BK Murli 31 May 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    Brahma Kumaris Murli 31 May 2015 In Nepali

    17 Jestha 2072 Sunday 31-5-2015 Nepali

    पुण्य आत्माहरुको लक्षण

    आज बापदादा आफ्ना सर्वश्रेष्ठ महान् पुण्य आत्माहरुलाई देखिरहनुभएको थियो—

    १.पुण्यात्मा अर्थात् हर संकल्प र हर सेकेण्ड आफू र अन्य आत्माहरुप्रति पुण्यको खाता जम्मा गर्ने र गराउनेवाला।

    २.पुण्य आत्मा अर्थात् सदा कुनै–न–कुनै खजानाको महादान गरेर पुण्य कमाउनेवाला।

    ३.पुण्य आत्मा अर्थात् सदा उनको नयनमा बापदादाको स्वरुप र अनुहारमा बापदादाको चरित्र, स्मृतिमा बाबा समान समर्थ, मुखमा सदा ज्ञान रत्न अर्थात् सदा अमूल्य बोली, हर कर्ममा बाबा समान चरित्र, सदा बाबा समान विश्व कल्याणकारी वृत्ति, हर सेकेण्ड, हर संकल्पको कल्याणकारी, रहमदिल किरणहरुद्वारा चारैतर्फको दुःख अशान्तिको अन्धकार टाढा भगाउनेवाला।

    ४.पुण्य आत्मा अर्थात् आफ्नो पुण्यको पूँजीबाट अनेक गरिबहरुलाई धनवान बनाउनेवाला। ज्ञान स्वरुप पुण्य आत्माको एक पुण्यमा पनि धेरै ताकत छ किनकि डाइरेक्ट परमात्म–शक्तिको आधारमा पुण्य आत्मा हुन्।

    जसरी द्वापरका इनडाइरेक्ट दान–पुण्य गर्ने सकामी अल्पकालका राजाहरुलाई देखेका वा सुनेका छौ होला, ती राजाहरुमा पनि राज्यसत्ताको सम्पूर्ण शक्ति थियो। जे आदेश गर्छन्, कसैले त्यसलाई परिवर्तन गर्न सक्दैन। चाहे कसैलाई जे पनि बनाइदिऊन्। कसैलाई मालामाल बनाइदिऊन्, कसैलाई फाँसीमा चढाइदिऊन्, दुवै अथोरिटी(अधिकार) थियो। यो हो इनडाइरेक्ट दान–पुण्यको सत्ता जुन द्वापरको आदिमा यथार्थ रुपमा प्रयोग गर्थे। पछाडि बिस्तारै–बिस्तारै त्यही राज्य सत्ता अयथार्थ रुपमा हुन पुग्यो। यसप्रकार आखिर अन्त्यमा समाप्त हुन गयो। जसरी इनडाइरेक्ट राज्य सत्तामा पनि यति शक्ति थियो जसले आफ्नो प्रजाको, परिवारको अल्पकालको लागि सुखी वा शान्त बनाइदिन्थे। यस्तै तिमी पुण्य आत्माहरु वा महादानीहरुको पनि डाइरेक्ट बाबाद्वारा प्रकृतिजित, मायाजितको विशेष सत्ता मिलेको छ। त्यसैले तिमी सर्वशक्तिमान सत्तावाला हौ। आफ्नो सर्वशक्तिमानको सत्ताको आधारमा अर्थात् पुण्यको पूँजीको आधारमा, शुद्ध संकल्पको आधारमा, जस्तोसुकै आत्मालाई पनि जे चाह्यो, त्यो उसलाई बनाउन सक्छौ। तिम्रो एक संकल्पमा यति शक्ति छ जसले बाबासँग सम्बन्ध जोडेर मालामाल बनाउन सक्छौ। उनीहरुको हुकुम, तिम्रो संकल्प। उनले आफ्नो हुकुमको आधारमा जे चाह्यो त्यो गर्न सक्थे— यस्तै तिमी एक संकल्पको आधारमा आत्माहरुलाई जति चाह्यो उति उच्च उठाउन सक्छौ किनकि डाइरेक्ट परमात्म–अधिकार प्राप्त भएको छ। यस्ता श्रेष्ठ आत्मा हौ? तर अहिले प्राक्टिकलमा किन हुँदैन? अधिकार छ, सर्वशक्तिमान सत्ता पनि छ फेरि त्यसलाई प्रयोग किन गर्न सक्दैनौ? कारण के हो? यो श्रेष्ठ सेवा अहिलेसम्म शुरु किन भएको छ्रैन?

