BK Murli 31 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 31 December 2017 Nepali

    २०७४ पौष १६ आइतबार ३१-१२-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज ३१-१२-८२ मधुबन


    बापदादाका सबै अलौकिक साथीहरूलाई बधाई

    आज सबै ब्राह्मण आत्माहरूको मनको मीत, दिलको गीत, प्रीतको रीति निर्वाह गर्नको लागि अद्भुतत रीतिले रूहानी गुलाब फूलहरूको बगैंचामा वा अल्लाह आफ्नो बगैंचामा मिल्नको लागि आउनु भएको छ। त्यसो त मीत भन वा साथी भन, बगैंचामा मिलन मनाउनुहुन्छ। यस्तो बगैंचा सारा कल्पमा मिल्न सक्दैन। आज चारैतर्फका बच्चाहरू यही एक लगनमा छन्– हामी पनि आफ्नो मनको मीतको साथमा यो नयाँ वर्ष मनाऔं। बापदादा आज केवल साकारी स्वरूपमा सम्मुख बसेका रूहानी साथीहरू सँग मिलिरहनु भएको छैन, साकार सभामा आकार रूपधारी बच्चाहरूको वा मनको मीत स्नेही आत्माहरूको, धेरै ठूलो सभा देखिरहनु भएको छ। यतिका रूहानी साथीहरू, सच्चा साथीहरू अरू कसैका होलान्? बापदादालाई पनि रूहानी नशा छ– यस्तो र यतिका साथीहरू न कसैलाई मिलेका छन्, न मिल्छन्। सबैको दिलको गीत टाढाबाट वा नजिकबाट सुनिरहेको छ। कुनचाहिँ गीत? ओ बाबा! यही “बाबा बाबा” को गीत एकै साज र राजले चारैतर्फबाट सुनिइरहेको छ। बच्चा भन वा साथी भन, सबैको एउटै बोली छ “हजुर नै मेरो” र खुदा दोस्तले पनि एक-एकलाई यही भन्नुहुन्छ– तिमी नै मेरो। ‘वाह मेरा साथीहरू’ गीत गाऊ– (बहिनीहरूले साकार बाबाको मन पर्ने गीत गाए, तुम्हीं मेरे...)

    यो मुखको गीत त थोरै समय गाउन सक्छौ तर मनको गीत त अविनाशी बजिरहन्छ। आजको नयाँ वर्षको दिनमा अनेक बच्चाहरूको धेरै राम्रा संकल्प, स्नेहको बोली बापदादाको पासमा पहिले नै पुगिसक्यो। आज खुशीको दिन मनाउँछौ नि। एक अर्कालाई बधाई दिन्छौ। बापदादाले पनि सबै मनका मीत अलौकिक रूहानी साथीहरूलाई बधाई दिनुहुन्छ।

    सदा विधिद्वारा वृद्धि प्राप्त गरिरहेको छौ। सदा सर्व खजानाहरूले सम्पन्न रहने छौ। सदा फरिश्ता बनेर सर्व देहका रिश्ताहरूबाट पार उडिरहने छौ। सदा नयनमा, दिलमा बाबालाई समाहित गर्दै एक बाबा दोस्रो न कोही– यही लगनमा मगन रहने छौ। सदा आएका परीक्षाहरू, समस्याहरू, व्यर्थ संकल्पहरूलाई पानीमा रेखा जसरि पार गरेर सम्मान सहित पास बन्छौ। यस्तो श्रेष्ठ शुभ कामनाहरू सहित बधाई दिइरहेका छौ। एक-एक अमूल्य रत्नको विशेषताहरूको गीत गाइरहेका छौ। आजको दिन नाँच्छन्, गाउँछन् हैन? आज मात्र होइन, सदा नाँच्दै र गाउँदै गर। सदा हरेकलाई एक अलौकिक उपहार दिंदै गर। जस्तै ठूलो मानिस कहीँ जान्छन् भने वा उनको पासमा कोही आउँछन् भने खाली हात जाँदैनन्। तिमी सबै पनि ठूलो हौ नि। कहिल्यै पनि कुनै ब्राह्मण आत्मा सँग वा कसै सँग मिल्दा केही दिए विना कसरी मिल्न सकिन्छ? हरेकलाई शुभ भावना र शुभ कामनाको उपहार सदा दिंदै गर। विशेषता देऊ र विशेषता लेऊ। गुण देऊ र गुण लेऊ। यस्तो ईश्वरीय उपहार सबैलाई दिंदै गर। चाहे कोही कुनै पनि भावना वा कामनाले आऊन् तर तिमीले शुभ भावनाको उपहार देऊ। शुभ भावना र श्रेष्ठ कामनाको उपहारको भण्डार सदा भरपुर रहोस्। यो संकल्प मात्र पनि उत्पन्न नहोस्, आखिर कहाँसम्म शुभ भावनाले देख्ने। आखिर कुनै सीमा छ वा छैन! यो संकल्पले पनि सिद्ध गर्छ कि यस सुनौलो उपहारको भण्डार जम्मा छैन।

