BK Murli 1 February 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 February 2018  Nepali



    २०७४ माघ १८ बिहीबार १-०२-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– यो ईश्वरीय विश्व-विद्यालय हो मनुष्यबाट देवता, नरबाट नारायण बन्ने। जब यो निश्चय पक्का हुन्छ, तब तिमी यो पढाइ पढ्न सक्छौ।”  

    प्रश्न:

    मनुष्यबाट देवता बन्नको लागि तिमी बच्चाहरूले यस समय कुनचाहिँ मेहनत गर्छौ? भक्तहरूको कुन एक कुराले सर्वव्यापीको कुरा गलत हुन्छ?

    उत्तर:

    आँखालाई क्रिमिनलबाट सिविल बनाउने, साथ-साथ मीठो बन्ने। सत्ययुगमा त हुन्छ नै सबैको आँखा सिविल। वहाँ यो मेहनत हुँदैन। यहाँ पतित शरीर, पतित दुनियाँमा तिमी बच्चाहरू आत्मा भाइ-भाइ हौ– यो निश्चय गरेर आँखालाई सिविल बनाउने पुरुषार्थ गरिरहेका छौ। भन्छन्– हे बाबा जब हजुर आउनु हुन्छ, हामी हजुरमा बलिहार जानेछौं... आउनुले सिद्ध गर्छ उहाँ यहाँ हुनुहुन्न।

