BK Murli Nepali 6 November 2018

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli Nepali 6 November 2018

    06.11.2018          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


    “मीठे बच्चे– बाबाको गलाको हार बन्नको लागि ज्ञान-योगको रेस गर, तिम्रो कर्तव्य हो सारा दुनियाँलाई बाबाको परिचय दिनु।”

    प्रश्न:– 
    कुन मस्तीमा सधैं रह्यौ भने बिमारी पनि ठीक हुँदै जान्छ?

    उत्तर:– 
    ज्ञान र योगको मस्तीमा रहने गर, यस दुनियाँको चिन्तन नगर। जति शरीरमा बुद्धि जान्छ, लोभ राख्छौ, झन् बिमारी आउँदै जान्छन्। यस शरीरलाई शृङ्गार्नु, पाउडर, क्रिम आदि लगाउनु– यी सबै फाल्तू शृङ्गार हुन्, तिमीले आफूलाई ज्ञान-योगबाट सजाउनु छ। यही तिम्रो सच्चा-सच्चा शृङ्गार हो।

    गीत:– 
    जो पिया के साथ है...

    ओम् शान्ति। 
    जो बाबाको साथमा छन्... अब दुनियाँमा पिता त धेरै छन् तर ती सबैका पिता रचयिता एक हुनु हुन्छ। उहाँ नै ज्ञानका सागर हुनु हुन्छ। यो अवश्य सम्झाउनु पर्छ, परमपिता परमात्मा ज्ञानका सागर हुनु हुन्छ। ज्ञानबाट नै सद्गति हुन्छ। सद्गति मनुष्यहरूको तब हुन्छ जब सत्ययुगको स्थापना हुन्छ। बाबालाई नै सद्गतिदाता भनिन्छ। जब संगमको समय हुन्छ तब त ज्ञानका सागर आएर दुर्गतिबाट सद्गतिमा लिएर जानु हुन्छ। सबै भन्दा प्राचीन भारतखण्ड हो। यहाँ नै ८४ जन्मको गायन छ। अवश्य जो मनुष्य पहिला-पहिला आएका थिए तिनैले ८४ जन्म लिन्छन्। देवताहरूको ८४ जन्म भनिन्छ भने ब्राह्मणहरूको पनि ८४ जन्म भए। मुख्यलाई नै उठाउनु पर्छ। यी कुरा कसैलाई पनि थाहा छैन। अवश्य ब्रह्माद्वारा नै सृष्टि रच्नुहुन्छ। पहिला-पहिला सूक्ष्मलोक रच्नु पर्छ फेरि यो स्थूललोक। बच्चाहरूलाई थाहा छ– सूक्ष्मलोक कहाँ छ, मूललोक कहाँ छ? मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– यसलाई नै त्रिलोक भनिन्छ। जब त्रिलोकीनाथ भनिन्छ भने त्यसको अर्थ पनि चाहिन्छ। कुनै त्रिलोक होला नि। वास्तवमा त्रिलोकीनाथ एक बाबालाई नै भन्न सकिन्छ अनि उहाँका बच्चाहरूलाई पनि भन्न सकिन्छ। यहाँ त कतिपय मनुष्यहरूको नाम छन्– त्रिलोकीनाथ, शिव, ब्रह्मा, विष्णु, शंकर आदि... यी सबै नाम आफ्नो लागि राखिदिए। डबल नाम पनि राख्छन्– राधाकृष्ण, लक्ष्मी-नारायण। अब यो त कसैलाई थाहा छैन, राधा र कृष्ण बेग्ला-बेग्लै थिए। कृष्ण एक राज्यका राजकुमार थिए, राधा अर्को राज्यकी राजकुमारी थिइन्। यो अहिले तिमीलाई थाहा छ। जो राम्रा-राम्रा बच्चाहरू छन् उनीहरूको बुद्धिमा राम्रा-राम्रा प्वाइन्टहरू धारण रहन्छ। जसरी जो होसियार डाक्टर हुन्छ ऊ सँग धेरै औषधीका नामहरू रहन्छन्। यहाँ पनि नयाँ-नयाँ प्वाइन्टहरू धेरै निस्किन्छन्। दिन-प्रतिदिन आविष्कार भइरहन्छन्। जसको राम्रो अभ्यास हुन्छ उनले नयाँ-नयाँ प्वाइन्टहरू धारण गर्छन्। धारण गर्दैनन् भने महारथीहरूको लाइनमा ल्याउन सकिंदैन। सारा आधार बुद्धिमाथि छ र भाग्यको पनि कुरा हो। यो पनि ड्रामामा छ नि। ड्रामालाई पनि कसैले बुझेका छैनन्। यो पनि सम्झन्छन् कर्म क्षेत्रमा हामी पार्ट बजाउँछौं। तर ड्रामाको आदि-मध्य-अन्तलाई जान्दैनन् भने केही पनि जान्दैनन्। तिमीहरूले त सबै कुरा जान्नु पर्छ।

