BK Murli 29 October 2016 Nepali
२०७३ कात्तिक १३ गते शनिबार 29.10.2016 बापदादा मधुवन
“मीठे बच्चे– अब विदेही बन्ने अभ्यास गर, आफ्नो यस विनाशी देहबाट प्यार निकालेर एक शिवबाबालाई प्यार गर।”
प्रश्न:
यस बेहदको पुरानो दुनियाँसँग जसलाई वैराग्य आएको छ, उसको निशानी के हुन्छ?
उत्तर:
उसले यी आँखाले जे जति देख्छ, त्यसलाई देखेर पनि मानौं देख्दैन। उसको बुद्धिमा हुन्छ– यो सबै खतम हुनु छ, यी सबै मरिसकेका छन्। मलाई त शान्तिधाम, सुखधाममा जानु छ। उसको ममत्व मेटिदै जान्छ। योगमा रहेर कसैसँग कुरा गर्दा उसलाई पनि आकर्षण हुन्छ। ज्ञानको नशा चढेको हुन्छ।
गीतः–
ओम् नमो शिवाय..........
ओम् शान्ति।
बाबा भन्नुहुन्छ– मीठे बच्चे तिमीले शिवबाबालाई जानेका छौ। फेरि यो गीत गाउनु त भक्ति मार्गको जस्तो हुन जान्छ। भक्तहरूले शिवाए नमः पनि भन्छन्, माता-पिता पनि भन्छन्, तर जान्दैनन्। शिवबाबाबाट स्वर्गको वर्सा मिल्नुपर्छ। तिमी बच्चाहरूलाई त बाबा मिलेको छ, उहाँबाट वर्सा मिलिरहेको छ। त्यसैले बाबालाई याद गर्छौ। तिमीलाई शिवबाबा मिलेको छ, दुनियाँलाई मिलेको छैन। जसलाई मिलेको छ, उनीहरू पनि राम्रोसँग चल्न सक्दैनन्। बाबाको निर्देशन बडो मीठो छ– आत्म-अभिमानी भव, देही-अभिमानी भव। कुरा नै आत्माहरूसँग गर्नुहुन्छ। देही-अभिमानी बाबाले देही-अभिमानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। उहाँ त एकै हुनुहुन्छ। उहाँ त मधुवनमा तिमी बच्चाहरूसँग बस्नुभएको छ। तिमी बच्चाहरूले जान्दछौ– बाबा आउनुभएको छ नै पढाउन। यो पढाइ शिवबाबा सिवाए कसैले पढाउन सक्दैन। न ब्रह्मा, न विष्णु। यो त बाबा नै आएर पतितहरूलाई पावन बनाउनु हुन्छ, अमरकथा सुनाउनुहुन्छ। त्यो पनि यहाँ नै सुनाउनुहुन्छ नि। अमरनाथमा त सुनाउनुहुन्न। यही अमरकथा सत्य नारायणको कथा हो। बाबा भन्नुहुन्छ– मैले तिमीलाई यहाँ नै सुनाउँछु। बाँकी यी सबै हुन् भक्ति मार्गका धक्का। सबैको सद्गतिदाता राम एकै निराकार हुनुहुन्छ। उहाँ नै पतित-पावन, ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ। उहाँ आउनुहुन्छ नै तब, जब विनाशको समय हुन्छ। सारा जगत्को गुरू त एकै परमपिता परमात्मा हुन सक्नुहुन्छ। उहाँ निराकार हुनुहुन्छ नि। देवताहरूलाई पनि मनुष्य भनिन्छ। तर उनीहरू दैवीगुण भएका मनुष्य हुन्, त्यसैले उनीहरूलाई देवता भनिन्छ। तिमीलाई अहिले ज्ञान मिलेको छ। ज्ञान मार्गमा अवस्था धेरै मजबुत राख्नु छ। जति हुन सक्छ बाबालाई याद गर्नु छ। विदेही बन्नु छ। फेरि देहसँग प्यार नै किन गर्ने! बाबाले तिमीलाई भन्नुहुन्छ– शिवबाबालाई याद गर फेरि यिनको पासमा आऊ। मनुष्यले त सम्झन्छन्– यी दादासँग मिल्न जान्छन्। यो त तिमी जान्दछौ– शिवबाबालाई याद गरेर हामी उहाँसँग मिल्छौं। वहाँ त छन् नै निराकारी आत्माहरू, बिन्दु। बिन्दुसँग त मिल्न सकिँदैन। त्यसैले शिवबाबासँग कसरी मिल्ने, त्यसैले यहाँ सम्झाइन्छ, हे आत्माहरू! आफूलाई आत्मा सम्झिएर बुद्धिमा यो राख– हामी शिवबाबासँग मिल्छौं। यो त धेरै गहन रहस्य हो