BK Murli 6 January 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 6 January 2018 Nepali

    २०७४ पौष २२ शनिबार ६-०१-२०१८ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– अहिले तिम्रो काया बिलकुल पुरानो भएको छ। बाबा आउनु भएको छ तिम्रो काया कल्प वृक्ष समान बनाउन, तिमी आधाकल्पको लागि अमर बन्छौ।”  

    प्रश्न:

    यस आश्चर्यजनक नाटकमा कुनचाहिँ कुरा धेरै बुझ्नु पर्ने छ?

    उत्तर:

    यस नाटकमा जति पनि पार्टधारी छन् उनीहरूको चित्र केवल एक पटकमात्र देख्न सकिन्छ, फेरि तिनै चित्र ५ हजार वर्षपछि देखिनेछन्। ८४ जन्मका ८४ चित्र बन्छन् र सबै भिन्न-‌भिन्न हुन्छन्। कर्म पनि कसै सँग मिल्न सक्दैन। जसले जुन कर्म गरे त्यो फेरि ५ हजार वर्षपछि त्यही कर्म गर्छन्, यो धेरै बुझ्नु पर्ने कुरा छ। तिमी बच्चाहरूको बुद्धिको ताला अहिले खुलेको छ। तिमीले यो रहस्य सबैलाई सम्झाउन सक्छौ।

    गीत:–‌

    भोलेनाथ से निराला…

    ओम् शान्ति।

    ओम् शान्ति। भोलानाथ सदैव शिवबाबालाई भनिन्छ। शंकरलाई भनिदैन। उनले त विनाश गर्छन् र शिवबाबाले स्थापना गर्नुहुन्छ। यो त अवश्य हो स्थापना स्वर्गको र विनाश नर्कको गरिन्छ। त्यसैले ज्ञान सागर भोलानाथ शिवलाई नै भनिन्छ। अहिले तिमी बच्चाहरू त अनुभवी छौ। अवश्य कल्पपहिले पनि शिवबाबा आउनु भएको हुनु पर्छ र अहिले पनि आउनु भएको अवश्य छ। उहाँको आगमन अवश्य हुन्छ किनकि नयाँ मनुष्य सृष्टिलाई रच्नु छ। सूक्ष्मवतनको भाषा अलग छ, मूलवतनमा त भाषा छैन। यहाँ हुन्छ टकी। शिवबाबा नै बिग्रिएकोलाई बनाउनेवाला हुनुहुन्छ। जब सृष्टि तमोप्रधान हुन्छ तब सबैलाई सद्‌गति दिनेवाला भगवान् भन्नुहुन्छ– मलाई आउनु पर्छ। यादगार पनि यहाँ छ। यस नाटकमा जे-‌जति मनुष्यका चित्र छन् तिनलाई एकै पटक देख्न सकिन्छ। यस्तो होइन– ‌लक्ष्मी-नारायणका चित्र (चेहरा) सत्ययुगसिवाय कहिल्यै पनि कहीँ देख्न सकिँदैन। उनीहरूले पुनर्जन्म लिए भने नाम-रूप भिन्न हुन्छ। तिनी लक्ष्मी-नारायणको रूप एक पटक देखियो फेरि ५ हजार वर्षपछि मात्रै देखिनेछ। जसरी गान्धीको हुबहु चित्र फेरि ५ हजार वर्षपछि देख्नेछन्। अथाह मनुष्य छन् जति पनि मनुष्यका चित्र अहिले देखिएका छन् ती फेरि ५ हजार वर्षपछि देखिनेछन्। ८४ जन्मको लागि ८४ चित्र बन्छन्। सबै भिन्न-‌भिन्न हुन्छन्। कर्म पनि कसै सँग मिल्न सक्दैन। जसले जुन कर्म गर्योम, त्यही कर्म ५ हजार वर्षपछि फेरि गर्नेछन्। यो निकै बुझ्नु पर्ने कुरा छ। बाबाको पनि चित्र छ। सम्झन्छौं– अवश्य पहिले-‌पहिले सृष्टि रच्न उहाँ आउनु भएको हुनु पर्छ। तिम्रो बुद्धिको ताला अहिले खुलेको छ त्यसैले तिमी सम्झन्छौ। अब फेरि अरूको पनि यसरी ताला खोल्नु छ। निराकार बाबा अवश्य परमधाममा रहनुहुन्छ। जब तिमी पनि सबै मेरो साथमा रहन्छौ। पहिले जब म आउँछु तब म सँग ब्रह्मा, विष्णु, शंकर हुन्छन्। मनुष्य सृष्टि त पहिले नै छ फेरि त्यो कसरी पलटी खान्छ, रिपिट कसरी हुन्छ। पहिले-‌पहिले अवश्य सूक्ष्मवतन रच्नु पर्छ फेरि स्थूलवतनमा आउनु पर्छ किनकि मनुष्य जो देवता थिए, उनीहरू अहिले शूद्र बनेका छन्। उनीलाई फेरि ब्राह्मणबाट देवता बनाउन पर्छ। त्यसैले जसलाई कल्पपहिले मैले ज्ञान दिएको थिएँ त्यही रिपिट गर्छु। यस समय बसेर राजयोग सिकाउँछु। फेरि आधाकल्पपछि भक्ति आरम्भ हुन्छ। बाबा स्वयं बसेर सम्झाउनुहुन्छ– पुरानो सृष्टि फेरि कसरी नयाँ बन्छ। अन्त्यबाट फेरि आदि कसरी हुन्छ। मनुष्यले सम्झन्छन् परमात्मा आउनु भएको थियो तर कहिले, कसरी आउनुभयो। आदि-‌मध्य-‌अन्त्यको रहस्य कसरी खोल्नुभयो, यो जान्दैनन्। 