    संकल्प शक्तिलाई गलत प्रयोग नगर, यथार्थ प्रयोग गर

    सारा इतिहासमा कसैले यदि आफ्नो सत्तालाई यथार्थ प्रयोग गरेका छ्रैनन् भने अवश्य गलत प्रयोग गरेका थिए। राजाहरुले राज्य गुमाए, नेताहरुले आफ्नो कुर्सी गुमाए, तानाशाहले आफ्नो सत्ता गुमाए— कारण? आफ्नो निजी कार्यलाई छोडेर ऐश–आराममा व्यस्त हुन पुगे। कुनै–न–कुनै कुरामा स्वयं अधीन हुन्छन्, यसैले अधिकार छुट्न जान्छ। वशीभूत हुन्छन्, यसैले आफ्नो अधिकार गलत प्रयोग गर्छन्। यसैगरी बाबाद्वारा तिमी पुण्य आत्माहरुलाई जुन हर सेकेण्ड र हर संकल्पमा सत्ता मिलेको छ, अधिकार मिलेको छ, सर्व अधिकार मिलेका छन् त्यसलाई यथार्थ रीतिबाट सत्ताको मूल्यलाई जान्दै त्यही अनुसार प्रयोग गर्दैनन्। सानो–सानो कुरामा आफ्नो लापरबाहीको ऐश–आराममा वा व्यर्थ सोच्नमा वा बोल्नमा गलत प्रयोग गर्नाले जम्मा भएको पुण्यको पूँजी वा प्राप्त भएको ईश्वरीय सत्तालाई जसरी प्रयोग गर्नु पर्छ त्यसरी गर्न सक्दैनन्। नत्र तिम्रो एक संकल्प नै धेरै शक्तिशाली छ। श्रेष्ठ ब्राह्मणहरुको संकल्प आत्माको भाग्यको रेखा खिच्ने साधन हो। तिम्रो एक संकल्प स्वीच जस्तै हो जसलाई अन गरेर सेकेण्डमा अन्धकारलाई मेटाउन सक्छौ।

    ५.पुण्य आत्माहरुको संकल्प एक रुहानी चुम्बक हो जुन आत्मालाई रुहानियत तर्फ आकर्षित गर्छ।

    ६.पुण्य आत्माको संकल्प लाइट हाउस हो जुन भड्किइरहेका आत्मालाई यथार्थ गन्तव्य देखाउँछ।

    ७.पुण्य आत्माको संकल्प अति शीतल स्वरुप हुन्छ, जसले विकारहरुको आगोमा जलेका आत्मालाई शीतल बनाउँछ।

    ८.पुण्य आत्माको संकल्प यस्तो श्रेष्ठ शस्त्र हो जसले अनेक बन्धनहरुको परतन्त्र आत्मालाई स्वतन्त्र बनाउँछ।

    ९.पुण्य आत्माको संकल्पमा यस्तो विशेष शक्ति छ जस्तो जन्त्र–मन्त्रद्वारा असम्भव कुरालाई सम्भव गरिदिन्छन्, त्यस्तै संकल्पको शक्तिद्वारा असम्भवलाई पनि सम्भव गर्न सक्छौ। वशीकरण महामन्त्रद्वारा वशीभूत आत्मालाई जुनकिरी(फायरफ्लाई) जस्तै उडाउन सक्छौ।

    १०.जसरी आजकलका यन्त्रहरुद्वारा मरूभूमिलाई पनि हराभरा गरिदिन्छन्, पहाडमा पनि फूल फुलाइदिन्छन्। के तिमी पुण्य आत्माहरुको श्रेष्ठ संकल्पद्वारा निराश आत्माहरु आशावादी बन्न सक्दैनन्?

