BK Murli 1 September 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 September 2015 In Nepali

    15 Bhadra 2072 Tuesday 01-09-2015 Nepali


    “मीठे बच्चे— तिमी अहिले सच्चा–सच्चा पाठशालामा बसेका छौ, यो सतसङ्ग पनि हो, यहाँ तिमीलाई सत्य बाबाको सङ्ग मिलेको छ, जसले पार लगाइदिनुहुन्छ।”

    प्रश्न:

    हिसाब–किताबको खेलमा मनुष्यको समझ र तिम्रो समझमा कुनचाहिँ अन्तर छ?

    उत्तर:

    मनुष्य सम्झन्छन्— यो जुन दुःख–सुखको खेल चल्छ, यो दुःख–सुख सबै परमात्माले नै दिनुहुन्छ, तर तिमी बच्चाहरुले सम्झन्छौ— यो हरेकको कर्मको हिसाबको खेल हो। बाबाले कसैलाई पनि दुःख दिनुहुन्न। उहाँ त आउनुहुन्छ नै सबैलाई सुखको बाटो बताउन। बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु! मैले कसैलाई पनि दुःखी बनाएको होइन। यो त तिम्रै कर्मको फल हो।

    गीतः

    इस पाप की दुनियाँ से.......

    ओम् शान्ति।

    । मीठा–प्यारा रुहानी बच्चाहरुले गीत सुन्यौ। कसलाई पुकार गर्छन्? बाबालाई। बाबा आएर यस पापको कलियुगी दुनियाँबाट सत्ययुगी पुण्यको दुनियाँमा लिएर जानुहोस्। अहिले जीव आत्माहरु सबै कलियुगी छन्। उनीहरुको बुद्धि माथितिर जान्छ। बाबा भन्नुहुन्छ— म जो छु, जस्तो छु, यस्तो कसैले पनि जान्दैनन्। ऋषि–मुनि आदिले पनि भन्दछन्— हामी रचयिता मालिक अर्थात् बेहदका बाबा र उहाँका बेहदको रचनाको आदि–मध्य–अन्त्यलाई जान्दैनौ। आत्माहरु जहाँ रहन्छन्, त्यो हो ब्रह्मतत्व, जहाँ सूर्य चन्द्रमा हुँदैनन्। न मूल वतन, न सूक्ष्म वतनमा। बाँकी यस रंगमञ्चमा त बिजुली आदि सबै चाहिन्छन् नै। त्यसैले यस रंगमञ्चलाई बिजुली आदि मिल्छ— राती चन्द्रमा र ताराहरुको, दिनमा सूर्य। यी हुन् बत्तीहरु। यी बत्तीहरु भएर पनि अन्धकार भनिन्छ। रातमा त फेरि पनि बत्ती जलाउनु पर्छ। सत्ययुग–त्रेतालाई भनिन्छ दिन र भक्ति मार्गलाई भनिन्छ रात। यो पनि समझको कुरा हो। नयाँ दुनियाँ नै फेरि पुरानो अवश्य बन्छ। फेरि नयाँ भएपछि पुरानोको अवश्य विनाश हुन्छ। यो हो बेहदको दुनियाँ। भवन पनि कुनै ठूला–ठूला हुन्छन्, राजाहरु आदिका। यो हो बेहदको घर, मञ्च अर्थात् स्टेज, यसलाई कर्मक्षेत्र पनि भनिन्छ। कर्म त अवश्य गर्नुपर्ने हुन्छ। सबै मनुष्यको लागि यो कर्मक्षेत्र हो। सबैले कर्म गर्नु नै पर्छ, पार्ट खेल्नु नै छ। पार्ट हरेक आत्मालाई पहिलेदेखि नै मिलेको छ। तिमीहरुमा पनि कोही छन्, जसले यी कुरालाई राम्ररी जान्दछन्। वास्तवमा यो गीता पाठशाला हो। पाठशालामा के कुनै वृद्ध आदि पढ्छन् र? यहाँ त वृद्ध, जवान आदि सबै पढ्छन्। वेद पाठशाला भनिदैन। त्यहाँ त कुनै लक्ष्य–उद्देश्य हुँदैन। हामी यतिका वेद–शास्त्र पढ्छौं, यसबाट के बन्छौं— उनीहरुले जान्दैनन्। जति पनि सतसङ्ग छन्, त्यहाँ कुनै लक्ष्य–उद्देश्य केही छैन। अब त उनीहरुलाई सतसङ्ग भन्न पनि लाज लाग्छ। सत्य त एक बाबा नै हुनुहुन्छ, जसको लागि भनिन्छ— संग तारे...