    बाबा भन्नुहुन्छ– फेरि म सम्मुख आएको छु– सबैलाई सद्‌गति दिन। माया रावणले सबैको भाग्य बिगारिदिएको छ त्यसैले बिग्रिएकोलाई बनाउनेवाला अवश्य कोही चाहिन्छ। बाबा भन्नुहुन्छ– ५ हजार वर्ष पहिले पनि ब्रह्मा तनमा आउनु भएको थियो। मनुष्य सृष्टि अवश्य यहाँ नै रचिएको हो। यहाँ आएर सृष्टिलाई पल्टाएर काया कल्प वृक्ष समान बनाउनुहुन्छ। अहिले तिम्रो काया बिलकुल पुरानो भएको छ, यसलाई फेरि यस्तो बनाउनुहुन्छ जुन आधाकल्पको लागि तिमी अमर बन्छौ। हुन त शरीर बदल्छौ तर खुशीसँग। जसरी पुरानो चोला छोडेर नयाँ लिन्छन्। वहाँ यस्तो भन्दैनन्– फलानो मर्योआ, त्यसलाई मर्नु भनिदैन। जसरी तिम्रो यो जीवन छँदै मर्नु छ, अब तिमीहरू कहाँ मरेका छौ र। तिमीहरू त शिवबाबाका बनेका छौ। बाबा भन्नुहुन्छ– तिमी मेरो नूरे रत्न, सिकीलधे बच्चाहरू हौ। शिवबाबाले पनि भन्नुहुन्छ– त ब्रह्मा बाबाले पनि भन्छन्। उहाँ निराकार बाबा, यी साकारी बाबा। अहिले तिमीले भन्छौ– बाबा हजुर पनि उही हुनुहुन्छ नि। म पनि उही हुँ, जो फेरि आएर मिलेका छौ। बाबा भन्नुहुन्छ– म आएर स्वर्ग स्थापन गर्छु। राजाई त अवश्य चाहिन्छ त्यसैले राजयोग सिकाउँछु। पछि त तिमीलाई राजाई मिल्छ फेरि यस ज्ञानको वहाँ आवश्यकता रहँदैन। फेरि यो शास्त्र आदि सबै भक्तिमा काम आउँछ, पढिरहन्छन्। जसरी कुनै ठूला मानिसले इतिहास भूगोल लेखेर जान्छन्, त्यसलाई पछि पढिरहन्छन्। अथाह किताब छन्। मनुष्यले पढिरहन्छन्। स्वर्गमा त केही पनि हुँदैन। वहाँ त भाषा नै एउटा हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– अहिले म आएको छु सृष्टिलाई नयाँ बनाउन। पहिले नयाँ थियो, अहिले पुरानो भएको छ। मेरो सबै बच्चाहरूलाई मायाले जलाएर भस्म गरिदिएको थियो। उनीहरूले सागरका बच्चा देखाउँछन्... ज्ञान सागर त वास्तवमा हुनुहुन्छ, उहाँका तिमीहरू बच्चा हौ। हुन त वास्तवमा सबै बच्चा हुन् तर तिमी बच्चाहरू अहिले प्राक्टिकलमा गाइन्छौ। तिमीहरूको कारण नै बाबा आउनुहुन्छ। भन्नुहुन्छ– म आएको छु फेरि तिमी बच्चालाई जगाउन। जो बिलकुल काला, पत्थरबुद्धि भएका छन् उनीहरूलाई फेरि आएर पारसबुद्धि बनाउँछु। तिमीलाई थाहा छ– यस ज्ञानबाट हामी पारसबुद्धि कसरी बन्छौं। जब तिमी पारसबुद्धि बन्छौ तब यो दुनियाँ पनि पत्थरपुरीबाट बदलिएर पारसपुरी बन्छ, जसको लागि बाबा पुरुषार्थ गराइरहनुहुन्छ। त्यसैले बाबालाई अवश्य मनुष्य सृष्टि रच्नको लागि यहाँ नै आउनु पर्छ नि। जसको शरीरमा आउनुहुन्छ, उनीहद्वारा वंशावली बनाउनुहुन्छ। त्यसैले यी माता भए। कति गहन कुरा छ। हुन त यी पुरुष हुन्, यिनमा बाबा आउनुहुन्छ अब यी माता कसरी भए, यसमा अलमलिन्छन् अवश्य। 

