BK Murli 1 November 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 November 2017 Nepali

    २०७४ कार्तिक १५ बुधबार १-११-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे – श्रीमतमा चलेर स्वच्छ शुद्ध बनेर, धारणा गरेर फेरि युक्तियुक्त सेवा गर्नु पर्छ। अहंकारमा आउनु हुँदैन, शुद्ध घमण्डमा रहनु छ।”  

    प्रश्न:

    कुन एउटा कुराको कारणले बाबाले यति ठूलो ज्ञान दिनु पर्छ?

    उत्तर:

    गीताको रचयिता निराकार परमपिता परमात्मालाई सिद्ध गर्नको लागि बाबाले तिमीलाई यति ठूलो ज्ञान दिनुहुन्छ। सबैभन्दा ठूलो भूल यही हो। गीतामा पतित-पावन बाबाको ठाउँमा श्रीकृष्णको नाम राखिदिएका छन्, यसै कुरालाई सिद्ध गर्नु छ। यसको लागि भिन्न-भिन्न युक्तिहरू रच्नु पर्छ। बाबाको महिमा र श्रीकृष्णको महिमा अलग-अलग बताउनु पर्छ।

    गीत:–

    मरना तेरी गली में...

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ, भन्दछन्– आएका छौं तिम्रो द्वारमा जीवन छँदै मर्नको लागि। कसको द्वारमा? फेरि पनि यही कुरा आउँछ– यदि गीताको भगवान् कृष्णलाई भन्यो भने यी सबै कुरा हुन सक्दैनन्। उनी हुन् सत्ययुगका प्रिन्स। गीता कृष्णद्वारा सुनाइएको होइन। गीता परमपिता परमात्माले सुनाउनु भएको हो। सारा कुरा यसैमा आधारित छ। यस एक कुरालाई बुझे भने जो यतिका शास्त्र छन्– सबै झूटो सिद्ध हुन जान्छन्। यी हुन् सबै भक्तिमार्गका, यिनमा कर्मकाण्ड तीर्थ, यात्रा, जप-तप आदिका कथा लेखिएको छ। भक्तिमार्गमा तिमीले यति मेहनत गर्दै आयौ, त्यो त आवश्यकता थिएन। यो त सेकेन्डको कुरा हो। केवल यो एक कुरा सिद्ध गर्नको लागि पनि बाबालाई कति ज्ञान दिनु पर्छ। प्राचीन ज्ञान जो भगवान्‌ले नै दिनु भएको हो, त्यही ज्ञान हो। सारा कुरा गीतामा छ। परमपिता परमात्माले नै आएर देवी-देवता धर्मको स्थापना अर्थ सहज राजयोग र ज्ञान सिकाउनु भएको छ, जुन अहिले प्राय: लोप छ। मनुष्यले सम्झन्छन्– कृष्ण फेरि आएर गीता सुनाउँछन्। तर अब तिमीले यो राम्रो सँग सिद्ध गर्नु छ– गीता परमपिता परमात्माले, जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले सुनाउनु भएको हो। कृष्णको महिमा र परमपिता परमात्माको महिमा अलग-अलग छ। उनी हुन् सत्ययुगको राजकुमार, जसले सहज राजयोगबाट राज्य-भाग्य पाएका हुन्। पढ्दाको समय नाम-रूप अर्कै छ फेरि जब राज्य पाए अनि अर्कै नाम छ। पहिला पतित छन् फेरि पावन बनेका हुन्। यो सिद्ध गरेर बताउनु छ। पतित-पावन कृष्णलाई कहिल्यै भनिंदैन। पतित-पावन हुनुहुन्छ नै एक बाबा। अहिले उही श्रीकृष्णको आत्मा जो कालो अर्थात् श्याम बनेको छ। अब फेरि पतित-पावनद्वारा राजयोग सिकेर भविष्यमा पावन दुनियाँको प्रिन्स बनिरहेका छन्। यो सिद्ध गरेर सम्झाउन युक्ति चाहिन्छ। विदेशीहरूलाई सिद्ध गरेर बताउनु छ। नम्बरवन हो नै गीता सर्वशास्त्रमयी श्रीमत भगवत् गीता माता। अब माताको जन्म कसले दियो? पिताले नै मातालाई एडप्ट गर्छन्। यस्तो भनिंदैन– क्राइस्टले बाइबललाई एडप्ट गरे। क्राइस्टले जो शिक्षा दिए त्यसलाई बाइबल बनाएर पढिरहन्छन्। अब गीताको शिक्षा कसले दियो, जुन पुस्तक बनाएर पढिरहन्छन्। यो कसैलाई थाहा छैन। अरू सबै शास्त्रको बारेमा थाहा छ। यो जुन सहज राजयोगको शिक्षा छ, त्यो कसले दियो? यो सिद्ध गर्नु छ। दुनियाँ त दिन-प्रतिदिन तमोप्रधान हुँदै जान्छ। यी सबै विचार स्वच्छ बुद्धिमा मात्र बस्न सक्छ। जो श्रीमतमा चल्दैनन्, उनलाई धारणा पनि हुन सक्दैन। श्रीमतले भन्छ– तिमीले बिल्कुल अरूलाई बुझाउन सक्दैनौ। बाबा तुरुन्त भनिदिनु हुन्छ– मुख्य कुरा यो हो– गीताको भगवान् परमपिता परमात्मा हुनुहुन्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। मनुष्यले त सर्वव्यापी भनिदिन्छन् वा ब्रह्म तत्त्व भनिदिन्छन्। जे आउँछ त्यही भनिदिन्छन्– नबुझिकनै। गल्ती सारा गीताबाट निक्लेको हो, जसमा गीताको रचयिता कृष्णलाई भन्छन्। सम्झाउनको लागि युक्तिहरू रच्नु पर्छ। गुप्ताजीलाई पनि भन्थें, बनारसमा यो सिद्ध गरेर सम्झाऊ– गीताको भगवान् श्रीकृष्ण होइनन्।

