BK Murli 1 October 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 October 2017 Nepali

    २०७४ असोज १५ आइतबार १-१०-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १५-०१-८३ मधुबन

    सहजयोगी र प्रयोगीको व्याख्या


    आज बापदादा आफ्ना सहयोगी भुजाहरूलाई देखिरहनु भएको छ। कसरी मेरा सहयोगी भुजाहरूले श्रेष्ठ कार्यलाई सफल बनाइरहेका छन्। हर भुजाको दिव्य अलौकिक कार्यको गतिलाई देखेर बापदादा हर्षित भएर कुराकानी गरिरहनुभएको छ। बापदादा देखिरहनुहुन्छ– कोही-कोही भुजाहरू सदा अथक र एकै श्रेष्ठ उमंग-उत्साह र तीव्रगतिले सहयोगी छन् र कोही-कोही कार्य गरिरहन्छन् तर बीच-बीचमा उमंग-उत्साहको तीव्रगतिमा अन्तर पर्न जान्छ। तर सदा अथक तीव्रगति भएका भुजाहरूको उमंग-उत्साहलाई देखेर स्वयं पनि फेरि तीव्रगतिले कार्य गर्न थाल्छन्। एक अर्काको सहयोगले गतिलाई तीव्र बनाउँदै चलिरहेका छन्।

    बापदादा आज तीन प्रकारका बच्चालाई देखिरहनु भएको थियो। एक सदा सहज योगी। दोस्रो हर विधिलाई पटक पटक प्रयोग गर्नेवाला प्रयोगी। तेस्रो सहयोगी। त्यसो त हुन् तीनै योगी तर भिन्न-भिन्न स्टेजका हुन्। सहजयोगी, समीप सम्बन्ध र सर्व प्राप्तिको कारण सहज योगको सदा स्वत: अनुभव गर्छन्। सदा समर्थ स्वरूप हुनाका कारण यही नशामा सदा अनुभव गर्छन्– म हुँ नै बाबाको। स्मृति दिलाउनु पर्दैन स्वयंलाई म आत्मा हुँ, म बाबाको बच्चा हुँ। ‘म हुँ नै’ सदा आफूलाई यस अनुभवको नशामा प्राप्ति स्वरूप नेचुरल निश्चय गर्छन्। सहजयोगीलाई सर्व सिद्धिहरू स्वत: नै अनुभव हुन्छ। त्यसैले सहजयोगी सदा नै श्रेष्ठ उमंग-उत्साह खुशीमा एकरस रहन्छन्। सहजयोगी सर्व प्राप्तिहरूको अधिकारी स्वरूपमा सदा शक्तिशाली स्थितिमा स्थित रहन्छन्।

    प्रयोग गर्नेवाला प्रयोगी सदा हर स्वरूपलाई, हर प्वाइन्टलाई, हर प्राप्ति स्वरूपको प्रयोग गर्दै त्यो स्थितिलाई अनुभव गर्छन्। तर कहिले सफलताको अनुभव गर्छन्, कहिले मेहनत अनुभव गर्छन्। तर प्रयोगी हुनाका कारण, बुद्धि अभ्यासको प्रयोगशालामा व्यस्त रहनाका कारण ७५ प्रतिशत मायाबाट सेफ रहन्छन्। कारण? प्रयोगी आत्मालाई सोख रहन्छ– नयाँमा नयाँ विभिन्न अनुभव गरेर हेरूँ। यही सोखमा लागिरहेका कारण मायासँग प्रयोगशालामा सेफ रहन्छन्, तर एकरस हुँदैनन्। कहिले अनुभव हुनाका कारण धेरै उमंग-उत्साहमा झुम्छन् र कहिले विधिद्वारा सिद्धिको प्राप्ति कम हुनाका कारण उमंग-उत्साहमा फरक पर्न जान्छ। उमंग-उत्साह कम हुनाका कारण मेहनत अनुभव हुन्छ त्यसैले कहिले सहजयोगी, कहिले मेहनत गर्ने योगी। ‘हुँ नै’ को बदलामा ‘हुँ, हुँ’। ‘आत्मा हुँ’, ‘बच्चा हुँ’, ‘मास्टर सर्वशक्तिमान् हुँ’‌– यही स्मृतिद्वारा सिद्धि प्राप्त गर्ने पटक-पटक प्रयत्न गर्नुपर्छ। त्यसैले कहिले त यस अवस्थामा स्थित भएर जे सोच्छन् अनुभव हुन्छ। कहिले बारम्बार सोचेपछि मात्र स्वरूपको अनुभव हुन्छ। यसलाई भनिन्छ– प्रयोगी आत्मा। अधिकारको स्वरूप हो सहजयोगी। बारम्बार अध्ययन गर्ने स्वरूप हो प्रयोगी आत्मा। त्यसैले आज हेरिरहनु भएको थियो – सहजयोगी को र प्रयोगी को हुन्? प्रयोगी पनि कहिले-काहिँ सहजयोगी बन्न पुग्छन् तर सदा होइन। जुन समय जे पोजीशन हुन्छ, त्यही अनुसार स्थूल प्रमाण चेहराको पोज पनि फेर्छन् । मनको पोजीशनलाई पनि हेरिन्छ र पोजलाई पनि हेरिन्छ। सारा दिनमा कति पोज फेर्छौ। आफ्नो भिन्न-भिन्न पोजलाई जान्दछौ? स्वयंलाई साक्षी भएर हेरेका छौ? बापदादा सदा यो बेहदको खेल जब चाह्यो, तब देखिरहनुहुन्छ।

