BK Murli 30 November 2015 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 November 2015 In Nepali

    14 Mansir Monday 2072 Nepali

    “मीठे बच्चे— तिमी अहिले ईश्वरीय सेवामा छौ, तिमीले सबैलाई सुखको मार्ग बताउनु छ, छात्रवृत्ति लिने पुरूषार्थ गर्नु छ।”

    प्रश्न:

    तिमी बच्चाहरुको बुद्धिमा ज्ञानको राम्रो धारणा भएपछि कुनचाहिँ डर निस्किन्छ?

    उत्तर:

    भक्तिमा जुन डर रहन्छ— गुरूबाट हामीलाई श्राप नमिलोस्, यो डर ज्ञानमा आएपछि, ज्ञानको धारणा गरेपछि निस्किन्छ किनकि ज्ञानमार्गमा कसैले श्राप दिन सक्दैन। रावणले श्राप दिन्छ, बाबाले वर्सा दिनुहुन्छ। ऋद्धि–सिद्धि सिकेकाले यस्तो हैरान पार्ने, दुःख दिने काम गर्छन्। ज्ञानमा त तिमी बच्चाहरुले सबैलाई सुख दिन्छौ।

    ओम् शान्ति।

    मीठा–प्यारा रुहानी बच्चाहरुलाई रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। तिमी सबैभन्दा पहिला आत्मा हौ। यो पक्का निश्चय हुनुपर्छ। बच्चाहरुले जान्दछन्— हामी आत्माहरु परमधामबाट आउँछौं, यहाँ शरीर लिएर पार्ट खेल्न। आत्माले नै पार्ट खेल्छ। मनुष्यले फेरि सम्झन्छन्— शरीरले नै पार्ट खेल्छ। यो हो सबैभन्दा ठूलो भूल जसले गर्दा आत्मालाई कसैले जान्दैन। यस जन्म–मरणको चक्रमा हामी आत्माहरु आउँछौं–जान्छौं। यस कुरालाई बिर्सिन्छन् त्यसैले बाबाले नै आएर आत्म–अभिमानी बनाउनुपर्छ। यो कुरालाई पनि कसैले जान्दैनन्। बाबाले नै सम्झाउनुहुन्छ, आत्माले कसरी पार्ट खेल्छ। मनुष्यको अधिकतम ८४ जन्मदेखि लिएर न्यूनतम हुन्छ एक–दुई जन्म। आत्माले पुनर्जन्म त लिइरहनु पर्छ। यसबाट सिद्ध हुन्छ, धेरै जन्म लिनेले धेरै पुनर्जन्म लिन्छन्। थोरै जन्म लिनेहरुले कम पुनर्जन्म लिन्छन्। जसरी नाटकमा कसैको शुरुदेखि अन्त्यसम्म पार्ट हुन्छ, कसैको थोरै पार्ट हुन्छ। यो कुरा कुनै मनुष्यले जान्दैनन्। आत्माले आफंलाई जान्दैन भने आफ्नो पितालाई कसरी जानोस्! आत्माको कुरा हो नि। बाबा हुनुहुन्छ आत्माहरुको पिता। कृष्ण त आत्माहरुका पिता होइनन्। कृष्णलाई निराकार त भनिदैन। साकारमा नै उनको पहिचान गरिन्छ। आत्मा त सबैको हुन्छ। हरेक आत्मामा पार्ट निश्चित छ। यो कुरा तिमीहरुमा पनि नम्बरवार पुरूषार्थ अनुसार छ, जसले सम्झाउन सक्छन्। अहिले तिमी बच्चाहरुले जान्दछौ— हामी आत्माहरुले ८४ जन्म कसरी लिएका छौं। यस्तो होइन आत्मा नै परमात्मा हो। होइन, बाबाले सम्झाउनु भएको छ— हामी आत्माहरु नै पहिला देवता बन्छौं। अहिले पतित तमोप्रधान छौं फेरि सतोप्रधान पावन बन्नु छ। बाबा आउनुहुन्छ नै तब, जब सृष्टि पुरानो हुन्छ। बाबा आएर पुरानोलाई नयाँ बनाउनुहुन्छ। नयाँ सृष्टि स्थापना गर्नुहुन्छ। नयाँ दुनियाँमा हुन्छ नै आदि सनातन देवी–देवता धर्म। उनीहरुलाई नै भनिन्छ— पहिले कलियुगी शूद्र धर्मका थिए, अहिले प्रजापिता ब्रह्माका मुख वंशावली बनेर ब्राह्मण बनेका छन्। ब्राह्मण कुलमा आउँछौ। ब्राह्मण कुलको राजवंश (डिनायस्टी) हुँदैन। ब्राह्मण कुलले कुनै राजाई गर्दैन। यतिबेला यहाँ न ब्राह्मण कुलले राजाई गर्छ न शूद्र