    अब दिल्लीमा सम्मेलन हुँदैछ। सबै धार्मिक मनुष्यहरूलाई बोलाएका छन्, के उपाय गर्ने जसबाट शान्ति हुन सकोस्? तर शान्ति स्थापना गर्नु यिनीहरूको हातमा त छँदै छैन। बोलाउँछन् पनि पतित-पावन आउनु होस्। फेरि यी पतितले कसरी शान्ति स्थापना गर्न सक्छन्? जबकि बोलाइराख्छन्। तर पतित-पावनलाई चिन्दैनन्। भनिदिन्छन् रघुपति राघव राजा राम। उनी त हुँदै होइनन्। झूटो आह्वान गर्छन्। जानेका त केही पनि छैनन्। अब यो को गएर बताउने। धेरै राम्रा बच्चा चाहिन्छ। यस्ता धेरै छन्, जसले आफूलाई धेरै ज्ञानी सम्झन्छन्। तर जानेका केही पनि छैनन्। उदाहरण छ– मूसालाई मिल्यो बेसारको पोको.... नम्बरवार छन्। यसमा धेरै युक्ति चाहिन्छ, जसबाट सिद्ध होस्– गीता भगवान्‌ले रचेको हो। उनीहरूले भनिदिन्छन्– जो भए पनि हुन् त सबै भगवान्। बाबा भन्नुहुन्छ– भगवानुवाच, मैले ती कृष्णको आत्मा, जो ८४ जन्म पूरा गरेर अन्तिम जन्ममा छन्, उनलाई एडप्ट गरेर ब्रह्मा बनाएर उनीद्वारा गीता ज्ञान दिन्छु। यिनै ब्रह्मा फेरि यस सहज राजयोगबाट सत्ययुगको प्रथम राजकुमार बन्छन्। यो ज्ञान अरू कसैको बुद्धिमा छैन। तिमी बच्चाहरूमा पनि यथार्थ रूपमा अहिले त्यो शुद्ध घमण्ड आएको छैन। यतिका प्रदर्शनी आदि गर्छन्, अहिलेसम्म सिद्ध गरेका छैनौ। पहिला यो भूल सिद्ध गरेर बताउनु पर्छ– श्रीमत भगवत् गीता हो सबै शास्त्रहरूका माता-पिता। यसको रचयिता को थियो? जसरी क्राइस्टले बाइबललाई जन्म दिए। त्यो हो क्रिश्चियन धर्मको शास्त्र। ठीक छ, बाइबलको पिता को हुन्? क्राइस्ट। उनलाई माता-पिता भनिदैन। माताको त वहाँ कुरा छैन। यहाँ माता-पिता हुनुहुन्छ। क्रिश्चयनले रीस गरेका छन् कृष्णको धर्मलाई। उनीहरू क्राइस्टलाई मान्नेवाला हुन्। अब गीता कसले सुनायो? त्यसबाट कुनचाहिँ धर्म स्थापना भयो? यो कसैलाई थाहा छैन। कहिल्यै पनि भन्दैनन्– पतित-पावन परमपिता परमात्माले यज्ञ रच्नु भयो। गोलाको चित्रबाट बुझ्न सक्छन्– निश्चय नै परमपिता परमात्माले ज्ञान दिनु भएको हो। राधा कृष्ण त सत्ययुगका हुन्, उनले ज्ञान दिएनन्। ज्ञान दिनेवाला अर्को हुनु पर्छ। कसैले त उनलाई पास गराए होलान् नि। यो राजाई प्राप्त गर्ने ज्ञान कसले दियो? भाग्य आफै त बन्दैन। भाग्य बनाउनेवाला पिता या टिचर हुन्छ। गुरुले त गति दिन्छन्, तर गति सद्गतिको पनि कुनै अर्थ बुझेका छैनन्। सद्गति प्रवृत्ति मार्गवालाको हुन्छ। गति अर्थात् सबै बाबाको पासमा जान्छन्। यी कुरा कसैले बुझेका छैनन्। उनीहरूले त भक्तिको ठूला-ठूला पसल खोलेर बसेका छन्। सच्चा ज्ञानको एउटा पनि पसल छैन। सबै हुन् भक्तिका। बाबा भन्नुहुन्छ– यी वेद, शास्त्र आदि सबै भक्तिमार्गका सामग्री हुन्। यो जप तप आदि गर्नाले म मिल्दिनँ। मैले त बच्चाहरूलाई ज्ञान दिएर पावन बनाउँछु। सारा सृष्टिको सद्गति गर्छु। पहिला गतिमा गएर सद्गतिमा आउनु छ। सबै त सत्ययुगमा आउँदैनन्। यो ड्रामा बनेको छ। जो कल्प पहिला तिमीलाई सिकाएको थिएँ, जुन चित्र बनाएका थियौ, त्यो अहिले पनि बनाइरहेका छौ। यो जुन ठूलो भूल छ, त्यो सिद्ध होस् फेरि युक्तिबाट चित्र बनाऊ। भन्दछन्– ३ धर्मको आधारमा सृष्टि खडा छ। एक देवता धर्मको पाउ टुटेको छ, त्यसैले हल्लिइरहन्छ। पहिला एक पाउमा सृष्टि धेरै फस्टक्लास थियो। 

