BK Murli 30 September 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 September 2017 Nepali

    २०७४ असोज १४ शनिबार ३०-०९-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– आपसमा मिलेर यस कलियुगी दुनियाँबाट दुःखको छतलाई हटाउनु छ, बाबालाई याद गर्ने पुण्य गर्नु छ।”  

    प्रश्न:

    ज्ञानको अविनाशी प्रारब्ध हुँदा-हुँदै पनि कति बच्चाहरूको पुण्यको खाता जम्मा हुनुको सट्टा किन खाली हुँदै जान्छ ?

    उत्तर:

    १– किनकि पुण्य गर्दा गर्दै बीचमा पाप गर्छन्। ज्ञानी आत्मा कहलाएर पनि, संगदोषमा आएर कुनै पाप गर्योन भने त्यस पापको कारण गरिएको पुण्य खत्तम हुन्छ। २– बाबाको बनेर काम विकारको चोट खायो, बाबाको हात छोड्यो भने ऊ पहिलेभन्दा पनि अधिक पाप आत्मा बन्छ। उसलाई कुल कलंकित भनिन्छ। ऊ धेरै कडा सजायँको भागी बन्छ। सद्गुारुको निन्दा गराएको कारणले उसलाई उच्च पद मिल्न सक्दैन।

    ओम् शान्ति।

    रूहानी बाबा रूहानी बच्चाहरूसँग रूहरिहान गरिरहनु भएको छ। यो त आत्माले जान्दछ– एकै हाम्रो बेहदको बाबा हुनुहुन्छ, त्यो त बच्चाले बुझेका छन्। लक्ष्य छ– मुक्ति- जीवनमुक्तिको। मुक्तिको लागि यादको यात्रा अवश्य छ र जीवनमुक्तिको लागि रचनाको आदि-‌मध्य-‌अन्त्यलाई जान्नु आवश्यक छ। अहिले दुवै सहज छ। सृष्टिको, ८४ जन्मको चक्र घुमिरहन्छ। यो तिमी बच्चाहरूको बुद्धिमा रहनुपर्छ। अहिले हाम्रो ८४ जन्मको चक्र पूरा हुन्छ। अहिले हामीलाई वापस घर जानु छ। अब वापस त कोही जान सक्दैन किनकि पाप आत्मा छन्। पाप आत्माहरू मुक्ति-जीवनमुक्तिमा जान सक्दैनन्। यस्तो-‌यस्तो विचार गर्नुपर्छ। जसले गर्छ उसैले पाउँछ र खुशीमा रहन्छ तथा अरूलाई पनि खुशीमा ल्याउँछ। तिमी बच्चाहरूले कृपा वा दया गर्नु छ– सबैलाई मार्ग बताउने। सम्झाउनु छ– तपाईंहरूको आत्मा सतोप्रधानबाट अब तमोप्रधान बनेको छ– त्यसैले वापस जान सक्नुहुन्न। पुकार्छन् पनि– हे पतित- पावन, बच्चाहरूले जान्दछन्– अहिले पुरुषोत्तम संगमयुग हो। यो पनि कसैलाई राम्रोसँग याद रहन्छ, कसैलाई याद रहँदैन। घरी-‌घरी भुल्छन्। तर तिमीलाई यदि संगमयुग याद रहने हो भने पनि खुशीको पारा चढिरहने थियो। बाबा-‌शिक्षक याद रहने हो भने पनि खुशीको पारा चढिरहने थियो। कसैलाई ठूलो विघ्न बीचमा पर्छ, कसैलाई सानो पर्छ। पर्न त अवश्य पर्छ। कति माथि गएर फेरि तल