BK Murli 31 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 31 July 2017 Nepali

    २०७४ श्रावण १६ सोमबार ३१-०७-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीले एक शिवबाबालाई याद गर‚ कुनै देहधारीलाई होइन। ज्ञान सिवाय कुनै पनि व्यर्थ कुरा न सुन्नु छ‚ न सुनाउनु छ।   

    प्रश्न:

    बाबाले सबै बच्चाहरूलाई कुनचाहिँ कुरामा चेतावनी (वार्निङ) दिनु हुन्छ?

    उत्तर:

    प्यारा बच्चाहरू! बाबाका बनेका छौ त्यसैले ईश्वरीय बचपनलाई कहिल्यै पनि नबिर्स। कुनै पनि विकर्म नगर। बाबासँग प्रतिज्ञा गरेर त्यसलाई तोड्नु हुँदैन। यदि बाबालाई बिर्सियौ भने मायाले खुशी गायब गरिदिन्छ‚ अनि बुद्धि हैरान भइरहन्छ‚ आत्तिइरहन्छौ। विकर्म गरिरहन्छौ। बुद्धिको ताला बन्द हुन्छ‚ शिवबाबाको बनेका छौ त्यसैले बचपनलाई सदा याद गर।

    गीत:–

    बचपन के दिन भुला न देना...

    ओम् शान्ति।

    ओम् शान्ति। बच्चाहरूले अर्थ बुझ्यौ? बच्चाहरू सामुन्ने बसेका छौ र बुझेका छौ– ब्रह्माद्वारा वर्सा लिनको लागि हामी उहाँको बच्चा बनेका छौं अनि यो पनि राम्ररी जान्दछौ– हामी निराकार परमपिता परमात्माका अविनाशी सन्तान हौं। अहिले सम्मुख बसेका छौ, टाढा भएपछि कति बच्चाहरूले बिर्सिन्छन्। मित्र-सम्बन्धी‚ गुरु-गोसाई आदिलाई देखेपछि यो बचपनको कुरा बिर्सिन्छौ। यहाँ जो सम्मुख बसेका छन्, उनीहरूले त बिर्सिदैनन्। अविनाशी शिवबाबाद्वारा हामीले वर्सा लिइरहेका छौं‚ यो त धेरै खुशीको कुरा हो नि। शिवबाबाले हामीलाई अपनाउनु भएको छ फेरि स्वर्गको मालिक बनाउन‚ हामी मालिक थियौं। तर पुनर्जन्म लिँदा-लिँदा अहिले नर्कको मालिक बनेका छौं‚ फेरि स्वर्गको मालिक बन्छौं। तिमीलाई थाहा छ– शिवबाबा, जो निराकार हुनुहुन्छ‚ उहाँ यस तनमा प्रवेश गर्नु हुन्छ। उहाँले हामीलाई श्रीमत दिनु हुन्छ– म निराकार शिवबाबालाई याद गर। सबै आत्माहरूलाई भन्नु हुन्छ किनकि उहाँ सबै आत्माहरूका मुक्तिदाता हुनुहुन्छ। मुक्तिदाता अर्थात् सद्गतिदाता। मनुष्यलाई नै सद्गति गर्नु हुन्छ। जनावरको त कुरा होइन‚ मुक्तिदाता गाइड हुनुहुन्छ मनुष्यका। उहाँलाई ज्ञानका सागर‚ आनन्दका सागर भनिन्छ। यहाँ तिमी सम्मुख बसेका छौ त्यसैले नशा चढ्छ। बाबाले जान्नु हुन्छ– घर गएपछि बच्चाहरूले बिर्सिन्छन्। मायाले बिर्साइदिन्छ। यहाँ तिम्रो बुद्धिमा कुनै साधु सन्त गुरु वा लौकिक सम्बन्धी छैन। अहिले हुन्छ पारलौकिक सम्बन्ध। शिवबाबा यिनमा प्रवेश गरेर हामीलाई स्वर्गको वर्सा दिनु हुन्छ। निराकारलाई अवश्य साकारमा आउनु पर्छ। भन्नु हुन्छ– सिकीलधे बच्चाहरू! तिमी फेरि स्वर्गको वर्सा लिनको लागि आएका छौ। सोधिन्छ पनि– शिवबाबासँग तपाईंको के सम्बन्ध छ? तिमीले भन्छौ– हामी उहाँका अविनाशी सन्तान हौं। फेरि प्रजापिता ब्रह्माका साकारी बच्चा हौं किनकि पुनर्जन्म लिइरहन्छौं। अर्को जन्ममा सबै त बच्चा बन्दैनन्। बचपनका यी कुरा नबिर्स। हामी शिव बाबाका नाति-नातिना ब्रह्माका बच्चा हौं। यहाँ आएका छौं फेरि स्वर्गको वर्सा लिन। अहिले नर्कमा छौं। तिमी अहिले संगममा छौ‚ कति सहज कुरा छ। बूढी माताहरूले पनि धारण गर्न सक्छन्‚ यो बिर्सिन हुँदैन। तर कति यस्ता छन्, बाहिर गएपछि बिर्सिहाल्छन्। सारा दिन बिर्सिरहन्छन्‚ त्यो खुशी रहँदैन। अनि भन्छन्– बाबा थाहा छैन के हुन्छ! वास्तवमा यसमा त बच्चाहरूलाई अपार खुशी हुनु पर्छ। बाबाले स्वर्गको मालिक बनाउनु हुन्छ, बाँकी के चाहियो? बाबालाई बिर्सिनाले तिमी आत्तिन्छौ‚ हैरान हुन्छौ अनि विकर्म गर्छौ। उहाँ कुनै गुरु आदि हुनुहुन्न। सच्चा बाबा हुनुहुन्छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। तिमी शिवबाबाको बनेका छौ, ब्रह्माद्वारा। उहाँ पनि बाबा हुनुहुन्छ‚ यिनी पनि बाबा हुन्। यतिका ब्रह्माकुमार-कुमारीहरू छन्‚ वर्सा कहाँबाट मिल्छ? शिवबाबाद्वारा। उहाँ त हुनुहुन्छ नै नयाँ दुनियाँका रचयिता। तिमी अहिले यस्तो बापदादाका सम्मुख बसेका छौ। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! कुनै विकर्म नगर। नयाँ आए भने भन्नु हुन्छ– ठीकै छ आज प्रतिज्ञा गर‚ म बिर्सिन्नँ। 

