BK Murli 1 January 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 January 2016 In Nepali

    १७ पौष २०७२ शुक्रबार नेपाली मुरली मधुबन 

    “मीठे बच्चे– तिम्रो मुखबाट सधैं ज्ञान रत्न निस्कनुपर्छ, तिम्रो अनुहार सधैं हर्षित रहनुपर्छ।”  

    प्रश्न:

    जुन बच्चाहरूले ब्राह्मण जीवनमा ज्ञानको धारणा गरेका छन्, त्यसको चिन्ह के हुन्छ?

    उत्तर:

    (१) उनको चाल चलन देवताहरूको जस्तै हुन्छ, उनमा दैवी गुणहरूको धारणा हुन्छ। (२) उनमा ज्ञानको विचार सागर मन्थन गर्ने अभ्यास हुन्छ। उनले कहिल्यै आसुरी कुराको अर्थात् गन्दगीको मन्थन गर्दैन। (३) उनको जीवनमा गाली दिन र ग्लानि गर्न बन्द हुन्छ। (४) उनको अनुहार सधैं हर्षित रहन्छ।

    ओम् शान्ति।

    बाबाले बसेर सम्झाउनु हुन्छ ज्ञान र भक्तिको बारेमा। यो त बच्चाहरूले बुझेका छन्, भक्तिबाट सद्गति हुँदैन अनि सत्ययुगमा भक्ति हुँदैन। ज्ञान पनि सत्ययुगमा मिल्दैन। कृष्णले न भक्ति गर्छन्, न ज्ञानको मुरली बजाउँछन्। मुरलीको अर्थ नै हो ज्ञान दिनु। गायन पनि छ नि– मुरलीमा जादू। त्यसैले अवश्य कुनै जादू छ नि। १सिर्फ मुरली बजाउनु, त्यो त साधारण फकीरहरूले पनि बजाइरहन्छन्। यो मुरलीमा ज्ञानको जादू छ। अज्ञानतालाई जादू त भनिदैन। मुरलीलाई जादू भनिन्छ। मनुष्यबाट देवता बन्छौ, ज्ञानद्वारा। जब सत्ययुग हुन्छ त्यतिबेला यो ज्ञानको वर्सा मिल्छ। वहाँ भक्ति हुँदैन। भक्ति हुन्छ द्वापरबाट, जब देवताबाट मनुष्य बन्छन्। मनुष्यहरूलाई विकारी, देवताहरूलाई निर्विकारी भनिन्छ। देवताहरूको सृष्टिलाई पवित्र दुनियाँ भनिन्छ। अहिले तिमी देवता बनिरहेका छौ। ज्ञान केलाई भनिन्छ? एक त स्वयं वा बाबाको पहिचान र फेरि सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञानलाई ज्ञान भनिन्छ। ज्ञानबाट हुन्छ सद्गति। फेरि भक्ति शुरु भएपछि झर्ने कला भनिन्छ किनकि भक्तिलाई रात, ज्ञानलाई दिन भनिन्छ। यो त कसैको पनि बुद्धिमा बस्न सक्छ तर दैवी गुण धारण गर्दैनन्। दैवी गुण छ भने बुझ्नुपर्छ ज्ञानको धारणा छ। ज्ञानको धारणा हुनेको चलन देवताको जस्तै हुन्छ। कम धारणा गर्नेको चलन मिस्सिएको हुन्छ। धारणा छैन भने मानौं ऊ बच्चा नै होइन। मनुष्यले बाबाको कति ग्लानि गर्छन्। ब्राह्मण कुलमा आएपछि गाली गर्नु, ग्लानि गर्नु बन्द हुन्छ। तिमीलाई ज्ञान मिल्छ, त्यसबारे विचार सागर मन्थन गर्नाले अमृत मिल्छ। विचार सागर मन्थन नै गर्दैनन् भने बाँकी के मन्थन हुन्छ? आसुरी विचार। त्यसबाट फोहोर नै निस्कन्छ। अहिले तिमी ईश्वरीय विद्यार्थी हौ। जान्दछौ– मनुष्यबाट देवता बन्ने पढाइ पढिरहेका छौं। देवताहरूले यो पढाइ पढाउँदैनन्। देवताहरूलाई कहिल्यै ज्ञानको सागर भनिदैन। ज्ञानको सागर त एकलाई नै भनिन्छ। दैवी गुण पनि ज्ञानबाटै धारण हुन्छ। यो ज्ञान, जुन तिमी बच्चाहरूलाई अहिले मिल्छ, यो सत्ययुगमा हुँदैन। यी देवताहरूमा दैवी गुण हुन्छन्। तिमी महिमा पनि गर्छौ, सर्वगुण सम्पन्न... अब तिमी यस्तै बन्नु छ। आफैंसँग सोध्नुपर्छ– मभित्र सबै दैवी गुण छन् वा कुनै आसुरी अवगुण छन्? यदि आसुरी अवगुण छन् भने तिनीहरूलाई निकालिदिनुपर्छ, तब नै देवता भनिन्छ। नत्र कम पद पाउँछौं। 