    बाबा आउनु भएको कुरा बच्चाहरूलाई थाहा भयो। अब बच्चाहरूको कर्तव्य हो– अरूलाई पनि बाबाको परिचय दिनु। सारा दुनियाँलाई बताउनु कर्तव्य हो। जो फेरि कसैले यस्तो नभनून्– हामीलाई थाहै भएन। तिम्रो पासमा धेरै आउँछन्। साहित्य आदि धेरै लिन्छन्। बच्चाहरूले सुरुमा साक्षात्कार पनि धेरै गरेका छन्। यी क्राइष्ट, इब्राहम भारतमा आउँछन्। अवश्य भारतले सबैलाई आकर्षण गरिरहन्छ। वास्तवमा भारत नै बेहदका बाबाको जन्म स्थान हो। तर तिनीहरूलाई यी कुरा थाहा छैन। भारत भगवानको जन्मस्थान हो। हुन त भन्छन् पनि– शिव परमात्मा तर फेरि सबैलाई परमात्मा भन्नाले बेहदका बाबाको महत्त्व गायव गरिदिए। अहिले तिमी बच्चाहरू सम्झाउँछौ– भारतखण्ड सबै भन्दा ठूलो तीर्थ स्थान हो। बाँकी अन्य सबै जति पनि धर्म पिता (पैगम्बर) आदि आउँछन्, ती आउँछन् नै आ-आफ्नो धर्म स्थापना गर्न। उनका पछि फेरि सबै धर्मवाला आउँदै-जादै गर्छन्। अहिले हो अन्त्य। कोसिस गर्छन् फर्केर जाऔं। तर तिमीहरूलाई यहाँ ल्यायो कसले? क्राइष्टले आएर क्रिश्चियन धर्म स्थापना गरे उनले तिमीहरूलाई खिचेर ल्याए। अहिले सबै दिक्क भएका छन् फर्केर जानको लागि। यो कुरा तिमीहरूले सम्झाउनु पर्छ, सबै आउँछन् आ-आफ्नो पार्ट बजाउन। पार्ट बजाउँदा-बजाउँदा दु:खमा आउनु नै छ। फेरि त्यस दु:खबाट छुटाएर सुखमा लिएर जानु बाबाको नै काम हो। बाबाको यो जन्म-स्थान भारतखण्ड हो। यति महत्त्व तिमी बच्चाहरूमा पनि सबैले जानेका छैनन्। थोरै छन् जो सम्झन्छन् र नशा चढेको छ। कल्प-कल्प बाबा भारत खण्डमा नै आउनु हुन्छ। यो सबैलाई बताउनु पर्छ। निमन्त्रण दिनु पर्छ। पहिले यो सेवा गर्नु पर्छ। साहित्य तयार गर्नु पर्छ। निमन्त्रण त सबैलाई दिनु पर्छ नि। रचयिता र रचनाको ज्ञान कसैलाई पनि थाहा छैन। सेवाधारी बनेर आफ्नो नाम प्रसिद्ध गर्नु पर्छ। जो