BK Murli 1 May 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    18 Baishakh 2072 Friday 01-5-2015 Nepali


    “मीठे बच्चे— तिमीले यी आँखाबाट जे पनि देख्दछौ यी सबै पुरानो दुनियाँको सामग्री हो, यो समाप्त हुनु छ, त्यसैले यस दुःखधामलाई बुद्धिबाट भुल्दै जाऊ ।”

    प्रश्नः—

    मनुष्यहरुले बाबा माथि कुनचाहिँ दोष लगाएका छन् तर त्यो दोष कसैको पनि होइन ?

    प्रश्नः—

    यति ठूलो जुन विनाश हुन्छ, मनुष्यहरुले सम्झन्छन्— भगवानले नै गराउनुहुन्छ, दुःख पनि उहाँले दिनुहुन्छ, सुख पनि उहाँले दिनुहुन्छ । यो धेरै ठूलो दोष लगाइदिएका छन् । बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु, म सधैं सुख दाता हुँ, म कसैलाई दुःख दिन सक्दिनँ । यदि मैले विनाश गराएँ भने त सारा पाप ममाथि आउनेछ । त्यो त सबै ड्रामा अनुसार हुन्छ, मैले गराउँदिनँ ।

    गीतः—

    रात के राही.......

    ओम् शान्ति ।

    बच्चाहरुलाई सिकाउनको लागि कति गीतहरु बडो राम्रा छन् । गीतको अर्थ लगाउनाले वाणी खुल्नेछ । बच्चाहरुको बुद्धिमा त छ— हामी सबै दिनको यात्रामा छौं, रातको यात्रा पूरा हुन्छ । भक्तिमार्ग हो नै रातको यात्रा । अँध्यारोमा धक्का खानुपर्ने हुन्छ । आधाकल्प रातको यात्रा गरेर उत्रिदै आएका छौ । अहिले आएका छौ दिनको यात्रामा । यो यात्रा एकै पटक गर्छौ । तिमी जान्दछौ— यादको यात्राबाट हामी तमोप्रधानबाट सतोप्रधान बनेर फेरि सतोप्रधान सत्ययुगको मालिक बन्छौं । सतोप्रधान बन्नाले सत्ययुगको मालिक, तमोप्रधान बन्नाले कलियुगको मालिक बन्छौ । त्यसलाई भनिन्छ स्वर्ग, यसलाई भनिन्छ नर्क । अब तिमी बच्चाहरुले बाबालाई याद गर्छौ । बाबाबाट सुख नै मिल्छ । जसले अरु केही बोल्न सक्दैनन् उनीहरुले मात्र यो याद राखून्— शान्तिधाम हो हामी आत्माहरुको घर, सुखधाम हो स्वर्गको बादशाही र अहिले यो हो दुःखधाम, रावणराज्य । अब बाबा भन्नुहुन्छ— यस दुःखधामलाई भुलिदेऊ । हुन त यहाँ रहन्छौ तर बुद्धिमा यो रहोस्— यी आँखाबाट जे पनि देख्दछौ त्यो सबै रावणराज्य हो । यी शरीरहरुलाई देख्छौ, यो पनि सारा पुरानो दुनियाँको सामग्री हो । यो सारा सामग्री यस यज्ञमा स्वाहा हुनु छ । ती पतित ब्राह्मणहरुले यज्ञ रच्छन् भने त्यसमा जौ–तिल आदि सामग्रीहरु स्वाहा गर्छन् । यहाँ त विनाश हुनु छ । उच्चभन्दा उच्च हुनुहुन्छ बाबा, उहाँपछि छन् ब्रह्मा र विष्णु । शंकरको त्यस्तो कुनै पार्ट छैन । विनाश त हुनु नै छ । बाबा त विनाश उसबाट गराउनुहुन्छ जस माथि कुनै पाप नलागोस् । यदि भगवानले विनाश गराउनुहुन्छ भनियो भने त उहाँ माथि दोष आउनेछ । त्यसैले यो सबै ड्रामामा निश्चित छ । यो बेहदको ड्रामा हो, जसलाई कसैले पनि जान्दैनन् । रचयिता र रचनालाई कसैले जान्दैनन् । न जान्नाको कारण अनाथ बनेका छन् । कोही अभिभावक छैन । कुनै घरमा आमा बुवा छैनन् र आपसमा लड्छन् भने भनिन्छ तिम्र्रो कोही आफ्नो छैन ! अहिले त करोडौं मनुष्य छन्, यिनीहरुको कोही आफ्नो अभिभावक छैन । देश–देश लडिरहन्छन् । एउटै घरमा बच्चा बुवासँग, पुरूष स्त्रीसँग लडिरहन्छन् । दुःखधाममा छ नै अशान्ति । यस्तो भनिदैन भगवान पिताले कुनै दुःख रच्नुहुन्छ । मनुष्यहरु सम्झन्छन्— दुःख–सुख बाबाले नै दिनुहुन्छ तर बाबाले कहिल्यै दुःख दिन सक्नुहुन्न । उहाँलाई भनिन्छ नै सुख–दाता त्यसो भए दुःख कसरी दिनुहुन्छ । बाबा त भन्नुहुन्छ— म तिमीलाई धेरै सुखी बनाउँछु । एक त आफूलाई आत्मा सम्झ । आत्मा छ अविनाशी, शरीर छ विनाशी । हामी आत्माहरुको रहने स्थान परमधाम हो, जसलाई शान्तिधाम पनि भनिन्छ । यो अक्षर ठीक छ । स्वर्गलाई परमधाम भनिदैन । परम मतलब परभन्दा पर । स्वर्ग त