BK Murli 3 January 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli  3 January 2017 Nepali

    २०७३ पौष १९ मंगलबार ३-०१-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा ” मधुबन

    “मीठे बच्चे– बाबाबाट पूरा वर्सा लिनको लागि विकारको दान अवश्य दिनु छ, देही-अभिमानी बन्नु छ, मम्मा-बाबा भन्छौ भने लायक बन।”  

    प्रश्न:

    आस्तिक बनेका बच्चाहरू पनि कुन एक कुराको कारण नास्तिक बन्छन्?

    उत्तर:

    देह-अभिमान। देह-अभिमानको कारण भन्दछन्– हामी सबै कुरा जान्दछौं। पुरानो चाल छोड्दैनन्। ज्ञानको गोली लागि सकेर पनि मायाको गोली खाइरहन्छन्। म आत्मा हुँ, देही-अभिमानी बन्नु छ, यस कुरालाई बिर्सिनाले आस्तिक बनेका पनि नास्तिक बन्छन्। ईश्वरीय गोदबाट मर्छन्।

    गीतः–

    आज नहीं तो कल......

    ओम् शान्ति।

    त्यो पनि घडी हो, यो बेहदको घडी हो। त्यसमा पनि क्वार्टर, हाफ र फुल देखाइएको छ, यसमा पनि यस्तै छ। ४ भाग छन्। १५-१५ मिनेट मिलेका छन्। त्यस्तै यो फेरि एक बाट सुरु गर्छन्। यसमा आधा कल्प हो दिन, आधा कल्प हो रात। जसरी नक्शामा देख्यौ– नर्थ पोलमा ६ महिना रात हुन्छ भने अवश्य साउथ पोलमा ६ महिना दिन हुन्छ। यहाँ पनि ब्रह्माको दिन आधाकल्प हुन्छ भने ब्रह्माको रात आधाकल्प। दुनियाँले यो जान्दैनन् यो ड्रामाको चक्र हो, जसलाई कल्प वृक्ष पनि भनिन्छ, यसको आयु कति छ। नाम नै हो कल्प वृक्ष, यति आयु भएको ठूलो वृक्ष त कुनै हुँदैन यसैले यसको तुलना वरको वृक्षसँग गरिन्छ। त्यसको पनि फाउण्डेशन सडेको छ, बाँकी वृक्ष खडा छ यसैले गायन पनि छ एक खुट्टा भाचिएकोछ, बाँकी तीन खुट्टामा खडा छ। दुनियाँमा यो कसैले पनि जान्दैनन् आधाकल्प दिन र आधाकल्प रात अथवा आधाकल्प ज्ञान र आधाकल्प भक्ति। उनीहरू आधा-आधा गर्न सक्दैनन्। सत्ययुगलाई धेरै समय राखेका छन् त्यसैले आधा-आधा हुन सक्दैन। कुनै हिसाब नै रहँदैन। मनुष्य आस्तिक र नास्तिक शब्दको पनि अर्थ बुझ्दैनन्। आधाकल्प सृष्टि आस्तिक रहन्छ, आधाकल्प नास्तिक रहन्छ। त्यो आस्तिकपनको वर्सा बाबाबाट मिल्छ। कोही पनि जान्दैनन् शिवरात्रि कहिले हुन्छ। समय त हुनुपर्छ नि, जब बाबा आएर रातलाई दिन बनाउनुहुन्छ। बाबाले नै आएर भक्तिको फल दिएर भक्तिबाट छुटाउनुपर्छ। परमपिता परमात्मालाई अवश्य आउनुपर्छ। पुकार्छन् पतित-पावन आउनुहोस्। पतित-पावन को हुन् – यो पनि जान्दैनन्, त्यसैले उनलाई नास्तिक भन्दछन्। जान्नेहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार छन्। यहाँ रहनेहरूले पनि यथार्थ रूपले नजान्नाले आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती हुन्छन्। बाबाको पहिलो-पहिलो आज्ञा हो– पवित्रताको। धेरै सेन्टर छन् जहाँ विकारी मनुष्य पनि अमृत पिउन जान्छन्, धारणा केही पनि गर्न सक्दैनन्। विकारलाई पनि छोड्दैनन्। जो अमृत छोडेर विष पिउँछन् उनलाई भस्मासुर भनिन्छ। काम चितामा चढेर भस्म हुन्छन्, देवता बन्दैनन्। पहिले विकारको दान दिनुपर्छ। जब दान दिन्छन् तब बाबा- मम्मा