BK Murli 12 March 2017 Nepali
२०७३ फाल्गुन २९ आइतबार १२-०३-२०१७ ओम् शान्ति “अव्यक्त-बापदादा” रिभाइज ९-०३-८२ मधुबन
होली मनाउने र होली बनाउने अलौकिक रीति
आज हाइएस्ट बाबा आफ्ना होली हंसहरू सँग मिल्न आउनु भएको छ। हरेक होली हंसको बुद्धिमा सदा ज्ञानको मोती माणिक रतन भरिएका छन्। यस्ता होलीहंस बापदादालाई पनि सारा कल्पमा एकै पटक मिल्छ। यस्ता विशेष होलीहंस सँग बापदादा सारा संगमयुग होली मनाइरहनु हुन्छ। संसारी मानिसहरूले वर्षमा एक-दुई दिन होली मनाउँछन् तर मनाउनुको साथ-साथै गुमाउँछन् पनि र तिमी होली हंसहरू मनाउँछौ पनि, कमाउँछौ पनि, गुमाउँदैनौ। बापदादा सँग सबै बच्चाहरू टाढा बसेर पनि होली मनाइरहेका छन्। बापदादाको पासमा देश-विदेशका बच्चाहरूको श्रेष्ठ स्नेहको संकल्प पुगिरहेको छ। सबै बच्चाहरूको नयन र मस्तकको पिचकारीद्वारा प्रेमको धारा, अति स्नेहको सुगन्धित पिचकारी आइरहेको छ। बापदादा पनि रिटर्नमा सबै बच्चाहरूलाई नयनको पिचकारीद्वारा अष्ट शक्ति अर्थात् अष्ट रंगहरूको पिचकारीद्वारा खेलिरहनु भएको छ। बापदादाले देखिरहनु भएको छ– जसरी स्थूल रंगहरूद्वारा रातो रंगद्वारा रातो बनाइदिन्छन्। भिन्न-भिन्न रंगहरूद्वारा भिन्न-भिन्न रूप बनाइदिन्छन्। यसैगरी हर शक्तिको रूहानी रंगद्वारा हर शक्ति स्वरूप बन्न पुग्छन्, हर गुण स्वरूप हुन्छन्। दृष्टिद्वारा रूप परिवर्तन हुन पुग्छ। यस्तो रूहानी होली मनाउनको लागि आएका छौ हैन?
बापदादा पुष्पहरूको वर्षा गरेर होली मनाउनुको सट्टा हरेक बच्चालाई सदाको लागि रूहाबद्वारा रूहानी गुलाब बनाइदिनु हुन्छ। स्वयं नै पुष्प बन्छौ। यस्तो होली बाबा र बच्चाहरू सिवाय कसैले मनाउन सक्दैन। जन्म लिने बित्तिकै बाबाले होली मनाएर होली बनाइदिनु भयो। ती हुन् मनाउने वाला र तिमी हौ सदा ‘होली’ बन्नेवाला। सदा हर गुणको रंग, हर शक्तिको रंग, स्नेहको रंग लागेको छ। यस्तो होली हंस हौ नि! तिलक लगाउने पनि आवश्यक छैन। हौ नै सदा तिलकधारी। अविनाशी तिलक लागेको छ हैन! जो मेटाएर पनि मेटिन सक्दैन। अल्पकालको सट्टा सदाकाल मनाइरहन्छौ र अरूलाई पनि बनाइरहन्छौ। उनीहरू त मंगल मिलनको लागि गला लगाउँछन् तर तिमी होली हंस बापदादाको गलाको हार नै बनेका छौ। सदा गलाको हार बनेर चमकदार रत्न विश्वको अगाडि प्रकाश फैलाइरहेका छौ। एक-एक रत्न यस्तो चमकदार लाइट स्वरूप हौ, जो हजारौं बल्बले पनि प्रकाश दिन सक्दैन। यस्तो चमकदार रत्नले आफ्नो लाइट माइट स्वरूपलाई जान्दछौ हैन! सारा विश्वलाई अन्धकारबाट उज्यालोमा लैजाने वाला तिमी चमकदार रत्न हौ। बापदादा यस्ता होली हंसहरूसँग विशेष दिन अनुसार रूहानी होली मनाइरहनु भएको छ।
