BK Murli 1 August 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 August 2015 In Nepali

    16 Shrawan 2072 Saturday 1-8-2015 Nepali

    “मीठे बच्चे— आफ्नो स्वधर्मलाई भुल्नु नै सबैभन्दा ठूलो भूल हो, अब तिमीलाई अभूल बन्नु छ, आफ्नो घर र राज्यलाई याद गर्नु छ।”  

    प्रश्न:

    तिमी बच्चाहरुको कुन चाहिँ अवस्था नै समयको समीपताको निशानी हो?

    उत्तर:

    तिमी बच्चाहरु जब यादको यात्रामा सदा मस्त रहन्छौ, बुद्धिको भट्काइ बन्द हुन्छ, वाणीमा यादको बल आउँछ, अपार खुशीमा रहन्छौ, घरी–घरी आफ्नो सत्ययुगी दुनियाँको दृश्य सामुन्ने आइरहन्छ तब सम्झ समय समीप छ। विनाशमा समय लाग्दैन, यसको लागि यादको चार्ट बढाउनु छ।

    गीतः-

    तुम्हें पाके हमने जहान पा लिया है.........

    ओम् शान्ति।

    रुहानी बच्चाहरुले यस गीतको अर्थ त जानेको हुनु पर्छ। अब बेहदका बाबालाई त पाएका छौ। बेहदका बाबाबाट स्वर्गको वर्सा मिल्छ, जुन वर्सालाई कसैले पनि छिन्न सक्दैन। वर्साको नशा तब हट्दछ जब रावण राज्य शुरु हुन्छ। यस्तो पनि ड्रामा बनेको छ। बच्चाहरुलाई सृष्टि ड्रामाको पनि ज्ञान छ। यो चक्र कसरी फिर्छ। यसलाई नाटक भनिन्छ, ड्रामा पनि भनिन्छ। बच्चाहरु सम्झन्छन्— वास्तवमा बाबा आएर सृष्टिको चक्रको बारेमा पनि सम्झाउनुहुन्छ। जो ब्राह्मण कुलका हुन्, उनीहरुलाई नै सम्झाउनुहुन्छ। प्यारा बच्चाहरु तिमीले आफ्नो जन्मलाई जान्दैनौ, म तिमीलाई सम्झाउँछु। पहिले तिमी सुन्थ्यौ— ८४ लाख जन्म लिएपछि एक जन्म मनुष्यको मिल्छ। यस्तो होइन। अहिले तिमी सबै आत्माहरु नम्बरवार आउँदै जाँदै गर्छा। बुद्धिमा आएको छ— सबैभन्दा पहिले हामी आदि सनातन देवी–देवता धर्मका पूज्य थियौं, फेरि हामी नै पुजारी बनेका हौं। आफैं पूज्य आफैं पुजारी— यो पनि गायन छ। मनुष्यले फेरि भगवानको लागि सम्झन्छन्— हजुर नै पूज्य हजुर नै पुजारी बन्नु हुन्छ। यी सबै रुप हजुर कै हुन्। अनेक मत मतान्तर छन् नि। तिमी अहिले श्रीमतअनुसार चल्छौ। तिमी सम्झन्छौ— हामी विद्यार्थीले पहिले केही बुझ्दैनथियौं फेरि पढेर उच्च परीक्षा पास गर्दै जान्छौं। ती विद्यार्थीहरुले पनि शुरुमा त केही पनि जान्दैनन्, फेरि परीक्षा पार गर्दै–गर्दै सम्झन्छन्— अहिले हामीले वकालत पास गरेका छौं। तिमी पनि अब जान्दछौ— हामी पढेर मनुष्यबाट देवता बनिरहेका छौं त्यो पनि विश्वको मालिक। वहाँ त हुन्छ नै एक धर्म, एक राज्य। तिम्रो राज्य कसैले छिन्न सक्दैन। वहाँ तिमीलाई पवित्रता–शान्ति–सुख–सम्पत्ति सबै कुरा हुन्छन्। गीतमा पनि त सुन्यौ । अब यो गीत तिमीले त बनाएका होइनौ। अनायास नै ड्रामा अनुसार यस समयको लागि बनेका हुन्। मनुष्यहरुले बनाएका गीतहरुको अर्थ बाबा बसेर सम्झाउनुहुन्छ। अहिले तिमी यहाँ शान्तिमा बसेर बाबाबाट वर्सा लिइरहेका छौ, जुन कसैले छिन्न सक्दैन। आधाकल्प सुखको वर्सा रहन्छ। बाबा सम्झाउनुहुन्छ— मीठा–प्यारा बच्चाहरु आधाकल्पभन्दा पनि बढी तिमीले सुख भोग्दछौ। फेरि रावण राज्य शुरु हुन्छ। मन्दिर पनि यस्ता छन् जहाँ चित्र देखाउँछन्— देवताहरु वाम मार्गमा कसरी जान्छन्। ड्रेस त त्यही छ। पछि ड्रेस बदल्छन्। हरेक राजाका आ–आफ्ना ड्रेस, ताज आदि सबै अलग–अलग हुन्छन्। 

