BK Murli 24 November 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 November 2017 Nepali

    २०७४ मंसिर ८ शुक्रबार २४-११-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– अब तिम्रो दिलमा खुशीको सहनाई बज्नु पर्छ किनकि बाबा आउनु भएको छ हातमा हात दिएर साथमा लैजान, अब तिम्रो सुखका दिन आए कि आए।”  

    प्रश्न:

    अहिले नयाँ वृक्षको कलमी लागिरहेको छ त्यसैले कुनचाहिँ सावधानी अवश्य राख्नु पर्छ?

    उत्तर:

    नयाँ वृक्षलाई तुफान धेरै आउँछन्। यस्ता-यस्ता तुफान आउँछन् जसले सबै फलफूल आदि गिर्छन्। यहाँ पनि तिम्रो नयाँ वृक्षको जुन कलमी लागिरहेको छ त्यसलाई पनि मायाले जोड सँग हल्लाउँछ। अनेक तुफान आउँछन्। मायाले संशय बुद्धि बनाइदिन्छ। बुद्धिमा बाबाको याद भएन भने ओइलाउँछौ, गिर्छौ पनि। त्यसैले बाबा भन्नुहुन्छ– माया सँग बच्नको लागि मौन रहने गर अर्थात् काम-काज गर तर बुद्धिद्वारा बाबालाई याद गरिराख। यसमा मेहनत छ।

    गीत:–

    ओम् नमो शिवाय...

    ओम् शान्ति।

    ओम् शान्ति। तिमी बच्चाहरूलाई राम्रो सँग निश्चय भएको छ– बाबा आएर नयाँ दुनियाँ रच्नुहुन्छ। हामी पतित भएका छौं, हामीलाई पावन बनाउनु हुन्छ। यस्तो होइन– सृष्टि नै छैन, बाबा आएर रच्नुहुन्छ। बाबालाई बोलाउँछन्– भन्छन्, हामी जो पतित भएका छौं आएर पावन बनाउनुहोस्। दुनियाँ त छँदै छ। बाँकी पुरानोलाई नयाँ बनाउनुहुन्छ। यो ज्ञान मनुष्यको लागि हो, जनावरको लागि होइन किनकि मनुष्यले पढेर पद पाउँछन्। अहिले जुन दु:ख दिने सामग्री छन्, यसमा सबै आउँछन्– देह, देहका धर्म आदि। बाबाले यी दु:खको सामग्रीलाई सुखको बनाउनुहुन्छ त्यसैले बाबाले भन्नु भएको छ– मैले दु:खधामलाई सुखधाम बनाउँछु, म हुँ नै दु:ख-हर्ता सुख-कर्ता। अब तिम्रो मनमा सहनाई बज्नुपर्छ– हाम्रो सुखका दिन नजिक आउँदैछन्। जान्दछौ– बाबा कल्पपछि मिल्नुहुन्छ, अरू कसैले यसरी कसैको लागि भन्दैनन्। भगवान्‌ आउनुहुन्छ नै भक्तहरूको सद्गति गर्न। भन्नुहुन्छ– आफ्नो साथमा हातमा हात दिएर लैजान्छु। यस्तो होइन– सुखधाममा लगेर तिमीलाई छोड्छु। होइन, यस समयको पुरुषार्थ अनुसार आफैं गएर प्रारब्ध भोग्छौ। जसले जति अरूलाई सम्झाउँछन्, त्यति उसलाई ड्रामा प्रति निश्चय हुन्छ। मनुष्य कसैले नाटक हेरेर आए भने केही दिनसम्म निश्चय हुन्छ। त्यसैले तिमीलाई यसमा पनि निश्चय हुन्छ किनकि यो बेहदको ड्रामा हो। सत्ययुगदेखि लिएर यतिबेला सम्मको ड्रामा बुद्धिमा छ। सेवाकेन्द्रमा आउँदा सावधानी मिल्छ। यो याद आउँछ। यहाँ पनि बसेका छौ त्यसैले याद छ। सृष्टि त बेहदको ड्रामा हो। तर छ सेकेण्डको काम। सम्झायौ भने तुरुन्तै ड्रामा बुद्धिमा आउँछ। जान्दछौ– को को आएर धर्म स्थापना गर्छन्। मूलवतनलाई याद गर्नु पनि सेकेण्डको काम हो। दोस्रो नम्बर छ सूक्ष्मवतन। वहाँ पनि कुनै ठूलो कुरा छैन किनकि वहाँ पनि केवल ब्रह्मा, विष्णु, शंकर देखाइएको छ। त्यो पनि झट्ट बुद्धिमा आउँछ। फेरि छ स्थूलवतन। यसमा चार युगहरूको चक्र आउँछ। यो हो बाबाको रचना, यस्तो होइन– केवल तिमीले स्वर्गलाई याद गर्छौ। होइन, स्वर्गदेखि लिएर कलियुग अन्त्य सम्मको तिम्रो बुद्धिमा ज्ञान छ त्यसैले तिमीले अरूलाई पनि सम्झाउनु पर्छ। यो वृक्ष र सृष्टिचक्रको चित्र सबैको घरमा रहनुपर्छ। जो आए पनि उनीहरूलाई बसेर सम्झाउनुपर्छ। दयावान र महादानी बन्नु छ। यसलाई अविनाशी ज्ञान रत्न भनिन्छ। यतिबेला तिमी भविष्यको लागि धनवान बन्नु छ।