होली जलायौ पनि र मनायौ पनि। जलाउनु र मनाउनु दुवै आउँछ हैन? जलाए पछि नै मनाइन्छ। संकल्पको माचिसद्वारा, जति पनि स्व प्रति वा सेवा प्रति व्यर्थ संकल्प अर्थात् कमजोरीको संकल्प संस्कार छन्, सबैलाई एकैचोटी आगो लगाइदेऊ, यसलाई नै सुक्खा दाउरा भनिन्छ। त्यसैले सबैलाई जम्मा गरेर दृढ संकल्पको माचिस लगाइदेऊ। यसरी जलाउनु पनि भयो। जलाउनु नै मनाउनु अनि बन्नु हो। माचिस पार्न आउँछ हैन? त्यसैले जलाऊ अनि मनाऊ अर्थात् स्वलाई सदा ‘होली’ बनाऊ। यस्तो त हुँदैन माचिस पार्न खोज्यो बल्दै बल्दैन। आगो पनि माचिस बक्स बिना बल्दैन। बाबासँग सम्पर्क सम्बन्ध छ, अभ्यासको माचिसमा मसाला ठीक छ भने सेकेण्डमा संकल्प गर्योन अनि बन्यो। त्यसैले सबै साधन ठीक चाहिन्छ। सम्बन्ध पनि चाहिन्छ। अभ्यास पनि चाहिन्छ। सम्बन्ध छ तर अभ्यास कम छ भने मेहनत गरेपछि सफलता मिल्छ। सेकेण्डमा संकल्पको स्वरूप बन्न सक्दैनौ। पटक-पटक संकल्प गर्दै-गर्दै मेहनत गरेपछि सफलता मिल्छ। तिमीहरू सबैको मेहनत अर्थात् भक्तिको समय समाप्त भयो नि! भक्तिको अर्थ नै हो मेहनत! भक्तिको समय समाप्त भयो अर्थात् मेहनत समाप्त भयो। अब भक्तिको फल लिने समय हो। भक्तिको फल हो ‘ज्ञान’ अर्थात् मोहब्बत नकि मेहनत। ६३ जन्म मेहनत गर्यौो, थोरै वा धेरै तर मेहनत त गर्यौा नि! अब अन्तिम एक जन्म मोहब्बतको समय पनि मेहनत गर्छौ र! अब त सदा बाबाको मोहब्बतद्वारा फल खाऊ अर्थात् सदा फलीभूत बन। फल खाऊ अर्थात् सदा सफल बन। फल खानु अर्थात् सदा होली मनाउनु वा होली बन्नु। अब मेहनत गर्ने, युद्ध गर्ने संस्कार समाप्त गर। अब त राज्य भाग्य पायौ फेरि युद्ध केको? देवपदको भाग्य भन्दा पनि श्रेष्ठ भाग्य त अहिले पाएका छौ। स्वराज्यको मज्जा विश्वको राज्यमा पनि हुँदैन। त्यसैले राज्य भाग्यवान आत्माहरू अहिले पनि युद्ध किन गरिरहन्छौ? त्यसैले मेहनतको संस्कार, युद्धको संस्कार वा संकल्पको पुरानो दाउराहरूलाई आगो लगाइदेऊ। यही होली जलाऊ। बापदादालाई पनि बच्चाहरूको मेहनतको संस्कार देखेर दया लाग्छ। अहिले सम्म पनि मेहनत गर्छन् भने फल कहिले खान्छन्! यसको मतलब सुस्त