    ओम् शान्ति।

    बाबाले रूहानी बच्चाहरू सँग सोध्नुहुन्छ– आफ्नो आत्माको स्वधर्ममा बसेका छौ? यो त जानेका छौ– एकै बेहदका बाबा हुनुहुन्छ, जसलाई सुप्रीम रूह या परम आत्मा भनिन्छ। परमात्मा अवश्य हुनुहुन्छ। परमपिता हुनुहुन्छ नि। परमपिता मतलब परमात्मा। यो कुरा तिमी बच्चाहरूले नै बुझ्न सक्छौ। ५ हजार वर्ष पहिले पनि यो ज्ञान तिमीहरू सबैले सुनेका थियौ। तिमीलाई थाहा छ– आत्मा धेरै सानो सूक्ष्म छ, उसलाई यी आँखाले देखिँदैन। यस्तो कुनै मनुष्य छैन, जसले आत्मालाई देखेको होस्। हो, देखिन सक्छ तर दिव्य दृष्टिद्वारा र त्यो पनि ड्रामाको प्लान अनुसार। भक्ति मार्गमा पनि यी आँखाले कुनै साक्षात्कार हुँदैन। दिव्य दृष्टि मिल्छ, जसबाट चैतन्यमा देख्छन्। दिव्य दृष्टि अर्थात् चैतन्यमा देख्नु। आत्मालाई ज्ञानको चक्षु मिल्छ। बाबाले सम्झाउनु भएको छ– धेरै भक्ति गर्छन्, जसलाई नवधा भक्ति भनिन्छ। जस्तै मीरालाई साक्षात्कार हुँदा डान्स गर्थिन्। वैकुण्ठ त त्यतिबेला थिएन नि। मीराको ५-६ सय वर्ष भयो। जो पास्ट भएको छ, त्यो दिव्य दृष्टिद्वारा देखिन्छ। हनुमान, गणेश आदिका चित्रहरूको धेरै भक्ति गर्दै-गर्दै उसमा मानौं लय हुन्छन्। हुन त साक्षात्कार हुन्छ तर त्यसबाट कुनै मुक्ति मिल्न सक्दैन। मुक्ति जीवनमुक्तिको बाटो बिल्कुल भिन्न छ। यहाँ भक्ति मार्गमा धेरै मन्दिर हुन्छन्। वहाँ शिवलिंग पनि राख्छन्। कुनै सानो बनाउँछन्, कुनै ठूलो बनाउँछन्। अहिले तिमीले बुझेका छौ– जस्तो तिमी आत्मा हौ, त्यस्तै उहाँ परम आत्मा हुनुहुन्छ। साइज उस्तै छ। भन्दछन् पनि– हामी सबै भाइ-भाइ हौं, आत्माहरू सबै भाइ-भाइ हुन्। बेहदका बाबा एक हुनुहुन्छ। बाँकी सबै भाइ-भाइ हुन्, पार्ट खेल्छन्। यो बुझ्नु पर्ने कुरा हो। यो हो ज्ञानको कुरा, जो एकै बाबाले सम्झाउनु हुन्छ। जसलाई सम्झाउनु हुन्छ, उनले फेरि अरूलाई सम्झाउन सक्छन्। पहिला सुरुमा एकै निराकार बाबाले सम्झाउनु हुन्छ। उहाँको लागि नै फेरि भनिदिन्छन्– सर्वव्यापी हुनुहुन्छ, ढुंगा-माटोमा हुनुहुन्छ। यो त सही होइन नि। एकातिर भन्छन्– बाबा जब हजुर आउनु हुन्छ, हामी बलिहार जानेछौं। यस्तो कहाँ भन्छन् र– हजुर सर्वव्यापी हुनुहुन्छ। भन्छन् हजुर आउनु भएमा बलिहार जानेछौं। यसको मतलब यहाँ हुनुहुन्न नि। मेरो त एक, दोस्रो न कोही। त्यसैले अवश्य उहाँलाई याद गर्नुपर्छ नि। यो बाबा नै बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ, यसलाई रूहानी ज्ञान भनिन्छ। यो जुन गायन गरिन्छ– आत्मा परमात्मा अलग रहे बहुकाल... त्यसको हिसाब पनि सम्झाउनु भएको छ। बहुकाल देखि अलग तिमी आत्माहरू नै हुन्छौ। अहिले बाबाको पासमा आएका छौ– राजयोग सिक्न। बाबा त सेवक हुनुहुन्छ। ठूलो मानिसले जब सही गर्छन्, तल लेख्छन्– आज्ञाकारी सेवक... बाबा सबै बच्चाहरूको सेवक हुनुहुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो सेवक हुँ। तिमीले कति उल्लास पूर्वक बोलाउँछौ– भगवान्‌ आउनुहोस्, आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। पावन हुन्छन् नै पावन दुनियाँमा। यो बुझ्नु पर्ने कुरा हो। बाँकी त सबै हुन् कनरस। यो हो ईश्वरीय विश्व-विद्यालय। लक्ष्य-उद्देश्य के हो? मनुष्यबाट देवता बनाउनु। बच्चाहरूलाई यो निश्चय छ– हामी यो बन्नु छ। जसलाई निश्चय हुँदैन, ऊ विद्यालयमा बस्छ र? निश्चय राखेर वकिलबाट, सर्जनबाट सिक्छन्। लक्ष्य-उद्देश्य नै थाहा छैन भने आउँदैनन्। तिमी बच्चाहरूले बुझेका छौ– हामी मनुष्यबाट देवता, नरबाट नारायण बन्छौं। यो हो सच्चा-सच्चा सत्य नरबाट नारायण बन्ने कथा। कथा किन भनिन्छ? किनकि ५ हजार वर्ष पहिले पनि यो ज्ञान सिकेका थियौ। बितेको कुरालाई कथा भनिदिन्छन्, यो हो सच्चा-सच्चा शिक्षा नरबाट नारायण बन्ने। नयाँ दुनियाँमा देवताहरू, पुरानो दुनियाँमा मनुष्यहरू रहन्छन्। देवताहरूमा जुन दैवीगुण हुन्छन्, त्यो मनुष्यहरूमा छैन। मनुष्यले उनलाई देवता भन्छन् र गायन गर्छन्– हजुर सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी हुनुहुन्छ। आफूलाई भन्छन् हामी पापी, नींच विकारी हौं। देवताहरू कहिले थिए? अवश्य भनिन्छ सत्ययुगमा थिए। यस्तो भनिँदैन कलियुगमा थिए। आजकल मनुष्यहरूको तमोप्रधान बुद्धि हुनाले बाबाको टाइटल पनि आफूमाथि राखिदिन्छन्। वास्तवमा श्रेष्ठ बनाउने श्री-श्री त एकै बाबा हुनुहुन्छ। श्रेष्ठ देवताहरूको महिमा अलग छ। अहिले हो