    अहिले तिमी बच्चाहरूले दैवी गुण धारण गर्छा। धेरै मीठा मीठा कुरा सुनाउँछौ। यसलाई नै भनिन्छ पुरूषोत्तम संगमयुग, यतिबेला तिमी पुरूषोत्तम बनिरहका छौ, त्यसैले वातावरण पनि धेरै राम्रो हुनुपर्छ। मुखबाट कुनै पनि खराब कुरा ननिस्कोस्, नत्र भनिछ यो कम पद पाउनेवाला हो। बोलचाल र वातावरणबाट तुरून्तै पत्ता लाग्छ। तिम्रो चेहरा सधैं हँसिलो हुनुपर्छ। नत्र उसमा ज्ञान छैन भनिछ। मुखबाट सधैं रत्न निस्कियोस्। यी लक्ष्मी-नारायणलाई हेर कति हँसिला छन्। यिनको आत्माले ज्ञान रत्न धारण गरेको छ। मुखबाट सधैं ज्ञान रत्न निस्कन्छन्। रत्नलाई नै सुन्दा सुनाउँदा कति खुशी रहन्छ। ज्ञान रत्न, जुन तिमीले अहिले लिन्छौ, फेरि यी सबै हीरा जुहारत बन्छन्। नवरत्नको माला कुनै हीरा जुहारतका होइनन्। यिनै ज्ञान रत्नहरूको माला हो। मनुष्यहरू फेरि त्यसलाई रत्न सम्झेर औंठी लगाउँछन्। यी ज्ञान रत्नहरूको माला पुरूषोत्तम संगमयुगमा मिल्छ। यो रत्नले नै तिमीलाई भविश्य २१ जन्मसम्म मालामाल बनाउँछ। यसलाई कसैले लुट्न सक्दैन। यहाँ तिमीले यस्तो हीरा जुहारत लगायौ भने तुरून्तै कसैले लुटेर लान्छ। त्यसैले आफूलाई धेरै धेरै समझदार बनाउनु छ। आसुरी अवगुणहरूलाई निकाल्नु छ। आसुरी अवगुणहरूद्वारा अनुहार नै यस्तो हुन जान्छ। क्रोधले राता राता तामाको जस्तो चेहरा हुन जान्छ। काम विकारवाला त कालो बन्न पुग्छ। त्यसैले बच्चाहरूले हरेक कुरामा विचार सागर मन्थन गर्नुपर्छ। यो पढाइ हो नै धेरै धन पाउनको लागि। त्यो पढाइ कुनै रत्न कहाँ हो र? हो, त्यो ज्ञान पढेर ठूलो पद पाउँछन्। त्यसैले पढाइ काम आयो, न कि पैसा। पढाइ नै धन हो। त्यो हो हदको धन, अनि यो हो बेहदको धन। हो दुवै पढाइ। अहिले तिमी जान्दछौ– बाबाले हामीलाई पढाएर विश्वको मालिक बनाउनु हुन्छ। त्यो अल्पकालको क्षण भंगुरको पढाइ हो, एक जन्मको लागि। फेरि अर्को जन्ममा शुरुदेखि नै पढ्नुपर्छ। वहाँ धनको लागि पढाइको आवश्यकता पर्दैन। वहाँ त अहिले गरेको पुरूषार्थले अथाह धन मिल्छ। धन अविनाशी बन्न जान्छ। देवताहरूसँग धन धेरै थियो, फेरि जब भक्ति मार्ग अर्थात् रावण राज्यमा आइपुग्दा पनि कति थियो, सबैको मन्दिर बनाए। फेरि आएर मुसलमानहरूले धन लुटे। कति धनवान थिए। आजको पढाइले यति धनवान कोही बन्न सक्दैन। तिमीले अहिले जान्दछौ– हामी यति उच्च पढाइ पढ्छौं, जसबाट यी देवी-देवता बन्छौं। त्यसैले हेर पढाइबाट मनुष्य के बन्न पुग्छ। गरिबबाट धनवान। अहिले भारत पनि कति गरिब छ। धनवानहरूलाई त फुर्सद नै छैन। आफ्नै अहंकार रहन्छ– म फलाना हुँ। यसमा अहंकार आदि मेटिनुपर्छ। हामी आत्मा हौं, आत्मासँग त धन-दौलत, हीरा-जुहारत आदि केही पनि छैन। बाबाले पनि भन्नु हुन्छ– देह सहित सबै सम्बन्धलाई छोड। आत्माले शरीर छोडेपछि धन आदि सबै समाप्त हुन जान्छ। अनि शुरुदेखि नै पढेर फेरि धन कमाउँछ वा दान पुण्य राम्रोसँग गरेको छ भने धनवानको घरमा जन्म लिन्छ। भन्छन् नि– विगतको कर्मको फल हो। ज्ञानको दान गरेको भए वा कलेज-धर्मशाला आदि