    तिमीले सिद्ध गरेर बताउँछौ– यी माता-‌पिता, ब्रह्मा-‌सरस्वती दुवै कल्प वृक्षको तल बसेका छन्, राजयोग सिकिरहेका छन् त्यसैले अवश्य उनीहरूको गुरु हुनु पर्छ। ब्रह्मा, सरस्वती र बच्चा सबैलाई राजऋषि भनिन्छ। राजाईको लागि योग लगाउँछन्। बाबा आएर राजयोग र ज्ञान सिकाउनुहुन्छ जुन अरू कसैले सिकाउन सक्दैन। न कसैको राजयोग हो। उनीहरूले त केवल भन्छन् योग सिक्नुहोस्। हठयोग त अनेक प्रकारका हुन्छन्। राजयोग कुनै संन्यासी, उदासीले सिकाउन सक्दैनन्। भगवान्‌ले आएर राजयोग सिकाउनु भएको थियो। भन्नुहुन्छ– मैले कल्प– कल्प आउनु पर्छ जबकि मनुष्य सृष्टि नयाँ रच्नु पर्छ। प्रलय त हुँदैन। यदि प्रलय हुने हो भने फेरि म कसमा आउने? निराकारले आएर के गर्ने? बाबाले सम्झाउनुहुन्छ– सृष्टि त पहिले देखि नै छ। भक्त पनि छन्, भगवान्लानई बोलाउँछन् पनि, यसबाट सिद्ध हुन्छ कि भक्त छन्। भगवान्ला ई आउनु नै तब पर्छ जब भक्त धेरै दु:खी हुन्छन्, कलियुगको अन्त्य हुन्छ। रावण राज्य खत्तम हुनु छ, तब नै मलाई आउनु पर्छ। वास्वतमा यस समय सबै दु:खी छन्। महाभारी लडाईं सामुन्ने खडा छ। 

