BK Murli 1 July 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 July 2015 In Nepali

    16 Ashad 2072 Wednesday 01-7-2015 Nepali


    “मीठे बच्चे— सबैलाई यो खुशीको खबर सुनाऊ कि अब फेरि विश्वमा शान्तिको स्थापना भइरहेको छ, एक आदि सनातन देवी–देवता धर्मको स्थापना गर्न बाबा आउनुभएको छ।”

    प्रश्न:

    तिमी बच्चाहरुलाई पटक–पटक यादमा रहने इशारा किन दिइन्छ?

    उत्तर:

    किनकि सदा निरोगी र सदा पावन बन्नको लागि नै हो याद। त्यसैले समय मिलेसम्म यादमा रहने गर। सबेरै–सबेरै स्नान आदि गरेर एकान्तमा चक्कर लगाऊ वा बस। यहाँ त कमार्ई नै कमार्ई छ। यादबाट नै विश्वका मालिक बन्दछौ।

    ओम् शान्ति।

    बच्चाहरुले जान्दछन्— यस समयमा सबैले विश्वमा शान्ति चाहन्छन्। यो आवाज सुनिरहन्छन्— विश्वमा शान्ति कसरी हुन्छ? तर विश्वमा शान्ति कहिले थियो जुन अहिले चाहन्छन्— यो कसैले जान्दैनन्। तिमी बच्चाहरुले नै जान्दछौ— विश्वमा जब यी लक्ष्मी–नारायणको राज्य थियो तब विश्वमा शान्ति थियो। अहिलेसम्म पनि लक्ष्मी–नारायणको मन्दिर बनाइरहन्छन्। तिमीले कसैलाई पनि यो बताउन सक्छौ— विश्वमा शान्ति ५ हजार बर्ष पहिले थियो, अब फेरि स्थापना भइरहेको छ। कसले स्थापना गर्छ? यो मनुष्यले जान्दैनन्। तिमी बच्चाहरुलाई बाबाले सम्झाउनुभएको छ, तिमीले कसैलाई पनि सम्झाउन सक्छौ। तिमीले लेख्न सक्छौ। तर अहिलेसम्म कसैलाई लेख्ने कसैको हिम्मत छैन। अखबारमा आवाज त सुन्छन्, सबैले भन्छन् विश्वमा शान्ति होस्। लडार्इं आदि लाग्दा मनुष्यहरुले विश्वमा शान्तिको लागि यज्ञ रच्छन्। कुनचाहिँ यज्ञ? रूद्र यज्ञ रच्छन्। अहिले बच्चाहरुले जान्दछन्— यस समयमा बाबा जसलाई रूद्र शिव पनि भनिन्छ, उहाँले ज्ञान यज्ञ रच्नुभएको छ। विश्वमा शान्ति अब स्थापना भइरहेको छ। सत्ययुग नयाँ दुनियाँमा जहाँ शान्ति थियो अवश्य पनि राज्य गर्ने पनि थिए। निराकारी दुनियाँको लागि त भनिंदैन— विश्वमा शान्ति होस्। त्यहाँ त छ नै शान्ति। विश्व मनुष्यहरुको हुन्छ। निराकारी दुनियाँलाई विश्व भनिंदैन। त्यो हो शान्तिधाम। बाबाले बारम्बार सम्झाइरहनुहुन्छ, फेरि पनि कसैले भुलिहाल्छन्, कसै–कसैको बुद्धिमा हुन्छ उनीहरुले सम्झाउन सक्छन्। विश्वमा शान्ति कसरी थियो, अब फेरि कसरी स्थापना भइरहेको छ— यो जसलाई सम्झाउन पनि धेरै सहज छ। भारतवर्षमा जब आदि सनातन देवी–देवता धर्मको राज्य थियो तब एउटै धर्म थियो। विश्वमा शान्ति थियो, यो बडो सहजै सम्झाउनुपर्ने र लेख्नुपर्ने कुरा छ। ठूला–ठूला मन्दिर बनाउनेहरुलाई पनि तिमीले लेख्न सक्छौ— विश्वमा शान्ति आजभन्दा ५ हजार वर्ष