    अब बच्चाहरुले जान्दछन्— हामी शिवबाबाबाट ब्रह्माद्वारा वर्सा लिइरहेका छौं। बाबाले त बच्चा–बच्चा नै भन्नुहुन्छ। तिमी बच्चाहरुले आफ्ना जन्महरुलाई जान्दैनौ। सुन्न त आत्माले सुन्छ नि। हामी आत्मा हौं, न कि— शरीर। अरु जति पनि मनुष्य मात्र छन् उनीहरुलाई आफ्नो शरीरको नामको नशा हुन्छ किनकि देह–अभिमानी छन्। हामी आत्मा हौं यो जान्दै–जान्दैनन्। उनीहरुले त आत्मा नै परमात्मा, परमात्मा नै आत्मा भनिदिन्छन्। अहिले तिमीलाई बाबाले सम्झाउनुभएको छ— तिमी आत्मा नै विश्वको मालिक देवी–देवता बनिरहेका छौ। यो ज्ञान अहिले छ, हामी नै देवता फेरि क्षत्रिय घरानामा आउँछौं। ८४ जन्मको हिसाब पनि चाहिन्छ नि। सबैले त ८४ जन्म लिँदैनन्। सबै एकसाथ कहाँ आउँछन् र! तिमी जान्दछौ— कुन चाहिँ धर्म कसरी आइरहन्छन्। इतिहास (हिस्ट्री) पुरानो फेरि नयाँ हुन्छ। अहिले यो हो नै पतित दुनियाँ। त्यो हो पावन दुनियाँ। फेरि अरु अरु धर्म आउँछन्, यहाँ कर्मक्षेत्रमा यो एउटै नाटक चल्छ। मुख्य छन् ४ धर्म। यस संगममा बाबा आएर ब्राह्मण सम्प्रदाय स्थापना गर्नुहुन्छ। विराट् रुपको चित्र बनाउँछन्, तर त्यसमा यो भूल छ। बाबा आएर सबै कुरा सम्झाएर अभूल बनाउनुहुन्छ। बाबा त न कहिल्यै शरीरमा आउनुहुन्छ, न भूल गर्नुहुन्छ। उहाँ त थोरै समयको लागि तिमी बच्चाहरुलाई सुखधामको र आफ्नो घरको मार्ग बताउनको लागि यिनको रथमा आउनुहुन्छ। न केवल मार्ग बताउनुहुन्छ जीवन पनि बनाउनुहुन्छ। कल्प–कल्प तिमी घर जान्छौ फेरि सुखको पार्ट पनि बजाउँछौ। बच्चाहरुले भुलेका छन्— हामी आत्माहरुको स्वधर्म हो नै शान्ति। यस दुःखको दुनियाँमा शान्ति कसरी हुन्छ, यी सबै कुरालाई तिमीले बुझेका छौ। तिमी सबैलाई सम्झाउँछौ पनि। बिस्तारै–बिस्तारै सबै आउँछन्, वेलायतलाई पनि थाहा हुन्छ, यो सृष्टि चक्र कसरी फिर्छ, यसको आयु कति छ। विदेशीहरु पनि तिम्रो पासमा आउँछन् वा बच्चाहरु वहाँ गएर सृष्टि चक्रको राज सम्झाउँछौ। उनीहरुले सम्झन्छन्— क्राइस्ट गएर परमात्माको पासमा पुगे। क्राइस्टलाई परमात्माको बच्चा सम्झन्छन्। कोही फेरि यो सम्झन्छन्— क्राइस्ट पनि पुनर्जन्म लिंदै–लिंदै अहिले भिखारी छन्। जसरी तिमी पनि भिखारी हौ नि। बेगर (भिखारी) अर्थात् तमोप्रधान। सम्झन्छन्— क्राइस्ट पनि यहाँ छन्, फेरि कहिले आउँछन्, यो जान्दैनन्। तिमी सम्झाउन सक्छौ— तपाईंहरुको धर्म स्थापक फेरि आफ्नो समयमा धर्म स्थापना गर्न आउनुहुन्छ। उहाँलाई गुरू भन्न सकिँदैन। उनी धर्म स्थापना गर्न आउँछन्। सद्गति दाता केवल एक हुनुहुन्छ, उनीहरु जति पनि धर्म स्थापना गर्न आउँछन् सबै पुनर्जन्म लिंदै–लिंदै अहिले आएर तमोप्रधान बनेका छन्। अन्त्यमा सारा वृक्षले जडजडिभूत अवस्था प्राप्त गरेको छ। अहिले तिमी जान्दछौ— सारा वृक्ष खडा छ, बाँकी देवी–देवता धर्मको जग छैन (बरको उदाहरण)। यी कुरा बाबाले नै बच्चाहरुलाई बसेर सम्झाउनुहुन्छ। तिमी बच्चाहरुलाई त धेरै खुशी हुनुपर्छ। तिमीलाई थाहा भएको छ— हामी उही देवी—देवता थियौं फेरि अब बन्छौं। यहाँ तिमी आउँछौ नै सत्य नारायणको कथा सुन्न, जसद्वारा नरबाट नारायण बन्छौ। नारायण बन्यौ भने अवश्य लक्ष्मी पनि हुनुपर्छ। लक्ष्मी–नारायण भए पछि अवश्य उनीहरुको राजधानी पनि हुनुपर्छ नि। एक्लै लक्ष्मी–नारायण त बन्दैनन्। लक्ष्मी बन्ने अलग कथा कहाँ छ र। नारायणको साथै लक्ष्मी पनि बन्छिन्। लक्ष्मी पनि कुनैबेला नारायण बन्छिन्। नारायण फेरि कुनै बेला लक्ष्मी बन्छन्। कुनै कुनै गीत धेरै राम्रा छन्। मायाको घुट्का आउँदा गीत सुन्यो भने हर्षितपना आउँछ। जसरी पौडन सिक्दा पहिले घुट्का आउँछ फेरि त्यसलाई समात्छन्। यहाँ पनि मायाको घुट्का धेरै आउँछन्। पौडने त धेरै हुन्छन्। उनीहरुको पनि रेस हुन्छ भने तिम्रो पनि रेस हुन्छ— पारी जाने। म एकलाई याद गर्नु छ। याद गर्दैनन् भने घुट्का खान्छन्। बाबा भन्नुहुन्छ— यादको यात्राद्वारा नै नाउ पार हुन्छ। तिमी पारी जान्छौ। पौडीबाज (तैराक) कोही धेरै तीव्र हुन्छन्, कोही कम। यहाँ पनि यस्तै छन्। बाबाको पासमा चार्ट पठाउँछन्। बाबा जाँच गर्नुहुन्छ। यादको चार्टलाई यिनीहरुले ठीकसँग सम्झन्छन्— या बेठीकसँग सम्झन्छन्। कसै कसैले देखाउँछन्— म सारा दिनमा ५ घण्टा यादमा रहेँ। म विश्वास गर्दिनँ, अवश्य भूल भएको छ। कसैले सम्झन्छन्— हामी जति समय यहाँ पढ्छौं त्यति समय त चार्ट ठीक रहन्छ। तर होइन। धेरै यहाँ भएर पनि, सुन्दा सुन्दै पनि बुद्धि बाहिर कहाँ–कहाँ जान्छ। पूरा पनि सुन्दैनन्। भक्तिमार्गमा यस्ता–यस्ता हुन्छन्। संन्यासीहरुले कथा सुनाउँछन् अनि बीच बीचमा सोध्छन्, मैले के सुनाएँ? हेर्छन्— कोही थकित भएर बसेको छ भने सोध्छन् फेरि बताउन सक्दैनन्। बुद्धि कहाँ न कहाँ जान्छ। एउटा अक्षर पनि सुन्दैनन्। यहाँ पनि यस्ता छन्। बाबाले देखिरहनुहुन्छ— थाहा हुन्छ यसको बुद्धि कहाँ बाहिर भड्किरहेकोछ। यताउति हेरिरहन्छन्। यस्ता यस्ता पनि कोही कोही नयाँ आउँछन्। बाबा बुझ्नुहुन्छ पूरा बुझेका छैनन् त्यसैले बाबा भन्नुहुन्छ— नयाँ नयाँलाई छिटै यहाँ क्लासमा आउन छुट्टी नदेऊ। नत्र त वायुमण्डललाई बिगारिदिन्छन्। पछि गएर तिमी देख्छौ जो राम्रा–राम्रा बच्चाहरु हुन्छन् यहाँ बस्दा बस्दै वैकुण्ठमा जान्छन्। धेरै खुशी भइरहन्छ। घरी–घरी जान्छन्— अब समय नजिक छ। नम्बरवार पुरूषार्थ अनुसार तिम्रो अवस्था यस्तो हुन्छ। घरी–घरी स्वर्गमा आफ्नो महल देखिरहन्छौ। जे जति बताउनु, गर्नु पर्ने हुन्छ त्यसको साक्षात्कार भइरहन्छ। समय त देखिरहेका छौ। कसरी–कसरी तयारी भइरहेको छ। बाबा भन्नुहुन्छ— हर, कसरी एक सेकेन्डमा सारा दुनियाँका मनुष्य खरानीमा मिल्छन्। बम पड्किन्छ अनि समाप्त हुन्छ। 