आउँछन्। कतिको अवस्था राम्रो छ भने दिलमा चढ्छन्, फेरि तल गिरे भने गरेको कमाइ समाप्त हुन्छ। जसरी दुनियाँमा कति दान पुण्य गर्छन् पुण्य आत्मा बन्नको लागि। फेरि यदि पुण्य गर्दा गर्दै पाप कर्म गरे भने पाप आत्मा बन्छन्। तिमीहरूको पुण्य छ नै बाबाको याद गर्नुमा। यादबाट नै तिमीहरूको आत्मा पुण्य आत्मा बन्छ। त्यसैले यदि बाबालाई नै भुल्छन्, अरूको संगत लाग्छ भने धेरै पाप गर्नाले जति पुण्य गरेका छन् त्यो पनि खत्तम हुन्छ। मानौं– आज दान- पुण्य गर्छन्, सेन्टर खोल्छन् भोलि फेरि बेमुख भए भने पहिलेभन्दा पनि धेरै गिर्छन् किनकि पाप गर्छन् नि। तब त्यो जम्मा गरेको खाता बदलिएर ‘न’ हुन जान्छ। पहिले निकै राम्रो सेवा गर्थे, कुरै नसोध, फेरि एकदम गिर्दछन्। विवाह गर्छन्। पहिलेभन्दा पनि धेरै खराब हुन जान्छ। पाप गर्नाले फेरि त्यो पापको बोझ चढ्दै जान्छ। जम्मा र ‘न’को कमाइ सम्हालिन्छ नि। तर यी कुरालाई पनि कुनै बुझ्नेवालाले मात्र बुझ्दछ। पाप पनि कुनै हल्का, कुनै ठूला हुन्छन्। कामको सबैभन्दा कडा, क्रोध सेकेन्ड, लोभ त्योभन्दा कम, मोह त्योभन्दा कम। नम्बरवार हुन्छन्। कामको चोट खाएपछि फाइदाको सट्टा नोक्सान हुन जान्छ किनकि सद्गुनरुको निन्दा गरायो भने स्थान पाउन सक्दैनन्। ऊ दिलबाट उत्रिएर जान्छ। बाबाको बनेर बाबालाई छोडिदिन्छन् फेरि उसको कर्ममा पनि हुन्छ। कारण के हो ? चल्न सक्दैनन्। सामान्यतया कामको चोट धेरै लाग्छ। यो नै मुख्य दुश्मन हो। कहिल्यै सुनेका छौ– क्रोधको पुतला जलाए। छैन। कामीको बनाउँछन्। रावण हुनगयो नि। बाबा भन्नुहुन्छ– काममाथि जित पाउनाले जगत्जितत बन्छौ। बिलकुल हारेर बसेका छन् भने जितको सट्टा हार हुन जान्छ। बाबालाई बोलाउँछन्– हे पतित- पावन आउनुहोस्, कामबाट धेरै पीडित हुन्छन्। फेरि भन्छन्– बाबा मुख कालो गरिदियो। बाबा भन्नुहुन्छ– तिमी त कुल कलंकित भयौ। क्रोध वा मोहको लागि यसो भन्नुहुन्न। सारा आधार काममा छ। बोलाउँछन् हे पतित-‌पावन आउनुहोस्। बाबा आउनुभयो फेरि पनि पतित बनिरह्यौ भने बाबाले के भन्नुहुन्छ। साधु-‌सन्त आदि जोसुकैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। अर्थ केही बुझ्दैनन्। कसैले मान्छन्, हो आउनेवाला हुनुहुन्छ जसले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। तर समय धेरै दिनाले घोर अँध्यारोमा गिर्छन्। ज्ञान र अज्ञान छ नि। 