    यसरी हर सेकेण्ड पुण्यको पूँजी जम्मा गर। हर सेकेण्ड, हर संकल्पको मूल्यलाई जानेर, संकल्प र सेकेण्डलाई प्रयोग गर। जुन कार्य आजका अनेक पद्मपतिले गर्न सक्दैनन् त्यो तिम्रो एक संकल्पले आत्मालाई पद्मापद्मपति बनाउन सक्छ। त्यसैले तिम्रो संकल्पको शक्ति कति श्रेष्ठ छ। चाहे जम्मा गर र गराऊ, चाहे व्यर्थ गुमाऊ, यो तिमीमाथि निर्भर छ। गुमाउनेलाई पश्चाताप गर्नु पर्नेछ। जम्मा गर्नेहरु सर्व प्राप्तिको झुलामा झुल्छन्। कहिले सुखको झुलामा, कहिले शान्तिको झुलामा, कहिले आनन्दको झुलामा। र गुमाउनेहरु झुलामा झुल्नेलाई देखेर आफ्नो झोलीलाई हेरिरहन्छन्। तिमी सबै त झुल्ने हौ नि?

    राजस्थान र यू.पी. का आएका छन्। राजस्थान त राज्य सत्ता अर्थात् अधिकारको सत्ता, ईश्वरीय सत्ताद्वारा सदा आफ्नो राजस्थानलाई मरूभूमिबाट उर्बरा भूमि बनाउनमा, मरूभूमिलाई फूलको उद्यान बनाउनमा, जंगललाई फूलहरुको बगैंचा बनाउनमा होशियार छन्। मुख्य स्थान, मुख्य केन्द्र राजस्थानमा नै छ। त्यसैले जो मुख्य केन्द्रमा छन् उनीहरु सबै कुरामा मुख्य हुनुपर्छ नि। राजस्थानलाई त गौरव हुनुपर्छ, नशा हुनुपर्छ। राजस्थानबाट नयाँ–नयाँ सेवाका योजनाहरु निस्किनुपर्छ। राजस्थानले कुनै नयाँ आष्किार गर्नुपर्छ। अहिले गरेका छैनौ। राजस्थानको धर्तीलाई परिवर्तन गर्नु पर्नेछ। त्यसको लागि पटक–पटक मेहनतको जल हाल्नुपर्छ। लगातारको मल राख्नुपर्ने हुन्छ। अहिले हल्का मल लगाएका छौ। अच्छा, अर्को दिन फेरि यू.पी. को महानता सुनाउनेछु। विदेशीले त अहिले पनि तुरून्तै गर्छन्। सोच्यो अनि गर्यो। यू.पी. को महानताको माला पनि वर्णन गर्नेछु। अहिले तयार गर फेरि अर्को दिन माला पहिराउनेछु।

    यस्ता श्रेष्ठ संकल्पको विधिद्वारा आत्माहरुलाई सद्गति गर्ने, ईश्वरीय सत्ताद्वारा आत्माहरुलाई हर विपतबाट छुडाउने, सदा पुण्यको पूँजी जम्मा गर्ने र गराउनेवाला, सदा विश्व कल्याणको दृढ संकल्प धारण गर्ने, यस्ता सर्वश्रेष्ठ पुण्य आत्माहरुलाई बापदादाको याद, प्यार एवं नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई, गुडमर्निङ्ग, नमस्ते।