कुलले राजाई गर्छ। दुवैको राजाई हुँदैन। फेरि पनि उनीहरुको प्रजाको प्रजामाथि राज्य त चल्छ। तिमी ब्राह्मणहरुको कुनै राज्य छैन। तिमी विद्यार्थीहरुले पढ्छौ। बाबाले तिमीलाई नै सम्झाउनुहुन्छ। यो ८४ को चक्र कसरी घुम्छ। सत्ययुग, त्रेता..... फेरि हुन्छ संगम। यस संगमयुगको जस्तो महिमा अरु कुनै युगको छैन। यो हो पुरूषोत्तम संगमयुग। सत्ययुगबाट त्रेतामा आउँछन्, दुई कला कम हुन्छ त्यसैले उनीहरुको के महिमा गर्ने! गिरेकाको महिमा कहाँ हुन्छ! कलियुगलाई भनिन्छ पुरानो दुनियाँ। अब नयाँ दुनियाँ स्थापना हुनु छ, जहाँ देवी–देवताहरुको राज्य हुन्छ। उनीहरु पुरूषोत्तम थिए। फेरि कला कम हुँदा–हुँदा कनिष्ठ, शूद्र बुद्धि बन्छन्। उनीहरुलाई पत्थरबुद्धि भनिन्छ। यस्ता पत्थरबुद्धि बन्छन्, जसको पूजा गर्छन् उनको जीवन कहानी पनि जान्दैनन्। बच्चाले पिताको बारेमा नै जान्दैन भने वर्सा कसरी मिल्छ। अहिले तिमी बच्चाहरुले बाबाको बारेमा जान्दछौ। उहाँबाट तिमीलाई वर्सा मिलिरहेको छ। बेहदका बाबालाई याद गर्छौ। तिमी माता–पिता.... भन्छौ त्यसैले अवश्य पनि बाबा आउनु भएको थियो, आएर धेरै सुख दिनुभयो। बाबा भन्नुहुन्छ— म आएको छु, तिमी बच्चाहरुलाई अथाह सुख दिन्छु। प्यारा बच्चाहरुको बुद्धिमा यो ज्ञान राम्ररी रहनुपर्छ, त्यसैले तिमी स्वदर्शन चक्रधारी बन्छौ। तिमीलाई अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमीले जान्दछौ— हामी नै देवता बन्छौं। अहिले शूद्रबाट ब्राह्मण बनेका छौं। कलियुगी ब्राह्मण पनि छन् नि। ती ब्राह्मणहरुले आफ्नो धर्म अथवा कुल कहिले स्थापना भयो, यो जान्दैनन् किनकि उनीहरु हुन् नै कलियुगी। तिमी अहिले डाइरेक्ट प्रजापिता ब्रह्माका सन्तान बनेका छौ र सबैभन्दा उच्च कोटिका हौ। बाबा बसेर तिम्रो पढाइको सेवा, सम्हाल्ने सेवा र शृङ्गार गर्ने सेवा गर्नुहुन्छ। तिमी पनि छौ ईश्वरीय सेवामा। परमपिता परमात्माले पनि भन्नुहुन्छ— म आएको छु सबै बच्चाहरुको सेवामा। बच्चाहरुलाई सुखको मार्ग बताउनु छ। बाबा भन्नुहुन्छ— अब घर चल। मनुष्यले भक्ति पनि गर्छन् मुक्तिको लागि। अवश्य जीवन बन्धनमा छ। बाबा आएर यो दुःखबाट छुटाउनुहुन्छ। तिमी बच्चाहरुले जान्दछौ— हाहाकार गर्नेछन्। हाहाकार पछि जयजयकार हुनु छ। अहिले तिम्रो बुद्धिमा छ— कति हाय–हाय गर्छन्, जब प्राकृतिक प्रकोप आदि हुन्छ। युरोपवासी यादव पनि छन्। बाबाले सम्झाउनुभएको छ— युरोपवासीलाई यादव भनिन्छ। देखाउँछन्— पेटबाट मूसल निक्ल्यो अनि श्राप दिए। वास्तवमा श्राप आदिको त कुरै होइन। यो त ड्रामा हो। बाबाले वर्सा दिनुहुन्छ, रावणले श्राप दिन्छ। यो खेल बनेको छ, बाँकी श्राप दिने मनुष्य त अरु हुन्छन्। त्यो श्रापलाई हटाउनेहरु पनि हुन्छन्। गुरू गोसाईं आदिबाट पनि मनुष्यहरु डराउँछन्— कुनै श्राप नदिऊन्। वास्तवमा ज्ञान मार्गमा कसैले श्राप दिन सक्दैन। ज्ञानमार्ग र भक्तिमार्गमा श्रापको कुनै कुरा हुँदैन। जो ऋद्धि–सिद्धि आदि सिक्छन्, उनीहरुले श्राप दिन्छन्, मानिसहरुलाई धेरै दुःखी बनाउँछन्, पैसा पनि धेरै कमाउँछन्। भक्तहरुले यो काम गर्दैनन्।