    बाबा सम्झाउनुहुन्छ, भक्तिमा तिमीले जसलाई पूजा गर्छौ उहाँलाई जान्दैनौ भने भक्ति के कामको। नजानेका कारण जे जति गर्छन् त्यो निष्फल हुन जान्छ। मनुष्यले सम्झन्छन्– दान-पुण्य गर्नाले फल मिल्छ। तर त्यो हो अल्पकालको लागि, काग विष्टासमान सुख। संन्यासीले पनि भन्छन्– यो दुनियाँमा जुन सुख मिल्छ त्यो काग विष्टा समान छ, बाँकी सबै दुःख नै दुःख छ। बाबा भन्नुहुन्छ– मामेकम् याद गर्यौज भने तिमीहरूको सबै दुःख दूर भएर जान्छ। विचार गर– मैले कति याद गर्छु। जुन पुरानो हिसाब खत्तम पनि होस् र नयाँ जम्मा पनि होस्। कसैले कति जम्मा गर्छन्, यसमा धन आदिको कुरा छैन। यो त छ पाप कसरी मेटियोस्? मूल कुरा हो नै पवित्र बन्ने। यस्तो पनि नसम्झ– बाबालाई लेखेर दिनाले कुनै जन्म- जन्मान्तरको पाप खत्तम भएर जान्छ। पापको बोझ जन्म- जन्मान्तरको धेरै छ। ती सबै काटिदैनन्। यस जन्ममा जो गरेका छौ, त्यो हल्का हुँदै जान्छ। बाँकी त मेहनत धेरै गर्नुपर्छ। जति यादमा रहन्छौ त्यति पापको बोझ हल्का हुँदै जान्छ। कुनै बच्चाले धेरै मेहनत गर्छन्, लाखौंलाई मार्ग बताउँछन्। ८४ जन्मको चक्र सम्झाउँछन्। धेरै जन्मको हिसाबलाई तिमीले जान्दछौ। विचार गर कति योगबल छ, हाम्रो जन्म कहिले हुन्छ? सत्ययुग आदिमा हुन सक्छ? जसले धेरै पुरुषार्थ गर्छ उसले नै सत्ययुग आदिमा जन्म लिन सक्छ। त्यो कहाँ लुकिरहन्छ र। यस्तो नसम्झ– सबै सत्ययुगमा आउँदैनन्। कोही त अन्त्यमा आएर धेरथोर लिन्छन्। जसले धेरै कमाई गर्छ ऊ छिटै आउँछ। कम कमाई गर्यौत भने ढिलो आउँछौ त्यसैले बाबालाई त धेरै याद गर्नुपर्छ र छ पनि धेरै सहज। जसले राम्रोसँग गर्छ उसलाई खुशी रहन्छ। हामी छिटो नयाँ दुनियाँमा आउनेछौं। राजा बन्नु छ भने प्रजा पनि त बनाउनु छ नि। प्रजा नै बनाएनौ भने राजा कसरी बन्छौ। कसैले सेन्टर खोल्छन्। उनीहरूको कमाई पनि धेरै हुन्छ। फाइदा हुन्छ त्यसैले २-‌३ सेन्टर पनि खोल्छन्। सेन्टर त बाबाले पनि खोलिरहन्छन्। जसले गर्छन् उनीहरूको हिसाब त्यसमा आइहाल्छ। मिलेर तिमी सबैले दुःखको छत उठाउँछौ नि। सबैको काँध मिल्छ नि। त्यसैले हिसाब सबैलाई मिल्छ। जति मेहनत गर्छौ, त्यति उच्च पद मिल्छ। उनीहरूलाई खुशी पनि धेरै हुन्छ। देखिन्छ–‌ कतिलाई उद्धार गर्छन्। सेवा धेरै राम्रो गरिरहन्छन्। जसरी उदाहरण दिन्छन् मम्माको। मम्माले धेरै राम्रो सेवा गरिन् त्यसैले उनको कति कल्याण भयो। मूल कुरा हो सेवा गर्ने। योगको पनि सेवा छ नि। डायरेक्सन मिलिरहन्छ। कसरी याद गर्नु छ। यो बिन्दीको राज पनि बाबाले अहिले सम्झाउनुभएको छ। अब अगाडि गएर झन् सुनाइरहनुहुन्छ। दिन प्रतिदिन उन्नति हुँदै जान्छ। प्वाइन्ट निस्किइरहन्छ, धेरै कठिन पनि छैन। सहज पनि छैन। जो सेवामा तत्पर छन्, उनीहरूले झट्ट प्वाइन्टलाई पक्डन्छन्। जो सेवामा रहँदैनन् उनीहरूको बुद्धिमा केही पनि बस्दैन। बिन्दी बिन्दी भनिरहन्छन् तर कसरी बिन्दीलाई याद गर्ने, कसरी बिन्दीलाई देख्ने, धेरै सहज कुरा छ। बिन्दीलाई सामुन्ने राखेर कसैले कहाँ याद गर्छ र। यो त बुझ्नुपर्ने कुरा हो। आत्मा कति सानो बिन्दी छ। आत्माको नाम, रूप, देश, काल कसैले बताउन सक्दैन। परमात्माको लागि सोध्छन्– उहाँको नाम रूप देश काल के हो? बेसमझ मनुष्यले न आत्मालाई जान्दछ, न परमात्मालाई जान्दछ। यहाँ पनि जसले पूरै जान्दैनन् उनीहरूले केवल बाबा बाबा भनिरहन्छन्। ज्ञान कहाँ सिक्छन्। केही पनि सेवा गर्दैनन्। खाइरहन्छन्। जसरी संन्यासीहरूसँग पनि अघोरीहरू हुन्छन्, जसले केही पनि गर्दैनन्, खाइरहन्छन्। बाँकी संन्यास धारण गरेका छन्, विकारबाट छुटेका छन् त्यो पनि कम कुरा होइन। संन्यासीहरूको धर्म नै अलग छ। यो ज्ञान हो नै तिमी बच्चाहरूको लागि। 