भन्न लायक हुन्छन्। क्रोध पनि कम छैन। क्रोधमा आएर पहिले त गाली दिन्छन् फेरि पिट्न पनि सुरु गर्छन्। एक अर्काको हत्या पनि गर्छन्। पत्र-पत्रिकामा यस्ता समाचार धेरै छापिन्छन्। बाबाबाट वर्सा लिनु छ भने यी विकार, जसबाट दुर्गति भएको हो, त्यसको दान अवश्य दिनुपर्छ। बाबा भन्नुहुन्छ बच्चाहरू तिमीले अशरीरी बनेर चल्नुपर्छ, यो देह-भान छोड। कति समय तिमी देह-अभिमानी रहेका हौ। सत्ययुगमा तिमी आत्म-अभिमानी थियौ। तिमी सम्झिन्थ्यौ हामी आत्मा एक शरीर छोडेर दोस्रो लिन्छौं। वहाँ माया हुँदैन यसैले दुःखको कुरा रहँदैन। यहाँ त ठूलो व्यक्ति बिरामी भयो भने पत्रिकामा छापिन्छ। उनलाई बचाउने कति कोसिस गर्छन्। हेर, यस समय पोपको कति मान छ। तर यस समयमा सबै छन् नास्तिक। परमपिता परमात्मालाई जान्दैनन् भने नास्तिक नै भनिन्छ नि। कुनै पिताका ५-७ बच्चाहरू छन् भने के ती बच्चाहरू भन्छन् हाम्रा पिता सर्वव्यापी छन्! यहाँ बाबा पनि भन्नुहुन्छ म रचयिता हुँ, यो मेरो रचना हो। रचनामा रचयिता व्यापक कसरी हुन सक्छ! कति सहज कुरा छ। फेरि पनि सम्झिदैनन् यसैले बाबा सम्झाउँदै रहनुहुन्छ पहिले नास्तिकबाट आस्तिक बनाऊ जसले भनून् अवश्य परमपिता परमात्मा हाम्रा बाबा हुनुहुन्छ, उहाँबाट वर्सा लिनु छ। कन्यादानमा जो पैसा दिन्छन्, त्यसलाई पनि वर्सा भनिन्छ। सुखको वर्सा कसले दिन्छ, दुःखको वर्सा कसले दिन्छ, यो जान्दैनन्। भारतवर्ष निवासी स्वर्गलाई नै भुलेका छन्। नाम पनि लिन्छन्, भन्छन् फलानो स्वर्ग गयो, तर सम्झिदैनन्। बाबा भन्नुहुन्छ बिल्कुल तुच्छ बुद्धि छन्। गायन पनि गर्छन् पतित-पावन आऊ, तर आफूलाई पतित कहाँ सम्झन्छन् र! बाबा भन्नुहुन्छ पहिले परमात्माको बारे सम्झाऊ। परमपिता परमात्मासँग तिम्रो के सम्बन्ध छ! जब भन्छन् हामी जान्दैनौं, भन बाबालाई जान्दैनौ! लौकिक पिता त शरीरका रचयिता भए, परमपिता परमात्मा त आत्माहरूका बाबा हुन्। त्यसैले के तिमी बाबालाई जान्दैनौ? कति सहज कुरा छ। तर बच्चाहरूको बुद्धिमा बस्दैन। नत्र सेवा गर्न थाल्थे। परमपिता परमात्मासँग के सम्बन्ध छ? उहाँ हुनुहुन्छ परमपिता, यिनी हुन् प्रजापिता। प्रजापिता त अवश्य यहाँ नै होलान् नि। प्रजापिता ब्रह्माको नाम सुनेको छ? निराकार परमात्माले सृष्टि कसरी रच्नुभयो? त्यसैले प्रजापिता हुन् साकार, उनका बच्चाहरू बी. के. पनि अवश्य होलान्। बच्चाहरू नै वर्साका लायक बन्छन्। तर राम्रा-राम्रा बच्चाहरूले पनि युक्तिले सम्झाउँदैनन्। नयाँ-नयाँ कुरा बाबा सम्झाउनुहुन्छ फेरि पनि बच्चाहरू आफ्नो पुरानो चाल चल्दै रहन्छन्। नयाँ धारणा गर्दैनन्। देह-अभिमान रहन्छ। भन्दछन् हामी सबै कुरा जान्दछौं, तर पहिलो कुरा नजान्नाले छोड-पत्र दिन्छन्। आस्तिकबाट नास्तिक बन्छन्। ईश्वरको गोदमा आएर फेरि मर्छन्। बाबा मम्मा भनेर पनि फेरि हेर कसरी मर्छन्। गोली लाग्यो मायाको अथवा देह-अभिमानको अनि यो मर्योा । यो हो ज्ञानको गोली, त्यो हो मायाको गोली। मायाले यस्तो गोली लगाइदिन्छ जो आउनै छोड्छन्। तिमी पाण्डवहरूको युद्ध मायासँग हो। 