चाहिँ नबन– मेहनत त गर्नु परेन! अल्छी बन्नु हुँदैन तर सदा मोहब्बतमा मगन रहनु छ। लवलीन रहनु छ। सोच्यो अनि भयो– यस्तो अभ्यासी बन। मास्टर सर्वशक्तिमान् हौ त्यसैले संकल्प गर्नासाथ अनुभूति भयो– यस्तो सहज अभ्यासी बन। श्रेष्ठ संकल्पको खजानालाई स्वरूपमा ल्याऊ। कुनै पनि श्रेष्ठ कार्य गर्छौ भने सजाउँछौ हैन! जस्तै हिजो पनि शृङ्गार गर्यौज नि! (हिजो मधुबनमा ५ कन्याहरूको समर्पण समारोह भयो, जसमा उनीहरूलाई खुब सजाइएको थियो) शृङ्गारिएको, सजिएको मूर्ति शुभ निशानी हो। तिमीहरू सदा शुभ कार्यमा उपस्थित हुँदा सदा गुणहरूको गहनाहरूले सजिसजाऊ बन। केवल बुद्धिको तिजोरीमा बन्द गरेर नराख। सदा गुणहरूको गहनाहरूले सजिएको स्वरूप, यही १६ शृङ्गार अर्थात् १६ कला सम्पूर्ण, सर्वगुण सम्पन्न बन। यस्तो सर्वोच्च बाबाका बच्चाहरू सदा सुहागिन, सदा भाग्यवान आत्माहरू विना शृङ्गार कसरी सजिन्छौ! सुहागको निशानी पनि शृङ्गार हो र राज्य कुलको निशानी पनि शृङ्गार हो। त्यसैले तिमीहरू को हौ? राजाहरूको राजा बनाउने वालाको कुलका हौ र सदा सुहागिन हौ। त्यसैले गुणहरूको गहनाहरूले सजिसजाऊ रूहानी मूर्त सदा बन। यस्तो होली मनाएका छौ?
मधुबनमा होली मनायौ हैन? नाँच्नु, गाउनु– यो हो मनाउनु। त्यसैले सदा गाउँछौ, सदा नाँच्छौ र स्थूलमा पनि नाँच्यौ अनि गायौ पनि। मनायौ हैन? गायौ पनि, खायौ पनि। योग पनि लगायौ, भोग पनि लगायौ। मन पनि सदा मीठो, मुख पनि सदा मीठो। त्यसैले होली भयो नि! हो नै कल्प-कल्पको होली। बाँकी के गर्नेछौ? गुलाब जल राख्छौ? गुलाबको पात राख्छौ? स्वयं नै गुलाब हौ। बाँकी कुनै आशा बाँकी रहेको छ भने भोलि गुलाब जल राखिदेऊ। रंगमा त रंगिएकै छौ। त्यो रंग त मेटाउनु पर्ने हुन्छ तर यो रंग त जति चढेको होस्, त्यति राम्रो।
यस्ता सदा रूहानी गुलाब, सदा ज्ञानको रंगमा रंगिएका, सदा प्रभु मिलन मनाउने, सदा गुणहरूको गहनाहरूले सजिसजाउ स्वरूप, बापदादाका समीप र समान रत्नहरूलाई, चाहे टाढा छौ चाहे सम्मुख छौ– सबै होली हंसहरूलाई बापदादा अविनाशी होली बन्ने बधाई दिइरहनु भएको छ। साथ-साथै सबै लवलीन आत्माहरूलाई स्नेहको जवाफमा याद-प्यार एवं सर्व श्रेष्ठ आत्माहरूलाई नमस्ते। रूहानी बच्चाहरूलाई रूहानी बाबाको गुडमर्निङ्ग, नमस्ते।
गुजरात पार्टीसँग भेटघाट:–