    दाता, विधाता, वरदाताका बच्चा, भाग्यको रेखा कोर्नेवाला ब्रह्माका बच्चाहरू ब्रह्माकुमार ब्रह्माकुमारी हौ त्यसैले सदा भण्डार भरपुर रहोस्। यस वर्ष खाली कसैलाई बस्न नदेऊ। न खाली हात जाऊन्, न खाली हात आऊन्। सबैलाई देऊ पनि र सबै सँग लेऊ पनि। यो उपहार बाँड्ने वर्ष हो। एक दिन मात्र होइन, सारा वर्ष हर दिन, हर घण्टा, हर सेकेन्ड, हर संकल्प जुन बित्यो त्यसबाट अझ नवीनता ल्याउनेवाला हौ। नयाँ दिन, नयाँ रात त सबैले भन्छन् तर श्रेष्ठ आत्माहरूको नयाँ सेकेन्ड, नयाँ संकल्प होस् तब त नयाँ दुनियाँको झलक विश्वका आत्माहरूलाई सपनाको रूपमा वा साक्षात्कारको रूपमा देखिनमा आउँछ। अहिलेसम्म विश्वको आत्माहरू जान्न इच्छुक छन्– विनाशको पछि के होला? तर यस वर्ष सबै आधार स्वरूप आत्माहरूको हर सेकेन्ड र हर संकल्प, नयाँ भन्दा नयाँ, उच्च भन्दा उच्च, राम्रो भन्दा राम्रो रहेमा चारैतर्फ नयाँ दुनियाँको झलक देखेको आवाज फैलिनेछ र के होलाको बद्लामा यस्तो हुन्छ। यस्तो गजब दुनियाँ चाँडो आओस् र चाँडै तयारी गरौं– यसमा जुट्ने थिए। जसरी स्थापनाको आदिमा सपना र साक्षात्कारको लीला विशेष रह्यो, त्यस्तै अन्त्यमा पनि यही विचित्र लीला प्रत्यक्षता गर्नमा निमित्त बन्छ। चारैतर्फबाट ‘यही हो, यही हो’, यही आवाज गुन्जनेछ र यो आवाज अनेकौंको भाग्यको श्रेष्ठताको निमित्त हुन्छ। एकबाट अनेक दीपक जाग्नेछन्। 

    त्यसैले यस वर्ष के गर्छौ? सच्चा दीपावली मनाउने तयारी गर्नु छ। पुरानो कुरा, पुरानो संस्कारको विजया दशमी मनाऊ किनकि दशैं पछि दीपावली हुन्छ। त्यसैले आज मनका मीत आत्माहरू सँग मनको कुरा गरिरहेको छु। मनको कुरा को सँग गर्छन्? साथीहरू सँग गर्छन् हैन? ठीकै छ, बधाई त मिल्यो। बधाईको साथ-साथ नयाँ सालको उपहार पनि सदा साथ राख। कति उपहार चाहियो? सबैभन्दा राम्रो उपहार एक त बापदादाले सबै बच्चाहरूलाई डाइमण्ड की (चाबी) दिनु भएको छ, जसबाट जुन खजाना चाह्यो, त्यो हाजिर हुन जान्छ। ‘डाइमण्ड की’ के हो? एकै बोली “बाबा”, यो भन्दा राम्रो चाबी कुनै मिल्छ र? सत्ययुगमा पनि यस्तो चाबी मिल्ने छैन। सबैले यो “डाइमण्ड की” सम्हालेर राखेका छौ नि। चोरी त भएको छैन? चाबी हराएमा सबै खजाना हराउँछ त्यसैले चाबी सदा साथमा राख। कीचेन छ? वा केवल चाबी छ? ‘की’ (चाबी) को चेन हो– सदा सर्व सम्बन्धहरू सहित स्मृति स्वरूप बनिरहनु। ‘की चेन’ को उपहार मिल्यो नि। सबैभन्दा राम्रो उपहार त यो चाबी हो। त्यसको साथै वर्षको लागि विशेष प्रतिज्ञाको कंगन पनि दिइरहनु भएको छ। त्यो प्रतिज्ञाको बाला के हो? जुन सुनाएँ हर सेकेन्ड, हर संकल्प, हर आत्माको सम्पर्कमा सदा नयाँ भन्दा नयाँ अर्थात् उच्च भन्दा उच्च। तलका कुरालाई नहेर्नु, न तल्लो स्टेज अपनाउनु छ, सदा उच्च। उच्च बाबा, उच्च बच्चा, उच्च स्टेज र उच्च भन्दा उच्च सबैको सेवा हो। यो प्रतिज्ञाको कंगन हो।