    मायाले तिमीलाई बारम्बार भुलाउँछ त्यसैले बाबा सम्झाउनु हुन्छ‚ सावधानी दिनु हुन्छ‚ मुरलीबाट पनि बच्चाहरूले सुन्छन्‚ सम्झन्छन्– बाबाले मधुवनमा बच्चाहरूलाई यसैगरी बसेर सम्झाउनु हुन्छ। तिमीलाई थाहा छ– यो बचपनलाई मायाले बारम्बार भुलाइदिन्छ। बुद्धिको ताला बिल्कुलै बन्द हुन्छ। आत्मालाई अतीन्द्रिय सुख मिल्यो भने खुशी हुन्छ। अहिले हामीलाई बाबा मिलेको छ। बाबाले सबै दु:खबाट मुक्त गर्नु हुन्छ किनकि उहाँ सुखदाता हुनुहुन्छ। उहाँ सबै मनुष्यका मुक्तिदाता हुनुहुन्छ। यस्तो होइन तिमीले कुनै ८४ लाख जन्म भोगेर आएका हौ। लाखौं जन्मको कुरा होइन। यो त ८४ जन्मको चक्र हो। तिमीलाई थाहा छ– ५ हजार वर्ष पहिला हाम्रो राज्य थियो। क्रिश्चियन घराना भन्दा ३००० वर्ष पहिला स्वर्ग थियो‚ फेरि नर्क कसरी बन्यो? यो कुरा कसैलाई पनि थाहा छैन। बाबा बसेर राम्ररी सम्झाउनु हुन्छ। यसमा शास्त्र आदिको कुनै कुरा छैन। यदि गलत सम्झन्छौ‚ संशय हुन्छ भने भाग। अरे शिवबाबा तिम्रो पिता‚ ब्रह्मा पनि तिम्रो पिता। शिवबाबा भन्नु हुन्छ– यस ब्रह्मा तनमा प्रवेश गरेर यिनलाई बच्चा बनाउँछु। फेरि यिनीद्वारा अरू बच्चाहरूलाई गोदमा लिन्छु। उनीहरूलाई शिक्षा दिएर फेरि विश्वको मालिक बनाउँछु। स्वर्गको मालिक थियौ‚ अहिले नर्कको मालिक छौ। हामी अहिले बाबाको सम्मुख बसेका छौं। हामी बच्चाहरू शिवबाबाको वर्साका हकदार हौं। पावन बन्नै पर्छ। पावन नबनी आत्मा उड्न सक्दैन। यहाँ त गफ मारिरहन्छन्। फलाना निर्वाणधाममा गयो वा ज्योति ज्योतिमा समाहित भयो। एउटा पनि जाँदैन। जतिपनि कलाकारहरू छन् सबै यहाँ हाजिर हुनु पर्छ। विनाश सुरु नभएसम्म हाजिर हुनु पर्छ। आत्माहरू आइरहन्छन्। वहाँबाट आउने पूरा भएपछि लडाईं लाग्छ। तिम्रो राजाई स्थापन हुन्छ। वहाँबाट पनि सबै आउँछ्न्। यी सबै कुराहरू बाबाले धेरै राम्ररी सम्झाउनु हुन्छ। तर तिमीले भुल्छौ। कतिले भुले अनि छोडपत्र दिए। राम्रा- राम्रा बच्चाहरू जो बाबामा न्यौछावर हुन्थे‚ यहाँबाट जाँदा रोएर जान्थे। वहाँ गएर नर्कवासीहरूको संगतमा परेपछि सबै बिर्सिन्छन्। बाबाले सावधानी दिनु हुन्छ‚ यस बचपनलाई कहिल्यै बिर्सनु हुँदैन। तिमीले त एक शिव बाबालाई नै याद गर्नु पर्छ। कुनै पनि गुरु गोसाई आदिको फोटो पनि राख्नु छैन। निराकार शिवबाबाको फोटो त निकाल्न सकिँदैन। तिमी बच्चाहरूलाई बाबाले अहिले राम्रो कर्म गर्न सिकाउनु हुन्छ। यस्तो राम्रो कर्म अरू कसैले सिकाउन सक्दैन। तिमी श्रेष्ठ बनिरहेका छौ। शरीर छोडे पनि गएर उच्च सेवा नै गर्छौ किनकि तिम्रो चढ्ती कला वृद्धि छ, फेरि जसले जति पुरुषार्थ गर्छ। बाबाले फेरि पनि भन्नु हुन्छ– यहाँ तिमी सम्मुख बसेका छौ। यहाँ सुन्छौ‚ याद रहन्छ फेरि बाहिर गएपछि तुरुन्तै बिर्सिन्छन्। यस्ता पनि छन् फेरि आपसमा फाल्तु‚ उल्टो-सुल्टो कुरा सुन्छन् सुनाइरहन्छन्। ज्ञान भएन भने एक अर्कालाई व्यर्थ कुरा सुनाएर दिमाग बिगार्छन्। बाबा लिनको लागि आउनु भएको हो। बाबा भन्नु हुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर्यौर भने यति उच्च पद पाउँछौ त्यसैले ज्ञान बाहेक अरू कसैको पनि ग्लानि आदि उल्टो-सुल्टो कुरा नसुन। 