    बाबाले यो पनि सम्झाउनु भएको छ— संगमको साथै पुरूषोत्तम शब्द अवश्य पनि लेख। त्रिमूर्ति शब्द पनि अवश्य लेख्नु छ र प्रजापिता शब्द पनि आवश्यक छ किनकि ब्रह्मा नाम पनि धेरैको छन्। प्रजापिता शब्द लेख्यौ भने सम्झन्छन्— साकारमा प्रजापिता हुन्छन्। केवल ब्रह्मा लेखिएमा सूक्ष्मवतन निवासी सम्झन्छन्। ब्रह्मा–विष्णु–शंकरलाई भगवान भनिदिन्छन्। प्रजापिता भन्ने हो भने सम्झाउन सक्छौ— प्रजापिता त यहाँ छन्। सूक्ष्मवतनमा कसरी हुन सक्छन्। विष्णुलाई त ब्रह्माको नाभिबाट निस्किएको देखाउँछन्। तिमी बच्चाहरुलाई पनि ज्ञान मिलेको छ। नाभि आदिको कुनै कुरै होइन। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा कसरी बन्छन्। सारा चक्रको ज्ञान तिमीले यी चित्रबाट सम्झाउन सक्छौ। चित्र विना सम्झाउन मेहनत लाग्छ। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा बन्छन्। लक्ष्मी–नारायणले ८४ को चक्र लगाएर फेरि ब्रह्मा–सरस्वती बन्छन्। बाबाले पहिल्यैबाट नाम राख्नुभएको छ, जब भठ्ठी बन्यो, नाम राख्नुभयो। फेरि कति गए त्यसैले सम्झाइएको छ— ब्राह्मणहरुको माला हुँदैन किनकि ब्राह्मण हुन् पुरूषार्थी। कहिले तल, कहिले माथि भइरहन्छन्। ग्रह–दशा लाग्छ। बाबा त जवाहरी थिए। मोती आदिको माला कसरी बन्छ, अनुभवी छन्। ब्राह्मणहरुको माला अन्त्यमा बन्छ। हम सो ब्राह्मण दैवी गुण धारण गरेर देवता बन्छौं। फेरि सिँढी झर्नु छ। नत्र ८४ जन्म कसरी लिन्छौं। ८४ जन्मको हिसाबबाट यो निस्कन सक्छ। तिम्रो आधा समय पूरा हुन्छ अनि अरु धर्मका थपिन्छन्। माला बनाउनमा धेरै मेहनत लाग्छ। कहीँ नहल्लियोस् भनेर धेरै जतनसँग मोतीलाई टेबुलमा राखिन्छ। फेरि सियोले मालामा राखिन्छ। कहीँ ठीक भएन भने माला चुँडाल्नुपर्छ। यो त धेरै ठूलो माला हो। तिमी बच्चाहरुले जान्दछौ— मैले पढ्दैछु नयाँ दुनियाँको लागि। बाबाले सम्झाउनु भएको छ— स्लोगन बनाऊ— हामी शूद्र नै ब्राह्मण, ब्राह्मण नै देवता कसरी बन्छौं, आएर बुझ्नुहोस्। यो चक्रलाई जान्नाले तपाईं चक्रवर्ती राजा बन्नुहुन्छ। स्वर्गको मालिक बन्नुहुन्छ। यस्ता स्लोगन बनाएर बच्चाहरुलाई सिकाउनुपर्छ। बाबाले युक्तिहरु त धेरै बताउनुहुन्छ। वास्तवमा महत्व तिम्रो छ। तिमीलाई नायक–नायिकाको पार्ट मिल्छ। तिमी हीराजस्ता बन्छौ फेरि ८४ को चक्र लगाएर कौडी समान बन्छौ। अहिले जब हीराजस्तो जन्म मिल्छ भने कौडीको पछि किन भाग्छौ? यस्तो पनि होइन, कुनै घरबार छोड्नु छ। बाबाले त भन्नुहुन्छ— गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र रह्यौ र सृष्टि चक्रको ज्ञानलाई जानेर दैवी गुण पनि धारण गर्यौ भने तिमी हीरा जस्तो बन्छौ। अवश्य दुनियाँ ५ हजार वर्ष पहिले हीरा जस्तो थियो। यो हो लक्ष्य–उद्देश्य। यस चित्रलाई (लक्ष्मी–नारायणको) धेरै महत्व दिनुपर्छ। तिमी बच्चाहरुले धेरै सेवा गर्नु छ, प्रदर्शनी म्युजियममा। विहंग मार्गको सेवा विना तिमीले प्रजा कसरी बनाउँछौ? हुन त यस ज्ञानलाई सुन्छन् पनि, तर उच्च पद थोरैले मात्र पाउँछन्। उनीहरुलाई भनिन्छ करोडौंमा कोही। छात्रवृत्ति पनि कसैले लिन्छन्। ४०–५० बच्चाहरु विद्यालयमा हुन्छन्, ती मध्ये कुनै एकले छात्रवृत्ति लिन्छ, कोही अलिकति राम्रो भयो भने उसलाई पनि दिन्छन्। यो पनि यस्तै हो। थपिनेमा धेरै हुन्छन्। ८ दाना हुन्छन्, ती पनि नम्बरवार छन् नि। उनीहरु सबैभन्दा पहिला राजगद्दीमा बस्छन्। फेरि कला कम हुँदै जान्छ। लक्ष्मी–नारायणको चित्र हो नम्बरवन। उनीहरुको पनि डिनायस्टी हुन्छ, तर चित्र लक्ष्मी–नारायणको नै बनाइएको छ। यहाँ तिमीले जान्दछौ— चित्र त परिवर्तन हुन्छ। चित्र बनाएर के फाइदा? नाम, रुप, देश, काल सबै परिवर्तन हुन्छ।