    जसरी यहाँ लौकिक दुनियाँमा एउटैको भिन्न-भिन्न पोज हाँसोको खेलमा हेरिरहन्छौ। विदेशमा के यो खेल हुन्छ? यहाँ प्राक्टिकलमा यस्तो खेल त गर्दैनौ। यहाँ पनि कहिले बोझको कारण मोटो बन्न पुग्छौ र कहिले फेरि धेरै सोच्ने संस्कारको कारण अन्दाजभन्दा पनि अग्लो हुन पुग्छौ र कहिले फेरि निराश हुनाका कारण आफूलाई धेरै होचो देख्छौ। कहिले होचो बन्छौ, कहिले मोटो बन्छौ, कहिले अग्लो बन्छौ। के यस्तो खेल राम्रो लाग्छ?

    सबै डबल विदेशी सहजयोगी हौ? आजको दिनमा सहज योगीको चार्ट रह्यो? केवल प्रयोग गर्नेवाला प्रयोगी त होइनौ नि। डबल विदेशी मधुवनबाट सदाकालको लागि सहजयोगी रहने अनुभव लिएर गइरहेका छौ? अच्छा– सहयोगी पनि योगी हुन्, यसमा फेरि सुनाउनेछु।

    सबै टिचर्स तल हलमा मुरली सुनिरहेका छन्–

    बापदादाको साथ निमित्त सेवाधारी भन, निमित्त शिक्षक भन, आज साथीहरूको ग्रुप पनि आएको छ नि। साना त झनै अति प्रिय हुन्छन्। तल भए तापनि सबै माथि नै बसेका छन्। बापदादा साना वा ठूला तर हिम्मत राख्नेवाला सेवाको क्षेत्रमा स्वयंलाई सदा व्यस्त राख्नेवाला सेवाधारीहरूलाई धेरै-धेरै यादप्यार दिइरहनुभएको छ। त्यसैले त्यागी बनेर अनेकौंको भाग्य बनाउन निमित्त बनाउने सेवाधारीहरूलाई बापदादा त्यागी विशेष आत्माहरू देखिरहनुभएको छ। यस्ता विशेष आत्माहरूलाई विशेष रूपले बधाईको साथ-साथै यादप्यार। डबल कमाल कुनचाहिँ हो? एक त बाबालाई जान्ने कमाल गर्यौय। टाढाको देश, धर्मको पर्दा चालचलन, खानपिन सबैको भिन्नताको पर्दाको बीचमा रहेर पनि बाबालाई चिन्यौ। त्यसैले डबल कमाल। पर्दाभित्र छिपेका थियौ। सेवाको लागि अहिले जन्म लिएका छौ। भुलेका होइनौ तर ड्रामा अनुसार सेवाको निमित्त चारैतर्फ छरिएका थियौ। नत्र यति धेरै विदेशमा सेवा कसरी हुन्थ्यो। केवल सेवाको कारण आफ्नो थोरै समयको नाम मात्र हिसाब-किताब जोड्यौ। 

    त्यसैले डबल कमाल देखाउने सदा बाबाको स्नेहको चात्रक, सदा दिलदेखि ‘मेरो बाबा’ को गीत गाउनेवाला, ‘जानु छ, जानु छ,’ १२ महिना यही धुनमा रहने, यस्तो हिम्मत गरेर बापदादाको सहयोगी बन्ने बच्चाहरूलाई यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    सेवाधारी भाइ-बहिनीहरूसँग:–