बुद्धिमा तीक्ष्ण बच्चाहरू छन्, जसको बुद्धिमा धेरै प्वाइन्टहरू छन्, उनको मदत माग्छन्। उनको नाम नै जपिरहन्छन्। एक त शिवबाबालाई जप्छन्, फेरि ब्रह्माबाबालाई अनि नम्बरवार बच्चाहरूलाई। भक्तिमार्गमा हातमा माला लिएर जप्छन्, अहिले फेरि मुखद्वारा नाम जप्छन्– फलानो धेरै राम्रो सेवाधारी छ, निरहंकारी छ, बडो मीठो छ, उसमा देह-अभिमान छैन। भनिन्छ– मीठो बन्यो भने सबैले मीठो व्यवहार गर्नेछ। बाबा भन्नुहुन्छ– तिमी दु:खी बनेका छौ, अब तिमी बच्चाहरूले मलाई याद गर्यौ भने म पनि मदत गर्नेछु। तिमीले तिरस्कार गर्यौ भने म के गरौं? यो त आफूलाई नै तिरस्कार गर्नु हो, पद मिल्ने छैन। धन कति धेरै मिल्छ। कसैलाई चिठ्ठा पर्यो भने कति खुशी हुन्छन्। त्यसमा पनि कति इनाम आउँछ। प्रथम पुरस्कार, द्वितीय पुरस्कार, तृतीय पुरस्कार हुन्छ। त्यो जस्तै यो पनि ईश्वरीय दौड हो। ज्ञान र योगबलको रेस हो। जो यसमा तीक्ष्ण बन्छन् उनै गलाका हार बन्छन् र गद्दीमा नजिक बस्नेछन्। सम्झाउन त धेरै सहज सम्झाइन्छ। आफ्नो घरलाई पनि सम्हाल किनकि तिमी कर्मयोगी हौ। क्लासमा एक घण्टा पढ्नु छ फेरि घरमा गएर त्यसमा विचार गर्नु छ। स्कुलमा पनि यस्तै गर्छन् हैन? पढेर घरमा गएर होम वर्क गर्छन्। बाबा भन्नुहुन्छ– एक घडी, आधा घडी... दिनमा ८ घडी हुन्छन्। त्यसमा पनि बाबा भन्नुहुन्छ– एक घडी, आधा घडी। १५-२० मिनेट पनि क्लासमा उपस्थित भई धारणा गरेर फेरि आफ्नो काम धन्दामा गएर लाग। पहिले बाबा तिमीलाई बसाउनु हुन्थ्यो– यादमा स्वदर्शन चक्र घुमाऊ। यादको नाम त थियो नि, हैन? बाबा र वर्सालाई याद गर्दा-गर्दा स्वदर्शन चक्र घुमाउँदा-घुमाउँदा जब निद्रा आउँछ तब सुत। फेरि अन्तमति सो गति हुन्छ। फेरि बिहानै उठ्यौ भने त्यही प्वाइन्ट याद आउँछ। यस्तो अभ्यास गर्दा-गर्दा तिमी निद्रालाई जित्नेवाला बन्ने छौ।