नि। कतिलाई शिवबाबाको याद रहँदैन। बाबा सम्झाउनु हुन्छ– सदैव शिवबाबालाई याद गर। शिवबाबा हजुरसँग मिलन मनाउन आउँछु। हजुरको बनेको छु। शिवबाबा यिनमा आएर ज्ञान सुनाउनुहुन्छ। उहाँ पनि निराकार आत्मा हुनुहुन्छ, तिमी पनि आत्मा हौ। एक बाबा नै हुनुहुन्छ, जसले बच्चाहरूलाई भन्नुहुन्छ– म एकलाई याद गर। त्यो त बुद्धिले याद गर्नु छ। हामी बाबाको पासमा आएका छौं। बाबा यस पतित शरीरमा आउनुभएको छ। हामी सामुन्ने आउने बित्तिकै निश्चय गर्छौं, शिवबाबा हामी हजुरको बनेका छौं। मुरलीमा पनि यही सुन्छौ– म एकलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ।
तिमीले जान्दछौ– उहाँ उही पतित-पावन बाबा हुनुहुन्छ। सच्चा सच्चा सद्गुरू उहाँ हुनुहुन्छ। अहिले तिमी पाण्डवहरूको छ परमपिता परमात्मासँग प्रीत बुद्धि। बाँकी सबैको त कसै न कसैसँग विपरीत बुद्धि छ। शिवबाबाको जो बन्छन्, उनीहरूलाई त खुशीको पारा धेरै जोडसँग चढिरहनुपर्छ। जति समय समीप आउँछ, त्यति खुशी हुन्छ। हाम्रो अहिले ८४ जन्म पूरा भयो। अहिले यो अन्तिम जन्म हो। हामी जान्छौं आफ्नो घर। यो सिँढी त धेरै राम्रो छ, यसमा स्पष्ट छ। त्यसैले बच्चाहरूलाई सारा दिन बुद्धि चलाउनुपर्छ। चित्र बनाउनेले त विचार सागर मन्थन गर्नु छ, जो मुख्य छन्, उनको ख्याल चल्नुपर्छ। तिमी त च्यालेन्ज दिन्छौ– सत्ययुगी श्रेष्ठाचारी दैवी राज्यमा ९ लाख हुनेछन्। कसैले भन्यो– के प्रमाण छ? उसलाई भन– यो त बुझ्ने कुरा हो नि। सत्ययुगमा वृक्ष हुन्छ नै सानो। धर्म पनि एउटै हुन्छ, त्यसैले अवश्य मनुष्य पनि थोरै हुन्छन्। सिँढीमा सारा ज्ञान आउँछ। जसरी यो कुम्भकर्णको चित्र छ, यसमा यस्तो बनाउनुपर्छ– बी.के.ले ज्ञान अमृत पिलाउँछन्, उनीहरूले विकार (विष) माग्छन्। बाबा मुरलीमा सबै निर्देशन दिइरहनुहुन्छ। हरेक चित्रको ज्ञान बडो राम्रो छ। लक्ष्मी-नारायणको चित्रमा भन– यहाँ स्वर्ग थियो, एक धर्म थियो, त्यतिबेला कति थोरै मनुष्य हुन्छन्। अहिले कति ठूलो वृक्ष भएको छ। अब विनाश हुनु छ। पुरानो सृष्टिलाई बदल्नेवाला एकै बाबा हुनुहुन्छ। ४-५ चित्र छन् मुख्य, जसबाट कसैलाई पनि तुरून्तै तीर लाग्छ। ड्रामा अनुसार दिन प्रतिदिन ज्ञानको प्वाइन्ट गहन हुँदै जान्छ। त्यसैले चित्रहरूमा पनि परिवर्तन हुन्छ। बच्चाहरूको बुद्धिमा पनि परिवर्तन आउँछ। पहिले यो कहाँ बुझेका थिए र– शिवबाबा बिन्दु हुनुहुन्छ। यस्तो कहाँ भनिन्छ र– पहिल्यै किन बताउनु भएन? बाबा भन्नुहुन्छ– सबै कुरा पहिले नै कहाँ सम्झाइन्छ र? बाबा ज्ञानको सागर हुनुहुन्छ त्यसैले ज्ञान दिइ नै रहनुहुन्छ। सुधार भइरहन्छ। पहिले नै कहाँ बताउँछु र। फेरि त नक्कली हुन जान्छ। अचानक कुनै दुर्घटना आदि हुन्छ भने भनिन्छ ड्रामा। यस्तो भन्न मिल्दैन– यो नभए हुन्थ्यो। मम्मालाई त अन्तिमसम्म रहनु थियो, फेरि मम्मा किन गइन्? ड्रामामा जे भयो त्यो सही। बाबाले पनि जे भन्नुभयो, त्यो ड्रामा अनुसार भन्नुभयो। ड्रामामा मेरो पार्ट यस्तो छ।
