहन्छौ। त्यसैले सदा स्वस्थ छौ। यदि तिमीसँग कसैले सोध्यो– तपाईंको के हालचाल छ? भन– फरिश्ताको चाल छ र खुशहाल छ।

    स्लोगन:– 
    सबैको आशीर्वादको खजानाले सम्पन्न बन्यौ भने पुरुषार्थमा मेहनत गर्नु पर्दैन।


    ***OM SHANTI***

    No comments

    Say Om Shanti to all BKs