यहाँ नै हुन्छ । मूलवतन छ परभन्दा पर, जहाँ हामी आत्माहरु रहन्छौं । सुख–दुःखको पार्ट तिमी यहाँ खेल्छौ । यो जुन भन्दछन्— फलाना स्वर्ग गयो, यो एकदमै गलत हो । स्वर्ग त यहाँ छैन । अहिले त हो कलियुग । यस समय तिमी हौ संगमयुगी, बाँकी सबै हुन् कलियुगी । एउटै घरमा बुवा कलियुगी त बच्चा संगमयुगी । स्त्री  संगमयुगी, पुरूष कलियुगी...... कति फरक हुन जान्छ । स्त्रीले ज्ञान लिन्छिन्, पुरूषले ज्ञान लिएनन् भने एक–अर्कालाई साथ दिदैनन् । घरमा खिटपिट हुन जान्छ । स्त्री फूल बन्छिन्, ऊ काँडाको काँडै रहन जान्छ । एउटै घरमा बच्चाले जान्दछ— हामी संगमयुगी पुरूषोत्तम पवित्र देवता बनिरहेका छौं, तर बुवाले भन्छन् शादी बर्बादी गरेर नर्कबासी बन । अब रुहानी बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु, पवित्र बन । अहिलेको पवित्रता २१ जन्म चल्नेछ । यो रावण राज्य नै खलास हुनु छ । जससँग दुश्मनी हुन्छ उसको पुतला (एफिजी) जलाइन्छ नि । जसरी रावणलाई जलाउँछन् । त्यसैले दुश्मनसँग कति घृणा हुनुपर्छ । तर यो कसैलाई थाहा छैन— रावण को हो ? धेरै खर्च गर्छन् । मनुष्यलाई जलाउनको लागि यति खर्च गर्दैनन् । स्वर्गमा त यस्तो कुनै कुरा हुँदैन । वहाँ त बिजुलीमा राख्यो, खत्तम । वहाँ यो ख्याल रहँदैन— उसको माटो काममा आओस् । वहाँको त रीति रिवाज यस्तो हुन्छ कुनै कठिनाइ अथवा थकाइको कुरा हुँदैन । यति सुख हुन्छ । अब बाबा सम्झाउनुहुन्छ— म एकलाई याद गर्ने पुरूषार्थ गर । याद गर्नमा नै युद्ध छ । बाबा बच्चाहरुलाई सम्झाइरहनु हुन्छ— मीठे बच्चे, आफूमाथि अटेन्शनको पहरा दिइराख । मायाले कहीँ नाक–कान नकाटोस् किनकि दुश्मन हो नि । तिमीले बाबालाई याद गर्छौ र मायाले तुफानमा उडाइदिन्छ त्यसैले बाबा भन्नुहुन्छ— हरेकले दिनभरिको चार्ट लेख्नुपर्छ— कति बाबालाई याद गरेँ ? कहाँ मन भाग्यो ? डायरीमा नोट गर, कति समय बाबालाई याद गरें ? आफ्नो जाँच गर्नुपर्छ अनि मायाले पनि देख्नेछ— यो त राम्रो बहादुर छ, आफूमाथि राम्रो अटेन्शन राख्छ । पूरा पहरा दिनु छ । अहिले तिमी बच्चाहरुलाई बाबा आएर परिचय दिनुहुन्छ । भन्नुहुन्छ— घरबार पनि सम्हाल, मात्र बाबालाई याद गर । यिनी कुनै ती संन्यासीहरु जस्तो होइनन् । तिनीहरु भिख मागेर चल्छन् फेरि पनि कर्म त गर्नुपर्छ नि । तिमीले उनीहरुलाई पनि भन्न सक्छौ— तिमी हठयोगी हौ, राजयोग सिकाउनेवाला एक मात्र भगवान हुनुहुन्छ । अहिले तिमी बच्चाहरु संगममा छौ । यस संगमयुगलाई नै याद गर्नुपर्छ । हामी अहिले संगमयुगमा सर्वोत्तम देवता बन्छौं । हामी उत्तम पुरूष अर्थात् पूज्य देवता थियौं, अहिले कनिष्ठ बनेका छौं । कुनै कामको रहेनौं । अब हामी के बन्छौं, मनुष्यहरु जुन समय कानुन (बेरिस्टरी) आदि पढ्छन्, त्यस समय पद मिल्दैन । परीक्षा पास गर्यो, पदको टोपी मिल्यो । गएर सरकारी सेवामा लाग्छन् । अहिले तिमी जान्दछौ— हामीलाई उच्चभन्दा उच्च भगवानले पढाउनुहुन्छ भने अवश्य उच्चभन्दा उच्च पद पनि दिनुहुन्छ । यो लक्ष्य उद्देश्य (एम अब्जेक्ट) छ । अब बाबा भन्नुहुन्छ— म एकलाई याद गर, म जो हुँ, जस्तो हँ, त्यो सम्झाइ दिएको छु । आत्माहरुको पिता म बिन्दु हुँ, ममा सारा ज्ञान छ, तिमीलाई पहिला आत्मा बिन्दु हो भन्ने ज्ञान कहाँ थाहा थियो र । त्यसमा सारा ८४ जन्मको पार्ट अविनाशी निश्चित छ । क्राइस्टले पार्ट खेलेर गए, फेरि अवश्य आउनेछन् नि । क्राइस्टका अनुयायीहरु सबै अब जानेछन् । क्राइस्टको आत्मा पनि अहिले तमोप्रधान छ । जति पनि उच्चभन्दा उच्च धर्म स्थापक छन्, उनीहरु अहिले तमोप्रधान छन् । यिनले पनि भन्छन्— म धेरै जन्मको अन्तमा तमोप्रधान बनेँ, अब फेरि सतोप्रधान बन्छु । तत् त्वम् ।