बनाएको भए त्यसको फल मिल्छ तर अल्पकालको लागि। यो दान पुण्य पनि यहाँ गरिन्छ, सत्ययुगमा गरिदैन। सत्ययुगमा राम्रो नै कर्म गरिन्छ किनकि अहिलेको वर्सा मिलेको हुन्छ। वहाँ कसैबाट पनि विकर्म हुँदैन किनकि त्यहाँ रावण नै हुँदैन। गरिबहरूबाट पनि विकर्म हुँदैन। यहाँ त धनीहरूबाट पनि विकर्म हुन्छ। त्यसैले त बिमारी आदि दुःख हुन्छन्। वहाँ विकारमा जाँदै जाँदैनन् भने विकर्म कसरी हुन्छ? सारा कुरा कर्ममा आधारित छ। यो माया रावणको राज्य हो, जहाँ मनुष्य विकारी बन्छन्। बाबाले आएर पढाउनु हुन्छ, निर्विकारी बनाउनको लागि। बाबाले निर्विकारी बनाउनु हुन्छ, मायाले फेरि विकारी बनाइदिन्छ। रामवंशी र रावणवंशीको युद्ध चल्छ। तिमी बाबाको बच्चा हौ, उनीहरू रावणका बच्चा हुन्। कति असल असल बच्चाहरूले मायासँग हार खान्छन्। माया बडो प्रबल छ। फेरि पनि आशा राख्छन्। अधमभन्दा अधम, बिल्कुलै पतितको पनि उद्धार गर्नु पर्ने हुन्छ नि। बाबाले त सारा विश्वको उद्धार गर्नु छ। धेरै गिर्छन्। एकदमै शून्य खातामा, अधमभन्दा अधम बन्न पुग्छन्। यस्तालाई पनि बाबाले उद्धार गर्नु हुन्छ। अधम त सबै छन् रावणको राज्यमा, तर बाबाले बचाउनु हुन्छ। फेरि पनि गिरिरहन्छन्, त्यसैले धेरै अधम बन्न पुग्छन्। उनीहरू फेरि यति माथि पुग्न सक्दैनन्। त्यो अधमपनाले भित्र भित्रै खाइरहन्छ। जसरी तिमी भन्दछौ– अन्तकाल जो..... उनको बुद्धिमा त्यो अधमपना नै आइरहन्छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– कल्प कल्प तिमी नै देवता बन्छौ। जनावर बन्छन् र? मनुष्य नै बन्छन् र जान्दछन् पनि। यी लक्ष्मी-नारायणको पनि नाक कान आदि छ, मनुष्य हुन् नि। तर दैवी गुण भएकाले यसैले यिनलाई देवता भनिन्छ। यी यस्तो सुन्दर देवता कसरी बन्छन्, फेरि कसरी गिर्छन्, यो चक्र तिमीलाई थाहा भइसकेको छ। जसले विचार सागर मन्थन गर्छन्, उनको धारणा पनि राम्रो हुन्छ। विचार सागर नै मन्थन गर्दैनन् भने बुद्धु बन्छन्, मुरली चलाउनेको विचार सागर मन्थन चलिरहन्छ। यो शिर्षकमा यो यो सम्झाउनु छ। आफ से आफ विचार सागर मन्थन चल्छ। कुनै फलाना आउँदैछ, उसलाई पनि उल्लासपूर्वक सम्झाउँछ। केही बुझ्न पनि सक्छ, भाग्यमा छ भने। कसैले तुरून्तै निश्चय गर्छ, कसैले गर्दैन। आशा गरिन्छ, अहिले नभए पछि गएर अवश्य बुझ्नेछ। उम्मीद त राख्नुपर्छ नि। उम्मीद राख्नु अर्थात् सेवाको शौक छ। थाक्नु हँदैन। कोही पढेर फेरि अधम बन्छ, आउँछ भने अवश्य उनलाई भिजिटिंग रुममा बसाइन्छ या गइहाल भन्छौ? अवश्य सोधिन्छ– यतिका दिनसम्म किन आएनौ? भन्छन्, मायासँग हार खायौं। यसरी धेरै आउँछन्। सम्झन्छन्– ज्ञान धेरै राम्रो थियो तर मायाले हराइदियो। सम्झना त रहन्छ नि। भक्तिमा त हार्ने र जित्ने कुरै रहँदैन। यो ज्ञान धारण गर्नको लागि हो। अहिले तिमीले बाबाद्वारा सच्चा गीता सुन्छौ, जसबाट देवता बनिन्छ। ब्राह्मण नबनिकन देवता बन्न सक्दैनौ। क्रिश्चियन, पारसी, मुसलमानहरूमा ब्राह्मण हुँदै हुँदैन। यी सबै कुरा तिमीले अहिले बुझ्दछौ।