    बाबालाई भनिन्छ हेविनली गड फादर‚ स्वर्ग स्थापना गर्नेवाला विश्वका पिता। सबै मनुष्य मात्रका बाबा एउटै निराकार हुनुहुन्छ। तिमी एक धर्मका हौ‚ जो ब्रह्माकुमार-कुमारीहरू बनेका छौ‚ पछि फेरि अरू धर्मको विस्तार हुँदै जान्छ। सत्ययुगमा एउटै देवी-देवता धर्म हुन्छ। सबै गोरो हुन्छन्‚ फेरि इस्लामीहरू निस्कन्छन्। अनुहार बिल्कुलै फरक। बौद्धिहरूको अनुहार हेर कस्तो छ। सबै धर्मावलम्बीहरूको अनुहार भिन्दा-भिन्दै छ। अहिले अनेक धर्मको विनाश अनि एक धर्मको स्थापना भइरहेको छ। तिमी पतितबाट पावन बनिरहेका छौ। याद राख तिम्रो दुश्मन माया धेरै बलवान् छ। ज्ञान सिवाय कुनै व्यर्थ कुरा सुन्यौ भने बेमुख भएर शोक वाटिकामा जान्छौ। बारम्बार सम्झाउँछु। तिम्रो धन्दा नै हो बाबाद्वारा वर्सा पाउने युक्ति बताउनु। बाबाले सम्झाउनु भएको थियो– तिम्रो परमपितासँग के सम्बन्ध छ! त्यो बोर्ड लगाइदेऊ। धेरै राम्रो लेखाइ होस्। ब्रह्माकुमारीहरूको नाम सुन्नासाथ डराउँछन् भने फेरि दोस्रो युक्तिबाट लेखिन्छ। बोर्ड पढे भने बापदादाको परिचय मिल्छ‚ साकारद्वारा नै अवश्य वर्सा मिल्छ। शिवबाबा हुनुहुन्छ नै स्वर्गको स्थापना गर्नेवाला। मुसलमानहरूले भन्छन् बहिस्त स्थापना गर्नेवाला। अहिले तिमी बच्चाहरू उहाँको बच्चा बनेका छौ‚ यस्ता बाबालाई नबिर्स। माया कति बलवान छ। त्यसैले बाबा भन्नु हुन्छ– यस बचपनलाई नबिर्स‚ बच्चा त सबै हौ नि। जतिसुकै ठूलो मानिस भए पनि बाबाले भन्नु हुन्छ– माया धेरै ठूलो दुश्मन हो। बाबा सम्झाउनु हुन्छ– तिमीले फाल्तु कुरा नगर, तिमीले मम्मा-बाबा भन्छौ भने अनुसरण गरेर उच्च पद पाऊ। प्यारा बच्चाहरू मलाई याद गरेमा विकर्मको बोझ उत्रिन्छ नत्र भोग्नु पर्छ अनि त्यतिबेला धेरै फिल हुन्छ। अन्त्यमा यस्तो भासना आउनेछ मानौं धेरै समय देखि भोगिरहेको छु‚ हिसाब-किताब चुक्ता हुन्छ अनि फर्केर जान्छ। त्यो सारा साक्षात्कार भइरहन्छ। अच्छा!