    महायज्ञको महासेवाको प्रसाद खायौ? प्रसाद त कहिल्यै पनि कम हुनेवाला छैन। यस्तो अविनाशी महाप्रसाद प्राप्त गर्यौद? कति विविध प्रसाद मिल्यो? सदाकालको लागि खुशी, सदाको लागि नशा, अनुभूति यस्तो सर्व प्रकारको प्रसाद पायौ? प्रसाद बाँडेर खाइन्छ। प्रसाद आँखामा, मस्तकमा लगाएर खान्छन्। त्यसैले यो प्रसाद आँखामा समाहित होस्। मस्तकमा स्मृति स्वरूप हुन जाओस् अर्थात् समाहित होस्। यस्तो प्रसाद यस महायज्ञमा मिल्यो? महाप्रसाद लिनेवाला कति महान् भाग्यवान भए, यस्तो मौका कतिलाई मिल्छ? धेरै कमलाई, ती कम मध्ये तिमी हौ। त्यसैले महान् भाग्यवान भयौ नि! जस्तो यहाँ बाबा र सेवा यसको अलावा तेस्रो केही पनि याद रहेन, त्यसैले यहाँको अनुभव सदा कायम राख्नु। त्यसो त कहीँ जान्छौ भने विशेष वहाँको कुनै न कुनै यादगार लिएर जान्छन्। त्यसैले मधुवनको विशेष यादप्यार के लिएर जान्छौ? निरन्तर सर्व प्राप्ति स्वरूप भइरहनेछौ। त्यसैले वहाँ गएर पनि यस्तै रहनेछौ वा भन्नेछौ– वायुमण्डल यस्तो थियो, संगत यस्तो थियो। परिवर्तन भूमिबाट परिवर्तन भएर जानु। जस्तोसुकै वायुमण्डल होस् तर तिमीले आफ्नो शक्तिले परिवर्तन गरिदेऊ। यति धेरै शक्ति छ हैन? वायुमण्डलको प्रभाव तिमीमाथि नआओस्। सबै सम्पन्न बनेर जाऊ। अच्छा।

    माताहरूसँग:- 

    माताहरूको लागि धेरै खुशीको कुरा छ किनकि बाबा आउनु नै भएको छ– माताहरूको लागि। गऊपालक बनेर गऊ माताहरूको लागि आउनु भएको छ। यसैको यादगार त गाइएको छ। जसलाई कसैले पनि योग्य सम्झेनन् तर बाबाले तिमीलाई नै योग्य सम्झनुभयो– यही खुशीमा सदा उड्दै गर। कुनै दु:खको लहर आउन सक्दैन किनकि सुखको सागरको बच्चा बन्यौ। सुखको सागरमा समाहित हुनेलाई कहिल्यै दु:खको लहर आउन सक्दैन– यस्तो सुख स्वरूप।

    दोस्रो मुरली “अव्यक्त बापदादा” रिभाइज २१-०१-८३ मधुबन

    संगममा बाबा र ब्राह्मण सदा साथ साथ

    आज बापदादा आफ्ना दायाँ हातहरूसँग केवल हात मिलाउनको लागि आउनुभएको छ। हात मिलाउन कति समय लाग्ला? सबैले हात मिलायौ? फेरि पनि एक दृढ संकल्प गरेर सच्चा साजनका सजनीहरू त बनेका छौ। त्यसैले नै विश्व सेवाको कार्य सम्हाल्नको लागि निमित्त बनेका छौ? प्रतिज्ञा पक्का हुनाका कारण बापदादालाई पनि प्रतिज्ञा निर्वाह गर्नुपर्यो्। प्रतिज्ञा त पूरा भयो नि। सबैभन्दा नजिक भगवान्‌का साथी को हुन्? तिमी सबै भगवान्‌का अति नजिकका साथीहरू हौ किनकि समान कर्तव्यमा छौ। जस्तो बाबा बेहदको सेवा प्रति हुनुहुन्छ त्यस्तै तिमी साना ठूला बेहदको सेवाधारी हौ। आज विशेष साना-साना साथीहरूको लागि खास आएको छु किनकि हुन् साना तर जिम्मेवारी त ठूलो लिएका छन्। त्यसैले साना साथीहरू धेरै प्रिय छन्। अब गुनासो त बाँकी छैन नि। अच्छा। (बहिनीहरूले गीत गाए– जो वायदा किया है, निभाना पडेगा )