कुसंग बोरे...। कुसङ्ग कलियुगी मनुष्यहरुको। सत्यको सङ्ग त एउटै मात्र छ। अहिले तिमीलाई आश्चर्य लाग्छ। सारा सृष्टिको आदि–मध्य–अन्त्यको ज्ञान कसरी बाबाले दिनुहुन्छ, तिमीलाई त खुशी हुनुपर्छ। तिमीहरु सच्चा–सच्चा गीता पाठशालामा बसेका छौ। बाँकी सबै हुन् झुटा पाठशाला। ती अन्य सतसङ्ग आदिबाट त केही पनि बनेर निस्किदैनन्। स्कुल–कलेज आदिबाट त फेरि पनि केही बनेर निस्किन्छन् किनकि पढ्छन्। बाँकी कहीँ पनि पढाइ हुँदैन। सतसङ्गलाई पढाइ भनिदैन। शास्त्र आदि पढेर फेरि दोकान खोलेर बस्छन्, पैसा कमाउँछन्। ग्रन्थ आदि अलिकति सिकेर गुरूद्वारा (सिक्खहरुको मन्दिर) खोलेर बस्छन्। गुरूद्वारा पनि कति धेरै खोल्छन्। गुरूको द्वार अर्थात् घर भनिन्छ नि। द्वार खुल्दछ, त्यहाँ गएर शास्त्र आदि पढ्छन्। तिम्रो गुरूद्वारा हो— मुक्ति र जीवनमुक्ति धाम, सद्गुरू द्वार। सद्गुरूको नाम के हो? अकालमूर्त। सतगुरूलाई अकालमूर्त भन्दछन्। उहाँ आएर मुक्ति, जीवनमुक्तिको द्वार खोल्नुहुन्छ। अकालमूर्त हुनुहुन्छ, जसलाई कालले पनि खान सक्दैन। आत्मा हो नै बिन्दु। उसलाई कालले कसरी खान सक्छ? आत्मा त शरीर छोडेर भाग्छ। मनुष्यले यो कहाँ सम्झन्छन् र! एक पुरानो शरीर छोडेर फेरि गएर अर्को लिन्छ, यसमा रूनु पर्ने के आवश्यक छ? यो तिमी जान्दछौ— ड्रामा अनादि बनेको छ। हरेकले पार्ट खेल्नु नै छ। बाबाले सम्झाउनुभएको छ— सत्ययुगमा हुन्छन् नष्टोमोहा। मोहजितको पनि कहानी छ नि। पण्डितहरुले सुनाउँछन्, माताहरुले पनि सुन्दा–सुन्दा ग्रन्थ राखेर बस्छन्— सुनाउनको लागि। धेरै मानिसहरु गएर सुन्छन्। त्यसलाई भनिन्छ कनरस। ड्रामा प्लान अनुसार मनुष्यले त भन्छन्— हाम्रो दोष नै के छ? बाबा भन्नुहुन्छ— तिमीहरुले मलाई बोलाउँछौ, दुःखको दुनियाँबाट लिएर जानुहोस् भनेर। अब म आएको छु त्यसैले मेरो कुरा सुन्नु पर्छ नि। बाबाले बच्चाहरुलाई बसेर सम्झाउनु हुन्छ, राम्रो मत मिल्छ भने त्यो लिनु पर्छ नि। तिम्रो पनि केही दोष छैन। यो पनि ड्रामा थियो। राम राज्य, रावण राज्यको खेल बनेको छ। खेलमा कोही हार्छन् भने उनको दोष कहाँ हुन्छ र! जित र हार हुन्छ, यसमा लडाईंको कुरा छैन। तिम्रो बादशाही थियो। यो पनि तिमीलाई पहिले थाहा थिएन। अहिले तिमीहरुमा जो सेवाधारी छन् जसको नाम प्रसिद्ध छ, उनीहरुले जान्दछन्। दिल्लीमा सबैभन्दा राम्ररी सम्झाउनेवाला को छ? तब तुरून्तै नाम लिन्छन् जगदीशको। तिम्रो लागि पत्रिका पनि निकाल्छन्। त्यसमा सबै कुरा आउँछ। अनेक प्रकारका प्वाइन्ट लेख्छन्, बृजमोहनले पनि लेख्छन्। लेख्न कुनै सानीमाको घर कहाँ हो र! अवश्य विचार सागर मन्थन गर्छन्, राम्रो सेवा गर्छन्। कति मानिसहरु पढेर खुशी हुन्छन्। बच्चाहरुलाई पनि ताजगी (रिफ्रेसमेन्ट) मिल्छ। कोही–कोही प्रदर्शनीमा धेरै मेहनत गर्छन्, कोही फेरि कर्मबन्धनमा फँसेका छन्, त्यसैले त्यति पुरूषार्थ गर्न सक्दैनन्। यो पनि भनिन्छ ड्रामा। अबलाहरुमाथि पनि अत्याचार हुने ड्रामामा पार्ट छ। यस्तो पार्ट किन रचियो, यो प्रश्न नै उठ्दैन। यो त अनादि बनिबनाऊ ड्रामा हो। यसलाई केही पनि कहाँ गर्न सकिन्छ र! कसैले