पहिले थियो, जब यिनको राज्य थियो, जसको नै हामी मन्दिर बनाउँछौं। भारतवर्षमा नै यिनको राज्य थियो, अरु कुनै धर्म थिएन। यो त सहज छ र बुझ्ने कुरा हो। ड्रामा अनुसार पछि गएर सबैले बुझ्नेछन्। तिमीले यो खुशीको खबर सबैलाई सुनाउन सक्छौ, सुन्दर कार्डमा छपाउन पनि सक्छौ। विश्वमा शान्ति आजभन्दा ५ हजार वर्ष पहिले थियो, जब नयाँ दुनियाँ, नयाँ भारतवर्ष थियो। लक्ष्मी–नारायणको राज्य थियो। अब फेरि विश्वमा शान्ति स्थापना भइरहेको छ। यो कुरा स्मरण गर्नाले पनि तिमी बच्चाहरुलाई धेरै खुशी हुनुपर्छ। तिमी जान्दछौ, बाबालाई याद गर्नाले नै हामी विश्वको मालिक बन्छौं। सारा कुरा तिमी बच्चाहरुको पुरूषार्थमा आधारित छ। बाबाले सम्झाउनुभएको छ— समय मिलेसम्म बाबाको यादमा बस। सबेरै स्नान गरेर फेरि एकान्तमा चक्कर लगाऊ या एक ठाउँमा बस। यहाँ त कमार्ई नै कमार्ई गर्नु छ। सदा निरोगी (एवर हेल्दी) र सदा पावन बन्नको लागि नै याद हो। यहाँ त संन्यासीहरु पवित्र भए पनि बिरामी अवश्य हुन्छन्। यो हो नै रोगी दुनियाँ। त्यो हो निरोगी दुनियाँ। यो पनि तिमी जान्दछौ। दुनियाँमा कसैलाई के थाहा— स्वर्गमा सबै निरोगी हुन्छन् भनेर। स्वर्ग कसलाई भनिन्छ, कसैलाई थाहा छैन। तिमीले अहिले जान्दछौ। बाबा भन्नुहुन्छ— जोसुकै मिले पनि तिमीले सम्झाउन सक्छौ। सम्झ कोही आफूलाई राजा–रानी कहलाउँछन्। अहिले राजा–रानी त कोही छँदै छैनन्। भन, तपाई अहिले राजा–रानी त हुनुहुन्न। यो बुद्धिबाट पनि निकाल्नुपर्ने हुन्छ। महाराजा–महारानी श्री लक्ष्मी–श्री नारायणको राजधानी त अहिले स्थापना भइरहेको छ। त्यसैले अवश्य यहाँ कुनै राजा–रानी छैनन्। हामी राजा–रानी हौं, यो पनि भुल। साधारण मनुष्य जस्तै चल। यिनीहरुको पासमा पनि पैसा सुन आदि रहन्छ नि। अहिले नियमहरु पास हुँदै छन्, यो सबै लिन्छन्। फेरि साधारण मनुष्य जस्तै हुन्छन्। यो पनि युक्ति रचिरहेका छन्। गायन पनि छ नि, किसकी दबी रहे धूल मे, किसकी राजा खाए... (कसैको धुलोमा दबिन्छ, कसैको राजा (सरकार)¬ ले लिन्छ,.... अहिले राजाले कसैको खाँदैनन्। राजाहरु त छँदै छैनन्। प्रजाले नै प्रजाको खाइरहेका छन्। आजभोलिको राज्य बडो अचम्मको छ। जब सबै राजाहरुको नाम समाप्त हुन्छ तब फेरि राजधानी स्थापना हुन्छ। अहिले तिमी जान्दछौ— हामी वहाँ गइरहेका छौं जहाँ विश्वमा शान्ति हुन्छ। हो नै सुखधाम, सतोप्रधान दुनियाँ। हामी वहाँ जानको लागि पुरूषार्थ गरिरहेका छौं। बच्चीहरुले बसेर राम्ररी सम्झाऊन्, बाहिरको केवल बनावटी शो हुनु हुँदैन। आजकल त नक्कली पनि धेरै निक्लेका छन् नि। यहाँ त पक्का ब्रह्माकुमार–ब्रह्माकुमारीहरु हुनुपर्छ। 