    बापदादा त सदा नै बच्चाहरूको सेवामा तत्पर नै हुनुहुन्छ। अहिले पनि साथ हुनुहुन्छ र सदा नै साथ हुनुहुन्छ। जब हुनुहुन्छ नै कम्बाइण्ड भने कम्बाइण्डलाई कसैले अलग गर्न सक्छ र? यो रूहानी युगल स्वरूप कहिल्यै पनि एक अर्काबाट अलग हुन सक्दैन। जस्तो ब्रह्मा बाबा र दादा कम्बाइण्ड हुनुहुन्छ, उनीहरूलाई अलग गर्न सक्छौ? त्यसैले फलो फादर गर्नेवाला श्रेष्ठ ब्राह्मण र बाबा कम्बाइण्ड हुनुहुन्छ। यो आउनु र जानु त ड्रामा भित्रको ड्रामा हो। त्यसो त अनादि ड्रामा अनुसार अनादि कम्बाइण्ड स्वरूप संगमयुगमा बनि नै हाल्यौ। जहिलेसम्म संगमयुग छ, बाबा र श्रेष्ठ आत्माहरू सदा साथ छन् त्यसैले खेलमा खेल गरेर गीत ठीकै छ गाऊ, नाच गाऊ, हाँस, खेल रमाइलो गर तर कम्बाइण्ड रूपलाई नभुल। बापदादा त मास्टर शिक्षकलाई धेरै श्रेष्ठ नजरले हेर्नुहुन्छ। त्यसो त सर्व ब्राह्मण सर्वश्रेष्ठ हुन् तर जो मास्टर शिक्षक बनेर आफ्नो दिलोज्यान एवं बडो प्यारले रातदिन सच्चा सेवक बनेर सेवा गर्छन्, उनीहरू विशेषमा विशेष र विशेषमा पनि विशेष हुन्। यति आफ्नो स्वमान सदा स्मृतिमा राख्दै संकल्प, बोली र कर्ममा आऊ। सदा यही याद राख– हामी आँखाका नानी हौं। मस्तकको मणि हौं, गलाको विजय मालाका दाना हौं र बाबाको ओठको मुस्कान हामी हौं। यस्ता सर्व चारैतर्फबाट आएका साना-साना र धेरै प्रिय साथीहरूलाई वा जो पनि बच्चा आएका छन्, सबैले आ-आफ्नो नामले याद स्वीकार गर। चाहे तल बसेका छौ, चाहे माथि बसेका छौ, तलका पनि नयनको र माथिका पनि नयनको सम्मुख छन् । त्यसैले अहिले प्रतिज्ञा निर्वाह गरें, अब सबै फ्रेण्ड्सलाई, सर्व साथीहरूलाई यादप्यार एवं नमस्ते। एकैछिन मिल्नु राम्रो हो। तिमीहरूले यति नै प्रतिज्ञा गरेका थियौ। (गीत– अभी न जाओ छोड के, कि दिल अभी भरा नहीं...) दिल भर्नेवाला छ कहिल्यै? यो त जति मिल्छौ, त्यति दिल भरिन्छ। अच्छा– (दिदीजीलाई देखेर)– ठीक छ नि? दिदीसँग वायदा गरेका छन्, साकारले। त्यसैले यो पनि निर्वाह गर्नुपर्छ। दिल भरिएमा खाली गर्नुपर्छ, त्यसैले भरिइरहेकै ठीक छ।

    (दिदीजीसँग) यिनको संकल्प धेरै चलिरहेको छ। तिमीहरू सबै साना-साना बहिनीहरूसँग दादी-दिदीको धेरै प्यार रहेको छ। दिदी-दादी जो निमित्त छन्, उनीहरूको तिमीहरूसँग विशेष प्यार छ। ठीक गर्यौि, बापदादा पनि इनाम दिनुहुन्छ। जुन प्यारले तिमीहरूलाई यो मौका मिलेको छ, त्यस प्यारले मिलन पनि भयो। नियम अनुसार आउनु कुनै ठूलो कुरा भएन, यो पनि एक विशेष स्नेहको, विशेष प्यारको रिटर्न मिलिरहेको छ। त्यसैले जुन उमंगले तिमीहरू आयौ, ड्रामामा तिमीहरू सबैको धेरै राम्रो गोल्डन चान्स रह्यो। त्यसैले सबै गोल्डन चान्सलर हुन पुग्यौ। ती मात्र चान्सलर हुन्छन्, तिमी गोल्डन चान्सलर हौ। अच्छा।


    वरदान:

    सर्व खजानाहरूलाई विधिपूर्वक जम्मा गरेर सम्पूर्णताको सिद्धि प्राप्त गर्ने सिद्धि स्वरूप भव:-  

    ६३ जन्म सबै खजाना व्यर्थ गुमायौ, अब संगमयुगमा सर्व खजानाहरूलाई यथार्थ विधिपूर्वक जम्मा गर। जम्मा गर्ने विधि हो– जति पनि खजाना छन् तिनलाई स्व प्रति र अरूप्रति शुभ वृत्तिले कार्यमा लगाऊ। केवल बुद्धिको लकरमा जम्मा नगर, खजानाहरूलाई कार्यमा लगाऊ। तिनलाई स्वयं प्रति पनि प्रयोग गर, नत्र लुज हुन पुग्छौ। त्यसैले यथार्थ विधिले जम्मा गरेमा सम्पूर्णताको सिद्धि प्राप्त गरेर सिद्धि स्वरूप बन्छौ।

    स्लोगन:

    परमात्म प्यारको अनुभव छ भने कुनै पनि रोकावटले रोक्न सक्दैन।  



    ***OM SHANTI***