    बाबाले सम्झाउनुहुन्छ, मलाई ज्ञानसागर भन्छन्। ज्ञानसागरबाट ज्ञान गंगा निस्केका हुन् वा पानीको? वहाँ गंगाको चित्र पनि देवीको देखाउँछन्। फेरि पनि बुद्धिमा आउँदैन यी को हुन्? देवी-देवताहरूले त कसैलाई अमृत पिलाउन सक्दैनन्। यज्ञ सदैव ब्राह्मणहरूद्वारा रचिन्छ। यज्ञमा फेरि लडाईंको कुरा कहाँबाट आयो? यी कुरा समझदार बच्चाहरूले नै बुझ्दछन्। बुद्धूले त भुल्दछन्। स्कुलमा पनि नम्बरवार भाग्यवान् हुन्छन्। हुन त स्कुलमा १२ महिना नियमित रहे तर पढाइमा ध्यान दिएनन् भने पढन सक्दैनन्। बाबा त आत्मालाई पढाउनुहुन्छ। उनीहरू त मनुष्यलाई पढाउँछन्। बाबा भन्नुहुन्छ हे आत्माहरू सुन्दछौ? अरू कसैले पनि आत्मा सँग कुरा गर्न सक्दैनन्। बाबा भन्नुहुन्छ¬– भागयमानी सितारा सम्झन्छौ? तिमीलाई पढाउँछु। आत्माले नै गर्छ र गराउँछ। गर्ने¬¬¬-गराउने आत्मा पनि हो भने परमात्मा पनि हुनुहुन्छ। जसरी आत्माले आत्माबाट गराउँछ त्यस्तै परमात्मा बाबाले आत्माहरूबाट गराउनुहुन्छ। बाबा भन्नुहुन्छ म तिमी आत्माहरूबाट राम्रो काम गराउँछु। सबैलाई बाबाको परिचय दिनु छ। पहिले-पहिले यो प्रश्नावली उठाऊ। उहाँ हुनुहुन्छ पारलौकिक परमपिता परमात्मा, उनी हुन् लौकिक पिता। आत्मा र शरीर अलग छन् नि। शरीरका पिता लौकिक पिता, आत्माहरूका पिता परमपिता परमात्मा। उहाँ हुनुहुन्छ ठूला पिता। सबै भक्तहरूले उहाँलाई नै याद गर्छन्। सर्वका पतित-पावन उहाँ हुनुहुन्छ। आजकल त अनेक गुरु छन्, जो जगत् गुरु नाम राख्न लगाउँछन्। जगत् अम्बा त धेरै निस्केका छन्। यो हो सबै झुटो। झुटोमा सत्यको जानकारी बडो मुश्किलले पर्छ। ठूला-ठूला नाम राखेर बसेका छन्। तर सत्य त लुक्न सक्दैन। भन्दछन्– सच तो बिठो नच। डान्स गर्दै रहनु। डान्स त प्रख्यात छ। तिमी आस्तिक बन्यौ, धारणा गर्यौद भने स्वर्गमा तिमी डान्स गर्नु। देवताहरू नै डान्स गर्छन्। पतित दुनियाँ हो नर्क। नर्कलाई स्वर्ग अर्थात् पावन दुनियाँ, यी गुरु साधुहरूले कहाँ बनाउँछन् र! यसलाई भनिन्छ कुम्भीपाक नर्क। स्वर्गलाई भनिन्छ शिवालय। पहिले त यो लेखाऊ परमपिता परमात्मा हाम्रा बाबा हुनुहुन्छ, उहाँले नै प्रजापिता ब्रह्माद्वारा ब्राह्मणहरूको रचना रच्नुभएको हो। हामी शिवबाबाको नाति-नातिनी भयौं। वर्सा पनि उहाँले नै दिनुहुन्छ। ज्ञानसागर पनि उहाँ नै हुनुहुन्छ। अविनाशी ज्ञान रत्न ब्रह्माद्वारा दिनुहुन्छ। पहिले ब्रह्मालाई मिल्छ फेरि मुख वंशावलीलाई मिल्छ। स्कुलमा पनि कुनै-कुनै पछि आउने पनि अगाडि जान्छन् किनकि पढाइ राम्रो गर्छन्। यहाँ पनि राम्रो सँग पढ्नु र पढाउनु छ। जो आफूलाई बाबा समान बनाउँदैनन् उनमा अवश्य केही न केही कमजोरी छ यसैले धारणा हुँदैन। काम विकारको यदि सेमी नशा पनि भयो भने धारणा मुश्किलले हुन्छ। लेख्छन् बाबा कामको तूफान धेरै हैरान गर्छ। पागल बनाउँछ। 