    टीचर्सको साथः— 

    टीचर्स त सदा चढ्ती कलाको अनुभव गर्दै चलिरहेका छौ हैन? टीचर्सको विशेषता— अनुभवीमूर्त बन्नु हो। टीचर अर्थात् सुनाउनेवाला होइन बरु टीचर अर्थात् भन्नुको साथै अनुभव गराउनेवाला। त्यसैले सुनाउनु र स्वरुपमा अनुभव गराउनु— यो हो टीचर्सको विशेषता। सुनाउने वा भाषण गर्ने, क्लास गराउने त द्वापरदेखि धेरै ठूला–ठूला प्रसिद्ध भए तर यहाँ ज्ञान मार्गमा प्रसिद्ध को बन्छ? भाषण गर्ने? जसले सुनाउनुको साथै अनुभव गराउँछन्। टीचर्सको विशेष अटेन्शनमा यही सेवा हुनुपर्छ— मैले सदा, जहाँ भए पनि त्यहाँको र त्यसको साथमा बेहदको वायुमण्डल भाइब्रेशन्स सदा शुद्ध बनाउनु छ। जस्तो कुनै हदको सुगन्धले वातावरणलाई कति परिवर्तन गरिदिन्छ, यस्तै टीचर्सको गुणको धाराणाको सुगन्धले, शक्तिको सुगन्धले वायुमण्डल वा भाइब्रेशन्सलाई सदा शक्तिशाली बनाओस्। टीचरले कहिले यो भन्न सक्दैनन्— वायुमण्डल यस्तो छ, यिनको भाइब्रेशन्सको कारणले मेरो पुरूषार्थ पनि यस्तो हुन पुग्यो। टीचर्स अर्थात् परिवर्तन गर्नेवाला, न कि स्वयं परिवर्तन हुनेवाला। जो परिवर्तन गर्ने हुन्छन् उनीहरु कहिल्यै कसैको प्रभावमा स्वयं परिवर्तित हुँदैनन्। त्यसैले टीचर्सको विशेषता हो— वायुमण्डललाई शक्तिशाली बनाउनु, स्वयं शक्तिशाली बनेर कमजोरलाई शक्तिको सहयोग दिनु। निराश भएकालाई उमंग–उत्साह बढाउनु। त्यसैले यस्ता टीचर्स हौ नि? यो हो टीचर्सको कर्तव्य वा ड्युटी। यसरी स्वयं सम्पन्न बन ताकि अरुलाई पनि सम्पन्न बनाउन सक्नेछौ। यदि कुनै पनि शक्तिको कमी हुन्छ भने अरु पनि त्यही कुरामा कमजोर हुन्छ किनकि निमित्त हौ नि। टीचर्स सदा अलर्ट र एवररेडी हुनु पर्छ। स्थूल वा सूक्ष्म आलस्यको नाम मात्र पनि नहोस्। पुरूषार्थको पनि आलस्य हुन्छ र स्थूल कर्ममा पनि आलस्य हुन्छ। पुरूषार्थमा निराश हुन्छन् भने आलस्य आउन जान्छ। के गर्ने, यति नै हुन सक्छ, धेरै हुन सक्दैन। हिम्मत छ्रैन, चलि त रहेका छौं, गरि त रहेका छौं। पुरूषार्थको थकावट पनि आलस्यको निशानी हो। आलस्यवाला चाँडो थाक्छन्, उमंगवाला अथक हुन्छन्। त्यसैले टीचर्स अर्थात् न स्वयं पुरूषार्थमा थाक्ने, न अरुलाई पुरूषार्थमा थाक्न दिनेवाला। त्यसैले अलराउण्डर पनि हौ र अलर्ट(चुस्त) पनि हौ।