    तिमी ब्राह्मणहरुले ब्रह्मा बाबाको साथमा विश्वमा शान्ति स्थापनाको कार्य गरिरहेका छौ। यसरी शान्ति स्थापना गर्ने बच्चाहरु धेरै शान्तचित्त र धेरै मीठो हुनुपर्छ किनकि जान्दछन्— हामी विश्वमा शान्ति स्थापना गर्ने निमित्त बनेका छां। त्यसैले पहिले हामीमा धेरै शान्ति हुनुपर्छ। कुराकानी पनि धेरै विस्तारै–विस्तारै बडो शिष्टतापूर्वक गर्नु छ। तिमी बिल्कुलै गुप्त छौ। तिम्रो बुद्धिमा अविनाशी ज्ञान रत्नहरुको खजाना भरिएको छ। बाबाको तिमी वारिस हौ नि। जति बाबाको पासमा खजाना छ, तिमीमा पनि पूरा हुनुपर्छ। सारा सम्पत्ति तिम्रो हो तर हिम्मत छैन भने लिन सक्दैनौ। लिनेले नै उच्च पद पाउँछन्। कसैलाई सम्झाउने बडो सोख हुनुपर्छ। हामीले विश्वलाई फेरि स्वर्ग बनाउनु छ। धन्दा आदि गर्दा साथमा यो पनि सेवा गर्नु छ यसैले बाबाले छिटो–छिटो गर्नुहुन्छ। फेरि पनि हुन त ड्रामा अनुसार नै हुन्छ। हरेक चिज आफ्नो समयमा चलिरहेको छ, बच्चाहरुलाई पनि पुरूषार्थ गराइरहनुभएको छ। बच्चाहरुलाई निश्चय छ— अब बाँकी थोरै समय छ। यो हाम्रो अन्तिम जन्म हो, फेरि हामी स्वर्गमा हुन्छौं। यो दुःखधाम हो, फेरि सुखधाम हुन्छ। बन्न समय त लाग्छ नि। यो विनाश सानो कहाँ छ र! जसरी नयाँ घर बन्छ भने नयाँ घरको नै याद आउँछ। त्यो हो हदको कुरा, त्यसमा कुनै सम्बन्ध आदि कहाँ बद्लिन्छ र! यहाँ त पुरानो दुनियाँ नै बद्लिनु छ फेरि जसले राम्रोसँग पढ्छ ऊ राजाई कुलमा आउँछ। नत्र प्रजामा जान्छ। बच्चाहरुलाई धेरै खुशी हुनुपर्छ। बाबाले सम्झाउनुभएको छ— ५०–६० जन्म तिमीले सुख पाउँछौ। द्वापरमा पनि तिम्रो पासमा धेरै धन रहन्छ। दुःख त पछि गएर हुन्छ। राजाहरु जब आपसमा लड्छन्, फूट पर्छ तब दुःख शुरु हुन्छ। पहिले त अनाज आदि पनि धेरै सस्तो हुन्छ। अनिकाल आदि पनि पछि गएर पर्छ। तिम्रो पासमा धेरै धन रहन्छ। सतोप्रधानबाट तमोप्रधानतामा बिस्तारै–बिस्तारै आउँछौ। त्यसैले तिमी बच्चाहरुलाई भित्र धेरै खुशी हुनुपर्छ। आफैंलाई खुशी छैन, शान्ति छैन भने उनले विश्वमा के शान्ति स्थापना गर्नेछन्! धेरैको बुद्धिमा अशान्ति रहन्छ। बाबा आउनुहुन्छ नै शान्तिको वरदान दिन। भन्नुहुन्छ— मलाई याद गर्यौ भने तमोप्रधानताको कारणले अशान्त भएको आत्मा यादले सतोप्रधान, शान्त बन्छ। तर बच्चाहरुबाट यादको मेहनत पुग्दै–पुग्दैन, यादमा न रहनाको कारणले नै फेरि मायाको तूफान आउँछ। यादमा रहेर पूरा पावन बनेनौ भने सजाय खानुपर्नेछ। पद पनि भ्रष्ट हुन्छ। यस्तो सम्झनु हुँदैन— स्वर्गमा त जाने नै छौं नि। अरे, मार खाएर पाई–पैसाको सुख पाउनु, यो के राम्रो हो र! मनुष्यहरुले उच्च पद पाउनको लागि कति पुरूषार्थ गर्छन्। यस्तो होइन— जे मिल्छ त्यै राम्रो। यस्तो कोही पनि छैन जसले पुरूषार्थ नगरोस्। भीख माग्ने भिखारीले पनि आफूसँग पैसा जम्मा गर्छन्। पैसाको त सबै भोका हुन्छन्। पैसाबाट हरेक कुराको सुख पाइन्छ। तिमी बच्चाहरुले जान्दछौ— हामीले बाबाबाट अथाह धन लिन्छौं। पुरूषार्थ कम भयो भने धन पनि कम मिल्छ। बाबाले धन दिनुहुन्छ नि। भन्नुहुन्छ पनि— धन छ भने अमेरिका आदिको चक्कर लगाऊ। तिमीले जति बाबालाई याद गर्छौ र सेवा गर्छौ उति सुख पाउँछौ। बाबाले हरेक कुरामा पुरूषार्थ गराउँदै उच्च बनाउनुहुन्छ। सम्झनुहुन्छ— बच्चाहरुले मेरो कुलको नाम प्रख्यात गर्नेछन्। तिमी बच्चाहरुलाई पनि ईश्वरीय कुलको, बाबाको नाम प्रख्यात गर्नु छ। उहाँ सत् बाबा, सत् टिचर, सत्गुरू ठहरिनुभयो। उच्चभन्दा उच्च बाबा उच्चभन्दा उच्च सत्गुरू पनि ठहरिनुभयो। यो पनि सम्झाउनुभएको छ— गुरू एउटै छ, दोस्रो न कोही। सर्वको सद्गति दाता एक। यो पनि तिमीले जान्दछौ। अहिले तिमी पारसबुद्धि बनिरहेका छौ। पारसपुरीको पारसनाथ राजा–रानी बन्छौ। कति सहज कुरा छ। भारतवर्ष सतोप्रधान (गोल्डन एजेड) थियो, विश्वमा शान्ति कसरी थियो— यो तिमीले यस लक्ष्मी–नारायणको चित्रमा सम्झाउन सक्छौ। स्वर्गमा शान्ति थियो। अहिले हो नर्क। यसमा अशान्ति छ। स्वर्गमा यी लक्ष्मी–नारायण रहन्छन् नि। कृष्णलाई लर्ड कृष्णा पनि भन्छन्। कृष्ण भगवान पनि भन्छन्। अब लर्ड त धेरै छन्, जसको पासमा जमीन (लेण्ड) प्रशस्त हुन्छ उसलाई पनि भन्दछन्— लेण्डलर्ड। कृष्ण त विश्वका राजकुमार थिए, जुन विश्वमा शान्ति थियो। यो पनि कसैलाई थाहा छैन राधे–कृष्ण नै लक्ष्मी–नारायण बन्छन्। 