    जसले गर्छ उसले पाउँछ। गर्नेहरूको देख्नमा आउँछ। उसको चलन नै प्रत्यक्ष हुन्छ। नगर्नेहरूको चलन नै बेग्लै हुन्छ। देखिन्छ यो बच्चा विचार सागर मन्थन गर्छ, धारणा गर्छ। कुनै लोभ आदि छैन। यो त पुरानो शरीर हो। यो शरीर ठीक पनि तब रहन्छ जब ज्ञान र योगको धारणा हुन्छ। धारणा भएन भने शरीर अझै सड्दै जान्छ। नयाँ शरीर त फेरि भविष्यमा मिल्नु छ। आत्मालाई पवित्र बनाउनु छ। यो त पुरानो शरीर हो यसलाई जतिसुकै पाउडर, लिपिस्टिक आदि लगाऊ, शृङ्गार गर तैपनि कौडीतुल्य (वर्थ नट ए पेनी) हो। यी शृङ्गार सबै फाल्तू हुन्।

    अहिले तिमी सबैको सगाई शिवबाबा सँग भएको छ। जब विवाह हुन्छ त्यस दिन पुराना लुगा लगाउँछन्। अब यस शरीरलाई शृङ्गार्नु छैन। ज्ञान र योगबाट आफूलाई सजायौ भने फेरि भविष्यमा राजकुमार-राजकुमारी बन्छौ। यो हो ज्ञान मान सरोवर। यसमा ज्ञानको डुबुल्की लगाउँदै रह्यौ भने स्वर्गकी परी बन्ने छौ। प्रजालाई त परी भनिदैन। भनिन्छ, कृष्णले भगाए, फेरि महारानी, पटरानी बनाए। यस्तो त भनिन्न, भगाएर फेरि प्रजामा चण्डाल आदि बनाए। भगाए महाराजा-महारानी बनाउनको लागि। तिमीहरूले पनि यो पुरुषार्थ गर्नु पर्छ। यस्तो होइन जो पद मिल्यो त्यो ठीक....। यहाँ मुख्य हो पढाइ। यो पाठशाला हो नि। गीतापाठशाला धेरै खोल्छन्। उनीहरू बसेर केवल गीता सुनाउँछन्, कण्ठ गराउँछन्। कुनै एक श्लोक लिएर फेरि आधा, पौना घण्टा त्यसमा बोल्छन्। यसबाट फाइदा त केही पनि छैन। यहाँ त बाबा बसेर पढाउनु हुन्छ। लक्ष्य र उद्देश्य स्पष्ट छ। अरू कुनै पनि वेद-शास्त्र, जप-तप आदि गर्दा कुनै लक्ष्य-उद्देश्य हुँदैन। केवल, पुरुषार्थ गरिराख। तर मिल्छ के? जब धेरै भक्ति गर्छन् तब भगवान् मिल्नुहुन्छ, सो पनि रातपछि दिन अवश्य आउनु छ। समयमा नै हुन्छ नि। कल्पको आयु कसैले के बताउँछन्, कसैले के बताउँछन्। सम्झायो भने भन्छन् शास्त्र कसरी झुटो हुन्छ सक्छ? भगवान् कहाँ झुटो बोल्नुहुन्छ र! सम्झाउन केवल तागत चाहिन्छ।

    तिमी बच्चाहरूमा योगको बल चाहिन्छ। योगबलबाट सबै काम सहज हुन्छ। कुनै काम गर्न सक्दैनौ भने तागत छैन, योग छैन। कहीँ-कहीँ बाबाले मदत गर्नुहुन्छ। ड्रामामा जो निश्चित छ त्यही दोहोरिन्छ। यो पनि हामीले बुझेका छौं, अरू कसैले पनि ड्रामालाई बुझेका छैनन्। सेकेन्ड-सेकेन्ड जो पास हुँदै जान्छ, टिक-टिक हुँदै जान्छ। हामी श्रीमत अनुसार कर्ममा आउँछौं। श्रीमतमा चल्दैनौ भने श्रेष्ठ कसरी बन्न सक्छौं? सबै एक समान बन्न त सक्दैनन्। ती व्यक्तिहरू सम्झन्छन् हामी एक बनौं। एकको अर्थ बुझ्दैनन्। एक के हुने? के एक पिता हुनु छ वा एक भाइ हुनु छ? भाइ भने पनि ठीक छ। श्रीमत अनुसार अवश्य हामी एक हुन सक्छौं। तिमी सबै एक मतमा चल्छौ तिम्रो बाबा, टीचर, गुरु एक हुनु हुन्छ। जो पूरा श्रीमतमा चल्दैनन् ती श्रेष्ठ बन्न सक्दैनन्। चल्दैनन् भने एकदम खतम हुन्छन्। रेसमा तिनीहरूलाई नै छान्दछन् जो लायक हुन्छन्। जब कुनै ठूलो रेस हुने भयो भने घोडा पनि राम्रो फस्टक्लास छान्दछन् किनकि चिठ्ठा ठूलो राख्छन्। यो पनि अश्व रेस हो। हुसेनको घोडा भन्छन् नि। उनीहरूले हुसेनलाई घोडामाथि लडार्इंमा देखाउँछन्। अहिले तिमी बच्चाहरू डबल अहिंसक हौ। कामको हिंसा हो नम्बरवन। यस हिंसालाई कसैले जानेका छैनन्। संन्यासीले पनि यस्तो सम्झदैनन्। केवल भन्छन् यो विकार हो। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसैले आदि-मध्य-अन्त तिमीलाई दु:ख दिन्छ। तिमीले यो सिद्ध गरेर बताउनु छ– हाम्रो प्रवृत्तिमार्गको राजयोग हो। तपाईंहरूको हठयोग हो। तपाईंहरू शंकराचार्यबाट हठयोग सिक्नुहुन्छ, हामी शिवाचार्यबाट राजयोग सिक्छौ। यस्ता-यस्ता कुरा समयमा सुनाउनु पर्छ।