    तिमी जान्दछौ— हामी अहिले ब्राह्मण बनेका छौं, देवता बन्नको लागि । विराट् रुपको चित्रको अर्थ कसैले पनि जान्दैनन् । अहिले तिमी बच्चाहरु जान्दछौ— आत्मा स्वीट होममा (शान्तिधाममा) रहँदा पवित्र थियो । यहाँ आएपछि पतित बनेको छ । तब नै भन्दछन्— हे पतित–पावन आएर हामीलाई पवित्र बनाउनुहोस् ताकि हामी आफ्नो घर मुक्तिधाममा जाऔं । यो प्वाइन्ट पनि धारण गर्नको लागि हो । मनुष्यहरुले जान्दैनन्— मुक्ति–जीवनमुक्तिधाम कसलाई भनिन्छ । मुक्तिधामलाई शान्तिधाम भनिन्छ । जीवनमुक्तिधामलाई सुखधाम भनिन्छ । यहाँ छ दुःखको बन्धन । जीवनमुक्तिलाई सुखको सम्बन्ध भनिन्छ । अब दुःखको बन्धन दूर (समाप्त) हुनेछ । हामीले पुरूषार्थ गर्छौं उच्च पद पाउनको लागि । त्यसैले यो नशा हुनुपर्छ । हामी अहिले श्रीमतमा आफ्नो राज्य–भाग्य स्थापना गरिरहेका छौं । जगत अम्बा नम्बरवनमा जान्छिन् । हामीले पनि उनलाई अनुसरण (फलो) गर्छौं । जो बच्चाहरु अहिले माता–पिताको दिलमा चढ्छन् उनीहरु नै भविष्यमा तख्तनशीन बन्नेछन् । दिलमा उनीहरु चढ्छन् जो दिन–रात सेवामा बिजी रहन्छन् । सबैलाई सन्देश (पैगाम) दिनु छ— बाबालाई याद गरौं । पैसा–कौडी केही पनि लिनु छैन । उनीहरु सम्झन्छन्— यिनीहरु राखी बाँध्न आउँछन्, केही दिनुपर्छ । भन, हामीलाई अरु केही पनि चाहिदैन मात्र ५ विकारहरुको दान दिनुहोस् । यो दान लिनको लागि हामी आएका छौं । त्यसैले पवित्रताको राखी बाँध्छौं । बाबालाई याद गर्नुहोस्, पवित्र बन्नुहोस् तब यस्तो देवता बन्नुहुनेछ । बाँकी हामी पैसा आदि केही पनि लिन सक्दैनौं । हामी ती ब्राह्मण होइनौं । केवल ५ विकारको दान दियौ भने ग्रहण छुट्नेछ । अहिले कुनै कला बाँकी छैन । सबैमाथि ग्रहण लागेको छ । तिमी ब्राह्मण हौ नि । जहाँ पनि जाऊ, भन— दे दान तो छुटे ग्रहण । पवित्र बन । विकारमा कहिल्यै नजानु । बाबालाई याद गर्यौं भने विकर्म विनाश हुन्छ र हामी फूल बन्नेछौं । तिमी नै फूल थियौ फेरि काँडा बनेका छौ । ८४ जन्म लिदाँ–लिदाँ गिर्दै नै आएका छौ । अब फर्केर जानु छ । बाबाले डाइरेक्शन दिनुभएको छ, यिनीद्वारा । उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च भगवान । उहाँको शरीर छैन । अच्छा, ब्रह्मा–विष्णु–शंकरको शरीर छ ? तिमी भन्नेछौ— हो, सूक्ष्म शरीर छ । तर त्यो मनुष्यहरुको सृष्टि त होइन । खेल सारा यहाँ छ । सूक्ष्मवतनमा नाटक कसरी चल्न सक्छ ? त्यस्तै मूलवतनमा पनि सूर्य–चन्द्रमा नै छैनन् भने नाटक पनि कसरी हुन सक्छ ! यो धेरै ठूलो मञ्च (मण्डप) हो । पुनर्जन्म पनि यहाँ हुन्छ । सूक्ष्मवतनमा हुँदैन । अहिले तिम्रो बुद्धिमा सारा बेहदको खेल छ । अहिले थाहा भएको छ— हामी जो देवी–देवता थियौं हामी नै फेरि कसरी वाम मार्गमा आउँछौं । वाम मार्ग विकारी मार्गलाई भनिन्छ । आधाकल्प हामी पवित्र थियौं, हाम्रो नै हार र जितको खेल हो । भारत अविनाशी खण्ड हो । यो कहिल्यै पनि विनाश हुँदैन । आदि सनातन देवी–देवता धर्म थियो तब अरु कुनै धर्म थिएन । तिम्रा यी कुरालाई मान्नेछन् उनीहरुले जसले कल्प पहिला मानेका थिए । ५ हजार वर्षभन्दा पुरानो चीज कुनै हुँदैन । सत्ययुगमा फेरि तिमी पहिला गएर आफ्नो महल बनाउनेछौ । यस्तो होइन सुनको द्वारिका कुनै समुद्रको तल छ त्यो निस्केर आउनेछ । देखाउँछन् सागरबाट देवताहरुले रत्नहरुको थालीहरु भरेर दिन्थे । वास्तवमा ज्ञान सागर बाबा हुनुहुन्छ जसले तिमी बच्चाहरुलाई ज्ञान रत्नका थालीहरु भरेर दिइरहनुभएको छ । देखाउँछन्— शंकरले पार्वतीलाई कथा सुनाए । ज्ञान रत्नहरुले झोली भरे । शंकरको बारेमा भन्छन्— भांग–धतुरो पिउँथे, फेरि उनको अगाडि गएर भन्दछन्— झोली भरिदिनुहोस्, हामीलाई धन दिनुहोस् । हेर शंकरको पनि ग्लानि गरिदिएका छन् । सबैभन्दा धेरै ग्लानि गर्छन् मेरो । यो पनि खेल हो जुन फेरि पनि हुनेछ । यस नाटकलाई कसैले पनि जान्दैनन् । म आएर आदि देखि अन्त्यसम्म सारा रहस्य सम्झाउँछु । यो पनि जान्दछौ— उच्चभन्दा उच्च बाबा हुनुहुन्छ । विष्णु सो ब्रह्मा, ब्रह्मा सो विष्णु कसरी बन्छन्— यो कसैले बुŠन सक्दैन ।