तिमीहरू सबै धेरै ठूलो व्यापारी हौ नि? सारा विश्वमा कसैले पनि यति ठूलो बिजनेस गर्न सक्दैन। जो होसियार बिजनेसमेन हुन्छ, उसले कमाईलाई बढाउँदै जान्छ। लौकिकमा जब वृद्धि हुन्छ, त्यसमा एक-एक बिन्दु (शुन्य) लगाइन्छ। तिमीले पनि बिन्दु लगाउनु छ। म पनि बिन्दु, बाबा पनि बिन्दु। सबैभन्दा ठूलो व्यापारी हौ तर लगाउनु छ बिन्दु। ६ वा ८ लेख्न मुश्किल पनि हुन सक्छ तर बिन्दु त सबैले लगाउन सक्छौ। यो सहज पनि छ र श्रेष्ठ पनि। सारा दिनमा कति बिन्दु लगाउँछौ? जब प्रश्न आउँछ भने बिन्दु मेटिन्छ। बिन्दु बिना क्वेश्चन पनि हुँदैन। त्यसैले बिन्दु लगाउनमा सबै होसियार छौ हैन? बिन्दु लगाउन समय पनि लाग्दैन। म पनि बिन्दु, बाबा पनि बिन्दु। यसको लागि यो पनि कसैले भन्न सक्दैन– समय छैन। सेकेण्डको कुरा हो। त्यसैले जति सेकेण्ड मिल्छ, बिन्दु लगाऊ फेरि रातमा गन्ती गर कति बिन्दु लगाएँ? कुनै कुरालाई नसोच, जुन कुरा ज्यादा सोच्छौ, त्यो ज्यादा बढ्छ। सबै सोच छोडेर एक बाबालाई याद गर, यही आशीर्वाद हुनेछ। यादमा धेरै फाइदा भरिएको छ– जति याद गर्छौ, त्यति शक्ति भरिँदै जान्छ, सहयोग पनि प्राप्त हुन्छ। र, सेवा पनि हुन्छ। अच्छा!
वार्षिक मीटिंगको लागि बापदादाको प्रेरणा :–
मीटिंगमा कुनै न कुनै नवीनता त निकाल्छौ नै। तर एउटा कुरा विशेष ध्यान राख– जो बापदादाले पहिले पनि इसारा दिनु भएको थियो, हर जोनले आफ्नो सेवाको सहयोगी सम्पर्कवाला जो सेवाको निमित्त बन्छन्, यस्तो गुलदस्ता मधुबनमा तयार गरेर ल्याऊ। चाहे कुनै पनि वर्गको होस्, तर यस्तो विशेष आत्माहरू होऊन्, जो समय प्रति समय सहयोगी बन्ने निमित्त बन्न सकून्। यस्तो सेवा गराउनको लागि निमित्त बनेका आत्माहरूलाई सामुन्ने ल्याऊ। बापदादाको सामुन्ने होइन, मधुबनमा पहिले ल्याऊ, ग्रुप बनाएर। फेरि ती जति अघि बढ्छन्, समीप आउँछन्। यस कुरामा विशेष अटेन्शन दिएर, चारै तिरका देश-विदेश सबै तिरका ग्रुप सामुन्ने आउनुपर्छ। गर्न त सबैले गरिरहेका छौ तर सामुन्ने आउनुपर्छ र त्यस ग्रुपद्वारा तिम्रो सेवा ज्यादा से ज्यादा बढ्नेछ किनकि संगठनमा आएपछि उनलाई बल मिल्छ। परिवारको सदस्य अनुभव गर्दै जानेछन्। साथ-साथै मनसा सेवामा विशेष आपसमा ग्रुप बनाएर एक त स्पष्ट गर्नु छ र अर्को त्यस ग्रुपलाई समय प्रति समय आपसमा मिलेर मनसा सेवाको वृत्तिको प्लान बनाउनुपर्छ। रिजल्ट निकाल्नुपर्छ किनकि समय प्रमाण, परिस्थिति प्रमाण अब मनसा सेवाको धेरै आवश्यकता हुन्छ। जस्तै तिमीहरूले