भन्छन्— मैले अपराध के गरेँ जो यस्तो पार्ट राखिएको छ। अब अपराधको कुरा छैन। यो त पार्ट हो। अबलाहरु कोही त निमित्त बन्छन्, जसमाथि अत्याचार हुन्छ। फेरि त सबैले भन्छन्— हामीलाई यो पार्ट किन? होइन, यो बनिबनाऊ ड्रामा हो। पुरूषहरुमाथि पनि अत्याचार हुन्छ। यी कुरामा कति सहनशीलता राख्नुपर्छ। धेरै सहनशीलता चाहिन्छ। मायाका विघ्न त धेरै आउँछन्। विश्वको बादशाही लिन्छौ त्यसैले केही मेहनत त गर्नुपर्छ। ड्रामामा आपद–विपद, खिटपिट आदि कति हुन्छ। अबलामाथि अत्याचार लेखिएको छ। रगतको नदीहरु पनि बग्नेछन्। कतै पनि सुरक्षा (सेफ्टी) रहँदैन। अहिले त बिहान क्लास आदिमा जान्छौ, सेन्टरमा। यस्तो पनि दिन आउनेछ, तिमी बाहिर पनि निस्किन सक्ने छैनौ। दिन–प्रतिदिन जमाना बिग्रिदै जान्छ र बिग्रिनु नै छ। दुःखका दिन धेरै जोडले आउँछन्। बिमारी आदिमा दुःख हुन्छ तब फेरि भगवानलाई याद गर्छन्, पुकार्छन्। अहिले तिमीलाई थाहा छ— बाँकी थोरै दिन मात्र छ। फेरि हामी आफ्नो शान्तिधाम, सुखधाममा अवश्य जान्छौं। दुनियाँलाई त यो पनि थाहा छैन। अहिले तिमी बच्चाहरुले महसुस गर्छौ नि। अब बाबालाई पूर्ण रुपले जानिसकेका छौ। उनीहरु सबैले त सम्झन्छन्— परमात्मा त लिङ्ग हुनुहुन्छ। शिवलिङ्गको पूजा पनि गर्छन्। तिमी शिवको मन्दिरमा जान्थ्यौ, तर कहिल्यै यो ख्याल गर्यौ— शिवलिङ्ग के चीज हो? अवश्य यो जड हो भने चैतन्य पनि हुनुहुन्छ होला! यो सबै के हो? भगवान त रचयिता हुनुहुन्छ, माथि हुनुहुन्छ। उहाँको निशानी हो, केवल पूजाको लागि। पूज्य भएको बेला फेरि यी चीज हुँदैनन्। शिव काशीको मन्दिरमा जान्छन्, भगवान निराकार हुनुहुन्छ, यो कसैलाई पनि कहाँ थाहा छ र। हामी पनि उहाँका बच्चाहरु हौं। बाबाको बच्चा भएर फेरि हामी दुःखी किन छौं? विचार गनुपर्ने कुरा हो। आत्माले भन्छ— हामी परमात्माका सन्तान हौं फेरि हामी दुःखी किन छौं? बाबा त हुनुहुन्छ नै सुख दिनेवाला। बोलाउँछन् पनि— हे भगवान! हाम्रो दुःख मेटाउनुहोस्। उहाँले कसरी मेटाउनु हुन्छ? दुःख–सुख, यो त आफ्नो कर्मको हिसाब–किताब हो। मनुष्य त सम्झन्छन्— सुखको फल सुख, दुःखको फल दुःख परमात्माले नै दिनुहुन्छ। उहाँमाथि नै राखिदिन्छन्। बाबा भन्नुहुन्छ— मैले कहिल्यै दुःख दिन्नँ। म त आधा कल्पको लागि सुख दिएर जान्छु। यो फेरि सुख–दुःखको खेल हो। केवल सुखको खेल हुँदो हो त यो भक्ति आदि केही पनि हुँदैनथ्यो, भगवानसँग मिल्नको लागि नै यो भक्ति आदि सबै गर्छन् नि। अहिले बाबा बसेर सारा समाचार सुनाउनु हुन्छ। बाबा भन्नुहुन्छ— तिमी बच्चाहरु कति भाग्यशाली छौ। ती ऋषि–मुनि आदिको कति नाम छ। तिमी हौ राजऋषि, उनीहरु हुन् हठयोग ऋषि। ऋषि अर्थात् पवित्र। तिमी स्वर्गका राजा बन्छौ त्यसैले पवित्र त अवश्य बन्नुपर्छ। सत्ययुग–त्रेतामा जसको राज्य थियो उनको नै फेरि हुन्छ। बाँकी सबै पछि आउँछन्। तिमी अहिले भन्छौ— हामी श्रीमत अनुसार आफ्नो राज्य स्थापना गरिरहेका छौं। पुरानो दुनियाँको विनाश हुनमा समय त लाग्छ नि। सत्ययुग आउनु छ, कलियुग जानु छ।