कलियुग। संन्यासीहरूको लागि पनि बाबाले सम्झाउनु भएको छ– एउटा छ हदको सन्यास, अर्को छ बेहदको सन्यास। उनीहरूले भन्छन्– हामीले घरबार आदि सबै छोडेका छौं। तर आजकल त हेर लखपति बनेर बसेका छन्। सन्यास मतलब सुखको त्याग गर्नु। तिमी बच्चाहरूले बेहदको सन्यास गर्छौ किनकि बुझेका छौ– यो पुरानो दुनियाँ समाप्त हुँदैछ, त्यसैले यस सँग वैराग्य छ। तिनीहरूले त घरबार छोडेर फेरि भित्र पस्दै आएका छन्। अहिले पहाडी आदिमा गुफाहरूमा रहँदैनन्। कुटीहरू बनाउँछन्, तापनि कति खर्च गर्छन्। वास्तवमा कुटीमा कुनै खर्च कहाँ लाग्छ र। ठूला-ठूला महल बनाएर रहन्छन्। आजकल त सबै तमोप्रधान छन्। अहिले हो नै कलियुग। सत्ययुगी देवताहरूको चित्र छैन त्यसैले स्वर्गको नामनिशान हराएर जान्छ। तिमीलाई सम्झाइन्छ– अब मनुष्यबाट देवता बन्नु छ। आधाकल्प भक्ति मार्गका कथाहरू हुन्छन्। सुन्दै सिँढी तल उत्रिदै आएका छन्, फेरि ५ हजार वर्षपछि एक्युरेट उही ड्रामा दोहोरिन्छ। बाबाले सम्झाउनु पनि हुन्छ, कसैलाई यस्तो भन्नु हुँदैन– भक्तिलाई छोड। ज्ञान आएपछि फेरि आफैं भक्ति छुट्छ। सम्झन्छन् हामी आत्मा हौं। अहिले बेहदका बाबासँग हामीले वर्सा लिनु छ। पहिले बेहदका बाबाको परिचय हुनुपर्छ। उहाँमा निश्चय भएपछि फेरि हदको पिताबाट बुद्धि निस्केर जान्छ। गृहस्थ व्यवहारमा रहँदै बुद्धिको योग बाबासँग लाग्छ। बाबा स्वयं भन्नुहुन्छ– शरीर निर्वाह अर्थ कर्म गर्दै बुद्धिमा याद रहोस् एक बाबाको। देहधारीहरूको याद नरहोस्। त्यो हो शारीरिक यात्रा। यो तिम्रो हो रूहानी यात्रा, यसमा धक्का खानु पर्दैन। भक्ति मार्ग हो नै रात। धक्का खानु पर्छ। यहाँ धक्काको कुरा नै छैन। याद गर्नको लागि कुनै बस्नु पर्ने हुँदैन। भक्ति मार्गमा कृष्णलाई भक्तहरूले हिँड्दा-डुल्दा याद गर्न सक्छन् र? दिलमा त उनको याद रहन्छ नि। एक पटक जो चीज देखिन्छ, त्यो चीज याद रहन्छ। त्यसैले तिमीले घर बसेर शिवबाबालाई याद गर्न सक्दैनौ? यो हो नयाँ कुरा। कृष्णलाई याद गर्नु, त्यो पुरानो कुरा भयो। शिवबाबालाई त कसैले चिनेकै छैनन्– उहाँको नाम रूप के हो? सर्वव्यापी पनि के हुनुहुन्छ र! कसैले बताओस् न। तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्माका बाबा परमपिता परमात्मा हुनुहुन्छ। आत्मालाई परमात्मा भन्न सकिँदैन। अंग्रेजीमा आत्मालाई सोल भनिन्छ। एउटा पनि मनुष्य छैन, जसले पारलौकिक बाबालाई चिनेको होस्। उहाँ बाबा नै ज्ञानको सागर हुनुहुन्छ, उहाँमा ज्ञान छ मनुष्यलाई देवता बनाउने। बाबा भन्नुहुन्छ– दिनहुँ, गहन कुरा सुनाउँछु। मुख्य कुरा हो यादको। याद नै भुलिन्छ। बाबाले दिनुहुँ भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। म आत्मा बिन्दु हुँ। भन्दछन् पनि चम्कन्छ अजब सितारा। आत्मा शरीरबाट निक्लिन्छ तर यी आँखाले देखिँदैन। भनिन्छ आत्मा निस्केर जान्छ। गएर अर्को शरीरमा प्रवेश गर्छ। तिमीलाई थाहा छ– हामी आत्मा कसरी पुनर्जन्म लिन्छौं, अहिले अपवित्र बनेका छौं। पहिले तिम्रो आत्मा पवित्र थियो, तिम्रो गृहस्थ धर्म पवित्र थियो। अहिले दुवै नै अपवित्र बनेका छन्। जब दुवै पवित्र हुन्छन्, तब उनीहरूको पूजा गर्छन्। भन्छन्– हजुर पवित्र हुनुहुन्छ, हामी अपवित्र छौं। वहाँ दुवै पवित्र, यहाँ दुवै अपवित्र। के पहिले पवित्र थिए फेरि अपवित्र बने या अपवित्र नै जन्म लिए? बाबा बसेर सम्झाउनु हुन्छ– पहिले तिमी आत्माहरू स्वयं पवित्र पूज्य थियौ। फेरि स्वयं पुजारी अपवित्र बनेका छौ। ८४ जन्म लिएका छौ। सारा विश्वको इतिहास-भूगोल तिमीलाई थाहा छ। कुन-कुनले राज्य गर्थे, कसरी राज्य मिल्यो। यो इतिहास पनि तिमीलाई थाहा छ, अरू कसैलाई थाहा छैन। तिमीले पनि अहिले जानेका छौ, पहिला थाहा थिएन, पत्थरबुद्धि थियौ। रचयिता र रचनाको आदि मध्य अन्तको ज्ञान थिएन, नास्तिक थियौ। अब आस्तिक बनेपछि तिमी कति सुखी बन्छौ। तिमी यहाँ आएका हौ नै, यो देवता बन्नको लागि। यस समय धेरै मीठो बन्नु छ। तिमी एक बाबाको सन्तान भाइ-बहिनी ठहरियौ नि। क्रिमिनल दृष्टि हुन सक्दैन। यस समय मेहनत गर्नुपर्छ। आँखा नै सबैभन्दा धेरै क्रिमिनल हुन्छ। आधाकल्प क्रिमिनल रहन्छ, आधाकल्प सिविल रहन्छ। सत्ययुगमा देवताहरूको आँखा सिविल रहन्छ, यहाँ क्रिमिनल रहन्छ। यसमा सुरदासको कथा बसेर सुनाउँछन्। बाबा भन्नुहुन्छ– मलाई आउनु पर्छ नै पतित दुनियाँ, पतित शरीरमा। जो पतित बनेका छन्, उनीहरूलाई नै पावन बनाउनु छ। 