    एउटै धर्म थियो, जसलाई अद्वैत राज्य भनिन्छ। फेरि त्यो एक पाउ गुम भएर ३ पाउ निक्लेका हुन्, जसमा केही पनि तागत छैन। आपसमा नै लडाईं झगडा चलिरहन्छ। मालिकलाई चिनेकै छैनन्। अनाथ बन्न पुगे। सम्झाउने धेरै युक्ति चाहिन्छ। प्रदर्शनीमा पनि मुख्य यी कुरा सम्झाउनु छ– गीताको भगवान् श्रीकृष्ण होइनन्, परमपिता परमात्मा हुनुहुन्छ, जसको जन्मभूमि भारत हो। कृष्ण हुन् साकार, उहाँ हुनुहुन्छ निराकार। उहाँको महिमा अलग छ। यसरी युक्तिले कार्टून बनाउनु पर्छ, जो सिद्ध होस्– गीता परमात्माले उच्चारण गर्नु भएको हो र कृष्णलाई यस्तो बनाउनुभयो। भन्दछन्– ब्रह्माको दिन ज्ञान र ब्रह्माको रात भक्ति। अहिले छ रात। सत्ययुग स्थापना गर्नेवाला को? ब्रह्मा आए कहाँबाट? सूक्ष्मवतनमा पनि कहाँबाट आए? प्रजापिता ब्रह्मालाई परमात्माले एडप्ट गर्नुहुन्छ। परमपिता परमात्माले नै पहिला-पहिला सूक्ष्म सृष्टि रच्नुहुन्छ। वहाँ ब्रह्मा देखाउँछन्। वहाँ प्रजापिता हुँदैनन्। प्रजापिता ब्रह्मा कहाँबाट आए? यी कुरा कसैले बुझ्न सक्दैनन्। कृष्णको अन्तिम जन्ममा यिनलाई परमपिता परमात्माले आफ्नो रथ बनाउनु भएको छ। यो कसैको बुद्धिमा छैन। यो सबै भन्दा उच्च क्लास हो। टिचरलाई थाहा हुन्छ– यो विद्यार्थी कस्तो हो? के बाबाले जान्न सक्नुहुन्न र? यो बेहदका बाबाको बेहदको क्लास हो। यहाँको कुरै भिन्न छ। शास्त्रहरूमा प्रलय देखाएर अलमल पारिदिएका छन्। तिमीलाई थाहा छ– कृष्णले गीता सुनाएनन्। उनले त गीताको ज्ञान सुनेर राज्य पद पाएका हुन्। तिमीले सिद्ध गरेर बताउनु छ– गीताको भगवान् निराकार शिव हुनुहुन्छ, उहाँका गुण यी हुन्। यस भूलको कारणले नै कौडी जस्तो बनेका छन्। अहिले परमपिता परमात्माले ज्ञानको कलश माताहरूमाथि राख्नु भएको छ। माताहरूले नै स्वर्गको द्वार खोल्छन्। यी सबै कुरा नोट गरेर सम्झाउनु पर्छ। भक्ति वास्तवमा गृहस्थीहरूको लागि हो। यो हो प्रवृत्ति मार्गको सहज राजयोग। म सिद्ध गरेर बुझाउनको लागि आएको छु। बच्चाहरूले युक्तियुक्त काम गर्नु छ। बच्चाहरूले नै बाबाको प्रत्यक्षता गर्नु पर्छ। सदैव हर्षित मुख, अचल, स्थीर, मस्त रहनु पर्छ। पछि गएर यस्ता बच्चा अवश्य निस्किनेछन्। ब्रह्माकुमार-कुमारी उनै हुन्, जसले २१ जन्मको लागि बाबाबाट वर्सा दिलाऊन्। कुमारीहरूको महिमा महान् छ, मुख्य मम्मा हुन्। उहाँ बाबा ज्ञान सूर्य हुनुहुन्छ, यी हुन् गुप्त मम्मा (ब्रह्मा)। यस रहस्यलाई मुश्किल कसैले जान्दछन्। मन्दिर पनि उनै मम्माको हो। यी गुप्त बूढो मम्माको कुनै मन्दिर छैन। यी माता-पिता कम्बाइण्ड हुनुहुन्छ। कृष्ण त सत्ययुगका राजकुमार हुन्। कृष्णमा भगवान् आउन सक्नु हुन्न। गीताको भगवान्‌को महिमा अलग छ। उहाँ पतित-पावन, लिबरेटर, गाइड हुनुहुन्छ। परमात्माको महिमा बिल्कुल अलग छ। एकै कसरी हुन सक्छ? मुख्य कुरा नै यो हो– गीता कसले सुनायो? वेद शास्त्र आदि सबै गीताका बाल बच्चा हुन् र सबै भक्तिका सामग्री हुन्, ज्ञानमार्गमा केही छैन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    १- आत्मा र परमात्मामा भिन्नता:– 