    साथ-साथै सर्व गुणहरूको शृंगारको बाकस। भेराइटी सेटको शृंगार बाकस। जुन समय जुन शृंगार चाहियो त्यस समय त्यही सेट धारण गरेर सदा सजिसजाऊ रहने गर। कहिले सहनशीलताको सेट लगाऊ, तर फुलसेट लगाऊ। केवल एक सेट होइन। कानद्वारा पनि सहनशीलता होस्, हातहरूद्वारा पनि सहनशीलताको शृंगार होस्, यसरी समय समयमा भिन्न भिन्न शृंगार गर्दै विश्वको अगाडि फरिश्ता रूप र देव रूपमा प्रख्यात हुने छौ। यो त्रिमूर्ति उपहार सदा साथ राख।

    मित्रता निर्वाह गर्न त आउँछ हैन? डबल विदेशीले साथीहरू त धेरै राम्रो बनाउँछन् तर अविनाशी मित्रता कायम गर। डबल विदेशी छोड्नमा पनि होशियार छन्, गर्नमा पनि होशियार छन्। भर्खरै छ, भर्खरै छैन, यस्तो त गर्दैनौ नि। बापदादा डबल विदेशी बच्चाहरू देखेर हर्षित हुनुहुन्छ, कसरी चारै कुनाहरूबाट इशारा मिल्नासाथ पुरानो पहिचान गरिहाले। बाबाले बच्चाहरूलाई खोज्नुभयो र बच्चाहरूले चिनिहाले। यही विशेषतालाई देखेर बापदादा पनि बधाई दिइरहनु भएको छ। सदा मायाजित भइराख। अच्छा!

    यस्ता सिकीलधे बच्चाहरूलाई अविनाशी प्रीतको रीति निर्वाह गर्नेवाला अविनाशी साथीहरूलाई, सदा फूलहरूको बगैंचामा हातमा हात दिएर साथी बनेर सैर गर्ने, सदा ईश्वरीय सुनौलो उपहारलाई कार्यमा ल्याउने, सदा सम्पन्न, सदा मास्टर दाता, सबैका मास्टर भाग्य विधाता, यस्ता स्नेही सहयोगी चारैतर्फका बच्चाहरूलाई, साकारी वा आकारी रूपधारी बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    विदेशी टिचरहरूसँग:– निमित्त शिक्षकलाई देखर बापदादा अति हर्षित भइरहनु भएको छ। कति लगनले, स्नेहले आ-आफ्नो स्थानमा रहँदा पनि सदा शक्ति स्वरूप स्थितिमा स्थित भएर सर्व शक्तिहरूको अनुभव गराइरहन्छौ। अब साधारण नारी वा कुमारीको रूप होइन, सर्वश्रेष्ठ सेवाधारी आत्माहरू। बापदादाको शोकेशको शोपीस हौ। तिमीहरू सबैलाई हेरेर सर्व आत्माहरूले बाबालाई चिन्छन्। हरेक निमित्त शिक्षक माथि विश्व परिवर्तनको जिम्मेवारी छ। बेहदका सेवाधारी हौं– यस्तो आफूलाई सम्झन्छौ? एक क्षेत्रको कल्याणकारी त सम्झदैनौ? चाहे एक स्थानमा बसेका छौ तर हौ त लाइट हाउस। चारैतर्फ लाइट दिनेवाला। के सानो बल्ब बनेर एक स्थानमा उज्यालो दिन्छौ वा लाइट हाउस बनेर विश्वलाई उज्यालो दिन्छौ? लाइट हौ, सर्चलाइट हौ वा लाइट हाउस हौ? हिम्मत त धेरै राम्रो राखेका छौ। धेरै राम्रो गरिरहेका छौ, भविष्यमा पनि राम्रो भन्दा राम्रो गरिराख। टिचरहरू त सदा मायाजित हौ नि? यदि टिचरहरूको पास माया आउँछ भने विद्यार्थीको के हाल होला? तिम्रो पासमा यदि एक पटक माया आउँछ भने उनको पासमा १० पटक आउँछ। त्यसैले टिचरहरूको पासमा माया नमस्ते गर्न आओस्, त्यसै होइन।