    तिम्रो लागि मनुष्यहरुले कति कुरा बनाउँछन्, हंगामा मच्चाउँछन्, भन्छन् यिनले त भाइ–बहिनी बनाउँछन्। सम्झाइन्छ प्रजापिताका ब्रह्मा मुख वंशावली ब्राह्मण, जसको लागि नै गायन गर्छन् ब्राह्मण देवी–देवताए नमः। अहिलेका ब्राह्मणले पनि उनीहरुलाई नमस्ते गर्छन् किनकि उनीहरु सच्चा भाइ–बहिनी हुन्। पवित्र रहन्छन्। त्यसैले पवित्रको किन इज्जत नगर्ने? कन्या पवित्र छिन् त्यसैले उनलाई पनि ढोग्छन्। बाहिरको कुनै नयाँ आयो भने उसले पनि कन्यालाई नमन गर्छिन्। यस समयमा कन्याको यति मान किन भएको छ? किनकि तिमी ब्रह्माकुमार–ब्रह्माकुमारी हौ नि। धेरै संख्या तिमी कन्याहरुको छ। शिवशक्ति पाण्डव सेना गायन गरिएको छ, यसमा पुरूष पनि छन्, तर धेरै संख्या माताहरुको छ त्यसैले गायन गरिएको हो। जसले राम्रोसँग पढ्छ ऊ उच्च बन्छ। अहिले तिमीले सारा विश्वको इतिहास–भूगोल जानिसकेका छौ। चक्रमा पनि सम्झाउन धेरै सहज छ। भारतवर्ष पारसपुरी थियो, अहिले छ पत्थरपुरी। त्यसैले सबै पत्थरनाथ ठहरिए नि। तिमी बच्चाहरुले यस ८४ को चक्रलाई पनि जान्दछौ। अब घर जानु छ यसैले बाबालाई पनि याद गर्नु छ, जसबाट पाप काटिन्छ। तर बच्चाहरुबाट यादको मेहनत पुग्दै–पुग्दैन किनकि लापर्बाही (अलबेलापन) छ। सबेरै उठ्दैनन्। यदि उठ्छन् भने पनि आनन्द आउँदैन। निद्रा आउन थाल्छ फेरि सुतिहाल्छन्। निराश हुन्छन्। बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु, यो युद्धको मैदान हो नि। यसमा निराश हुनु छैन। यादको बलले नै मायामाथि विजय पाउनु छ। यसमा मेहनत गर्नु छ। धेरै राम्रा–राम्रा बच्चाहरु जसले यथार्थ रीति याद गर्दैनन्, चार्ट राख्नाले नाफा–नोक्सान थाहा हुन्छ। भन्छन्— चार्टले त मेरो अवस्थालाई कमाल गरेको छ। यसरी बिरलै कसैले चार्ट राख्छ। यसमा पनि बडो मेहनत छ। धेरै सेन्टरमा झुटो बोल्ने पनि गएर बस्छन्, विकर्म गरिरहन्छन्। बाबाको डाइरेक्सनमा नचल्नाले धेरै नोक्सान गर्छन्। बच्चाहरुलाई कहाँ थाहा हुन्छ र— निराकारले भन्नु भएको हो वा साकारले? बच्चाहरुलाई बारम्बार सम्झाइन्छ— सदैव सम्झ, शिवबाबाले नै डाइरेक्सन दिनुहुन्छ। अनि तिम्रो बुद्धि वहाँ लागिरहन्छ। 