    आत्मा परमात्मा अलग रहे बहुकाल, सुन्दर मेला... हामीले यो शब्द भन्दछौं, यसको यथार्थ अर्थ हो– आत्मा, परमात्माबाट धेरै समय देखि बिछोड भएको हो। बहुतकालको अर्थ हो धेरै समयदेखि आत्मा परमात्माबाट बिछोड भएको हो। यी शब्दहरूले सिद्ध गर्छन्– आत्मा र परमात्मा अलग-अलग दुई चीज हुन्। दुवैमा आन्तरिक भिन्नता छ तर दुनियाँका मनुष्यहरूले नचिनेका हुनाले उनीहरूले यस शब्दको अर्थ यस्तो नै निकाल्छन्– म आत्मा नै परमात्मा हुँ तर आत्मामाथि मायाको आवरण चढेको कारणले आफ्नो असली स्वरूपलाई भुलेका छन्। जब त्यो मायाको आवरण उत्रिन्छ फेरि आत्मा नै परमात्मा हुन्छ। उनीहरूले आत्मालाई अलग यस मतलबबाट भन्दछन् र अरूले फेरि यस मतलबबाट भन्दछन्– म आत्मा नै परमात्मा हुँ। तर आत्माले आफैले आफैलाई भुल्नाले दु:खी बनेको छ। जब आत्मा फेरि आफूले आफैंलाई चिनेर शुद्ध बन्छ भने फेरि आत्मा परमात्मामा मिलेर एउटै हुन जान्छ। उनीहरूले आत्मालाई अलग यस अर्थले भन्दछन् तर हामीले त जान्दछौं– आत्मा परमात्मा दुवै अलग चीज हुन्। न आत्मा, परमात्मा हुन सक्छ र न आत्मा परमात्मामा मिलेर एक हुन सक्छ र न फेरि परमात्मा माथि आवरण चढ्न सक्छ। 