    तिमी बच्चाहरु जान्दछौ आफ्नो राजधानी स्थापना भइरहेको छ। अहिले त यादको यात्रामा मस्त रहनु छ। त्यो तागत भर्नु छ जसद्वारा कसैलाई दृष्टिद्वारा तीर लागोस्। पहिले भीष्म पितामह आदि जस्तालाई तिमीले नै ज्ञानका बाण चलाएका हौ। तुरन्तै बुझ्छन्, यिनीहरुले त सत्य भन्छन्। ज्ञानका सागर पतित–पावन त निराकार भगवान हुनुहुन्छ। कृष्ण हुन सक्दैनन्। उनको त जन्म देखाउँछन्। कृष्णको त्यही चेहरा फेरि कहिले मिल्न सक्दैन। फेरि सत्ययुगमा त्यही चेहरा मिल्छ। हरेक जन्ममा, हरेकको चेहरा अलग–अलग हुन्छन्। यो ड्रामाको पार्ट यस्तो बनेको छ। वहाँ त प्राकृतिक रुपमा सुन्दर चेहरा हुन्छन्। अब त दिन प्रतिदिन तन पनि तमोप्रधान हुँदै जान्छ। पहिले पहिले सतोप्रधान फेरि सतो–रजो–तमो हुन्छन्। यहाँ त हेर— कस्ता–कस्ता बच्चाहरुले जन्म लिन्छन्। कसैको खुट्टा चल्दैन, कोही पुड्का (जामडे) हुन्छन्। के–के हुन्छन् । सत्ययुगमा यस्तो कहाँ हुन्छ र! वहाँ देवताहरुका दार्ही आदि पनि हुँदैन। क्लीनशेव हुन्छ। चाल–चलनबाट थाहा हुन्छ— ऊ पुरूष हो, ऊ स्त्री हो। पछि गएर तिमीलाई धेरै साक्षात्कार भइरहन्छन्। तिमी बच्चाहरुलाई कति खुशी हुनुपर्छ। बाबा कल्प–कल्प आएर हामीलाई राजयोग सिकाएर मनुष्यबाट देवता बनाउनुहुन्छ। यो पनि तिमी बच्चाहरुले जान्दछौ— अरु जति पनि धर्म छन् सबै आ–आफ्नो सेक्सनमा जान्छन्। आत्माहरुको वृक्ष पनि त देखाउँछन् नि। चित्रमा धेरै करेक्सन गर्दै परिवर्तन हुँदै जान्छन्। जसरी बाबाले सूक्ष्म वतनको लागि सम्झाउनुहुन्छ, संशय बुद्धिले त भन्छ— यो के हो! पहिले यसो भन्नुहुन्थ्यो, अहिले यसो भन्नुहुन्छ! लक्ष्मी–नारायणका दुई रुपलाई मिलाएर विष्णु भनिन्छ। बाँकी ४ भुजावाला मनुष्य कहाँ हुन्छ र! रावणका १० शिर देखाउँछन्। यस्ता कोही मनुष्य हुँदैनन्। हर वर्ष जलाउँछन्। गुडियाको खेलजस्तै। 