भिन्न-भिन्न वर्ग त बनाएका छौ, तर हर वर्गको यस्तो सहयोगी ग्रुप तयार हुनुपर्छ, जो सरकारको सामुन्ने अहिलेसम्म के-के सेवा गरेका छौ, कतिको जीवनमा परिवर्तन ल्याएका छौ, यथार्थ रिजल्ट के निक्लियो– हर वर्गको, त्यो सरकारको सामुन्ने आउनुपर्छ। अनि सरकारले पनि सम्झियोस्– यी अलराउन्ड सेवाधारी हुन्। केवल धार्मिक होइनन्, अलराउन्ड सेवाधारी हुन्। जति पनि सेवा हुन्छ, गभर्मेन्टलाई जानकारी देऊ, अनि सरकारले ग्रुपको रिजल्ट देखेर तिमीहरूलाई अफर गर्नेछ– तिमीहरू यस कार्यमा सहयोगी बन। अहिले सरकारको सामुन्ने यथार्थ नक्शा आएको छैन, सेवा धेरै गरिरहेका छौ, तर सबैको आँखा खुलोस्, टी.भी.मा, पत्रिकाहरूमा आओस्– ब्रह्माकुमारीहरूले यो-यो सेवाको परिणाम लिएर सरकारको सामुन्ने आए। त्यसैले यथार्थ परिणाम निकालेर देखाऊ। यो सानो-तिनो विघ्न सबै खतम हुनेछन्। अहिले सम्म यही सम्झन्छन्– यो धार्मिक संस्था हो। सोशल पनि छ, एज्युकेशनल पनि छ र सबै वर्गको निमित्त छ, सारा सृष्टिको भिन्न-भिन्न वर्गहरूलाई परिवर्तन गर्नेवाला हो। यति धेरैलाई रक्सी छुटाउँछौ, स्वास्थ्य मेलाहरू गर्छौ, सरकारको अगाडि के रिजल्ट छ? एक समाचार यहाँ रिपोर्ट छपाएर पठाउँछौ, यसबाट थाहा हुँदैन। यथार्थ स्टेजमा आउने प्लान बनाऊ। फंक्शन गर, प्रदर्शनीहरू गर, खुब गर तर त्यसको रिजल्ट सबैको नजरमा आउनुपर्छ। जति तिमीहरूको सेवा हुन्छ र जति रिजल्ट छ, त्यस अनुसार अरू कुनै संस्थाले यति सेवा गर्दैनन्। भिन्न-भिन्न वर्गहरूमा, भिन्न-भिन्न गाउँहरूमा बिना खर्च दिल देखि, स्नेह पूर्वक सेवा गर्छौ, तर गुप्त छ। बुझ्यौ? समझदार त हौ नै, तब त मीटिंगमा आउँछौ। अच्छा!
वरदान:
मेरोपनको अधिकारलाई समाप्त गरेर क्रोध र अभिमान माथि विजयी बन्ने कर्मबन्धन मुक्त भव:-
जहाँ मेरोपनको अधिकार राख्छौ– यो किन गरियो, यो मेरो हो... अनि क्रोध, अभिमान या मोह आउँछ। तर यो सेवाको साथी हो, नकि मेरो अधिकार छ। जब मेरो हुँदैन, क्रोध मोहको कर्मबन्धन पनि हुँदैन। त्यसैले कर्म बन्धनहरूबाट मुक्त हुनको लागि एक बाबालाई आफ्नो संसार बनाऊ। “एक बाबा दोस्रो न कोही” एक बाबा नै संसार बन्यो, त्यसैले कुनै आकर्षण हुँदैन। कुनै कमजोर संस्कारको पनि बन्धन हुँदैन। सबै मेरो-मेरो एक मेरो बाबामा समाहित हुन्छ।
स्लोगन:
मास्टर सर्वशक्तिमान् उही हो, जसले समय प्रमाण हर गुण, हर शक्तिलाई कार्यमा लगाउँछ।