    बाबा सम्झाउनुहुन्छ, तिमी पवित्र थियौ, अहिले अपवित्र बनेका छौ। तिमीले नै ८४ जन्मको चक्कर लगाएका छौ। यी कुरालाई पनि मनुष्यले बुझ्न सक्दैनन्। भक्ति बिलकुल अलग हो, ज्ञान बिलकुलै अलग कुरा हो। रातदिनको फरक छ। तिमीले जान्दछौ– हामीले पुरुषार्थद्वारा लक्ष्मी-नारायण जस्तै बन्नु छ त्यसैले श्रीमतमा पूरा चल्नु छ। मेहनत त छ। बाँकी यो बिमारी आदि त चलिरहन्छ। यो निशानी अन्त्यसम्म देखिन्छ। फेरि गुम हुन्छ, फेरि कुनै दुःख रहँदैन। बाबालाई भन्छन् नै– दुःखहर्ता, सुखकर्ता, हे लिबरेटर दया गर्नुहोस् त्यसैले सबै दुःखबाट छुट्दछन्। दुःखमा नै मनुष्यले धेरै स्मरण गर्छन्। हे प्रभू, हे राम, दुःखको समयमा सबैले भन्छन्, भगवान्‌लाई याद गर्नुहोस्। तर भगवान्‌ को हुनुहुन्छ यो कसैले जान्दैनन्। केवल भन्छन्– परमात्मालाई याद गर्नुहोस्। खुदालाई याद गर्नुहोस्। तिमीले त राम्ररी जानेका छौ उहाँ हाम्रा बाबा हनुहुन्छ । बाबाले नै सिकाउनु हुन्छ आफूलाई आत्मा सम्झिएर मलाई याद गर। भक्तिमार्गमा यस्तो कहाँ भन्छन् र? आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नुहोस्। भन्दैनन् । कति प्रकारका अथाह भक्ति छन्। ज्ञान एउटै छ। सम्झन्छन्–‌ भक्तिद्वारा भगवान् मिल्नुहुन्छ। भक्ति कहिलेदेखि सुरु हुन्छ। कसले धरै भक्ति गर्छन्? यो कसैलाई थाहै छैन। के पूरा ४० हजार वर्ष भक्तिमात्रै गरिरहन्छन्? कहाँसम्म भक्ति गर्छन्? अहिले तिमी जान्दछौ यति समय भक्ति चल्छ, यति समय ज्ञान चल्छ। भक्तहरूलाई थाहा छैन, उनीहरूलाई सम्झाउनको लागि नै यति प्रदर्शनी आदि गर्दछु। प्रदर्शनीमा पनि कोटीमा कोहीमात्रै निस्कन्छन्। अगाडि गएर अझै निस्कन्छन्। यहाँ पनि कति धेरै आउँछन्। तिमी कति थोरै छौ जो सच्चा ब्राह्मण पवित्र रहन्छौ, जो रेगुलर छन् उनीहरू आऊन्। तर यो पनि हिसाब निकाल्न सक्छौ– सच्चा ब्राह्मण कति छन्? धेरै झुटा पनि छन्। ब्राह्मणको काम हो नै कथा सुनाउनु। बाबा पनि कथा सुनाइरहनुहुन्छ। तिमीले पनि कथा सुनाउनु छ। यथा बाबा तथा बच्चा। बच्चाहरूको काम हो नै गीता सुनाउनु। तर सबैले कहाँ सुनाउँछन् र? तिमीले जान्दछौ ज्ञानको पुस्तक एउटै गीता हो। त्यो सर्वशास्त्रमयी शिरोमणि, त्यसमा सबै आइहाल्यो। माता-पिता हो गीता। बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ। यो पनि लेख्न सक्छौ– शिवबाबाको जयन्ती मात्रै हीरातुल्य छ। बाँकी सबैको जयन्ती कौडीतुल्य छ। बाबालाई त सबैले याद गर्छन् । कलियुगी मनुष्यले सत्ययुगी देवताको पूजा गर्छन्। उनीहरूलाई यस्तो बनाउनेवाला को हो? एक बाबा। तर यो पनि उनीहरूले बुझाउन सक्छन् जसले राम्रोसँग बुझेका छन्। काइदा अनुसार कसैले सम्झाउँदैनन्। 