    निमित्त शिक्षकको स्वरूप– सदा हर्षित, सदा मास्टर सर्वशक्तिमान्, यस्तो सीटमा सदा सेट भइराख। टिचरहरूको बस्ने स्थान नै उच्च स्थिति हो। सेवाकेन्द्रमा बस्दैनौ उच्च स्टेजमा बस्छौ। उच्च स्टेज अर्थात् दिलतख्तमा माया आउन सक्दैन। तल उत्रियौ भने माया आउँछ। पाण्डव पनि बापदादाका सहयोगी दाहिने हात हौ नि। गद्दी सम्हाल्नेलाई दाहिने हात भनिन्छ। सबै पाण्डव विजयी हौ नि। अहिलेसम्म माया सँग धेरै समय खेल खेल्यौ। अब बिदाई देऊ, आजदेखि सदाको लागि बिदाईको बधाई देऊ। धेरै राम्रो मौका मिलेको छ र मौका लिइ पनि रहेका छौ। अच्छा।

    पार्टीहरू सँग अव्यक्त बापदादाको भेटघाट:– 

    बापदादा हरेक बच्चाको भाग्य देखेर हर्षित हुनुहुन्छ। हरेक बच्चा आफ्नो भाग्य लिइरहेका छन्। संगममा हरेक आत्माको भाग्य आफ्नो-आफ्नो छ। हरेकको श्रेष्ठ भाग्य छ किन? किनकि जब श्रेष्ठ भन्दा श्रेष्ठ बाबाका बच्चा बन्यौ भने श्रेष्ठ भाग्य भइहाल्यो नि। न यसभन्दा कुनै बाबा श्रेष्ठ छ, न यस भन्दा कुनै भाग्य श्रेष्ठ छ। उच्च भन्दा उच्च बाबा। यही याद रहन्छ नि। भाग्य विधाता मेरो बाबा हुनुहुन्छ। यसभन्दा ठूलो नशा अरू के हुन सक्छ! लौकिक रीतिले बच्चालाई नशा रहन्छ– मेरो पिता इन्जिनियर हुनुहुन्छ, डाक्टर हुनुहुन्छ, जज हुनुहुन्छ वा प्रधानमन्त्री हुनुहुन्छ। तर तिमीलाई नशा छ– हाम्रो बाबा भाग्यविधाता हुनुहुन्छ। सर्वोच्च भगवान् हुनुहुन्छ। यही नशा सदा राख्नु छ वा कहिलेकाहीँ बिर्सिन्छौ? भाग्यलाई बिर्सेमा के होला? फेरि भाग्यलाई प्राप्त प्रयत्न गर्न पर्ने छ। हराएको चीजलाई पाउनको लागि मेहनत गर्नुपर्छ। बाबाले आएर मेहनतबाट बचाउनुभयो। आधाकल्प मेहनत गर्यौग, व्यवहारमा पनि मेहनत, भक्तिमा, धर्मको क्षेत्रमा, सबैमा मेहनत नै गर्यौा। अब सबै मेहनतबाट छुट्यौ। अहिले व्यवहार पनि परमार्थको आधारमा सहज हुन जान्छ। निमित्त सम्झेर मात्र गरिरहेका छौं। निमित्त सम्झेर गर्नेहरूलाई सदा सहज अनुभव हुन्छ। व्यवहार होइन खेल हो। मायाको तुफान होइन यो ड्रामा अनुसार अगाडि जाने तोफा हो। त्यसैले मेहनत छुट्यो नि। तोफा अर्थात् उपहार लिनमा मेहनत हुँदैन नि। यस्तो मेहनतबाट आफूलाई बचाउनेवाला, सदा भाग्य विधाताको साथमा मास्टर भाग्य विधाता बनेर रहने– यसलाई भनिन्छ श्रेष्ठ आत्मा। 