    अहिले तिमी बच्चाहरुले पुरूषार्थ गर्छौ हामी विष्णु कुलका बनौं भनेर । विष्णुपुरीको मालिक बन्नको लागि तिमी ब्राह्मण बनेका हौ । तिम्रो दिलमा छ— हामी ब्राह्मण आफ्नो लागि सूर्यवंशी–चन्द्रवंशी राजधानी स्थापना गरिरहेका छौं श्रीमतमा । यसमा लडाईं आदिको कुनै कुरा छैन । देवताहरु र असुरहरुको लडार्इं कहिल्यै हुँदैन । देवताहरु हुन्छन् सत्ययुगमा । वहाँ लडार्इं कसरी हुन सक्छ । अहिले तिमी ब्राह्मण योगबलबाट विश्वको मालिक बन्छौ । बाहुबलवालाको विनाश हुनेछ । तिमीले साइलेन्स बलले साइन्स माथि विजय पाउँछौ । अब तिमी आत्म–अभिमानी बन्नु छ । हामी आत्मा हौं, हामीलाई जानु छ आफ्नो घर । आत्माहरु तीक्ष्ण छन् । अहिले हवाइजहाज यस्तो निस्किएको छ जुन एक घण्टामा कहाँदेखि कहाँ जान्छ । अब आत्मा त त्यसभन्दा पनि तीव्र छ । क्षणमै आत्मा कहाँबाट कहाँ गएर जन्म लिन्छ । कोही बेलायतमा पनि गएर जन्म लिन्छन् । आत्मा सबैभन्दा तीव्र रकेट हो । यसमा मेशीनरी आदिको त कुनै कुरा छैन । शरीर छोड्यो, भाग्यो । अब तिमी बच्चाहरुको बुद्धिमा छ— हामीलाई घर जानु छ, पतित आत्मा त जान सक्दैन । तिमी पावन बनेर नै जान्छौ बाँकी त सबै सजाय खाएर जान्छन् । सजाय त धेरै मिल्छ । वहाँ त गर्भ महलमा आरामले रहन्छन् । बच्चाहरुले साक्षात्कार गरेका छन् । कृष्णको जन्म कसरी हुन्छ, कुनै फोहोरको कुरा छैन । एकदम जसरी प्रकाश फैलिन्छ । अहिले तिमी बैकुण्ठको मालिक बन्छौ भने यस्तो पुरूषार्थ पनि गर्नुपर्छ । शुद्ध पवित्र खान–पान हुनुपर्छ । दाल भात सबैभन्दा राम्रो छ । ऋषिकेशमा संन्यासीहरु एउटा Šयालबाट लिएर गइहाल्छन् । हो, कोही कस्ता, कोही कस्ता हुन्छन् । अच्छा !

    मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको याद–प्यार एवं गुडमर्निङ्ग । रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते । रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते ।

    धारणाको लागि मुख्य सारः—

    १)    आफूमाथि अटेन्शनको पूरा–पूरा पहरा दिनु छ । मायाबाट आफ्नो सम्हाल गर्नु छ । यादको सच्चा–सच्चा चार्ट राख्नु छ ।

    २)    माता–पितालाई अनुसरण (फलो) गरेर दिल तख्तनशीन बन्नु छ । दिन–रात सेवामा तत्पर रहनु छ । सबैलाई सन्देश दिनु छ— बाबालाई याद गर । ५ विकारहरुको दान दियौ भने ग्रहण छुट्छ ।

    वरदानः—    

    बितेको कुरालाई चिन्तनमा नल्याएर फुलस्टप लगाउनेवाला  तीव्र पुरूषार्थी भव

    अहिलेसम्म जे पनि भयो— त्यसलाई फुलस्टप लगाऊ । बितेको कुरालाई चिन्तनमा नल्याउनु— यो नै तीव्र पुरूषार्थ हो । यदि कसैले बितेको कुराको चिन्तन गर्छ भने समय, शक्ति, संकल्प सबै वेस्ट (व्यर्थ) हुन जान्छ । अहिले वेस्ट गर्ने समय छैन किनकि  संगमयुगको दुई घडी अर्थात् दुई सेकेण्ड पनि वेस्ट गर्यो भने अनेक वर्ष वेस्ट गरिदियो त्यसैले समयको महत्वलाई जानेर अब बितेको कुरालाई फुलस्टप लगाऊ । फुलस्टप लगाउनु अर्थात् सर्व खजानाहरुबाट फुल बन्नु ।

    स्लोगनः—   

    जब हरेक संकल्प श्रेष्ठ हुन्छ तब स्वयंको र विश्वको कल्याण हुनेछ ।


    ***OM SHANTI***

    No comments

    Say Om Shanti to all BKs