    २- “कर्म बन्धन छुटेपछि नै मनको शान्ति अर्थात् जीवनमुक्त स्थिति प्राप्त गर्न सकिन्छ”

    वास्तवमा हरेक मनुष्यलाई यो चाहना अवश्य रहन्छ– हामीलाई मनको शान्ति प्राप्त होस् त्यसैले अनेक प्रयत्न गर्दै आएका छन् तर मनको शान्ति अहिलेसम्म प्राप्त भएको छैन। यसको यथार्थ कारण के हो? अब पहिला त यो सोच चल्नु जरुरी हुन्छ– मनको अशान्तिको पहिलो जड के हो? मनको अशान्तिको मुख्य कारण हो– कर्मबन्धनमा फँस्नु। जहिलेसम्म मनुष्य यी पाँच विकारहरूको कर्म बन्धनबाट छुट्दैनन्, मनुष्य अशान्तिबाट छुट्न सक्दैनन्। जब कर्मबन्धन टुट्छ, अनि मनको शान्ति अर्थात् जीवनमुक्त स्थितिलाई प्राप्त गर्न सक्छन्। अब सोच्नु छ– यो कर्मबन्धन टुट्छ कसरी? र, त्यसबाट छुट्कारा दिनेवाला को हो? यो त हामीले जान्दछौं– कुनै पनि मनुष्य आत्माले कुनै पनि मनुष्य आत्मालाई छुट्कारा दिन सक्दैन। यो कर्मबन्धनको हिसाब-किताब तोड्ने केवल एक परमात्मा हुनुहुन्छ। उहाँ नै आएर यस ज्ञान योगबलद्वारा कर्मबन्धनबाट छुटाउनुहुन्छ। त्यसैले नै परमात्मालाई सुख दाता भनिन्छ। जबसम्म पहिला यो ज्ञान हुँदैन– म आत्मा हुँ, वास्तवमा म कसको सन्तान हुँ, मेरो असली गुण के हो? जब यो बुद्धिमा आउँछ तब नै कर्मबन्धन टुट्छ। अहिले यो ज्ञान हामीलाई परमात्माद्वारा नै प्राप्त हुन्छ अर्थात् परमात्माद्वारा नै कर्मबन्धन टुट्छ। ओम् शान्ति। 


    धारणाको लागि मुख्य सारः

    १) हर कार्य धेरै युक्तियुक्त गर्नु छ। हर्षितमुख, अचल, स्थिर र ज्ञानको मस्तीमा रहेर बाबाको प्रत्यक्षता गर्नु छ।

    २) ज्ञानका नयाँ र नौलो कुरा सिद्ध गर्नु छ।

    वरदान:

    गन्तव्यलाई सामुन्ने राखेर ब्रह्मा बाबालाई अनुसरण गर्दै फस्ट नम्बर लिने तीव्र पुरुषार्थी भव:-   

    तीव्र पुरुषार्थीको सामुन्ने सदा गन्तव्य हुन्छ। उनीहरूले कहिल्यै यता-उता हेर्दैनन्। पहिलो नम्बरमा आउने आत्माहरूले व्यर्थलाई देखेर पनि हेर्दैनन्। व्यर्थ कुरा सुनेर पनि सुन्दैनन्। उनीहरूले गन्तव्यलाई सामुन्ने राखेर ब्रह्मा बाबालाई अनुसरण गर्छन्। जसरी ब्रह्मा बाबाले आफूलाई गर्नेवाला सम्झेर कर्म गरे, कहिल्यै गराउनेवाला सम्झेनन्। त्यसैले जिम्मेवारी सम्हालेर पनि सदा हल्का रहे। त्यस्तै बाबालाई अनुसरण गर।

    स्लोगन:

    जुन कुराले अवस्थालाई बिगार्छ, त्यसलाई सुनेर पनि नसुन।   



    ***OM SHANTI***