    यो पाठशाला हो। यहाँ एम अब्जेक्ट छ। तिमीलाई थाहा छ– सत्ययुगमा लक्ष्मी-‌नारायणको राज्य थियो फेरि सिंगल ताज भएकाहरूको राज्य भयो फेरि अरू-‌अरू धर्म वृद्धि भए फेरि राजाई आदि बढाउनको लागि युद्ध आदि भए। तिमीलाई थाहा छ जे पास्ट भयो, त्यो फेरि रिपिट हुन्छ। फेरि लक्ष्मी-‌नारायणको राज्य आरम्भ हुन्छ। बाबा विश्वको इतिहास भूगोलको रहस्य पूरा सम्झाउनुहुन्छ। विस्तारमा जाने आवश्यकता छैन। जान्दछन्– हामी सूर्यवंशी हौ त्यसैले पुनर्जन्म पनि सूर्यवंशीमा नै लिँदा हुन्। नाम-रूप त बदलिन्छन् होला। माता-‌पिता पनि अरू प्राप्त हुन्छन्, यो सारा ड्रामा बुद्धिमा राख्नु छ। बाबा कसरी आउनुहुन्छ त्यो पनि बुझ्यौ। मनुष्यको बुद्धिमा त्यही गीताको ज्ञान छ। पहिले हाम्रो बुद्धिमा पनि त्यही पुरानो गीताको ज्ञान थियो। अहिले बाबा गहन कुरा सुनाउनुहुन्छ जुन सन्दा सुन्दै सारा रहस्य बुझिसके। मनुष्यले पनि भन्छन्– पहिले तिम्रो ज्ञान अर्कै थियो, अहिले धेरै राम्रो छ। अहिले बुझिसके– कसरी गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन्नु छ। यी सबैको अन्तिम जन्म हो। मर्नु पनि सबैले छ। स्वयं बेहदको बाबा भन्नुहुन्छ– तिमीले पवित्र बन्ने प्रतिज्ञा गर्यौह भने २१ जन्मको लागि स्वर्गको मालिक बन्छौ। यहाँ त कोही पदमपति छ भने पनि दु:खी छ। काया कल्पतरु हुँदैन। तिम्रो काया कल्पतरु हुन्छ। तिमी २१ जन्म मर्दैनौ। बाबा भन्नुहुन्छ– यहाँ उनीहरू नै आउँछन् जो सूर्यवंशी, चन्द्रवंशी काम चितामा बसेर काला भएका छन् त्यसैले राधा-कृष्ण, नारायण सबैलाई कालो देखाउँछन्। अहिले त सबै काला छन्। काम चितामा बस्नाले काला भएका छन्। अहिले तिमीलाई काम चिताबाट उत्रिएर ज्ञान चितामा बस्नु छ। विषको सम्बन्धलाई क्यान्सल गरेर ज्ञान अमृतको सम्बन्ध बाँध्नु छ। यसरी सम्झाउनु छ जसकारण उनीहरूले भनून्– तिमीले त शुभ कार्य गरिरहेका छौ। जबसम्म कुमार-कुमारी हुन्छन् तबसम्म उनीहरूलाई पतित भनिदैन। बाबा भन्नुहुन्छ– तिमीले कहिल्यै गन्धा बन्नु छैन। पछि गएर धेरै आउँछन्, भन्नेछन्– यो धेरै राम्रो छ– ज्ञान चितामा बसेपछि त हामी स्वर्गको मालिक बन्छौं। प्राय: ब्राह्मणले नै विवाह गराउँछन्। राजाहरूको पासमा पनि ब्राह्मण रहन्छन्, उनलाई राजगुरु भन्छन्। आजकल त संन्यासीले पनि विवाह गराउँछन्। तिमी जब यो ज्ञानको कुरा सुनाउँछौ तब मानिस धेरै खुशी हुन्छन्। झट्ट राखी पनि बाँधिहाल्छन्। फेरि घरमा झगडा पनि हुन्छ। केही सहज त अवश्य गर्नु पर्छ। 