    हर कार्यमा सम्पन्न। कहिलेकाहीँ टीचरहरुले सम्झन्छन्— क्लास गराउनु, आन्तरिक कार्य गर्नु हाम्रो काम हो र स्थूल सेवा, त्यो अरुको काम हो, तर होइन। स्थूल कार्य पनि आन्तरिक कार्यको विषय हो। यो पनि पढाइको विषयको हो, यसलाई हल्का कुरा नसम्झ। यदि कर्मणामा माक्र्स कम हुन्छ भने पनि पास विद् अनर(सम्मान सहित पास) बन्न सक्दैनन्। सन्तुलन हुनुपर्छ। यसलाई सेवा नसम्झनु— यो पनि गलत हो। आन्तरिक सेवाको यो पनि एक भाग हो। यदि प्यारले योगयुक्त भएर भोजन बनाएनौ भने अन्नको मनमा प्रभाव कसरी पर्छ? स्थूल कार्य नगरेमा कर्मणाको माक्र्स कसरी जम्मा हुन्छ। त्यसैले टीचर्स अर्थात् वक्ता होइन, क्लास गराउनेवाला, कोर्स गराउनेवाला होइन, जस्तो समय जस्तो विषय त्यसमा त्यस्तै रूचिपूर्वक सेवामा सफलता प्राप्त गरुन्, यसलाई भनिन्छ— अलराउण्डर। यस्ता हौ नि वा आन्तरिकवाला अरु हुन्, बाहिरीवाला अरु हुन्। दुवैको आपसमा सम्बन्ध हुनुपर्छ।

    टीचर्सलाई त्याग र तपस्या त सदा याद छ हैन? कुनै पनि व्यक्ति वा वैभवको आकर्षणमा नआऊ। नत्र यो पनि एक बन्धन हुन जान्छ— कर्मातीत बन्नमा। टीचर्स स्वयं आफ्नै पुरूषार्थमा सन्तुष्ट छौ? चढ्ती कलाको महसुसता हुन्छ? सबैजना सबैसँग सन्तुष्ट छौ? आफ्नो पुरूषार्थबाट, सेवाबाट फेरि साथीहरुसँग, सबैसँग सन्तुष्ट? सबैको प्रमाणपत्र हुनु पर्छ नि? त्यसैले सबै प्रमाणपत्र छन्— के सम्झन्छौ? यदि तिमी सच्चाईबाट सफाईबाट सन्तुष्ट छौ भने बाबा पनि सन्तुष्ट हुनुहुन्छ। एक हुन्छ त्यसै भन्नु— सन्तुष्ट छौं, एक हुन्छ सच्चाई–सफाईसँग भन्नु सन्तुष्ट छौं। सदा सन्तुष्ट। यहाँ आएका हौ, कुनै पनि कमी छ भने, स्वयंप्रति वा सेवाप्रति। त्यसैले जो निमित्त बनेका छन् उनीसँग लेनदेन गर। भविष्यको लागि चढ्ती कला गरेर नै जाऊ। कमीलाई भर्न र स्वयंलाई हल्का गर्नको लागि त आउँछौ। यदि कुनै पनि सानोतिनो कुरा छ जसले पुरूषार्थको स्पीडमा बाधा पुर्याउँछ भने त्यसलाई समाप्त गरेर जाऊ। अच्छा!

    वरदानः—     

    मन–बुद्धिलाई मनमतबाट फ्री गरेर सूक्ष्मवतनको अनुभव गर्ने डबल लाइट भव

    संकल्प शक्ति अर्थात् मन र बुद्धिलाई सदा मनमतबाट खाली राख्यौ भने यहाँ रहँदा पनि वतनको सबै सीन–सिनरीहरु यस्तो स्पष्ट अनुभव हुन्छ, जसरी दुनियाँको कुनै पनि सीन स्पष्ट देखिन्छ। यो अनुभूतिको लागि कुनै पनि बोझ आफूमाथि नराख, सबै बोझ बाबालाई दिएर डबल लाइट बन। मन–बुद्धिबाट सदा शुद्ध संकल्पको भोजन गर। कहिल्यै पनि व्यर्थ संकल्प वा विकल्पको अशुद्ध भोजन नगर तब बोझबाट हल्का भएर उच्च स्थितिको अनुभव गर्न सक्छौ।

    स्लोगनः—    

    व्यर्थलाई फुलस्टप देऊ र शुभ–भावनाको भण्डार(स्टक) फुल गर।


    If you like this please comment below or just say Om Shanti in comments
    *** Om Shanti ***

    No comments

    Say Om Shanti to all BKs