    बाबाले सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अहिलेसम्म तिमीले जे जति पढेका छौ र सुनेका छौ ती सबैलाई भुल। मनुष्यले मर्नेबेलामा सबैथोक भुल्छन् नि। त्यसैले यहाँ पनि तिमी जीवन छँदै मर्छौ। त्यसैले बाबा भन्नुहुन्छ– मैले नयाँ दुनियाँको लागि जुन कुरा सुनाउँछु त्यही याद गर। अब हामी अमरलोक जान्छौं र अमरनाथद्वारा अमरकथा सुनिरहेका छौं। कसैले सोध्छन्– मृत्युलोक कहिले सुरु हुन्छ? भन जब रावणराज्य सुरु हुन्छ। अमरलोक कहिले सुरु हुन्छ? जब रामराज्य सुरु हुन्छ। भक्तिका सामग्री यसरी फैलिएका छन्, जसरी वृक्ष फैलिएको हुन्छ। अहिले नयाँ वृक्षको कलमी लागिरहेको छ, त्यसैले यस्तो वृक्षलाई मायाको तुफान हेर कति आउँछ। जब तुफान लाग्छ अनि बगैँचामा गएर हेर कति फलफूल झरेका हुन्छन्। थोरै जोगिन्छन्। यहाँ पनि यस्तै हो– मायाको तुफान आउनाले र बाबाको याद नरहनाले ओइलाउँछन्। कोही त झर्छन्। हातमताईको खेल हुन्छ नि। मुखमा मुहलरा राख्छन्। यदि बुद्धिमा बाबाको याद रह्यो भने मायाको असर हुँदैन। बाबाले यो कहाँ भन्नुहुन्छ र– काम-काज आदि नगर। काम-काज आदि गर्दै बाबालाई याद गर– यसैमा मेहनत छ। राजाई लिनु कुनै कम कुरा हो र! कसैले हदको राजाई लिन्छन् तर पनि कति मेहनत गर्नुपर्छ। यो त सत्ययुगको राजाई लिन्छौ। मेहनत अवश्य गर्नुपर्छ। परमात्मालाई ज्ञानको सागर भनिन्छ, जानी-जाननहार होइन। जानी-जाननहार अर्थात् संकल्प पढ्न सक्ने, अर्थात् भित्रको जान्ने। वास्तवमा यो पनि एउटा ऋद्धि-सिद्धि हो, त्यसबाट प्राप्ति केही पनि हुँदैन। उल्टै झुन्डिए पनि, प्राप्ति केही छैन। आजकाल त आगोमा पनि हिँड्छन्। एउटा संन्यासी थिए आगोमा हिंडे। सुनेका छन्– सीता आगोमा बसिन् त्यसैले यिनीहरू पनि आगोमा हिँड्छन्। अब यी त सबै दन्त्य कथा हुन्। उनीहरूले भन्छन् शास्त्र अनादि हुन्। कहिलेबाट? मिति त कुनै छैन। अरू धर्मको मिति छ, त्यसबाट हिसाब लगाउन सकिन्छ। जसरी भन्छन् क्राइस्ट भन्दा ३००० वर्ष पहिला भारतवर्ष स्वर्ग थियो। तर स्वर्गमा के थियो, त्यो थाहा छैन। वृक्षको ज्ञान तिम्रो बुद्धिमा छ। तिमीले वर्णन गर्न सक्छौ– यो वृक्षको बीज कसरी लाग्यो, फेरि कसरी वृद्धि भयो? जब फूलदान बनाउँछन्, माथि फूल बनाउँछन्। यो पनि त्यस्तै हो। पहिला देवी-देवता धर्मको फेद थियो। पछि यी सबै धर्म फेदबाट निक्लिन्छन् अर्थात् उनीहरूले प्रजामा फूल देखाउँछन्। अब विचार गर, एक धर्म हुँदा फूलहरूको बगैंचा थियो। कला कम पछि हुन्छ अर्थात् पहिला गोल्डन, सिल्वर, कपर अहिले आइरनमा छौं। पढाइ तिम्रो बुद्धिमा हुनुपर्छ। ज्ञानका सागर बाबा बसेर वृक्ष र ड्रामाको पूरा ज्ञान दिनुहुन्छ। त्यसैले परमात्मालाई ज्ञानका सागर, बीजरूप भनिन्छ। उहाँ मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ, जो माथि रहनु हुन्छ। जुन आत्माहरूको निराकारी दुनियाँ हो। त्यसलाई ब्रह्माण्ड, ब्रह्मलोक भनिन्छ, जहाँ आत्माहरू अण्डाकार जस्तै रहन्छन्। साक्षात्कार पनि गर्छन्। आत्मा बिन्दुरूप हुन्छ। जसरी जुनकीरीहरू समूहमा उड्दा जगमग हुन्छ, तर त्यो उज्यालो कम हुन्छ। त्यसैगरी आत्माहरू पनि समूहमा उड्छन्। यो सानो बिन्दुमा ८४ जन्मको पार्ट भरिएको छ। बाबाले तिमीलाई सारा ड्रामाको साक्षात्कार गराउनु हुन्छ, जुन ड्रामामा आत्माहरू कलाकार हुन् तर कलाकारलाई यस ड्रामाको ज्ञान छैन। तिमीले याद गर्नु छ एक बाबालाई, दोस्रो ज्ञानलाई। ज्ञान त सेकेण्डको धेरै साधारण छ। तर ज्ञान सुरु कहिलेबाट भयो, विस्तारमा भन्नु पर्ने हुन्छ किनकि बिर्सिन्छौ। मायाका विघ्न पनि पर्छन्। शारीरिक बिमारी आउँछन्। पहिले कहिल्यै ज्वरो आएन होला। ज्ञानमा आए पछि ज्वरो आयो भने संशय हुन्छ– ज्ञानमा त बन्धन खतम हुनु पर्ने हो? तर बाबाले त भन्नुहुन्छ यो बिमारी त अझै आउँछ, हिसाब-किताब पनि चुक्ता गर्नु छ। 