    तिमीलाई थाहा छ– कृष्ण र राधा दुवै अलग-अलग राजधानीका थिए। राजकुमार-राजकुमारी थिए। पछाडि स्वयंवर पछि लक्ष्मी-नारायण बन्छन् अनि फेरि उनीहरूको डिनायस्टी गायन गरिन्छ। संवत पनि त्यहाँबाट भनिन्छ। सत्ययुगको आयु नै लाखौं वर्ष भनिदिन्छन्। बाबा भन्नुहुन्छ– १२५० वर्ष। रात-दिनको फरक भयो। रात ब्रह्माको आधाकल्प, फेरि दिन ब्रह्माको आधाकल्प। ज्ञानद्वारा हुन्छ सुख, भक्तिबाट हुन्छ दु:ख। यो सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ। फेरि पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ। स्वधर्ममा टिक, बाबालाई याद गर। उहाँ नै पतित-पावन हुनुहुन्छ। याद गर्दै-गर्दै तिमी पावन बन्छौ। अन्त मती सो गति। बाबा स्वर्गको रचयिता हुनुहुन्छ नि। त्यसैले याद दिलाउनु हुन्छ– तिमी स्वर्गको मालिक थियौ। अहिले पतित छौ, त्यसैले वहाँ जान लायक छैनौ, यसैले पावन बन। मलाई एकै पटक आउनु पर्छ। एक भगवान् हुनुहुन्छ। एकै दुनियाँ छ। मनुष्यहरूको त अनेक मत, अनेक कुरा हुन्छन्, जति मुख त्यति कुरा। यहाँ छ नै एक मत, अद्वैत मत। वृक्षमा हेर कति मत-मतान्तर छ। वृक्ष कति ठूलो भएको छ। वहाँ एक मत एक राज्य थियो। तिमीलाई थाहा छ– हामी नै विश्वको मालिक थियौं। भारतवर्ष कति धनवान थियो। वहाँ अकालमा मृत्यु कहिल्यै हुँदैन। यहाँ त हेर बसी-बसी जान्छन्। चारैतिर मृत्यु छ। वहाँ तिम्रो आयु धेरै थियो। अहिले तिमी ईश्वर सँग योग लगाएर मनुष्यबाट देवता बनिरहेका छौ। तिमी ठहरियौ योगेश्वर, योगेश्वरी फेरि बन्नेछौ राज-राजेश्वरी, अहिले हौ ज्ञान ज्ञानेश्वरी। फेरि राज-राजेश्वरी कसरी बन्यौ? ईश्वरले बनाउनु भयो। अहिले तिमीलाई थाहा छ– यसलाई राजयोग कसले सिकायो? ईश्वरले। वहाँ उनीहरूको २१ पीढी राजाई चल्छ। त्यो त एक जन्ममा दान-पुण्य गरेर राजा बन्छन्। मरेपछि समाप्त। अकालमा मृत्यु त सबैको आइरहन्छ। सत्ययुगमा यो नियम हुँदैन। वहाँ यस्तो भनिदैन– कालले खायो। एक शरीर छोडेर अर्को लिन्छ। जस्तै सर्पले काँचुली बदल्छ। वहाँ सदैव खुशी नै खुशी रहन्छ। अलिकति पनि दु:खको कुरा हुँदैन। तिमी सुखधामको मालिक बन्नको लागि अहिले पुरुषार्थ गरिरहेका छौ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस पुरानो दुनियाँबाट बेहदको सन्यास गर। शरीर निर्वाह अर्थ कर्म गर्दै रूहानी यात्रामा रहनु छ।