    कसैले तिमीहरू सँग देवताहरूको ८४ जन्म हुन्छ भने यी क्रिश्चियन आदिको कति जन्म हुन्छ भनेर सोधेमा भन– यो त तपाईंले पनि हिसाब गर्न सक्नुहुन्छ। पाँच हजार वर्षमा ८४ जन्म हुन्छन्। क्राइष्ट आउनु भएको २ हजार वर्ष भयो। हिसाब गर्नुहोस्– औसत कति जन्म भए? ३०-३२ जन्म होलान्। यो त स्पष्ट छ। जसले धेरै सुख देख्छन् उनले दु:ख पनि धेरै देख्नेछन्। उनीहरूलाई कम सुख, कम दु:ख मिल्छ। औसत हिसाब निकाल्नु पर्छ। पछि जो आउँछन् उनीहरू थोरै-थोरै जन्म लिन्छन्। बुद्धको, इब्राहमको पनि हिसाब निकाल्न सक्छौ। यसमा एक-दुई जन्मको फरक पर्न सक्छ। यी सबै कुरा विचार सागर मन्थन गर्नु पर्छ। कसैले सोधे भने के बताउने? फेरि पनि भन– पहिले त बाबाबाट वर्सा लिनु पर्छ। तपाईं बाबालाई त याद गर्नुहोस्। जन्म जति लिनु पर्छ त्यति लिनेछौं। बाबाबाट वर्सा त लिऔं। राम्ररी सम्झाउनु पर्छ। मेहनतको काम छ। मेहनतबाट नै सफल हुनेछौ। यसमा बडो विशाल बुद्धि चाहिन्छ। बाबा सँग र बाबाको धन सँग धेरै प्यार (लभ) हुनु पर्छ। कसैले त धन नै लिदैनन्। अरे, ज्ञान रत्न त धारण गर। भन्छन् म के गरूँ? मैले बुझ्दिनँ। बुझ्दैनौ भने तिम्रो भावी। अच्छा–

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः–

    १) कसै सँग पनि घृणा गर्नु हुँदैन। सबै सँग मीठो व्यवहार गर्नु पर्छ। ज्ञान-योगमा रेस गरेर बाबाको गलाको हार बन्नु छ।

    २) निद्रालाई जित्नेवाला बनेर बिहान-बिहानै उठेर बाबालाई याद गर। स्वदर्शन चक्र घुमाउनु छ। जो सुन्छौ त्यसमा विचार सागर मन्थन गर्ने बानी बसाल्नु पर्छ।

    वरदान:– 
    सदा सुरक्षाको रेखाभित्र परमात्म छत्रछायाँको अनुभव गर्ने मायाजित भव

    “बाबा एवं स्वयं” यही सुरक्षाको रेखा हो, यो रेखा नै परमात्म छत्रछायाँ हो। जो यस छत्रछायाँको रेखाभित्र रहन्छ, उसको नजिक माया पनि आउने हिम्मत राख्न सक्दैन। त्यसपछि मेहनत के हो, रोकावट के हो, विघ्न के हो– यी शब्दहरूबाट अविद्या हुनेछौ। सदा सुरक्षित रहनेछौ, बाबाको दिलभित्र रहनेछौ। यही नै सबै भन्दा सहज अनि तीव्रगतिमा जाने वा मायाजित बन्ने पुरुषार्थ हो।

    स्लोगन:– 
    दिव्य गुणहरूको सर्व अलंकारहरूबाट सजिएर रह्यौ भने अहंकार आउन सक्दैन।


    ***OM SHANTI*** 

    No comments

    Say Om Shanti to all BKs