    मीठा–प्यारा रुहानी बच्चाहरुलाई रुहानी बाबाले बसेर सम्झाउनुहुन्छ। कल्प पहिले पनि बाबाले सम्झाउनु भएको थियो। यस्तो होइन, कृष्णले गोप–गोपीहरुलाई सुनाए। कृष्णको गोप–गोपीहरु हुँदैनन्। न उनीहरुलाई ज्ञान सिकाइन्छ। उनी त हुन् सत्ययुगका राजकुमार। त्यहाँ कसरी राजयोग सिकाइन्छ वा पतितलाई पावन बनाइन्छ। अहिले तिमीले आफ्नो बाबालाई याद गर। बाबा टिचर पनि हुनुहुन्छ। टिचरलाई विद्यार्थीले कहिल्यै बिर्सिन सक्दैनन्। पितालाई बच्चाहरुले बिर्सिन सक्दैनन्, गुरूलाई पनि बिर्सिन सक्दैनन्। पिता त जन्मबाट नै हुन्छन्। शिक्षक ५ वर्षपछि मिल्छ। फेरि गुरू वानप्रस्थमा मिल्छ। जन्मदेखि नै गुरू बनाएर त केही फाइदा हुँदैन। गुरूको गोद लिए पनि अर्को दिन मर्न सक्छन्। फेरि गुरूले के गर्छन्? गायन पनि गर्छन्— सतगुरू विना गति हुँदैन। सतगुरूलाई छोडेर फेरि उनीहरुले गुरू भनिदिन्छन्। गुरू त धेरै छन्। बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु! तिमीले कुनै देहधारी गुरू आदि बनाउन आवश्यक छैन। तिमीले कसैसँग पनि केही माग्न आवश्यक छैन। भनिन्छ पनि— माग्नुभन्दा मर्नु भलो। सबैलाई चिन्ता हुन्छ— मैले कसरी आफ्नो पैसा ट्रान्सफर गरुँ। अर्को जन्मको लागि उनीहरुले ईश्वर अर्थ दान–पुण्य गर्छन् अनि त्यसको प्रतिफल यसै पुरानो सृष्टिमा अल्पकालको लागि मिल्छ। यहाँ तिम्रो ट्रान्सफर हुन्छ नयाँ दुनियाँमा, २१ जन्मको लागि। तन–मन–धन प्रभुको अगाडि अर्पण गर्नु छ। त्यो त जब आउनुहुन्छ तब अर्पण गर्छौ नि। प्रभुलाई कसैले पनि जान्दैनन् त्यसैले गुरूलाई समात्छन्। धन आदि गुरूको अगाडि अर्पण गरिदिन्छन्। हकदार छैन भने सबै गुरूलाई दिन्छन्। आजकल नियम अनुसार ईश्वर अर्थ पनि कसैले दिँदैनन्। बाबाले सम्झाउनुहुन्छ— म गरिब निवाज हुँ, म आउँछु नै भारतमा। आएर तिमीलाई विश्वको मालिक बनाउँछु। प्रत्यक्ष र अप्रत्यक्षमा कति फरक छ। उनीहरुले केही पनि जान्दैनन्। केवल भनिदिन्छन्— मैले ईश्वरलाई अर्पण गर्छु। सबै बेसमझ छन्। तिमी बच्चाहरुलाई अहिले समझ मिलेको छ त्यसैले तिमी बेसमझबाट समझदार बनेका छौ। बुद्धिमा ज्ञान छ— बाबाले त कमाल गर्नुहुन्छ। अवश्य पनि बेहदका बाबाद्वारा बेहदको वर्सा नै मिल्नुपर्छ। तिमीले बाबाद्वारा वर्सा लिन्छौ, दादाद्वारा। दादाले पनि उहाँबाटै वर्सा लिइरहेका छन्। वर्सा दिनेवाला एउटै हुनुहुन्छ। उहाँलाई नै याद गर्नु छ। बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु! म यिनको धेरै जन्मको अन्त्यमा आउँछु, यिनमा प्रवेश गरेर यिनलाई पनि पावन बनाउँछु अनि फेरि यिनी फरिश्ता बन्छन्। ब्याजद्वारा तिमीले धेरै सेवा गर्न सक्छौ। तिम्रो यो ब्याज सबै अर्थ सहित छ। यो त जीवनदान दिने चित्र हो। यसको मूल्य कसैलाई पनि थाहा छैन। बाबालाई सदैव ठूलो चीज मन पर्छ, जो जसले पनि टाढाबाटै पढ्न सकोस्। अच्छा!

    मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको याद–प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः

    १) बाबाद्वारा बेहदको वर्सा लिनको लागि डाइरेक्ट आफ्नो तन–मन–धन ईश्वरको अगाडि अर्पण गर्नमा समझदार बन्नु पर्छ। आफ्नो सबै कुरा २१ जन्मको लागि ट्रान्सफर गरिदिनु छ।

    २) जसरी बाबाले पढाउने, सम्हाल गर्ने र शृङ्गार गर्ने सेवा गर्नुहुन्छ, त्यस्तै बाबा समान सेवा गर्नु छ। जीवन बन्धनबाट निस्केर सबैलाई जीवन मुक्तिमा लैजानु छ।

    वरदान:

    हर कर्म चरित्रको रुपमा गायन योग्य बनाउने महान् आत्मा भव:-

    जसको सबै संकल्प, सबै कर्म महान् हुन्छन्। एउटा संकल्प पनि व्यर्थ वा साधारण नहोस्। कुनै पनि कर्म साधारण वा विना अर्थको नहोस्। कर्मेन्द्रियद्वारा जुन कर्म हुन्छ त्यो अर्थ सहितको होस्, समय पनि महान् कार्यमा सफल भइरहोस्, अनि हरेक चरित्र गायन योग्य हुन्छ। महान् आत्माहरुको यादगार हर्षितमूर्त, आकर्षणमूर्त र अव्यक्त मूर्तको रुपमा छ।

    स्लोगन:

    मानको इच्छालाई छोडेर स्वमानमा टिक्यौ भने मान छायाँ जस्तै पछि–पछि आउँछ।

    ***OM SHANTI***