    तिमी गुप्त शिवशक्ति सेना हौ। तिम्रो पासमा कुनै हतियार छैन, देवीहरूलाई धेरै हतियार देखाउँछन्। यी सबै हुन् ज्ञानका कुरा। यहाँ हुन्छ नै योगबलको कुरा। तिमी योगबलबाट विश्वको बादशाही लिन्छौ। बाहुबलबाट हदको राजाई मिल्छ। बेहदको राजाई त बेहदको मालिकले नै दिनुहुन्छ। लडाईको कुनै कुरा होइन। बाबा भन्नुहुन्छ– मैले कसरी लडाउँछु। म त लडाईं झगडा मेटाउनको लागि आएको छु फेरि त्यसको नाम निसान पनि रहँदैन, तब त परमात्मालाई सबैले याद गर्छन्। भन्नुहुन्छ– मेरो लाज राख फेरि पनि एकमा निश्चय छैन भने अरू अरूलाई समातिरहन्छन्। भन्छन्– ममा पनि ईश्वर हुनुहुन्छ फेरि आफैंमा पनि विश्वास राख्दैनन्, गुरु बनाउँछन्। जब तिमीमा भगवान् हुनुहुन्छ भने गुरु किन बनाउनुहुन्छ? यहाँ त कुरै अलग छ। बाबा भन्नुहुन्छ– कल्प पहिले पनि म यसरी नै आएको थिएँ जसरी अहिले आएको छु। अहिले तिमीहरूले जान्दछौ– रचयिता बाबा बसेर रचना गर्नुहुन्छ, यो पनि ड्रामा हो। जबसम्म यस चक्रलाई जान्दैनौ तबसम्म कसरी जान्ने– अगाडि के हुन्छ भनेर। भन्छन्– यो कर्मक्षेत्र हो। हामी निराकारी दुनियाँबाट पार्ट खेल्न आएका छौं। त्यसैले तिमीलाई सारा ड्रामाका रचयिता, निर्देशकको बारेमा थाहा हुनु पर्छ। हामी सबै एक्टरले त जानिसक्यौं– यो ड्रामा कसरी बनेको छ, यो सृष्टिले कसरी वृद्धि प्राप्त गर्छ, जब कि अहिले कलियुगको अन्त्य हो त्यसैले अवश्य सत्ययुग स्थापना हुनु पर्ने हो। यो चक्रको ज्ञान बिलकुल ठीक छ जो ब्राह्मण कुलको हुन्छ उसले बुझ्नेछ। फेरि पनि यी प्रजापिता हुन् त्यसैले आफ्नो कुल बढ्दै जान्छ। बढ्नु त छ नै। कल्प पहिलेजस्तै सबैले पुरुषार्थ गरिरहन्छन्। हामी साक्षी भएर हेर्छौं। हर एकले आफ्नो मुखडा ऐनामा हेरिरहनु छ– सत्ययुगमा राजधानी लिनको लागि कहाँसम्म म लायक बनेको छु? यो कल्प कल्पको बाजी हो, जसले जति सेवा गर्छ, तिमी बेहदका रूहानी समाजसेवी हौ। तिमी सुप्रिम आत्माको मतमा चल्छौ। यस्ता राम्रा-‌राम्रा पइन्ट धारण गर्नु छ। बाबा आएर कालको पञ्जाबाट छुटाउनुहुन्छ। वहाँ मृत्युको नाम हुँदैन, यो हो मृत्युलोक, त्यो हो अमरलोक। यहाँ आदि-‌मध्य-‌अन्त्य दु:ख हुन्छ, वहाँ दु:खको नाम निशान हुँदैन। अच्छा!

    मीठे-‌‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) म निराकारी र साकारी दुवै बाबाका सिकीलधे नूरे रत्न हुँ, म शिवबाबाको जीवन छँदै वारिस बनेको छु, यसै नशामा रहनु छ।

    २) योगबलद्वारा विश्वको राजाई लिनु छ, पवित्रताको राखी बाँधेका छौ त्यसैले सहन पनि गर्नु छ। पतित कहिल्यै बन्नु हुँदैन।

    वरदान:

    एकै संकल्पमा स्थित भएर महातीर्थको प्रत्यक्षता गर्ने जिम्मेवार आत्मा भव  

    यो आबू विश्वको लागि लाइट हाउस हो। यस महातीर्थको प्रत्यक्षता गर्नको लागि सबै ब्राह्मण बच्चाहरूको एउटै संकल्प होस्– हर आत्मालाई यहाँबाट ठेगाना मिल्छ। सबैको कल्याण हुन्छ। जब यो शुभ आशाको दीपक हर एकको मनमा जाग्दछ। सबैको सहयोग हुने भएकाले कार्यमा सफलता हुन्छ। सबैको मनबाट यो आवाज निस्कियोस्– यो मेरो जिम्मेवारी हो। जब हरेकले स्वयंलाई यस्तो जिम्मेवार सम्झियोस् तब प्रत्यक्षताको किरण बाबाको घरमा चारैतर्फ फैलिने छ।

    स्लोगन:

    अन्तर्मुखताको विशेषतालाई धारण गर्यौस भने सबैको आशीर्वाद मिलिरहन्छ।   



    ***OM SHANTI***