    भक्तिमा मनुष्यले ९ रत्नका औँठी लगाउँछन्। बीचमा मूल्यवान रत्न लगाउँछन्, छेउ-छेउमा सस्ता। कुनै रत्न हजारका हुन्छन्, कुनै १०० का.... बाबा भन्नुहुन्छ– यो हीरा जस्तो अमूल्य जीवन हो। त्यसैले सूर्यवंशीमा जन्म लिनुपर्छ। सत्ययुगका महाराजा-महारानी र त्रेता अन्त्यका राजा-रानीमा कति फरक हुन्छ? यो ड्रामाको कहानी अरूलाई पनि सम्झाऊ। आउनुहोस्– हामी तपाईंहरूलाई सम्झाउँछौं– ५ हजार वर्ष पहिला एउटा धेरै सुन्दर देवताहरूको राज्य थियो। उनीहरूले यो पद कसरी पाए! लक्ष्मी-नारायण जसले सत्ययुगको राजाई लिन्छन्, उनीहरूको ८४ जन्मको इतिहास-भूगोल सुनाउँछौं। यस्तो प्रलोभन दिएर उनीहरूलाई भित्र ल्याउनुपर्छ। सेकेण्डको कहानी छ। तर छ पदमको। कहीँ पनि तिमी जान सक्छौ। कलेजमा, युनिभर्सिटीमा, हस्पिटलमा गएर भन्नुपर्छ– तपाईं कति बिरामी पर्नु हुन्छ! हामीले तपाईंलाई यस्तो दवाई दिन्छौं जुन २१ जन्म बिरामी नै पर्नु हुन्न। तपाईंले सुन्नु भएको छ– परमात्माले भन्नुभएको छ मनमनाभव। तिमीले बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ र कुनै नयाँ विकर्म हुँदैन। तिमी सदाको स्वस्थ र सम्पन्न बन्छौ। आउनुभयो भने हामीले परमपिता परमात्माको महिमा बताउँछौं। परमात्मालाई सर्वव्यापी भन्नु– यो कुनै महिमा कहाँ हो र? यसरी सम्झाउनु पर्छ।