    तिमीले जान्दछौ– अल्फलाई याद गर्नु छ। अल्फलाई याद गर्नाले नै बादशाही मिल्छ। जतिबेला तिमीले कसैलाई भेट्यौ भने भन– अल्फ अल्लाहलाई याद गर्नुहोस्। अल्फलाई नै उच्च भनिन्छ। औंलाले अल्फतिर ईशारा गर्छौ नि। अल्फलाई एक पनि भनिन्छ। एक नै भगवान हुनुहुन्छ। बाँकी त सबै हुन् बच्चाहरू। बाबा त सधैं अल्फ नै भएर रहनु हुन्छ। बादशाही लिनु हुन्न। ज्ञान पनि दिनुहुन्छ, आफ्नो बच्चा पनि बनाउनु हुन्छ भने बच्चाहरू कति खुशी हुनुपर्छ। बाबाले हाम्रो कति सेवा गर्नु हुन्छ। हामीलाई विश्वको मालिक बनाउनु हुन्छ। फेरि स्वयं त्यस नयाँ पवित्र दुनियाँमा भने आउनुहुन्न। पावन दुनियाँमा उहाँलाई कसैले पनि बोलाउँदैन। पतितले नै बोलाउँछन्। पावन दुनियाँमा आएर के गर्नुहुन्छ। उहाँको नाम नै हो पतिन-पावन, त्यसैले पुरानो दुनियाँलाई नयाँ बनाउने उहाँको ड्युटी हो। बाबाको नाम हो शिव, शालिग्राम बच्चाहरूलाई भनिन्छ। उनको पनि पूजा हुन्छ। शिवबाबा भनेर सबैले याद गर्छन्। अर्का ब्रह्मालाई पनि बाबा भनिन्छ। प्रजापिता ब्रह्मा त भन्छन् धेरैले तर उनलाई यथार्थ रीतिले जान्दैनन्। ब्रह्मा कसको बच्चा हुन्? तिमीले भन्छौ– परमपिता परमात्मा शिवले उहाँलाई एडाप्ट गर्नु भएको हो। यिनी त शरीरधारी हुन् नि। ईश्वरको सन्तान सबै आत्माहरू हुन्। सबै आत्माहरूसँग आ-आफ्नै शरीर छ। आ-आफ्नै पार्ट मिलेको छ, जसलाई खेल्नु नै छ। यो परम्परादेखि चल्दै आउँछ। अनादि अर्थात् जसको आदि-मध्य-अन्त्य छैन। मनुष्यले सुन्छन्– अन्त्य हुन्छ, त्यसैले अलमलिन्छन् फेरि कसरी बन्छ? बाबाले सम्झाउनु हुन्छ– यो अनादि हो। कहिले बन्यो, यो सोध्ने कुरै हुँदैन। प्रलय हुँदै हुँदैन। यो पनि गफ लगाइदिएका छन्। मनुष्यहरू थोरै हुन्छन्, यसैले भनिन्छ प्रलय भयो। बाबासँग जुन ज्ञान छ त्यो अहिले नै इमर्ज हुन्छ। उहाँको लागि भनिन्छ– सारा सागरलाई मसी बनाऊ... फेरि पनि सकिदैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो हर्षित चेहराद्वारा बाबाको नाम प्रसिद्ध गर्नु छ। ज्ञानरत्न नै सुन्नु र सुनाउनु छ। गलामा ज्ञानरत्नको माला परिरहोस्। आसुरी अवुगणहरूलाई निकालिदिनु छ।