    २) पुरुषार्थ गरेर आँखालाई सिविल अवश्य बनाउनु पर्छ। लक्ष्य-उद्देश्य बुद्धिमा राखेर धेरै मीठो बन।

    वरदान:

    शुभ संकल्पको यन्त्रद्वारा शान्तिको शक्तिको प्रयोग गर्ने सिद्धि स्वरूप भव:-   

    शान्तिको शक्तिको विशेष यन्त्र हो “शुभ संकल्प”। यस संकल्पको यन्त्रद्वारा जे चाह्यो त्यो सिद्धि स्वरूपमा देख्न सक्छौ, यसको प्रयोग पहिले स्व प्रति गर। तनको व्याधिमा प्रयोग गरेर हेर अनि शान्तिको शक्तिद्वारा कर्मबन्धनको रूप, मीठो सम्बन्धको रूपमा बदलिन्छ। कर्मभोग– कर्मको कडा बन्धन शान्तिको शक्तिद्वारा पानीमा रेखा जस्तै अनुभव हुन्छ। तनमा, मनमा, संस्कारमा शान्तिको शक्ति प्रयोग गरेर सिद्धि स्वरूप बन।

    स्लोगन:

    कुल दीपक बनेर आफ्नो स्मृतिको ज्योतिद्वारा ब्राह्मण कुलको नाम प्रख्यात गर।  



    ***OM SHANTI***

    No comments

    Say Om Shanti to all BKs