    बाबा भन्नुहुन्छ– मेरा कति बच्चाहरू कन्स्ट्रक्सनका साथै डिस्ट्रक्सन पनि गर्नेवाला छन्। महारथी, घोडेसवार, प्यादा सबै छन् नि। अब प्यादाले के गर्छन्? पढे-लेखेका अगाडि भारी बोक्छन्। बाँकी जसले भारी बोक्दैनन्, न पढ्छन्, न पढाउँछन्, उनीहरूलाई के भनिन्छ? उँट-पक्षी। अच्छा! 

    मीठे-‌‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबा बिन्दु हुनुहुन्छ, यस कुरालाई यथार्थ बुझेर बाबालाई याद गर्नु छ। बिन्दु-‌बिन्दु भनेर अलमलिनु छैन। सेवामा तत्पर रहनु छ।

    २) सच्चा गीता सुन्नु र सुनाउनु छ। सच्चा ब्राह्मण बन्नको लागि पवित्र रहनु पर्छ। नियमित पढाइ अवश्य पढ्नु छ।

    वरदान:

    आफ्नो श्रेष्ठ कर्मरूपी दर्पणद्वारा ब्रह्मा बाबाको कर्म देखाउने बाबासमान भव:-  

    एक-‌एक ब्राह्मण आत्मा, श्रेष्ठ आत्मा हर कर्ममा ब्रह्मा बाबाको कर्मको दर्पण हौ। ब्रह्मा बाबाको कर्म तिमीहरूको कर्मको दर्पणमा देखियोस्। जुन बच्चाहरूले यति अटेन्सन राखेर हर कर्म गर्छन् उनीहरूको बोलीचाली, उठाइ, बसाइ सबै ब्रह्मा बाबासमान हुन्छ। हर कर्म वरदान योग्य हुन्छ, मुखबाट सदैव वरदान निस्किइरहन्छ। फेरि साधारण कर्ममा पनि विशेषता देखिन्छ। त्यसैले यो सर्टिफिकेट लेऊ तब भनिन्छ बाबासमान।

    स्लोगन:

    अव्यक्त स्थितिको अनुभव गर्नको लागि बाह्यमुखतालाई छोडेर अन्तर्मुखी, एकान्तवासी बन।   



    ***OM SHANTI***