    कति ठूलो दुनियाँ छ। एक–एक शहर मनुष्यले कति भरिएको छ। धनवान व्यक्ति दुनियाँको चक्र लगाउँछन्। तर यहाँ सारा दुनियाँलाई त कसैले देख्न सक्दैन। हो सत्ययुगमा देख्न सक्छन् किनकि सत्ययुगमा हुन्छ नै एक राज्य, थोरै राजाहरु हुन्छन्, यहाँ त हेर कति ठूलो दुनियाँ छ। यति ठूलो दुनियाँको चक्र कसले लगाउन सक्छ। त्यहाँ त तिमी समुद्रमा जानु पर्दैन। त्यहाँ श्रीलंका (सीलोन), बर्मा आदि हुन्छन्? हुँदैनन्, केही पनि हुँदैनन्। यो कराँची पनि हँदैन। तिमीहरु सबै मीठो नदीको किनारामा रहन्छौ। खेतीबारी सबै हुन्छ। सृष्टि त ठूलो छ। मनुष्य थोरै रहन्छन् फेरि पछि वृद्धि हुन्छ। फेरि त्यहाँ गएर आफ्नो राज्य स्थापना गर्छन्। विस्तार–विस्तारै हप गर्दै गए। आफ्नो राज्य स्थापना गरे। अब त सबैले छोडनु पर्छ। एक भारत नै हो, जसले कसैको पनि राज्य छिनेको छैन किनकि भारत वास्तवमा अहिंसक हो नि। भारत नै सारा दुनियाँको मालिक थियो, अरु सबै पछि आएका हुन् जसले टुक्रा–टुक्रा लिदै गए। तिमीले कसैको पनि हप गरेनौ, अंग्रेजले हप गरे। तिमी भारतवासीहरुलाई त बाबाले विश्वको मालिक बनाउनु हुन्छ। तिमीहरु अन्त कहीँ गएनौ। तिमी बच्चाहरुको बुद्धिमा यी सारा कुरा छन्, बूढी माताहरुले यी सबै कुरा बुझ्न सक्दैनन्। बाबा भन्नुहुन्छ— ठीक छ, तिमीले केही पनि पढेका छैनौ। पढेको सबै बुद्धिबाट निकाल्नुपर्छ, एक कुरा मात्र धारण गर्नु छ— प्यारा बच्चाहरु! बाबालाई याद गर। तिमीले भन्थ्यौ नि— बाबा हजुर आउनु भयो भने हामी बलिहार जान्छौं, कुर्बान जानेछौं। फेरि हजुर हामी माथि कुर्बान जानु हुनेछ। लेन–देन हुन्छ नि। विवाहको समयमा स्त्री–पुरूष एक अर्काको हातमा नून दिन्छन्। बाबालाई पनि भन्छन्, हामी पनि पुरानो सबै हजुरलाई दिन्छौं। मर्नु त छ नि, यी सबै खतम हुनु छ। हजुरले फेरि हामीलाई सत्ययुगमा दिनुहोला। बाबा आउनु नै हुन्छ सबैलाई लिएर जान। काल हुनुहुन्छ नि। सिन्धमा भन्दथे— यो कुन काल हो जसले सबैलाई भगाएर लिएर जान्छ। तिमी बच्चाहरु त खुशी हुन्छौ। बाबा आउनु हुन्छ नै लिएर जान। हामी त खुशीले आफ्नो घरमा जान्छौं। सहन पनि गर्नुपर्छ। राम्रा–राम्रा ठूला–ठूला घरका माताहरु मार खान्छन्। तिमी सच्चा कमार्ई गर्छौ। मनुष्यहरु कहाँ जान्दछन् र, ती त हुन् कलियुगी शूद्र सम्प्रदाय। तिमी हौ संगमयुगी, पुरूषोत्तम बनिरहेका छौ। तिमी जान्दछौ— पहिलो नम्बरका पुरूषोत्तम यी लक्ष्मी–नारायण हुन् नि। फेरि डिग्री कम हुँदै जान्छ। माथिबाट तल आउँदै रहन्छन्। फेरि विस्तार–विस्तारै गिरिरहन्छन्। यस समय सबै गिरिसकेका छन्। वृक्ष पुरानो भइसकेको छ, फेद सडिसकेको छ। अब फेरि स्थापना हुन्छ। फाउण्डेशन लाग्छ। कलमी कति सानो हुन्छ फेरि त्यसबाट कति ठूलो वृक्ष बढ्छ। यो पनि वृक्ष हो, सत्ययुगमा धेरै सानो वृक्ष हुन्छ। अहिले कति ठूलो वृक्ष छ। विविध (भेराइटी) फूल कति छन्, मनुष्य सृष्टिका। एउटै वृक्षमा कति भेराइटी छन्। अनेक भेराइटी धर्मको वृक्ष हो, मनुष्यहरुको। एक चेहरा अर्कोसँग मिल्दैन। बनिबनाऊ ड्रामा हो नि। एक जस्तो पार्ट कसैको हुन सक्दैन। यसलाई भनिन्छ प्राकृतिक (कुदरत) बनिबनाऊ ड्रामा, यसमा पनि बनावटी धेरै छ। जुन चीज वास्तविक हुन्छ त्यो खतम पनि हुन्छ। फेरि ५ हजार वर्षपछि वास्तविकतामा आउँछ। चित्र (मन्दिर) आदि पनि कुनै वास्तविक कहाँ बनेका छन् र। ब्रह्माको पनि सक्कल फेरि ५ हजार वर्षपछि तिमी देख्नेछौ। यस ड्रामाको रहस्यलाई बुझ्न बुद्धि बडो विशाल चाहिन्छ। अरु केही नसम्झे पनि एउटा कुरा बुद्धिमा राख— एक शिवबाबा, दोस्रो न कोही। यो आत्माले भन्यो— बाबा हामी हजुरलाई नै याद गर्छौं। यो त सहज छ नि। हातद्वारा कर्म गर्दै बुद्धिबाट बाबालाई याद गरिराख। अच्छा!

    मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलार्ई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः

    १) सहनशीलताको गुण धारण गरेर मायाको विघ्नमा पास हुनु छ। अनेक आपद्हरु आउँछन्, अत्याचार हुन्छ— यस्तो समयमा सहन गरेर बाबाको यादमा रहनु छ, सच्चा कमार्ई गर्नु छ।

    २) विशाल बुद्धि बनेर यस बनिबनाऊ ड्रामालाई राम्ररी बुझ्नु छ, यो प्राकृतिक पूर्व निश्चित ड्रामा बनेको छ त्यसैले प्रश्न उठ्न सक्दैन। बाबाले जुन राम्रो मत दिनुहुन्छ, त्यसमा चल्दै रहनु छ।

    वरदान:

    विशेषतारुपी सञ्जीवनी बूटीद्वारा मूर्छितलाई सुरजित गर्नेवाला विशेष आत्मा भव

    हरेक आत्मालाई श्रेष्ठ स्मृतिको, विशेषताको स्मृति रुपी सञ्जीवनी बूटी खुवाऊ अनि ऊ मूर्छितबाट सुरजित हुन्छ। विशेषताको स्वरुपको दर्पण उसको सामुन्ने राख। अरुलाई स्मृति दिलायौ भने तिमी विशेष आत्मा अवश्य बन्छौ। यदि तिमीले कसैलाई कमजोरी सुनायौ भने उसले छिपाउँछ, टारिदिन्छ। तिमीले विशेषता सुनायौ भने स्वयं नै आफ्नो कमजोरी स्पष्ट अनुभव गर्नेछ। यसै सञ्जीवनी बूटीद्वारा मूर्छितलाई सुरजित गरेर उडदै जाऊ अनि उडाउँदै जाऊ।

    स्लोगन:

    नाम–मान–शान र साधनहरुको संकल्पमा पनि त्याग नै महान् त्याग हो।


    ***OM SHANTI***