    बाबा भन्नुहुन्छ¬– प्यारा बच्चाहरू! काम महाशत्रु हो, यसलाई योगबलले जित। कल्प पहिले पनि तिमीले जितेका थियौ। बाबाको गद्दीमा बसेका हौ। उनको पछि रोयल घराना पनि हुन्छ। केवल एक जन्म पवित्र बन्नाले यति उच्च बन्छौ। पवित्र नरहनाले धेरै घाटा पर्छ। मृत्यु सामुन्ने खडा छ। दुर्घटना आदि कति भइरहन्छन्। रजोप्रधानको समय यति मृत्यु हुँदैन। अहिले त धेरै हुन्छ। पहिले यति धेरै मेशीन आदि थिएन। पहिले लडाईं पानी जहाज वा हवाइजहाजबाट कहाँ हुन्थ्यो र! यी त सबै अहिले निस्केका हुन्। यहाँ थिएन। पहिले सत्ययुगमा थिए भने संगममा पनि हुनु पर्थ्यो। जुन सुख फेरि तिमीलाई स्वर्गमा मिल्नु छ। हवाइजहाज, जसले बनाउँछन् ती वहाँ पनि हुन्छन्। प्रजामा पनि कोही न कोही आउँछन्। संस्कार लिएर जान्छन् फेरि आएर बनाउँछन्। अहिले बनाउँछन् विनाशको लागि फेरि सुखको काममा आउँछन्। वहाँ त फुलप्रुफ हुन्छन्। मायाको आकर्षणबाट विनाश हुन्छ विनाश त हुन्छ नै। ब्राह्मणद्वारा यज्ञ पनि रचिएको छ, यसमा सारा पुरानो दुनियाँ स्वाहा हुनेछ। ब्राह्मणद्वारा नै यज्ञ रच्नुहुन्छ, प्राप्त पनि ब्राह्मणलाई नै हुन्छ। ब्राह्मण वर्ण नै फेरि देवता वर्ण बन्छ। शिवबाबा ब्रह्माद्वारा ब्राह्मण बनाउनुहुन्छ। ब्राह्मण फेरि देवता बन्छन्। कति सोझो कुरा छ, तर बच्चाहरू देखेर बडो आश्चर्य लाग्छ, यति सरल कुरा पनि कति बच्चाहरूले धारण गर्न सक्दैनन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलार्इ नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालार्इ गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबाको साथ सदा सच्चा रहनु छ। विकारको दान दिएर फेरि भस्मासुर बन्नु छैन। पवित्रताको आज्ञा अवश्य पालन गर्नु छ।

    २) विकारको सूक्ष्म नशालाई योगबलबाट समाप्त गर्नु छ। पढाइ राम्ररी पढ्नु र पढाउनु छ।

    वरदान:

    सतगुरुद्वारा प्राप्त भएको महामन्त्रको चाबीबाट सर्व प्राप्ति सम्पन्न भव:-   

    सतगुरुद्वारा जन्मने बित्तिकै पहिलो-पहिलो महामन्त्र मिल्यो– “पवित्र बन, योगी बन”। यो महामन्त्र नै सर्व प्राप्तिको चाबी हो। यदि पवित्रता छैन, योगी जीवन छैन भने अधिकारी भएर पनि अधिकारको अनुभूति गर्न सक्दैनन्। त्यसैले यो महामन्त्र सर्व खजानाको अनुभूतिको चाबी हो। यस्तो चाबीको महामन्त्र सतगुरुद्वारा जुन श्रेष्ठ भाग्यमा मिलेको छ, त्यसलाई स्मृतिमा राखेर सर्व प्राप्तिहरूबाट सम्पन्न बन।

    स्लोगन:

    सङ्गठनमा नै स्वयंको सुरक्षा हुन्छ, त्यसैले सङ्गठनको महत्त्वलाई जानेर महान् बन।  



    ***OM SHANTI***