    मनुष्य भन्छन्— शास्त्रहरु विना हामी बाँच्न सक्दैनौं। शास्त्र त हाम्रा प्राण हुन्। गीताको हेर कति मान छ। यहाँ त तिम्रो पासमा मुरली धेरै जम्मा हुन्छन्। तिमी राखेर के गर्छा! दिन–प्रतिदिन तिमी नयाँ–नयाँ प्वाइन्ट सुनिरहन्छौ। हो प्वाइन्ट नोट गर्नु राम्रो हो। भाषण गरेको समयमा रिहर्सल गर्छन्, यो–यो प्वाइन्ट सम्झाउँछु। टपिकको लिस्ट हुनुपर्छ। आज यस टपिकमा सम्झाउँछु। रावण को हो, राम को हुन्? सत्य के हो, त्यो म तपाईंलाई बताउँछु। यस समयमा रावण राज्य सारा दुनियाँमा छ। ५ विकार त सबैमा छन्। बाबा आएर फेरि रामराज्यको स्थापना गर्नुहुन्छ। यो हार र जितको खेल हो। हार कसरी हुन्छ! ५ विकाररुपी रावणका कारण। पहिले पवित्र गृहस्थ आश्रम थियो त्यो अब पतित बनेको छ। लक्ष्मी–नारायण उनीहरु नै ब्रह्मा–सरस्वती। बाबा पनि भन्नुहुन्छ— म यिनको धेरै जन्मको अन्त्यमा प्रवेश गर्छु। तिमी भन्छौ— हामीले पनि धेरै जन्मको अन्त्यमा बाबाबाट ज्ञान लिइरहेका छां। यी सबै बुझ्नुपर्ने कुरा हुन्। कोही मन्दबुद्धि छन् भने बुझ्दैनन्। यो त राजधानी स्थापना भइरहेको छ। धेरै आए फेरि गए, उनीहरु फेरि आउँछन्। प्रजामा पाई पैसाको पद पाउँछन्। त्यो पनि त चाहिन्छ नि। अच्छा! 

    मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको याद–प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सदा यसै नशामा रहनु छ— हामी अहिले यो पढाइ पूरा गरेर मनुष्यबाट देवता सो विश्वको मालिक बन्छौं। हाम्रो राज्यमा पवित्रता–सुख–शान्ति सबै कुरा हुन्छ। त्यसलाई कसैले छिन्न सक्दैन।

    २) यहाँ देखि पारि जानको लागि यादको यात्रामा राम्रो तैराक (पौडीबाज) बन्नु छ। मायाको घुट्का खानु छैन। आफ्नो जाँच गर्नु छ, यादको चार्टलाई यथार्थ बुझेर लेख्नु छ।

    वरदान:

    मनसा बन्धनबाट मुक्त, अतीन्द्रिय सुखको अनुभूति गर्ने मुक्ति दाता भव   

    अतीन्द्रिय सुखमा झुल्नु— यो संगमयुगी ब्राह्मणहरुको विशेषता हो। तर मनसा संकल्पको बन्धनले आन्तरिक खुशी वा अतीन्द्रिय सुखको अनुभव गर्न दिदैन। व्यर्थ संकल्प, ईष्र्या, अलबेलापन वा आलस्यका संकल्पको बन्धनमा बाँधिनु नै मनसा बन्धन हो, यस्तो आत्माले अभिमान वस अरुको मात्र दोष सोचिरहन्छ, उसको महसुसता शक्ति समाप्त हुन जान्छ त्यसैले यस सूक्ष्म बन्धनबाट मुक्त बन तब मुक्ति दाता बन्न सक्छौ।

    स्लोगन:

    यस्तो खुशीको खानीले सम्पन्न बन जसले गर्दा तिम्रो पासमा दुःखको लहर पनि नआओस्।   


    ***OM SHANTI***