    आज त भोग हो। गीत:– धरतीको आकाश पुकारे... यसलाई भनिन्छ पुरानो झूटो दुनियाँ। यसलाई रौरव नर्क भनिन्छ। गीत पनि राम्रो छ– आउनै पर्छ... प्रेमको दुनियाँमा। सूक्ष्मवतनमा पनि प्रेम हुन्छ नि। हेर ध्यानमा खुशी-खुशीले जान्छन्। सत्ययुगमा पनि सुख छ, यहाँ त केही छैन। त्यसैले यस दुनियाँदेखि वैराग्य आउनु पर्छ। संन्यासीहरूको त हो हदको वैराग्य। तिम्रो त हो बेहदको वैराग्य। तिमीले त सारा दुनियाँलाई भुल्नु छ। बाबाले बम्बईमा एउटा पत्र लेख्नु भएको थियो। बाबाले केवल बम्बईकालाई नै भन्नुहुन्न, सबै सेवाकेन्द्रको लागि बाबाको विचार निक्लन्छ। तिमीले भाषण गर्नु पर्ने हुन्छ बिहान र बेलुका। हरेक शहरमा ठूला-ठूला हल त हुन्छन् नै र धेरैका मित्र-सम्बन्धीहरू पनि हुन्छन्। त्यसैले प्रचार गर्नु छ– हामीले परमपिता परमात्माको परिचय दिनु छ। ताकि सबैले परमात्माबाट आफ्नो जन्मसिद्ध अधिकार लिन सकून्। भन्नु छ– हामीलाई केवल डेढ घण्टा बिहान, डेढ घण्टा बेलुकाको लागि हल चाहियो। कुनै हल्ला हुँदैन, बाजागाजा हुँदैन। त्यसैले कसैले उचित भाडामा दिनुहुन्छ भने हामीले लिनसक्छौं। ठाउँ पनि हेर्नुपर्छ, घर पनि हेर्नुपर्छ– राम्रो छ, छैन। राम्रा मानिस भए, राम्रा जिज्ञासुहरूलाई लिएर आउँछन्। यसरी ४-५ ठाउँमा भाषण गर्नुपर्छ। ठूला-ठूला शहरमा यदि पहिलो तल्ला मिलेन भने दोस्रो तल्ला, नत्र लाचारी हालतमा तेस्रो तल्ला पनि लिन सक्छौ। यसैगरी गाउँ गाउँमा पनि गर। गाउँ होस्, सानो घर भए पनि हुन्छ। पूरा घर त चाहिँदैन। केवल ३ पाइला पृथ्वी चाहिन्छ। सबैले आफ्ना सम्बन्धीहरू सँग कुरा गरिरहनु छ, कसै न कसैले दिन्छन्। त्यसैले यसरी सेवाकेन्द्र खोलिरहनु पर्छ। कसैले त भाडा पनि लिँदैनन्। र कसैले लिँदा-लिँदै यदि तीर लाग्यो भने त्यो पनि लिन बन्द गरिदिन्छन्। जो विशालबुद्धिका हुन्छन् उनले राम्रो सँग बुझेर धारण गर्छन्। जसको विशाल बुद्धि हुन्छ, उनलाई महारथी भनिन्छ। उनीहरूले एकपछि अर्को सेवाकेन्द्रहरू खोल्दै जान्छन्। बच्चाहरूलाई थाहा छ– हामीले आफ्नो राज्य श्रीमतद्वारा गुप्तमा स्थापना गरिरहेका छौं। अरू कसैले जान्न सक्दैनन्– कसरी स्थापना गर्छौ? केवल पवित्र रहनु छ। त्यसैले बाबाले भन्नु भएको छ– मायाले दु:ख दिएको छ, यसलाई छोड। मायालाई जितेर जगतजित बन। मनलाई जित्ने कुरा होइन। मन त शान्त हुन्छ, शान्तिधाममा रहन्छ। यहाँ शरीर छ त्यसैले शान्त रहन सक्दैन। शान्तिधाम हो परमधाम। यहाँ ज्ञान मिल्छ त्यसैले चिन्तन पनि चलिरहोस्। त्यहाँ सेन्टर सेवाकेन्द्रमा आयो, कथा सुन्यो र काम-काजमा लाग्यो अनि खलास। यहाँ ताजा-ताजा रहन्छ त्यसैले बच्चाहरू रिफ्रेश हुनको लागि आउँछन्। दुनियाँको बुद्धिमा रहँदैन– भारत परमात्माको जन्मस्थान हो भनेर। यहाँ सुन्दा तिमीलाई नशा रहन्छ– हामी शरीर छोडेर अमरलोक जान्छौं। सत्ययुगमा यो हुँदैन– फलानो मर्यो भन्ने। जब पुरानो चोला छोड्छौं, अनि नयाँ लिन्छौं त्यसैले खुशी हुन्छ नि। बाजा बज्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस बेहदको दुनियाँ सँग वैराग्य राखेर यसलाई बुद्धिद्वारा भुल। अविनाशी ज्ञान रत्न धारण गरेर भविष्यको लागि धनवान बन।