    २) सेवामा कहिल्यै थाक्नु हुँदैन। उम्मीद राखेर सोखले सेवा गर्नु छ। विचार सागर मन्थन गरेर उल्लासमा रहनु छ।

    वरदान:

    सबैको गुण देख्ने वा सन्तुष्ट गर्ने उत्कण्ठाद्वारा सधैं एकरस उत्साहमा रहने गुणमूर्त भव:-  

    सधैं एकरस उमंग उत्साहमा रहनको लागि जति पनि सम्बन्धमा आउँछन्, उनीहरूलाई सन्तुष्ट पार्ने उत्कण्ठा होस्। जसलाई देख्छौ उसबाट हर समय गुण उठाउँदै गर। सबैको गुणहरूको बल मिल्नाले उत्साह सधैंको लागि रहन्छ। उत्साह कम तब हुन्छ, जब अरुको भिन्न भिन्न स्वरुप, भिन्न भिन्न कुरा देख्छौ, सुन्छौ। तर गुण देख्ने उत्कण्ठा भयो भने एकरस उत्साह रहन्छ र सबैको गुण देख्नाले स्वयं पनि गुणमूर्त बन्न पुग्छौ।

    स्लोगन:

    बेहदको वैराग्य वृत्तिको आधार बलियो भयो भने सेकेण्डमा अशरीरी बन्न सजिलो छ।  

     

    ***OM SHANTI***