    आजभोलि विवाह गर्नु पहिले फोटो देखाउँछन्, अखबारमा विज्ञापन पनि राख्छन्— यिनको लागि यस्ती–यस्ती राम्रो घरकी चाहिएको छ। दुनियाँको के हाल भएको छ, अझै के हुनु छ! तिमी बच्चाहरुले जान्दछौ— अनेक प्रकारका मतहरु छन्। तिमी ब्राह्मणहरुको छ एक मत। विश्वमा शान्ति स्थापन गर्ने मत । तिमी श्रीमतबाट विश्वमा शान्ति स्थापना गर्छौ। त्यसैले बच्चाहरुलाई पनि शान्तिमा रहनुपर्छ। जसले गर्छ, उसले पाउँछ। नत्र धेरै घाटा पर्छ। जन्म–जन्मान्तरको घाटा छ। बच्चाहरुलाई भन्नुहुन्छ— आफ्नो घाटा–फाइदा हेर। चार्ट हेर— मैले कसैलाई दुःख त दिइनँ? बाबा भन्नुहुन्छ— तिम्रो यो समय एक–एक सेकेण्ड अत्यन्तै बहुमूल्य छ। सजाय खाएर सानो पद पाउनु के ठूलो कुरा भयो र! तिमी त धेरै धनवान हुन चाहन्छौ नि। सबैभन्दा पहिले जो पूज्य हुन्छन् उनीहरुलाई नै पुजारी बन्नु छ। यति धन हुन्छ, सोमनाथको मन्दिर बनाउँछन् अनि पूजा गर्छन्। यो पनि हिसाब छ। बच्चाहरुलाई फेरि पनि सम्झाउनुहुन्छ चार्ट राख्यौ भने धेरै फाइदा हुन्छ। नोट गर्नुपर्छ। सबैलाई सन्देश दिदै जाऊ, चुप लागेर नबस। ट्रेनमा पनि तिमी सम्झाएर लिटरेचर (पत्रिका) देऊ। भन, यो करोडौंको सम्पत्ति हो। जब लक्ष्मी–नारायणको यहाँ राज्य थियो तब विश्वमा शान्ति थियो। अब बाबा फेरि त्यही राजधानी स्थापना गर्न आउनुभएको छ, तिमीले बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, अनि विश्वमा शान्ति हुन्छ। अच्छा!

    मीठे–मीठे सिकीलधे बच्चाहरु प्रति माता–पिता बापदादाको याद–प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) हामी विश्वमा शान्ति स्थापना गर्नका लागि निमित्त ब्राह्मण हौं, हामी धेरै–धेरै शान्तचित रहनु छ, कुराकानी धेरै विस्तारै वा सभ्यता (रोयल्टी) पूर्वक गर्नु छ।

    २) अलबेलापन छोडेर यादको मेहनत गर्नु छ। कहिले पनि निरास हुनु छैन।

    वरदान:

    अमृतबेलाको महत्वलाई जानेर खुल्ला भण्डारबाट आफ्नो झोला भरिपूर्ण गर्नेवाला तकदीरवान भव

    अमृतबेलामा वरदाता, भाग्य विधाताबाट जस्तो तकदीरको रेखा खिचाउन चाहन्छौ खिचाऊ किनकि त्यस समयमा भोला भगवानको रुपमा लवफुल हुनुहुन्छ त्यसैले मालिक बन र अधिकार लेऊ। खजानामा कुनै पनि ताला–चाबी छैन। त्यस समय केवल मायाको बहानाबाजीलाई छोडेर एक संकल्प गर— म जो हँ, जस्तो हँ, हजुरको हुँ। मन बुद्धि बाबाको जिम्मा लगाएर तख्तनशीन बन्यौ भने बाबाको सर्व खजाना तिम्रो खजाना अनुभव हुन्छ।

    स्लोगन:

    सेवामा यदि स्वार्थ मिसियो भने सफलता पनि मिसिन्छ त्यसैले निःस्वार्थ सेवाधारी बन।


    ***OM SHANTI***

    No comments

    Say Om Shanti to all BKs