    सेन एन्टोनियो:– सबैले आफूलाई विशेष आत्मा सम्झन्छौ? कुन स्थानमा पुगेका छौ। सोच! यस्तो भाग्य विश्वमा कति आत्माहरूको होला जसले सम्मुख मिलन मनाउँछन्? यसभन्दा ठूलो भाग्य के चाहियो? सदा आफ्नो यही भाग्यलाई स्मृतिमा राख्यौ भने तिम्रो भाग्यको प्राप्तिको खुशीलाई देखेर अरू पनि नजिक आउँछन् र आफ्नो भाग्य बनाउने छन्। सदा खुशीमा रहने गर। बाबाको बच्चा बनेपछि वर्सामा के मिल्यो? खुशी मिल्यो नि। त्यसैले यस वर्सालाई सदा साथ राख, छोडेर नजाऊ। खुशीको खजानाको मालिक बनिसक्यौ। त्यसैले सदा खुशीमा उडिराख। यसमा ट्राई गर्ने कुरा छैन। यदि भन्छौ ट्राई भने क्राई गरिरहने छौ। के बच्चा बन्न पनि ट्राई गर्नुपर्छ! त्यसैले न ट्राई न क्राई। ट्राई गर्नेछु, यो शब्द यहाँ छोडेर जाऊ। बाबा र वर्सा सदा साथ रहोस्। कम्बाइण्ड रहने गर। जहाँ बाबा हुनुहुन्छ वहाँ सबै खजाना स्वत: नै हुन्छ। यही एक कुरा सदा याद राख– बाबा मेरो साथमा हुनुहुन्छ। वर्सा मेरो जन्मसिद्ध अधिकार हो।

    नयाँ वर्षको बधाई (रात्रि १२ बजे):– नयाँ वर्षको दिन सबै बच्चाहरूलाई सारा वर्षको लागि बधाई छ। यस्तो अमूल्य रत्न हौ, जसले बाबालाई चिन्यौ र बाबालाई प्रत्यक्ष गर्ने जिम्मेवारीको ताज धारण गर्यौछ– यस्ता सदा सेवाधारी अनन्य ताजधारी, तख्तनशीन बच्चाहरूलाई आफ्नो आफ्नो नाम सहित बधाई छ, स्वीकार गर।

    लण्डन निवासी निमित्त जनक बच्ची र साथ-साथ आदि रत्न रजनी बच्ची, साथमा मुरली बच्चा र अति स्नेही बाबा समान जयन्ती बच्चीलाई एवं जो बच्चा साथ-साथ सेवामा उपस्थित छन्, जस्तै बृजरानीले राम्रो आफ्नो शो देखाइरहेकी छन्, जुन सेवा गरिरहेका छन्, त्यो सेवामा रूहानियत भरिएको छ– यस्ता सबै बच्चाहरूले आ-आफ्नो नामले बधाई स्वीकार गरून्। नयाँ वर्ष, नयाँ उमंग, नयाँ उत्साह र यस वर्षमा सदा नै हरदिन उत्सव सम्झेर उत्साह दिलाइराख। यही सेवामा सदा तत्पर होऊ। अच्छा– सबै बच्चाहरूलाई बापदादाको दिलोज्यान, अति प्रेम सम्पन्न याद-प्यार।


    वरदान:

    वाणीको साथ वृत्तिद्वारा रूहानी प्रकम्पन फैलाउने सेवा गर्ने डबल सेवाधारी भव:-  

    जसरी वाणीद्वारा सेवा गर्छौ त्यस्तै वाणीको साथै वृत्तिद्वारा सेवा गरेमा छिटो सेवा हुन्छ किनकि बोली त केही समयमा बिर्सन्छन् तर प्रकम्पनको रूपमा मन र बुद्धिमा छाप लागिहाल्छ। त्यसैले यो सेवा गर्नको लागि वृत्तिमा कसैको लागि व्यर्थ प्रकम्पन नहोस्। व्यर्थ प्रकम्पन रूहानी प्रकम्पनको अगाडि एक पर्खाल बन्न जान्छ, त्यसैले मन-बुद्धिलाई व्यर्थ प्रकम्पनबाट मुक्त राख, तब डबल सेवा गर्न सक्छौ।

    स्लोगन:

    माग्नु भन्दा यादमा रह्यौ भने सबै अधिकार मिल्छ।  



    ***OM SHANTI***