बाबा पनि ड्रामामाथि राखिदिनुहुन्छ। मनुष्य भन्छन् ईश्वरको भावी। ईश्वर भन्नुहुन्छ– ड्रामाको भावी। ईश्वरले भन्नुभयो वा यिनले भने, ड्रामामा थियो। कुनै उल्टो काम भयो, ड्रामामा थियो, फेरि सुल्टो हुनेछ। चढ्ती कला अवश्य हुन्छ। चढाइमा जान्छन्, कहिलेकाहीँ डगमग हुन्छन्। यो सबै मायाको तुफान हो। जबसम्म माया छ, विकल्प अवश्य आउँछ। सत्ययुगमा माया नै हुँदैन त्यसैले विकल्पको कुरै हुँदैन। सत्ययुगमा कहिल्यै कर्म विकर्म हुँदैन। बाँकी थोरै दिन छ, खुशी रहन्छ। यो हाम्रो अन्तिम जन्म हो। अब अमरलोकमा जानको लागि शिवबाबासँग अमरकथा सुन्छौं। यी कुरा तिमीले नै बुझ्दछौ। उनीहरू कहाँ कहाँ अमरनाथमा गएर धक्का खाइरहन्छन्। यो बुझ्दैनन्– पार्वतीलाई कसले कथा सुनायो? वहाँ त शिवको चित्र देखाउँछन्। ठीक छ, शिव कसमा बस्नुभएको छ? शिव र शंकर देखाउँछन्। के शिवले शंकरमा बसेर कथा सुनाउनुभयो? केही पनि बुझ्दैनन्, भक्तहरू अहिलेसम्म तीर्थ गर्न गइरहन्छन्। कथा वास्तवमा ठूलो छैन। वास्तवमा हो मनमनाभव। पुग्यो, बीजलाई याद गर। ड्रामाको चक्रलाई याद गर। जो ज्ञान बाबासँग छ, त्यो ज्ञान हामी आत्मामा पनि छ। उहाँ पनि ज्ञान सागर, हामी आत्मा पनि मास्टर ज्ञान सागर बन्छौं। नशा चढ्नुपर्छ नि। उहाँले हामी आत्मा भाइहरूलाई सुनाउनुहुन्छ। सुनाउन त शरीरद्वारा नै सुनाउनुहुन्छ। यसमा संशय ल्याउनु हुँदैन। बाबालाई याद गर्दा-गर्दा सारा ज्ञान बुद्धिमा आउँछ। बाबाको यादद्वारा नै विकर्म विनाश हुन्छ, ममत्व मेटिदै जान्छ। कसैको नाम मात्र प्यार हुन्छ। हाम्रो पनि यस्तै हो। अहिले त हामी जान्छौं सुखधाम। यो त सबै मरेतुल्य छन्, यसमा के दिल लगाउनु छ। शान्तिधाममा गएर फेरि सुखधाममा आएर राज्य गर्नेछौं। यसलाई भनिन्छ पुरानो दुनियाँबाट वैराग्य। बाबा भन्नुहुन्छ– यी आँखाले जे जति देख्छौ, त्यो सबै खतम हुनेवाला छ। विनाशपछि स्वर्गलाई देख्नेछौ। अब तिमी बच्चाहरू धेरै मीठो बन्नुपर्छ। योगमा रहेर कुरा गर्यौ भने उसलाई धेरै आकर्षण हुन्छ। यो ज्ञान यस्तो, जसले बाँकी सबै भुलिन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) ज्ञान मार्गमा आफ्नो अवस्था धेरै मजबुत बनाउनु छ। विदेही बन्नु छ। एक बाबासँग नै सच्चा सच्चा प्रीत राख्नु छ।
२) ड्रामाको भावीमा अडोल रहनु छ। ड्रामामा जे भयो, त्यो राइट। कहिल्यै डगमग हुनु छैन। कुनै पनि कुरामा संशय ल्याउनु छैन।
वरदान:
कसैको कमी कमजोरीलाई नदेखेर आफ्नो गुण वा शक्तिहरूको सहयोग दिने मास्टर दाता भव:-
मास्टर दाता सदा यसै रुहानी भावनामा रहन्छ– सबै आत्माहरू म जस्तै वर्साको अधिकारी बनून्। उसले कसैको पनि कमी कमजोरीलाई नदेखेर आफूले धारणा गरेको गुणहरूको, शक्तिहरूको सहयोग दिन्छ। यो यस्तो छ, यस भावनाको सट्टा म यसलाई पनि बाबा समान बनाऊँ, यो शुभ-भावना होस्। साथ साथ यही श्रेष्ठ कामना होस्– यी सबै आत्माहरू कंगाल, दुःखी, अशान्तबाट सदा शान्त, सुखरुप मालामाल बनून्, तब भनिन्छ मास्टर दाता।
स्लोगन:
मनसा-वाचा-कर्मणा सेवा गर्नेवाला नै निरन्तर सेवाधारी हो, उसको हर श्वासमा सेवा समाहित हुन्छ।
***OM SHANTI***