    २) नयाँ दुनियाँको लागि बाबाले जुन कुरा सुनाउनुहुन्छ, त्यो याद गर्नु छ। बाँकी सबै पढेको भुल्नु छ, यसरी जीवन छँदै मर्नु पर्छ।

    वरदान:

    एकरस स्थितको आसनमा मन-बुद्धिलाई बसाउने सच्चा तवस्वी भव  

    तपस्वी सदा आसनधारी हुन्छन्, उनीहरूले कुनै न कुनै आसनमा बसेर तपस्या गर्छन्। तिमी तपस्वी बच्चाहरूको आसन हो– एकरस स्थिति, फरिश्ता स्थिति। यिनै श्रेष्ठ स्थितिहरूको आसनमा स्थित भएर तपस्या गर। जसरी स्थूल आसनमा शरीर बस्छ, त्यसैगरी श्रेष्ठ स्थितिको आसनमा मन-बुद्धिलाई बसाऊ र जति समय चाहन्छौ, जहिले चाहन्छौ आसनमा बस। यतिबेला श्रेष्ठ स्थितिको आसनमा बस्नेहरूलाई भविष्यमा राज्यको सिंहासन प्राप्त हुन्छ।

    स्लोगन:

    अर्काको विचारलाई आफ्नो विचार सँग मिलाएर सबैलाई सम्मान दिनु नै माननीय बन्ने साधन हो।  



    ***OM SHANTI***