    धारणाको लागि मुख्य सारः

    १) संगदोषमा आएर ईश्वरीय बचपनलाई बिर्सिनु हुँदैन। आपसमा कहिल्यै पनि कुनै व्यर्थ‚ उल्टो-सुल्टो कुरा न सुन्नु छ‚ न सुनाउनु छ। ज्ञानको मात्रै कुरा गर्नु छ।

    २) सबैलाई बाबाद्वारा वर्सा लिने युक्ति बताऊ। मम्मा-बाबालाई पूरा अनुसरण गरेर उच्च पदको अधिकार लेऊ। बाबाको यादद्वारा विकर्मको बोझ उतार्नु छ।

    वरदान:

    साधारण जीवनमा भावनाको आधारमा श्रेष्ठ भाग्य बनाउने पदमापदम भाग्यवान भव  

    बापदादालाई साधारण आत्माहरू नै मन पर्छ। बाबा स्वयं पनि साधारण तनमा आउनु हुन्छ। आजका करोडपति पनि साधारण छन्। साधारण बच्चाहरूमा भावना हुन्छ र बाबालाई भावना भएका बच्चाहरू चाहिन्छ‚ देह-भानवाला होइन। ड्रामा अनुसार संगमयुगमा साधारण बन्नु पनि भाग्यको निशानी हो। साधारण बच्चाहरूले नै भाग्य विधाता बाबालाई आफ्नो बनाउँछन्‚ अनुभव गर्छन्– “भाग्यमा मेरो अधिकार छ।” यस्ता अधिकारी नै पदमापदम भाग्यवान बन्छन्।

    स्लोगन:

    सेवामा दिल ठूलो भयो भने असम्भव कार्य पनि सम्भव हुन्छ।   



    ***OM SHANTI***